वर्तमान सरकार विरूद्ध अविश्वासको प्रस्ताव ल्याईन्छ: सांसद कर्ण
१० श्रावण २०७७, शनिबार २०:२३
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार विरूद्ध अविश्वासको प्रस्ताव ल्याईने चेतावनी दिएका छन् ।
शनिबार एक कार्यक्रममा बोल्दै जसपाका साँसद कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याईने चेतावनी दिएका हुन् । उनले भने,‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आईराखेको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाईसकेका छौं ।’
उनले थपे,‘यो सरकार कतैपनि देखिएन् । प्रत्येक वर्ष बाढिरपहिरोको समस्या आउँछ । तर, यो सरकार के हेरेर बसेको छ रु यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’ उनले कोरोनाले भन्दा बढि मानिस बाढि/पहिरो र डुबानजस्ता विपत्तिमा परेर मरेको तथ्यांक पनि पेश गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया