चुरे संरक्षण अभियानले विभिन्न मागसहित बुझाए मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र
१२ मंसिर २०७७, शुक्रबार १४:३३
काठमाडौं । चुरे तथा वन जगंल संरक्षण अभियानले मारूती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको सार्वजनिक जग्गा फिर्ता हुनु पर्ने मागसहित प्रदेश न. २ का मुख्यमन्त्री लाल बाबु राउतको ध्यानाकर्षण गराएका छन् ।
समाजिक अभियन्ता सरोज रायको नेतृत्वमा गएको टोलीले पाच विषयमा पहल गर्न आग्रह गरेका छन् । आफ्ना मागहरू सम्बोधन नभए आठै जिल्लामा संघर्षको कार्यक्रम गर्ने उनीहरूको चेतावनी पनि रहेको छ ।
त्यस्तै हत्या गरिएका दिलीप महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने र दोषीलाई सजाय हुनुपर्ने उनीहरूको माग छ । मापदण्ड विपरितका क्रसर उद्योग बन्द हुनुपर्ने, रौतहट जिल्लाको विजयपुर फतुवा नगरपालिकामा सागरनाथ वन विकास परियोजनाको अतिक्रमणमा परेका २०० हेक्टर जग्गा वनमा पूनः फिर्ता हुनुपर्ने र विपी पुष्पलाल सामुदायिक वन रौतहटको अतिक्रमणमा परेका १०० हेक्टर जग्गा फिर्ता लगायता अन्य माग रहेको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा रायसहित तराई मधेश राष्ट्रीय परिषद (टिएमएनसी) सदस्य तथा चुरे तथा वन जगंल संरक्षणको संयोजक सुनील यादव, रानी राय, रामशरण महतो, चन्द्रकिशोर, अमन यादव लगायतको सहभागिता रहेको थियो ।



फेसबुकबाट तपाईको प्रतिक्रिया