इटहरीमा पुरानो घरको पनि नक्सा पास हुने
२६ पुष २०७९, मंगलवार २१:५६
इटहरी । इटहरी उपमहानगरपालिकाले उपमहानगरभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास गर्न पुनः अनुरोध गरेको छ । उपमहानगरले नक्सा पास नभएका तर मापदण्ड अनुकूलका संरचनाहरूको ९० दिनभित्र प्रक्रिया पूरा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो । उपमहानगरको भवन अनुमति तथा भवन मापदण्ड कार्यान्वयन शाखाका प्रमुख इन्जिनियर कैलाश तिम्सिनाले संस्थागत, निजी वा जुनसुकै प्रयोजनको निम्ति बनाइएका भवनको नक्सा पास गर्न चैत मसान्त सम्म सकिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया