१४ कार्तिक २०८०, मंगलवार ११:१४ – Page 2 – Nagarikabhiyan : National News

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

ट्राफिक कारबाही तीव्रस २४ घण्टामै १५ सय बढी कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ।
नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर०मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको छ।

उनले सोमबार बिहानदेखि मंगलबार बिहान ६ बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको बताए। यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यक रूपमा हर्ज बजाउने १७, नम्बर प्लेट नराखी सवारी चलाउने १५ र तीव्र गतिमा गाडी चलाउने तीन सय २१ जना चालक कारबाहीमा परेका छन्।

प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरेको जानकारी दिए। प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मत रूपमा सवारी साधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ।

 

प्रिन्सिपल हत्या प्रकरण पूर्व शिक्षिकासहित ६ जना पक्राउ

बारा- बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार ‘गुड्डु’ को हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ। तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान थालिएको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताएका छन्।

पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्व शिक्षिका समेत रहेको बताइएको छ। पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन। सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भारततिर भागेको प्रहरीले जनाएको छ।

टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो। उनलाई दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीले पछ्याएर गोली प्रहार गरेका थिए।

परराष्ट्रमन्त्री साउद र अमेरिकी सकमक्षी ब्लिंकेनबीच भेटवार्ता

अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी एन्टोनी ब्लिंकेनसँग भेटवार्ता गरेका छन्।

मन्त्री साउद र ब्लिंकेनबीच एमसीसी परियोजनाका बारेमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा आर्थिक सहयोगका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै इजरायलमा मारिएका १० विद्यार्थीका परिवारलाई समवेदना पठाएको पनि मन्त्रालयले उल्लेख गरेको छ।

पोखरामा रगत अभाव रक्तदान गर्न आह्वान

कास्की, गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ ।

रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ । पोखरा–५ जिरो किमीमा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको सो केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दसैँका समयमा विभिन्न सङ्घसंस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन् । अहिले रगत अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम गरेर अभाव टार्ने प्रयास गरेका हौँ ।

केन्द्रले अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएको जनाएको छ । सहज आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने उहाँले बताउनुभयो । पोखरामा दैनिक ७० देखि ७५ युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गर्दछ । आकस्मिक रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनबहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वतःस्फूर्त सहभागिताप्रति आभार व्यक्त गर्नुभयो ।

“मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमा छ । प्रहरी जनताकै सेवाका लागि रहेको हुँदा जनताको सुरक्षाका साथै जनसेवाका कार्यमा प्रहरी सधँै साथमा रहन्छ, उहाँले भन्नुभयो ।

रक्तदान कार्यक्रम आयोजना गरेको अभिभावक गृह कास्कीका अध्यक्ष देवेन्द्र सुवेदीले आकस्मिकरूपमा गरिएको कार्यक्रममा उल्लेख्य सहभागिताप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, रगत अभाव भएको थाहा पाएपछि तत्कालै कार्यक्रमको आयोजना गरिएको हो ।”

भन्सार छलेर सुनको कारोबार गर्ने ५ जना पक्राउ

भन्सार छलेर सुनको कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोजपुर सालपासिलिछो गाउँपालिका–४ बस्ने २४ वर्षीय अमृतधन राई, सुनसरी इनरुवा नगरपालिका–९ बस्ने ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका–८ बस्ने ४९ वर्षीय कारीईसार केवट, खोटाङ रुपाकोट मजुवागढी नगरपालिका–१५ बस्ने २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका–२ घर भई हिले काठमाण्डौको बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कतार एअरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरूले भन्सार छलेर सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाण्डौ सिनामङ्गलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट प्रहरीले २६ लाख ५१ हजार आठ सय पाँच रुपैयाँ बराबरको तीन थान सुनको ढिक्का दुई सय १४ दशमलव ३६ ग्राम, तीन थान सुनका सिक्री ५० दशमलव ।०१ ग्राम र एक लाख १० हजार रुपैयाँ बरामद गरेको थियो । उनीहरूलाई भन्सार ऐन २०६४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

तीन दिन वर्षा र हिमपातको सम्भावना

मंगलबारदेखि तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना दखिएको हो।

मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज राति देशभार आंशिक बदली देखि मौसम समान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कात्तिक १५ गते पनि देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्।

बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।
संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ ।

बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार बिहान १० बजेसम्ममा साजसज्जालगायत सबै तयारी पूरा हुनेछ।

अफगानिस्तानले श्रीलंकालाई सात विकेटले हरायो

आईसीसी विश्वकपमा अफगानिस्तानसँग श्रीलंका सात विकेटले पराजित भएको छ।
भारतको महाराषट्र क्रिकेट स्टेडियमा भएको खेलमा श्रीलंकालाई सात विकेटले हराउँदै अफगानिस्तानले सेमीफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २४१ रन बनाएको थियो। ओपनर पथुम निसान्काले सार्वधिक ४६ रन बनाए। अफगान बलर फाजिलहक फारुकिले चार विकेट लिए।

जितका लागि २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५ दशमलव २ ओभरमा तीन विकेट गुमाएर २४२ रन बनायो।

त्यसमा कप्तान हसमतुल्लाह शाहिदीले ५८ र अजमतुल्लाह ओमरजाईले ७३ रन बनाए । दुवै ब्याटर नटआउट रहे र उनीहरूले १११ रनको साझेदारी गरे। यस्तै रहमत शाहले पनि ६२ रन बनाए।
जीत पछि अफगानिस्तानको ६ खेलबाट ६ अंक भएको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। १२ अंक सहित भारत पहिलो स्थानमा छ।प्रतियोगिता अन्तरगत आज पाकिस्तान र बंगलादेशबीच खेल हुनेछ।

मानव बेचबिखनमा प्रहरीकै कनेक्सन

काठमाडौं :मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एक प्रहरी पक्राउ परेका छन्।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार अदालतबाट म्याद लिई अनुसन्धान शुरु गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा कनेक्सन देखिएपछि उनलाई पक्राउ गरेको जानकारी दिए। उनीसँगै अर्का एक व्यक्ति समेत पक्राउ परेको उनले बताए।

मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ।

४५ वर्षअघि नै पोखरा आएको थिए गुटेरेस

सोमबार दिउँसो पोखरा आएका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पुम्दीकोट पुगे । महादेवको विशाल मूर्ति रहेको स्थलबाट उनले पोखरा, फेवाताल र हिमशृंखला नियाले । सेनाको जहाजमा पुरानो विमानस्थलमा ओर्लिएका गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरे ।

गुटेरेसले पुम्दीकोटबाट पोखरा नियाले, फेवातालमा नौका विहार गरे
सोमबार पोखरा आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस । तस्बिर स् दीपक परियाररकान्तिपुर

उनलाई स्वागत गर्न पोखराका पर्यटन व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए । पञ्चैबाजा, गुरुङ, मगर, नेवार जातिको सांस्कृतिक झाँकीले उनलाई स्वागत गरिएको थियो ।

विमानबाट ओर्लनैबित्तिकै उनले आफू ४५ वर्षअघि पहिलोपल्ट पोखरा आएको स्मरण गरेका थिए । ‘त्यतिबेला उहाँ विद्यार्थीका रूपमा पोखरा आउनुभएको रहेछ,’ महानगर प्रमुख आचार्यले भने, ‘यहीँबाट दिल्ली पुग्नुभएको रहेछ ।’ विमानस्थलबाट उनी फेवातालपारिको फिस्टेल लज पुगे । केहीबेर आराम गरेपछि उनी दृश्यावलोकनका लागि महादेवको विशाल मूर्ति रहेको पुम्दीकोट पुगेका थिए । उनले दुईपल्ट महादेव मूर्तिको परिक्रमा गरे ।

भूगोलविद् टोनी हेगनले सन् १९५० मा पोखराबाट कैद गरेको माछापुच्छ्रेसहित अन्नपूर्ण हिमशृंखलाको तस्बिर महानगर प्रमुख आचार्यले गुटेरेसलाई देखाए । आचार्यका अनुसार उक्त तस्बिर हेरेपछि गुटेरेसले अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे लगायत हिमालबारे चासो देखाएका थिए । पुम्दीकोटबाट पोखरा नियालेपछि गुटेरेसले पोखरा पहिलेभन्दा फेरिएको प्रतिक्रिया दिएका थिए । ‘उहाँले पोखराको सुन्दरताको प्रशंसा नै गर्नुभयो,’ आचार्यले भने, ‘यहाँको स्वागत सत्कारले खुसी नै हुनुभयो ।’ महासचिवको पोखरा भ्रमणले गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने उनी बताउँछन् । भन्छन्, यो हाम्रो लागि ठूलो अवसर हो । पुम्दीकोटबाट झरेपछि उनी फिस्टेल लजबाट बाराही मन्दिरसम्म मोटरबोटमा सरिक भएका थिए ।

मंगलबार बिहान ६स्३० बजे उनी सेनाकै हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुग्नेछन् । समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा रहेको आधार शिविरमा उनले जलवायु परिवर्तनले स्थानीयको दैनिक जीविकोपार्जनमा पारेको असरबारे बुझ्नेछन् । स्थानीयले आफ्ना समस्या सुनाउने छन् । छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले महासचिव गुटेरेसलाई मायाको चिनोस्वरुप अन्नपूर्ण आधार शिविरको तस्बिर प्रदान गर्ने बताए । उहाँ आउने खबरले हामी निकै उत्साही छौं । तयारी पनि पूरा भएको छ उनले भने, ‘तापक्रम वृद्धिका कारण यस क्षेत्रले भोग्नुपरेको समस्या सुनाउने छौं ।’

अडियो रेकर्ड को विश्वसनीयता र परीक्षण गर्ने प्रहरीको योग्यतामा अदालतले उठायो प्रश्न

चार वर्षअघिको बलात्कार आरोपको मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले २७ भदौ २०८० मा जिल्ला अदालत सुनसरीबाट सफाइ पाए ।

एउटै मुद्दामा गिरीले सफाइ पाएको यो दोस्रो पटक हो । यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश हाल उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । तर उच्च अदालत विराटनगरले सो मुद्धा पुन जिल्ला अदालतमै फर्काइदिएपछि अदालतले थप प्रमाण बुझेर सफाइ पाउने ठहर गरेको हो ।
जिल्ला अदालतले गरेको पछिल्लो फैसलामा मुख्य प्रमाणको रुपमा पेश भएको ‘अडियो रेकर्ड’ को विश्वसनीयता र परीक्षण गर्ने व्यक्तिको योग्यतामा प्रश्न उठाएको छ ।

जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले मुख्य प्रमाणको रुपमा पेश भएको ‘अडियो रेकर्ड’ परीक्षण गर्ने व्यक्तिको योग्यता नै नपुगेको उल्लेख गर्दै गिरीलाई सफाइ दिने फैसला गरेको हो ।

मुद्दाको पूर्णपाठमा अडियो रेकर्डको आवाज मिले पनि परीक्षण गर्ने नेपाल प्रहरीका कर्मचारीले कुनै विश्वविद्यालयबाट डिग्री नलिएको र अडियोको विश्वसनीयतामा पनि प्रश्न उठेका कारण प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने उल्लेख छ ।

पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सिद्धबाबाले विराट नर्सिङ होमको बेडबाट महिलालाई फोन गरेर ‘अब त्यस्तो ९बलात्कार० हुँदैन, त्यस्तो भयो भने लिङ्ग काटेर फालिदिन्छु’ भन्दै माफी मागेका थिए । अदालतमा वकपत्र गर्दा सिद्धबाबाका सहयोगीले सिद्धबाबाले नै फोनमा बोलेको बताएका थिए ।

प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा सिद्धबाबाको आवाजसँग प्रमाणको रुपमा पेश भएको अडियो ७६।९ प्रतिशत मिलेको थियो । तर, अदालतमा वकपत्र गर्दा परीक्षण गर्ने प्रहरी अधिकृतले अडियो परीक्षणको तालिम लिएको तर कुनै विश्वविद्यालयबाट यससम्बन्धी डिग्री नलिएको बताएका थिए । परीक्षण गर्ने अधिकृतको डिग्री नभएका कारण यसलाई प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने फैसलामा उल्लेख छ ।

प्रहरीले परीक्षणका लागि पठाएको अडियो रेकर्ड परीक्षण गरी प्रतिवेदन दिने विशेषज्ञले अदालतमा उपस्थित भई बकपत्र गर्दा आफूले मान्यताप्राप्त विश्वविद्यालयबाट अडियो परीक्षण सम्बन्धी कुनै डिग्री प्राप्त गरेको छैन, नेपाल प्रहरीद्वारा सञ्चालन गरिएको अडियो फरेन्सिक तालिम प्राप्त गरेको छु, हामीलाई प्राप्त अडियो रेकर्ड सिडी परीक्षण गरी दिएका हौं, शंकित व्यक्तिको भ्वाइस रेकर्ड जाँच गर्दा ७६।९ प्रतिशत भ्यालु आएको थियो ।

अडियो फाइलको सोर्स थाहा भएन कुन डिभाइसमा रेकर्ड भएको हो भन्न सक्दिन, ओरिजिनल रेकर्ड के कति पटक ट्रान्सफररकपी गरेको थाहा भएन ‘।।भनी लेखाएको देखिन्छ,’ पूर्णपाठमा भनिएको छ, ‘‘।

 

बारामा शिक्षक हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ थप पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार मध्याह्न भएको शिक्षक रुपेश स्वर्णकार गुड्डु को हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाराले कलैयाबाट एक जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अनलाइनखबरलाई बताए ।

अहिले बताउन सक्ने विषय भनेको शंकास्पद एक जना नियन्त्रणमा छन्, अरु विषयमा अनुसन्धान भइरहेको छ सापकोटाले भने ‘थप खुलेपछि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ ।

सोमबार दिउँसो पाने १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारलाई अज्ञात समूहले गोली हानेको थियो । कलैया उपमहानगरपालिका वडा नं। ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार, स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरेका थिए ।

मोटरसाइकल कुदिरहेको थियो, उहाँको अगाडि एउटा र पछाडि अर्को मोटरसाइकलले उनलाई पछ्याएछ लोहारले प्रत्यक्षदर्शीहरुलाई उधृत गर्दै भने उहाँले भाग्ने प्रयास गर्दै स्पीड बढाउनुभयो, तर अगाडि पट्टीे मोटरसाइकलमा सवार दुईजना मध्ये पछाडि बस्नेले गोली चलाएछ ।’

खाजा लिएर मोटरसाइकलमा फर्किँदै गरेका शिक्षकलाई गोली हानेर सीमा क्षेत्रतिर भागे आक्रमणकारी’
त्यसक्रममा उनलाई कम्तीमा ५ राउण्ड गोली लागेको थियो । लोहारका अनुसार, दुई वटा मोटरसाइकलमा चार जना थिए । पक्राउ पर्ने व्यक्ति तिनै चार जनामध्येका हुन् वा होइनन् भन्ने खुलेको छैन । प्रहरीले समेत पक्राउ परेका व्यक्तिबारे जानकारी दिएको छैन ।

स्रोतका अनुसार, घटनापछि मृतक स्वर्णकारको मोबाइल समेत हराएको थियो । गोली हान्ने व्यक्तिहरुले नै स्वर्णकारको मोबाइल लिएर गएको प्रत्यक्षदर्शीहरुले दाबी गरेका थिए ।

गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि वयोधा अस्पताल पु¥याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले अनलाइनखबरलाई बताए ।

घटनामा पेशेवर सुटरहरुको प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ । घटनालगत्तै उनीहरु सीमा क्षेत्रतिर भागेका थिए । स्वर्णकारलाई गोली हान्नुको कारण खुलेको छैन ।

कलैया उपमहानगरका मेयर विनोदप्रसाद शाहका अनुसा, मृतक स्वर्णकारको बजारमा दुई वटा सुन पसल पनि थियो । पसल उनका दाजुले चलाउँदै आएका थिए । प्रहरीले घटनामा थप अनुसन्धान गरिरहेको छ ।

धनकुटा र भोजपुरमा अवैध गाँजा खेती प्रहरीद्वारा फडानी गरी नष्ट

धनकुटा र भोजपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तर्गत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १२ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ता,भेडेटार, प्रहरी चौकी आँखी सल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका र साँघुरीगढी गाउँपालिकाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका करिव ६ हजार ४ सय वटा गाँजाका बोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय घोडेटार भोजपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउपालिका(२ स्थित पाखा बारीमा लगाएको १ हजार वटा गाँजाको बोटहरु जलाई नष्ट गरेको छ ।
अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तर रुपमा संचालन भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

सङ्घीय सरकारविरुद्ध बाग्मती प्रदेश सरकारद्वारा सर्वोच्चमा रिट दर्ता

बाग्मती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । सङ्घीय सरकारले बनाएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन खारेजीको माग गर्दै बाग्मती प्रदेश सरकारले आज सोमवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो ।

रिटमा सङ्घीय संसद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, सङ्घीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण काठमाण्डौ र यसका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपालीलाई विपक्षी बनाइएको छ । बाग्मतीका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता गराएको रिटमा संविधानसँग बाझिएका ऐन खारेजीको माग गरिएको छ । अब यो रिट निवेदन सोझै संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

बाग्मती सरकारले सङ्घीय राजधानी काठमाण्डौलगायत प्रदेशभरका सार्वजनिक यातायात व्यवस्थापनसम्बन्धी अधिकार आफ्नो भएको दाबी गर्दै सङ्घीय संसद्ले आफ्नो क्षेत्राधिकार नाघेर कानुन बनाएको दाबी गरेको छ । अहिले सङ्घीय सरकारले बनाएको ऐनमा काठमाण्डौ उपत्यकाको यातायात व्यवस्थापन गर्ने निकाय शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण सङ्घीय सरकारअन्तर्गत राख्ने व्यवस्था छ ।

सङ्घीय सरकारले ऐनमा राखेको विषय संविधानले स्वीकार नगर्ने र संविधानवादको मर्म र सिद्धान्तले पनि ग्रहण नगर्ने बाग्मती सरकारले दर्ता गराएको रिटमा उल्लेख छ । सङ्घीय संसद्ले ऐन बनाउँदा बाग्मती प्रदेशसभासँग समन्वय र सहकार्य नगरेको पनि रिटमा उल्लेख गरिएको छ ।

कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो चालक फरार

कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज साेमवार पलाँता गाउँपालिका–२ को राडुनेटामा भएको दुर्घटनामा पलाँता–१ का ६२ वर्षका शिवचन्द्र न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको  छ  ।

दुर्घटनामा ट्र्याक्टरका सहचालक स्थानीय नन्दऋषि न्यौपाने घाइते हुनुभएको छ ।   ट्र्याक्टर चालक  असिम न्यौपाने फरार रहेका न् ।