प्रदेश नम्बर २ का मन्त्री भरत प्रसाद साहलाई सुनसरीमा स्वागत
१२ भाद्र २०७८, शनिबार १९:००
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहलाई नेकपा माओवादी केन्द्र सुनसरीले स्वागत गरेको छ । मन्त्री साह सुनसरी सदरमुकाम इनरुवाको साह सेवा समितिको पाँचौ अधिवेसनको उद्घाटन समारोह सकेर र्फिकने क्रममा जिल्ला पार्टी कार्यालय पुग्नुभएकोले सम्मान गरेको हो । पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पु र इन्चार्ज निर्मल बराल सहितका सयौ नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । मन्त्री साहलाई स्वागत गरेपछि परिचयात्मक र अन्तरकृया समेत गरिएको पार्टीका जिल्ला सदस्य हेमनारायण मण्डलले जानकारी दिनुभयो । मन्त्री साहले स्वागत गरेकोमा आभार र धन्यवाद दिदै देशको राजनीतिक अवस्था पाच दलिय गठबन्धनबाट चलेकाले सबै सवालहरुमा एकता र समन्वय आवश्यक रहेको बताउनुभयो । वहाँले नेता कार्यकर्ताहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनुभएका साहले पार्टीको माग र मुद्धा प्रति आफूहरु प्रतिवद्ध भएर लागेकाले नेता कार्यकर्ताहरुलाई उच्च मनोवलका साथ काम गर्न अपिल गर्नुभयो । भेटघाट तथा परिचयात्मक कार्यक्रममा पार्टीका नेता लक्ष्मण दहियार, रमेश भट्टराई,
मनटुन यादव सहितकाले बोल्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया