तातोपानी नाकाबाट ठूला मालवाहक सवारी साधन भित्रन थाले, व्यापारी उत्साहित – Nagarikabhiyan : National News

तातोपानी नाकाबाट ठूला मालवाहक सवारी साधन भित्रन थाले, व्यापारी उत्साहित

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट पछिल्लो समय ठूला मालवाहक सवारी साधन भित्रन थालेका छन् ।

भूकम्पछि ठप्प रहेको नाका खुले लगतै ठूला मालवाहक सवारी भित्रन थालेका हुन् । केही समय अघिसम्म २० फिटे नेपाली कन्टेरले मात्र सामान ल्याउँने गरेकोमा पछिल्लो समयमा ४० फिट लामो कन्टेनरबाट सामान आयात हुन थालेको छ ।

 

ठूला सवारीमा सामान भित्रदा लागत घट्ने र सामान समेत सस्तो हुँने सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पा बताउनु हुन्छ । साना कन्टेरमा सामान ल्याउँदा लामो समय लाग्ने र फलफूल तथा खाद्य सामग्री समेत गुणस्तरीय नहुँने ब्यपारीहरुको भनाइ छ ।

चीनबाट सामान ल्याउँन ४० वटा ठूला कन्टेनर लोड गरेर राखिएको समेत व्यापारीहरुको भनाइ छ । भूकम्पले नाका बन्द हुँन अघि चीनको खासासहित नेलम र ल्हासामा नेपाली व्यपारीले खरिद गरेको ५ सय कन्टेनर भन्दा बढी समान चीनमा रोकिएका छन् ।

 

ठूला कन्टेनरमा सामान भित्रदा राजश्वमा समेत बृद्धि हुने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्री बताउनु हुन्छ । तातोपानीदेखि काठमाडौंसम्म ठूला कन्टेनरबाट सामान ढुवानी हुँन थाले पनि अरनिको राजमार्गको अवस्था भने जीर्ण रहेको छ । न्युज२४बाट