२७ पुष २०७९, बुधबार १६:१४ – Page 8 – Nagarikabhiyan : National News

विश्व अर्थतन्त्रमा गहिरो मन्दी र लामो मन्दी हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने विश्व बैंकको प्रतिवेदनले देखाएको छ । यो मन्दीको प्रभाव लामो समय रहने पनि बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो संकेत गरेको हो।

विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने छ। यो विश्व बैंकले ६ महिना अगाडि गरेको प्रक्षेपणको तुलनामा धेरै कम हो। त्यसबेला अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान थियो।

विश्व बैंकका अनुसार नेपालमा भने अहिलेसम्मको अवस्थाबाट अर्थतन्त्र स्थिर रहने अनुमान छ। नेपालले चालु आवमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको प्रक्षेपण छ।

नेपालबारे विश्व बैंकको प्रक्षेपणमा भने परिवर्तन गरिएको छैन। दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष नेपालभन्दा माथि माल्दिभ्स, भारत र बंगलादेशको आर्थिक वृद्धि राम्रो रहने छ। श्रीलंकाको आर्थिक वृद्धिदर भने नकारात्मक नै रहने विश्व बैंकको अनुमान छ।

चालु आवमा सार्क देशमध्ये कुन मुलुकले कति प्रतिशतको आर्थिक वृद्धि होला ?

माल्दिभ्सः ८.२ प्रतिशत
भारतः ६.९ प्रतिशत
बंगलादेशः ५.२ प्रतिशत
नेपालः ५.१ प्रतिशत
भुटानः ४.१ प्रतिशत
पाकिस्तानः २ प्रतिशत
श्रीलंकाः -४.२ प्रतिशत
अफगानिस्तानः तथ्यांक छैन

विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा अहिले रुस–युक्रेन युद्धको प्रभाव बाँकी नै छ। यसले उर्जा र खाद्यान्नको मूल्यमा चर्को चाप परिरहेको विश्व बैंकले जनाएको छ। जसले गर्दा यस भेगका केन्द्रीय बैंकहरुले वित्तीय स्थितिलाई कडाई गर्नुपर्ने बाध्यता देखिएको छ।

भारतलाई उत्पादन क्षेत्रका माध्यमबाट आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ। माल्दिभ्सलाई पर्यटनमा देखिएको पुनरुत्थानले सहयोग पुग्ने प्रक्षेपण रहेको छ। बंगलादेशमा उर्जा संकटका कारण समस्या गहिरिन सक्ने अनुमान गरिएको छ। अफगानिस्तानलाई विदेशी सहायता रोकिएका कारण समस्या गहिरिएको देखिएको छ। नेपाल, माल्दिभ्स र भारतको अर्थतन्त्र यस भेगमा केही हदसम्म स्थिर देखिएको छ।

विश्व अर्थतन्त्रको सन्दर्भमा भने अमेरिका, युरोपेली मुलुक र चीनको अर्थतन्त्र संकटमा जाँदा त्यसले विश्वभरकै अर्थतन्त्रमा मन्दी छाउने अवस्था देखिएको हो। सन् २०२३ मा अमेरिकाको ०.५ प्रतिशत मात्र आर्थिक वृद्धिदर प्राप्त हुनेछ। जहाँ की सन् २०२१ मा अमेरिकाको जीडीपी ५.३ प्रतिशतले बढेको थियो। चीनले सन् २०२३ मा ४.३ प्रतिशतको वृद्धिदर प्राप्त गर्नेछ। सन् २०२१ मा उसको वृद्धिदर ८.१ प्रतिशत थियो।

मनमोहनपछि ‘प्रचण्ड’लाई ऐतिहासिक समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अत्यधिक समर्थनसाथ विश्वासको मत पाएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाए । प्रधानमन्त्रीको विपक्षमा दुई साना दलका तर्फबाट दुई मत मात्र प९यो ।

‘प्रचण्ड’लाई सदनको दोस्रो ऐतिहासिक समर्थन हो । यसअघि नेकपा ९एमाले०का तर्फबाट तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सदनमा रहेको उपस्थितिको शतप्रतिशत मत पाएका थिए । अधिकारीले २०५१ पुस ७ गते प्रतिनिधि सभामा भएको मतदानमा १९८ मत पाएका थिए । २०५ सदस्यीय तत्कालीन प्रतिनिधि सभामा मतदानमा उपस्थित सबै सदस्यको मत अधिकारीले पाएका थिए । सभाध्यक्षबाहेक उक्त मतदानका क्रममा छ सदस्य अनुपस्थित भएको प्रतिनिधि सभाद्वारा प्रकाशित संसदीय विवरण पुस्तिकामा उल्लेख छ ।

 

२०५१ सालको राजनीतिक कालखण्डपछि उक्त ऐतिहासिक मत कुनै पनि प्रधानमन्त्रीले पाएका छैनन् । २८ वर्षपछि प्रधानमन्त्री प्रचण्डले सदनमा उपस्थित दुई जनाबाहेक सबैको मत पाएका हुन्  । ‘प्रचण्ड’लाई आफ्नो दल माओवादी केन्द्रका साथै सदनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दलले विश्वासको मत दिएका छन् । यस्तै प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, योगेन्द्र मण्डल, लालवीर चौधरी र प्रभु साहले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका ८९, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका छ, लोसपाका चार र नागरिक उन्मुक्तिका तीन सदस्य छन् । जसमध्ये कांग्रेसबाहेकका अन्य दलका सबै सदस्य उपस्थित थिए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विपक्षमा मत दिनुभयो । कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले भने प्रधानमन्त्रीको समर्थनमा विश्वासको मत दिए पनि सरकारमा सामेल नहुने संसद्बाटै घोषणा गरेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

आजको मौसम : आंशिकदेखि सामान्य बदली

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सो प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत छ ।

विभागले आगामी २४ घण्टा देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल पहाडी भू–भागमा आंशिक बदली रही मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १९ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

कनकाई र कचनकबलले बनाए पृथ्वीनारायण शाहको सालिक

झापा । झापाको कनकाई नगरपालिका कार्यालय प्रवेश गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिला ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने दिव्योपदेश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकले तपाईँको ध्यान आकर्षित गर्नेछ ।

कनकाई–१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको सालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरूको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताउछन् ।

“कनकाई नगरपालिकामा धेरैपटक पुगेको छु, मलाई ढोकैमा नेपालको एकीकरणकर्ता पृथ्वीनारायणको सालिक देख्न पाउँदा गौरवबोध हुन्छ”, बिर्तामोडको हिमाली माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापकसमेत रहिसक्नुभएका ओझा भन्छन्, “सङ्घीय सरकारले भर्खर राष्ट्रिय बिदा दिनुपर्ने जनस्तरको मागलाई स्वीकार गर्दैछ । तर कनकाई नगरले आफ्नै विवेकले राष्ट्रनिर्माताको पहिल्यै यथोचित सम्मान ग¥यो ।”

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताए ।

“कम्युनिष्ट आस्था बोकेका मेयरले किन राजाको सालिक ठड््याएको होला भनेर कतिपयले मलाई ठट्टामा उडाउन खोजे”, सालिक स्थापना गर्दाको कथा सुनाउँदै नगरप्रमुख पोखरेल भन्छन्, “दलीय आस्था हरेक व्यक्तिको फरक हुनसक्छ, तर यो देशको एकीकरणको नेतृत्व गर्ने महान् व्यक्तित्व पृथ्वीनारायण शाह सबै नेपालीका लागि उत्तिकै सम्मानित छन्।”

पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जयन्ती पर्दछ भने सो दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने गरिन्छ । गत वर्ष यही दिवस पारेर कनकाई नगरपालिकाले सालिकको अनावरण गरेको थियो । नगरपालिकाको बोर्ड बैठकमा नगरप्रमुख पोखरेलले सालिक निर्माणको प्रस्ताव विसं २०७७ मै लैजानुभएको थियो । उनी यसपटक दोस्रो कार्यकालका लागि नगरप्रमुख निर्वाचित भएका हुन् ।

“मैले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दा सम्मानमा एउटा सालिक बनाउनुपर्छ भनेर नगर बोर्डमा प्रस्ताव लैजाँदा सबैले समर्थन गरे”, उनले भने, “बोर्डका साथीहरूसँग बाहेक जनजाति सङ्गठन र नगरभित्रका राजनीतिक दलहरूसँग पनि सल्लाह गरेका थियौँ, सबै सकारात्मक भएका थिए ।”

नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि रु सात लाख बजेट विनियोजन गरेको थियो । झापाका मूर्तिकार हिम्मत नेम्वाङले मोरङको मिक्लाजुङबाट ल्याइएको एउटै ढुङ्गामा पृथ्वीनारायण शाहको उक्त सालिक कुँदेका हुन् ।

नगरको यो सालिक अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । नजिकैको जामुनखाडी, हेप्पील्यान्ड, धनुषकोटीधाम, कोटीहोम र दोमुखामा घुमघामका लागि आउने आन्तरिक पर्यटक सालिकमा रोकिएर सेल्फी फोटो खिचाउने गर्छन् ।

यसपालि कनकाई नगरपालिकाले ‘पृथ्वीनारायण शाह र आधुनिक नेपाल’ विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार न्यौपानेले जानकारी दिए ।

काठमाडौं नछाड्न काँग्रेस सांसदहरुलाई ह्विप जारी

काठमाडौं । नेपाली काँग्रेसले माघ ९ गतेसम्म काठमाडौं बाहिर नजान आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदहरुलाई उक्त ह्विप जारी गरेको हो ।

यदी काठमाडौं उपत्यका बाहिर जानै परे संसदीय दललाई जानकारी दिनुपर्ने छ । नेपाली काँग्रेसले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । जबकी एमालेसहितको ७ दलले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेका थिए ।

काँग्रेसको मतसहित प्रचण्डले संसदमा ९९.२५ प्रतिशत मत पाएका हुन् । अब सभामुखको निर्वाचन हुने छ । जसका लागि माघ ३ गते सूचना टाँस गरी तोक्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

त्यस्तै माघ ५ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ। सोही दिन सभामुखको निर्वाचन हुने छ। उपसभामुखको निर्वाचन भने माघ ९ सम्ममा गर्ने तयारी भइरहेको छ।

एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या

चितवन । जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ ।

एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ ।

कुपोषण हुनेमा महिलाको सङ्ख्या धेरै रहेको एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरि सापकोटाले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमा पिछडा वर्गका समुदायका बढी सङ्ख्यामा कुपोषण समस्या देखिएको छ ।

भरतपुर महानगरपालिका, माडी, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा रहेका सङ्क्रमितमा कुपोषणको समस्या देखापरेको हो । परिवारका सदस्यमा सङ्क्रमण हुँदा आयआर्जनमा समस्या परेकाले कुपोषण देखिने गरेको उनको भनाइ छ ।

कुपोषणका कारण एचआइभी एड्स सङ्क्रमितमा विभिन्न किसिमका समसया देखिने गरेको उनले बताए। उनले भने, “कुपोषणका कारण रोगसँग लड्ने क्षमताको विकास नहुँदा अन्य रोगको सङ्क्रमण बढ्दै जान्छ ।” रोगसँग लड्ने क्षमताको विकास नभएपछि शरीरमा भाइरसको सङ्ख्या बढ्ने, रक्तअल्पता हुने, दैनिक आर्यआर्जनमा समस्या हुने, क्षयरोग, झाडापखला, घाउ खटिरा हुने, ज्वरो आउने, निमोनिया हुनेजस्ता समस्या भइरहने उनले बताए ।

जसका कारण मानव स्वास्थ्यमा नियमित समस्या देखिने गरेको उनको भनाइ छ । एचआइभी एड्स सङ्क्रमितमा कुपोषणको समस्या नहोस् भनेर कार्यालयले उनीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ भने स्थानीय सरकारसँग समन्वय गरेर पोषणयुक्त खानाका लागि सहयोग गरेको छ ।

अहिले जिल्लामा एक हजार एक सय १० जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरूले नियमित औषधि सेवन गर्ने गरेको उहाँले जानकारी दिए। सापकोटाका अनुसार सन् २०२२ मा जिल्लामा एक सय १४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

जसमध्ये ३४ भरतपुर अस्पतालमा र ८० जना जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाको सक्रियतामा पत्ता लागेका हुन् । यस वर्ष सेन्टरबाट एक सय ४५ नयाँ बिरामीले औषधि सेवन गर्न थालेका छन् । जसमध्ये ३१ जना जिल्ला बाहिरबाट यहाँ आएका हुन् । यस्तै यस वर्ष जिल्ला छाडेर स्थानान्तरण हुनेको सङ्ख्या ४६ जना रहेको उनले बताए ।

राप्रपा र राप्रपा नेपालले आयोजना गरे चियापान

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र कमल थापा नेतृत्वको राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

राप्रपाले दिउँसो एक बजे भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ । त्यसअघि ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकाल्ने र सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा आई चियापान कार्यक्रम सुरु गर्ने राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

 

त्यसैगरी राप्रपा नेपालले नवदूर्गा पार्टी भेन्यु सुकेधारामा दिउँसो १ बजे चियापान कार्यक्रम आयोजना गरेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्माले दाबी पेस गर्दै

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आज दाबी गर्ने भएका छन् ।

शर्माले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीम दाबी पेस गर्न लागेका हुन् ।

 

माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका अनुसार बुधबार अपहाह्न ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गर्ने तयारी छ ।

प्रदेश प्रमुख परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गरेका थिए ।

 

प्रदेशमा सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेका तयारीमा जुटेका छन् । दुई दलका नेताहरुबीच सरकारमा सहभागिताबारे निरन्त छलफल भइरहेको अध्यक्ष केसीले बताइन् ।

नेकपा एमाले संसदीय दलको मंगलबार बसेको बैठकले सरकारमा सहभागी हुने(नहुने, समर्थन गर्ने, नगर्नेलगायतका विषयमा निर्णय गर्ने अधिकार दलका नेता यामला कँडेललाई दिएको छ ।

४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ । नेकपा माओवादी केन्द्रको १३, एमालेको १० र राप्रपाको १ गरी सत्तारुढ दलसँग २४ जना सांसद छन् ।

त्यस्तै प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसको १४ र नेकपा एकीकृत समाजवादीको १ सिट छ । एकजना स्वतन्त्र सांसद छन् ।

लुम्बिनीमा आज मुख्यमन्त्री बन्दैछन् एमालेका लिला गिरी

दाङ । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् । सोही समयाअवधिभित्र माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले संसदीय दलका नेता गिरीले बताए ।

प्रदेश प्रमुखले दिएको समयको एकदिन अगाडि मंगलबार नै दाबी पेस गर्ने तयारी गरे पनि सत्तारुढ दलका संसदीय दलका नेता सबै उपस्थित हुन नसकेपछि दाबी पेस हुन नसकेको प्रदेशसभा सदस्य तथा एमाले नेता भूमिश्वर ढकालले बताए ।

माओवादीले क्न्द्रले भने अन्तिम समयमा लुम्बिनीमा मुख्यमन्त्रीकाे कार्यकाल आधा/आधा हुनुपर्ने अडान राखेकाे थियो ।

लुम्बिनीमा एमालेलाई पाँच वर्ष मुख्यमन्त्री दिने सत्तारुढ दलहरुले गरेको निर्णयमा असुन्तुष्टि जनाउँदै स्थायी कमिटी सदस्य जोखबहादुर महरा सोमबार नै काठमाडौं गएका थिए । पछि दुई वर्षपछि एमालले मुख्यन्त्री छाड्ने र त्यसपछि माओवादी केन्द्र नेतृत्वकाे सरकार आलोपालो गर्ने समझदारी भएको थियो ।

लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन्। जसमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक्ता पर्छ। सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ ।

गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन । ०७४ को पहिलो प्रदेशसभा चुनाव पछि एमालेका महासचिव शंकर पोखरेल मुख्यमन्त्री भएका थिए । करिब दुई वर्षपछि उनको सरकार ढाल्दै माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) २८ साउन २०७८ मा मुख्यमन्त्री भएका थिए ।

आजको राशिफल : २०७९ पौष २७ गते (बुधवार)

मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ०

बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो०

प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मिथुन ९का,की,कू,घ,ङ,छ,के,को,हा०

बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।

कर्कट ९ही,हू,हे,हो,डा,डी,डु,डे,डो०

श्वासप्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

सिहं ९मा,मी,मू,मे,मो,टा,टी,टू,टे०

राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जानेछैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ ।

कन्या ९टो,पा,पी,पू,ष,ण,ठ,पे,पो०

सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

तुला ९रा,री,रु,रे,रो,ता,ती,तू,ते०

शाहशिलो कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ ।

बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू०

घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

धनु ९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे०

पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मकर ९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी०

अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ ।

कुम्भ ९गू,गे,गो,सा,सी,सू,से,सो,दा०

पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन ।

मीन ९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची०

रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तपाईको दिन शुभ रहोस् ।

इटहरीमा पुरानो घरको पनि नक्सा पास हुने

इटहरी । इटहरी उपमहानगरपालिकाले उपमहानगरभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास गर्न पुनः अनुरोध गरेको छ ।  उपमहानगरले नक्सा पास नभएका तर मापदण्ड अनुकूलका संरचनाहरूको ९० दिनभित्र प्रक्रिया पूरा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो । उपमहानगरको भवन अनुमति तथा भवन मापदण्ड कार्यान्वयन शाखाका प्रमुख इन्जिनियर कैलाश तिम्सिनाले संस्थागत, निजी वा जुनसुकै प्रयोजनको निम्ति बनाइएका भवनको नक्सा पास गर्न चैत मसान्त सम्म सकिने बताए ।

घर नक्सा पास गरी “घर–नक्सा अभिलेखिकरण” गराउदा घरको आधिकारिकता, सम्पत्ती धितो मुल्याङकन, बिमा प्रयोजन, बैकिङ प्रयोजन तथा करको दायरामा समेत आइने हुदा घरधनी समेतलाई धेरै फाईदा हुने भन्दै तोकिएको समयमा पुरानो घर नक्सा पास गर्न उपमहानगरले नगरवासीलाई आग्रह गरेको छ ।

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम ।  धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहवी महिनाथपुर बस्ने ४२ वर्षीय राजेश कुमार साहलाई १६ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । प्रहरीले स्कुटरको डिक्कीभित्र कालो प्लाष्टिकमा राखेको १ हजार दरको नोट ७४८ वटा, ५ सय दरको नोट १ हजार ६४४ वटा, एक सय दरको नोट २६० वटा, ५० दरको नोट ८० वटा गरी १६ लाख बरामद गरेको जनाएको छ ।

प्रचण्डलाई कांग्रेसको मत : के होला अन्तर्य ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिंदै गर्दा संसदमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक भने, ‘कांग्रेस त आइसक्यो । अब अरुले किन आनाकानी गर्नु ?’

ओलीको बोलीमा प्रचण्डलाई मत माग्ने ध्येय त थियो नै त्यसमा उनको आशंका पनि मिसिएको थियो । १५ दिनअघि विघटन भएको गठबन्धनको मूल दल कांग्रेसले विश्वासको मत दिने निर्णय गर्दा ओली अचम्मित थिए । कांग्रेसलाई कटाक्ष गर्दै ओलीले राप्रपासँग तुलना गरे, ‘राप्रपाले सरकारमा नजाने गरी समर्थन गरेको थियो । कांग्रेसले पनि त्यस्तै गर्‍यो ।’

पार्टीभित्रको ठूलो रस्साकस्सीबीच देउवाले विश्वासको मत दिने निर्णय गराएका थिए । कांग्रेसको निर्णय थियो–प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने र संघीय संसदमा प्रमुख विपक्षी दलको रुपमा भूमिका निर्वाह गर्नेछ । उक्त निर्णयलाई सभापति शेरबहादुर देउवाले लिखित मन्तव्यका क्रममा सुनाएका थिए ।

विश्वासको मत व्यक्त गर्ने र प्रतिपक्षमा बस्ने निर्णयलाई पार्टी नेताहरुले अनौठो रुपमा लिएका छन् । केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टी निर्णयप्रति असन्तुष्टि जनाए । कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा केसीले भने, ‘यो कस्तो खालको निर्णय हो ? विश्वासमा मत दिने, प्रतिपक्ष पक्षमा बस्ने ?’

मंगलबार अपरान्ह कांग्रेसले लिएको निर्णयको आधार बनाउन संस्थापन पक्षले केही दिनदेखि नै सुरु गरेको थियो । सत्ताको राप तापबाट बाहिरिएपछि भाडाको घर धुम्बाराही पुगेसँगै देउवाले विश्वासको मतको दिने कार्यमा जग तयार गर्न लागेका थिए ।

देउवा पक्षीय नेताहरुका अनुसार सत्ता पक्षसँग निरन्तर संवादमा उपसभापति पूर्णबहादुर खड्कालाई देउवाले खटाए । संस्थापनइतरका नेता शेखर कोइरालादेखि नेता कृष्ण सिटौलालाई साथ लिए । सोमबार साँझ प्रधानमन्त्री प्रचण्डसँगको भेटमा देउवाले उपसभापति खड्कासँगै नेता सिटौलालाई पनि राखे । देउवा पक्षका नेता भन्छन्, ‘गुम्न सबै गुमिसकेको हो । अहिले घुस्न सकियो भने कांग्रेस फेरि सत्तामा पुग्ने वातावरण त बन्छ नि ।’

देउवाले दुई पदाधिकारीसहित पाँच नेतालाई पार्टीको निर्णयमा एकबद्ध बनाउन सकेनन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समर्थन दिन नहुने पक्षमा अडिग रहे ।

विश्वासको मत दिनुपर्ने तर्कमा सहमत हुन नसकेपछि महामन्त्रीद्वय थापा र शर्मा नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले असहमति दर्ज गराएका छन् ।

विश्वासको मत दिएपछि प्रतिपक्षीय भूमिका कमजोर हुने फरक मत राख्नेहरुको तर्क छ । ‘सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको त्यो गहन भूमिका निर्वाह गर्न सक्दैन र त्यो नैतिक धरातल पनि रहँदैन ।’

पाँच नेताको असहमतिको बुँदामा भनिएको छ, ‘कांग्रेसले यो अवस्थाको सही विश्लेषण गरेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो । प्रधानमन्त्री प्रचण्डलाई मत दिइसकेपछि राजनीतिक र नैतिक रुपमा प्रतिपक्षमा बस्न नमिल्ने जटिलता रहेको नेता प्रदीप पौडेल बताउँछन् ।

विपक्षी दल हुन संसदमा न्यूनतम १० प्रतिशत सांसद हुनुपर्दछ । १० प्रतिशत भन्दा बढी सांसद भएको दलमा कांग्रेस, एमाले र माओवादी केन्द्र मात्र छन् । एमाले र माओवादी केन्द्र सत्ता पक्ष भएकाले कांग्रेस स्वतः प्रमुख प्रतिपक्ष दलको हैसियत बनाएको थियो । विश्वासको मत दिएसँगै कांग्रेसले प्रमुख विपक्षी दल हुने हैसियत पनि गुमाएको तर्क उठेको छ ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवका कानुनी सल्लाहकार ललित बस्नेत संसद प्रतिपक्ष विहीन भएको जिकिर गर्छन् । ‘सिद्धान्ततः संसद प्रमुख प्रतिपक्षविहीन भएको छ । कांग्रेसको सैद्धान्तिक विचलन हुनु दुखद पक्ष हो’ बस्नेतले भने, ‘सत्ता निरंकुशतातिर जाने भयो ।’

विश्वासको मत दिनेमा देउवाले संस्थापन पक्षका सांसदलाई विश्वासमा लिन समस्या थिएन । संस्थापन पक्ष त उनी अनुकूल थियो नै । संस्थापन इतरका पनि धेरैजसो नेतालाई मनाउन देउवा सफल भए ।

सभापतिका निर्णय प्रक्रियालाई प्रश्न उठाउँदै आइरहेका नेता डा. शेखर कोइरालालाई समेत विश्वासको पक्षमा ल्याउन देउवा सफल रहे । राष्ट्रपति पदका आकांक्षी रामचन्द्र पौडेल पनि देउवाकै लाइनमा आए । गठबन्धन टुटेपछि उनी देउवासँग रुष्ट थिए । कोइराला समूहबाट महामन्त्री थापा बाहेक सबै विश्वासको मतको पक्षमा देखिए ।

कांग्रेसले विश्वासको मत दिनुको अन्तर्यमा केही विषय लुकेको विश्लेषण सुरु भएको छ । पहिलो, प्रचण्ड–ओलीको विग्रहले सत्तामा पुग्ने अभिलाषा कांग्रेसले राखेको छ । त्यसको साथै राष्ट्रपति र सभामुखमध्ये एक पदमा हिस्सेदारी पनि कांग्रेसले खोज्ने भित्रि चाह रहेको नेताहरु बताउँछन् । त्यसैको संकेत पाएर हुनसक्छ, ओलीले संसदमा कांग्रेसलाई कटाक्ष गरे ।

‘जाल हो भने म भन्न चाहन्छु, ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल’ कांग्रेसको रणनीति बुझेका ओली भन्छन्, ‘यसभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’

कुनै पद पाउने भएर विश्वासको मत नदिएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का दाबी गर्छन् । ‘हामीले कुनै पदका लागि विश्वासको मत दिएको होइन । सभापतिले संसदमा जे बोल्नुभयो त्यसका लागि मत दिएको हो’, संसद भवन बाहिर खड्काले भने ।

राष्ट्रको विशिष्ट परिस्थिति बुझेर कांग्रेसले निर्णय लिएको उनले सुनाए । आर्थिक अवस्था, संविधानको रक्षा, स्थिरताका लागि मत दिएको खड्काले बताए । राष्ट्रिय जटिलता रहेर मत दिएको खड्काले बताए पनि फरक मत राख्ने नेताहरु त्यसलाई स्वीकार्न तयार छैनन् । ‘विशेष राष्ट्रिय परिस्थिति वा शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनको समयमा जस्तो बृहत् राष्ट्रिय सहमति आवश्यक भएको अवस्था पनि होइन’, महामन्त्री थापा भन्छन्, ‘न त अहिले सरकारलाई विश्वासको संकट नै परेको अवस्था छ ।’

मंगलबारको कांग्रेसको निर्णयले प्रचण्डलाई टाढा जान नदिने रणनीति पनि बनाएको छ । उक्त कुरालाई कांग्रेस नेता पौडेल स्वीकार्छन् । विश्वासको मत दिएर संसद बाहिर उनले पत्रकारसँग भने, ‘संविधानलाई बचाउन प्रचण्डलाई त्यति धेरै टाढा जान दिन्नौं ।’ प्रचण्ड सरकारमा ओलीलाई हाबी हुन नदिनु र प्रचण्डलाई आफ्नो साथ रहेको देखाउँदै ओलीलाई साइजमा राख्ने खेलमा कांग्रेस लागेको छ ।

प्रमुख प्रतिपक्ष दल रहेकै बेला २०५१ सालमा कांग्रेसले एमालेका मनमोहन अधिकारीलाई समर्थन दिएको थियो । तत्कालीन समयलाई वर्तमानसँग तुलना गर्दै मत दिनु स्वाभाविक हुने संस्थापन पक्षको तर्क छ । ‘प्रमुख प्रतिपक्षमा हुँदा २०५१ सालमा पनि हामीले विश्वासको मत दिएका थियौं । त्यतिबेला पनि प्रमुख प्रतिपक्ष बनेका हौं । प्रतिपक्षविहीन संसद बनेको छैन ।’

खड्काले भने अनुसार नै २०५१ सालसँग अहिलेको तुलना गर्न सक्ने अवस्था भने देखिंदैन । लिखित रुपमा कांग्रेसले राखेका विषयमा दुई दल बीच सहमति बनेको थियो ।

कांग्रेस नेतृत्वमा रहेको पूर्व सरकारले अघि सारेका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता एमालेले गरेपछि विश्वासको मत दिइएको थियो । कांग्रेसले यसपटक सार्वजनिक रुपमा कुनै शर्त प्रचण्डसामु राखेको छैन ।

शरीरलाई कति चाहिन्छ अक्सिजन ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गरेका छन्।

उनले भनेका छन्, “प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु ।”

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन्, “तपाईहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु ।”

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित थिए भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनले यही पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए। प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांगेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

विश्वासको मत दिने सांसदप्रति प्रधानमन्त्रीद्वारा आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गरेका छन्।

उनले भनेका छन्, “प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु ।”

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन्, “तपाईहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु ।”

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित थिए भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। उनले यही पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए। प्रतिनिधिसभा सदस्यको गत मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। धारा ७६ उपधारा ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा ९४० बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांगेस, नेकपा ९एमाले०, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा ९एकीकृत समाजवादी०, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

एसियाडलक्षित प्रशिक्षण माघ दोस्रो सातादेखि

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको तयारीलक्षित गरी माघ दोस्रो सातादेखि नियमित प्रशिक्षण सुरु गर्ने भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइपर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुने कमिटीका सचिव हिमालराज दाहालले जनाए । करिब ५ सय १४ खेलाडी र ६६ प्रशिक्षक नियमित प्रशिक्षणमा सहभागी हुने जनाइएको छ । नियमितपछि विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि माघ २ देखि ४ गते सम्बन्धित खेलका राष्ट्रिय संघ तथा मुख्य प्रशिक्षकलाई छलफलका लागि बोलाइने छ । बैठकमा केही खेलका लागि विदेशी प्रशिक्षक झिकाउने तथा केही खेलका प्रतिभावान खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा पनि छलफल भएको थियो ।

यसअघि राखेपले एसियाली खेलकुद सुरु हुन १ वर्ष बाँकी छँदै ४५ दिने प्रशिक्षणको सुरु गरिसकेको थियो । त्यतिबेला एसियाली खेलकुद २०२२ को सेप्टेम्बर हुने भनिए पनि कोरोना भाइरसका कारण एसियाली खेलकुद एक वर्ष स्थगित गरिएको थियो ।