लैगिंक हिसां बिरुद्धको अभियानमा बिभिन्न कार्यक्रम – Nagarikabhiyan : National News

लैगिंक हिसां बिरुद्धको अभियानमा बिभिन्न कार्यक्रम

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित बिभिन्न पालिकामा लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्र्तगत तेस्रो दिन अन्र्तक्रिया गोष्ठी र सचेतनामूलक कार्यक्रम गरिएको छ ।

इनरुवामा साझा सवालका लागि साझा मञ्च कोकनको आयोजनामा महिला बिरुद्ध हुने हिंसा नियन्त्रणमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा प्रदेश १ सामाजिक विकास मन्त्रालयका अधिकृत कोषराज न्यौपानेले हिंसा र पीडा सहेर बस्नु भन्दा उजुरी गर्ने परिपार्टीको विकास गर्नुपर्ने बताउनुभयोनुभयोनुभयो । न्यौपानेले नागरिक अभियान र दवावले तेजाब आक्रमण बिरुद्धको कानून आएको र बलत्कार बिरुद्धको कडा कानून आएपनि पूर्ण कार्यान्वयनमा समस्या रहेको गुनासो बढेकाले कार्यान्वयन गर्ने निकायहरुले पूर्ण ध्यान दिनुपर्ने बताउनुभयोनुभयोनुभयो । न्यौपानेले कानूनी उपचारको लागि प्रचार प्रसार गर्नुपर्ने , हिंसा पीडितलाई न्याय र राहत दिनुपर्ने, पीडितलाई क्षतिपूर्ती वापत दिने रकमको लागि पीडित राहत कोषमा बजेटको ब्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा अधिवक्ता कृष्ण दाहालले लैगिंक हिंसा न्यूनीकरणका लागि नागरिकमा जनचासो र जागरुकता आवश्यक रहेको

बताउनुभयोनुभयोनुभयो । दाहालले केही कानून महिलामैत्री भएपनि कार्यान्वयनमा चुनौती देखिएको औल्याउनुभयो । त्यस्तै समाजसेवी तथा कोकनका पुरुषोत्तम घिमिरेले समुदायमा शिक्षा , सचेतना र कानूनी साक्षरता आवश्यक रहेको बताउनुभयोनुभयोनुभयो । पत्रकार जयकृष्ण यादवले लैगिंक हिंसा न्यूनीकरणका लागि पीडा बिरुद्ध आवाज उठाउनुपर्ने र न्यायको लागि आफै जागरुक हुनुपर्ने बताउनुभयोनुभयोनुभयो । कार्यक्रममा कानुन अधिकारी, दायालाल चौधरी, रोहिता भट्टराई, ओरेककी शान्ति दनुवार, बालकुमारी विक, हेमन्त पौडेल लगायतकाले दिवसको बारेमा बोलेका थिए ।

उता सदरमुकाम इनरुवा ९ बवियामा गैर सरकारी संस्था महासंघ र इनरुवा नगरपालिकाको आयोजनामा दिवसकै अवसरमा कानूनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सरस्वती माविमा भएको कानूनी साक्षरता कार्यक्रममा सरिता घिमिरे कार्की, रमेश भट्टराई, मेघराज न्यौपाने, शिक्षक देवकृष्ण यादव, स्थानीय अधिकारकर्मी चन्दन गुप्ता लगायतकाले सरोकारवालाहरुलाई प्रशिक्षण दिनुभएको थियो । उता रामधुनी नगरपालिकामा समेत दिवसकै अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको रामधुनीका उपप्रमुख सबिना चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार न्यौपाने, वडाध्यक्ष मनिष चौधरी, डेगराज फूयाँल लगायतकाले १६ दिवसीय अभियानका बारेमा बोल्नुभएको थियो । त्यसैगरी मानव अधिकार समुह कोशीको आयोजनामा लौकहीको दलित बस्तीमा लैगिंक हिंसा बिरुद्धको साक्षरता कार्यक्रम सम्पन्न भएको छ । यता गढी गाउँपालिका २ औराबनीमा समेत दिवसकै अवसरमा बालविवाह बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।