१४ फाल्गुन २०७७, शुक्रबार १८:५२ – Page 5 – Nagarikabhiyan : National News

समाजवादोउन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवादोउन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गर्नुभएको छ ।
शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान समारोहमा उहाँले सादा जीवन उच्च विचारका धनी महेन्द्रनारायण निधिले अगाँल्नुभएको निष्ठाको राजनीति सबैका लागि स्मरणीय रहेको उल्लेख गर्नुभयो ।

निधि प्रतिष्ठाको योगदानको खाँचो औल्याउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “निधिको निष्ठापूर्ण जीवन आर्दशको अनुसरण गर्ने भावना हामी सबैमा रहोस् ।”  जनताको हकअधिकार स्थापना गर्न सधैँ अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्नुभएका महेन्द्रनारायण निधिले प्राप्त प्रजातन्त्र र नागरिक अधिकारको संरक्षण एवं सम्वद्र्धनमा आफूलाई जीवनभर समर्पित गर्नुभएको बताउनुुभएको छ ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “विचारअनुसारको व्यवहार र वचनअनुसारको कर्मका विशिष्ट उदाहरणका रूपमा रहनु भएका निधिबाट आजका र भावी पुस्ताले शिक्षा लिनुपर्छ ।”  राष्ट्रिय एकता एवं सामाजिक सद्भाव र सहिष्णुताको भावनालाई मजबुत बनाउन स्व निधिले राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुभएको भूमिका सधैँ उल्लेखनीय रहिरहने बताउँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय दृष्टिकोण बोक्नुभएका निधि आम नेपालीको नेता हुनुहुन्थ्यो भन्नुभयो ।

सो अवसरमा २०७६ र २०७७ सालको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार क्रमशः वरिष्ठ पत्रकार होमनाथ दाहाल र साहित्यकार डा रामदयाल राकेश तथा प्रेमसागरीदेवी निधि पुरस्कार लोकतन्त्रका अभियन्ता काशीदेवी झा र सामाजिक अभियन्ता गिरिराजकुमारी (ज्ञानु) प्रसाईँलाई प्रदान गरियो । दुवै पुरस्कारका राशी जनही रु एक लाख छ । झा दुर्गानन्द झाकी धर्मपत्नी र प्रसाईँ समाजवादी चिन्तक सीके प्रसाईकी धर्मपत्नी हुनुहुन्छ ।

शान्ति, अहिंसा, समुदायका बीचमा सद्भावना, लोकतन्त्र र सामाजिक न्यायका लागि अथक अभियन्ता निधिको स्मृतिमा २०५८ सालमा स्थापित महेन्द्र नारायण निधिले २०७० सालदेखि ती दुई पुरस्कार प्रदान गर्दै आएको छ ।

सो अवसरमा नेपाली काँग्रेसका उपसभापति एवं निधि प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले जनताको अपनत्व नभएसम्म परिवर्तनले स्थायित्व नपाउने भएकाले अहिलेको राजनीतिक विवादको निकास संसद्बाटै खोज्ने प्रयास गर्नुपर्छ भन्नुभयो । उहाँले शान्ति र अहिंसाभित्र लोकतन्त्र र मानव अधिकारलगायतका विषय समेटिने भएकाले जनताका बीचमा गएर स्व निधिले विभेद्विरुद्ध र समानताको पक्षमा काम गर्नुभएको योगदान सबैका लागि अनुकरणीय रहेको बताउनुभयो ।

पूर्वमुख्य सचिव एवं पुरस्कार छनोट समितिका संयोजक डा विमल कोइरालाले लोकतन्त्र, सामाजिक न्याय र समुदायबीचमा सद्भावका लागि अविचलितरुपमा अभियन्ताका रुपमा काम गर्ने स्व निधि निष्ठा र सरलताका प्रतिमूर्ति हुनुहुन्थ्यो भन्नुभयो ।

संस्थाका अध्यक्ष पुरुषोत्तम दाहालले सिद्धान्त र विचारमा अडिग व्यक्ति सधैँ अमर रहन्छ भन्ने उदाहरणका रुपमा मातृभूमिमै रही अहिंसात्मक ढङ्गबाट पनि परिवर्तनको सम्भव पुष्ट्याइ गर्ने स्व निधि अहिंसामा विश्वास गर्ने सबै नेपाली राजनीतिज्ञका प्रेरणाका स्रोत हुनुहुन्थ्यो भन्नुभयो ।

स्व निधिका छोरा प्राध्यापक नवेन्द्र निधि, पुरस्कृत व्यक्तित्व दाहाल र राकेशले गान्धीवादी स्व निधि शान्ति र अहिंसाका पुजारी मात्र होइन, शालीन व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो ।रासस

आज गृह मन्त्रालयले गरे, ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर  

काठमाडौं ।  गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गर्दा मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्नुभएको जनाएको छ । त्यस्तै केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् ।

रामधुनीका किसानलाई तरकारीको विउँ वितरण

सुनसरीको रामधुनी नगरपालिकाका किसानलाई तरकारीको विउँ वितरण गरिएको छ । किसानलाई अर्गानिक खेतीमा प्रोत्साहन गर्न र आफ्नै बारीमा तरकारी लगाउन प्रेरित गर्ने उदेश्यका साथ किसानलाई तरकारीको विउँ वितरण गरिएको हो । सेभ द अर्थ नामक गैर सरकारी संस्थाकाले इटीसीको सहयोगमा रामधुनी नगरपालिका २ का किसान तथा वडा अध्यक्ष समेतलाई तरकारीको विउँ वितरण गरिएको संस्थाका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार सुनसरीको रामधुनी २, ४ , ९ र ८ का कृषक समूहलाई एकिकृत सामुदायिक विकास कार्यक्रम अन्तरगत ईटीसी नेपालको सहयोगमा पाँच सय किसानलाई विभिन्न तरकारीको विउँ वितरण गरिएको छ । भट्टराईका अनुसार रामधुनी २ का वडा अध्यक्ष रामनारायण चौधरीको उपस्थितीमा पहलिो चराण्मा ३० जानालाई वर्षे तरकारीमा, भिण्डी, बोडी,करेला, लौका, फर्सी, काक्रा सहित स्प्रे मेसिन र हजारी समेत वितरण गरिएको हो । तरकारीको विउँ र कृषि उपकार सामग्री इटिसी नेपालका कृषि अधिकृत भिष्म महतो समेत उपस्थितीमा वितरण गरिएको थियो ।

 

कोशी माविको समस्या समाधान गर्न माग

सुनसरीको कोशी गाउँपालिकाका सरोकारवालाहरुले कोशी मावि पश्चिम कुशाहामा योग्य प्रधानाध्यापक सहित भौतिक पूर्वाधार निर्माण, विद्यालय शुसाशन, विधार्थी अनुशासन सहित सुधारको माग गरिएको छ । शुक्रबार जिल्लाको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले आफ्नो कार्यकालमा गरेको काम र जनताको प्रतिकृया लिने उदेश्यका साथ थालेको जनतासंग अध्यक्ष कार्यक्रममा सरोकारबालाहरुले कोशी माविको समस्या समाधान गर्न माग गरेका हुन । अध्यक्ष अंसारीले जनप्रतिनिधिले पछिल्लो समय जनताको घरदैलोमा व्यतित गर्न थालेको एक महिने अभियानमा जनताको सुझावलाई साकारात्मक रुपमा दिएको र आवश्यकताका आधारमा सम्बोधन गर्दै जाने बताउनुभयो । वहाँले गाउँपालिकाले गरेका कामको प्रभाव, जनताको क्रियाप्रतिकृया सहित सन्तुष्टि वा असन्तृष्टि बुझ्न दैलो–दैलोमा पुग्ने क्रममा कोशी माविमा पनि कार्यक्रम गरेको बताउनुभयो । वहाँले ‘जनतासंग अध्यक्ष कार्यक्रम’ लिएर प्रत्येक वडामा पुगेको र जनताको गुनासा प्रत्यक्ष रुपमा सुन्ने काम गरेको बताउनुभयो । वहाँले समूह सहित घरदैलो गरिएका र आएको सूझावलाई सम्बोधन गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा विधार्थीहरुले विद्यालयमा शिक्षकहरुकै बीचमा तालमेल नभएको, नियमित पठानपाठन नगरेको, विधार्थी घट्दै गएको, शिक्षकहरु पढाउने भन्दा गफ मार्ने, मोवाईलमा व्यक्त रहने गरेको गुनासो गर्दै शिक्षकमा सुधारका लागि पहल गरि दिन आग्रह गरेका थिए । अभिभावकहरुले विधालयलाई जनप्रतिनिधिहरुले समेत उपेक्षा गरेको, शैक्षिक गुणस्तरमा ध्यान नदिएको अध्यक्ष नै सोभनपुर माविलाई मात्रै हेरेको र कोशी माविमा ध्यान नदिएको आरोप लगाउदै गाउँपालिकाले आगामी दिनमा सहयोग गर्नुपर्ने, समान रुपमा व्यवहार गरी काम गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
कार्यक्रममा युवा ब्रजेश यादवले विद्यालयको शिक्षक, बिधार्थी र अभिभावक बीचमा तालमेल हुनुपर्ने, विद्यालय व्यवस्थापन समित गठन गर्नुपर्ने, गाउँपालिकाले योग्य शिक्षक र प्रधानाध्यापकका लागि ध्यान दिनेपर्ने सुझाव दिनुभयो ।
विधार्थी दिपकुमारले भन्नुभयो, “आफूहरु निकै समस्या रहेको भएपनि पालिकाले सुनुवाई नगरेको, शिक्षाका लागि बास्ता नगरेको, शैक्षिक वतावरण निर्माण नभएको तर आजकाल शिक्षकहरुले आ आफूहरुले नै गफ गरेर बस्ने गरेको अनुभूति हुँदैछ ।”
विधार्थीहरुले झ्यालढोका, घेराबेरा, छात्रा सौचालय, पंखाँको व्यवस्था, बाहिरका मानिसको आगवन रोक्नुपर्ने, विधार्थीमा समय बाहिर गुठका, गाजाँ, सिकरेट सहित खाने गरेकाले त्यसलाई रोक्न माग गरेका छन् । गाउँपालिकाका कामप्रति धेरैले आफू सन्तुष्टि रहेको जनाइन् ।
सहभागीहरुले राजनीतिक हस्तक्षेप र प्रलोभनका कारणले विधालयको अवस्था नाजुक भएको गुनासो गरेका थिए । सहभागीहरुले समस्याको सामाधान समेत गर्न माग गर्दै अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सामु सुझाव राखेका थिए ।
शिक्षक बद्री प्रसाद यादवले विधालयमा योग्य प्रधानाध्यापकको व्यवस्था गर्नुपर्ने, योग्य शिक्षकहरुलाई पढाउने वतावरण श्रृजना हुनुपर्ने, कक्षा ८ को परीक्षामा सिमब्ल नम्बर समेत उपलब्ध नगराएकोले त्यसको जवाफ दिनुपर्ने, भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने, अनुगमन प्रभावकारी बनाउनुपर्ने, विधालयको नाममा जग्गा ल्याउनुपर्ने, समिति गठनका लागि पहल गर्नुपर्ने सुझाव दिदै शिक्षाका लागि सहयोग गर्न माग गर्नुभयो । गाउँपालिका सहित सरकारको उपेक्षामा परेको विद्यालयलाई अव पनि सुधार गर्न सहयोग गर्न यादवले सुझाव दिनुभयो । यादवले विद्यालयमा असल प्रसाशक आवश्यक रहेको बताउनुहुदै गापा अध्यक्ष ऐयुव अंसारीले दरबन्दीका शिक्षक सरुवा गरेर राहतका शिक्षक ल्याएको आरेप समेत लगाउनुभयो । कोशी माध्यमिक विद्यालयमा ध्यान नदिएको कारणले शैक्षिक गुणस्तरमा असर रहेको यादवको गुनासो थियो ।
विधार्थी अनुशा साहले विद्यालयमा परीक्षा नदिएको विधार्थी पनि पास भएको विषयमा छानविन गर्नुपर्ने, शिक्षकमा अनुसाशन हुनुपर्ने, कक्षामा कम्तिमा ४० मिनेट समय दिनुपर्ने , शिक्षकहरु गफमा व्यस्त भएकाले त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो । पूर्व शिक्षक विष्णुदेव यादवले विद्यालयमा सबै पक्षको सकारात्मक पहल आश्वकय रहेको बताउनुभयो । विधालय कार्यक्रममा रहेको सहभागीको कुरा सुनेपछि अध्यक्ष अंसारीले भन्नुभयो्,“घरदैलोले आगामी दिनमा गर्नुपर्ने कामलाई थप सहयोग गर्छ ।” अध्यक्ष अंसारीले कार्यक्रममा वडाका चार जना जनप्रतिनिधिहरुलाई भोली देखी नै विहान १० ः १५ बजे र दिउसो पौने ४ बजे दुई पटक अनुमगन गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा कोशी २ का वडा अध्यक्ष द्रोपती साह, सदस्य रामचरण यादव, विष्णुदेव साह सहित प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरी, सामाजिक विकास शाखाका राजकिसोर मेहता, अध्यक्षका स्वकिय सचिव धमेन्द्र विश्वास , शिक्षक रिना मण्डल सहितकाले बोल्नुभएको थियो ।
२, सुनसरीको कोशी गाउँपालिकामा जनतासंग अध्यक्ष कार्यक्रममा सरोकारवालाहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन

सुनसरी सदरमुकाम इनरुवामा दुई अनलाईनको कार्यालय संयुक्त रुपमा उद्घाटन गरिएको छ । एक वर्षदेखी स्मार्ट २४ न्यूज र सुनसरी पोष्ट अनलाईनको कार्यालय इनरुवा उपप्रमुख जमुना गौतम र हरिनगरका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर खड्काले उद्धघाटन गर्नुभयो । कार्यालयको प्रवेशद्धारको रिवन काटेर स्मार्ट २४ न्यूज र सुनसरी पोष्ट अनलाईनको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन गर्नुहुदै प्रमुख अथिति पोखरेलले संचारको विकासका लागि दुवै न्यूज अनलाईनले योगदान गर्ने बताउनुभयो । वहाँले सही, सूचना, समाचार र सन्देश प्रवाह गर्न समेत शुभकामना दिनुभयो । कार्यक्रममा विषेश अथिति कार्कीले सूचनाको हक प्रत्याभुतीका लागि दुवै अनलाईनले योगदान गर्ने र सही सूचना प्रवाह गर्ने विशवास व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघका प्रदेश सदस्य तथा गोरखापत्र दैनिकका जयकृष्ण यादवले देशमा पत्रिका, अनलाईन र रेडियोको संख्या बढेपनि गुणस्तर खस्कदै गएकाले त्यसमा चिन्ता व्यक्त गर्दै नागरिकको सूचनाको हक सुसुचित हुने अधिकारको प्रत्याभुती गराउन, निडर र निर्भिक भएर दुवै अनलाईनलाई काम गर्न शुभकामना दिनुभयो । सूचना र संचार क्षेत्रमा यस अनलाईनले महत्वपूर्ण योगदान गर्ने, आबाज विहिनको आबाज बन्ने विशवास व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार टोमराज मेहता,दिपेन्द्र यादव, प्रमोद यादव, गणेश यादव, तवरेज आलम, अजमल नेपाली, सुनसरी पोष्टका असलम हुसेन, शशी कोईराला, अमर काफ्ले , समाजसेवी जयप्रकाश साह, आम्बिका घिमिरे सहितका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम स्मार्ट साझा मिडिया प्रालिका अध्यक्ष नसिम अंसरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


१, सुनसरी सदरमुकाम इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्ट अनलाईनको कार्यालय इनरुवाकी उपप्रमुख जमुना गौतम र हरिनगरका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर खड्काले उद्धघाटन गर्नुहुदै ।

प्रचण्डको नेतृत्वमा सरकार नबन्ने निश्चित, राष्ट्रिय सहमतिमा चुनाव गर्नेतर्फ अघि बढ्दै देश

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तेस्रो दलमा पुगेको छ । कांग्रेसलाई सरकारमा जाने ठूलो अवसर आएको छ । प्रस्ताव पनि आउनेछन् । कांग्रेसले आफूलाई सुधार गरेर लैजान्छ वा सरकारमा नेकपाको पिछलग्गु बनाएर जान्छ समयले बताउनेछ ।

सकेसम्म कांग्रेस नेकपाको पछाडि लतारिएर सरकारमा जानु हुँदैन । सरकार बनाउन नेकपालाई नै समय दिनुपर्छ । उनीहरूबाट पार लागेन भने मात्रै कांग्रेसले सरकार बनाउन जोडबल गर्नुपर्छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिको कुरा उठाएका छन् । दाहालले घुमाउरो भाषामा आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको कुरा गरेका छन् । दाहालको यो प्रस्तावमा कांग्रेस फस्छ वा फस्दैन हेर्न बाँकी छ । प्रधानमन्त्री र अध्यक्ष पदका लागि नेकपाभित्रको विवाद थियो भन्ने कुरा लुकाएर लुक्नेवाला छैन । दाहालले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार भन्नु भनेको प्रधानमन्त्रीकै लागि हो । दाहालले सजिलै प्रधानमन्त्री पद अरुलाई दिनेवाला छैनन् ।

प्रचण्ड नेतृत्वको नेकपाका दोस्रो वरीयताका अध्यक्ष माधव नेपाल पनि प्रधानमन्त्रीका लागि तयारी अवस्थामा छन् । अध्यक्ष नेपालले यसअघि पनि प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिसकेका छन् । दाहाल र नेपालबीच प्रधानमन्त्री बन्ने विषयमा विवाद हुने पक्का छ ।

उता, प्रधानमन्त्री बन्ने योजनामा बाबुराम भट्टराई पनि पर्खेर बसेका छन् । उपचारको बहानामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बाबुरामले पनि प्रधानमन्त्री पद ताकेर बसेका छन् । नेपालमै उपचार गराउन छाडेर बाबुराम दिल्लीमा उपचार गराउन गएको विषयलाई पनि नानाथरी आरोप लगाएका छन् । बिगतमा बाबुरामलाई भारतपरस्त भनेर आरोप लाग्दै आएको छ । बाबुरामका जेएनयुका गुरु एसडी मुनिले समेत आफ्नो किताबमा माओवादीको भण्डाफोर गरिदिएका छन् । त्यसपछि बाबुराम पनि छन् ।

नेकपा र बाबुरामहरू प्रधानमन्त्री बन्न सकेनन् भने ओली आफै प्रधामन्त्रीमा टिकिरहन अवसर खोज्नेछन् । ओलीले पनि सकेनन् भने कांग्रेसको पालो आउनेछन् । शुरुमै कांग्रेसलाई प्रधानमन्त्री दिने सम्भावना निकै कम छ । ओली र प्रचण्ड–माधवको झगडाले कांग्रेसको पोल्टामा सत्ताको नेतृत्व आउनेछ ।

अर्को कुरा प्रचण्डले भने जस्तो नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना देखिदैन । कुनै पनि तरिकाले सरकार बन्न सकेन भने छ महिनाभित्र अर्को निर्वाचनको तयारीमा दलहरू जान पनि सक्छन् । दलहरू ढिलो चाँढो जाने भनेको निर्वाचनमा नै हो । उनीहरूले निर्वाचनको तयारी गर्दा राम्रो हुन्छ । प्रचण्डले आफ्ना अन्तर्वार्ताहरूमा राष्ट्रिय सहमतिको कुरा गरेका छन् ।

उनले राष्ट्रिय सहमति हुँदैन भन्ने पनि राम्रोसँग बुझेका छन् । कांग्रेसलाई अबसर आएको जस्तो देखिए पनि तत्काल कांग्रेसले मुख मिठ्याउनुको अर्थ छैन । ओली र प्रचण्ड–माधव समूह मिलेर जाने सम्भावना पनि निकै छ । अनौपचारिक रुपमा विभाजन भएका नेकपालाई मिलाउन अदृष्य शक्ति पनि लागेको छ । नेकपाको राजनीति स्वदेशीभन्दा पनि विदेशहरूको दवावमा चलिरहेको छ ।

पूर्वराजपा निकट राष्ट्रिय विद्यार्थी संघले सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालको पूर्वराजपानिकट राष्ट्रिय विद्यार्थी संघले सात वटै प्रदेशमा ‘नेतृत्व विकास, प्रशिक्षण तथा समायोजन सम्वाद’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने जानेका छन् ।

रा. वि. संघ केन्द्रीय कार्यसमितिले फागुन १२ र १३ गते दुईदिने बृहत विद्यार्थी भेला तथा विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शुक्रबार तीनबुँदे निर्णय सार्वजनिक गरेको छ । रा. वि. संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रको अध्यक्षता तथा जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यतामा बिहीबार दुईदिने कार्यक्रम सम्पन्न गरेको थियो । जसपा नेपालले गर्ने सम्पूर्ण कार्यक्रमहरुमा राविसंघका सम्पूर्ण तह–तप्काका विद्यार्थी नेतागण एवं कार्यकर्तागणलाई सक्रियरुपमा सार्थक भूमिका निर्वाह गर्न निर्देश गर्ने निर्णयसमेत गरेको छ ।

राष्ट्रिय विधार्थी संघ केन्द्रिय कार्यसमितिद्वारा सम्पन्न दुई दिवसीय कार्यक्रमबारे जारी प्रेस विज्ञप्ति ।

हिन्दु राष्ट्रबारे शशांक कोइरालाको कडा निर्णय, क्रिश्चियन ठेकेदारको सातो गयो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्मबारे कडा प्रतिक्रिया दिएका छन् ।

एपिवान टेलिभिजनमा पत्रकार भुषण दाहालसँग कुरा गर्दै कोइरालाले क्रिश्चियानिटीको विस्तार रोक्नुपर्ने बताएका हुन् । एउटै जिल्लामा ४ सय र ५ सयसम्म चर्च स्थापना भइसकेको र यस्तो धर्मान्तरलाई रोक्नुपर्ने उनले बताए ।

प्रलोभन दिएर, दबाबमा पारेर र बाध्य पारेर धर्म परिवर्तन गराउनेलाई कानूनी कठघरामा ल्याउनुपर्ने उनले माग गरे । शशांकले सरकारले किन धर्म परिवर्तनलाई रोकेन भनेर आक्रोश पोखे ।

शशांकले मुश्लिम धर्मका समुदायले नै नै हिन्दु राष्ट्र भयो भने ‘सेफ फिल’ गर्छौं भनिरहेको भन्दै क्रिश्चियानिटी नियन्त्रण गर्न सरकार असफल भएको भन्दै कांग्रेसले अब पहल गर्ने बताए ।

संविधान निर्माणका बेला पश्चिमाहरुले धर्म निरपेक्षतामा जोड दिएको, यसका पछाडिको उद्देश्य क्रिश्चियानिटी फैलाउनु रहेको पुष्टि भएको पनि उल्लेख गरे ।

संविधान निर्माण गर्दा सुशील कोइरालाले धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्न प्रयास गरे पनि चर्को दबाबले संविधान नै नबन्ने खतरा भएपछि पछि पनि संशोधन गर्न सकिन्छ भनेर राखिएको स्मरण गरे ।

उनले अब कांग्रेसले धार्मिक स्वतन्त्रताको एजेण्डालाई अघि बढाउने पनि घोषणा गरे ।

विस्तारै गति लिँदै होटल तथा पर्यटन व्यवसाय

नेपालगञ्ज । यहाँका ठूला सुविधा सम्पन्न होटलको कारोवारले विस्तारै गति लिन थालेका छन् । पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्ज हुँदै कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारेसहितका सुविधासम्पन्न होटल खुलेका छन् । कोरोनाका कारण लगभग शून्यमा झरेका यहाँका होटलले पुरानै लयमा फर्किन लागेका हुन् ।

होटल व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष भीमप्रसाद कँडेलका अनुसार एक दशकयता यहाँ पाँचतारे, चारतारे र तीन तारेसहितदर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन हटलगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएको पाइन्छ । “पछिल्लो समय लगभग थला परेको अवस्थामा पुगेका नेपालगञ्जका ठूला मात्र हैन स–साना होटल र पर्यटन व्यवसायले पनि अहिले गति लिन थालेका छन्”, उहाँले भन्नुभयो ।

साविकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको यहाँका होटल व्यवसायी राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठ्यारोबाट उम्कन नपाउँदै उनीहरुलाई ११ महिनाको लकडाउनले थप कठिन मोडमा पु¥याइदिएको छ । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगञ्जमा ठूलास्तरका कार्यक्रम नहँुदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई पिरोल्दै आएको थियो । लकडाउन सकिएपछि होटल व्यवसायीले लिएको घर भाडामा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले घरधनीसँग छुट गराएको थियो ।

व्यवसायीमा थोरै भए पनि आर्थिक भार कम भएको होटल व्यवसायी सन्तोष गुप्ताले बताउनुभयो ।
यहाँको होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँको होटल निकै स्तरीय छन् । लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

अध्यक्ष कँडेलका अनुसार नेपालगञ्जमा ठूला तथा स्तरीय होटल तथा पर्यटन व्यवसायमा पछिल्लो पाँच वर्षयता करीब रु पाँच अर्बभन्दा बढी लगानी भएको छ । यहाँको होटल व्यवसायलाई पर्यटनको विकाससँग जोड्न नेपालगञ्जमा मेरो प्लानेट, फनपार्क, वाटरपार्क, रानी तलाउ, नेपालगञ्ज पार्क, बागेश्वरी मन्दिर, बर्दियाको ठाकुरबाबा, कान्तिताल पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिएको छ ।

यसैगरी नाटा नेपालले बर्दिया राष्ट्रिय निकुञ्जसम्म नेपालगञ्जबाट पर्यटक बससमेत सञ्चालनमा ल्याएको बताइएको छ । रासस

चार दिनदेखि बेपत्ता भएका पिपरा गाउँपालिका वृद्ध दम्पती अहिलेसम्म भेटिएन, स्थानीयमा त्रास

काठमाडौं । गत सोमबार राति घरैबाट पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती बेपत्ता भएको थियो । वेपत्ता भएको चार दिन बित्तिसक्दा पनि अझै फेला परेका छैनन् । जसका कारण स्थानीयमा त्रास फैलिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै अवस्थामा बेपत्ता पारेकामा अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन ।

बुढाबूढी मात्रै घरमा सुतिरहेका अवस्थामा बेपत्ता पारिनु र उनीहरुको ओछ्यान र चौकसमा रगतका छिट्टा देखिनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले मङ्गलबार बिहानैदेखि व्यापकरुपमा खोजतलास गरिहेको जनाएको छ ।

प्रहरीले गाउँको चारैतिरको वन चौर, झाडी, खोलानाला र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको बताएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको हुन सक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका छन् । उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म २० जनालाई झिकाई आवश्यक सोधपुछ गरिसक्दा पनि कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ ।

 

देव गुरुङलाई हटाई प्रमुख सचेतकमा भट्टराईलाई नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।

ओलीले गुरुङको ठाउँमा विशाल भट्टराईलाई जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
गुरुङ नेकपा प्रचण्ड माधव–समूहमा छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

ओली जुटे आन्तरिक छलफलमा, राजीनामा नदिनेबारे दिए यस्तो अभिव्यक्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफू निकट सांंसदहरुसँग अब कसरी अघि बढ्ने भन्नेबारे आजबाट आन्तरिक छलफलमा जुटेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरेपछि प्रधानमन्त्री ओली केही दबाबमा परेकाले तत्काल राजीनामा भने नदिने बताईसेका छन् ।

ओलीले संसदमा अविश्वासको प्रस्ताव आएपनि सामना गर्ने तयारी गरेको बुझिएको छ । आजमात्रै ओलीले आफूनिकट प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरे । उक्त छलफलमा ओलीले नेकपा दाहाल नेपाल समूहले कसरी कदम चाल्छ, त्यो हेर्ने अनिमात्रै आफ्नो कदमबारे जानकारी गराउने अभिव्यक्ति दिएका छन् ।

ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाए

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।

गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

प्रचण्ड नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरिरहेका बेला ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएका हुन् ।

वामदेव गौतम बालुवाटारमा : प्रधानमन्त्री ओलीसँग पार्टी एकता विषयमा छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतको दाबी छ ।

अहिले बालुवाटरमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच फलफल चलिरहेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एक समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन हुँदन कुनै समूहमा नखुली एकता अभियानमा लागेका गौतम सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधि सधा पुनस्स्थापना गरेपछि एकताको पहलमा थप सक्रिय भएका छन् ।

प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनापछि सत्ता समीकरणको प्रयास गर्दै गर्दा गौतमले पार्टी एकतामा जोड दिँदै आएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेसको साथ लिएर सत्ता गठबन्धन गर्ने तयारी गरिराखेको छ । प्रधानमन्त्री ओलीलेसमेत प्रचण्ड–नेपाल समूहलाई पाखा लगाएर सत्ता गठबन्धनका लागि कांग्रेससँग छलफल अगाडि बढाएका छन् ।

कांग्रेसले भने नेकपा पार्टी विभाजन भइनसकेको अवस्थामा कुनै समूहलाई समर्थन गर्ने अवस्था नरहेको बताएको छ ।नागरिक खबर

नेपालले कार्बन सञ्चितिबापत पाँच अर्ब प्राप्त गर्ने

काठमाडौँ । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भाेसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौतानुसार नेपालले सो रकम प्राप्त गर्नेछ ।

सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।

साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ । बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया–प्रशान्तमा पाँचौँ र विश्वव्यापीरूपमा १२औँ देश हुन पुगेको छ ।

मुखमा रक्सीको बोतल कोचेर एकल महिलामाथि सामुहिक बलात्कार

झापा। झापामा एकल महिलामाथि सामुहिक बलात्कार भएको छ। जिल्लाको कनकाई नगरपालिका–३ सुरुङ्गा टप्पु क्षेत्रमा ३१ वर्षिया सिता (नाम परिवर्तित) महिलालाई कनकाई नगरपालिका–४ का २८ वर्षिय प्रदिप चौधरी र सोहि स्थानका ५० वर्षिय कान्छा भनिने शर्मानन्द भुजेलले बलत्कार गरेर घाईते बनाएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रामेश थापाका अनुसा सिताको सुरुङ्गा बजारस्थित टप्पुमा रहेको डेरामा राती पुगि भुजेलले ढोका खोल्न लगाई मुखमा रक्सीको बोतल कोचेर पालैपालो बलत्कार गरेको हो। उनीहरुले बलत्कार मात्रै नभई टोक्ने र हिर्काउदा महिला घाइते भएकी छिन्। महिलाको हाल उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए।

बलत्कारमा संग्लनहरुलाई प्रहरीले प्रक्राउ गरि जबरजस्ती करणी र कुटपिटमा मुद्धा चलाएको छ। ती महिलाको श्रीमानको केहि वर्ष अघि नै मृत्यु भएको जनाइएको छ।नेपाली पत्रिकामा समाचार छ।