स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियार आयोगमा उजुरी, यस्ताे छ गम्भिर आराेप – Nagarikabhiyan : National News

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियार आयोगमा उजुरी, यस्ताे छ गम्भिर आराेप

काठमाडौं  ।  इनफ इज इनफका अभियन्ताहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका  छन्।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै इनफ इज इनफका अभियन्ताहरुले ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।

अभियन्ताहरुले आयोगमा स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह लगायत ओम्नीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुल हरि सिंह भुसाल विरुद्ध उजुरी दिएका हुन्।

यस्तै उनीहरुले स्वास्थ्य सामग्री खरिदमा सम्बन्ध देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, तत्कालिन स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका प्रमुख महेन्द्र श्रेष्ठ उपरसमेत छानबिनको माग गरेका छन्। नेपालपानाबाट