बाल विद्यालयका शिक्षक र अभिभावकका लागि आधारभुत पोषण सम्बन्धि अभिमुखिकरण
१५ फाल्गुन २०७७, शनिबार १६:४०
सुनसरी सदरमुकाम इनरुवा ३ मा बाल विद्यालयका शिक्षक र अभिभावकका लागि आधारभुत पोषण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नगरक्षेत्र भित्रका ८० घर परिबारका अभिभावक र १० जना शिक्षक बिच बाल बालिकालाई आधारभुत पोषण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाल विद्यालयका शिक्षक र अभिभावकलाई आधारभुत पोषण सम्बन्धि अभिमुखिकरण गरेर बालबालिकाहरुको हितमा काम गर्ने प्ररणा दिएको आयोजक संस्थाकी विनिता दाहलले जानकारी दिनुभयो ।
दाहालका अनुसार कार्यक्रम हाम्रो सहयात्रा मन्चको आयोजनामा सम्पन्न भएको र त्यसमा श्रीजन दाहाल, काशी पोखरेल, प्रिन्सिपल ममता प्रधान, संसथाकी उपाध्यक्ष तारा थापा र सचिव तारा पोखरेल, अभिभावक संघका मोहन सिंह सहितको उपस्थिती रहेको थियो ।
कार्यक्रम किड्स मण्टेस्वरी स्कूलमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया