काठमाडौं । नेपालका पाँच युवा क्रिकेटले भारतको बैंगलोरमा दुई हप्ताको हाइ पर्फमेन्स क्याम्प पाउने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) ले बैंगलोरमा जस्ट क्रिकेट एकेडेमीमा डेब्लोमेन्ट प्रोग्रामअन्तर्गत रहेर प्रशिक्षण गर्ने बताएको छ ।
क्रिकेटर लोकेशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल अलामले अवसर पाएका हुन् । खेलाडी आज राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।
काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आयोजित नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विध्यथ क्रिकेट क्लबले प्राप्त गरेको छ ।
पाकिस्तानी राजदूतावासले सातौँ वार्षिक नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा प्रतियोगिताको विजेता आरएस विध्यथ क्रिकेट क्लबलाई प्रदान गरेको हो । ९ दिने क्रिकेट प्रतियोगितामा विभिन्न नेपाली क्रिकेट क्लबसहित १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उपविजेताको उपाधि नेक्सस क्रिकेट क्लबले पाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले यस वार्षिक कार्यक्रमको आयोजनामा दूतावासले गरेको प्रयासको प्रशंसा गर्दै यस्ता खेलकुद कार्यक्रम आयोजना गरेर नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रचुर सम्भावना रहेको औँल्याए ।
पुरस्कार वितरण समारोहमा पाकिस्तानी राजदूतावासका राजदूत सैयद हैदर शाहले नेपाली युवामा यस वार्षिक कार्यक्रमको बढ्दो लोकप्रियताप्रति सन्तुष्टि व्यक्त गगरेका छन् ।
यो प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धको प्रमाण भएको राजदूत शाहले बताए । उनले दुई देशका युवाहरूलाई एक ठाउँमा ल्याउन पाकिस्तान र नेपालबीचको जनस्तरको सम्पर्कलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत दोहोर्याए ।
कार्यक्रममा विशेष अतिथि एच.ई. नेपालका लागि बङ्गलादेशका राजदूत श्री सलाहुद्दिन नोमान चौधरी, नेपालका लागि श्रीलङ्काका राजदूत एच.ई. सुश्री हिमाली अरुणतिलाका र नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष श्री रोशन सिंह लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौँ । १० वर्षअघि देखि वैकल्पिक राजनीति थालेको आम आदमी पार्टीले पञ्जाब विधानसभा चुनावमा स्पष्ट बहुमत हासिल गरेको छ । राज्यको कुल ११७ सिटमध्ये आम आदमी पार्टीले ९२ सिटमा ऐतिहासिक जित दर्ता गरेको छ। कांग्रेसले १८ र भाजपाले दुई सिट जितेको छ ।
तर, यो ऐतिहासिक जित पछाडीका पाँच ठूला कारण के छन् ?
भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने
यस पटक आम आदमी पार्टीले मुख्यमन्त्री पदका उम्मेदवार भगवन्त मानलाई स्पष्ट रूपमा घोषणा गरेको छ । यस वर्षको सुरुदेखि नै पञ्जाबमा मुख्यमन्त्री पदका लागि आम आदमी पार्टीको अनुहारमाथि शंका थियो।
यसअघि २०१७ को पञ्जाब विधानसभा चुनावमा पनि सीएम उम्मेदवारको सन्दर्भमा यस्तै अवस्था थियो। पञ्जाबमा आम आदमी पार्टीका झण्डै आधा उम्मेदवारहरू अन्य पार्टीहरू छोडेर आपमा सामेल भएकाले दिल्ली र पञ्जाबबीच द्वन्द्वको स्थिति आउन सक्थो ।
तर, यसपटक पार्टी उच्च कमाण्डले समयमै निर्णय गर्दै भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो । त्यसका लागि पार्टीले आफ्ना कार्यकर्ताबीच जनमत संग्रह पनि गराएको थियो । जसमा ९० प्रतिशतभन्दा बढीले भगवन्तलाई रोजेका थिए ।
पर्दा पछाडिका खेलाडीहरू
पञ्जाबको चुनावलाई तल्लो तहदेखि हेरिरहेका राजनीतिक विज्ञ सागर बिश्नोईले पार्टीका रणनीतिकार सन्दीप पाठकले पञ्जाबमा महत्वपूर्ण भूमिका खेलेको बताए । सन्दीपले आईआईटी पढेका छन्, उनी लण्डनबाट फर्केका हुन्। उनले यसअघि चर्चित राजनीतिक रणनीतिकार प्रशान्त किशोरसँग पनि काम गरिसकेका छन् ।
पार्टी प्रमुखको निर्णय कार्यान्वयन गराउन सन्दीप पाठकको हात रहेको पार्टी स्रोतले जनाएको छ । पार्टीका राज्यसभा सांसद सञ्जय सिंहले २०१७ को विधानसभा चुनावमा आम आदमी पार्टीको अभियान एक वर्षअघि नै चरम सीमामा पुगेको बताए । पार्टीले धेरै सिट पाउने भविष्यवाणी गरेको थियो र चुनावी अभियान सकिएसँगै चुनावी अभियान टुटेको थियो ।
तर, यो चुनावमा त्यस्तो हुन सकेको छैन । सामाजिक सञ्जाल र चुनावको लाइमलाइटबाट आफैं टाढा रहेका सन्दीप पाठकको नेतृत्वमा उनका पाँच जुनियरको टोली गठन गरिएको थियो ।
पञ्जाबलाई पाँच जोनमा विभाजन गरी एक जनालाई एउटा क्षेत्रको जिम्मेवारी दिइएको थियो । उनले प्रत्येक क्षेत्रको पूर्ण अध्ययन गरी निर्वाचनका लागि उम्मेदवार छनोटमा सहयोग गरे । यससँगै कुन उम्मेदवारलाई टिकट दिएर कस्तो आक्रोश फैलाउन सकिन्छ भन्ने पनि पत्ता लागेको थियो । समयसँगै पार्टीले यसको समाधान पनि खोज्यो ।
पञ्जाबमा यस प्रकारको व्यवस्थापनले पार्टीलाई धेरै मद्दत गर्यो। सन्दीप पाठकले यसअघि सन् २०२० को दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीको अभियान पनि सम्हालेका थिए, जसमा पार्टीले ठूलो जित हासिल गरेको थियो।
परिवर्तनको लागि मतदान
आम आदमी पार्टीले आफ्नो चुनावी अभियानमा सुरुदेखि नै यो कथा राखेको छ कि विगत २० वर्षदेखि जनताले अकाली दल, बीजेपी वा कांग्रेसको शासन देखेका छन् । त्यसैले यसपटक नयाँ पार्टीलाई भोट दिएर हेर्नुपर्छ ।
साथसाथै, पार्टीले आफ्नो दिल्ली मोडेलमा ठूलो जोड दियो, जसलाई शिक्षा, स्वास्थ्य, रोजगारीको मोडेल भनिन्छ। उनले तीन सय युनिट निस्शुल्क बिजुली र १८ वर्ष माथिका महिलालाई मासिक एक हजार रुपैयाँ दिने वाचासमेत गरेका छन् । यसै क्रममा किसान आन्दोलनका कारण कृषिसँग सम्बन्धित समस्या पनि चर्चामा आएका छन् र यस विषयमा निर्वाचनमा पनि पुराना सरकारका असफलताको चर्चा भएको छ ।
मालवा अभियान
मालवा पञ्जाबको सबैभन्दा ठूलो क्षेत्र हो, राज्यको ११७ विधानसभा सीटहरू मध्ये ६९ यस क्षेत्रमा पर्दछ।२०१७ को चुनावमा पार्टीले कुल २० सिट जितेको थियो, जसमध्ये १८ माल्वा क्षेत्रका थिए। यो क्षेत्र किसान आन्दोलनको मुख्य केन्द्र पनि थियो।
पार्टीले यसपटक पनि मालवामा बढी ध्यान दिएको थियो । मालवालाई तीन अञ्चलमा विभाजन गरी यहाँ पार्टीले सशक्त अभियान थालेको थियो। यस पटको चुनावी नतिजाले यहाँ पार्टीले ६० भन्दा बढी सिट पाएको देखाएको छ ।
कांग्रेस भित्रको भिडन्त
एकातिर आम आदमी पार्टीले पञ्जाबमा हरेक कदम चालिरहेको बेला कङ्ग्रेसमा केही महिनादेखि अस्थिरताको खबर आएको थियो ।
क्याप्टेन अमरिंदर सिंहलाई सीएमको कुर्सीबाट हटाएर नवजोत सिंह सिद्धुलाई पञ्जाबको इन्चार्ज बनाइएको थियो । जसमा कांग्रेस नेताहरू असहमत थिए ।
यसले कांग्रेसभित्र पार्टीभित्र असन्तुष्टि छ भन्ने सन्देश जनतामा गयो । यदि पार्टीले जित्यो भने पनि यो विवादले पञ्जाबको शासन व्यवस्थालाई अस्थिर बनाउँछ । यसबाट आम आदमी पार्टीले फाइदा उठायो।
पञ्जाबको राजनीतिसँग सम्बन्धित ६ रोचक कुरा
पञ्जाब अधिकांश समय कांग्रेसको गढ रह्यो
सन् २०१७ को विधानसभा चुनावमा कांग्रेस पार्टीको भोट शेयर ६६% थियो। यो कांग्रेसको दोस्रो ठूलो भोट हो। सन् १९९२ को चुनावमा कांग्रेसको भोट शेयर ७४.५% थियो। राज्यका अहिलेसम्मका २२ मुख्यमन्त्रीमध्ये १४ कांग्रेस पार्टीका छन् ।
दलित मतको महत्वपूर्ण भूमिका
पञ्जाबमा भारतको अनुसूचित जाति एकसी जनसंख्याको उच्चतम अनुपात ३१.९ छ। यद्यपि, जाट सिखहरू (जनसंख्याको २० %) यहाँको राजनीतिमा हावी छन्। चरणजीत सिंह चान्नी राज्यको पहिलो दलित मुख्यमन्त्री हुन्। ज्ञानी जैल सिंह पञ्जाबका अन्तिम गैर-जाट सिख मुख्यमन्त्री १९७२-७७ थिए।
मालवाको विजेताले सामान्यतया पञ्जाब जित्छ
सतलज नदीको दक्षिणी क्षेत्रबाट पञ्जाब विधान सभामा ६९ सदस्य छन्। सामान्यतया यस क्षेत्रमा जो जित्छ उसले सरकार बनाउने राम्रो मौका छ। यद्यपि, २००७ मा एक अपवाद थियो। यहाँ कांग्रेसले जितेको थियो, तर एसएडी–भाजपा गठबन्धन सत्तामा आयो ।
भाजपाभन्दा अगाडि कांग्रेसलाई धोका
स्वतन्त्र भारतको पञ्जाब राज्यमा गठन भएको पहिलो सरकारमा मुख्यमन्त्री गोपी चन्द भार्गवको नेतृत्वमा कांग्रेस र अकालीहरूबीच गठबन्धन बनेको थियो। तर, त्यो लामो समय टिकेन । सिखहरूको सुरक्षाको माग अस्वीकार गरेपछि अप्रिल १९४९ मा सरकार पतन भयो। जसका कारण राज्यमा राष्ट्रपति शासन लागू भएको छ । त्यतिबेला क्याप्टेन अमरिंदर सिंह शिअदबाट कांग्रेसमा गएका थिए।
पञ्जाबले भारतलाई प्रधानमन्त्री र राष्ट्रपति दिए, पाकिस्तानमा उस्तै
पञ्जाबले भारतलाई राष्ट्रपति दिएको छ – ज्ञानी जैल सिंह। जैल सिंह सन् १९८२ देखि १९८७ सम्म राष्ट्रपति थिए। उनी भारतका पहिलो र एकमात्र सिख राष्ट्रपति हुन्। पञ्जाबले भारतलाई प्रधानमन्त्री पनि दिएको छ – डा. मनमोहन सिंह जसले दुई कार्यकाल, २००४–१४ सम्म पद सम्हालेका थिए।
मोहम्मद जिया उल हक सन् १९७८ देखि १९८८ सम्म पाकिस्तानका राष्ट्रपति थिए । जिया-उल-हकको जन्म अविभाजित भारतको पञ्जाब राज्यको जलन्धरमा सन् १९२४ मा भएको थियो। पाकिस्तानका वर्तमान प्रधानमन्त्री इमरान खानको परिवारको मातृ पक्ष जलन्धरका हुन्। विभाजनका बेला उनी लाहोर गएका थिए ।
१९६६ पछि कुनै पनि गैर-सिख मुख्यमन्त्री बनेनन्
पञ्जाब पुनर्गठन ऐन सन् १९६६ मा संसदले पारित गरेको थियो। यसपछि, आधुनिक राज्य पञ्जाब र नयाँ राज्य हरियाणाको गठनको बाटो खुल्यो। त्यसयता यहाँ हरेक मुख्यमन्त्रीले पढाउँदै आएका छन् ।-एजेन्सी
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्वर २ मा दर्जन बढी सकेट बम फेला परेका छन् । सिस्ने गाउँपालिकाको वडा नम्वर २ प्वाङको बुर्केसल्ला भन्ने स्थानमा कालो प्लास्टिकको ड्रमभित्र लुकाइँ राखेको अवस्थामा सकेट बम फेला परेका हुन् ।
वडा नम्वर २ का वडाध्यक्ष जीवन केसीले बिहीबार दिउँसो बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताए । ‘जंगलमा लुकाएर राखेको अवस्थामा ड्रमभित्र शंकास्पद बस्तु देखेको वडा कार्यालयमा जानकारी आयो’ वडा अध्यक्ष केसीले भने, ‘हामीले इलाका प्रहरी कार्यालय प्वाङको प्रहरीलाई साथमै लिएर जाँदा सकेट बम नै रहेको पत्ता लाग्यो ।’
जंगलमा रहेको ओढारमा ड्रमभित्र लुकाइँ राखेका शंकास्पद वस्तुहरु सकेट बम नै रहेको प्रहरीले जनाएको छ । बम कति संख्यामा छ भन्ने एकिन नभए पनि कालो रंगको ड्रमभित्र दर्जनभन्दा बढी नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।
सकेट बम रहेको स्थानलाई प्रहरीले निगरानी गरिरहेको र शुक्रबार जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्फोज गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । उक्त बम जनयुद्वको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाइँ राखेको हुनसक्ने अनुमान गरिएको छ ।
भैरहवा । नेपाला जनता पार्टीले “एक घर एक नोट” अभियान सन्चालन गर्ने भएको छ । आ-आफ्नो क्षेत्रको सबै घरमा पुगेर पार्टीले सहयोग माग्ने जनाएको छ ।
पार्टीले शुक्रवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि अभियान बारे जानकारी गराएको छ । पार्टीका जिल्ला अध्यक्ष चन्द्रभान तिवारीले पार्टीले उम्मेदवारी चयन, पार्टी बिस्तारदेखि आर्थिक सहयोग संकलन अभियान अगाडि बढाउने बताए । उनले पार्टीलाई बैकल्पिक शक्तिको रुपमा उदियमान बनाउने बताए । उनले पार्टीलाइ घर घर सम्म पुर्याउने बताए । जाति, सम्प्रदाय, अथवा लिंगको आधार मा विना कुनै भेदभाव सम्पुर्ण नागरिकहरुलाई राजनितिक एवं धार्मिक न्याय, समान अवसर तथा अभिव्यक्तिको स्वतंत्रता सुनिश्चित गर्दै नेपाल लाई संघीय लोकतांत्रिक हिन्दु राष्ट्रको रुपमा विकास गर्ने नेपाल जनता पार्टीको मूल उद्देश्य रहेको तिवारीले बताए ।
जनतामा निहीत सार्वभौम सत्ता, बहुदलीय व्यवस्था र संसदीय शासन प्रणाली तथा हिन्दुत्व एवं हिन्दु राष्ट्र प्रति प्रतिवद्ध रही नेपालमा छुवाछुत, भेदभाव र शोषण रहित समाजको निर्माण गरी, सामाजिक, राजनितिक तथा आर्थिक विकास, राष्ट्र सेवक कर्मचारी, व्यावसायी, उद्योगी, किसान, मजदुर, व्यापारी संघ संस्था असहाय, अनाथ, एकल, सामाजिक जागरण शिक्षा, स्वास्थ्य, खेलकूद लगायत सामाजिक कार्यक्रमलाई निरन्तरता दिनका लागि १ घर १ नोट को आर्थिक साहयोगको अपेक्षा गरेको उनले बताए ।
“अरु पार्टीले नोट दिएर भोट दिएर भोट माग्छन हामीले जनताबाट नोट र भोट दुबै माग्दै छौ ।” तिवारीले भने ” जनताले जुन नोट दिए पनि स्विकार गर्छौ ।” पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष लालमन प्रसाद साहले पार्टी २०६२ सालमा स्थापना भए पनि अहिले सम्मा सक्रिय नरहेको कारण अब आक्रामक गतिले अगाडि बढ्ने बताए ।
नेपाल जनता पार्टीका रुपन्देही अध्यक्ष चन्द्रभान तिवारीको अध्यक्षता केन्द्रिय कार्यकारिणी सदस्य दिपेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष शत्रुघ्न पण्डित, राघवेन्द्र तिवारी, अरुण गुप्ता, मदन कान्दु, सन्जित जयसवाल, ओमप्रकाश सहानी, राजेन्द्र प्रसाद शुक्ल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन प्रदेश महासचिव अमरकान्त झा ले सन्चालन गरेका थिए ।
काठमाण्डाैं । स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयाेगले राजनीतिक दलहरुसँग छलफल थालेकाे छ । ३० वैशाखमा तय भएकाे निर्वाचनका सन्दर्भमा आयाेगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बाेलाएकाे हाे ।
आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आयाेगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय-सुझाव लिने छ । आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ । नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । बिहीबार नेप्से परिसूचक २५६६.७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत उलेख्य सुधार भएको छ । लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो ।
बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा ४३ करोड ९५ लाखले वृद्धि भएको छ । सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन् ।
‘गल्ती नहुने भन्ने हुँदैन । गल्ती हुन्छ । तर, त्यसलाई सच्याउनुपर्र्छ । समीक्षा गर्नुहोस्,’ उनले भने, ‘गल्ती र कमकमजोरीको समीक्षा गर्दै सच्याउँदै ऊर्जाका साथ पार्टी र देशका काममा लाग्नुहोस् ।’ पार्टीका नियमित बैठक राख्न पनि निर्देशन दिएका उनले लोकतान्न्तिक आन्दोलनमा प्रतिगमनकारीका शिर उठाउन खोज्ने भन्दै सचेत पनि गराए ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् ।
पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् । ‘एमसीसीबाट आउने रकम ऋण होइन अनुुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’
उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
नयाँ दिल्ली पन्जाव प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ । मतगणनाकाे सुरुवाती रुझानमा आम अादमी पार्टी विजयउन्मुख देखिएको छ । त्यस्तै, कांग्रेसले पार्टीले केबल १४ सीटमा अग्रता कायम गरेकाे छ ।
११७ सिट भएको पन्जाबमा आम आद्मी ९१ सीटमा अगाडि देखिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । पन्जावमा आपको उदयले देशकै सबैभन्दा पुरानो पार्टी कंग्रेसलाई ठूलो धक्का लागेको छ । पन्जावमा आम अादमीकाे विजय निश्चत भएसँगै अरबिन्द केजरीवालका लागि दिल्लीबाहिर पहिलो ठूलो सफलता हुनेछ ।
पन्जावमा आपले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम अादमी पार्टीमा प्रवेश गरेका थिए । सन् २०१९ को निर्वाचनमा पन्जाबबाट लोकसभा चुनाव जित्ने आपका एक मात्र उम्मेदवार हुन् ।
बिहीबार पाँच वटा राज्यमा विधान सभा चुनावको मतगणना जारी छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको छ ।-एजेन्सी
किभ । रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् । युक्रेनमाथि रुसी हमलाकाे एउटा कारण युक्रेनले नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’ को राष्ट्रपति बन्न नचाहेको बताएका छन् ।
अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको छ । अमेरिकी गुप्तचर निकायले रुसी राष्ट्रपति पुटिनलाई एउटा ‘रिसाहा’ एकलकाटे नेताको उपमा दिँदै युक्रेन अतिक्रमण उनको योजनाअनुसार नबढेको टिप्पणी गरेका छन् । पुटिनले पश्चिमा देशहरुलाई उत्तेजक आणविक धम्की दिएकोसमेत उनीहरुले आलोचना गरेका छन ।
यसैबीच, युक्रेनमाथि रुसी हमलासँगै अमेरिकालगायतका पश्चिमा देशहरुको प्रतिबन्धपछि मस्कोमा उर्जा संकट देखिने भएकाे छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमा तेल, ग्यास र कोइला आयातमा प्रतिबन्ध लगाएपछि मस्को प्रभावित हुने भएकाे हो ।
युक्रेनमा पुटिनले कहिल्यै जित गर्न नसक्ने बताउँदै राष्ट्रपति बाइडेनले अमेरिकामा प्रतिबन्ध लगाएका थिए । त्यस्तै बेलायतले पनि यसै वर्षको अन्त्यसम्म रुसी तेल आयतमा प्रतिबन्ध लगाउने जनाएको छ । -एजेन्सी
खोटाङ । खोटाङमा ३२ किलो अवैध लागूऔषध (गाँजा) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजा संकलन गरेर विक्री गर्न लागेको अवस्थामा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राईलाई पक्राउ गरेको हो ।
खोटाङ र उदयपुरको सिमानामा पर्ने दुर्छिमको बतासेघाट नजिकै रहेको सुइटेखोला बगर किनारमा निलो प्लास्टिकको त्रिपालमाथि बोरामा पोका पारेर गाँजा बिक्री गर्न लागिरहेको सूचनाका आधारमा उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
प्रहरीले खानतलासी गर्दा त्रिपालमाथि राखेको विभिन्न रंगको प्लास्टिकको बोरामा ३२ किलो ४८५ ग्राम गाँजा बरामद गरेको छ । दुई जनालाई कानुन बमोजिम गाँजासहित पक्राउ गरी जिल्ला अदालतबाट लागूऔषध (गाँजा) कसुरमा ६ दिनको म्याद थप अनुमति दिएर हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको डिएसपी लम्सालले बताए ।
उनीहरूले गाउँघरमा उत्पादित गाँजा संकलन गर्दै अन्यत्रका विक्रेतालाई बिक्री गर्नेगरेको प्रहरीले विज्ञाप्तीमार्फत जनाएको छ । गाँजा खरिद गर्ने व्यक्ति पर्खिरहेको अवस्थामा उनीहरूलाई इलाका प्रहरी कार्यालय महादेवस्थान, हलेसीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । गाँजा खरिद गर्न आउने व्यक्ति आउन अगावै उनीहरूलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए ।- न्युज कारखाना
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल २९औं स्थानमा उक्लिएका हुन् । यो कुनै पनि नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट वरीयता हो । यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१औं स्थानमा थिए ।
यस्तै, नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको भने वरीयता एक स्थान खस्किएको छ । पछिल्लो हप्ता वरीयताको ५०औं स्थानमा रहेका दीपेन्द्र ५१औं स्थानमा झरेका छन् । वरीयताको शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन । वरीयताको शीर्ष र दोस्रो स्थानमा पाकिस्तानी ब्याटरद्वय बाबर आजम र मोहम्मद रिजवान छन् ।
यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकी ब्याटर आइदेन मार्करम, चौथो स्थानमा इंग्ल्यान्डका डेविड मलान र पाँचौं स्थानमा न्युजिल्यान्डका डेभिन कोनवे छन् ।
काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन् । २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा सहभागी हुन सबैलाई अपिल गर्न जान लागेको उनले बताए ।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेस भोट माग्न मात्र जाँदैन, सबैलाई निर्वाचनमा सहभागी हुन अपिल गर्न जान्छ । पार्टीपंक्तिलाई निर्वाचन आचारसंहिता पालना गर्न उत्प्रेरित गर्न जान्छ । जनताको कुराको सुन्न जान्छ ।’
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा चुनाव चिह्नको रङ हरियो राख्न थालेकोमा कांग्रेसप्रति कटाक्ष गरेका थिए ।यस विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिले एउटा उखान चलेको छ । विभाजित कम्युनिष्ट पार्टी हेरियो देख्दा तर्सिन्छ रे ।’
संयुक्त राज्य अमेरिका । रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन ९ओपेक० का प्रमुखले मङ्गलबार चेतावनी दिएका छन् ।
पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले सामना गर्ने ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बताए ।
उनले अमेरिकी राज्य टेक्सासको ह्यूस्टनमा सीरावीक विश्वव्यापी ऊर्जा मञ्चमा भने, “यहाँ खतरामा परेको मुद्दा यी अनुमान गरिएका अभावहरू पूरा गर्न विश्वको क्षमता हो ।”
रूसले दैनिक ७० देखि ८० लाख ब्यारेल तेल निर्यात गर्दै आएको उल्लेख गर्दै बार्किन्डोले युक्रेन संकटमाथि वित्तीय प्रतिबन्धअन्तर्गत यस्तो तेल निर्यात गर्न असम्भब छ । यी प्रतिबन्धलाई उनले विश्वले अहिलेसम्म सम्भवतः अन्य कुनै पनि देशमा नदेखेको सबैभन्दा गम्भीर समस्या भनेका छन् ।
उनले भने, “आज बिहानसम्म तेलको अभाव देखिएको छैन, तर त्यहाँको रूसमा वित्तीय प्रतिबन्धबीच दिनमा ७० देखि ८० लाख ब्यारेल तेल उत्पादन र निर्यात गर्न जादुमयी विकल्पको आवश्यकता रहन्छ ।”
बारकिन्डोले राष्ट्रसंघको लक्ष्य अनुरूप सबैलाई भरपर्दो, सस्तो र स्वच्छ ऊर्जाको पहुँचको अधिकार भएको उल्लेख गर्दै भने, “तेल र भू–राजनीतिबीचको रेखा पातलो हुँदै जाँदा पनि ‘हामी ऊर्जालाई राजनीतिकरण गर्न सक्दैनौं ।”
संयुक्त राज्य अमेरिकाले साउदी अरब पछिको विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता रूसबाट ऊर्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार फेरि तेलको मूल्य बढेको छ ।
ब्लूमबर्ग रिपोर्टअनुसार फेब्रुअरीमा यूक्रेन–रूस युद्ध सुरूभएपछिभविश्यको बजारमा तेलको मूल्य ३० प्रतिशतभन्दा बढी बढेको छ ।-रासस र सिन्ह्वा
काठमाडौं । नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ ।
आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय सदस्यलाई खटाउन लागेको बताए ।
उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन् । ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए ।
पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउन पनि बताए । सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनसम्म रहने बताएका प्रवक्ता डा. महतले तर, के कसरी जाने भन्नेमा टुंगोमा पुग्न बाँकी रहेको जानकारी दिए ।
‘घरघरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका साथ कांग्रेस नेताहरू चुनावी तयारीमा जुट्न लागेका हुन् । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचनकाे मिति ताेकेकाे छ ।
प्रतिकृया दिनुहोस्