८ श्रावण २०७९, आईतवार ११:१६ – Page 4 – Nagarikabhiyan : National News

नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

काठमाडौं । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्।

आर्थिक वर्ष २०७८्०७१ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ। सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ।

त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ९३ अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ। फागुन महिनामा ९१ अर्ब, ७ करोड, वैशाखमा ८७ अर्ब ५ करोड, जेठमा ९३ अर्ब ३९ करोड भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

प्रत्येक वर्ष रेमिट्यान्स भित्रिने क्रम बढिरहेको छ। आव २०७७्०७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

त्यस्तै आव २०७६्०७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ वैदेशिक रेमिट्यान्स भित्रिएको छ। यसरी रेमिट्यान्स भित्रिए पनि ७८।९ प्रतिशत रकम दैनिक गुजारा चलाउनकै लागि खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको रिपोर्टले जनाएको छ।

आजको नागरिक दैनिकमा समाचार छ ।

एटीएम मेसिन फोड्ने घटना बढ्दै

काठमाडौं । पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्।

पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका – २६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ।

नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो।

यसअघि पोखरा – ९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो। शुक्रबार मात्रै उक्त घटना घटेको थियो। घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै घटना भएको हो।

दुवै एटीएम रातको समयमा फोडिएको छ। लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नबोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

एसईई : प्रयोगात्मकमा ‘सी’ ग्रेड र सैद्धान्तिकमा ‘डी’ ग्रेड नल्याए प्रमाणपत्र नपाइने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०० को अन्तिम परीक्षामा ननग्रेडेड ९अवर्गीकृत० प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । कक्षा ११ मा भर्ना हुन ननग्रेडेड उल्लेख नभएको हुनुपर्छ । ननग्रेडेड अंक नकटाएसम्म एसईई उत्तीर्ण भएको प्रमाणपत्र पाउँदैनन् । लेटर ग्रेडिङ पद्धति कार्यविधि २०७८ मा सो व्यवस्था गरेको छ ।

यो कार्यविधि यो साता प्रकाशित हुने तयारीमा रहेको एसईई परीक्षामा लागु हुनेछ । कार्यविधिअनुसार सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । अर्थात् सैद्धान्तिक परीक्षामा डी र प्रयोगात्मकमा सी ग्रेड ल्याउनुपर्ने अनिवार्य व्यवस्था छ । अघिल्लो वर्ष सैद्धान्तिकमा कम अंक ल्याएर प्रयोगात्मकमा बढी अंक ल्याए उत्तीर्ण हुन सक्ने व्यवस्था थियो ।

बोर्डले समग्रमा प्रत्येक विषयमा कम्तीमा डी ग्रेड प्राप्त नगरी मूल प्रमाणपत्र दिइने छैन । ती विद्यार्थीले माग गरेमा स्तरीकृत अङ्क ९ग्रेड प्वाइन्ट एभरेज० उल्लेख नगरी ननग्रेडेड मात्र उल्लेख गरी ग्रेड सिट दिने व्यवस्था छ । गत वर्षसम्म ९ समूह कायम रहेको कार्यविधि एकाएक परिवर्तन गरी ८ समूह छ । यो वर्ष डी प्लस, ई प्लस र ई समूह हटाइएको छ । यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

कामदारले सुरक्षण राखेकाे ८ करोड ४९ लाख रकम गुपचुप

काठमाडौँ । विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट संकलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ ।

ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु कामदारको रकम कतै समावेश नगरेको भेटिएको महालेखा कार्यालयको प्रतिवेदनले औंल्याएको छ ।

नेपाली नियोगले विनियोजनतर्फ वर्षान्तमा निकासामध्ये खर्च भई बाँकी रकम तथा राजस्व रकम वर्षान्तमा दाखिला नगरी अर्को आर्थिक वर्षको प्रथमरदोस्रो चौमासिक निकासाबाट मन्त्रालयले कट्टा गरी हिसाब मिलान गरेको देखिएको छ ।

‘उपर्युक्त स्थितिमा मन्त्रालय र नियोगले देखाएको खर्च तथा राजस्व भिडान नहुने समस्या रहेको छ,’ महालेखाले प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै, घर र अपार्टमेन्टतर्फ सरकारी निकायले अन्य निकायमा राखेको धरौटी अभिलेख महालेखा परीक्षकद्वारा स्वीकृत ढाँचामा राख्नुपर्ने व्यवस्था भए पनि दूतावासले चान्सरी भवन र कर्मचारी आवास गृह भाडामा लिँदा जेनेभा, हङकङ, कोपेनहेगनलगायत २२ नियोगबाट १ सय २ घररअपार्टमेन्टका सम्बन्धित घरधनीलाई ६ करोड ७४ लाख सुरक्षणबापत भुक्तानी भएको महालेखा प्रतिवेदनमा उल्लेख छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

डिस्चार्ज भए स्वास्थ्य मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनी शनिबर विर अस्पताल भर्ना भएक थिए । मन्त्री खापुङ शनिबार साँझ नै डिस्चार्ज भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रीका प्रेस सल्लाहकार मनोज लिम्बूको अनुसार वान्ता र चक्कस लागेपछि मन्त्री खापुङ विर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना भएका थिए । अहिले उनको स्वास्थ्य सामान्य रहेको लिम्बूले बताए ।

मन्त्री खापुङमा मधुमेहको समस्या भएको बताइएको छ । दिउँसो परीक्षणका लागि पठाइएको रिपोर्टहरु पनि सामान्य आएको अस्पताल स्रोतले जनाएको छ ।

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे सघीय सांसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा मुख्यगरी ३ विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

बैठकमा शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ पेस पहिलो कार्यसूचीमा रहेको छ ।

त्यस्तै कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।

त्यस्तैगरी शिक्षामन्त्र देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।

लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा “Leo Orientation Program” सम्पन्न

देवानगञ्ज । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा द्वारा आयोजनामा “Leo Orientation Program” सम्पन्न भएको छ ।

बिराटनगर स्थित जेनिट इन्टरनेस्नल कलेजको सभाहलमा आयोजित उक्त कार्यक्रममा ४३ जना नयाँ सदस्य लाई लियो क्ल को बारेमा प्रशिक्षण दिएको थियो। लियो क्लबले समाजिक सेवामा सक्रिय रहि कार्य गर्दै आइरहेको लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका अध्यक्ष लियो पंकज मेहताले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा परिशिक्षक लियो डिष्ट्रिक्ट ३२५, सि का लियो क्लब चैरमन् लियो चान्द बाबु इराकी ले परिशिक्षण दिएका थिए ।

त्यस्तै कार्यक्रममा  लियो जिल्ला परिषद् ३२५, सि को अध्यक्ष लियो सिद्धार्थ साह, क्लब को (IPP) लियो सुनिल यादव, पूर्व अध्यक्ष लियो प्रिन्स पौडेल, मनोज तिवारी, रितेश मैनाली, लगायतको उपस्थिती रहेको थियो ।

 

मौद्रिक नीति : घरजग्गा धितोमा पाइने कर्जामा कडाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा धितोमा कडाई गरेको छ । आर्थिक वर्ष २०७८/०८० को मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा धितोको सुरक्षा अनुपातलाई थप कसिलो बनाएको हो ।

नयाँ व्यवस्थाअनुसार अब काठमाडौं उपत्यका भित्र कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि काठमाडौंमा ५० र उपत्यकाबाहिर यस्तो अनुपात ६० थियो ।

सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना जेल चलान

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ्गकी श्रीमती सिर्जना शाक्य तामाङलाई जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले सहकारीबाट ठगिएको अर्बौं रकम लुकाउनका लागि श्रीमती शाक्य संलग्न भएको भन्दै जेल चलानको आदेश दिएको हो ।

बिहीबार राति ९ बजेसम्म अदालतमा चलेको थुनछेक बहसपछि न्यायाधीश कृपासुर कार्कीले यस्तो आदेश दिएका हुन् । उनी गत मंगलबार दिउँसो रामशाहपथबाट पक्राउ परेकी थिइन् । उनलाई भद्रगोल जेल, महिला सेलमा लगिएको छ ।

सिभिल सहकारीको लेखा समिति सदस्यसमेत रहेकी शाक्यलाई तामाङले अंश दिलाएर अलग गराउन खोजे पनि ठगी मुद्दामा पक्राउ गरिएको थियो । तामाङले सिभिल सहकारीबाट विनाधितो लगेको अर्बौंको सम्पत्ति लुकाउन २०७४ सालमा नै श्रीमती सिर्जना र दुई छोरीलाई अंशबण्डा गरेको समेत खुलासा भएको छ ।

यसअघि १५ सय बचतकर्ताको करिब ६ अर्ब ठगी गरिएको उजुरी परेपछि गत १५ असोजमा श्रीमान तामाङ पक्राउ परेका थिए ।

राष्ट्र बैंकले बढायो बैंकको ब्याजदर, पुग्यो साढे ८ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पु-याएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पु¥याएको हो । योसँगै बैंकहरुबीच एक आपसमा हुने कारोबारको दर बढ्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ ।

अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ । वैधानिक तरलता अनुपात (एसएलआर) को सीमा समेत बढेको छ । राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले दुईथरी ब्याजदरको व्यवस्था गरेको छ । मौद्रिक नीतिमार्फत कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुईथरी ब्याजको व्यवस्था भएको हो । बढ्दो आयातालाई निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकको आयात गर्दा नै ब्याजदर दुईथरी हुनेछ ।

एलसी खोल्दा नै पुँजीगत वस्तुका लागि ब्याजदर कम हुने व्यवस्था गरिनेछ भने अन्य वस्तु आयातमा ब्याजदर उच्च हुनेछ । पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पूँजीगत वस्तुको आयात र अन्य वस्तुको आयातमा कम्तीमा २ प्रतिशत बिन्दूले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो ।

सेयर धितो कर्जामा कायम गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए ।

उनले यसअघि शेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताए । मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ ।

शेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ । अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ । २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ । मर्जर तथा एक्विजिसनमा जाँदा शेयर कारोबार रोक्का राखिने व्यवस्था खारेज समेत गरिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको समस्या तत्काल हल गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले क्याविनेटमा प्र्रस्ताव लगेर भएपनि सो बीमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या तत्काल हल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

बजेट वक्तव्यमा आएको सो सम्बन्धी व्यवस्थालाई हेरी मन्त्रालय आफैंले वा नसकेमा मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय गराएर भएपनि सो बीमा कार्यक्रम तत्काल कार्यान्यवनमा ल्याउन सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् ।

समितिले सेवाग्राहीलाई सहज ढंगले सो विमाको भुक्तानी पाउने व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ । समितिकी सभापति घर्तीले भनिन्, ‘जनताले सहज र सरल ढंगले बीमा भुक्तानी पाउन भन्ने हाम्रो जोड हो । दोस्रो, बीमा गरिसकेपछि त्यसलाई सहज तरिकाले र सरल तरिकाले त्यो विमा भुक्तानी कसरी पाउने रु सेवाग्राहीहरुले भन्ने कुरा चाँही विशेष ध्यान दिएर यो कार्यान्वयनमा मन्त्रालय र सम्बन्धित सबै निकायहरु जानुपर्छ भन्ने हाम्रो समितिको ठहर हो ।’

उनले थपिन्, ‘त्यसैले पहिलो हाम्रो समितिकोतर्फबाट सरकारलाई यो निर्देशन दिन चाहन्छ । बजेट वक्तव्यमा आएको जुन समस्या छ । ऐन र कानून अनुसार के हुन्छ रु तुरुन्तै हल गर्नुप¥यो स्वास्थ्य मन्त्रालयले । क्याविनेटबाट हुन्छ कि मन्त्रालयबाटै हुन्छ रु सो समस्या छिटो हल गर्नुप¥यो ।’

बैठकमा समितिका सदस्यहरुले स्वास्थ्य विमा कार्यक्रम तत्काल सुचारु गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । आफूले नसके मन्त्रिपरिषद बैठकबाट आवश्यक निर्णय गराएर भएपनि सो बीमा कार्यक्रम तत्काल कार्यान्वयन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढिलाई गर्न नहुने प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सांसद योगेशकुमार भट्टराईले बताए ।

उनले स्वास्थ्य बीमा कार्यक्रम रोकेर सरकारले गम्भिर गल्ती गरेको आरोप समेत लगाए । सत्तारुढ नेकपा ९माओवादी केन्द्र०का सांसद गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई अर्थ मन्त्रालयले अघि बढाउन समस्या खडा गरिरहेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गरे ।

उनले अर्थ मन्त्रालयसँग आवश्यक छलफल गरेर सो विमा कार्यक्रमलाई तत्काल अघि बढाउन पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको गम्भीर ध्यानाकर्षण गराए । सांसद पोखरेलले सो विमा कार्यक्रमलाई निजी क्षेत्रको पनि सहभागितामा अघि बढाउने सरकारको निर्णय भने स्वागतयोग्य रहेको बताए ।

 

नेपालमा एकैदिन ४५६ जनामा कोरोना पुष्टि, ८० जना निको भए

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८३८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार १६८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ८४ जना र १ हजार ६७० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २४ हजार ४३२ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या २८ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा २ हजार ८४१ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ८० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार ३०८ पुगेको छ ।

प्रदेश १ को सर्वदलीय छलफलले टुंग्याउन सकेन नाम

विराटनगर । प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको छ । शुक्रबार नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाएका थिए ।

तीन घण्टा चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताए । उनले भने, ‘ छलफल सकारात्मक छ, सहमतिका लागि फेरि छलफल गर्ने सहमति भएको छ ।’

प्रदेशसभा सचिवालयभित्र सर्वदलीय बैठक चलिरहेका बेला पहिचानका पक्षधरले भने संसद सचिवालय बाहिर पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

स्वास्थ्य बीमा निजी अस्पतालमा दिने कि नदिने मन्त्रिपरिषदले निर्णय गर्छ : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा निजी अस्पताललाई दिने वा नदिने विषयमा मन्त्रिपरिषदले निर्णय गर्ने बताएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रिपरिषदमा तत्काल प्रस्ताव लैजाने गरी प्रक्रिया अघि बढाइएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा यो बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गरिनेछ भन्ने व्यवस्था गरेको र त्यसलाई संसदले पनि पारित गरेकाले अहिले त्यसको सञ्चालनमा समस्या आएको पनि बताए ।

त्यस सम्बन्धमा बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेकाले त्यसमा देखिएको समस्या समाधान गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजान उपयुक्त हुने भएकाले आफूले सो प्रक्रिया अघि बढाएको पनि समितिलाई मन्त्री खापुङले जानकारी दिए ।

‘यो बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गरिनेछ भन्ने अर्थमन्त्रीज्यूबाट बजेट भाषणमा आयो । त्यो चाहिँ संसदबाट पनि पारित भइसकेको छ । बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयमा सोधेर पठाएको छ । अर्कोतिर चारैतिरबाट प्राइभेटलाई सहभागिता नगराउँदाखेरि यो बीमा कार्यक्रम प्रभावकारी हुँदैन भन्ने सुझाव पनि सबैतिरबाट आएको छ’ उनले भने, ‘यो बजेट सँगसँगै पास भएको छ । र, बीमा बोर्डले पनि के गर्ने भनेर मन्त्रालयलाई सोधेर पठाएको हुनाले हामीले मन्त्रालयको तहबाट मात्रै निर्णय गर्दाखेरि अलि अप्ठ्यारो हुन्छ होला भनेर क्याविनेट मिटिङमा लानेगरी त्यसलाई अगाडि बढाएका छौं ।’

मन्त्री खापुङले निजी क्षेत्रको सहभागिताविना स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नहुने सुझाव सबैतिरबाट आएको पनि बताए ।

सामूहिक बलात्कारको आरोपमा व्यवसायी पाण्डे पक्राउ

काठमाडौं । एक सामूहिक बलात्कारको घटनामा संलग्नको आरोपमा नुवाकोटका व्यवसायी मधुसुदन पाण्डे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले अनलाइनखबरलाई बताए । पाण्डेको मनमैजुमा लोटस क्लब सञ्चालित छ ।

उनका अनुसार पीडितले काठमाडौंमा जाहेरी दिएपनि घटनास्थल पोखरा भएकाले घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय कास्कीले गरिरहेको छ । ‘यसमा पक्राउ गरेर अनुसन्धान थालिएको पनि २० दिन जति भइसक्यो’ प्रहरी निरीक्षक पाण्डेले भने ।

प्रहरीका अनुसार २२ असारमा पोखराको लेकसाइडस्थित एक होटलमा पाण्डे र राजु राउत नामका व्यक्तिले एक युवतीलाई बलात्कार गरेको अभियोग छ । इञ्जिनियर समेत रहेका राउत फरार छन्, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा मतियारका रुपमा अन्य पनि संलग्न भएका छन् । प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत चिनजान भएकी युवतीलाई राउतले काठमाडौंमा भेट्न बोलाएका थिए । त्यसक्रममा घुम्न भन्दै पोखरा गएका बेला आफूमाथि बलात्कार भएको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।