काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले जानकारी दिए ।
सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ ।
बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित गर्नेछ । शनिबारको बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको थियो ।



नेकपा एमालेले आफ्नो नेता कार्यकर्तालाई थप प्रशिक्षण गर्दै अन्य पार्टीका कार्यकर्तालाई आफूतिर प्रवेश गराउने कार्यलाई तिव्र पारेको छ । पार्टीका जिल्ला उप सचिव राम कोईरालाका अनुसार पार्टीले एउटा वडामा कममा ५ वटा टोल कमिति र बढीमा २५ वटासम्म टोलकमिटि गठन भएको छ ।
वडाको टोलटोलमा पार्टीको टोल कमिटि सहित भातृ संस्थाहरुको पनि भेला, प्रशिक्षण र कमिटि गठनको काम भएको जानकारी दिनुभयो । त्यसैगरी नेकपा माओवादी केन्द्र सुनसरीले पनि पार्टीको नगर तथा गाउँपालिकामा सेल र टोलसम्म जनवर्गीय संगठन गठन, कमिटि , उपकमिटि गठनको लागि भेलालाई तिव्र पारिएको छ । पार्टीका नेताकार्यकर्ता गाउँगाउँमा खटिएको पार्टीका संयोजक योगेन्द्र मण्डलले जानकारी दिनुभयो । नेपाली कांग्रेसले पनि सबै पालिकाको वडा र टोलटोलमा पार्टीको वडा कार्यालय स्थापना गरेसँगै कार्यकर्ताहरूलाई विभिन्न जिम्मेवारी दिएर चुनावी अभियानमा व्यस्त भएको जनाएको छ ।


स्थानीयतह निर्वाचन ऐन २०७३ ले संवैधानिक व्यवस्थाअनुसार स्थानीयतहमा प्रमुख र उप–प्रमुख वा अध्यक्ष तथा उपाध्यक्षमध्ये एकजना अनिवार्य महिलाहुनु पर्ने व्यवस्था गरेको छ । ऐनमा भएको सोही व्यवस्थाका कारण वि.सं.२०७४मा सम्पन्न भएको स्थानीयतहमा उपमेयर तथा उपाध्यक्षको भूमिकामानिकै ठूलो संख्यामा महिलाको प्रतिनिधित्वहुन सम्भव भएको थियो । यसैगरी निर्वाचन ऐनले स्थानीयतहको वडातहमा कम्तीमा एकजना खुल्ला र एकजना दलितमहिला गरी दुईजना महिलाको प्रतिनिधित्व सुनिश्चित गरेका कारण वडा तहमापनि महिलाको प्रतिनिधित्व हुनपुगेको छ । वडातहमा झण्डै १४हजार ३सय ५२ महिलाको प्रतिनिधित्व भएको छ । नेपालमा संघीयताको कार्यान्वयनसँगै स्थानीयतहमा महिला र दलित महिलाको यो प्रतिनिधित्व निकै ऐतिहासिक र आशालाग्दो छ । उक्त ज्ञापन पत्रमा स्थानीयतहमा महिलाको प्रतिनिधित्व उल्लेख्य मात्रामा रहेको भएपनि स्थानीय सरकारको मुख्य पदमा भने महिलाको प्रतिनिधित्व अत्यन्तै न्यूनमात्रामा रहेको उल्लेख गरिएको छ । यसैगरी दलितमहिलाको प्रतिनिधित्वपनि वडा सदस्यमा सीमितबन्नपुगेको छ । अझ पितृसत्तात्मकशक्ति–सम्बन्ध र लैङ्गिक विभेदका कारण स्थानीयतहमा प्रतिनिधित्व गरिरहेका महिलाले पनि सहजै कामगर्न सक्ने अवस्था बनेको छैन । त्यसैले स्थानीय सरकारमा महिलालाई केबल उपाध्यक्ष वा उप–प्रमुखको भूमिकामामात्रै सीमितनगरेर वडाअध्यक्ष र स्थानीयतहको प्रमुख पदमापनि महिलाको सशक्त प्रतिनिधित्वहुन जरुरी छ भन्दै समावेशी र प्रमुखमा नै महिलालाई उम्मेदबार बताउनुपर्ने माग गरिएको छ । ज्ञापन पत्रमा समावेशीलोकतन्त्रको अभ्यास र लैङ्गिक विभेदको अन्त्यका लागि आगामी स्थानीयतहको निर्वाचनमा राजनीतिकदलले प्रमुखभूमिकामा महिलालाई उमेद्वार बनाउन आवश्यक रहेको उल्लेख गरिएको छ । महिला र सिमान्तीकृत समुदायको स्थानीयतहको निर्णायक र मुख्यपदमा प्रतिनिधित्व गराउन यहाँको दलले विशेष पहल गरोस् भन्ने आग्रहसहित यो ज्ञापनपत्र बुझाइएको छ भनिएको छ ।





कोसी गाउँपालिकाको आयोजनामा बालविवाह न्यूनिकरणमा शिक्षित बालिकाको भुमिका विषयमा वकतृत्वकला प्रतियोगीता सम्पन्न गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । सम्पन्न भएको प्रतियोगीतामा मदरसा दारूल होला अल सल्फियाका हबिबा बानु प्रथम, जय बिसहरा ईङ्गलिस स्कूलका सरीता मण्डल दोस्रो, कोसी जनता मावि हरिपुरका रचना ठाकुर तेस्रो, कोसी मावि पश्चिम कुशाहाका अनुषा साह चौथो र राष्ट्रिय मावि शोभनपुरका अष्मिता मेहता पाचौं भएको गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले बताउनुभयो । प्रतियोगीतामा सहभागी अन्य सबै प्रतियोगीहरुलाई सान्त्वना भएको भन्दै पुरकास्कार वितरण गरेको आयोजकले जनाएको छ । कार्यक्रममा मदरसा सहित ११ वटा विद्यालयका २२ वटा सहभागीता रहेको मेहतााको भनाई छ ।