सल्यान जीप दुर्घटना स् दुईको मृत्यु – Nagarikabhiyan : National News

सल्यान जीप दुर्घटना स् दुईको मृत्यु

सल्यान :सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका(१२ तिमिले बस्ने अन्दाजी ७६ वर्षीया ध्रुवी बोहरा र शारदा नगरपालिका(१५ बरला बस्ने अन्दाजी ४५ वर्षीया मुना सेजवाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा चालक शारदा नगरपालिका(१ चैवाङज्यूला बस्ने अन्दाजी २१ वर्षीय रविन बुढाथोकी, वडा नम्बर(१२ कागखोलाका ५० वर्षीय कालिबहादुर बुढाथोकी, ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका(५ बस्ने २४ वर्षीया निर्मला बस्नेत, शारदा नगरपालिका(१२ बस्ने लक्ष्मी खड्का घाइते भएका छन्।

यस्तै शारदा नगरपालिका(१४ का २४ वर्षीया निरु कुँवर, वडा नम्बर(१२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ वर्षकी हीमा ओली, २५ वर्षीया टीका बोहरा, १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी, वडा नम्बर(१३ बस्ने ७५ वर्षीया जिउली बोहरा रहेका छन्।

घाइतेहरूको सल्यान जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार साँझ छत्रेश्वरी गाउँपालिका ५ तीर्थपोले स्थित भित्री सडकमा छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जीप दुर्घटना भएको हो। गाडी सडकबाट करिब ६० मिटर तल खसेको छ।