१४ भाद्र २०७८, सोमबार ०६:१२ – Page 5 – Nagarikabhiyan : National News

आज २०७८ भदौ १४ गते साेमबारकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप बढ्नेछ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग असमझदारी एवं पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले भने साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अनियन्त्रित खर्च हुनाले मन पिरोलिन सक्छ । प्रयत्न गर्दा यात्राको साइत भने जुर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ ।

आज २०७८ भदौ १३ गते आइतबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जानेछैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शाहशिलो कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ । साझपख समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

प्रदेश नम्बर २ का मन्त्री भरत प्रसाद साहलाई सुनसरीमा स्वागत

 

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहलाई नेकपा माओवादी केन्द्र सुनसरीले स्वागत गरेको छ । मन्त्री साह सुनसरी सदरमुकाम इनरुवाको साह सेवा समितिको पाँचौ अधिवेसनको उद्घाटन समारोह सकेर र्फिकने क्रममा जिल्ला पार्टी कार्यालय पुग्नुभएकोले सम्मान गरेको हो । पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पु र इन्चार्ज निर्मल बराल सहितका सयौ नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । मन्त्री साहलाई स्वागत गरेपछि परिचयात्मक र अन्तरकृया समेत गरिएको पार्टीका जिल्ला सदस्य हेमनारायण मण्डलले जानकारी दिनुभयो । मन्त्री साहले स्वागत गरेकोमा आभार र धन्यवाद दिदै देशको राजनीतिक अवस्था पाच दलिय गठबन्धनबाट चलेकाले सबै सवालहरुमा एकता र समन्वय आवश्यक रहेको बताउनुभयो । वहाँले नेता कार्यकर्ताहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनुभएका साहले पार्टीको माग र मुद्धा प्रति आफूहरु प्रतिवद्ध भएर लागेकाले नेता कार्यकर्ताहरुलाई उच्च मनोवलका साथ काम गर्न अपिल गर्नुभयो । भेटघाट तथा परिचयात्मक कार्यक्रममा पार्टीका नेता लक्ष्मण दहियार, रमेश भट्टराई, मनटुन यादव सहितकाले बोल्नुभएको थियो ।

सरकारको पहिलो प्रथामिकता सबै नागरिकलाई खोप पुर्याउनु हो ः कार्की

नेपाल सरकारका प्रवक्ता एवमं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको पहिलो प्रथामिकता अहिले सबै नागरिकलाई खोप पुर्याउनु नै रहेको बताउनुभएको छ । मन्त्री कार्कीले सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा शनिबार नेपाली काङग्रेंस वडा कमिटिले आयोजना गरेको पार्टी प्रवेस कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनुभयो । मन्त्री कार्कीले विश्व नै कोरोना महामारिका कारणले प्रभावित भएकाले नेपाली पनी अछुतो नरहेको सन्दर्भमा सरकारले उच्च प्राथम्किताका साथसबै नागरिकलाई खोप पुर्याउन लागिपरेको बताउनुभयो ।
वहाँले सबै क्षेत्र प्रभावित भएका बेलामा वर्तमान सरकारले चैत्र मसान्तसम्ममा सबै नागरिकलाई कोरोना विरुद्धको खोप प्रदान गर्ने घोषणा गरे अनुरुप अहिले कार्य गरिरहेको बताउनुभयो ।
मन्त्री कार्कीले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनताको अकंक्षा अनुसार कार्य गर्न नसकेकाले जनता निरास भएकोमा अव त्यो निरासालाई काग्रेंस सरकार आशामा परिणत गर्ने बताउनुभयो ।
नेपाली जनताले नेकपा एमाले ओली नेतृत्वको दुई तिहाई सरकारबाट ठूलो आशा अपेक्षा गरेकोमा त्यसलाई ओली नेतृत्वको सरकारले चकनाचुर गर्ने कार्य गरेको मन्त्री कार्कीको दाबी थियो ।
अहिले नेपाली काङग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार माथि जनताको ठूलो आशा, अपेक्षा र भरोसा भएको पनि मन्त्री कार्कीले बताउनुभयो । जनताको जीउधनको रक्षा, संविधान, लोकतन्त्रको रक्षा गर्नुका साथै शान्ति अमन चायन कायम गर्नु अहिलेको सरकारको प्रमुख दायीत्व भएको बताउनुभयो । सरकारले अहिले देशलाई समृद्धिको दिशामा अगाडि बढाउने किसिमले कार्य गरिरहेको बताउनुभयो । भाषण गरेर मात्र देशमा समृद्धि हासिल नहुने भएकाले व्यवहारमा कार्य गरेर देशलाई समृद्धिको बाटोमा लैजाने किसिमले अहिलेको सरकारले कार्य गरिरहेको कार्कीको दाबी थियो । पार्टी प्रवेश कार्यक्रममा समाजसेवी मौलान हारुन खाँ सहितका व्यक्तिले नेकपा एमाले सहित बिभिन्न पार्टी परित्याग गरेर नेपाली काङग्रेसमा प्रवेस गर्नुभएको छ । नवप्रवेसीलाई पार्टीका केन्द्रिय सदस्य तथा मन्त्री कार्की, पार्टीका जिल्ला सभापति तथा १ नम्वर प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजिव कोइराला, संघीय सांसद सिताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी लगायतका नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश गराउदै नेपाली काग्रेंसका केन्द्रिय सदस्य समेत रहनुभएका मन्त्री कार्कीले अवको तीनै तहको निर्वाचनमा काग्रेंंस पाहिलो पार्टी र बहुमतको सरकार बनाउने पार्टी बन्ने बताउनुभयो । वहाँलेले देशभर नै काग्रेंंस प्रतिको लहर बढेकोले यही वर्ष हुने स्थानीय तहको निर्वाचन र अर्को हुने संघ तथा प्रदेश निर्वाचनमा काग्रैंस पहिलो पार्टी बन्ने बताउनुभयो । पार्टी भित्रको विवादले केही असर होलाकी कार्यकर्ताको जिज्ञासामा कार्कीले लोकतान्त्रिक पार्टी भित्रमा केही समस्या हुनु स्वभाविक भएपनि त्यसले असर नगर्ने बताउनुभयो ।

सुनसरीको देवानगंजमा शेयर बजार सम्बन्धि एक दिने तालिम सम्पन्न

देवानगंज । सुनसरीको ग्रामिण क्षेत्र देवानगञ्ज गाउँपालिकामा शेयर बजार सम्बन्धी एक दिने निःशुल्क आधारभुत तालिम सम्पन्न भएको छ । नाशा इन्भेष्टमेन्ट प्रा.लि. विराटनगरको आयोजनामा तालिम सम्पन्न भएको हो ।

फेमिलियर इभेन्ट म्यानेजमेन्ट देवानगञ्जको व्यवस्थापनमा सम्पन्न गरेको थियो भने अर्थ सरोकार डटकम काण्ठमाडौले सहजिकरण गरेको थियो ।

तालिममा प्रशिक्षार्थीहरुलाई शेयर बजार सम्बन्धी अधारभुत ज्ञान, यसको उपयोगिता सहितका बारे जानकारी गराइएको आयोजक संस्थाका अध्यक्ष अरविन्द मेहताले बताउनुभयो ।

तालिममा देवानगञ्ज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहता, ३ नम्बर वडा अध्यक्ष अनिल कुमार भगत, सूर्यनारायण मेहता, अरबिन्द मेहता, रामकुमार मेहता, जनौउदिन अंसारी लगायतकाले शेयर बजारको महत्व बारे प्रकाश पार्नुभएको थियो । न

मेहताका अनुसार देवानगन्ज गाउँपालिकामा शेयर बजार सम्बन्धी एक दिने निःशुल्क आधारभुत तालिम भाग ( २ ) सम्पन्न भएको हो । तालिम कप्तानगंजको सामुदायिक भवनमा सम्पन्न भएको थियो ।

१५ दिनको अन्तरालमा १२ पटकसम्म दिइने भएको छ । आयोजकका अनुसार १२ दिनको सो तालिम पूरा गरेपछि सहभागीहरु शेयर बजार सम्बन्धी पूर्ण जानकार हुने नाशाले दाबी गरेको छ ।

पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लगाएको वैज्ञानिकहरूको दाबी

वैज्ञानिकहरूको एक समूहले पृथ्वीको सबैभन्दा उत्तरी दिशामा रहेको टापु पत्ता लगाएको बताएको छ।

जुलाईमा वैज्ञानिकहरू सन् १९७८ मा पत्ता लगेको ओणाक टापुबाट नमुना सङ्कलनका लागि उडेका थिए।

तर जब उनीहरूले आर्टीक क्षेत्रमा रहेका टापुहरूको दर्ता गर्ने डेनिश अधिकारीलाई आफ्नो अवस्थिति बताए, उनीहरू ओणाक टापुबाट ८०० मिटर उत्तरमा अर्कै स्थानमा रहेको थाहा पाए।

उनीहरूले ६० मिटर लामो र ३० मिटर चौडाइको सो टापु उत्तरी ध्रुवको सबैभन्दा नजिक रहेको जमिन भएको बताएका छन्।

डेनमार्कको अधीनमा रहेको ग्रीनल्यान्ड उत्तरी ध्रुव नजिकको ठूलो टापुहरूको क्षेत्र हो।

जमिनमा सबैभन्दा गहिरो स्थान एन्टार्कटिका
सूर्यको सतह अहिलेसम्मकै नजिकबाट हेर्दा यस्तो देखियो
“सो टापु मैले संयोजन गरेको डेनिस-स्वीस अध्ययन भ्रमणको क्रममा पत्ता लागेको हो,” कोपनह्यागन विश्वविद्यालयको ग्रीनल्यान्डस्थित आर्टीक स्टेसनका मोर्टन रास्चले भने।

“हामी पहिले सबैभन्दा उत्तरमा रहेको ठानिएको ओणाक टापु भ्रमण गर्न चाहन्थ्यौँ।”

उनले आफ्नो टोलीले “अति चरम वातावरण भएको ओणाक टापुमा कसरी नयाँ प्रजातिहरू बाँचिरहेछन् भन्ने थाहा पाउन नमुना सङ्कलन गर्न चाहेको” बताए।

“हामी एउटा सानो हेलिकप्टरमा छ जना थियौँ र जति बेला हामी ओणाक टापु भएको ठाउँतिर पुग्यौँ, हामीले टापु देखेनौँ,” उनले आर्टीक क्षेत्रको नक्सा धेरै राम्रो नभएको बताउँदै ।

“त्यसैले हामीले टापु खोज्न थाल्यौँ। र केही रमाइलो मिनेटपछि हामी अनौठो कुनै वनस्पति नभएको माटोमा अवतरण गर्‍यौँ।”

“त्यो भ्रमण र धेरै विज्ञहरूसँगको छलफलपछि हामीले एउटा संयोगले पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लगाएको थाहा पायौँ।”

रास्चले बीबीसीलाई वैज्ञानिक हिसाबले नयाँ टापु पत्ता लगाउनु कुनै ठूलो कुरो नभएको बताए।

“तर व्यक्तिगत हिसाबले पृथ्वीको सबैभन्दा उत्तरी स्थानको हिलोमा टेक्ने पहिलो छ व्यक्तिमध्ये एक हुनु भनेको रमाइलो कुरा हो।”

संसारको ‘सबैभन्दा ठूलो’ उभयचर लोप हुने खतरामा
सबैभन्दा धेरै अर्बपति भएको सहर बेइजिङ
ती वैज्ञानिकहरूले नयाँ टापुको नाम क्युकेर्टाक अभान्नारलेक राख्न चाहेका छन्। यो ग्रीनल्यान्डको भाषाको नामको अर्थ सबैभन्दा उत्तरी टापु हुन्छ।

सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्ड अमेरिकाले किन्ने कुरा गरेपछि सो क्षेत्र चर्चामा छ।

डेनमार्कले ग्रीनल्यान्ड बेच्ने कुरालाई अस्वीकार गरेको थियो। बिबिसिबाट

रामधुनीकाे म्याजिक सिनेमा हलमा भिषण आगलागी

इनरूवा । रामधुनी–५ मा रहेको म्याजिक सिनेमा हलमा भिषण आगलागी भएको छ । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । aहाल आगलागि नियन्त्रणका लागि इटहरी, दुहवि, इनरूवा बाट आएका दमकल र स्थानिय तथा प्रहरीको प्रयासमा आगो नियन्त्रण लिने प्रयास भईरहेको छ । थप विवरण आउन बाकिँ

आज २०७८ भदौ १२ गते शनिबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन् । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला । सहयोगीहरू कमै भेटिनेछन् । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अञ्जनीसुताय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुनसक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सूर्यात्मजाय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विश्वकर्मणे नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सुराचार्याय नम: न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुनसक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ । आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइने छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहने छ । आम्दानी प्रशस्तै बढ्नेछ । आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कामाक्षीदेव्यै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहने छ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : ध्वाँसे/कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ रां राहवे नम: न्यूनतम जापसङ्ख्या : १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । कुनै समाचारले मन खिन्न बन्नसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ । आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भुवनेश्वर्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज काम बिग्रने डरले सताइरहने दिन हो । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलपूजितायै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनदाय कुबेराय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७जनामा कोरोना संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३–३, कानेपोखरी, मिक्लाजुङ र स्थानीयतहनखुलेका १–१, झापाको विर्तामोडमा २८, शिवसताक्षी र दमकमा १४–१४ दमकमा १३, मेचीनगरमा ११, अर्जुनधारामा ८, भद्रपुरमा७, कनकाईमा ६, कमलगाउँपालिकामा ३, बुद्धशान्ति र बा¥हदशीमा २–२, गौरादह, हल्दिबारी र झापागाउँपालिकामा १–१, सुनसरीको धरानमा ३४, इटहरीमा १२, रामधुनीमा ३, इनरुवामा २, बराहक्षेत्र र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, महालक्ष्मीमा १, इलामको इलामनगरपालिका र चुलाचुलीमा २–२, सुर्योदय र मांसेबुङमा १–१, पाँचथरको फिदिम र फालेलुङमा १–१, खोटाङको खोटेहाङ, उदयपुरको चौदण्डीगढी र संखुवासभामा१–१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माआज ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२६ महिला र २६५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

विराटनगर-जोगबनी सडकखण्डमा सवारी दुर्घटना , चारजना घाइते

विराटनगर । विराटनगर – जोगबनी सडकखण्ड अन्तर्गत आज सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा चारजना घाइते भएका छन् भने घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

सो दुर्घटनामा बिराटनगरबाट रानी जोगबनीतर्फ जादै गरेको को १ ज १७४० नम्बरको म्याजिक भ्यानले ना ५ ख नम्बरको रोकिराखेको ट्रकलाई ठक्कर दिएको हो।

घाइतेहुने मध्ये इटहरी उप महानगरपालिका बस्ने म्याजिक चालक वर्ष २४ को राजु श्रेष्ठ र इटहरी ५ बस्ने वर्ष ३५ को अशोक राईको अवस्था गम्भीर रहेको छ। त्यसैगरी अन्य दुईजना खनार ६ बस्ने वर्ष २४ को आदर्श र मोरंग उर्लाबारी बस्ने वर्ष २४को सुवास तामाङ्ग रहेको र हाल उनीहरुको न्युरो अस्पताल विराटनगरमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।
घटना बारे थप विवरण आउन बाकि छ। ob बाट

भारतीय प्रधानमन्त्री मोदीको वयानप्रति तालिवानले जनायो कडा आपत्ति

काठमाडौं । अफगानिस्तानको नियन्त्रण लिएको तालिवानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बयानप्रति कडा आपत्ति जनाएको छ ।
रेडियो पाकिस्तानलाई दिएको एक अन्तर्वातामा तालिवानका वरिष्ठ नेता शहाबुद्दीन दिलावरले भने,‘भारतलाई चाँडै थाहा हुनेछ कि तालिवानले आफ्नो सरकार चलाउन सक्छ । ’तालिवान नेता शहाबुद्दीन दिलावरले पाकिस्तान आफ्नो छिमेकी र मैत्रीपूर्ण देश भएको पनि बताएका छन्। उनले ३० लाख भन्दा बढी अफगान शरणार्थीहरुलाई आश्रय दिएको तथ्यका लागि पाकिस्तानलाई धन्यवाद दिएका छन्।

शहाबुद्दीन दिलावरले शरणार्थीहरुको कल्याणको लागि पाकिस्तानको सेवाहरुको लागि धन्यवाद दिएका छन्। उनीहरु सबै देशहरुसंग पारस्परिक सम्मानमा आधारित शान्तिपूर्ण सम्बन्ध चाहन्छन्।

नरेन्द्र मोदीले के भने?

भर्खरै, सोमनाथ, गुजरातमा धेरै परियोजनाहरुको उद्घाटन गर्दा नरेन्द्र मोदीले आतंकको शक्तिको बारेमा उल्लेख गरेका थिए। तर, उनले तालिवानको प्रत्यक्ष नाम भने लिएनन्।प्रधानमन्त्री मोदीले भनेका थिए, ‘आतंकको आधारमा साम्राज्य निर्माण गर्ने विचार छ, यो केहि समयको लागि हावी हुन सक्छ, तर यसको अस्तित्व कहिल्यै स्थायी हुदैन। यसले मानवतालाई लामो समयसम्म दबाउन सक्दैन।’
तालिवानले यही कथनको आधारमा आफ्नो टिप्पणी दिएको जनाइएको छ ।

 

अफगानिस्तानमा तालिवान

अगस्ट १५ मा तालिवानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो। तालिवानले अफगानिस्तानमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ। तालिवान काबुल प्रवेश गर्नुभन्दा पहिले नै तत्कालीन राष्ट्रपति अशरफ घानीले देश छोडेका थिए ।संयुक्त अरब इमिरेट्स (यूएई) ले उनलाई शरण दिएको छ।देशका प्रथम उपराष्ट्रपति अमरुल्लाह सालेहले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गर्दै तालिवानविरुद्ध लड्न आह्वान गरेका छन्।

यसैबीच, तालिवानले सत्ता हात पारेपछि ठूलो संख्यामा मानिसहरु अफगानिस्तान छोडिरहेका छन्। धेरै देशहरुले अफगानिस्तानबाट आफ्ना नागरिकहरुलाई निकाली रहेका छन्।

यसमा भारत पनि पर्छ। भारतले आफ्ना नागरिकहरुलाई पनि त्यहाँबाट निकालेको छ। तर यो विश्वास गरिन्छ कि अहिले पनि भारतीय नागरिकहरुको एक ठूलो संख्या त्यहाँ फसेका छन्।

जे होस्, तालिवानले जनतालाई आश्वासन दिएको छ कि उनीहरु डराउनु पर्दैन र देश छोड्नु पर्दैन। तर बिहीबार काबुल विमानस्थलमा दुईवटा बम विष्फोटमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो र धेरै मानिसहरु घाइते भएका थिए।

इस्लामिक स्टेटले यस हमलाको जिम्मेवारी लिएको छ। इस्लामिक स्टेटले यसअघि तालिबानलाई अमेरिकाको मूर्ख भनी आलोचना गरेको थियो। त्यसबेलादेखि तालिबान र अमेरिकी राष्ट्रपति जो बिडेनमाथि पनि प्रश्न उठिरहेको छ।

भारत र अफगानिस्तान

भारत र अफगानिस्तान बीचको सम्बन्ध पछिल्लो २० बर्षमा राम्रो भएको छ। तर तालिवानको आगमनपछि, यस्मा ग्रहण लागे जस्तो देखिन्छ।
अर्कोतर्फ तालिवानले पाकिस्तानलाई आफ्नो दोस्रो घर बनाएर आफ्नो इरादा स्पष्ट पारेका छन्। तर, पाकिस्तानले तालिवानलाई सहयोग गरिरहेको भन्दै आलोचना पनि भएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानले अहिले दासत्व तोडेको बताएका छन्। अर्कोतर्फ, चीनले पनि तालिवानको सत्तामा आउने स्वागत गरेको छ र मैत्रीपूर्ण सम्बन्धको संकेत दिएको छ।

अफगानिस्तानको सम्बन्धमा भारतको दुविधा धेरै प्रकारको हो। तालिवानको मान्यताको धम्की देखि, सुरक्षा चिन्ता, साथ साथै ठूलो मात्रामा परियोजनाहरुको भविष्यको लागि एक झगडा ।

बिहीबार अफगानिस्तानको मुद्दामा भारतमा सर्वदलीय बैठक पनि बोलाइएको थियो, जसलाई विदेश मन्त्री एस जयशंकरले सम्बोधन गरेका थिए। बैठकपछि उनले अफगानिस्तानको स्थिति चिन्ताजनक रहेको बताउँदै वर्तमानमा प्राथमिकता त्यहाँबाट मानिसहरुलाई निकाल्ने बताएका छन्।

न्यादी हाइड्रोपावरको आईपीओमा १५ करोडको आवेदन

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओमा हालसम्म १५ करोड रूपैयाँ बराबरको आवेदन परेको छ ।

बिहीबार साँझसम्म ६ हजार ६ सय १४ जना आवेदकहरूले १५ करोड ७९ लाख ८२ हजार रूपैयाँ बराबरको १५ लाख ७९ हजार ८ सय २० कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर निष्कासन गरेकाे हाे । कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्कासन गरेको हो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरेकाे हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा छिटोमा भदौ १५ गते सम्ममा र ढिलोमा भदौ ३० गतेसम्मा आवेदन दिनुपर्नेछ । कम्पनीको आईपीओमा एनएमबि बैंकको बेशीसहर शाखा, सिभिल बैंकको भुलभुले शाखा तथा ग्लोबल आइएमई बैंकको बेशीसहर, उदिपुर, दोर्दी, भोलेँटार, सुन्दरबजार र भभोटेओडार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीका संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुले कम्पनीको कार्यालय, बुद्धनगरबाट आवेदन दिन सकिनेछ ।

Nyadi_20210827123209.jpg

प्रधानमन्त्रीले सोध्नुभयो भने सरकारबारे निर्णय गरौंला : ठाकुर

काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै छलफल नभएको बताएका छन् ।

शुक्रबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरु कुरा गर्दै ठाकुरले प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आवश्यक निर्णय गर्ने बताए । हालसम्म कुनै छलफल नभएको भन्दै उनले भने, ‘पार्टी दर्ता भर्खर भएको छ । (प्रधानमन्त्रीले) हामीलाई बोलाउनु होला, सोध्नु होला, अनि कुरा राख्छौं ।’ सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पारे ।

निर्वाचन आयोगद्वारा संसद सचिवालयलाई दल दर्ताको औपचारिक जानकारी

काठमाडौं । निर्वाचन आयोगले पछिल्लो समय आयोगमा दर्ता भएका दुई दलको औपचारिक जानकारी संघीय संसद सचिवालय तथा प्रदेश सभा सचिवालयलाई गराएको छ । गत बुधबार नेकपा (एमाले) बाट फुटेको नेता माधवकुमार नेपाल नेतत्वमा नेकपा (एकीकृत समाजवादी) दल र नेता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अलग भएको नेता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० निर्वाचन आयोगमा दर्ता भएका थिए ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेकाअनुसार निर्वाचन आयोगबाट पत्रको व्यहोरा सहितको औपचारिक जानकारी आज शुक्रबार प्राप्त भएको हो । पत्रको व्यहोरामा संघीय संसद सचिवालय तथा प्रदेश संसद सचिवालयलाई कार्यार्थ उल्लेख गरिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

पत्र प्राप्त भएपछि सो दुई दलका लागि संसदीय दलको कार्यालय व्यवस्थापन, गाडी सुविधा तथा अन्य नियमानुसार प्राप्त हुने सुविधा सचिवालयले उपलब्ध गराउने प्रवक्ता पाण्डेले बताउनुभयो । नेता नेपाल अध्यक्ष रहनु भएको नेकपा (एस), मा ३० सांसद र नेता ठाकुर अध्यक्ष रहनुभएको लोसपामा १४ सांसद रहेका छन् ।

एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १ हजार ८ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

61289f1cc4f80.jpg

निगमको जग्गा दाबीबाट ल्युब आयल पछि हट्यो

काठमाडौं । झण्डै ६ करोड मूल्य बराबरको नेपाल आयल निगमको जग्गाको स्वमित्व दाबीबाट चौधरी समूह पछि हटेको छ ।

निगमको दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जको डेढ बिघा जमिनको स्वमित्व दाबी गर्दै उच्च अदालतमा दायर गरेको मुद्दा ल्युब आयलले फिर्ता लिएको निगमले जनाएको छ ।

२०५१ सालमा अर्थ मन्त्रालयले ६० प्रतिशत शेयर निगमको र ४० प्रतिशत व्यवस्थापन शेयर एबीसी समूह (अरूणकुमार चौधरी, विनोदकुमार चौधरी र विजयकुमार श्रेष्ठ) को नाममा बिक्री गरेको थियो । जग्गा दाबी गर्दै उच्च अदालत वीरगञ्जमा दायर गरेको मुद्दा ल्युब आयलले फिर्ता लिएको निगमका दुई नम्बर प्रदेश प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।

डेढ बिघा जग्गामा आफ्नो स्वमित्व दाबी गर्दै आएको ल्युब आयलले अन्तिम समयमा आफ्नो मुद्दा फिर्ता लिएको उनले बताए । ‘निगमको भण्डारण विस्तार आयोजना समेत प्रभावित गरेको ल्युब आयलले अन्तिम घडीमा मुद्दा फिर्ता लिएको छ, अहिले हामीले हाम्रो संचना निर्माण गरिरहेका छौं,’ डिपो प्रमुख यादवले भने ।

बिटुमिन र ल्युब आयल निजीकरण गर्दा ५ बिघा जमिनको स्वमित्वमा विवाद रहेपनि अन्तिम समयमा डेढ बिघा जमिनमा विवाद देखिएको निगमको भनाइ छ । झण्डै ९ महिना अघि जग्गा विवादमा उच्च अदालतमा दायर मुद्दा केही समय अघि मात्रै ल्युब आयलले फिर्ता गरेको डिपो प्रमुख यादवले बताए ।