१२ आश्विन २०७८, मंगलवार ०८:२७ – Page 4 – Nagarikabhiyan : National News

ईपीएल क्रिकेटमा आज काठमाडौँ र पोखरा भिड्दै

काठमाडौँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज एक मात्र खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौँ किंग्स इलाभेन र पोखरा राइनोज प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौँ सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिने छ भने पोखराको कमान विनोद भण्डारीले सम्हाल्ने छन् । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको काठमाडौँ आज दोस्रो जितको खोजिमा हुने छ । भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ ।

सोमबार विराटनगर वारियर्स र काठमाडौँ बीचको खेल वर्षाले स्थगन भएको थियो। यस्तै पोखरा र भैरहवा ग्लाडिएटर्सबीचको खेल पनि वर्षाका कारण बीचमै रोकिएपछि अंक बाँडिएको थियो। प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताए । “धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ”, बराललले भने, “यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।” गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताए।

“हामीले ट्रयापिङ गर्दा जिउंँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्‍यो”, उनले भने । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।

‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए।

एमसिसी नेपालका लागि मात्र नभएरसबै देशका लागि एउटै शैलीमा बनाइएको सम्झौता भएको उनको भनाइ थियो। खड्काले एउटा देशले यो प्रावधान हटाइदेऊ भन्दा अन्य देशले पनि हटाउन आग्रह गर्ने भएकाले एमसिसी सम्झौता गरेका अन्य मुलुकमा पनि यसको असरपर्ने बताए। ‘नैतिक समस्या के छ भने हामीले यसमा सहीछाप गरिसकेका छौं। सम्झौता गर्नुभन्दा पहिले किन नहेरेको त’, उनले प्रश्न गरे। मन्त्री खड्काले एमसिसी नेपाल सरकारकै आग्रहमा आएको अनुदान सहयोग भएको बताए। उनले एमसिसीमा सबै दलको सहयोग रराष्ट्रिय सहमति भएमा मात्र अघि बढाउने बताए। ‘यसमा धेरै सैद्धान्तिक विषय छन् ।

यसलाई सामाजिक सञ्जालहरूले तल्लो तहसम्म लगेरविवादित बनाउने काम गरे। भारतलाई किन सोध्ने भन्ने कुरा पनि छ। भारतले किन्छ कि किन्दैन भन्ने कुरा त सोध्नु पर्‍यो नि’, उनले भने। एमसिसीका बारेमा तल्लो तहमा गलत भाष्य सिर्जना गरिएको बताउँदै उनले आफू गाउँमा जाँदा जनताले यो सम्झौता कार्यान्वयन गर्नुहुँदैन भन्ने गरेको सुनाए।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

कांग्रेसबाट कोको बन्दै छन् मन्त्री ?

काठमाडौँ । सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ। कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् । यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा. नारायण खड्का छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् ।

अब भने कांग्रेसले तीन फुल मन्त्री पाउनेछ । जसमा कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बडु मन्त्री बन्ने पक्का जस्तै छ । यस्तै, सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा. शशांक कोइरालानिकट नेता डा. मीनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ । यसअघि खड्कालाई मन्त्री बनाउँदा पार्टीभित्र छलफल नभएको भन्दै पौडेल समूह आक्रोशित भएपछि देउवा सो समूहलाई दुई मन्त्री दिन तयार भएको स्रोतले बतायो । यसैगरी, कांग्रेसभित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् ।

तर, सिटौलाले सोमबार राति अबेरसम्म प्रधानमन्त्रीलाई कसैको पनि नाम दिएका छैनन् । यस्तै, प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो समूहबाट पुष्पा भुषालको पनि मन्त्री बन्ने सम्भावना छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डा सहमति

काठमाडौँ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ ।

यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ६-६ मन्त्रालय लिने सहमति बनेको छ । ‘गठबन्धन आबद्ध दलबीचमा कांग्रेसले कुल ७, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक राज्यमन्त्रीसहित ६÷६ मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ,’ गठबन्धनका एक शीर्ष नेताले राजधानीसँग भने ।

कांग्रेसलाई ७, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा कुल २५ मन्त्री राख्न पाउँछन् । ‘मन्त्रालयको भागबन्डा मन्त्रालयको भागबन्डा केही दिनअघि नै टुंगिएको हो, सम्भवतः बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ, कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाले समान रूपमा एक राज्यमन्त्रीसहित ६÷६ मन्त्रालय लिनेगरी सहमति जुटेको हो,’ गठबन्धन आबद्ध ती नेताले थपे । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा हाल एक राज्यमन्त्रीसहित ६ जना मन्त्री छन् । सरकार बनेको डेढ महिना हुँदा पनि प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आइरहेको छ ।

मन्त्रालयको भागबन्डामा सहमति जुटेसँगै गठबन्धन आबद्ध दलबाट प्रधानमन्त्रीलाई मन्त्रीको सूची बुझाउनेक्रम समेत सुरु भएको छ । नेकपा एसका तर्फबाट मन्त्री बन्नेहरूको सूची सोमबार नै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन् ।हाल कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन फुलमन्त्री र एक राज्यमन्त्री गरी पाँच जना सरकारमा छन् । यस्तै, माओवादी केन्द्रबाट सरकारमा दुई मन्त्री छन् । सहमतिअनुसार अब कांग्रेसले तीन मन्त्रालय पाउनेछ । योसहित कांग्रेसको भागमा छ फुल मन्त्री र एक राज्यमन्त्री रहनेछन् । तर, राज्यमन्त्रीको फुलमन्त्रीमा बढुवा हुने सम्भावना पनि बढेको छ । यस्तै, माओवादी केन्द्रले अब तीन फुलमन्त्रीसहित एक राज्यमन्त्री गरी चार, माधव नेपाल नेतृत्वको दल नेकपा एसले एक राज्यमन्त्रीसहित ६, उपेन्द्र यादव नेतृत्वको दल जसपाले पनि एक राज्यमन्त्रीसहित छ मन्त्रालय पाउनेछ ।

बालुवाटार स्रोतका अनुसार सरकारमा रहेका केही मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुने भएको छ । सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्री बनाउने प्रधानमन्त्री देउवाको आन्तरिक तयारी छ । यस्तै, स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर अन्य मन्त्रालयमा फुल मन्त्री बनाउने सम्भावना छ । कानुन मन्त्रालय भने कांग्रेसकै भागमा हुनेछ । सो मन्त्रालयको जिम्मेवारी भने नेत्री पुष्पा भुषाललाई दिने तयारी भएको छ । २९ असारमा प्रधानमन्त्री बनेका देउवाले आफ्नै दल कांग्रेस र माओवादीबाट सोही दिन दुई÷दुई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि उनले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई १० साउनमा ल्याएका थिए । त्यसपछि केही दिनअघि मात्रै देउवाले आफ्नै दलबाट परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई सरकारमा भित्र्याएका थिए ।

याे समाचार आजकाे राजधानी दैनिकमा छ ।

देउवा सरकारमा उपप्रधानमन्त्री नहुने !

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा उपप्रधानमन्त्री भने नराख्ने भएका छन् । प्रधानमन्त्री देउवानिकट नेता मीन विश्वकर्माका अनुसार गठबन्धन आबद्ध दलबाट उपप्रधानमन्त्री बनाउँदा उपप्रधानमन्त्री धेरै राख्नुपर्ने बाध्यताका कारण प्रधानमन्त्री देउवा सरकारमा उपप्रधानमन्त्री राख्न अनिच्छुक देखिएका हुन् ।

‘प्रधानमन्त्रीले सरकारमा यसपटक उपप्रधानमन्त्री राख्न चाहनुभएको छैन, तीन दलबाट तीन जना उपप्रधानमन्त्री बनाउन उहाँ इच्छुक हुनुहुन्न,’ देउवानिकट नेता विश्वकर्माले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।

आज २०७८ असाेज १२ गते मंगलबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जानेछैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शाहशिलो कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ । साझपख समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

पत्रकारलाई हरिपुरमा सम्मान

सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा जितिया विषेश कार्यक्रममा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गरिएको छ । कोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिपुरको आयोजनामा कोशी गाउँपालिका वडा नम्बर ७ हरिपुरमा जितिया विशेष कार्यक्रममा पत्रकारिताको माध्यमबाट कोशी क्षेत्रको विकास, महिलाको क्षमता विकास र सहकारीमा समेत योगदान गरेको भन्दै यादवलाई सम्मान गरेको हो । जितियाको पूर्व सन्धयामा जितिया विषेश कार्यक्रममा सहकारी गठन देखी परिचालनसम्ममा सहयोग गर्नेहरुलाई सम्मान गर्ने क्रममा यादवलाई पनि सम्मान गरेको संस्थाकी सचिव चन्द्रकला नेपालले जानकारी दिनुभयो । सोही कार्यक्रममा अधिकारकर्मी रमेश भट्टराईलाई समेत सम्मान गरेको संस्थाका अध्यक्ष गीता पौडेलले जानकारी दिनुभयो ।

 

१६० बोरा अवैध चिनि वरामद गरी भन्सार कार्यालय बुझाईयो :

 

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले कोशी गाउँपालिका-१ लौकही बजारको भित्री सडक खण्डमा को. १ ख ५२१५ नम्वरको मिनि ट्रकमा भारतिय वजारवाट भन्सार छली गरी ल्याएर राखीएको चिनी लोड गर्दै गरिरहेको अवस्थामा नियन्त्रणमा लिई ट्रक सहित भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा पठाईएको छ । उक्त ट्रकमा १६० वोरा चिनि लोड गरिएको थियो भने ट्रक चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका-४ बस्ने वर्ष ४८ को विरोध लामिछाने थिए ।

सप्तरीमा हर्न जोड्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो

सप्तरी । सप्तरीमा हर्न जोड्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका(२ बेल्हाका २२ वर्षीय दिपेन्द्र मण्डल रहेका छन् ।

जितिया मेलाका लागि लाउडस्पिकर (हर्न) जोड्ने क्रममा करेन्ट लागेर मण्डलको ज्यान गएको वडाध्यक्ष रामअबतार साहले जानकारी दिए ।

करेन्ट लागेर सिकिस्त भएका मण्डललाई उपचारका लागि सिरहाको लहान लैजाँदै गर्दा बाटोमै ज्यान गएको साहले बताए ।

भारत बन्द : दिल्ली एनसीआरमा जाम, पंजाब–हरियाणाका ट्रेनहरुमा व्यापक प्रभाव

एजेन्सी । केन्द्र सरकारको तीन नयाँ कृषि कानूनबिरुद्ध आन्दोलन गर्ने किसानहरुको ४० भन्दा बढी किसान संगठनहरुले आज भारत बन्द गरेका छन् । किसानहरुले बिहान ६ देखि दिउसो ४ बजेसम्म बन्दको आह्वान गरेको हुन् ।

दिल्ली र दिल्ली वरपरका राज्यहरुमा बन्दको व्यापक प्रभाव परेको छ ।

हरियाणा सीमा : भारत बन्दको कारण, गुरुग्राम–दिल्ली सीमामा एक विशाल जाम थियो। यसको मुख्य कारण दिल्ली पुलिस र अर्धसैनिक बलको जाँच रहेको बताइएको छ।

यूपी सीमा :  यातायात दिल्ली र नोएडा जोड्ने डिएनडी मार्गमा प्रभावित भएको छ । दिल्ली पुलिसले गाजीपुर सीमामा यात्रा नगर्न जनतालाई एउटा सल्लाह जारी गरेको छ ।

गाजीपुर सीमा नजिकै दिल्ली–मेरठ एक्सप्रेसवे बन्द गरिएको छ, जसको कारण दुबै पक्षमा भारी यातायात छ। गाजियाबाद पुलिसले गाजियाबाद र निजामुद्दीन जोड्ने राजमार्ग बन्द गरेको छ ।

समाचार एजेन्सी पीटीआईले वरिष्ठ प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै भन्यो कि यूपीबाट दिल्लीसम्म धेरै रुटहरुमा यातायात डाइभर्ट गरिएको छ । हापुड़बाट गाजियाबाद आउँदै गरेको रेल नोएडा तिर डाइभर्ट गरिएको छ।

अधिकारीहरूले भनेका छन्, ‘गाजीपुर सीमा बाहेक, दिल्ली र गाजियाबादको बीच अन्य तीन सीमानाहरु खुला छन् । त्यस्तै गरी, नोएडा र दिल्लीको बीच सडकहरु पनि खुल्ला छन् । दिल्ली–नोएडा मार्गमा यातायात दिउँसो सामान्यमा फर्किएको पनि जनाइएको छ।’

हरियाणा र पन्जाबको रेलवे लाइनमा किसानहरु

हरियाणाको बहादुरगढ स्टेशनमा किसानहरुले रेलवे लाइनमा बसेर प्रदर्शन गरेका छन् । उत्तरी रेलवेले दिल्ली, अम्बाला र फिरोजपुर डिभिजनमा रेलको आवागमन प्रभावित भएको बताएको छ । रेलवेका अनुसार प्रदर्शनकारीले दिल्ली डिभिजनका २० भन्दा बढी ठाउँमा रेल रोकेका छन्। अम्बाला र फिरोजपुर डिभिजनमा करीव २५ ट्रेनहरु प्रभावित भएका छन्।

दक्षिण भारतसम्म बन्द प्रभाव

भारत बन्दको प्रभाव भारतको पंजाब र हरियाणादेखि दक्षिण भारतको केरलासम्म देखिएको छ । समाचार एजेन्सी एएनआईले केरलाको राजधानी तिरुवनन्तपुरमका केहि तस्वीरहरु पोस्ट गरेको छ जहाँ पसलहरु बन्द छन् र सडकहरु सुनसान छन्।

केरलामा,एलडीएफ र यूडीएफÞ सम्बद्ध ट्रेड यूनियनहरु भारत बन्द को समर्थन गरेका छन् । एकै समयमा, तमिलनाडुको चेन्नईमा, प्रदर्शनकारीहरूले पुलिसको ब्यारिकेडिंग तोडे । एएनआईका अनुसार धेरै प्रदर्शनकारीहरुलाई हिरासतमा राखिएको छ ।

अमृतसरसहित पञ्जाबका धेरै शहरहरुमा किसानहरुको बन्दको ला।ग बिहान ५ बजे देखि पुलिस परिचालन गरिएको छ।

बिहारमा बन्दको कारण बिहारको हाजीपुर मुजफ्फरपुर रोड र पटनालाई उत्तर बिहारसँग जोड्ने महात्मा गान्धी सेत मा यातायात प्रभावित भएको थियो।

भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतले आज बिहान भारत बन्दलाई ध्यानमा राखी दिउँसोको खाजापछि मात्र मानिसहरुलाई घरबाट बाहिर निस्कन सल्लाह दिएका थिए।

दक्षिण कोरियामा गर्भवती र बालबालिकालाई कोभिड विरुद्धको खोप

एजेन्सी । दक्षिण कोरियामा गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई कोभिड –१९ विरुद्धको खोप लगाइने भएको छ । त्यहाँको स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन् । यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाखभन्दा बढी बालबालिका लाभान्वित हुने छन् ।

गत जुलाइदेखि बालबालिकामा पनि संक्रमण तीव्र रूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो । अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्रमित भएका थिए । त्यसैगरी १३६,००० गर्भवती महिलाहरूले पनि अब पहिलो मात्रा खोप लिने छन् । अध्ययन रिपोर्टअनुसार गर्भवती महिलाहरू सङ्क्रमित हुँदा अन्य भन्दा छ गुणा बढी जटिलता हुनसक्ने हुन्छ ।

काठमाडौँभित्र आजदेखि एष्ट्राजेनेकाको पहिलो डोज दिइँदै

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोभिड–१९ विरुद्धको एष्ट्राजेनेका खोपको पहिलो डोज दिँदैछ । महानगरले ३२ वटै वडाका खोप केन्द्र र सातवटा अस्पतालबाट खोप दिइने जनाएको छ ।

त्यसबाहेक अन्य सात स्थान पनि खोप केन्द्रका रुपमा ताकिएको छ । तीमध्ये नेपाल प्रहरी अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल रत्नपार्क, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली र विरेन्द्र सैनिक अस्पताल छाउनीमा पनि खोप लगाइने छ ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र र विद्युतीय दर्ताको नम्बर अनिवार्य गरिएको छ । काठमाडौँका अन्य नगरमा भने आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइँदैछ । खोप कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

चितुवाले खोरभित्र बाँधिएका २३ बाख्रा मार्‍यो

बर्दिया । गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए ।

नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताए । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

संसद अधिवेशन अन्त्य गरेर अध्यादेश फिर्ता गर्ने देउवा सरकारको तयारी !

काठमाडौँ ।  सरकारले संसद अघिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ। अध्यादेशकै कारण सरकार विस्तारमा ढिलाइ भएपछि सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश फिर्ता लिन लागेको हो।

स्रोतका अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिनेछ। साथै संसद अधिवेशनसमेत अन्त्य हुने सम्भावना रहेको छ। अध्यादेश फिर्ता भएपछि भोलि मन्त्रिमण्डल विस्तार हुने स्रोतको भनाइ छ।

अध्यादेश निष्क्रिय नभइ सरकार विस्तार भए सत्ता गठबन्धनभित्रका दलहरुमा असन्तुष्टि बढेर पार्टी नै विभाजन हुन सक्ने भय दलहरुमा छ।

सरकारले केही समयअघि माधव कुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनका लागि सहज बनाउन अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्था गरिएको थियो।

सोही अध्यादेशका आधारमा नेकपा (एमाले) विभाजन भएर  नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजन भएर ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भइसकेका छन्।

सकियो प्रतिनिधिसभा बैठक, के-के भयो निर्णय ?

काठमाडौँ ।  प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अर्को बैठक आगामी असोज १४ गते बिहीबार दिनको १ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभा बैठक चलेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति प्रश्न उठाउँदै एमाले सांसदहरूले नवौं अधिवेशनको सुरुदेखि नै एमालेले अवरोध गरिरहेको छ । प्रतिनिधिसभाबाट पारित भइ सन्देशसहित राष्ट्रियसभामा पठाइएको विद्येयकहरू फिर्ता पठाइएको जानकारी संसद् बैठकमा गराइएको थियो ।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको विद्येयक प्रमाणिकरणको पत्र पढेर सुनाएका थिए । आर्थिक विद्येयक–२०७८ र राष्ट्र ऋण उठाउने विद्येयक–२०७८ राष्ट्रियसभाबाट पारित भएको संसदलाई जानकारी गराइएको छ ।