लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा “Leo Orientation Program” सम्पन्न
७ श्रावण २०७९, शनिबार २०:५३
देवानगञ्ज । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा द्वारा आयोजनामा “Leo Orientation Program” सम्पन्न भएको छ ।
बिराटनगर स्थित जेनिट इन्टरनेस्नल कलेजको सभाहलमा आयोजित उक्त कार्यक्रममा ४३ जना नयाँ सदस्य लाई लियो क्ल को बारेमा प्रशिक्षण दिएको थियो। लियो क्लबले समाजिक सेवामा सक्रिय रहि कार्य गर्दै आइरहेको लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका अध्यक्ष लियो पंकज मेहताले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा परिशिक्षक लियो डिष्ट्रिक्ट ३२५, सि का लियो क्लब चैरमन् लियो चान्द बाबु इराकी ले परिशिक्षण दिएका थिए ।
त्यस्तै कार्यक्रममा लियो जिल्ला परिषद् ३२५, सि को अध्यक्ष लियो सिद्धार्थ साह, क्लब को (IPP) लियो सुनिल यादव, पूर्व अध्यक्ष लियो प्रिन्स पौडेल, मनोज तिवारी, रितेश मैनाली, लगायतको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया