इटहरीमा नाइँ संघ द्वारा विभिन्न माग सहित बिरोध प्रदर्श
१० श्रावण २०७७, शनिबार ०९:३५
इनरुवा । सुनसरीको इटहरी उपमहानगर पालिकामा नाइँ संघ द्वारा विभिन्न माग सहित शुक्रवार बिरोध प्रदर्शन गरेका छन ।
विश्वमा महामारी रूपमा कोरोना भाइरस (कोड्भिड १९) फैलेको कारण चार महिना भाइ सक्दा पनि सैनुल तथा पसल खोलन नदिएको दैनिकी गुजारा गर्नेहरु लाई निकै समस्या भएको भन्दै नाइ संघले इटहरीमा बिरोध प्रदर्शन गरेको १ प्रदेशका सचीव जय प्रकाश ठाकुरले बताएको हो ।
हामीले विभिन्न पम्पलेट कार्डसहित इटहरी स्थित जनता स्कुलको खेल मैदानबा सुरु भएको सो र्यालीले उपमहानगरपालिकाको कार्यलय हुँदै नगर परिक्रमा गरेको थियो ।
नाइ संघका मुख्यमागहरू हामिले सैनुल खोल्नु पर्ने , रु ५० लाखको नि शुल्क बिमा गरिदिनु पर्ने , नि शुल्क पि सि आर जाँच गरि दिनु पर्ने , बैंकको ऋणमा ब्याज मिनाह हुनुपर्ने , लकडाउन अवधीभरिको रुम भाडा छुट् दिनुपर्ने , राहत पाउनुपर्ने नरा लगायतका पम्पलेट कार्ड सहित बिरोध प्रदर्शन गरेको र यस प्रती सरकार गम्भीर हुनु पर्ने माग राखेको थियो ।
यस्तै नेपाल नाइ संघ जिल्ला अध्यक्ष उमेश ठाकुर तथा इटहरीका अध्यक्ष शिवनारायण ठाकुरले सरकारले आफुहरुको माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया