हिन्दु राष्ट्रबारे शशांक कोइरालाको कडा निर्णय, क्रिश्चियन ठेकेदारको सातो गयो – Nagarikabhiyan : National News

हिन्दु राष्ट्रबारे शशांक कोइरालाको कडा निर्णय, क्रिश्चियन ठेकेदारको सातो गयो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्मबारे कडा प्रतिक्रिया दिएका छन् ।

एपिवान टेलिभिजनमा पत्रकार भुषण दाहालसँग कुरा गर्दै कोइरालाले क्रिश्चियानिटीको विस्तार रोक्नुपर्ने बताएका हुन् । एउटै जिल्लामा ४ सय र ५ सयसम्म चर्च स्थापना भइसकेको र यस्तो धर्मान्तरलाई रोक्नुपर्ने उनले बताए ।

प्रलोभन दिएर, दबाबमा पारेर र बाध्य पारेर धर्म परिवर्तन गराउनेलाई कानूनी कठघरामा ल्याउनुपर्ने उनले माग गरे । शशांकले सरकारले किन धर्म परिवर्तनलाई रोकेन भनेर आक्रोश पोखे ।

शशांकले मुश्लिम धर्मका समुदायले नै नै हिन्दु राष्ट्र भयो भने ‘सेफ फिल’ गर्छौं भनिरहेको भन्दै क्रिश्चियानिटी नियन्त्रण गर्न सरकार असफल भएको भन्दै कांग्रेसले अब पहल गर्ने बताए ।

संविधान निर्माणका बेला पश्चिमाहरुले धर्म निरपेक्षतामा जोड दिएको, यसका पछाडिको उद्देश्य क्रिश्चियानिटी फैलाउनु रहेको पुष्टि भएको पनि उल्लेख गरे ।

संविधान निर्माण गर्दा सुशील कोइरालाले धर्म निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्न प्रयास गरे पनि चर्को दबाबले संविधान नै नबन्ने खतरा भएपछि पछि पनि संशोधन गर्न सकिन्छ भनेर राखिएको स्मरण गरे ।

उनले अब कांग्रेसले धार्मिक स्वतन्त्रताको एजेण्डालाई अघि बढाउने पनि घोषणा गरे ।