सप्तकोशी नदिको कटान मर्मत समभार तीब्र रूपमा हुदै
९ श्रावण २०७७, शुक्रबार २०:१७
इनरुवा । सप्तकोशी नदीले वराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पोर (बांध) कटान मर्मत समभार कार्य तीब्र रूपमा भइ रहेको छ ।
यसै हप्तामा लगातार भइरहेको बर्षाको कारण नदीमा बढेको पानीको बहावले नोज स्पोर करिव ३० मिटर कटान गरेको थियोे ।
सो क्षेत्रमा कोशीले कटान गर्न थालेपछि त्यहाका स्थानीय बासिन्दाहरुमा डर ,त्रास उत्पन्न भएको थियो ।
कोशीको पानीको सतह दुई देखि यता घट्दै जादा पनि थप कटान नरोकिएपछि भारतको विहारबाट आएका जलसंसाधनका अधिकारी तथा ठेक्कादार कटान रोक्ने प्रयास कार्य तीब्र गतिमा भइरहेको र दैनिकी २५०/३०० जना कामदारहरु काम गरिरहेको स्थानीय ठेक्कादार देवनारायण मेहताले बताएका छन ।
कटान गरेको क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीय सरोकारवालाजरुको कटान रोक्नमा पूरा निगरानीको प्रयास गरेको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताउनु भएको छ । उनले भने, ‘कोशीको पुर्वी किनारमा रहेको १० नम्बर नोज स्पोरले बराहक्षेत्रको ठाकुरबारी बस्तीलाई जोगाएको छ । उत्त बांध फुटेमा चक्रघट्टी बजार लगायतका क्षेत्र पनि लैजान सक्ने भएकाले तत्काल कटान रोक्ने कार्य अहिले उच्च गतिमा हाम्रो निगरानीमा भइरहेको छ ।
उनले कोशीले पछिल्लो केही बर्ष यता आफ्नो धार परिवर्तन गर्दै पुर्वी किनार कटान गर्न थालेको बताए । १० बर्ष अघि १० नम्बर नोज स्परबाट कोशी करिव ५ (६ सय मिटर पश्चिम भएर बग्ने गरेको थियो । तर यो बर्ष तिव्र पानीको वेगका साथ पानीको वहाव पुर्वी किनारामा ठोकिएको हुँदा कटान थालेको थियो ।
वराहक्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं। ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा परेको मेयर खनालले बताए ।
सुनसरीको भिमनगरस्थित कोशी व्यारेज देखि उत्तर बराहक्षेत्र सम्मका बांध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको रहेको छ ।
कोशी व्यारेज निर्माण गरेको बेला देखिको उक्त सम्झौता अनुसार सम्झौता अनुसार भारत सरकारले बर्षेनी कटान रोक्ने प्रयास गरेपनि पुर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग बर्षेनी कटान र डुवानमा पर्दै आएको मेयर खनालले बताएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया