१२ मंसिर २०७७, शुक्रबार १६:३७ – Page 7 – Nagarikabhiyan : National News

अस्पताल सुधार संघर्ष समिति गठन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा शुक्रवार भएको नागरिक समाजको भेलाले इनरुवा अस्पताल सेवा सुधारको माग गर्दै संघर्ष समिति गठन भएको छ ।

उद्योग बाणिज्य संघ इनरुवाको सभाहलमा इनरुवा नगरको युवा बिद्यार्थी, बुद्धिजीवी, विकासप्रेमीहरुको भेलाले इनरुवा अस्पतालको डाक्टरहरु,कर्मचारीहरुको रिक्तपद पदपूर्ति गरी प्रभावकारी तरिकाबाट सेवा सुबिधाहरु सुचारु गर्न दबाब दिन, अस्पतालमा भइरहेको भ्रष्टाचारहरुको भण्डाफोर गर्न,सक्रिय गिरोहहरुको विरुद्ध लडन साथै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्न दिलिप चन साहुको संयोजकत्वमा २५ सदस्यीय इनरुवा अस्पताल सुधार संघर्ष समिती गठन गरेको हो ।

संघर्ष समितिको सदस्यहरुमा ज्ञानदेव पण्डित, अभिनन्दन यादब, धर्मबिर मेहता, जमालुदिन मिया, भुटाइ साह, आयुस घिमिरे, सन्तोष यादव, रामदेव साह, सौगात बस्नेत , किरण श्रेष्ठ , निरज शर्मा , प्रशान्त श्रेष्ठ , लालबाबु साह, नवराज मेहता, राजेश पण्डीत, राजेन्द्र कुमार श्रेष्ठ , धनिकलाल खत्वे, शम्भु साह, त्रिलोक नाथ गुप्ता , करन साह, शम्भु यादव, रघुनन्दन मेहता, अकबर खान र अजय साह रहेका छन् ।
त्यसैगरी समितिको सल्लाहकारमा गोपाल कोइराला, सिताराम पौदार, सौनाला साफी, राम प्रसाद मेहता, भुवनेश्वर यादव, दयानन्द साह, भोला साह, नवराज बराल, भगिरथ खत्वे, नवीनचन्द्र साह र बासुदेव साह हलुवाइ रहेका छन् । जिल्ला अस्पताल इनरुवा सुनसरी सुधारका लागि इनरुवाका युवाहरु एक जुट भएका छन् । शुक्रवार उद्योग वाणिज्य संघ इनरुवामा बृहत छलफलबाट इनरुवा अस्पताल सुधारका लागि निगरानी बढाउने निष्कर्ष निकालेका छन् । स्थानीय तथा युवाहरुले इनरुवा अस्पतालको बेथितिका कारण नागरिकहरु मारमा परेकाले जिल्लादेखी प्रदेशसम्म दवावको कार्यक्रम गर्ने समेत निधो गरेका छन् ।

इनरुवाका स्वतन्त्र युवाहरुको भेलाले इनरुवा अस्पतालमा हुने गरेको बिकृति, बिसंगति र भ्रष्टाचारका बिरुद्ध लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । जिल्ला अस्पताल इनरुवामा सेवा भन्दा बढी राजनीतिक हुने गरेकोले यस बिरुद्ध युवाहरुको समुहले एक जुट भएर अगाडी बढनुपर्ने बताउनुभयोका छन् ।

जिल्ला अस्पताल इनरुवामा हुने गरेको बिकृति र बिसंगतिलाई न्यूनीकरणका लागि युवाहरु सक्रिय भएर लाग्ने समेत सो भेलाले निर्णय गरेको छ । सेवा दिनुको साट्टो सेवाग्राहीहरुलाई सास्ती दिने गरेको गुनासो बाहिर आएपछि युवाहरुले शुक्रवारको प्रथम भेलाले जिल्ला अस्पताललाई सुधार गर्दै अगाडी बढ्ने समेत बताइएको छ ।

इनरुवा नगरपालिका लगायत आसपासका गाउँपालिकाहरुबाट बिरामीहरु आएपनि सेवा भरपर्दो नदिई रेर्फर गर्ने गरेको परिपार्टीले सेवाग्राहीहरु आजित बनिसकेको गुनासो आउन थालेपछि इनरुवाका सक्रिय युवाहरुले अभियान स्वरुप आवाज उठाउन थालेको सहभागीहरुले बताउनुभयोका छन् ।

जिल्ला अस्पताल सुधारका लागि सबै एक जुट भई अस्पताल विकास समितीसँग एक एक हिसाब लिन र दरबन्दी अनुसारको अहिलेसम्म पद पूर्ती किन हुन नसकेको जवाफ लिन युवाहरुलाई आग्रह गरेको समाजसेवी गोपाल कोइरालाले बताउनुभयो ।
कोइरालाले जिल्ला अस्पताल इनरुवाका कर्मचारीहरुमा अनुशासन समेत नभएको जिकिर गर्नुभयो । अस्पतालमा कार्यकर्ता भर्ती केन्द्रको रुपमा भएपनि बिरामीहरुलाई हेलचेक्राई गरेको आरोप समेत कोइरालाले लगाउनुभयो । अस्पताल राजनीतिकको अखडा भएकोले यसलाई चिर्नका लागि युवा शक्ति एक जुट भए मात्र अस्पतालको बेथितिलाई चिर्न सजिलो हुने बताउनुभयो ।
अस्पताल विकास समितिले कुनै चासो नलिएको कारण लापारवाही बढ्दै गएको हुदाँ समयमै सजग र सर्तक गराउन आवश्यक रहेको कोइरालाको भनाई छ । अस्पतालको चारवटै गेट खोल्नुपर्ने जिकिर गर्दै कोइरालाले अस्पताल भित्र भएको अनियमितता, भ्रष्टाचार, दरबन्दी अनुसारको डाक्टर नभएको, सरसफाई नभएको, राम्रो सेवा प्रवाह नभएको लगायतको विषयमा बहस तथा छलफल गर्न आवश्यक रहेको औल्याउनुभयो ।

अस्पताल विकास समितिले कुनै चासो नलिएको हुदाँ यस बिरुद्ध अभियान सञ्चालन गरी सुधार तर्फ सबै अग्रसर हुन आवश्यक रहेको छ उनले भने अस्पतालको बेथितिले गरीब तथा निमुखा जनता मारमा परेकोले यस बिषयमा सबैले आआफनो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
भेलामा सहभागी जिवानन्द झाले अस्पतालमा रहेको बिकृतिका कारण विपन्न र दलित तथा निमुखा नागरिक मारमा परेकाले अस्पतालको स्तर अनुसार सम्पूर्ण ब्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । झाले अस्पतालमा सरकारले घोषणा गरेको श्रेणी र दरबन्दी अनुसार ब्यवस्था गरें सबै समस्या समाधान हुने बताउनुभयोे ।

त्यसैगरी अस्पतालका पूर्व कर्मचारी धुव्र घिमिरेले अस्पतालमा राम्रो काम गर्ने र सहि बोल्नेलाई लखेटने तथा नराम्रो र झुठको खेती गर्नेलाई संरक्षण गर्ने अस्पताल ब्यवस्थापन समिति भएकाले अस्पतालको उन्नती हुन नसकेको बताउनुभयो । घिमिरेले अस्पतालमा योजना अनुसारको इमान्दारीपूर्वक र नैतिकतामा बसेर काम गर्ने जनशक्ति तथा समिति भए सबै नागरिकले राहतको महसुस गर्ने बताउनुभयोे ।
इनरुवाका युवा दिलिपचन साहुले इनरुवा अस्पतालको कमी कमजोरी सहित २५ बुदें समस्याहरु प्रथम भेलामा सार्वजनिक गरेका थिए । समस्या समाधानका लागि प्रथम भेलाबाट आउने सल्लाह सुझावलाई मध्यनजर गर्दै अस्पताल बिरुद्ध सुधारका लागि आन्दोलन गर्ने समेत बताउनुभयोनुभयोका छन् ।

उहाँका अनुसार स्थानीय सरकार आएको साढे तीन वर्ष बितिसक्दा पनि कुनै चासो नलिएको र अस्पतालमा भर्ती केन्द्रका रुपमा लिएको हुदाँ युवाहरुले सुधारसँगै अस्पतालभित्रै हजारौं युवाहरुको भेलाले एक एक जवाफ लिनका लागि संघर्ष समित समेत निर्माण गरेको छ । गुणस्तरीय सेवा दिनका लागि अस्पताल विकास समितिसँगै अन्य राजनीतिक दलका प्रतिनिधिहरुले पनि चासो लिनुपर्ने उनको जिकिर रहेको थियो ।
सुधार अभियान जारी रहने र निरन्तर खबरदारीका लागि इनरुवा अस्पताल सुधार संघर्ष समितिले गर्ने समेत साहुले जानकारी दिनुभयो । प्रथम भेलाले अस्पतालको सवालमा आवाज उठाएको हुदाँ अब इनरुवा नगरपालिकामा भएका अनियमितता र भ्रष्टाचारको बिरुद्धको अभियान पनि जारी गर्ने साहुको कथन छ ।

भेलामा युवा अभिनन्द यादव, महिचन्द्र साह, धर्मवीर आर्य, ज्ञानदेव पण्डित, भुवनेश्वर यादव लगायतका सयौ सरोकारवालाहरुले अस्पताल र इनरुवाको स्वास्थ्य स्थिती बारे बोल्नुभयो ।

 

लैगिंक हिसां बिरुद्धको अभियानमा बिभिन्न कार्यक्रम

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित बिभिन्न पालिकामा लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्र्तगत तेस्रो दिन अन्र्तक्रिया गोष्ठी र सचेतनामूलक कार्यक्रम गरिएको छ ।

इनरुवामा साझा सवालका लागि साझा मञ्च कोकनको आयोजनामा महिला बिरुद्ध हुने हिंसा नियन्त्रणमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा प्रदेश १ सामाजिक विकास मन्त्रालयका अधिकृत कोषराज न्यौपानेले हिंसा र पीडा सहेर बस्नु भन्दा उजुरी गर्ने परिपार्टीको विकास गर्नुपर्ने बताउनुभयोनुभयोनुभयो । न्यौपानेले नागरिक अभियान र दवावले तेजाब आक्रमण बिरुद्धको कानून आएको र बलत्कार बिरुद्धको कडा कानून आएपनि पूर्ण कार्यान्वयनमा समस्या रहेको गुनासो बढेकाले कार्यान्वयन गर्ने निकायहरुले पूर्ण ध्यान दिनुपर्ने बताउनुभयोनुभयोनुभयो । न्यौपानेले कानूनी उपचारको लागि प्रचार प्रसार गर्नुपर्ने , हिंसा पीडितलाई न्याय र राहत दिनुपर्ने, पीडितलाई क्षतिपूर्ती वापत दिने रकमको लागि पीडित राहत कोषमा बजेटको ब्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा अधिवक्ता कृष्ण दाहालले लैगिंक हिंसा न्यूनीकरणका लागि नागरिकमा जनचासो र जागरुकता आवश्यक रहेको

बताउनुभयोनुभयोनुभयो । दाहालले केही कानून महिलामैत्री भएपनि कार्यान्वयनमा चुनौती देखिएको औल्याउनुभयो । त्यस्तै समाजसेवी तथा कोकनका पुरुषोत्तम घिमिरेले समुदायमा शिक्षा , सचेतना र कानूनी साक्षरता आवश्यक रहेको बताउनुभयोनुभयोनुभयो । पत्रकार जयकृष्ण यादवले लैगिंक हिंसा न्यूनीकरणका लागि पीडा बिरुद्ध आवाज उठाउनुपर्ने र न्यायको लागि आफै जागरुक हुनुपर्ने बताउनुभयोनुभयोनुभयो । कार्यक्रममा कानुन अधिकारी, दायालाल चौधरी, रोहिता भट्टराई, ओरेककी शान्ति दनुवार, बालकुमारी विक, हेमन्त पौडेल लगायतकाले दिवसको बारेमा बोलेका थिए ।

उता सदरमुकाम इनरुवा ९ बवियामा गैर सरकारी संस्था महासंघ र इनरुवा नगरपालिकाको आयोजनामा दिवसकै अवसरमा कानूनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सरस्वती माविमा भएको कानूनी साक्षरता कार्यक्रममा सरिता घिमिरे कार्की, रमेश भट्टराई, मेघराज न्यौपाने, शिक्षक देवकृष्ण यादव, स्थानीय अधिकारकर्मी चन्दन गुप्ता लगायतकाले सरोकारवालाहरुलाई प्रशिक्षण दिनुभएको थियो । उता रामधुनी नगरपालिकामा समेत दिवसकै अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको रामधुनीका उपप्रमुख सबिना चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार न्यौपाने, वडाध्यक्ष मनिष चौधरी, डेगराज फूयाँल लगायतकाले १६ दिवसीय अभियानका बारेमा बोल्नुभएको थियो । त्यसैगरी मानव अधिकार समुह कोशीको आयोजनामा लौकहीको दलित बस्तीमा लैगिंक हिंसा बिरुद्धको साक्षरता कार्यक्रम सम्पन्न भएको छ । यता गढी गाउँपालिका २ औराबनीमा समेत दिवसकै अवसरमा बालविवाह बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

तातोपानी नाकाबाट ठूला मालवाहक सवारी साधन भित्रन थाले, व्यापारी उत्साहित

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट पछिल्लो समय ठूला मालवाहक सवारी साधन भित्रन थालेका छन् ।

भूकम्पछि ठप्प रहेको नाका खुले लगतै ठूला मालवाहक सवारी भित्रन थालेका हुन् । केही समय अघिसम्म २० फिटे नेपाली कन्टेरले मात्र सामान ल्याउँने गरेकोमा पछिल्लो समयमा ४० फिट लामो कन्टेनरबाट सामान आयात हुन थालेको छ ।

 

ठूला सवारीमा सामान भित्रदा लागत घट्ने र सामान समेत सस्तो हुँने सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पा बताउनु हुन्छ । साना कन्टेरमा सामान ल्याउँदा लामो समय लाग्ने र फलफूल तथा खाद्य सामग्री समेत गुणस्तरीय नहुँने ब्यपारीहरुको भनाइ छ ।

चीनबाट सामान ल्याउँन ४० वटा ठूला कन्टेनर लोड गरेर राखिएको समेत व्यापारीहरुको भनाइ छ । भूकम्पले नाका बन्द हुँन अघि चीनको खासासहित नेलम र ल्हासामा नेपाली व्यपारीले खरिद गरेको ५ सय कन्टेनर भन्दा बढी समान चीनमा रोकिएका छन् ।

 

ठूला कन्टेनरमा सामान भित्रदा राजश्वमा समेत बृद्धि हुने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री बताउनु हुन्छ । तातोपानीदेखि काठमाडौंसम्म ठूला कन्टेनरबाट सामान ढुवानी हुँन थाले पनि अरनिको राजमार्गको अवस्था भने जीर्ण रहेको छ । न्युज२४बाट

 

कंगनाको जीत, अदालतले रद्द गरिदियो महानगरपालिकाको आदेश

एजेन्सी । बम्बे हाइकोर्टले अभिनेत्री कंगना रनौतको बंगलाको हिस्सा तोड्नका लागि महानगरपालिकाको आदेश रद्द गरिदिएको छ । अदालतले यो कारवाही दुर्भावनाबाट प्रेरित भएको बताउँदै अभिनेत्रीलाई क्षती पुर्याउनका लागि गरिएको बताएको छ ।

अदालतले कंगनाको याचिकामाथि आफ्नो निर्णय सुनाएको छ जसमा उनले बीएमसीको आदेशलाई चुनौती दिएकी थिइन् ।

बीएमसीले ९ सेप्टेम्बरमा पाली हिल्स इलाकास्थित कंगनाको बंगलाको एक हिस्सा भत्काइदिएको थियो ।

निर्णय सुनाउँदै दुई न्यायाधीसको खण्डपीडले आफूहरुले सरकारी संस्थाका नागरिकविरुद्ध शक्तिको प्रयोग गर्न पनि सही नठान्ने बताएका छन् ।

उनले बीएमसीले जुन कारवाही गरेको छ त्यो कारवाही अनाधिकृत भएकोमा थोरै पनि शंका नभएको बताएको छ ।

कंगनाले याचिकामा बीएमसीसँग दुई करोड भारुको जरिवाना पनि मागेको थियो । अदालतले यसबारे आफूले हिसाब गर्नका लागि कसैलाई नियुक्त गर्ने र अर्को वर्षको मार्च महिनासम्म यसबारे आदेश जारी गर्ने बताएको छ ।

बीएमसीले कंगना रनौतको बंगलाको एक भाग त्यतिबेला भत्काएको थियो जसमा उनी अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे अनुसन्धानका लागि महाराष्ट्र सरकारमाथि लगातार तिखो हमला गरिरहेकी थिइन् ।

यतिमात्रै होइन, कंगना र शिवसेना सांसद संजय राउतबची पनि यो विषयमा ठूलै विवाद भएको थियो ।

यस्तोमा बीएमसीले कंगनाको अफिस भत्काउने निर्णयलाई राजनीतिक द्वेषले प्रेरित बताएको थियो ।

नेपाल र भारत अलग-अलग हिड्न नसक्ने, सहकार्य आवश्यक : भारतीय विदेश सचिव

काठमाडौंर । भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपाल र भारत मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपालको औपचारिक भ्रमणको दोस्रो दिन एआइडीआइए नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित प्रवचनमा शुक्रबार श्रृंगलाले दक्षिण एसियामा कुनै पनि मुलुक एक्लै अघि बढ्न नसक्ने बताउँदै दुवै देशको सरकारले भावी पुस्ताप्रति जवाफदेही भएर सशक्त सहकार्य गर्नुपर्ने बताएका हुन् ।

 

सरकारको नेतृत्वमा आएदेखि नै भारतीय प्रधानमन्त्री मोदीले छिमेक सम्बन्धलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ ।

श्रृंगलाले भारतले प्रधानमन्त्री मोदीको नेतृत्वमा ‘सबका साथ, सबका विकास र सबका विश्वास’ भन्दै भारतलाई मध्य आर्थिक आर्जन गर्ने मुलुकका रूपमा पुर्याउने सपना देखेको बताए ।

 

नेपालको पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य रहेको जनाउँदै उनले दुवै मुलुकका राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एकअर्काको आवश्यकता पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विदेशसचिव श्रृंगलाले नेपाल र भारतबीच सीमालगायतका समस्याबारे भने कुनै पनि धारणा सार्वजनिक गरेनन् ।

उनले नेपाललाई छिमेकी र मित्रका रूपमा भारतले संकटमा सधैँ साथ दिएको भन्दै भूकम्पपछि भारतले गरेको सहयोगको पनि स्मरण गरेका थिए । विदेशसचिव श्रृंगला औपचारिक भ्रमण सकेर आज शुक्रबार दिल्ली फर्किँदै छन् ।

३ लाख ३२ हजारसहित १४ जना जुवाडे पक्राउ

काठमाडौं । मकवानपुरमा ३ लाख ३२ हजार ८९२ रुपैयाँ नगदसहित बिहीबार राति ९ बजे १४ जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका-४ पारिजात पथस्थित दिलबहादुर मोक्तानको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुबाट नगदसहित १२ बुक तास र ३१ वटा कौडासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

चुरे संरक्षण अभियानले विभिन्न मागसहित बुझाए मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र

काठमाडौं ।  चुरे तथा वन जगंल संरक्षण अभियानले मारूती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको सार्वजनिक जग्गा फिर्ता हुनु पर्ने मागसहित प्रदेश न. २ का मुख्यमन्त्री लाल बाबु राउतको ध्यानाकर्षण गराएका छन् ।

समाजिक अभियन्ता सरोज रायको नेतृत्वमा गएको टोलीले पाच विषयमा पहल गर्न आग्रह गरेका छन् । आफ्ना मागहरू सम्बोधन नभए आठै जिल्लामा संघर्षको कार्यक्रम गर्ने उनीहरूको चेतावनी पनि रहेको छ ।

त्यस्तै हत्या गरिएका दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने र दोषीलाई सजाय हुनुपर्ने उनीहरूको माग छ । मापदण्ड विपरितका क्रसर उद्योग बन्द हुनुपर्ने, रौतहट जिल्लाको विजयपुर फतुवा नगरपालिकामा सागरनाथ वन विकास परियोजनाको अतिक्रमणमा परेका २०० हेक्टर जग्गा वनमा पूनः फिर्ता हुनुपर्ने र विपी पुष्पलाल सामुदायिक वन रौतहटको अतिक्रमणमा परेका १०० हेक्टर जग्गा फिर्ता लगायता अन्य माग रहेको छ ।

ज्ञापनपत्र बुझाउने क्रममा रायसहित तराई मधेश राष्ट्रीय परिषद (टिएमएनसी) सदस्य तथा चुरे तथा वन जगंल संरक्षणको संयोजक सुनील यादव, रानी राय, रामशरण महतो, चन्द्रकिशोर, अमन यादव लगायतको सहभागिता रहेको थियो ।

कानून बनाउन दलहरुमा विज्ञताको कमी- सभामुख सापकोट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् ।

जनमुखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले राजनीतिक दलहरु भित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको बताए ।

त्यसैले पार्टीहरुले सांसदहरुलाई राम्रो प्रशिक्षणमा जोड दिनुपर्ने उनको भनाई छ ।

उनले भने– ‘दलहरुमा प्रशिक्षणको कमी भएको छ । विज्ञताको कमी छ । हामी सबै माननिय सांसदहरुमा पनि विज्ञता नभइकन, ज्ञानको तागत भनेको आफ्नो विज्ञताको तागत हो त्यसो नहुँदा खेरी त अरुको भर पर्नुप¥यो । बाहिरबाट ल्याएका विज्ञहरुको भर पर्नुप¥यो । जनप्रतिनिधि जो हजारौं लाखौं जनताको प्रतिनिधित्व गर्छन उनीहरुले मात्रै जनमुखि विधेयकहरु बनाउन सक्छन । त्यसकारण यसमा हामीले बढी ध्यान दिनुपर्छ । मैले के भन्न खोजेको हो भने पार्टीहरु भित्र पनि लोकतन्त्रको अभ्यास राम्रोसित हुन सकेको आभास हामीलाई भएको छैन । सामान्य प्रशिक्षणहरु भएको छैन र हामीले संघीय संसदबाट पनि सांसदहरुलाई प्रशिक्षणको वातावरण बनाउन सकेका छैनौं । ’

अहिलेको परिस्थितिमा संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमाथि रहेको समेत सभामुख सापकोटाले बताए ।

पछिल्लो समय जनतामा पनि संघीयता आवश्यक रहेको छ भन्ने परेको उल्लेख गर्दै सभामुख सापकोटाले संघीयतालाई जीवन्त बनाउने दायित्व पनि सांसदहरुकै भएको उनको भनाई छ । यस्तै वैज्ञानिक वस्तुवादी र जनताका इक्षा, आकांक्षा र भावना समेटेर कानून निर्माण गर्न सकेमा मात्रै सफलता सुनिश्चित हुने बताए ।

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन

दोलखा । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् ।

हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन शुरु हुने आयोजनका मेकानिकल इञ्जिनीयर अमित सिंहले बताए ।

पहिलो आयोजनमा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिए ।

यस कम्पनीले दुई वर्षअघि नै रु २४ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गरिसकेको छ । दोलखा जिल्ला र रामेछापको सीमा भएर बग्ने खोलालाई फर्काएर रामेछापको चुचुरेमा विद्युतगृह निर्माण गरिएका छन् ।

आयोजनाको निर्माण र प्रशारणबाट दोलखा जिल्लाका साविकका माली, श्यामा, जिरी, हावा च्यामा र सहरे गाविस प्रभावित हुनेछ भने रामेछापको चुचुरे, ठोेसे, रस्नालु, बेताली गाविस प्रभावित हुनेछ । कूल रु तीन अर्ब १५ करोड लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकको रु दुई अर्ब ३५ करोड ऋण लगानी रहेको छ । आयोजनको काम समयमा नहँुदा लागत अनुमान बढेको बताइएको छ ।

हिमालय ऊर्जा कम्पनीले निर्माण गरेको आयोजनाले २०७५ साल असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भएतापनि प्रसारण लाइन अभावमा दुई वर्ष ढिला भएको आयोजनाको भनाइ छ । आयोजनाबाट निर्माणाधीन विद्युत् गर्जाङमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ । अर्का खिम्ती गर्जाङ १३२ केभीको प्रसारण लाइन निर्माणाधीन छ । नेपाल विद्युत् प्राधिकारणले निर्माण गरी रहेको प्रसारण लाइनको काम ढिलासुस्ती भएर समयमा नहुने भएमा विकल्पमा कम्पनीको उच्च ध्यान गई छलफल गरिने इञ्जिनीयर सिंहले बताए ।

प्रसारण लाइनको काममा ढिलासुस्ती भएमा दैनिक उत्पादित विद्युत् खेर गई आम्दानीबाट करोडौँको घाटा हुने भएकाले आयोजनाको व्यवस्थापनको विकल्प खोज्नुपर्ने बाध्यता रहेको उनले बताए । आयोजनाका विद्युत्गृहमा जापानिज तोसिबा कम्पनीको उपकरण जडान गरिएको छ । उपकरण जडानमा भारतीय प्राविधिकको टोलीले काम गर्दै आएका छन् ।

एसियामा कहिले र कुन कोरोना खोप उपलब्ध हुन्छ ?

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९० विरुद्धको खोप अबको केही समयमै विश्व बजारमा आउने अपेक्षा छ ।

फाइजर, मोडेर्ना र एक्स्ट्राजेनेकाले आफूले विकास गरेको खोपको अन्तिम चरणको नतिजा सार्वजनिक गरिसकेका छन् । तीनै खोपले आगामी केही सातामा अनुमति पाउन सक्ने अपेक्षा गरिएको छ । अनुमति पाएसँगै खोपहरुको वितरण विश्वभर हुनसक्ने कम्पनीहरुले बताएका छन् ।

यद्यपि एसियाली मुलुकहरुले भने सुरुआतमा नै ठूलो मात्रामा कोरोना खोप नपाउने देखिएको छ । केही एसियाली मुलुकमा कोरोना खोप आइपुग्न सक्ने समयतालिका उल्लेख गरिएको छ । सम्वन्धित दशेले गरेको सम्झौताको आधारमा यो समय अनुमान गरिएको हो ।

अष्ट्रेलिया

अष्ट्रेलियाले अहिलेसम्म १३ करोड ५० लाख डोज कोरोना खोपको लागि सम्झौता गरिसकेको छ । अष्ट्रेलियाले एक्स्ट्राजेनेकासँग तीन करोड ४० लाख, नोभाभ्याक्स कम्पनीबाट चार करोड, फाइजरबाट एक करोड र सीएसएल लिमिटेडसँग पाँच करोड १० लाख डोज कोरोना खोप खरिदको सम्झौता गरिसकेको छ ।

आगामी वर्ष जनवरी र फेब्रुअरी महिनाभित्र अष्ट्रेलियाले एक्स्ट्राजेनेकाले निर्माण गरेको ३८ लाख डोज कोरोना खोप पाउन सक्ने अनुमान गरिएको छ ।

चीन

चीनले अहिलेसम्म पश्चिमा खोप निर्माताहरुसँग कुनै पनि खरिद सम्झौता गरेको छैन । त्यसो सट्टामा उसले आफ्ना निजी कम्पनीहरुसँग सहकार्य गरेर खोप विकासमा काम गरिरहेको छ ।

एक्स्ट्राजेनेकाको खोपले चीनमा अनुमति पाउन सन् २०२१ को मध्यसम्म कुर्नुपर्नेछ र यसको चिनियाँ पार्टनर सेन्जेन काङटाइ बायोलोजिकल प्रोडक्टले सन् २०२० को अन्तिमसम्ममा आफ्नो उत्पादन क्षमता १० करोड डोज पुग्ने बताएको छ ।

फाइजरको खोपका लागि चीनको साङ्घाई फोसन फर्मासयुटिकल ग्रुपले दोस्रो चरणको मानव परीक्षणको तयारी गरिरहेको छ ।

त्यस्तै तिब्बत रोडिओला फर्मास्युटिकल होल्डिङ्सले रुसी खोप स्पुतनिक खोप ल्याउने तयारी गरिरहेको छ । उसले यो खोपको सुरुआती र दोस्रो चरणको मानव परीक्षणको तयारी गरिरहेको छ ।

चीनले आफ्नो आपतकालीन प्रयोगको कार्यक्रमका लागि सिनोभ्याक र सिनोफार्म विकास गरिरहेका खोपलाई प्रयोगको अनुमति दिइसकेको छ । सिनोफार्मले विकास गरिरहेको दुई खोपले यस वर्षको अन्तिमसम्ममा आम नागरिकको प्रयोगका लागि अनुमति पाउने अपेक्षा गरेको छ ।

जापान

जापानले सन् २०२१ को सुरुआती ६ महिनामा १२ करोड डोज खोप ल्याउने गरी एक्स्ट्राजेनेकासँग सम्झौता गरेको छ, जसमध्ये मार्च ३१ सम्ममा तीन करोड डोज खोप जापानले पाउनेछ ।

उसले २५ करोड डोजका लागि नोभाभ्याक्ससँग सम्झौता गरेको छ । जापानले जोन्सन एण्ड जोन्सनसँग पनि कोरोना खोपको लागि वार्ता गरिरहेको छ भने शिनोगी एण्ड कम्पनीसँग सम्झौता गरिसकेको छ । विशेषज्ञहरुका अनुसार जापानमा अनुमति पाउनुभन्दा पहिला खोपको पहिलो र दोस्रो चरणको मानव परीक्षण गरिनु जरुरी हुनसक्छ ।

दक्षिण कोरिया

दक्षिण कोरियाले कोभ्याक्स कार्यक्रमबाट एक करोड मानिसका लागि खोप पाउने अपेक्षा गरेको छ । साथै थप दुई करोड मानिसका लागि अन्य छुट्टै सम्झौताबाट खोप ल्याउने दक्षिण कोरियाको लक्ष्य छ । दक्षिण कोरियाले कोभ्याक्ससँग ुवैकल्पिक खरिदु सम्झौता गरेको छ, जसको सहयोगमा उसले विशेष खोप छान्ने मौका पाउनेछ ।

दक्षिण कोरियामा सन् २०२१ को दोस्रो त्रैमासबाट खोप उपलब्ध हुन सक्ने अपेक्षा छ । खोपबारे अध्ययन तथा साइड इफेक्टबारेको अध्ययनका लागि समय लाग्न सक्ने भएकाले दक्षिण कोरियामा यो खोप प्रयोगमा आउन केही समय लाग्न सक्ने पाइएको हो ।

भारत

भारतमा एक्स्ट्राजेनेकाको खोप निर्माण गरिरहेको सेरम इन्स्टिच्युटले अन्तिम चरणको मानव परीक्षणको नतिजाका आधारमा यस वर्षको अन्तिमसम्म आपतकालीन प्रयोगको लागि अनुमति लिने र फेब्रुअरी वा मार्चसम्ममा यो खोप सार्वजनिक प्रयोगका लागि ल्याइने बताएको छ । भारतले फेब्रुअरीसम्ममा आम मानिसलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । साथै भारतमा स्पुतनिक भी खोपको पनि अन्तिम चरणको परीक्षण चलिरहेको छ ।

ताइवान

ताइवानले सुरुआतमा कोभ्याक्सको योजना र प्रत्यक्ष खोप खरिदबाट एक करो८ ५० लाख डोज खोप पाउने लक्ष्य राखेको छ ।

साथै थप एक करोड ५० लाख डोज खोप किन्न सकिने ताइवानले बताएको छ । ताइवानले सन् २०२१ को पहिलो त्रैमासभित्र कोरोनाको खोप कार्यक्रम सुरु हुने बताएको छ ।

फिलिपिन्स

फिलिपिन्सले एक्स्ट्राजेनेकासँग कम्तीमा दुई करोड डोज खोपको लागि सम्झौता गरेको छ । यो खोप अर्को वर्षको दोस्रो त्रैमासमा आउने अनुमान छ । फिलिपिन्सले ६ करोड डोज उपलब्ध हुन सक्ने आशा व्यक्त गरेको छ ।

साथै फिलिपिन्सले फाइजर र सिनोभ्याकसँग पनि खोप खरिद गर्नेबारे वार्ता गरिरहेको छ । फिलपिन्समा खोपको अनुमतिको लागि मानव परीक्षण जरुरी नपर्ने बताइएको छ ।

इन्डोनेसिया

कोभ्याक्स कार्यक्रमबाट यो मुलुकले १० करोड ७० लाख डोजसम्म खोप पाउने अनुमान छ ।

साथै चिनियाँ खोप सिनोभ्याकको मानव परीक्षण पनि गरिरहेको छ र जनवरीको अन्तिमबाट ठूलो समूहमा मेडिकल कर्मचारी र अन्य फ्रन्टलाइन कर्मचारीमा खोप कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ ।

बंगलादेश

बंगलादेशले भारतको सेरम इन्स्टिच्युटसँग ३ करोड डोज एक्स्ट्राजेनेकाको खोप किन्ने सम्झौता गरिसकेको छ । साथै उसले ६ करोड ८० लाख डोज खोप जाभीबाट सहुलियत दरमा पाउने अपेक्षा रहेको वरिष्ठ स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । रोयटर्स

 

भारत र बंगलादेशमा हवाई उडानको तयारी

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अवरूद्ध भारत र बङ्लादेशसँगको हवाई उडानका लागि बाटो खुलेको छ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै देशसँगको उडान खोल्ने निर्णय गरेसँगै भारत र बङ्लादेशसँगको हवाई उडानका लागि पनि बाटो खुलेको छ। उक्त निर्णयपछि अब उडान हुन नसकिरहेका विशेष गरी भारत र बङ्लादेशका उड्ययन निकायहरूसँग छलफल गरी उडान शुरू गर्ने मिति तय गरिने सरकारको भनाइ छ।

यसअघि भारतले तेश्रो मुलुकका नागरिक बाहेक एक अर्काका देशमा बसिरहेका नेपाली र भारतीय नागरिकले मात्र उडान गर्न पाउने ‘एयर बबल’भनिने उडान ढाँचामा सहभागी हुन गरेको आग्रहलाई नेपाल सरकारले मानिरहेको थिएन।

“अन्यत्रको उडान खुला नै रहेको थियो। बुधवारको मन्त्रिपरिषद्को बैठकले भारत र बङ्लादेशको उडान पनि खोल्ने निर्णय गरेको छ। अब यो तुरुन्तै कार्यान्वयनमा जान्छ”, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने, “तीन चार दिनभित्रै अब भारत र बङ्लादेशको पनि उडानका तालिकाहरू दिन्छौँ। त्यसका लागि हामीले भारत र बङ्लादेशका उड्डयन निकायसँग छलफल गर्नुपर्छ। दुवै देशका अधिकारीहरूले छलफल गरेर तालिका निकाल्छन्।”

भारतको “एअर बबल’ भनिने अवधारणामा नेपाल सहभागी हुने या नहुने भन्नेबारे अझै निर्क्यौल नभइसकेको उनले बताए। मन्त्री भट्टराई भन्छन्, “उहाँहरूले त्यस्तो कुरा राखेको भए पनि हामीले नियमित किसिमकै उडानहरू गरौँ भनेका छौँ। उहाँहरूको प्रस्ताव र हाम्रो प्रस्तावमा अब छलफल हुन्छ।”

अघिल्लो साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँग “एअर बबल” सम्झौताको सम्भाव्यता भारतले खोजिरहेको बताएका थिए। एअर बबल अन्तर्गतको सम्झौतामा विदेशी बाहेक नेपाल वा भारतमा बसिरहेका दुई देशका नागरिकका लागि मात्रै हुने हिसाबले हवाई उडान खोल्न भारतले नेपालसमक्ष प्रस्ताव राखेको बताइन्छ।

कोभिड(१९ को महामारी देखा परेपछि नियमित उडानहरू अवरूद्ध भएयता भारतले हालसम्म २२ वटा देशसँग यस्तो उडान सम्झौता गरेको छ। भारतसँगको उडान अवरूद्ध हुँदा ठूलो सङ्ख्यामा त्यहाँ काम गर्न जाने र अध्ययन गर्न बस्ने नेपालीह मारमा परेका थिए।

महामारीका कारण लकडाउन लगाइएपछि गएको मार्च महिनापछि केही समय नेपाल भारत स्थलमार्गबाट भइरहेको आवतजावत पूर्ण रूपमा रोकिएको भए पनि हाल त्यसलाई सीमित पारिएको छ। विशेष अवस्थामा विदेशी नागरिक बाहेक नेपाली नागरिकहलाई मात्रै हाल भारतसँगको सीमाका तोकिएका नाकाबाट प्रवेश गर्न दिइएको छ।

स्रोत : द नेपालटप

संघीयता आवश्यक छ, दलहरुमा प्रशिक्षणको कमी छ : सभामुख सापकोटा

१२ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको कमी रहेको बताएका छन् । पार्टीभित्र लोकतन्त्रको पनि राम्रो अभ्यास नभएको बताउँदै उनले प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउनुपर्नेमा जोड दिए ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले सो धारणा राखेका हुन् ।

उनले भने, ‘जनमुखी विधेयकहरु बनाउनुपर्छ । प्रदेश र संघलाई एकाकार गरेर नै विधेयक बनाउन आवश्यक हुन्छ । कानुन बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको छ, विज्ञको कमी भएको छ, सांसदहरुमा त्यो कमी छ । त्यसकारण यसमा बढी ध्यान दिनुपर्छ ।’

सभामुख सापकोटाले भने, ‘पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभव भएको छैन । पार्टीबाट सांसदहरुलाई राम्रो प्रशिक्षण भएको छैन ।’

अर्को एक प्रसंगमा उनले संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमा रहेकोसमेत बताए ।

राजावादीहरुको गतिविधितर्फ संकेत गर्दै सभामुख सापकोटाले भने, ‘संघीयताको अहिले राम्रो अभ्यास हुँदै गएको छ । संघीयता नेपाली जनतालाई महत्वपूर्ण हो । यसको औचित्य पुष्टि गर्ने हाम्रो दायित्व हो । जनतालाई परेको छ, संघीयता आवश्यक रहेछ ।’

स्थानीय सरकारको भूमिका पनि त्यही रुपमा देखापरेको सभामुख सापकोटाको भनाइ छ ।

स्रोत : अनलाइनखबर

संसदको नियमित अधिवेशन अब सुरु हुन्छ : कानुनमन्त्री तुम्बाहाङ्फे

काठमाडौं । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला भएको बताएकी छन् ।

यसबारेमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि कुराकानी भएको उनले जानकारी दिइन् ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘कति गते भन्ने टुंगो लागेको छैन, तर अब नियमित अधिवेशन सुरु हुन्छ । कर्मचारीलगायत सबैले पूर्वतयारी गर्नु होला ।’

संसद अधिवेशनको तयारी थाल्दा स्वास्थ्य मापदण्डको पनि ख्याल गर्न उनले सुझाव दिइन् । अनलाइनखबरबाट

प्रेस सङ्ग्रहालय स्थापनाको तयारी

काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालय स्थापनाका लागि सामग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको छ । काउन्सिलले आज सूचना जारी गर्दै सङ्ग्रहालयका लागि सञ्चारसँग सम्बन्धित सामग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको हो ।

सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययन, अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले सङ्ग्रहालयको स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले जानकारी दिए ।

सूचना जारी भएसँगै सङ्ग्रहालयका लागि सामानको खोजी प्रारम्भ अघि बढेको हो । काउन्सिलले सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्न र यस क्षेत्रको अध्ययन, अनुसन्धानमा सघाउ पुर्याउने उद्देश्यले प्रेस सङ्ग्रहालय स्थापना गर्न थालेको हो ।

हाल काउन्सिलमा सञ्चारसँग सम्बन्धित पुराना उपकरण रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिरलगायतका सामग्री रहेका छन् । सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामग्री खोजी गरी निःशुल्करूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने सःशुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ ।

 

नयाँ नक्सा र कालापानी–सुस्ता विवादबारे सम्बद्ध मन्त्रालय र निकायबीच छलफल गर्ने समझदारी

काठमाडौँ । नयाँ राजनीतिक नक्सा र सीमांकनको आ–आफ्नै अडानका कारण धमिलिएको नेपाल–भारत कूटनीतिक तथा राजनीतिक सम्बन्ध सुधार गर्न सिमाना विवादका विषय द्विदेशीय छलफलको प्रक्रियामा जोडिने भएको छ ।

दुई देशबीच एक वर्ष लामो कूटनीतिक तथा राजनीतिक संवादहीनता पन्छाउँदै नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलासँगको एकल तथा सामूहिक भेटवार्तामा परराष्ट्रमन्त्री र सचिवसहितका अधिकारीले नेपालको राजनीतिक नक्साको आधिकारिकता तथा सीमांकन प्रमाणिकताको सरोकार उठाएका छन् । ‘सीमा समस्यालगायत दुई देशबीचमा जेजति आउटस्ट्यान्डिङ विषय छन्, तिनीहरूलाई पनि समाधान गर्दै जाने र त्यसका लागि प्रक्रियामा राखेर अघि बढ्ने विषयमा छलफल भएको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कान्तिपुरसँग भने ।

मन्त्री ज्ञवालीले विदेश सचिवको तहमा सुरु भएको सघन छलफलबाट आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले समग्र छलफल राम्रो भएको उल्लेख गर्दै नेपाल–भारत आपसी सम्बन्धलाई थप सुदृढ गर्दै र सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउँदै अघि बढ्न सहमत भएको जानकारी दिए । ‘मैले विदेश सचिवसँगको कुराकानीको सारबाट भारतले नेपालसँगको सम्बन्धलाई सृदृढ बनाएर लैजाने इच्छासहितको सन्देश दिन खोजेको बुझेको छु,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

यसपछि नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र बैठक अथवा आवश्यकताअनुसार अरू तहको छलफलबारे छिट्टै तालिका निर्धारण हुनेबारे बिहीबारको भेटवार्तामा सहमति जुटेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । गत वर्ष भदौ ४ मा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बसेयता सीमा विवादलगायतका कारण ‘संवादहीनता’ रहँदै आएको थियो । बिहीबार बिहान काठमाडौं उत्रिएका विदेश सचिव श्रृंगलासँग नेपाली समकक्षी परराष्ट्र सचिव भरतराज पौड्यालसहितको कूटनीतिक प्रतिनिधिमण्डलले झन्डै २ घण्टा होटल याक एन्ड यतिमा सचिवस्तरीय बैठक गरेको थियो । ‘दुई पक्षमा छलफलको राम्रो सुरुवात भएको छ । दुई देशबीचका समस्या समाधान गर्नेबारे छलफल सुरु भएको छ, यसलाई अत्यन्त सकारात्मक रूपमा लिएका छौं,’ विदेश सचिव श्रृंगलाले बैठकपछि मिडियासँग संक्षिप्त प्रतिक्रिया दिएका थिए ।

भारतीय विदेश सचिव श्रृंगलासहित विदेश मन्त्रालयमा नेपाल–भुटान मामिला हेर्ने सहसचिव अरन्दिम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रासहितको टोली बैठकमा सहभागी थियो । नेपाली प्रतिनिधिमण्डलमा सचिव पौड्यालसहित सहसचिव सेवा लम्साल, भारत शाखा हेर्ने सहसचिव यज्ञबहादुर हमाल, उपसचिव लोकबहादुर क्षत्रीसहितका कूटनीतिक अधिकारी थिए । बैठकमा सहभागी एक अधिकारीका अनुसार विदेश सचिव श्रृंगलासँगको बैठकमा परराष्ट्र मन्त्रालयले प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनको अन्योल, द्विदेशीय रेल्वे लिंक प्रोजेक्ट, एक्जिम बैंकमार्फत दिइने भारतीय सहुलियत ऋणको उपयोग, अरुण तेस्रो जलविद्युत् आयोजनाको समीक्षा, एकीकृत जाँचचौकी सञ्चालनमा तदारुकता, पञ्चेश्वर परियोजनाको ढिलासुस्ती जस्ता विषयमा छलफल चलेको थियो ।

‘नेपालले जारी गरेको राजनीतिक नक्सा र कालापानी–सुस्ताको विवादास्पद भूभागबारे सम्बद्ध मन्त्रालय तथा निकायबीच छलफल सुरु गर्ने समझदारी बनेको छ । यो विषयमा लामो समयदेखि संवादहीनता रहेकाले जटिलता थपिँदै गएको दोहोरो बुझाइ रह्यो,’ ती अधिकारीले भने । ईपीजी प्रतिवेदनका हकमा पनि त्यस्तो समस्या नरहेको र यो प्रतिवेदन बुझ्न भइरहेको ढिलाइबारे दिल्लीस्थित नेपाली दूतावाससँग परामर्श भइरहेको भारतीय अधिकारीको भनाइ थियो ।

बैठकपछि विदेश सचिव श्रृंगलाले मिडियासँग भने, ‘द्विपक्षीय सहकार्यबारे अत्यन्त फलदायी र उपयोगी कुराकानी भयो । सहकार्यका निम्ति धेरै विषयमा छलफल गर्‍यौं । यसले हाम्रो बृहत् र बहुपक्षीय सहयोगको आधारलाई देखाउँछ ।’ उनले यसबीचमा नेतृत्व तहबाट व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ निकै प्रगति भएको र यसमा थप पहल लिन सक्नेबारे समेत छलफल भएको जानकारी दिए । विदेश सचिव श्रृंगलाले आफ्ना नेपाली समकक्षी पौड्यालसँग एकल भेटवार्ता पनि गरेका थिए । दुई देशबीच संवादहीनताको कारक बनेको नयाँ राजनीतिक नक्सा र सीमा विवादका विषय परराष्ट्रमन्त्री ज्ञवालीसँग भएको विदेश सचिवको ‘एकल बैठक’ मा टड्कारो रूपमा उठेको थियो ।

सचिवस्तरीय बैठकबारे परराष्ट्र मन्त्रालयले बिहीबार राति जारी गरेको विज्ञप्तिमा दुई पक्षबीच व्यापार, पारबहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, कृषि, लगानी, संस्कृति, जनसम्पर्कलगायतका एजेन्डामा बृहत् छलफल भएको जनाइएको छ । पूर्वसचिव मधुरमण आचार्यका अनुसार विदेश सचिव नियुक्त भएपछिको पहिलो परिचयात्मक भ्रमण भएकाले तत्काल ठूलो अपेक्षा राख्न नमिले पनि लामो समयदेखिको राजनीतिक तथा कूटनीतिक संवादहीनतामाझ कूटनीतिक तहमा कुराकानी सुरु भएको छ । ‘यो आइस–ब्रेक हो, यसले दुई देशबीच अल्झेर बसेका मुद्दामा छलफल अघि बढाउने वातावरण बनाएको छ,’ उनले कान्तिपुरसँग भने, ‘विदेश सचिवको परिचयात्मक र शिष्टाचार भ्रमण भए पनि यसमा धेरै सकारात्मक संकेत पाउन सकिन्छ ।’, कान्तिपुर दैनिकबाट

केरुङ–काठमाडौँ रेलमार्ग : डीपीआर बनाउन चीन सकारात्मक

काठमाडौँ । आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न चीन सरकार सकारात्मक भएको छ ।
प्रस्तावित सो रेलमार्गको निर्माण तथा सञ्चालनबारे दुई मुलुकका पदाधिकारीबीच बिहीबार भएको छलफलमा उक्त रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्ष सकारात्मक भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । यसअघि सो रेलमार्गको डीपीआर तयार गरिदिन नेपालले चीन सरकार समक्ष औपचारिक प्रस्ताव गरेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भर्चुअल बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले चीनले आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन तयार गरिदिन चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिनुभयो ।
बैठकमा नेपालका तर्फबाट सचिव श्रेष्ठका साथै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा रेल विभागका महानिर्देशकको सहभागिता थियो । चीनका तर्फबाट नेसनल रेल्वे एड्मिनिस्ट्रेसनका उपप्रशासक आङ लु सीले नेतृत्व गर्नुभएको थियो । यसअघि नै प्रस्तावित सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । भौतिक सचिव श्रेष्ठले बैठकमा नेपालले सो रेलमार्गको डीपीआर तयार गरिदिन चिनियाँ पक्षलाई आग्रह गरेको थियो । नेपालको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको र छिट्टै काम सुरु गर्नेछ भन्नुभयो ।”
अब चिनियाँ पक्षले डीपीआरका लागि विस्तृत गृहकार्यसहित प्रस्ताव नेपाललाई पठाउने र त्यसलाई नेपालले अध्ययन गरेपछि दुवै पक्षबीच निर्णय हुनेछ । त्यसपछि काम सुरु हुन्छ । डीपीआर तयार गर्न चिनियाँ पक्ष छिट्टै नेपाल आउने जानकारी सचिव श्रेष्ठले दिनुुभयो ।
सचिव श्रेष्ठले त्यसैगरी अब चिनियाँ पक्षले डीपीआरका लागि आवश्यक उपकरण नेपाल ल्याउन तथा सोको भन्सार छुट बारेको ‘सिक्युवेस्ट लेटर’ पठाउनेछ । त्यसपछि भौतिक मन्त्रालयले अर्थ मन्त्रालयमा सहजीकरण गर्नेछ भन्नुभयो ।
डीपीआर सम्बन्धी सम्पूर्ण काम कोभिड–१९ का कारण ढिलो भएको उहाँले स्पष्ट पार्नुभयो । डीपीआर बनाउन…
त्यसैगरी बैठकमा चीनमा नेपाली इन्जिनियरलाई तालिमबारे नेपालद्वारा गरिएको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक
रहेको छ ।
यो रेलमार्गको ‘डीपीआर’ तयार गर्न करिब दुई वर्ष लाग्ने अनुमान छ । उहाँले विकट भूगोलमा निर्माण गरिने भएकाले सो रेलमार्गका लागि विभिन्न कोणबाट अध्ययन गर्नुपर्ने बताउनुभयो ।
रेलमार्ग निर्माणका लागि तीन चरणमा अध्ययन सम्पन्न गरिनेछ । पहिलो चरणमा हवाई सर्वेक्षण
(एरियल सर्भे), दोस्रोमा भौगोलिक अनुसन्धान (जियोलोजिकल इन्भेस्टिगेसन) र तेस्रोमा रेल पङ्क्ति योजना (रेल्वे अलाइनमेन्ट) रहेको छ । सबै अध्ययन चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा हुनेछ । ‘डीपीआर’ निर्माणसँगै रेल निर्माणको कुल लागत, निर्माणको ‘मोडेल’ लगायतका विषयबारे टुङ्गो लाग्नेछ ।
चीनका राष्ट्रपति सी चिनफिङको गत वर्ष असोजमा भएको नेपाल भ्रमणका क्रममा यस रेलमार्गको अध्ययन गर्न दुई मुलुकबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

केरुङ–काठमाडौँ रेल सम्भव
प्रस्तावित सो रेलमार्ग निर्माण गर्न चीनद्वारा यसअघि गरिएको पूर्वसम्भाव्यता (प्री–फिजिबिलिटी) अध्ययन प्रतिवेदनले उक्त रेलमार्ग निर्माण र सञ्चालन सम्भव रहेको देखाएको थियो । चीनले सो प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरणसमेत गरिसकेको छ । प्रतिवेदन अनुसार सो रेलमार्गको लम्बाइ करिब ७२ किलोमिटर हुनेछ ।
अध्ययन अनुसार सो रेलमार्गमा चारवटा स्टेसन प्रस्ताव गरिएको छ । पहिलो स्टेसन केरुङमा हुनेछ भने काठमाडौँ र केरुङको बीचमा दुईवटा र अन्तिम स्टेसन काठमाडौँको टोखामा हुनेछ । रेलमार्ग निर्माण गर्न चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङसम्म अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएरै चीनबाट नेपाल रेल आउने हो । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुने विश्वास छ । गोरखापत्रबाट