१५ फाल्गुन २०७७, शनिबार १८:२३ – Page 4 – Nagarikabhiyan : National News

कांग्रेस सरकारमा जानेबारे गगनको नयाँ खुलासा, देशभरि कम्युनिस्ट हराएर चारतारे झण्डा गाड्ने घोषणा

सिन्धुली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेस सरकारमा नजाने बताएका छन् ।

सिन्धुली जिल्लाको चकमकेमा शनिबार नेपाली कांग्रेस तीनपाटन गाउँपालिका कार्यसमितिले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै थापाले निर्वाचन जितेर कांग्रेस सरकारमा जाने बताए । उनले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने बताए ।

नेकपा नफुटेको नेता थापाले बताएका छन् । ‘कम्युनिस्ट पार्टी फुटेपनि नफुटे पनि हामीलाई चासो छैन । जति छिटो नेकपाको विवाद टुंगो लाग्छ त्यति नै छिटो कांग्रेसले निर्णय लिन्छ’, उनले भने, ‘नेकपाको झगडामा कांग्रेसले हात हाल्दैन । दाहिने देब्रेतिर हामी लाग्दैनौँ ।’

नेकपाले घरभित्रको झगडा छिटो मिलाउनुपर्ने भन्दै थापाले तीन वर्षमा नेकपा असफल भएको बताए । उनले केपी ओलीले बुहमत पाउँदा पनि काम गर्न नसकेको बताए ।

नेता थापाले कांग्रेसलाई जनताले प्रतिपक्षको म्याण्डेट दिएको बताए । ‘नेकपाको विवाद टुंगो लाग्यो भने निकास दिन्छौँ । सरकारमा जाने हो । अब आउने निर्वाचनबाट जाने हो । शानदारबाट जाने हो’, उनले भने, ‘अबको निर्वाचनमा कांग्रेसको बहुमत आउँछ ।’

कांग्रेस नेता थापाले पुस ५ गतेको घटनापछि देश निर्वाचनमा गएको बताएका छन् । उनले भने, ‘पुस ५ गतेबाट देश निर्वाचनमा गयो । ढिलोचाढो निर्वाचनमा जानेनै हो ।’

‘कांग्रेसलाई आत्तिनु पनि छैन । मात्तिनु पनि छैन’, थापाले भने, ‘कांग्रेसले देशलाई सम्हाल्नुपर्नेछ ।’

थापाले कम्युनिस्टहरूले देशमा तमासा देखाएको भन्दै आक्रोश पोखेका छन् । ‘देशको सुध्रिएको छ । कम्युनिस्टको तमासामा सुधार भएको छैन’, उनले भनेका छन् ।

‘कम्युनिस्टले लाज पचाएका छन् । पाँच वर्षका लागि सरकार चलाउने भनेर आएका कम्युनिस्ट तीन वर्षमै असफल भएका छन्’, उनले भने, ‘कांग्रेसले देशलाई सम्हालेर निर्वाचनमा लैजान्छ । निर्वाचनमा लगेर जान्छौँ । चारतारे झण्डा गाडनुपर्छ । जित्छौँ ।’

कम्युनिस्टहरूलाई जनताले दण्ड दिनुपर्ने उनले बताएका छन् । उनले ओली सरकारलाई नकचरो शासकभन्दै जनताको करबाट उठेको राजश्वलाई कार्यकर्तामा मनपरि बाँडेर सिध्याएको बताएका छन् ।

विदेशी खुफिया एजेन्सीका प्रमुखलाई ओलीले रातारात भेटेको भन्दै थापाले प्रचण्डको हैसित पनि थाहा भएको बताए ।

उनले भने, ‘कम्युनिस्टले समस्या निकाल्न सक्छन् । समाधान दिन सक्दैनन् । यो कुरा प्रमाणित भएको छ । देशलाई सम्हाल्ने समय आएको छ । कांग्रेसले सम्हाल्छ ।’

नेता थापाले कांग्रेसले हार्छ भन्ने जान्दाजान्दै पनि निर्वाचनहरू गरेको बताएका छन् । ‘गिरिजाप्रसाद कोइरालाले माओवादीलाई जंगलबाट शान्तिप्रक्रिया ल्याउनुभयो । सुशील कोइरालाले संविधान दिनुभयो । शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न निर्वाचन गराउनुभयो’, उनले भने, ‘कांग्रेसले हार्छुभन्दा भन्दै पनि चुनाव गरेको छ ।’

प्रधानमन्त्री पदको शपथ लिँदा ईश्वरको नाममा शपथ नलिने ओलीले धर्मको नाममा राजनीति गरेको थापाले आरोप लगाएका छन् ।

‘ओलीले कहिल्यै पनि भगवनको नाम लिनुभएन । प्रधानमन्त्री र मन्त्री हुँदा पशुपति टेक्नुभएन । जनै फाल्नुभो’, थापाले भने, ‘अहिले मन्दिरमा गएर धार्मिक आस्था देखाउँदै हुनुहुन्छ । शपथ ईश्वरका नाममा लिनुभएन । धर्म, जातको नाममा पाखण्डीपना देखाउनुभएको छ । कम्युनिस्टले समय–सययमा मानिसको भावनालाई उकासेर स्वार्थ लिन्छन् ।’

कम्युनिस्टहरूले तीन वर्षसम्म तमासा देखाएको उनले बताएका छन् । ‘कार्यकर्तालाई धोका दिए । माइतीघरमा बसेर हामी यता छौँ भने । नेकपाको बीउ नै गलत थियो’, कांग्रेस नेता थापाले भनेका छन् ।

ओली र प्रचण्डको व्यक्तिगत स्वार्थमा रातारात पार्टी एकता गरेर कार्यकर्तालाई झुक्याएको उनले बताएका छन् । ‘ओलीलाई प्रधानमन्त्री नहुने हो कि भन्ने डर थियो । प्रचण्डलाई कांग्रेससँग चितवनबाट हार्ने डरले रातारात वाम गठबन्धन गरे’, उनले भने, ‘सिंहदरबार र बालुवाटारका लागि मिलेका हुन् । एमाले र माओवादीले भुइँमा बसेर काम गर्ने कार्यकर्तालाई झुक्काए । व्यक्तिगत स्वार्थका लागि मिलेका हुन् ।’

आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे, प्रकाश रसाइली, डिला संग्रौला, सिन्धुली कांग्रेसका सभापति उज्जलप्रसाद बराललगायतको उपस्थिति रहेको थियो । आमसभामा हजारौँ कांग्रेसका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।रिपब्लिका दैनिकबाट

‘ओलीसँग नैतिकता नभएको भन्दै राजीनामा दिन दबाब’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कमजोर हुन्थे भने उनी सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला भएलगत्तै राजीनामा दिन वाध्य हुन्थे । नैतिकताको प्रश्न उठाएर उनलाई राजीनामा दिन दबाब दिइएपनि नदिने अडान लिएका छन् । जुन संसदको विघटनको कदम चाले त्यही संसद ब्युँतिएपछि त्यसको सामना गर्छु भने ।

ओलीनिकट सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलले संसदमा अविश्वासको प्रस्ताव ल्याएर देखाउन चुनौती दिएका छन् । उनले ओलीले राजीनामा नदिने र संसदको सामना गर्ने बताएका छन् । यसबाट पनि ओली संसदीय प्रक्रियामा सशक्त ढंगले प्रस्तुत हुने रणनीतिका साथ तयारी अवस्थामा छन् ।

नेकपा अध्यक्ष प्रचण्डले ‘ओलीसँग नैतिकताको न पनि नभएको’ बताएका छन् । ओलीले संसद पुनःस्थापना भएपछि राजीनामा दिनुपर्नेमा नदिएकोले नैतिकता नभएको तर्क गरेका छन् । तर, कानुनले नैतिकताको विषय भन्दा कानुनी विषयमा ध्यान दिन्छ । अब ओलीलाई हटाउन वैधानिक रुपमा नफुटेको नेकपा संसदीय दलको बैठकबाट हटाउन सक्नुपर्छ कि त अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्छ ।

निर्वाचन आयोगले नेकपाबारे कुनै निर्णय नदिएकाले वैधानिक रुपमा एक अवस्थामा छ । सभामुख सहित नेकपाको १७४ सिट छ । प्रचण्ड र माधव समूहको ९३ र ओली समूहको ८१ सांसद संख्या छ । संसदीय दलमा अंकगणितको खेल हुँदा ६ जना यताउता हुँदा अवस्था फरक आउनसक्छ ।

प्रचण्डले ओलीलाई ससदीय दलबाट हटाइसकेको तर्क गरेका छन् । यो विषय निर्वाचन आयोगमा विचाराधीन छ । तर, कानुनले अझै पनि ओलीलाई नै नेकपा संसदीय दलको नेता देखेको छ । नेता नहुँदो हुन् त उनी प्रधानमन्त्री पदबाट स्वतः मुक्त भइसक्थे । त्यसैले अब निर्वाचन आयोगले दिने निर्णयको भूमिका महत्वपूर्ण हुनसक्छ ।

ओलीले संसदीय दलको मुख्य सचेतकमा देव गुरुङलाई हटाएर आफू निकट विशाल भट्टराईलाई बनाइसकेका छन् । यसमा पनि उनको आफू अनुकूलको कदम चाल्ने उद्देश्य देखिन्छ । ह्वीप जारी गर्दा मुख्य सचेतकको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले उनले विशाल भट्टराईलाई बढाएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत लिन खोज्दा ह्वीप जारी गर्ने उद्देश्यबाट ओलीले रणनीति चालिसकेका छन् । संसदीय दलमा ओलीलाई अल्पमतमा पार्न नसक्ने हो भने प्रचण्ड र माधव नेपालका सामु पार्टी विभाजन गर्नुबाहेकको विकल्प नहुन पनि सक्छ । अन्यथा ओलीलाई नै प्रधानमन्त्री मान्ने वाध्यकारी अवस्था आउनसक्छ ।

निर्वाचन आयोगले प्रचण्डको पक्षमा निर्णय दिएमा मात्र अवस्था फरक आउनसक्छ । ओली पार्टी अध्यक्ष र संसदीय दलको नेता दुवैबाट हट्नुपर्ने हुन्छ । तर, फरक निर्णय आएमा अवस्था फरक हुन्छ ।

ऋषि कट्टेलले दायर गरेको नेकपा दर्ताविरुद्ध दायर मुद्दाको २० फागुनमा आउने फैसलाले पनि राजनीतिलाई नयाँ मोड दिनसक्छ । कट्टेलको पक्षमा फैसला आएमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँतने अवस्था आउँछ । त्यतिबेला ओली अहिलेभन्दा कम प्रतिनिधि सभा सदस्य रहेको संसदीय दलको नेता भएपनि मजबुत हुनपुग्छन् । यसकारण पनि ओली फेरि शक्ति सञ्चय गर्ने आत्मविश्वासका साथ बढेको देखिदैछन् । ओलीले राजीनामा नदिएर संसदको सामना गर्छु भन्नुभित्र विभिन्न राजनीतिक घटनाक्रमको आँकलन पनि हुनसक्छ ।रिपोर्टस नेपालबाट साभार गरिएको छ ।

‘दलहरुबीच समझदारी हुन्छ’: सभामुख सापकोटा

चितवन  । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा उहाँले संसद् नियमित चल्ने बताउनुभयो ।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।” राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उहाँको भनाइ छ ।

राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मैले सहजीकरण गर्नेछु । राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन ।” संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उहाँले बताउनुभयो ।

वर्तमान सरकारले नै निजी क्षेत्रको समस्या समाधान गर्छः मन्त्री भट्ट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको आयातको जिम्मा निजी क्षेत्रलाई दिन नसकिने प्रस्ट पार्नुभएको छ । ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएकाले आयातको जिम्मेवारी निजी क्षेत्रलाई दिन नसकिने बताउनुभयो ।

पेट्रोलियम पदार्थ आपूर्ति बहुराष्ट्रिय कम्पनीको हातमा हुँदा छिमेकी मुलुक भारतले युद्ध हारेको तथ्य पेश गर्दै उहाँले नेपाल आयल निगमको विकल्पमा निजी क्षेत्रलाई पेट्रोलियम आयातको जिम्मा लगाउन नसकिने जिकिर गर्नुभयो । “पेट्रोलियम अत्यन्त संवेदनशील विषय हो, यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ”, उहाँले भन्नुभयो ।

ग्यास बिक्रेतालाई व्यवसाय सञ्चालनका क्रममा परेको अप्ठ्यारा हल गर्न आफू तयार रहेको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि छलफल गर्न आग्रह गर्नुभयो । “भर्खरै प्रतिनिधिसभा पुनःस्थापना भएको छ, कतिपयले अब वर्तमान सरकार रहँदैन भनेका छन् तर नेपालको राजनीति पुस ४ गतेको अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “सरकार परिवर्तन भएर निजी क्षेत्रको समस्या समाधान हुँदैन कि भनेर आशङ्का नगर्नुस्, यही सरकारले व्यवसायीका समस्या समाधान गर्छ ।” वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको नारा कार्यान्वयन गर्न लागिपरेको जानकारी दिँदै उहाँले केपी ओली नेतृत्वको सरकारले नै मुलुकको समृद्धिको नेतृत्व गर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल आयल निगमका नायब कार्यकारी निर्देशन सुशील भट्टराईले ग्यास बिक्रेताले आफूहरुको मुनाफा कमी भइरहेको बताइरहँदा बिक्रीस्थललाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले आपसी छलफलका माध्यमबाट व्यवसायीका मुनाफा निर्धारण गर्न सकिने पनि बताउनुभयो । महासङ्घका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले बिक्रेताको हकहित र अधिकारका लागि महासङ्घ सदैव लागिपरेको बताउनुभयो । महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।रासस

शिक्षामन्त्रीको दबाबमा बिएन्डसीलाई सम्बन्धन दिने केयूको निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा काठमाडौं विश्वविद्यालय (केयू)ले झापास्थित बिएन्डसी अस्पताललाई नियमविपरित मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ। केयूको बुधबार बसेको सिनेट बैठकले बिएन्डसीको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

नियमनअनुसार मेडिकले कलेजको सम्न्धन राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सिफारिसमा विश्वविद्यालयले दिनुपर्ने हुन्छ। आयोगले मेडिकल कलेजको मापदण्ड तथा अन्य पूर्वाधार पुरा गरेको निश्चित भएपछि मात्र विश्वविद्यालयलाई सम्बन्धनको सिफारिस गर्छ। बिएन्डसीको हकमा आयोगले अहिलेसम्म सम्बन्धनको सिफारिस गरेको छैन।

तर शिक्षामन्त्री श्रेष्ठको ठाडो निर्देशनमा केयूले आयोगलाई छलेर सम्बन्धन दिने निर्णय गरेको हो। केयूको सिनेट बैठकमा स्कुल अफ मेडिकलका डिन डा राजेन्द्र कोजुले भने सम्बन्धन सम्बन्धी विषय आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै सम्बन्धन दिन नहुने बताएका थिए।

स्वास्थ्यखबरलाई प्राप्त बैठकको निर्णय पत्रमा डा कोजुको फरक मत रहँदा रहँदै केयुका सहकुलपति समेत रहेका शिक्षामन्त्रीको निर्देशन अनुसार सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय भएको उल्लेख छ। शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषदबाट रोकिएको सम्बन्धन सम्बन्धी विषय फुकुवा भइसकेको कुरा पनि सिनेट बैठकको माइनुटमा उल्लेख छ।

‘झापास्थित बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले २०७३ फागुन १५ गते चलानी नम्बर ४१९ मार्फत केयुमा एमबिबिएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिकका लागि निवेदन पेश गरेको सन्दर्भमा सहकुलपति एवं शिक्षा मन्त्रीबाट निर्देशन भए अनुरुप त्यस बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको सम्बन्धनको विषयबारे बैठकमा छलफल हुँदा उक्त संस्थाको संस्थाको सम्बन्धन प्रक्रिया अगाडिबढाउने निर्णय भयो’ बैठकको माइनुटमा उल्लेख छ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले हालसम्म बिएन्डसीलाई सम्बन्धनको सिफारिस नगरेको जानकारी दिए। केयुले सम्बन्धनको निर्णय गरेको विषयमा आफूलाई जानकारी नभएको भन्दै उनले भने, ‘आयोगलाई छलेर त्यसरी सम्बन्धन दिन मिल्दैन। त्यस्तो निर्णय त भएन होला।’

नियमविपरित आयोगलाई छलेर केयुबाट सम्बन्धनको निर्णय गराएको बिएन्डसीले १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापामा बोलाएर कार्यक्रम समेत गर्ने तयारी गरेको छ।

चिकित्सा शिक्षा ऐन अनुसार केयु र त्रिभुवन विश्वविद्यालयले थप नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन समेत पाउँदैनन्। ऐनमा एक विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने कुरा उल्लेख छ। केयुले ऐन आउनुभन्दा अगाडि नै १० भन्दा बढी मेडिकल र डेन्टल कलेजलाई सम्बन्धन दिइसकेको छ। ऐनमा ऐन आउनुभन्दा अगाडि सम्बन्धन पाइसकेको हकमा उक्त प्रावधान लागू नहुने उल्लेख छ।

केयुले नियमविपरित नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय थाहा पाएपछि चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले शुक्रबार नै विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण गराएका छन्।

डा केसीले शुक्रबार विज्ञप्ति जारी गरेर चिकित्सा शिक्षा ऐनमा नै एउटा विश्व विद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको स्मरण गर्दै केयूले नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने विषय नै उठ्न नहुने बताएका छन्।

‘चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको छ। अहिले नै काठमाडौं विश्वविद्यालय अन्तर्गत् झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा छन्,’ डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तीमध्ये धेरैले मेडिकल शिक्षाको गुणस्तर लत्याउँदै व्यापारमा मात्र ध्यान दिएकाले गुणस्तर कायम गर्नका लागि त्यस्ता केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषय यस अगाडिका सिनेट बैठकमा समेत उठेको छ।’नेपाल लाइभबाट

बाल विद्यालयका शिक्षक र अभिभावकका लागि आधारभुत पोषण सम्बन्धि अभिमुखिकरण

सुनसरी सदरमुकाम इनरुवा ३ मा बाल विद्यालयका शिक्षक र अभिभावकका लागि आधारभुत पोषण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नगरक्षेत्र भित्रका ८० घर परिबारका अभिभावक र १० जना शिक्षक बिच बाल बालिकालाई आधारभुत पोषण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाल विद्यालयका शिक्षक र अभिभावकलाई आधारभुत पोषण सम्बन्धि अभिमुखिकरण गरेर बालबालिकाहरुको हितमा काम गर्ने प्ररणा दिएको आयोजक संस्थाकी विनिता दाहलले जानकारी दिनुभयो ।

दाहालका अनुसार कार्यक्रम हाम्रो सहयात्रा मन्चको आयोजनामा सम्पन्न भएको र त्यसमा श्रीजन दाहाल, काशी पोखरेल, प्रिन्सिपल ममता प्रधान, संसथाकी उपाध्यक्ष तारा थापा र सचिव तारा पोखरेल, अभिभावक संघका मोहन सिंह सहितको उपस्थिती रहेको थियो । कार्यक्रम किड्स मण्टेस्वरी स्कूलमा सम्पन्न भएको थियो ।

 

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

काठमाडौँ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ ।

धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np मार्फत हेर्न सकिनेछ ।

धितोपत्र बाँडफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको भए पनि ती कम्पनीका वेबसाइटले चाप थाम्न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन् । विभिन्न अनलाइन सञ्चारमाध्यमले शेयर बाँडफाँटको नतिजा हेर्न सक्ने गरी राख्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बाँडफाँटको नतिजा सो कम्पनीको वेबसाइट तथा उक्त सार्वजनिक निष्कासनको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिको वेबसाइटमा राखिएकामा लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न सकेका थिएनन् । दिनभर जसो उक्त वेबसाइट ‘डाउन’ भएको थियो ।

कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटले काम नगरेपछि लगानीकर्ताको चाप मेरो शेयरमा परेको थियो । यसका कारण मेरो शेयरको अन्य सेवा शुक्रबार दिनभर जसो नै प्रभावित भएको थियो ।

सार्वजनिक निष्कासनको नतिजामात्र राखिने उक्त वेबसाइट सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्न सक्ने गरी उच्च क्षमतामा तयार गरिएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । सार्वजनिक निष्कासनका लागि करीब १५ लाखले आवेदन दिने गरेका छन् । सो वेबसाइटमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्न हुनेबित्तिकै हेर्न सक्नेछन् ।

उक्त वेबसाइटमा हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँटको नतिजा अपलोडसमेत गरिएको छ । उक्त ठेगानामार्फत लगानीकर्ताले आफ्नो नतिजा हेर्न सक्नेछन् ।

मन्त्री प्रभु साहको  टिप्पणी प्रचण्ड र माधव प्रधानमन्त्री पद नपाउने

काठमाडौं ।  पर्साको छिपहरमाई गाउँपालिकामा शुक्रबार आयोजित नेकपा ओली समूहको कार्यक्रममा शहरी  विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री पद नपाउने टिप्पणी गरेर बताए ।

मन्त्री प्रभु साहले भने  :-   उनले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने र  प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको आरोप लगाउदै भने आफैँले खनेको खाल्डोमा फस्ने  ‘संसद पुनर्स्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत् प्रधानमन्त्री बन्ने सपना देखिरहेको भए पनि पूरा हुँदैन ।  सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरूलाई घोच्छ उनले टिप्पणी गर्दै बताए । मधेसी जनताको नाउँमा चुनाव जितेर प्रदेश सरकारले आफैं कमिसन लिएर ठेकदार र कार्यकर्ता पालिरहेको उनको आरोप छ । नयाँ सरकार निर्माणका लागि गणितीय फोहोरी खेलको सुरु भएको पनि बताए ।

संबैधानिक नियुक्ति बारे सभामुख सापकोटाको जवाफ

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक अंगमा भएका सिफारिस र नियुक्तिविरुद्ध दायर रिटमा जवाफ पेस गर्दै संवैधानिक परिषद्को सिफारिस अवैध रहेको दाबीसहित बदर घोषित गर्न सर्वोच्च अदालतसमक्ष माग गरेको बताए ।

परिषद्को मंसिर ३० गते बसेको बैठकले संवैधानिक अंगमा प्रमुख तथा पदाधिकारी नियुक्तिका लागि गरेको सिफारिस रोक्नुपर्ने मागसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए। त्यसबारे सभामुखको लिखित जवाफ फागुन १३ गतेको मितिमा पेस गरिएको छ। उनले संवैधानिक अंगको सिफारिस र नियुक्तिलाई ‘दूषित’ र ‘कपटपूर्ण’ भनेका छन्। उनले परिषद् बैठकमा राष्ट्रियसभाका अध्यक्ष उपस्थित भएको तर बैठकपछि कुनै निर्णय नगरेको भन्दै सञ्चारमाध्यममा प्रतिक्रिया जनाएको विषयमा सर्वोच्चको ध्यानाकर्षण गरेका छन्। मंसिर ३० गतेको बैठकका निर्णय भन्दै पुस ५ गते मात्र विवरण सार्वजनिक भएको, परिषद्का तर्फबाट पुस ३ गते लेखिएको पत्र संसद् सचिवालयलाई पुस ५ गते दिउँसो २ः१५ मा मात्र प्राप्त भएकोलगायतका कारण दर्शाउँदै ‘दूषित निर्णय’ बदर हुनुपर्ने माग उनले गरेका छन्।

 

काठमाडौंका ठूल्ठूला होटलमा सांसदको चलखेल : ओली नै बलियो, प्रचण्ड अप्ठ्यारोमा !

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा संसद पुनःस्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ । यसैकारण सांसद तानातानमा परेका हुन् ।

फैसलाअनुसार प्रतिनिधिसभाको अब बस्ने बैठकमा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले प्रचण्ड–नेपाल पक्षले आफ्नो पक्षका सांसदको हस्ताक्षर सहितको सूची तयार पारिरहेको छ ।

प्रधानमन्त्री ओलीले पनि शुक्रवार होटल याक एण्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन् । ओली समूहले संसदमा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ ।

प्रचण्ड–नेपाल पक्षले संसदमा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन्त्री ओली त्यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन् ।

‘हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याए भयो, त्यो अविश्वासको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले फेस गर्नेछन्,’ उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपाल पक्षलाई चुनौती दिएका छन् ।

ओली पक्षले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई बनाउनुको कारण पनि सांसदलाई ह्विप जारी गर्नु रहेको छ । ‘ओलीले आज मात्रै देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउनु भएको छ, सांसदलाई प्रमुख सचेतकमार्फत ह्विप लगाउन प्रचण्ड–नेपाल पक्षमा रहेका गुरुङलाई हटाएर भट्टराईलाई ल्याइएको हो,’ ओली निकट स्रोतले भन्यो ।

ओलीले शुक्रवार पनि निकटका नेताहरूसँग आफूले राजीनामा नदिने र परिस्थितिको सामना गर्ने बताएका छन् ।

संसदीय दलको बैठक दलका नेता वा उपनेताले बोलाउने प्रावधान छ । नेकपा संसदीय दलको नेता ओली र उपनेता सुवास नेम्वाङ हुन् । नेम्वाङ पनि ओली पक्षकै भएकाले संसदीय दलको बैठक बोलाउनुभन्दा प्रमुख सचेतकमार्फत ह्विप लगाउने योजना छ । ‘ह्विप जारी भएमा प्रचण्ड–नेपालसहित सो समूहका सबै सांसदले पालना गर्नुपर्ने हुन्छ,’ स्रोतले भन्यो ।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई पार्टीबाटै निष्कासन गरेको छ । ओली पक्षले भने पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीको कार्यकारी पदबाट हटाएको छ । दुबै समूहले गरेको राजनीतिक निर्णय मात्रै भएकाले पार्टी कानूनी रूपमा विभाजित भइसकेको छैन । कानूनी रूपमा पार्टी विभाजन नभएकाले सरकार गठन र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयलाई लिएर दुबै पक्षलाई सकस भएको छ ।

प्रचण्ड–नेपाल पक्षले यसअघि नै प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई चयन गरिसकेको छ । राजनीतिक निर्णय मात्र भएकाले यसले कानूनी वैधता पाउने अवस्था छैन । कानूनी रूपमा प्रधानमन्त्री ओली नै नेकपा संसदीय दलको नेता भएकाले प्रचण्ड–नेपाल पक्षलाई तत्काल निर्णय गर्न असजिलो भएको हो ।

‘प्रचण्ड–नेपाल पक्षले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको भए पनि त्यो राजनीतिक निर्णय हो । त्यसले कानूनी रूपमा वैधता नपाउने भएकाले अहिले पनि संसदीय दलको नेता ओली नै भएकाले दलको बैठक ओलीले नै बोलाउनुपर्नेछ,’ स्रोतले भन्यो ।

ओली पक्षले शुक्रवार प्रमुख सचेतकबाट गुरुङलाई हटाएपछि प्रचण्ड–नेपाल पक्षले पनि अर्को रणनीति अख्तियार गर्ने भएको छ । प्रचण्ड–नेपाल पक्षले पनि संसदीय दलको बैठक बोलाउने तयारी गरेको छ । सो बैठकबाट प्रमुख सचेतक गुरुङ नै रहेको जानकारी दिने तयारी छ ।

संसदीय दलको नेताले मात्रै सचेतक नियुक्त गर्ने प्रावधान भएकाले यस मामिलामा ओली पक्ष नै बलियो बन्ने अवस्था देखिएको छ ।

प्रचण्ड–नेपाल पक्षले नयाँ सत्ता समीकरणका लागि कांग्रेस, जसपालगायत दलका नेताहरूसँग सहकार्यको प्रस्ताव राखिरहेका बेला ओली पक्षले आफू निकटका सांसदसँग छलफल अघि बढाएको छ । प्रचण्ड–नेपालले पनि आफू समर्थक सांसदसँग छलफल चलाएका छन् । तर पनि कानूनी प्रक्रियामा ओली नै बलियो रहेको र यससम्बन्धी विवाद निर्वाचन आयोगले निरुपण नगर्दासम्म प्रचण्ड–नेपाल पक्ष अप्ठ्यारोमा पर्ने अवस्था आएको छ ।

‘प्रचण्ड–नेपाल पक्षले संसदमा पेश गर्ने अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने बेलामा ओलीविरुद्ध नेकपाकै सांसदले फ्लोर क्रस गर्ने परिस्थिति सिर्जना हुनेछ । त्यसबेला प्रमुख सचेतकले ह्विप जारी गरी फ्लोर क्रस गर्नबाट रोक्ने तयारी ओली पक्षको छ,’ स्रोतले भन्यो ।

ओली पक्षले प्रचण्ड–नेपाल पक्षका सांसदले मतदानमा फ्लोर क्रस गरे सांसद पदबाटै हटाइदिने योजना बनाएको छ ।

प्रचण्ड–नेपाल पक्षले नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । प्रधानमन्त्री ओली भने संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने मनस्थितिमा छन् । ओली पक्षले संसदीय दलको नेता ओली नै भएकाले संसदीय दलका नेताले नबोलाएसम्म बैठक बस्न नसक्ने बताउँदै आएको छ ।

ओली बैठक नबोलाउने तयारीमा छन् । ओलीले बैठक नबोलाए प्रचण्ड–नेपाल पक्षले औपचारिक वा अनौपचारिक रूपमा संसदीय दलको बैठक राख्ने तयारीमा छ । ओलीलाई दलको नेताबाट हटाउन संसदीय दलको बैठकमा अविश्वासको प्रस्ताव राख्नुपर्छ ।

‘ओलीले संसदीय दलको बैठक बोलाउनुपर्ने आवश्यकता छैन,’ ओली निकट एक सांसदले भने । प्रचण्ड–नेपाललाई सजिलो बनाउने गरी बैठक बोलाउनुपर्नै आवश्यकता नभएको ती सांसदले बताएका छन् ।

संसदीय दलमा नभई संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव गए संविधानअनुसार प्रक्रिया अघि बढ्ने छ । ‘१० दिनको समयमा दुबै पक्षलाई आफ्नो पक्षमा सांसदको बहुमत हुन्छ भन्ने लाग्यो भने संसदीय दलको बैठक राखेर एकले अर्कालाई हटाउने प्रक्रियाको खेल पनि सुरू हुन्छ,’ नेकपा उच्च स्रोतले भन्यो । अहिले दुबै समूहले बहुमत जुटाउने कसरत गरिरहेको स्रोतको दाबी छ । संसदीय दलको बैठक नबस्दासम्म प्रचण्ड–नेपाल पक्ष भने निर्वाचन आयोगलाई दलसम्बन्धी विवाद चाँडो टुग्याउन दबाब दिने मनस्थितिमा छ ।

‘अबको प्रक्रियामा संसदीय दलको विधान र नियमावलीका कारण प्रचण्ड–नेपाललाई अप्ठ्यारो पर्ने भएकाले उनीहरुका लागि पार्टी फुटाउनुको विकल्प छैन,’ नेकपाका एक सदस्यले भने । ती सदस्यका अनुसार दल विभाजनका लागि प्रचण्ड–नेपाल पक्षलाई ४० प्रतिशत सांसदको आवश्यकता पर्नेछ । अहिले प्रचण्ड–नेपाल पक्षले ५० प्रतिशतभन्दा बढी सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि तानातानमा नेकपाका सांसद

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ । यसैकारण सांसद तानातानमा परेका हुन्।

फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल–नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ।

प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन्। ओली समूहले संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ। दाहाल–नेपाल समूहले संसद्मा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन्त्री ओली त्यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन्।

‘हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याए भयो, त्यो अविश्वासको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले फेस गर्नेछन्’, उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल समूहलाई चुनौती दिएका छन्। ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई बनाउनुको कारण पनि सांसदलाई ह्विप जारी गर्नु रहेको छ।

ओलीले शुक्रबार पनि निकटका नेताहरूसँग आफूले राजीनामा नदिने र परिस्थितिको सामना गर्ने बताएका छन्। संसदीय दलको बैठक दलका नेता वा उपनेताले बोलाउने प्रावधान छ। नेकपा संसदीय दलको नेता ओली र उपनेता सुवास नेम्वाङ हुन्।

नेम्वाङ पनि ओली समूहकै भएकाले संसदीय दलको बैठक बोलाउनुभन्दा प्रमुख सचेतकमार्फत ह्विप लगाउने योजना यो समूहको छ। ‘ह्विप जारी भएमा दाहाल– नेपालसहित सो समूहका सबै सांसदले पालना गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो।

दाहाल–नेपाल समूहले ओलीलाई पार्टीबाटै निष्कासन गरेको छ। ओली समूहले भने पुष्पकमल दाहाललाई पार्टीको कार्यकारी पदबाट हटाएको छ। दुवै समूहले गरेको राजनीतिक निर्णय मात्रै भएकाले पार्टी कानुनी रुपमा विभाजित भइसकेको छैन।

कानुनी रुपमा पार्टी विभाजन नभएकाले सरकार गठन र संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयलाई लिएर दुवै समूहलाई सकस भएको छ। दाहाल–नेपाल समूहले यसअघि नै प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई चयन गरिसकेको छ। राजनीतिक निर्णयमात्र भएकाले यसले कानुनी वैद्यता पाउने अवस्था छैन। कानुनी रुपमा प्रधानमन्त्री ओली नै नेकपा संसदीय दलको नेता भएकाले दाहाल–नेपाल समूहलाई तत्काल निर्णय गर्न असजिलो भएको हो।

आजको नागरिक दैनिकमा समाचार छ ।

अब अख्तियारको आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला

काठमाडौँ : भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।

आयोगले काठमाडौँस्थित केन्द्रीय कार्यालय परिसर र अन्य छ ठाउँमा प्राविधिक परीक्षण प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याउन लागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भौतिक पूर्वाधार निर्माणबारे प्रश्न उठाउँदै परेका उजुरीहरूको अनुसन्धानका क्रममा सम्बन्धित पूर्वाधारको परीक्षण गर्नुपर्ने भएकाले आयोगले आफ्नै प्राविधिक प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

उनका अनुसान, काठमाडौँस्थित आयोगको केन्द्रीय कार्यालय परिसरसहित अयोगका अन्य छवटा कार्यालय इटहरी, बर्दिबास, हेटौडा, पोखरा, नेपालगञ्ज, कञ्चनपुरमा निर्माण कार्य भइरहेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अबको विकल्प : पार्टी फुटाउने अध्यादेश वा एकता

काठमाडौँ । राजनीतिक रूपमा दुई समूहमा विभाजित भए पनि कानुनी रूपमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एउटै दलका रूपमा छ। नयाँ सरकार गठन गर्न नेकपाका दुवै समूह निर्णायक भूमिकामा रहनेछन्। संसद् पुनर्स्थापनासँगै सत्ता समीकरण कसरी मिलाउने भन्ने विषयमा दुवै समूहबाट विभिन्न तरिकाका कसरत भइरहेका छन्।

कानुनी रूपमा फुटिनसकेकाले सत्ता समीकरणलाई कसरी अघि बढाउने भन्ने कठिनाइले दुवै समूहलाई पिरोलेको छ। नेकपा दाहाल–नेपाल समूह खुला रूपमा सत्ता समीकरणका लागि प्रयासरत छ भने ओली समूहले गुप्त रूपमा रणनीति तय गरिरहेको छ। दाहाल–नेपालको बिहीबार दिनभरिको कसरत हेर्दा नेकपाभित्र पुनः एकता हुनुपर्ने, एकता हुन नसके दल फुटाउने अध्यादेश ल्याएर मात्र निकास निस्कने अवस्था देखिएको छ।

वर्तमान अवस्थामा ओली समूहले संसदीय दलमा ४० प्रतिशत पु¥;याए पनि केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याउन नसक्ने भएका कारण पार्टी विभाजन गर्न अध्यादेश नै ल्याउनुपर्ने अवस्था छ। कांग्रेसले नेकपा कानुनी रूपमा नफुटेसम्म सत्तामा सामेल हुने सन्दर्भमा कुनै निर्णय नलिने बताएको छ भने जनता समाजवादी पार्टीको निष्कर्ष पनि यही छ। यी दुई पार्टीले निर्णय दिन नसक्नुका पछाडि नयाँ बन्ने प्रधानमन्त्रीको अनिश्चिततामै समस्या भएको स्रोतले बताएको छ।

नेकपा पुनः एकतामा फर्किए समस्या जसरी सरल तरिकाले हल हुन्छ, अन्य विकल्पमा जाँदा त्यति नै जटिल बन्दै जाने नेकपा ओली समूहका एक नेताले बताए। उनका अनुसार पार्टी फुटाउने अध्यादेश ल्याएपछि पनि कांग्रेससँग सत्ता समीकरण हुन्छ भन्ने निश्चितता देखिएन, त्यसैले नेकपाकै दुवै समूह मिलेर सरकार गठन गर्नैपर्ने अवस्थासमेत आउन सक्छ।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएर जाने खेल सुरु हुन पनि सक्ने स्रोतले बताएको छ। ‘तर यो धेरै नै कम सम्भावना हो, सरकार बन्नै नसकेर प्रक्रियागत रूपमै संसद् विघटन हुने अवस्था आए मात्र यो विकल्पमा एकपटक छलफल होला,’ स्रोतले भन्यो।

आजको नागरिक दैनिकमा समाचार छ ।

आज २०७७ फागुन १५ गते शनिवारको राशिफल

मेष  चू,चे,चो,ला,लि,लू,ले,लो,अ

परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

बृष  ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला ।

सिहं  मा,मी,मू,मे,मो,टा,टी,टू,टे

सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरी पाउँने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।

कन्या  टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । खाद्यान्न लगाएत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

तुला  रा,री,रु,रे,रो,ता,ती,तू,ते

बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।

बृश्चिक  तो,ना,नी,नू,ने,नो,या,यी,यू

राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

धनु  ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

मकर  भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसी कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनैपनि कारोबार नगर्नुहोला विवाद हुनसक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

कुम्भ  गू,गे,गो,सा,सी,सू,से,सो,दा

राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेको छ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।

मीन  दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । तरलपदार्थ पानि,दुध र खाद्यान्न जस्ता व्यावसाय फस्टाएर जानेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

दलित शिक्षक माथि जातीय दुर्व्यवहार, विद्यार्थी आन्दोलित

काठमाडौ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित जनता माविका शिक्षक नेत्रबहादुर रम्तेलमाथि एक अभिभावकले जातीय दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् ।

शिक्षक रम्तेलमाथि जातिसूचक शब्दहरू प्रयोग गरी गौरीडाँडाकै मनीष अर्यालले दुव्र्यवहार गर्दै कुटेपछि विद्यार्थीहरूले इलाका प्रहरी कार्यालयमा नाराबाजी गर्दै आन्दोलित बनेका थिए। २७ वर्षदेखि अध्यापन गराउँदै आएका रम्तेल सो विद्यालयका पूर्वप्रधानाध्यापकसमेत हुन् । हाल उनी प्राविधिक धार, दश प्लस दुई र अन्य संकायका इन्चार्ज छन् । बिहीबार साढे ४ बजेतिर विद्यालयपरिसरमै आएर अर्यालले विद्यार्थीलाई मधेसी र पहाडेका रूपमा विभाजित गराएको आरोप लगाउँदै दुव्र्यवहार सुरु गरेका थिए । त्यसक्रममा उनले सर्टको कलर समातेर लछारपछार गर्दै कुटपिट गरेका थिए । शिक्षक रम्तेलको कोर्ट, सर्ट र गन्जी च्यातिएको छ । अर्यालले ढुंगाले समेत हिर्काएका थिए ।

शिक्षक रम्तेलले शुक्रबार आफूमाथि भएको जातीय विभेद र कुटपिटविरुद्ध उनले प्रहरीमा जाहेरी दिएका छन् । शुक्रबार सयौँ विद्यार्थीको प्रदर्शन
घटनाको विरोधमा विभिन्न शिक्षक संगठनले विज्ञप्ति निकालेर विरोध जनाएका छन् । उनीहरूले शिक्षकलाई जातीय दुव्र्यवहार तथा कुटपिट गर्ने अर्याललाई कडा कारबाहीको माग गरेका छन् । प्रहरीले अर्याललाई कारबाही नगर्ने आशंका गर्दै शुक्रबार विद्यार्थीले जुलुस निकालेका छन् । सयौँ विद्यार्थी प्रदर्शनमा निस्किएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले घटनाबारे जाहेरी दर्ता भइसकेकाले दोषीलाई कारबाही हुनेमा ढुक्क हुन आग्रह गरे । प्रहरीले जाहेरीको आधारमा अनुसन्धान अगाडि बढाएको छ ।

अब डा बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने आधार

काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान विघटनको निर्णय असंवैधानिक भनेर फैसला गरेपछि अब नयाँ सरकार गठनको लागि छलफल सुरु भएको छ । आन्दोलनरत नेकपाका प्रचण्ड नेपाल समुहले सरकार गठनको लागि सबै पार्टीका नेताहरुसंग छलफल सुरु गरेका हुन् । यसै क्रममा प्रचण्ड माधव नेपालले बुढानिलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेटेर प्रधानमन्त्रीको अफर गरेको समाचार सार्वजनिक भएको छ ।

नेताहरुसंगको छलफल पछि देउवाले आफ्नो पार्टीमा पनि त्यसवारे छलफल गरेका छन् । विहिवार भएको छलफलमा न्ेपाली कांग्रेसले प्रचण्ड नेपालले चाहे भन्दा विपरित निष्कर्ष निकालेको छ । कांग्रेसले अहिले नै सत्ता समिकरणका बारेमा छलफल गर्न नहुने निष्कर्ष बैठकले निकालेको छ । नेकपा कै विवाद समाधान नभएका कारण अगाडीको राजनीतिक घटनाक्रम कसरी जान्छ भन्ने थाहा नभएको बेलामा सत्ता समिकरणका बारेमा छलफल गर्नु हतार हुने निष्कर्ष कांग्रेसले गरेको छ ।

त्यसपछि नेकपाको प्रचण्ड माधव समुहले विहिवार नै पेरिसडाँडामा जसपाका नेताहरुसंग पनि छलफल गरेका छन् । सो छलफलमा जसपाका नेताहरुले नेकपाको विवाद समधान गर्न सुझाव दिएका थिए । उनीहरुले नेकपा पार्टी माथि नै प्रश्न उठाउँदै तपाईहरुको पार्टी कुन हो ? भनेर प्रश्न गरेका थिए । सो छलफल पछि जसपाका राजेन्द्र महतोले आफ्ना पार्टीका संयोजक डा बाबुराम भट्टराई पनि प्रधानमन्त्री हुनसक्ने संकेत गरेका छन् ।

नेकपाको किचलोले कांग्रेसबाट शेरबहादुर देउवाका साथै जसपाबाट बाबुराम भट्टराईको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको छ । सोही कुरालाई लिएर एक अनलाईनले उनीसंग बाबुराम प्रधानमन्त्री हुने सम्भावनाका बारेमा प्रश्न गरेको थियो । उनले अब बन्ने समिकरण कस्तो हुन्छ त्यसमा आफ्नो पार्टीको पनि भूमिका रहने भन्दै डा भट्टराई पनि प्रधानमन्त्री हुनसक्ने सम्भावना देखाएका छन् । डा भट्टराई प्रधानमन्त्री हुने सम्भावना कत्तिको छ ? भनेर गरिएको प्रश्नमा उनले भने, हुनसक्छ नि के छ र। अब कस्तो शक्ति समीकरण बन्छ, के बन्छ त्यो त थाहा भएनन नि त। हाम्रो भूमिका कुन बेला कहाँ के देखिन्छ। यतिबेला पार्टीले आवश्यक निर्णय गर्छ।ताजाखबरबाट