१० श्रावण २०७७, शनिबार ०६:१४ – Page 5 – Nagarikabhiyan : National News

आज २०७७ साउन १० गते शनिबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।

कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्ने, आधा सजाय छुट दिने

काठमाडौं ।  कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संशोधन दर्ता गर्ने सदस्यसँग संशोधन गर्न पर्ने कारणबारे राज्यव्यवस्था तथा सुशासन समितिले कारागार सम्बन्धी जानकारी लिएको छ ।

समितिको आजको बैठकमा विधेयकका संशोधनकर्ता सदस्य यशोदा सुवेदी, दुर्गा पौडेल र कृष्णभक्त पोखरेलले आ-आफ्ना संशोधनको बचाउ गरेका छन् । उक्त विधेयकमाथि एकल तथा समूहगत रूपमा गरी २४ संशोधन दर्ता भएका छन् ।

मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भएसँगै कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्दै कैदीबन्दीको मानवअधिकार सुनिश्चित गर्न अध्ययन गर्ने वातावरण तयार गर्ने सोच अघि सारिएको छ । सरकारले पछिल्लो समय खुला कारागारको अवधारणासमेत अघि सारेको छ ।

संशोधनकर्तासँग जानकारी लिएपछि समितिले उक्त विधेयकमा दफाबार छलफल अघि बढाएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले मुलुकको समग्र शान्ति सुव्यवस्था कायम गरी सर्वसाधारणको जीउ, धन तथा स्वतन्त्रता कायम गर्ने सम्बन्धमा कारागारको स्थापना, सञ्चालन र व्यवस्थापन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्न विधेयक ल्याइएको जानकारी दिएकमा छन् ।

नेपालको संविधानमा संघ र प्रदेशको साझा अधिकारको सूचीमा कारागार तथा हिरासत व्यवस्थापन र शान्ति सुरक्षासम्बन्धी प्रावधान छ । संविधानमा उल्लिखित उक्त व्यवस्थालाई संघीय सरकार र प्रदेश सरकारबीच समन्वय कायम गर्न उक्त विधेयक अघि बढाइएको गृहमन्त्री थापाले बताए ।

बैठकमा सदस्यहरूले नेपालको कारागारमा धेरै सुधारको खाँचो रहेको, खुल्ला कारागारसम्बन्धी नयाँ सोचका साथ विधेयक आएको बताएका छन् । आगामी दिनमा कारागार भर्ने होइन, ५० प्रतिशत कैद सजाय इमान्दारपूर्वक पूरा गर्नेलाई बाँकी सजाय छुट दिने व्यवस्था कानुनमै किटान गर्न उनीहरुले सुझाव दिए ।

प्रस्तावित विधेयकमा कैदी बन्दीको स्वास्थ्य परीक्षण, कारागारमा अस्पताल र स्वास्थ्य चौकी, भेटघाट कक्षको व्यवस्था, प्रजनन अधिकारको संरक्षण, सीपमूलक वा आयमूलक कार्यक्रम व्यवस्था गर्ने उल्लेख छ । विधेयकमा कारागारमा बन्दीका रूपमा रहेका वैध दम्पतीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिएबमोजिम भेटघाट गर्ने अनुमति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधेयकमा कारागार प्रशासनको काम, कर्तव्य र अधिकारका विषय पनि समेटिएको छ । कैदी बन्दीको पठनपाठन, स्थानान्तरण, कारागारमा नाबालकको हेरचाह र पालनपोषण, गर्भवती वा सुत्केरी बन्दीको बसोबास, खानपान र स्वास्थ्य परीक्षण, विशेष जिम्मेवारीबापत पाउने सुविधा, कारागारको सुरक्षा, थुनुवा वा कैदीलाई पूर्जी दिने व्यवस्था, बन्दीप्रति गरिने व्यवहारलगायत सुधारात्मक व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

सप्तकोशी नदिको कटान मर्मत समभार तीब्र रूपमा हुदै

इनरुवा । सप्तकोशी नदीले वराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पोर (बांध) कटान मर्मत समभार कार्य तीब्र रूपमा भइ रहेको छ ।

यसै हप्तामा लगातार भइरहेको बर्षाको कारण नदीमा बढेको पानीको बहावले नोज स्पोर करिव ३० मिटर कटान गरेको थियोे ।
सो क्षेत्रमा कोशीले कटान गर्न थालेपछि त्यहाका स्थानीय बासिन्दाहरुमा डर ,त्रास उत्पन्न भएको थियो ।

कोशीको पानीको सतह दुई देखि यता घट्दै जादा पनि थप कटान नरोकिएपछि भारतको विहारबाट आएका जलसंसाधनका अधिकारी तथा ठेक्कादार कटान रोक्ने प्रयास कार्य तीब्र गतिमा भइरहेको र दैनिकी २५०/३०० जना कामदारहरु काम गरिरहेको स्थानीय ठेक्कादार देवनारायण मेहताले बताएका छन ।

कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय सरोकारवालाजरुको कटान रोक्नमा पूरा निगरानीको प्रयास गरेको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताउनु भएको छ । उनले भने, ‘कोशीको पुर्वी किनारमा रहेको १० नम्बर नोज स्पोरले बराहक्षेत्रको ठाकुरबारी बस्तीलाई जोगाएको छ । उत्त बांध फुटेमा चक्रघट्टी बजार लगायतका क्षेत्र पनि लैजान सक्ने भएकाले तत्काल कटान रोक्ने कार्य अहिले उच्च गतिमा हाम्रो निगरानीमा भइरहेको छ ।

उनले कोशीले पछिल्लो केही बर्ष यता आफ्नो धार परिवर्तन गर्दै पुर्वी किनार कटान गर्न थालेको बताए । १० बर्ष अघि १० नम्बर नोज स्परबाट कोशी करिव ५ (६ सय मिटर पश्चिम भएर बग्ने गरेको थियो । तर यो बर्ष तिव्र पानीको वेगका साथ पानीको वहाव पुर्वी किनारामा ठोकिएको हुँदा कटान थालेको थियो ।

वराहक्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं। ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा परेको मेयर खनालले बताए ।
सुनसरीको भिमनगरस्थित कोशी व्यारेज देखि उत्तर बराहक्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको रहेको छ ।

कोशी व्यारेज निर्माण गरेको बेला देखिको उक्त सम्झौता अनुसार सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पुर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग बर्षेनी कटान र डुवानमा पर्दै आएको मेयर खनालले बताएका छन।

वीरगन्जको कोभिड अस्पतालको आइसोलेशन वार्डमा उपचार्थ युवतीको ज्यान गयो

वीरगन्ज । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक खस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेकी एक युवतीको ज्यान गएको छ ।

बिहिबार वीरगन्जको हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएकी पर्साको परवानीपुरकी १९ वर्षिय युवतीको शंका लागेर आरडिटी परिक्षण गरिएको थियो ।

आरडिटी परिक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि कोरोनाको आंशकामा बिहिबार नै बेलुका कोभिड अस्पताल गण्डकमा पठाईएको थियो ।

उपचारको क्रममा केहि बेरअघि उनको गण्डक अस्पतालको आइसोलेशन वार्डमा ज्यान गएको कोभिड अस्पतालका सिफ्ट ईन्चार्ज डा. निरज सिंहले बताएका छन् । तर उनको कोरोना संक्रमणबाट नै मृत्यु भएकोबारे पुष्टि भएको छैन ।

युवतीको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाईए पनि रिपोर्ट आइसकेको छैन । रिपोर्ट आउन २ घण्टा समय लाग्ने बताइएको छ ।

कोरोना संक्रमणकै कारण मृत्यु भएकोबारे अहिले केहि भन्न नसकिने डाक्टरकाके भनाइ छ । मृतक युवती झाडापखाला तथा रुघाखोकीबाट ग्रसित थिईन । समस्या जटिल भएपछि कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

कोशी अस्पतालको आइसोलेसमा महिलाको मृत्यु

विराटनगर । बिहीबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ ।

श्वास प्रश्वासमा समस्या भएर आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षकी महिलाको शुक्रबार मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासले जानकारी दिए ।

महिलाको मृत्यु भइसकेपछि मात्र स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आउन बाँकी रहेको डा । दासले बताए ।

महिलाको शव आइसोलेसनमा नै राखिएको छ । हाल आइसोलेसनमा अन्य एकजना पुरुष र एक महिला पनि उपचाररत छन् ।

शुक्रबार प्रदेश २ मा ३२ जना संक्रमित थपिए, वाणिज्य बैंकका प्रवन्धक पनि संक्रमित

जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सहित ३२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार पर्सामा ३१ र बारामा १ जना व्यक्ति संक्रमित भएका छन् ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ३ सय ५३ पुगेको छ । संक्रमितमध्ये ४ हजार २२ पुरुष र ३ सय ३१ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु श्रीपुरस्थित वडा प्रहरी कार्यालयमा रहेका २२ देखि ४७ बर्ष उमेर समुहका ५ जना भारतीय थुनुवा, नारायणी अस्पताल वीरगञ्जको क्वाटरमा रहेका २३ र ३५ बर्षिय दुईजना पुरुष, पकहा मैनपुर-३ सबैठुवाका २७ र ५० बर्षिय दुईजना पुरुष, भौराटार-३ पर्साका ३३ बर्षिय एकजना पुरुष, छपकैया-२ वीरगञ्जका ३० र ३४ बर्षिय दुईजना पुरुष, मुरली-१२ वीरगञ्जका ३८ बर्षिया एक महिला र ९ देखि १६ बर्ष उमेर समुहका ३ जना पुरुष, छिपहरमाई गाउँपालिका-३ का २३ बर्षिय एक पुरुष, घण्टाघर-९ वीरगञ्जका २५ बर्षिय एक पुरुष, राष्ट्रिय वाणिज्य बैंकका ३३ बर्षिय प्रबन्धक, वीरगञ्ज महानगरपालिका-१० का १४ देखि ६० बर्ष उमेर समुहकी ४ जना महिला र २२ र २९ बर्षिय दुईजना पुरुष, वीरगञ्ज महानगरपालिका-१३ की ४८ बर्षिया एक महिला र ९ महिनाका एक बालक र ३० बर्षिय एक पुरुष तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर-१४, २० र २९ का २५ बर्षिया एक महिला र २३ र ३२ बर्षिय दुईजना पुरुष रहेका छन् ।

त्यस्तै बाराको जीतपुरसिमरा उपमहानगरपालिका-११ का १९ बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् । प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा ६ हजार ६ सय ७७, सिरहामा ३ हजार ७ सय ६६, धनुषामा ५ हजार २ सय ३४, महोत्तरीमा ३ हजार ७ सय ८५, सर्लाहीमा ६ हजार ३२, रौतहटमा १४ हजार ९ सय २४, बारामा ४ हजार ६ सय ५० र पर्सामा ८ हजार ३ सय १ जना गरि कुल ५३ हजार ३ सय ६९ जनाको स्वाब परिक्षण गरिएकोमा ४ हजार ३ सय ५३ जना संक्रमित भएका छन् भने ४६ हजार ९ सय २० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ४ सय ६६, सिरहामा २ सय १९, धनुषामा १ सय ६०, महोत्तरीमा १ सय ६५, सर्लाहीमा १ सय ३३, रौतहटमा ४ सय ८८, बारामा २ सय ७ र पर्सामा २ सय ५८ जना गरि कुल २ हजार ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज मात्रै सप्तरीमा ५ सय ३१, धनुषामा ३०, बारामा ६७ र पर्सामा १ सय ६५ जना गरि ७ सय ९३ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा २५, महोत्तरीमा २, बारामा ५० र पर्सामा २८ गरि जम्मा १ सय ५ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २६ हजार १ सय ८९ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ४२, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ४, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४५ र पर्सामा २४ जना गरि कुल १ हजार १ सय ७५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार १४ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको २३ हजार ६ सय ७७ बेड क्षमताको ३ सय ७७ वटा क्वारेन्टाइनमा अहिले २ हजार ६ सय ४७ जनालाई राखिएको छ भने ६ हजार ४ सय ९२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार २ सय ३३ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ८९, सिरहामा २६, धनुषामा ७७, महोत्तरीमा १३, सर्लाहीमा ६४, रौतहटमा ७७, बारामा ५१ र पर्सामा ४९ जना गरि ४ सय ४६ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय ५२, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय १९, सप्तरीमा ४ सय ९,पर्सामा २ सय ३७, सिरहामा २ सय ९ र बारामा १ सय ६६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा यस प्रदेशमा धनुषाका ८ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय २५, सिरहाका १ सय ५४, धनुषाका ४ सय ८८, महोत्तरीका ३ सय ३७, सर्लाहीका ६ सय २१, रौतहटका ६ सय ७०, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरि २ हजार ८ सय ८८ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा ३, बारामा २, रौतहटमा २, महोत्तरीमा १ र सप्तरीमा १ जना गरि ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

वीरगन्ज । पर्साको वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण समुदायमै देखिन थालेको र भारतबाट नेपाल आउने क्रम पनि नरोकिएपछि जिल्ला सुरक्षा समितिले भोली (शनिबार) बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समितिको आज (शुक्रबार) बसेको बैठकमा भारतसँग सीमा जोडिएको वीरगञ्जमा भारततर्फ जाने र आउने क्रम बढिरहेको निष्कर्ष निकालिएको छ ।

यता समुदायस्तरमा संक्रमण देखिन थालेको र अर्कोतर्फ कोरोना संक्रमण उत्कर्षमा पुगेको भारत जाने आउने क्रम नरोकिएपछि निषेधाज्ञाको विकल्प रोजिएको बैठकमा सहभागी एक सहभागीले जानकारी दिएका छन् । अर्को सूचना जारी नहुञ्जेललाई निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वन कार्यालय सुनसरीका डिभिजन प्रमुख घुससहित पक्राउ

इनरुवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख ५३ हजार घुससहित डिभिजन प्रमुख पक्राउ गरेको छ। डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ ) रामबाबु साहलाई ५ लाख ५३ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारी जानकारी दिए।

घुस लिएर रौतहट जाँदै गरेको सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ।डिभिजन प्रमुख र उनको श्रीमतीको साथबाट स्रोत नखुलेको ५ लाख ५३ हजार नगद फेलापारी कोशी गाउँपालिका ८ सुनसरीबाट नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रदेश १ का मुख्यमन्त्रीले भने- समुदायमा फैलियो कोरोना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समुदायमा कोरोना संक्रमण फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा समुदायस्तरमै कोरोना फैलिएको बताएका हुन ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताउँदै उनले भने, ‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’

कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार सफल भएको बताउँदै उनले नागरिकले पनि सतर्कता अपनाउनु पर्ने बताए ।

मुख्यमन्त्री राईले अब कोरोना जाँचलाई समुदायस्तरमा लैजाने बताए । लकडाउन अन्त्य भएपछि समुदायमा संक्रमण फैलने सम्भावना बढेकाले सावधानी अपनाउन उनले आग्रह गरे ।

प्रदेश १ को वार्षिक खर्च प्रगतिले विषम परिस्थितिमा पनि काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताउँदै उनले चालु र पुँजीगत तर्फ ७१ प्रतिशत बजेट खर्च गरेको बताए ।

कोरोनाले रोक्यो प्रदेशको नाम

मुख्यमन्त्री शेरधन राईले कोरोना महामारीका कारण प्रदेश १ को नामाकनको काम रोकिएको बताएका छन् ।

सरकारले चालू अधिवेशनबाट नामको टुंगो लगाउने बताउँदै आएका मुख्यमन्त्री राईले जारी अधिवेशनको अन्तिम बैठकमा कोरोना भाइरसका कारण नाम राख्न नसकिएको बताए । भाइरसको कारणले नामका बारेमा खुलेर छलफल गर्ने वातावरण बन्न नसकेको बताए ।

प्रदेश १ को बजेट अधिवेशनमा ३७ बैठक बसेको थियो । कोरोना महामारीका कारण दुईवटा कोठामा स्क्रिन सेयरिङ्का आधारमा जम्मा ६२ घण्टा ३० मिनेट बैठक बसेको थियो ।अनलाइनखबरबाट

अत्यावश्यक सेवा बाहेक इनरूवा क्षेत्रमा पूर्ण लकडाउन गर्ने निर्णय

इनरुवा । इनरुवा नगरपालिकाले आजबाट पूनहः लकडाउन गर्ने निर्णय गरेको छ । सरकारले लकडाउन खोलेको भएपनि इनरुवा नगरपालिकाले लकडाउन कडा गर्ने निर्णय गरेको हो ।

आज बसेको सरोकारवालाहरुको बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि लकडाउन कडा पार्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताउनुभयो ।

इनरुवा ३ महेन्द्रचोक स्थित एक जनामा पिसिआर टेष्ट गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको र उक्त व्यक्ति बजारका विभिन्न पसलहरुमा गएर सामग्री खरिद गरेका कारणले लकडाउन गरिएको नगरपालिकाले जनाएको छ ।

लकडाउनलाई उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिलाइ क्वारेन्टाइनमा राखिने समेत नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले अत्यावश्यक सेवा बाहेक इनरुवा क्षेत्र पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको जनाएको छ ।

थप १३३ जनामा कोरोना पुष्टि, १०७ जना डिस्चार्ज

काठमाडौं । आज नेपालमा थप १३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १३३ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १२ हजार ९४७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको प्रतिशत ७०.३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ९८७ नमुनाको पिसिआर परिक्षण गरिएको छ । अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या ३ लाख ३४ हजार ९९६ पुगेको छ ।

त्यस्तै अहिले देशभरमा १९ हजार ४०९ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३५८ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ७ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, धनकुटा, रसुवा, हुम्ला, भोजपुर र पांचथर रहेका छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ ।

अन्ततः विराट नर्सिङ होमको बदमासी लामो समय रहेन,प्रशासनले गर्याे अस्पताल सिल

विराटनगर । अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेको हो ।

बुधबार विराटनगर तीनपैनी घर भएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको थियो । अस्पतालले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो । परीक्षणमा पोजेटिभ देखिएपछि संक्रमित समेत पहिचान गर्न गाह्रो परेको थियो । अस्पतालको चिकित्सकमा संक्रमण पुष्टि भएको हल्ला चलेपछि विरामी नआउने र अस्पताल सिल गर्नुपर्ने भएकोले विराटको प्रशासनले संक्रमितको पहिचान नै लुकाएको हो ।
बुधबारदेखि प्रहरीले संक्रमित व्यक्तिको खोजी गर्ने क्रममा अस्पतालकै व्यक्ति संक्रमित भएको बिहीबार पत्ता लगाएको हो । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा

आकस्मिक बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले तत्काल सिल गर्नका लागि निर्देशन दिनु भएको थियो ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले सुचना टाँस गर्दै अस्पताल अनिश्चितकालका लागि सिल गरिएको जानकारी दिइएका हुन् । अस्पतालका व्यवस्थापनका अमित कुशवाहाले कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको स्वाब संकलन र परीक्षणको तयारी भईरहेको बताएका छन् ।

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियार आयोगमा उजुरी, यस्ताे छ गम्भिर आराेप

काठमाडौं  ।  इनफ इज इनफका अभियन्ताहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका  छन्।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै इनफ इज इनफका अभियन्ताहरुले ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।

अभियन्ताहरुले आयोगमा स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह लगायत ओम्नीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुल हरि सिंह भुसाल विरुद्ध उजुरी दिएका हुन्।

यस्तै उनीहरुले स्वास्थ्य सामग्री खरिदमा सम्बन्ध देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, तत्कालिन स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका प्रमुख महेन्द्र श्रेष्ठ उपरसमेत छानबिनको माग गरेका छन्। नेपालपानाबाट

प्रचण्डलाई मनाउन ओलीको लोभपूर्ण आश्वासन, पदमोहमा परी प्रचण्ड गुट कमजोर !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । नेकपा भित्रबाटै प्रधामन्त्री केपी शर्मा ओलीले राजिनामा दिनपर्ने माग उठ्दै आएको छ र ओली आफु बच्न राजनीतिक चार्तुयता देखाउँदै आएका छन् ।

ओलीको राजनीतिक चार्तुयताको बीच माधव कुमार नेपाल र उनका गुटलाई कमजोर पार्न असफल बनेका छन् । प्रधनमन्त्री ओलीले नेपाल गुटलाई कमजोर पार्न पासा फालेका थिए तर, ओली केहि चलेन । उनी गुटका नेताहरु सिद्धान्तवादी, व्यवहारीक र राष्ट्रवादी भएकाले ओलीको रणनीति परास्त भयो ।

ओलीले आफ्नो सत्ता बचाउनका लागि नेपालसँग समझदारी गरि अगाडी बढ्ने प्रयास गरेका थिए । उनको प्रयास विफल भएपछि नेपाललाई फकाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी उनको निवास पुगेका थिए । तर, राजदूत होउ यान्छीलाई माधव कुमार नेपालले उल्टै पाठ सिकाएर पठाएका थिए ।

कुटनितीक मर्यादा नाघेर चिनियाँ राजदूत यान्छी अनावश्यक दवाव दिन केहिदिन अघिमात्रै साउथ कोरियाको ‘फादर मुन’का एक प्रतिनीधीलाई समेत लिएर नेता नेपालको घर पुगेकी थिइन् । तर, चिनियाँ राजदूत यान्छीको पनि केहि चलेन ।

चिनियाँ राजदूत यान्छीले नेकपाभित्र बढेको विवाद मिलाउन नेता नेपाललाई अनावश्यक दवाव दिन खोजिएको, तर, यान्छीलाई नेता नेपालले विदेशी हस्तक्षेप स्विकार नहुने बताएका थिए । ‘यो विवाद हम्रो हो, हामी आफ्नै तरिकाले समाधान गर्छौ, यसमा अरुको कुनै किसीमको हस्तक्षेप (विदेशी हस्तक्षेप) चल्दैन ।’ नेता नेपालले भनेका थिए।

ओलीका लागि नेपाल गुट भाडी बन्दाँ ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई कमजोर पार्न राजनीतिक चार्तुयता देखाए । प्रधानमन्त्री ओलीले प्रचण्डलाई कमजोर पार्न नयाँ रणनीति बनाए र प्रचण्डलाई कमजोर बनाउन करिब/करिब सफलता तिर उन्मुख पनि भएका छन् ।

शुरुमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई मनाउन ‘लोभपूर्ण’ आश्वासन दिएका थिए र पटक/पटक भेटवर्ता पनि गरे । भेटवर्ताको क्रममा ओलीले प्रचण्डलाई गोप्य प्रस्ताव पनि गरेका थिए तर, केपी शर्मा ओलीको प्रस्ताव प्रचण्डले भने स्वीकार गरेका थिएनन् । पछि ओलीले उनी गुटका नेताहरुलाई लोभ देखाएर फकाउन सफल बने । जसअनुरुप अहिले प्रचण्ड गुट कम्जोर बन्यो ।

नेकपाको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदुतसँगै चिनियाँ कम्पनी गेजुवाका लोकल एजेन्ट एवम् संदिग्ध व्यापारी दिपक भट्ट पनि सक्रिय बनेका छन् । चिनियाँ दुतावाससँग नजिक रहेका भट्ट ओलीको निर्देशनमा सक्रिय भएका हुन् र उनी पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कम्मर कसेर लागेका छन् । उनले नेकपाका नेताहरुलाई पैसाको पोको देखि लिएर मन्त्री पदसम्मको लोभ देखाएको एक नेताले बताए ।

भट्टले पद र पैसाको भरमा प्रचण्ड निकट नेताहरुलाई ओली तर्फ मोड्न सफल बनेका छन् । पूर्व माओवादीका नेताहरुमा खास गरि अघिकांशमा ‘पदमोह’ छ । जसअनुरुप भट्टले पद र पैसाको भरमा प्रचण्ड निकट नेताहरुलाई ओली तर्फ मोड्न सफल बनेको जानकारहरु बताउँछन् ।

‘ओली सरकारलाई धिकार्दै’ नेकपाका यी हिम्मतवाली उप-मेयरले दिईन् राजीनामा, जनतासँग मागिन् माफी !

उदयपुर । ओली सरकारलाई धिकार्दै वेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छन्।

नेकपाका हिम्मतवाली उप-मेयर चौधरीले जनतासँग माफी माग्दै राजीनामा दिने घोषणा गरेकी हुन् । उनलेले नगरपालिकामा सामग्री खरिद प्रक्रियादेखि अन्य कुरामा अनियमितता हुने गरेको र आफूले त्यसबारे पटकरपटक कुरा उठाउँदा पनि त्यसको कार्यान्वयन नभएको भन्दै आफू पदमा बस्नुको औचित्य नरहेको बताइन्।

उनले पदबाट राजीनामा दिने कुरा आफ्नो फेसबुकमार्फत् जानकारी दिएकी थिइन्। ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु। जनतासँग माफी मान्न चाहन्छु। कालो कर्तुतहरूको विषयमा कार्यान्वयन हुँदैन। धिक्कार छ दुईतिहाइ सरकार’ उनले फेसबुकमा लेखेकी छिन्।

उनले पार्टीमा आफ्नो राजीनामाबारे छलफल चलिरहेको भन्दै त्यसको निर्णयपश्चात् थप कदम लिने जनाइन्। ‘मैले राजीनामाको घोषणा गरेको हो। म तत्काल लिखित दिन पनि तयार छु। अब पार्टीले कस्तो निर्देशन दिन्छ। तर नगरमा कार्यसञ्चालनमा देखिएको हिलोहरू सफा भएन भने म आफैं पन्छिन्छु। म जनतासँग माफी माग्न चाहन्छु’ उनले भनिन्। चौधरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट उपमेयर पदमा निर्वाचित भएकी थिइन्। नेपालपानाबाट

देशमा थप १४७ जनामा देखियो कोरोना भाइरस संक्रमण

काठमाडौँ । देशमा थप १४७ जनामा कोरोना भाइरस देखिएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको आफ्नो नियमित पत्रकार सम्मेलनमा आज थपिएका बिरामीसँगै नेपालमा कोभिड-१९ सङ्क्रमितको कुल सङ्ख्या १८ हजार २४१ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ४८१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । यस्तै, १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेहरु १२ हजार ८४० पुगेको छ ।

नेपालमा अहिले पाँचहजार ३५८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् । रेड जोनमा ५३० रहेका छन् ।