६ असार २०८०, बुधबार १४:५१ – Page 9 – Nagarikabhiyan : National News

यूएईले श्रमिकलाई मध्यान्हको समयमा सिधा घाम पर्ने ठाउँमा काममा लगाउन लगायो प्रतिबन्ध

काठमाण्डौ –  यूएईले पनि मध्यान्हको समयमा श्रमिकलाई सिधा घाम पर्ने खुला ठाउँमा काम लगाउन प्रतिबन्ध लगाएको छ ।

जुन १५ अर्थात् गएको जेठ ३२ गतेदेखि मध्यान्ह साढे १२ बजेदेखि ३ बजेसम्म सिधा घाम पर्ने खुला ठाउँमा श्रमिकलाई काममा लगाउन प्रतिबन्ध लगाएको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् । यो नियम आउँदो सेप्टेम्बर १५ सम्म लागू हुने छ ।

प्रतिबन्ध लगाएको समयमा खुला ठाउँमा काम लगाएको पाइएमा रोजगारदातालाई प्रत्येक श्रमिक बराबर पाँच हजार दिर्हाम जरिबाना हुने छ ।

रोजगारदाताले यो समयमा जबरजस्ती काममा लगाएमा ६००५९०००० नम्बरमा फोन गरेर जानकारी दिन सकिने यूएईले जनाएको छ ।

यूएई सरकारको यो निर्णयले दैनिक कार्य घण्टालाई आठ घण्टामा सीमित गरेको छ । तर यो भन्दा बढी समय काम लगाएमा त्यसलाई ओभर टाइमको रूपमा गनिने र त्यस बापत थप रकम रोजगारदाताले श्रमिकलाई दिन पर्ने छ ।

यसअघि साउदीले पनि मध्यान्ह र दिउँसोको समयमा सिधा घाम पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध लगाएको छ । खाडीका देशमा यो समयमा चर्को घाम लाग्ने हुँदा सिधा घाम पर्ने ठाउँमा काम गर्न प्रतिबन्ध लगाउने गरिन्छ ।

खाडीका सबैजसो देशले यो नियम कार्यान्वयनमा ल्याउने गर्छन् ।

पोखरा भ्रमणका लागि महानगरद्वारा चिनियाँ नागरिकलाई निम्तो

काठमाण्डौ –  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रममा मेयर धनराज आचार्यले चिनियाँ नागरिकहरुलाई पोखरा भ्रमणको निम्तो दिनुभएको छ ।
कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताउनु भयो ।

यो उडानसँगै चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको पनि उहाँले बताउनु भयो । उहाँले चीनले आगामी दिनमा पनि विभिन्न मुख्य सहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको मित्र राष्ट्र चीनले बाँकी दिनहरुमा पनि त्यहाँका विभिन्न मुख्य सहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको छु । म यसै मञ्चबाट सुन्दर नगरी पोखरा भ्रमणका लागि चिनियाँ नागरिकहरुलाई आग्रह गर्दछु । अब दुई देशबीचको भावनात्मक र पर्यटनको लागि सम्बन्ध बिस्तार हुने अपेक्षा राखेको छु ।’

त्यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा। धनञ्जय रेग्मीले नेपाल–चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरुको वृद्धि हुने बताउनुभएको छ ।

उहाँले मुस्ताङको कोरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटकहरु पोखरा आउने सम्भावना उच्च रहेको बताउनु भयो । उहाँले नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल जस्तै समय समयमा विभिन्न फेस्टिबलहरुको आयोजना भइरहेको खण्डमा पनि चिनियाँ पर्यटकहरु वृद्धि गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई सबै पक्षबाट साथ सहयोग रह्यो र यहाँ चिनियाँ पक्षबाट पनि सहयोग भयो र साथै पर्यटकीय गतिविधिहरु पनि यहाँबाट बढाउँदै लैजान सकियो भने विमानस्थल नियमित सुरु हुनसक्छ । मुस्ताङबाट नाका खोल्न सक्यौँ भने धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई सडकबाटै पोखरा ल्याउन सकिन्छ । यो मुख्य आकर्षणको केन्द्र हुन्छ ।’

नेपालको सार्वजनिक ऋण प्रतिव्यक्ति ७४ हजार ५ सय रुपैयाँ, तिर्न बाँकी ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

नेपालले अहिलेसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

घाटा बजेट ल्याउँदा बर्सेनि सार्वजनिक ऋण थपिँदै जाने र त्यसको साँवा ब्याज भुक्तानीको दायित्वको भारसमेत सरकारको वार्षिक बजेटमा बढ्दै जाने भन्दै संसदमा विषय उठिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले आउँदो आर्थिक वर्षको घाटा बजेट पूर्ति गर्नका लागि थप चार खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको छ ।

जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ बाह्य उठाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७९र८० सुरु हुँदा अर्थात् गएको वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो ११ महिना अवधिमा मात्र एक खर्ब ५९ अर्ब ९५ करोड आठ लाख रुपैयाँ बराबर ऋण थपिएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँलाई आधार मान्दा जीडीपमा सार्वजनिक ऋणको अनुपात ४४ दशमलव ७९ प्रतिशत पुगेको छ ।

जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आउँदा दिनमा देशको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै यो विषय अहिले संसदमा समेत उठिरहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकारले तीन खर्ब छ करोड ऋण उठाएको छ भने दुई खर्ब पाँच अर्ब १७ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ ।

जेठ मसान्तसम्ममा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गरेको खर्च झन्डै ५२ अर्ब आठ करोड ६० लाख रुपैयाँले बढी हो । जेठ मसान्तसम्ममा सरकारको पुँजीगत खर्च एक खर्ब ५३ अर्ब आठ करोड ४२ लाख रुपैयाँ छ ।

यसरी एकातर्फ सरकारको राजस्व असुली न्यून हुँदा ऋण उठाएर घाटा बजेट पूर्ति भइरहेको छ भने अर्कोतर्फ बर्सेनि थपिँदै गएको ऋणको साँवा ब्याजसमेत बढ्दै जाँदा वार्षिक बजेटको ठूलो अंश यसमा खर्च हुने गरेको छ ।

यो अवधिमा आन्तरिक ऋणको साँवा, ब्याज र कसिमन भुक्तानीमा एक खर्ब ६४ अर्ब ४८ करोड ७८ लाख रुपैयाँ बराबर खर्च भएको छ । जेठ महिनासम्म आन्तरिक ऋणको साँवा भुक्तानीमा एक खर्ब आठ अर्ब ११ करोड ३८ लाख, ब्याज भुक्तानीमा ५६ अर्ब २६ करोड १० लाख र कमिसन भुक्तानीमा ११ करोड ३० लाख रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४० अर्ब ६८ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ । बाह्य ऋणको साँवा भुक्तानीमा ३१ करोड ९९ लाख ८८ हजार र ब्याज भुक्तानीमा आठ अर्ब ६८ करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७४ हजार पाँच सय १६ बराबर पर्न जान्छ ।

आन्तरिक मामिलामन्त्री सिंहको निधनमा सुदूरपश्चिममा शोक बिदा

देवानगंज  – दुर्घटनामा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको निधनमा आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा दिइएको छ
आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री चढेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै हिजो दुर्घटना भएको थियो ।
दुर्घटनामा मन्त्री सिंहसहित उहाँकी श्रीमती अमृता र भाउजु जयादेवी सिंहको ज्यान गएको थियो ।

पोखरा विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदै

काठमाण्डौ –पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदैछ ।
चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सको जहाज अहिले साढे ९ बजे पोखरा विमानस्थलमा आइपुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले जानकारी दिनुभयो ।
चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक सय ३० जना यात्रु रहेका छन् ।

चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आउँदो शुक्रवार र शनिवार पोखराको फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन् ।
जहाज आजै पोखराबाट काठमाण्डौ अवतरण भइ नियमित उडान मार्फत छेन्दु फर्कनेछ । गएको पुस १७ गतेदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म आन्तरिक उडान मात्रै भइरहेको छ ।

आज विश्व सङ्गीत दिवस मनाइँदै

काठमाण्डौ – आज विश्व सङ्गीतदिवस मनाइँदैछ । पहिलोपटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो ।
त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाउने गरिएको छ ।

अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।
सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।

बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि बिनायोसम्म मौलिकता थप्ने बाजाहरू छन् ।
सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाण्डौमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।

यसैबीच काठमाण्डौ उपत्यकाका नेवार समुदायले चार सय वर्ष अघिदेखि जेष्ठ शुक्ल पूर्णिमाका दिन सङ्गीत दिवसकारुपमा मनाउँदै आएका छन् ।
जेष्ठ शुक्ल पूर्णिमाका दिन ललितपुरको मंगलबजारमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको रागमलहारसहित ३२ वटा राग गाउँदै वाद्यवादन प्रस्तुत गरिँदै आएको छ । यसवर्ष जेष्ठ शुक्ल पूर्णिमा जेठ २१ गते परेको थियो ।

जुन २१ तारिख अर्थात् वर्षको सबैभन्दा लामो दिन

देवानगंज -आज जुन २१ तारिख अर्थात यो वर्षको सबैभन्दा लामो दिन । आजको दिन सूर्यको किरण लामो समयसम्म पृथ्वीमा पर्ने भएकाले सबै भन्दा लामो दिन भनिएको हो ।
जुन २१ तारिखमा सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा रहेको कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण दिन सबैभन्दा लामो र रात सबैभन्दा छोटो हुन्छ ।

जुन २१ लाई विश्वका विभिन्न देशहरुमा गृष्मयामको सुरुवातको पर्वकै रुपमा पनि मनाउँछन् ।
डिसेम्बर २१ वा २२ तारिखमा चाहिँ दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुन्छ ।

अन्तर्राष्ट्रिय योग दिवस

काठमाण्डौ –  अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

नेपालले भने यस अघिदेखि नै योग दिवस मनाउने गरेको थियो । २०३६ सालको माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर नेपालमा योग दिवस मनाउन थालिएको थियो ।
माघ १ गते मनाउने गरिएको योग दिवस जुन २१ तारिखमा सारेपछि अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न माग गरेका थिए ।

त्यसपछि सरकारले २०७२ साल साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।
नियममा रहेर योग गरे विभिन्न स्वास्थ्य समस्या कम हुँदै जाने योग गुरुहरुले बताउँदै आएका छन् ।

पश्चिम तराईमा राहत, अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियसले घट्यो

पानी पर्न थालेसँगै पश्चिम तराईमा तापक्रम घटेर राहत मिलेको छ । तातो हावा अर्थात् ‘लू’ चल्न छोडेको छ ।
दुई हप्ताभन्दा लामो समयसम्म चलेको तातो हावाका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको थियो ।

पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम घट्न थालेको छ । अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियससम्मले घटेको छ ।
गएको १ गते ३९ दशमलव ५ डिग्री सेल्सियस रहेको दीपायलको अधिकतम तापक्रम ३० दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ ।

यस्तै, भैरहवाको अधिकतम तापक्रम ८ डिग्री सेल्सियसले घटेको छ । गएको १ गते अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस रहेको भैरहवाको तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।

त्यस्तै, सिमराको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसमा झरेको छ भने नेपालगञ्जको ३६ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । गएको १ गते सिमरा र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस थियो ।

अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस रहेको जनकपुरको तापक्रम ३७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ भने धनगढीको ३७ दशमलव ५, वीरेन्द्रनगरको ३४ र दाङ घोराहीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गरेको छैन । तर त्यहाँ अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले केही ठाउँमा हल्का वर्षा गराएको छ भने धेरैजसो ठाउँमा बादल लाग्न थालेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

घट्यो मूल्य

काठमाण्डौ –  हवाई इन्धनको मूल्य घटेको छ । हिजो बसेको नेपाल आयल निगमको सञ्चालक समिति बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, डिजेलको एक सय ५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।

पाकिस्तानमा ‘लू’ अर्थात् तातो हावा चल्ने चेतावनी

काठमाण्डौ –  पाकिस्तानमा ‘लू’ अर्थात् तातो हावा चल्ने चेतावनी जारी भएको छ ।
पाकिस्तानी मौसम विभागले पञ्जाब, इस्लामावाद, खैबर पख्तुनख्वा, गिलगत बाल्तिस्तान लगायतका प्रान्तहरुमा ‘लू’ चल्ने चेतावनी जारी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

ती क्षेत्रहरुमा अहिले नै अधिकतम तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगिसकेको र धेरै गर्मी हुने ठाउँमा केही दिनमै ५० डिग्री सेल्सियस पुग्न सक्ने विभागले जनाएको छ ।
आउँदो पाँच दिनसम्म अत्याधिक गर्मी हुने भन्दै पाकिस्तानी सरकारले गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।

यही हप्ता भारतको उत्तर प्रदेश र बिहारमा गर्मीका कारण एक सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।
उत्तर प्रदेशको बलियाको एक जिल्ला अस्पतालमा तीन दिनमै गर्मीबाट बिरामी परेको कम्तीमा चार सय जना भर्ना भएका बीबीसी हिन्दीले जनाएको छ ।

विश्व कप छनोट दुई खेल जितेको जिम्बावे शीर्ष स्थानमा, नेपाल तेस्रोमा

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका भीम सार्कीले नटआउट ७७ रन बनाए ।

दिपेन्द्रसिंह ऐरी ३९ रनमा नटआउट रहे भने कुशल भुर्तेलले पनि ३९ रन नै बनाए । यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३, दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । अघिल्लो खेलमा विकेट लिन नसकेका सन्दीप लामिछाने आज पनि विकेटविहीन रहे । पहिलो खेलमा नेपाल जिम्बावेसँग र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थिए ।

आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत जिम्बावेले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ । नेदरल्याण्ड्सले दिएको ३ सय १६ रनको विशाल लक्ष्य जिम्बावेले ४० ओभर पाँच बलमा चार विकेट गुमाएर भेट्टायो । उसका लागि सिकन्दर राजाले नटआउट १ सय ४ रन बनाए ।

यस्तै, सिन विलियम्सले ९१ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले ८८ र स्कट इडवार्डले ८३ रन बनाए । जिम्बावेका सिकन्दर राजाले ४ विकेट लिए । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित समूह ुएु को शीर्ष स्थानमा छ ।

समान २र२ अंक भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र नेदरल्याण्ड्स पुछारमा छ । नेपाल रहेको समूहमा जिम्बावेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् ।

समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

मलेसियामा कम्पनी नपुग्दै बाटो मै हराउनुभएका सोमरको ९ महिना बित्दा पनि आएन कुनै खबर

मलेसियामा विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटो मै हराउनुभएका मकवानपुरका सोमर सिंह घलानको नौ महिना बित्दा पनि कुनै खबर नआएपछि परिवार आत्तिएको छ । सोमर सिंह सन् २०२२ को ११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराउनुभएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । कम्पनीले उहाँलाई विमानस्थलबाट कम्पनीकै बसमा राखेर कार्यस्थल रहेको स्थान मलेसियाकै जोहोरबारु लगिरहेको थियो । क्वालालम्पुरबाट कम्पनीतर्फ जाँदा मलेसियाकै कम्पुङ बेम्वानमा खान खान बस रोकेको दूतावासले जनाएको छ । त्यसपछि बस सिधै कम्पनीको होस्टेलमा पुगेको थियो । तर कम्पनीको होस्टेलमा पुग्दा सोमर हुनुहुन्थ्येंन । त्यसयता परिवारले कुनै खबर पाएको छैन । सोमरको खोजीमा परिवार भतारिइरहेको छ । उहाँकी श्रीमती कान्छी मायाको भनाई उहाँकै शब्दमा ।

मेरो नाम कान्छी माया गोले हो । मेरो श्रीमानको नाम सोमर सीहं घलान हो । अहिले ३९ वर्षको हुनुभयो । कहिलेकाहीँ त नसोचेकै हुने रहेछ । जुन कुरा अहिले म भोगिरहेको छु त्यो मैले सपना पनि नदेखेको र नसोचेको कुरा हो ।

मेरो श्रीमान् सोमर सीहं घलान मलेसिया जानुभएको थियो । विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटो बाटै हराउनुभएको खबर आयो । त्यो खबर आएको पनि ९ महिना भयो आजका दिनसम्म कुनै पत्तो लागेको छैन । सोच्दा त मनमा आगो बल्छ । कहाँ जाऊँ के गरौँ हुन्छ । तर परदेशी भूमिमा हराएको मान्छेलाई खोज्न म कहाँ जाऊ जाने ठाउँ नै भेटेको छैन ।

हाम्रो घर मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा ९ भैरव दोभान हो । बालबच्चा ७ जना छन् । यिनै छोराछोरीको शिक्षा कै लागि भनेर मेरो श्रीमान् विदेश जानुभएको हो । हुन त यसअघि पनि मलेसिया र यूएई जानुभएको थियो । त्यो बेला राम्रो नै थियो । तर यसपालि खै के भयो ।

जाँदा जाँदै कम्पनी नै नपुग्दै बीचबाटै हराउनुभयो । २०७९ कात्तिकमा यहाँबाट मलेसिया जानुभएको हो । एक्सेस पाटनर्स प्रालि नाम गरेको म्यानपावरले यहाँबाट मेरो श्रीमान् सोमर सिंहलाई वैदेशिक रोजगारीमा पठाएको हो । यहाँबाट मलेसिया पनि पुग्नुभयो । तर विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटो बाटै हराएको भनेर त्यहाँ रहेको नेपाली दूतावासले समेत सूचना जारी ग¥यो ।

सँगै गएको साथीहरूलाई सोध्दा हामी सबै जना कम्पनीको गाडी सँगै चढेको बताउँछन् । तर गाडीमा आफू निदाएको र बिउँझिदा मेरो श्रीमान् चाहिँ गाडीमा नभएको साथी दानबहादुर वाइबाले बताउनुभयो ।

विमानस्थलबाट जोहोरबारुतर्फ जाँदै गर्दा कम्पुङ बेम्वान भन्ने ठाउँमा खाना खान बस रोकेको र त्यसपछि बस सिधै कम्पनीको होस्टेलमा पुगेको थियो । तर कम्पनीको होस्टेलमा पुग्दा मेरो श्रीमान् बसमा नभएको दूतावासले भनेको छ ।

एकदिवसीय विश्व कप छनोट नेपालले अमेरिकालाई ६ विकेटले हरायो

काठमाण्डाै –आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका भीम सार्कीले नटआउट ७७ रन बनाए ।

दिपेन्द्रसिंह ऐरी ३९ रनमा नटआउट रहे भने कुशल भुर्तेलले पनि ३९ रन नै बनाए । यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३, दिपेन्द्र ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । अमेरिकाले १८ रन बनाउँदा नै ४ विकेट गुमाइसकेको थियो तर त्यसपछि भने नेपाली बलरलाई विकेट लिन हम्मेहम्मे हुँदा अमेरिका २ सय ७ रन बनाउन सफल भयो । अघिल्लो खेलमा विकेट लिन नसकेका सन्दीप लामिछाने आज पनि विकेटविहीन रहे । पहिलो खेलमा नेपाल जिम्बावेसँग र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थिए ।

यस्तै, आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत जिम्बावेले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ । नेदरल्याण्ड्सले दिएको ३ सय १६ रनको विशाल लक्ष्य जिम्बावेले ४० ओभर पाँच बलमा चार विकेट गुमाएर भेट्टायो । उसका लागि सिकन्दर राजाले नटआउट १ सय ४ रन बनाए ।

यस्तै, सिन विलियम्सले ९१ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सका लागि विक्रमजित सिंहले ८८ र स्कट इडवार्डले ८३ रन बनाए । जिम्बावेका सिकन्दर राजाले ४ विकेट लिए । लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

समान २र२ अङ्क भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र नेदरल्याण्ड्स पुछारमा छ ।

अन्तिम अपडेटस् असार ५, २०८०

जीप दुर्घटना सुदूरपश्चिमका मन्त्री सिंहसहित तीन जनाको ज्यान गयो

बझाङ –  बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ ।
दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी दिनु भएकाे हाे।

उहाँलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएकाे थियाे । दुर्घटनामा मन्त्री सिंह, उहाँकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन जनाकाे ज्यान गएकाे छ ।
दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीकाे नेपालगञ्जमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हाे ।

अर्थमन्त्रीलाई गोकुल बास्कोटाको प्रश्न आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो

५ असार, काठमाडौं  नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् ।
शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमाले सांसद बास्कोटाले बजेटको समन्यायिक वितरण नभएको बताए ।

आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको उदाहरण पेश गर्दै उनले भने, ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन् । १३ नम्बर वडा कहाँ पर्छ रु १४ नम्बर वडा कहाँ पर्छ रु १५ नम्बर वडा कहाँ पर्छ रु’

कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर दिएअनुसार अर्थ मन्त्रालयले बजेट राख्दा यस्तो भएको उनले बताए । ‘कसले दियो त्यो चिर्कटो रु’ अर्थमन्त्री डा। प्रकाशशरण महत र शहरी विकासमन्त्री सीता गुरुङलाई उनले भने, ‘प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो रु

नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै उनले असन्तुष्टि जनाए । आफ्नो रिसकै कारण बजेट काटिएको भए कांग्रेस, माओवादी वा अरु हिँड्न अर्को बाटो बनाउँँछ भनेर बास्कोटाले प्रश्न गरे ।

‘मैले ब्रिफकेस फुटाएको देखेको थिएँ यही सदनमा’, बास्कोटाले भने, ‘म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस् ।’