अडियो रेकर्ड को विश्वसनीयता र परीक्षण गर्ने प्रहरीको योग्यतामा अदालतले उठायो प्रश्न – Nagarikabhiyan : National News

अडियो रेकर्ड को विश्वसनीयता र परीक्षण गर्ने प्रहरीको योग्यतामा अदालतले उठायो प्रश्न

चार वर्षअघिको बलात्कार आरोपको मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले २७ भदौ २०८० मा जिल्ला अदालत सुनसरीबाट सफाइ पाए ।

एउटै मुद्दामा गिरीले सफाइ पाएको यो दोस्रो पटक हो । यसअघि २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश हाल उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । तर उच्च अदालत विराटनगरले सो मुद्धा पुन जिल्ला अदालतमै फर्काइदिएपछि अदालतले थप प्रमाण बुझेर सफाइ पाउने ठहर गरेको हो ।
जिल्ला अदालतले गरेको पछिल्लो फैसलामा मुख्य प्रमाणको रुपमा पेश भएको ‘अडियो रेकर्ड’ को विश्वसनीयता र परीक्षण गर्ने व्यक्तिको योग्यतामा प्रश्न उठाएको छ ।

जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले मुख्य प्रमाणको रुपमा पेश भएको ‘अडियो रेकर्ड’ परीक्षण गर्ने व्यक्तिको योग्यता नै नपुगेको उल्लेख गर्दै गिरीलाई सफाइ दिने फैसला गरेको हो ।

मुद्दाको पूर्णपाठमा अडियो रेकर्डको आवाज मिले पनि परीक्षण गर्ने नेपाल प्रहरीका कर्मचारीले कुनै विश्वविद्यालयबाट डिग्री नलिएको र अडियोको विश्वसनीयतामा पनि प्रश्न उठेका कारण प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने उल्लेख छ ।

पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सिद्धबाबाले विराट नर्सिङ होमको बेडबाट महिलालाई फोन गरेर ‘अब त्यस्तो ९बलात्कार० हुँदैन, त्यस्तो भयो भने लिङ्ग काटेर फालिदिन्छु’ भन्दै माफी मागेका थिए । अदालतमा वकपत्र गर्दा सिद्धबाबाका सहयोगीले सिद्धबाबाले नै फोनमा बोलेको बताएका थिए ।

प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा सिद्धबाबाको आवाजसँग प्रमाणको रुपमा पेश भएको अडियो ७६।९ प्रतिशत मिलेको थियो । तर, अदालतमा वकपत्र गर्दा परीक्षण गर्ने प्रहरी अधिकृतले अडियो परीक्षणको तालिम लिएको तर कुनै विश्वविद्यालयबाट यससम्बन्धी डिग्री नलिएको बताएका थिए । परीक्षण गर्ने अधिकृतको डिग्री नभएका कारण यसलाई प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने फैसलामा उल्लेख छ ।

प्रहरीले परीक्षणका लागि पठाएको अडियो रेकर्ड परीक्षण गरी प्रतिवेदन दिने विशेषज्ञले अदालतमा उपस्थित भई बकपत्र गर्दा आफूले मान्यताप्राप्त विश्वविद्यालयबाट अडियो परीक्षण सम्बन्धी कुनै डिग्री प्राप्त गरेको छैन, नेपाल प्रहरीद्वारा सञ्चालन गरिएको अडियो फरेन्सिक तालिम प्राप्त गरेको छु, हामीलाई प्राप्त अडियो रेकर्ड सिडी परीक्षण गरी दिएका हौं, शंकित व्यक्तिको भ्वाइस रेकर्ड जाँच गर्दा ७६।९ प्रतिशत भ्यालु आएको थियो ।

अडियो फाइलको सोर्स थाहा भएन कुन डिभाइसमा रेकर्ड भएको हो भन्न सक्दिन, ओरिजिनल रेकर्ड के कति पटक ट्रान्सफररकपी गरेको थाहा भएन ‘।।भनी लेखाएको देखिन्छ,’ पूर्णपाठमा भनिएको छ, ‘‘।