जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार सप्तरीमा ८ जना, पर्सामा ८ जना, महोत्तरीमा २ जना, सिरहामा १ जना र रौतहटमा १ जना व्यक्ति संक्रमित भएका छन् ।
योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ३ सय ७३ पुगेको छ । संक्रमितमध्ये ४ हजार ३७ पुरुष र ३ सय ३६ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
सप्तरीमा संक्रमण पुष्टी भएकाहरु रुपनी गाउँपालिका वडा नम्बर–५ र ६ का ३३ र ४० बर्षिय २ जना पुरुष, अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर–१ र ५ का २३ र २८ बर्षिय २ जना पुरुष, शम्भुनाथ नगरपालिका वडा नम्बर–२, ८ र १२ का २८ देखि ४५ बर्ष उमेर समुहका ३ जना पुरुष र राजगढ गाउँपालिका वडा नम्बर–३ का १८ बर्षिय एक पुरुष रहेका छन् ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–४ र ५ का ३५ बर्षिया एक महिला र ५ बर्षिय एक बालक तथा २८ बर्षिय एक पुरुष, नारायणी अस्पतालको क्वाटरमा बस्दै आएकी २५ र ४२ बर्षिया २ जना महिला र ५२ बर्षिय एक पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर–४ विर्ताकी ४० बर्षिया एक महिला र वीरगञ्ज महानगरपालिका वडा नम्बर–२१ की १७ बर्षिया एक महिला संक्रमित भएका छन् ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर–४ र १० का १८ र २६ बर्षिय २ जना पुरुष समेत संक्रमित भएका छन् भने सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर–४ का ५३ बर्षिय एक पुरुष र रौतहटको गौरस्थित आर्मी ब्यारेकमा कार्यरत २२ बर्षिय एक नेपाली सेना पनि कोरोना संक्रमणको चपेटमा परेका छन् ।
प्रदेशभरीमा शनिबारसम्म सप्तरीमा ६ हजार ८ सय ६३, सिरहामा ३ हजार ८ सय १९, धनुषामा ५ हजार २ सय ८५, महोत्तरीमा ३ हजार ८ सय २७, सर्लाहीमा ६ हजार ३२, रौतहटमा १४ हजार ९ सय २४, बारामा ४ हजार ८ सय ९ र पर्सामा ८ हजार ४ सय ९ जना गरि कुल ५३ हजार ९ सय ६८ जनाको स्वाब परिक्षण गरिएकोमा ४ हजार ३ सय ७३ जना संक्रमित भएका छन् भने ४७ हजार ४ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै सप्तरीमा ५ सय ६५, सिरहामा १ सय ३५, धनुषामा १ सय ५०, महोत्तरीमा २ सय ५, सर्लाहीमा १ सय, रौतहटमा ४ सय ८७, बारामा १ सय ६५ र पर्सामा ३ सय २४ जना गरि कुल २ हजार १ सय ३१ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय ८६, सिरहामा ५३, धनुषामा ५१, महोत्तरीमा ४२, बारामा १ सय ५९ र पर्सामा १ सय ८ जना गरि ५ सय ९९ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा १७ र महोत्तरीमा १० गरि जम्मा २७ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
आरडिटी तर्फ अहिलेसम्म २६ हजार २ सय १६ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ४२, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ५, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४५ र पर्सामा २४ जना गरि कुल १ हजार १ सय ८८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार २८ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।
प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको २३ हजार ७ सय ७ बेड क्षमताको ३ सय ७७ वटा क्वारेन्टाइनमा अहिले २ हजार ७ सय जनालाई राखिएको छ भने ६ हजार १ सय ७५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार २ सय ३३ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ९०, सिरहामा २७, धनुषामा ८२, महोत्तरीमा १३, सर्लाहीमा ६३, रौतहटमा ३४, बारामा ५३ र पर्सामा ५३ जना गरि ४ सय १५ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।
प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय ५४, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय १९, सप्तरीमा ४ सय १७, पर्सामा २ सय ४५, सिरहामा २ सय १० र बारामा १ सय ६६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा यस प्रदेशमा ४८ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये धनुषाका ४, सर्लाहीका १ र रौतहटका ४३ जना रहेका छन् ।
योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय २५, सिरहाका १ सय ५४, धनुषाका ४ सय ९२, महोत्तरीका ३ सय ३७, सर्लाहीका ६ सय २२, रौतहटका ७ सय १३, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरि २ हजार ९ सय ३६ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।
प्रदेश २ मा हालसम्म पर्सामा ४, बारामा २, रौतहटमा २, महोत्तरीमा १ र सप्तरीमा १ जना गरि ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
