१३ आश्विन २०८०, शनिबार ०९:५६ – Page 2 – Nagarikabhiyan : National News

डेङ्गीका बिरामी बढ्दै अझै एक महिना उच्च जोखिम

काठमाण्डाै –डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

त्यस्तै, पालिकामा पनि डेङ्गी नियन्त्रण र रोकथामका प्रयास भए पनि प्रभावकारी हुन सकेको छैन । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशका ७६ जिल्लामा गरी यसवर्ष ३२ हजार ८ सय ९७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकोमा २० जनाले ज्यान गुमाएका छन् । यसवर्ष उच्च प्रभावित पाँच जिल्ला सुनसरी, झापा, धादिङ, मोरङ र तनहुँ रहेका छन् । त्यसमा पनि १६ हजारभन्दा धेरै सुनसरीमा सङक्रमित भएका छन् । काठमाण्डौका तीन जिल्लामा पनि सङ्क्रमण जोखिम छ ।

काठमाण्डौ महानगरपालिकाले डेङ्गी सङ्क्रमणका बिरामी बढेपछि आवश्यक सावधानी अपनाउन आग्रह समेत गरेको छ । विगत एक हप्तादेखि ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका महानगरको स्वास्थ्य विभागले जनाएको छ ।

महानगरको स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो हप्तासम्म डेङ्गीका बिरामी नगन्य थिए तर अहिले बिस्तारै बिरामी बढिरहेका छन् ।

डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि महानगरले यस वर्ष पहिलो पटक बायो लार्विसाइड औषधि सबै वडामा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेका प्रमुख पौडेलको भनाइ छ । तथ्याङ्कअनुसार अहिले काठमाण्डौ महानगरका विभिन्न वडामा गरी ३५ जना सङ्क्रमित छन् ।

महानगरका सबै वडामा हरेक हप्ताको बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान चल्दै आएको छ । लामखुट्टेको टोकाइबाट जोगिन काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, झुल टाँगेर सुत्न विज्ञको सुझाव छ ।

डेङ्गी लागेमा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखिन्छ ।

अघिल्लो वर्ष सन् २०२२ मा ५४ हजार ७८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि हुँदा ८८ जनाको ज्यान गएको थियो ।

यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने

नेपालबाट यसवर्षको मनसुन बाहिरिन केही ढिलो हुने भएको छ ।
मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख अर्थात् पर्सि १५ गते रहे पनि यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको छ । बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले अबको तीनरचार दिनसम्म देशका धेरै ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । कतैकतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।

कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना पनि छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशमा सामान्य बदली छ । साथै कोशी प्रदेशको एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

कोशी, मधेस र बाग्मती प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीको सम्भावना छ । यसवर्ष नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो ।

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी

काठमाडौं : नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन्।
प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतान्तरले हराउँदै ढुंगेल अध्यक्ष निर्वाचित भएका हुन्। शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेलले ६९६ मत पाउँदा दाहालले ४३९ मत ल्याए।

सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार अपराह्नदेखि विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो। बेलुकी अबेर सम्पन्न निर्वाचनमा एक हजार १३५ मत खसेको थियो।

उपाध्यक्षमा दावा दोर्जे लामा विजयी भएका छन्। यसैगरी सचिवमा नवराज सिलवाल एक मतान्तरले विजयी भए। उनी ५६८ मतले विजयी हुँदा हस्त पण्डितले ५६७ मत ल्याए।
यस्तै खुला उपसचिवमा प्रेमकुमार महर्जन र महिला उपसचिवमा भक्तकुमारी लामा विजयी भएका छन्।

शुरु भयो पितृपक्ष अर्थात सोह्र श्राद्ध

काठमाडौं :पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा मनाउँछन्। औँसी अर्थात् पर्वमा गरिने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ।

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ। यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिएको धर्मशास्त्री डा। रामचन्द्र गौतमले बताए।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औंसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ।

मृत्यु भएको तिथिमा गरिने वार्षिक श्राद्धमा एक जनालाई मात्र पिण्ड दिइन्छ भने सोह्रश्राद्धमा पिता बुबा तर्फका तीन र माता आमा तर्फका तीन पुस्तालाई सम्झिइन्छ।

यो पक्षमा गरिने श्राद्ध अपराह्नमा गर्नुपर्ने विधान छ।​ पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृतिप्राप्त पात्रोमा शनिबार प्रतिपदा तिथि २० घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५९ मिनेटसम्म छ। पञ्चांगअनुसार प्रतिपदा र द्वितीयाका श्राद्ध एकैदिन परेको छ। तिथि घटबबढ हुँदा प्रतिपदा र द्वितीया श्राद्ध एकैदिन परेको समितिका अध्यक्ष प्रा।श्रीकृष्ण अधिकारीले बताए।

सोह्रश्राद्ध लागेसँगै काठमाडौंको वागमती, गोकर्णेश्वर र शंखमूल, चितवनको देवघाट, नुवाकोटको वेत्रावतीलगायत नदी किनारमा श्राद्ध, तर्पण गर्नेको घुइँचो लाग्छ।

यो सरकारले देश र नागरिकको हितमा काम गरेन ओली

मोरङ –नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारको विकल्प नभएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा हिजो शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रमुख जिम्मेवार पार्टी जिम्मेवार नभएसम्म अर्को सरकार निर्माण हुन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले एमाले र नेपाली कांग्रेस मिलेर सरकार निर्माण गर्नेतर्फ अहिले केही नसोचेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले देश र नागरिकको हितको केही काम नगरेको आरोप लगाउनुभयो ।

उहाँले कोशी प्रदेश सरकारको स्थायित्व आवश्यक रहेको चर्चा गर्दै मध्यावधि चुनावतर्फ जानु बुद्धिमतापूर्ण नभएकाले यसतर्फ राजनीतिक दलहरूले गम्भीर मनन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोशी प्रदेशमा मध्यावधि चुनाव भएमा एमालेले बहुमत ल्याउने दाबी पनि गर्नुभयो ।

एमालेको कर्णाली पदाधिकारीमा २० जनाको उम्मेदवारी सूची सहित

सुर्खेत : नेकपा एमालेको कर्णाली प्रदेश कमिटीका पदाधिकारीमा २० जनाको उम्मेदवारी परेको छ। शुक्रवार साँझसम्म रहेको उम्मेदवारी दर्ता समयसम्म एमालेको प्रदेश पदाधिकारीका पाँचवटा पदमा २० जनाको उम्मेदवारी परेको हो।

प्रदेश अध्यक्ष पदका लागि गुलाबजंग शाह, प्रेमबहादुर सिंह, राजबहादुर शाही, मीनबहादुर शाही र प्रकाश रोकायाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ। त्यसैगरी सचिव पदमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको उम्मेदवारी परेको छ।

उपसचिव समावेशी मा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी छ। यसैगरी उपसचिव खुला मा नारायणकुमार शाह, रवीन्द्रकुमार शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, तेजप्रकाश विक तोरन र धीरेन्द्रराज गिरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत तथा अधिवक्ता रामबाबु बिसीले जानकारी दिए।

प्रदेश कमिटीको १३० सदस्य पदका लागि तीन सयभन्दा बढीको उम्मेदवारी परेको बिसीले जानकारी दिए। सदस्य पदमा रहेका उम्मेदवारहरूको नामावली भने निर्वाचन समितिले प्रकाशनको तयारी गरिरहेको छ।
शनिवार एमालेको कर्णाली प्रदेश कमिटीको निर्वाचन हुँदै छ।

सल्यान जीप दुर्घटना स् दुईको मृत्यु

सल्यान :सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका(१२ तिमिले बस्ने अन्दाजी ७६ वर्षीया ध्रुवी बोहरा र शारदा नगरपालिका(१५ बरला बस्ने अन्दाजी ४५ वर्षीया मुना सेजवाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा चालक शारदा नगरपालिका(१ चैवाङज्यूला बस्ने अन्दाजी २१ वर्षीय रविन बुढाथोकी, वडा नम्बर(१२ कागखोलाका ५० वर्षीय कालिबहादुर बुढाथोकी, ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका(५ बस्ने २४ वर्षीया निर्मला बस्नेत, शारदा नगरपालिका(१२ बस्ने लक्ष्मी खड्का घाइते भएका छन्।

यस्तै शारदा नगरपालिका(१४ का २४ वर्षीया निरु कुँवर, वडा नम्बर(१२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ वर्षकी हीमा ओली, २५ वर्षीया टीका बोहरा, १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी, वडा नम्बर(१३ बस्ने ७५ वर्षीया जिउली बोहरा रहेका छन्।

घाइतेहरूको सल्यान जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार साँझ छत्रेश्वरी गाउँपालिका ५ तीर्थपोले स्थित भित्री सडकमा छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जीप दुर्घटना भएको हो। गाडी सडकबाट करिब ६० मिटर तल खसेको छ।

डाक्टर कुट्नेलाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने चेतावनी‚ चिकित्सक संघ अलमलमा

काठमाडौं :पछिल्लो समय हेटौंडा‚ लमजुङ‚ पोखराका लगायतका स्वास्थ्य संस्थाहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको घटनालाई लिएर चिकित्सकहरू आन्दोलित छन्।
अस्पताल कार्यकक्षभित्रै लगातार चिकित्सकमाथि आक्रमण भएको विरोधमा नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारी आन्दोलन गरेको थियो। सरकारसँग दुईबुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो।

आवासीय चिकित्सकहरू भने दुईबुँदे निर्णयप्रति असहमति जनाउँदै चार दिनदेखि आन्दोलनरत छन्। उनीहरूले शुक्रबार पनि सेवा ठप्प पारेर माइतीघर पुगेर प्रदर्शन गरे।​

विशेषगरी उपत्यकाका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  न्याम्स‚ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०‚ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका सरकारी कलेज तथा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजका आवासीय चिकित्सकहरूको नेतृत्वमा भइरहेको आन्दोलनमा देशभरका आवासीय चिकित्सकहरूको साथ रहेको छ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा। शेषराज घिमिरेले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न बनाइएको कानून प्रभावकारी रूपमा कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी रहने बताए।

उनले दोषीलाई सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। दोषीलाई संरक्षण गर्न नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा राज्य मूकदर्शक बन्न नहुने उनको भनाइ छ।

‘चिकित्सकमाथि बारम्बार हुने आक्रमण हामीलाई मान्य हुँदैन। आक्रमणकारीमाथि कारबाही नहुँदासम्म हामी आन्दोलन रोक्दैनौं’‚ उनले भने।

स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन्।

यस्तै उनीहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पटक पटक कुटिनुका कारण पहिचान गरी निराकरण गर्न उच्चस्तरीय समिति गठन गर्ने र सो समितिले बुझाएका सुझाव पालना गर्न प्रतिबद्धता दिलाउनुपर्ने, अस्पतालभित्र स्वास्थ्य सुरक्षा प्रहरीबलको तत्काल व्यवस्था गर्नुपर्ने, अस्पताल प्रमुख नजिकैको प्रहरी कार्यालय प्रमुख, उपभोक्ताको प्रतिनिधि र कानूनी अधिकारी सहितको समन्वयन समिति गठन गर्ने र सो समितिले नियमित कार्य गर्न सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्।

असोज ७ र ८ गते चितवन, लमजुङ, कास्की र ललितपुरका अस्पतालहरूमा उपचारका क्रममा लापरबाही भएको भन्दै बिरामीका आफन्त बताउने समूहले उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

त्यसअघि मोरङ, कञ्चनपुर तथा मकवानपुरको हेटौंडामा पनि यस्तै आक्रमण भएको थियो।

अनमोललाई सिंहदरबार बृत्तको हिरासतमा राखियो आइतबार अदालत लगिने

अभिनेता अनमोल केसीलाई सिंहदरबार प्रहरी बृत्तको हिरासतमा राखिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेर सिंहदरबार बृत्तमा पठाएको हो।
अब अनमोललाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइने उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए।

शुक्रबार दोलखाबाट फर्किंदै गर्दा प्रहरीले उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो। उनीविरुद्ध फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लिएर पनि घात गरेको आरोप छ।
फिल्म ‘रावायण’ बुधबारदेखि नै सुटिङ गर्ने सहमती भएको थियो। तर अनमोल सुटिङमा जान आलटाल गर्न थालेपछि निर्मातासँग विवाद बढेको हो।

सुटिङका लागि निर्माताले सुटिङ युनिटको टोलीमा एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको बताएका छन्। उनीहरुले रकम फिताश दिन नसक्ने र काम गर्न तयार रहेको बताएका छन्।

तर केसीले नमान्दा ६५ जना प्राविधिक कर्मचारी पनि बेरोजगार बनेका थिए।
प्रहरीले छलफलका लागि बोलाउँदा समेत अनमोल नआएको एसएसपी राठौरले बताए। अनमोल भने आफूविरुद्ध उजुरी परेपछि उच्च अदालत पाटनबाट पक्राउ नगर्न अन्तरिम आदेश माग गर्दै पुगेको पाइएको छ।

तर फौजदारी कसुरमा बाधा नपर्ने गरी अदालतले लेनदेनको कसुरमा मात्रै पक्राउ नगर्न आदेश दिएको थियो। प्रहरीले आपराधिक विश्वासघातको कसुरमा पक्राउ गर्न अदालतको आदेशले नरोक्ने जनाएको छ।

बाल सुधारगृहबाट दुई बालकैदी फरार

वीरगन्जस्थित बाल सुधारगृहबाट आज दुई बाल कैदीबन्दी फरार भएका छन् ।कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधारगृहको छतबाट हामफालेर फरार भएका हुन् ।

दुवै अभियुक्तलाई अदालतले दोषी ठहर गरेपछि आचरण सुधारका लागि बाल सुधारमा राखिएको थियो । फरार दुवैजनाको खोजी भइरहेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

क्षमताभन्दा बढी बाल कैदीबन्दी भएकाले मधेस प्रदेशको एकमात्र सुधारमा गृह यतिबेला समस्या सिर्जना भएको छ । न्यून भौतिक पूर्वाधार, बजेटको अभाव, सरकारी उदासिनता र क्षमताभन्दा बढी बालक र किशोरहरू कोचेर राख्नुपर्ने बाध्यताका कारण सुधारगृह समस्यामा परेको हो ।

साठी जनाको क्षमता भएको सुधारगृहमा हाल दोब्बरभन्दा बढी एक सय २६ बालक तथा किशोरलाई कोचेर राखिएकाले बालक तथा किशोरहरूमा स्वास्थ्य समस्यासँगै सुधारगृह व्यवस्थापनमा समेत कठिनाइ भइरहेको त्यहाँका प्रमुख टीकाकृष्ण काफ्लेले बताए।

ठाउँ अभावका कारण सो गृहमा बालबालिका उकुसमुकुसका साथ दैनिक जिवन बिताउन बाध्य छन् । एउटै कोठाभित्र धेरै जना कोचर बस्नु पर्दा स्थ्यलगायत अन्य समस्या भइरहेको गृहमा रहेकाहरूको गुनासो थियो ।

धेरै मान्छे कोचाकोच गरी बस्दा अक्सिजनको मात्रा घटेर कतिपयमा खुट्टा सुनिने र श्वासप्रश्वासको समस्या हुने गरेको गृहमा कार्यरत स्टाफनर्स अन्जु कुमारीले बताइन्।

“बिरामी पर्नेलाई पहिला हामी गृहभित्रै उपचार गर्छौँ”, उनले भनिन्, “समस्या बढ्दै गएपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लैजान्छौँ । जाडो याममा भन्दा गर्मी याममा स्वास्थ्य समस्या बढी हुन्छ ।”
ठाउँ साँघँरो भएकाले गृहमा रहेका बालक र किशोरलाई चेस, क्यारेमबोर्डलगायत खेलबाहेक अन्य खेल खेल्न कठिनाइ भएको छ । “हामीसँग फुटबल, भलिबललगायत अन्य खेलकुद गर्ने ठाउँ छैन्, त्यसैले अहिले चेस, क्यारेमबोर्ड खेलमात्र भइरहेको छ ।” हामीले चाहेर पनि ठाउँ नभएर बालक र किशोरहरूलाई फुटबल, भलिबल खेल दिइरहेका छैनौँ”, स्टाफनर्स अन्जुले भनिन्।

करिब डेढ कठ्ठा जमिनमा फैलिएको सो सुधार गृहमा साना–ठूला गरी ११ कोठा छन् । साना कोठामा १२ देखि १४ र ठूलोमा ३१ जनालाई कोचेर राखिएको छ । कानुनी विवादमा परेर मधेस प्रदेशको पर्साबाट सप्तरीसम्मका अदालतबाट पुर्पक्ष तथा कैद सजायका लागि सो सुधारगृहमा बालक र किशोरहरूलाई पठाइएको छ ।

तत्कालीन अनाथालय भवनलाई गत २०७५ साल भदौमा बाल सुधारगृहको रूपमा सञ्चालन गरिएको थियो । सो गृहमा हाल आश्रितमध्ये ४१ जबर्जस्ती करणीका, २० लागुऔषध मुद्दाका, दस सवारी ज्यान मुद्दाका र सात जना अपहरण तथा शरीर बन्धक मुद्दाका छन् । अन्य भने चोरी, कर्तव्य ज्यानलगायत मुद्दाका रहेका छन्  । केही बालबालिका भने मानव बेचबिखन तथा ओसारपसार, खोटा चलन, नेपाली नागरिकता उद्योग र बालविवाह मुद्दाका पनि छन् ।

 

दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ-दुबई पठाइदिन्छु भन्दै ३ लाख ५ हजार रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार बिहान नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
ठगी गरेको भन्दै अजयकुमार महतोले वैदेशिक रोजगार विभागमा दायर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गते बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम चौथो अधिवेशन आह्वान भएको जनाएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २२ भदौमा नियुक्त भएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते भित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

अधिवेशन आह्वान भए पनि विश्वासको मत लिने समय टुङ्गो भएको छैन ।

प्रदेश सरकारका प्रवक्ता लिलाबल्लभ अधिकारीले दलहरुसँगको छलफलपछि विश्वासको मत लिने समय टुङ्गो लगाउने बताए ।

यसअघि भदौ ६ गते तेस्रो अधिवेशन अन्त्य भएको थियो ।

राहत शिक्षकलाई प्रतिस्पर्धाका लागि उमेर हद नलाग्ने सेवा अवधि पूरै गणना हुने

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच पाँच बुँदे सहमति भएको छ ।
शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो ।

सडकमा उत्रिएको १० औं दिनमा सहमति भएपछि शिक्षकका सबै संघ–संगठनले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र आन्दोलनरत शिक्षक संगठनबिच शुक्रबार सिंहदरबारमा भएको वार्तापछि सडक संर्घषका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो ।

संघीय संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समिति माग सम्बोधन गर्न शिक्षामन्त्री राई तयार भएपछि आन्दोलन रोकिएको हो ।

मन्त्रालयले राहतका शिक्षक बालविकासमा कार्यरत बालसहजकर्ता, विद्यालयमा कार्यरत कर्मचारी , साविक उच्च माध्यमिक विद्यालयमा नियुक्त भई कार्यरत शिक्षकहरु, निवृत्त बञ्चित शिक्षक समुह स्थायी शिक्षक र स्थायी शिक्षक हक हितमञ्चले राखेको मागहरु सम्बोधन गर्दै मन्त्रालयले सहमति गरेको हो ।

२०७६ पछि स्थायी नियुक्ति लिएका तर लामो समय राहत तथा अस्थाई करार उच्च मावि अनुदान दरवन्दिमा कार्य गरेका शिक्षकको हकमा पेन्सनका लागि समयावधि नपुगेमा पुरानो सेवावधि जोडेर शिक्षा ऐन २०२८ को व्यवस्था अनुसार निवृत्तभरणको ब्यवस्था गर्ने सहमति भएको छ ।

यस्तै शिक्षकको सरुवाका सम्बन्धमा परीक्षण काल समाप्त भए पछि सरुवा हुने व्यवस्था गर्ने सहमति भएको छ ।

डाक्टर हुँ भन्दै बिरामीको उपचार गर्ने दुई मेडिकल सञ्चालक पक्राउ

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हलका सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई ‘इन्जेक्सन’मार्फत उपचार गराएको प्रहरीको भनाइ छ ।
त्यस्तै मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर बिना आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिब्योटिक्सको माध्यमबाट उपचार गरेको पाइएको छ ।

उनीहरु विरुद्ध बिहीबार नै तनहुँ जिल्ला अदालतबाट इलाजसम्बन्धी कसुरमा चार दिनको म्याद थप गरिएको छ ।

देउवा होइन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्छ मुख्यमन्त्री पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन् ।
अब ७८ वर्ष भएका शेरबहादुर देउवा सभापति लाई परिवर्तन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिवर्तन हुनुप(यो’ शुक्रबार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले भने ।

नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरूले गत २०७९वैशाख को स्थानीय निर्वाचन, टिकट वितरण लगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले भने ‘अर्को चुनाव आउने बेला भई सक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ, हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने रु’

यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्न सक्ने बताउँदै उनले आगामी निर्वाचनमा कसरी टिकट लिने र जित्ने भन्ने तर्फ लाग्न सुझाब दिए । ‘हिजो भएको हाम्रा कमीकमजोरीलाई करेक्सन गरेर अघि बढ्ने हो’ उनले भने ।

प्रत्येक नेता कार्यकर्तालाई आफू भन्दा माथिल्लो तहका नेताले केही गरेनन् भन्ने लाग्ने गरेको बताउँदै पाण्डेले भने ‘आफू मात्र असल देख्ने हाम्रो प्रवृत्ति खराब छ, हरेकले खराब प्रवृत्ति बदल्यौँ भने को खराब, को असल भनेर अलमलिनु पर्दैन ।’

वडा सभापति देखि केन्द्रीय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने कांग्रेसको सङ्गठन सुदृढीकरण र बिस्तार हुने बताए ।

मोटर मर्मत गर्दा करेन्ट लागेर एक जनाको मृत्यु

घरमा मोटर मर्मत गर्ने क्रममा रुपन्देहीको सियारी गाउँपालिकाका राजेश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

सियारी ७ बनगाईका १८ वर्षीय यादवलाई बिहीबार राति आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचार गराइएको थियो । उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ ।