वीरगन्जको कोभिड अस्पतालको आइसोलेशन वार्डमा उपचार्थ युवतीको ज्यान गयो
९ श्रावण २०७७, शुक्रबार १८:५१
वीरगन्ज । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक खस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेकी एक युवतीको ज्यान गएको छ ।
बिहिबार वीरगन्जको हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएकी पर्साको परवानीपुरकी १९ वर्षिय युवतीको शंका लागेर आरडिटी परिक्षण गरिएको थियो ।
आरडिटी परिक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि कोरोनाको आंशकामा बिहिबार नै बेलुका कोभिड अस्पताल गण्डकमा पठाईएको थियो ।
उपचारको क्रममा केहि बेरअघि उनको गण्डक अस्पतालको आइसोलेशन वार्डमा ज्यान गएको कोभिड अस्पतालका सिफ्ट ईन्चार्ज डा. निरज सिंहले बताएका छन् । तर उनको कोरोना संक्रमणबाट नै मृत्यु भएकोबारे पुष्टि भएको छैन ।
युवतीको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाईए पनि रिपोर्ट आइसकेको छैन । रिपोर्ट आउन २ घण्टा समय लाग्ने बताइएको छ ।
कोरोना संक्रमणकै कारण मृत्यु भएकोबारे अहिले केहि भन्न नसकिने डाक्टरकाके भनाइ छ । मृतक युवती झाडापखाला तथा रुघाखोकीबाट ग्रसित थिईन । समस्या जटिल भएपछि कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया