१५ माघ २०७७, बिहीबार २०:३६ – Page 9 – Nagarikabhiyan : National News

प्रचण्डको पक्षमा होला त सर्वाेच्चको फैसला ? यस्तो छ अदालतको संकेत !

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा एघारौँ दिनदेखि बहस जारी छ । बिहिबार पनि बहस गर्दागर्दै नभ्याएपछि हेर्दाहर्दैमा शुक्रबारका लागि राखिएको छ ।

विघटित प्रतिनिधि सभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट बिहिबार वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, तुलसी भट्ट, हरि उप्रेती, अधिवक्ता गोविन्द शर्मा बन्दी, गोपालकृष्ण घिमिरे र रिट निवेदक स्वयंले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपालको संविधानमा प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था नभएको तर्क राख्दै भने, “अहिलेको संविधानमा प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था छैन, यदि विघटन गर्ने हो भने संविधान संशोधन गर्नुपर्ने हुन्छ, प्रधानमन्त्रीले संविधान संशोधन गर्न खोज्नुभयो ।”

वरिष्ठ अधिवक्ता उप्रेतीले प्रतिनिधि सभा विघटनका विषयमा प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा संविधानको कुन धारालाई आधार बनाएर विघटन गरेको भन्ने खुलाएको नपाइएको र धारा खुलाएको भए प्रष्ट हुने धारणा राखे ।

रिट निवेदक पोखरेलले नेपालको संविधानमा प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था नै नभएको उल्लेख गर्दै भने, “संविधान लेख्ने बेलामा नै धेरै छलफल भएको हो, प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था नै संविधानमा राखिएको छैन, पहिलापहिला धेरै विघटन गरेको दिक्क भएर यो संविधानमा विघटन गर्ने व्यवस्था नै नराखिएको हो, अदालतले पुनःस्थापना गर्नुपर्छ ।”

अधिवक्ता बन्दीले प्रतिनिधि सभा विघटन स्वतः भङ्ग गर्ने व्यवस्था संविधानान नभएको हुँदा पुनःस्थापना गर्न माग गरे । रिट निवेदककै तर्फबाट अदालतमा बहस जारी छ । शुक्रबार पुनः सुनुवाइ हुनेछ ।

श्रम तथा रोजगार कार्यालयलको कार्यक्षेत्र भित्र पर्ने जिल्ला हेरफेर

काठमाठौं। सरकारले श्रम तथा रोजगार कार्यालयको कार्यक्षेत्र भित्र पर्ने जिल्ला हेरफेर गरेको छ । श्रम ऐन, २०७४ को दफा ९३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गर्दै श्रम तथा रोजगार कार्यलयको कार्यक्षेत्र भित्र पर्ने जिल्ला हेरफेर गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

हेरफेर भएका कार्यालयमा सबैभन्दा बढी १० जिल्ला हेर्ने जिम्मेवारी मोरङस्थित विराटनगर कार्यालयलाई दिइएको श्रम सचिव तोयम रायले नेपाल प्रेसलाई बताए । उनका अनुसार विराटनगर कार्यालय अन्तरगत नयाँ कायम भएका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ, तेह्रथुम, र धनकुटा छन् । यस अघि विराटनगर कार्यालयले ८ जिल्ला हेर्दै आएको थियो । अहिले २ जिल्ला तेह्रथुम र धनकुटा थप गरिएको सचिव रायको भनाइ छ । यि दुइ जिल्ला यसअघि श्रम तथा रोजगार कार्यालय भद्रपुर, झापा अन्तरगत थिए ।

यस्तै सबै भन्दा कम ४ जिल्ला भने झापास्थित भद्रपुर कार्यालयको कार्यक्षेत्रमा कायम भएका छन् । जसमा ताप्लेजुङ, पाँचथर, इलाम र झापा छन् । मकवानपुरस्ति हेटौडा कार्यालय अन्तरगत भने ५ वटा जिल्ला कायम भएका छन् । जसमा मकवानपुर, चितवन, धादिङ, रामेछाम र सिन्धुली छन् । यस अघि यस कार्यालय अन्तरगत दोलखा पनि थियो । अहिले दोलखालाई यस कार्यालयबाट हटाएर काठमाडौंस्थित टेकु कार्यालय मातहत ल्याइएको छ । टेकु कार्यालय अन्तरगत अहिले दोलखा थपिए पछि यसअघिको संख्या ७ बाट बढेर ८ पुगेको छ । जसमा दोलखासँगै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा कायम भएका छन् ।  नेपाल प्रेस

पहिलो चरणमा चार प्रदेशमा चुनाव : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन गर्ने छलफल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको १३ वटा रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

तर अदालतले निर्वाचन प्रक्रिया रोक्नु नभनेका कारण निर्वाचन आयोगले चुनावको तयारी पनि गरिरहेको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई चरणको चुनावमध्ये पहिलो चरण २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गर्न छलफल भइरहेको बताए । उनका अनुसार दोस्रो चरण अर्थात वैशाख २७ गते १, बाग्मती र कर्णाली प्रदेशमा चुनाव गर्ने छलफल भइरहेको छ ।

सशस्त्र प्रहरीका ५ एसएसपी र १५ एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका ५ जना अधिकृत तथा उपरीक्षकमा पदोन्नति भएका १५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार गृहमन्त्रालय गृहमन्त्रिस्तरको यही माघ १४ गतेको निर्णयले ५ जना अधिकृतहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकर्रर भएका हुन् भने नेपाल सरकार गृहसचिवस्तरको यही माघ १२ गतेको निर्णयले १६ जना सशस्त्र प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र संगठनलाई पुर्याएको योगदानकोसाथै व्यावसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको उल्लेख गरे ।

उनले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्णव्यावसायिक भई अनुशासित एवं जिम्मेवारी बोधकासाथ कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कृयाशिल रहनुपर्ने उल्लेख गर्दै राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संकारमा रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो । खबरहब

कोभिड–१९ विरूद्धको खोप जेष्ठ नागरिकलाई नदिइने

एजेन्सी । एस्ट्रेजेनेकाद्वारा विकास गरेको कोभिड–१९ विरूद्धको खोप ६५ वर्षभन्दा मुनिका व्यक्तिलाई मात्र दिन जर्मनीको खोप आयोग स्टिकोले बिहीबार सिफारिस गरेको छ । एस्ट्र्जेनेकाद्वारा विकसित उक्त खोपमा पाका उमेरका व्यक्तिहरूलाई प्रयोग गरी यसको प्रभावकारिताबारे आवश्यक पर्ने अपर्याप्त तथ्याङ्कको कारण देखाउँदै जर्मनीमा वृद्धवृद्धालाई यसको प्रयोग नगर्न सिफारिस गरिएको हो ।

वैज्ञानिक तथा विशेषज्ञहरूको एक समितिले बेलायतस्थित विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा विकास गरिएको अस्ट्राजेनेकाको खोपलाई १८ वर्ष देखि ६५ वर्ष उमेर समूहमा प्रयोग गर्न सुझाब दिएको हो ।

समितिले भनेको छ, “अहिले उपलब्ध तथ्याङ्कमा ६५ वर्ष र त्योभन्दा बढी उमेर समूहका व्यक्तिमा प्रयोग भइ यसको प्रभावकारिता पुष्टि गर्ने आधारहरू अपर्याप्त देखिएकोले जर्मनीमा उक्त उमेर समूहमा यसलाई प्रयोग नगर्न उचित हुने निष्कर्ष निकालिएको छ ।”

२८ हजार नेपालीले कोरोना खोप लगाएपछि आयो यस्तो खबर

काठमाडौं। कोरोना भाइरसको संक्रमणविरुद्ध आजसम्म २८ हजार ७३२ जनाले खोप लगाएका छन्। दुई दिनमा २८ हजारले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा कसैलाई पनि कुनै समस्या नदेखिएको खुसीको खबर आएको छ ।

विभिन्न देशमा खोप लगाएका केही मानिसमा समस्या देखिएको भएपनि नेपालमा भने कसैमा पनि स्वास्थ्य समस्या देखिएको छैन् ।

प्रदेश १ मा तीन हजार ८७४, प्रदेश २ मा दुई हजार १७४, वागमती प्रदेशमा ११ हजार ४६१, गण्डकीमा चार हजार ८५३, लुम्बिनीमा दुई हजार ३०३, कर्णालीमा एक हजार ६७७ र सुदूरपश्चिममा दुई हजार ४१७ ले खोप लगाएका छन्।

आजसम्म खोप पाएका व्यक्तिहरुमध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मीरुलाई प्राथमिकताको आधारमा खोप लगाउन सुरु गरेको हो। तीन महिनाभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।

चर्का कुरा गर्ने ठूलै कांग्रेस नेतामाथि सर्वोच्चले लियो एक्सन!

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेपाली कांग्रेसका पुराना नेता दमननाथ ढुंगानालाई अदालतको अवहेलना मुद्दामा किन कारवाही नगर्ने भनी कारण सोधेको छ ।

ढुंगानाले प्रधानमन्त्रीको संसद विघटनको कदमको विरोधका क्रममा अदालतलाई समेत धम्क्याउँदै न्यायाधीशलाई सडकमा तानेर ल्याउन सक्ने अवस्था आउने बताएका थिए ।

उक्त अभिव्यक्तिमा अधिवक्तामा राजाराम घिमिरेले अदालतको अवहेलना मुद्दामा रिट निवेदन दायर गरेका थिए ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढुंगानालाई लिखित जवाफसहित एक हप्ताभित्र अदालतमा आफै उपस्थित हुन आदेश दिएको हो ।

अब उनी आफै उपस्थित भएर जवाफ दिनुपर्ने छ ।

नोबेलमा डा. शर्माद्वारा बिपन्न परिवारकी बालिकाको निःशुल्क उपचार

बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराइदिएका हुन् ।

बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउँन नसक्दा उनको उपचार हुन सकेको थिएन । जन्मिएको करिब एक महिनादेखिनै निधारमा निस्किएको डल्लो बढ्दै जाँदा उनलाई आँखा हेर्नसमेत समस्या हुने गरेको थियो । तरपनि, पैसा अभावमा उनको उपचार हुँन सकेको थिएन ।

उनले विरामीको पारिवारिक अवस्था बुझेर नोबेल अस्पतालमा ल्याई बालिकाको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाइदिएका हुन् । डा.शर्माले करिब दुई लाख मूल्य बराबरको औषधि उपचार निःशुल्क गराइदिएका छन् ।

पैसा अभावले उपचार गर्न नसकिरहेको अवस्थामा डा.शर्माले सम्पूर्ण खर्च ब्यहोरेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिएपछि अहिले बालिकाको परिवार हर्षित छ । ‘पैसा अभावले छोरीको उपचार गर्न सकिरहेका थिएनौं ।’ बालिकाका बुबा विकासले भने–‘सुनिल सरले सबै खर्च निःशुल्क गरेर उपचारको व्यवस्था मिलाईदिदा ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।’

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टिमले बालिकाको निधारमा पलाएको ट्यूमरको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियापछि बालिका अहिले अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । रातोपाटी

ओली पशुपतिनाथकाे पूजामा-प्रचण्ड भैंसी पूजामा, कठै कम्युनिस्टहरु !

काठमाडौं। परम्परागत शैली र धार्मीक दृसष्टकोणको महशुस नगर्ने नेपाली सायदै होलान् । तर कम्युनिस्टका संस्थापक मानिने मार्क्सले धर्मलाई भने अफिम भनेका छन् ।

मार्क्सकै सिद्धान्त पन्छ्याउछौं भन्दै चुनावी एजेण्डा एवं आफुलाई महान देखाउँने नेपाली कम्युनिस्टहरु भने धर्मको पाउमा परेरै छोड्छन् ।

धर्मलाई अँगाल्ने कि मार्क्सलाई अनुसरण गरेर आफुलाई धुरन्धर कम्युनिस्ट भन्ने कुरामा नेपालका कम्युनिस्टहरुको हालत कठै भन्न लायक छ ।

यसको उदाहरण शीर्ष नेता एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बनेका छन् । केही दिन अघि ओलीले पशुपतिनाथ मन्दिरमा बिशेष पूजा गरेका थिए ।

उनले पूजा गरेको बिषयले ठूले चर्चा लिएको थियो । यस्तोबेलामा  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैंसी पूजा गरेको विषय उठाएका छन् ।

विगतमा प्रचण्डले भैंसी पूजा गरेको तस्बिर समेत सार्वजनिक भएको थियो । तर, प्रचण्डले आफूलाई नास्तिक र धर्मनीरपेक्षको पक्षधर भन्दै आएका छन् ।

आफुलाई कम्युनिस्ट भन्ने नेताहरुको  याे कदमपछि चुनावी र राजनीतिक एजेण्डाका जे पनि गर्न तयार भन्दै चाैतर्फि आलोचना भइरहेको छ ।

nekapa.png

क्यानडा पठाइदिने भनी ३३ जनाबाट १ करोड ठगी ठगी आरोपमा बिक पक्राउ परेपछि ठगिनेहरु सम्पर्कमा आउँदै

पोखरा । साउदी अरबमा ११ वर्ष सेल्सम्यानको काम गरेर फर्किएका स्याङ्जाका मोतीबहादुर पोखरेल कामको खोजीमा थिए । एक दिन दीपक कार्की नाम गरेका व्यक्ति उनको सम्पर्कमा आए । कार्कीले आफू क्यानडा जान लागेको र पोखरेललाई पनि जान सुझाए ।

साउदी अरबको ड्राइभिङ लाइसेन्स भएकाले पोखरेलले त्यही भिसामा क्यानडा जाने सपना देखे । पोखरेलले कार्कीमार्फत धीरजकुमार बिक नाम गरेका व्यक्तिलाई भेटे । क्यानडामा आफ्नो मान्छे भएको र सजिलै ड्राइभिङ भिसामै पठाउने धीरजले विश्वस्त पारे । साथीको साला भोजबहादुर कार्की क्यानडामै भएको र उनीसँग मिलेर बिकले क्यानडा पठाउन लागेकामा दीपक कार्की पनि विश्वस्त थिए ।

‘क्यानडाको भिसा पक्का आउँछ । त्यसको प्रोसेस थाल्न २ लाख मागे । हामीले उसलाई चेक दियौं,’ १७ महिनाअघिको घटना सम्झिँदै पोखरेलले भने, ‘उसले पनि विश्वास पैसाको ग्यारेन्टीका लागि हामीलाई २ लाखकै बैंक चेक दियो ।’ ।

नेपालमा क्यानडाको दूतावास नभएका कारण भिसा एप्किेसन सेन्टर भारतमा जानुपर्ने भन्दै बिकले फेरि ५० हजार मागे । केही समयपछि फेरि ५० हजार मागे । ‘यो गभर्मेन्ट शुल्क हो भनेर उसले पैसा माग्यो,’ पोखरेलले भने, ‘यसरी नै मैले बिकलाई २ लाख ९७ हजार रुपैयाँ बुझाएँ ।’

पछि कोरोनाको माहामारी सुरु भयो । बिकले केही समय त्यसकै बहाना बनाए तर पछि सम्पर्कमै आएनन् । क्यानडा जाने सपना बोकेर बिकलाई पैसा बुझाउने पोखरेलकै साथीसमेत गरी ७ जना थिए । उनकै ७ जना साथीहरुले बिकलाई १७ लाख रुपैयाँ बुझाएका थिए ।

स्याङ्जाकै धुब्र पाठक र दीपेन्द्र बिश्वकर्माले स्याङ्जामै शिक्षण गरिरहेका थिए । एक दिन दीपक कार्कीमार्फत नै क्यानडा जाने योजनामा तिनै धीरज बिकसँग उनीहरुको भेट भयो । ध्रुव र पाठकले शिक्षण पेशा छाडेरै क्यानडा जाने सपना देखे । सुरुमै ध्रुव र पाठकले १/१ लाख रुपैयाँ बिकलाई बुझाए ।

क्यानडा जानकै लागि भारत जानुपर्ने भनेपछि ध्रुवलगायत सहमत भए । तर, त्यसका लागि १ लाख रुपैयाँ बुझाउनुपर्छ भनेपछि धु्रवले बैंकमा पैसा जम्मा गराइदिएर भारत लागे । ‘भारत भिसा एप्लिकेसन सेन्टरमा फोटो खिचाउने र फिंगर प्रिन्ट लिने काम भयो,’ ध्रुवले भने, ‘त्यसपछिको सबै सूचना इमेलमा आउँछ भनिएको थियो । तर, न इमेल आयो न मान्छे नै सम्पर्कमा आयो ।’

माघ १३ गते मोती, ध्रुव र दीपेन्द्रले सूचना पाए, क्यानडा लैजान्छु भन्ने धीरजलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । उनीहरु तत्काल पोखरा आए र ७ जना मिलेर जाहेरी दिए ।

प्रहरी कार्यालय आएपछि बल्ल उनीहरुले थाए पाए, ठगिने त आफूहरु ७ जनामात्रै होइन रहेछ । बिकबाट ठगिएको भन्दै प्रहरी कार्यालयमा पुग्नेको ठूलै भीड लागिसकेको थियो । बिक प्रक्राउ परेको जानकारी पाएपछि बिहीबारसम्म ३३ जनाले प्रहरी कार्यालयमा उजुरी दिइसकेका छन् ।

गत माघ १२ गते प्रहरी कार्यालयमा ठाडो उजुरी आएको र त्यसको भोलिपल्ट ठगीको किटानी जाहेरी आएपछि १३ गते बिकलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । प्रक्राउ परेका बिकलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।

बिकले क्यानडा पठाइदिन्छु भन्दै ३३ जनाबाट करिब १ करोड रुपैयाँ ठगी गरेको उजुरी आएको एसपी श्रेष्ठको भनाइ छ । ‘ठगी मुद्धामा बिकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ । अहिलेसम्म ३ जना मिलेर ठगी गरेको पाइएको छ, अरु पनि संलग्न हुन सक्छन्,’ श्रेष्ठले भने, ‘ठगिनेहरु पनि अझै बढ्न सक्ने देखिन्छ ।’

क्यानडा जाने प्रलोभनमा सबैभन्दा बढी स्याङ्जाबाट ठगिएका छन् । त्यस्तै पर्वत, तनहुँ, म्याग्दी र नुवाकोटसम्मका व्यक्तिहरुले ठगी गरेको उजुरी दिएका छन् । पर्वत मोदी घर भइ सिशुवा बस्दै आएका बिकले क्यानडा पडाउने प्रलोभन देखाएर १५ लाख रुपैयाँसम्म लिएको आरोप छ ।

ठगीमा परेका मोतीबहादुर, ध्रुव, दीपेन्द्रलगायत धेरै जनासँग पैसा भुक्तानी गरेको भौचर छ भने बिकले क्यानडा पठाउने विश्वास दिलाउनका लागि विभिन्न सहकारी र बैंकको चेक दिने गरेको प्रहरीले जनाएको छ ।

लामो समय साउदी बसेका बिक २ वर्षअघिमात्रै नेपाल फर्किएका थिए । बिकले डेढ वर्षदेखि क्यानडा पठाउने भन्दै ठगी धन्दा चलाएको आरोप छ । ‘ओपन भिसा आएको छ र त्यसका लागि दिल्ली हुँदै जानुपर्छ भन्दै विश्वास दिएर पैसा लिएको देखिन्छ,’ एसपी श्रेष्ठले भने, ‘कोही क्यानडा पुगिसकेको भेटिएको छैन तर बिकले लिएको पासपोर्ट भारत पठाएको बताएका छन् ।’

अमेरिका, युरोप भन्नेबित्तिकै धेरै नसोची पैसा दिइहाल्ने भएकाले पनि गठी बढेको एसपी श्रेष्ठको भनाइ छ । पछिल्लो समय विभिन्न माध्यमबाट ठगी गर्ने क्रम बढेको एसपी श्रेष्ठले बताए ।

‘फेसबुकमार्फत सामान आएको छ, उपहार आएको छ भनेर पैसा लिने तर सामान नदिने, अनलाइनमार्फत फसाउने क्रम बढेको छ,’ एसपी श्रेष्ठले भने, ‘सक्कली सुन साटेर नक्कली सुन दिनेजस्ता ठगी छन् ।’

संकटमा प्रधानमन्त्री ओली, अन्तत: सर्वाेच्चले दियो यस्तो आदेश !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश डा मनोज शर्माको एकल इजलासले आज सो आदेश जारी गरेको हो । “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र  सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्नुहोला”, आदेशमा भनिएको छ ।

वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा बुधबार दायर गरेका थिए ।

अदालतको अवहेलनामा दोषी ठहर भएमा एक वर्ष कैद सजाय वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसँग पनि लिखित जवाफ माग सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

सोही इजलासले म्याद प्राप्त भएका मितिले बाटाको म्याद बाहेक सात दिनभित्र  सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्नुहोला भनिएको छ  ।

अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईले प्रतिनिधिसभा विघटनको विचाराधीन मुद्दामा विज्ञप्ति सार्वजनिक गरी अदालतको अवहेलनामा कारबाही गर्न मुद्दा दायर गरेका थिए ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले पनि सोही विषयमा अभिव्यक्ति दिएको उल्लेख गर्दै सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि

दुहवी (सुनसरी)  । सुनसरीको दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि हुने तयारी पुरा भएको छ । दुहबी नगरपालिकाले पत्रकार सम्मेलन गरि माघ १७ गते देखि माघ २८ गतेसम्म हुने मेयरकपमा दुहबीको १२ वटा वडाले प्रतिस्पर्धा गर्ने आयोजक एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राइले जानकारी दिनुभयो ।

दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले ग्रासरुटबाटै स्थानीय खेलाडी उत्पादन हुने दुहबीमा चाडैं फुटबल एकेडेमीको स्थापना गर्ने बताउनुभयो । स्वास्थ्य र राष्ट्रको पहिचानका लागि खेल अतिआवश्यक भएको बताउँदै नगरप्रमुख गच्छदारले भन्नुभयो यो प्रतियोगिताले नगरभित्रका खेलाडीहरुलाई प्रोत्साहन गर्नेछ । स्थानीयस्तरबाट खेलाडी उत्पादनलाई जोड दिँदै नगरपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको नगर उपप्रमुख सुनिता दाहाल शाहले बताउनुभयो ।

दुहबी ५ स्थित श्री सरस्वती माबिको खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने वडाले उपाधी सहित १ लाख १ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५१ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ ।

पद्माकुमारी अर्याल भन्छिन्- चुच्चे नक्साले ओलीलाई पदबाट हटाउने खेल भयाे

काठमाडौं । पछिल्लो समय विवादित एवं विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपामा राजनीतिक संकट चुलिएको छ ।

ययबीच कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भू–भाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल सुरु भएको आरोप लगाएकी छन् ।

अखिल नेपाल महिला संघ काभ्रेले बिहीबार बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो आरोप लगाएकी हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाएर दह्रोसँग उभिएका कारण प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई पदबाट हटाउने प्रयासमा विभिन्न गतिविधिहरु भएको बताएकी हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारले चुच्चे नक्सा जारी गरेपछि केपी ओलीलाई नफाली नहुने गरी खेल सुरु भयो, उहाँहरु त्यसरी लाग्नुभयो’, मन्त्री अर्यालले भनिन्, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिँदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछि ओलीलाई हटाउन लागेका हुन्,’ उनले भनिन् ।

ओलीकाे ब्रिफिङ : ‘अदालतले संसद पुनर्स्थापना गरे फेरि भंग गर्छु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरूसँग वैशाखमा चुनाव नहुने ब्रिफिङ गर्न थालेका छन्। बालुवाटार निरन्तर गइरहने पूर्वमन्त्रीसमेत रहेका ओलीका विश्वासपात्र मानिने एक नेताले ज्योतिन्यूजसँग वैशाखमा निर्वाचन गर्ने ओलीको तयारी नरहेको खुलासा गरेका छन्।

‘वैशाखमा निर्वाचन हुँदैन, गर्ने सोचका साथ प्रतिनिधि सभा विघटन गरेको पनि होइन,’ ओलीले मंगलवार बालुवाटारमा आफूलाई भेट्न आएका केही विश्वासपात्रसँगको कुराकानीमा खुलासा गरेको ती नेताले बताए।

ओलीमा प्रतिनिधि सभा पुनर्स्थापना होला कि भन्ने भयसमेत रहेको छ। ‘अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदियो भने संकटकाल लगाउने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ ती नेताले खुलासा गरे, ‘त्यसपछि अध्यादेशमार्फत धर्मनिरपेक्षतामा जनमत संग्रह घोषणा गर्ने तयारी छ।’

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरेपनि प्रधानमन्त्री ओलीले जेठको १५ गते आफूअनुकूल बजेट ल्याउने र देशलाई जनमतसंग्रहमा होम्ने तयारी गरेका छन्।

संसद पुनर्स्थापना भए कि त संकटकाल, कि त पुनः विघटन !

प्रतिनिधि सभा पुनर्स्थापना भइहाले ओलीले संकटकाल लगाउने सम्भावनामा बालुवाटारमा छलफल भइरहेको छ। संकटकालका लागि कुनै उपयुक्त कारण नभेटिए ओली पुनः संसद विघटनको बाटोमा जान सक्ने बालुवाटारनिकट विभिन्न स्रोतहरूले दाबी गरेका छन्।

ओलीले आफूनिकटस्थलाई प्रतिनिधि सभा पुनर्स्थापना भए पुनः विघटन गरिदिने उपाय कस्तो हुन्छ भनेर सोध्नेसमेत गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध दर्जन भन्दा बढी रिटहरूको सुनुवाई सर्वोच्च अदालतमा जारी छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकका तर्फबाट बहसमा सहभागी भएका अधिवक्ताहरूलाई संसद पुनर्स्थापनापछि प्रधानमन्त्रीले संसद विघटन गरिदिए के हुन्छ भनेर सोध्ने गरेका छन्।

तोकिएको समयमा निर्वाचन गर्ने ओलीको प्रतिबद्धता देखेर आफू ओली समूहमा लागेको तर चुनाव नहुने परिस्थिति बन्दै गइरहेको भन्दै पछुताएको पनि ती नेताले दाबी गरेका छन्। ‘चुनाव भएन भने त प्रतिगमनको साक्षी बन्न सकिँदैन,’ ती नेताले भने। यसअघि गृहमन्त्रीसमेत रहेका पूर्वमाओवादी नेता रामबहादुर थापाले संसद पुनर्स्थापना भए राजतन्त्र पनि पुनर्स्थापना हुन सक्ने भन्दै विवादित अभिव्यक्ति दिएका थिए।

कोर टीमबाट निकालिए नेम्वाङ

प्रधानमन्त्री ओलीले आफ्नो अत्यन्तै विश्वासपात्र मानिने सुवासचन्द्र नेम्वाङलाई किचन क्याबिनेटबाट निकालिदिएका छन्। बालुवाटार स्रोतले भन्यो, ‘नेम्वाङले करीब १ वर्षअघि संसद विघटन हुनै नसक्ने भनी दिएको अभिव्यक्ति भाइरल भएपछि प्रधानमन्त्रीले एकपटक बोलाएर के बोलेको हो भनेर सोध्नुभएको थियो। नेम्वाङले तपाईंमा ‘नेगेटिभ कन्फिडेन्स’ बढेको छ, भनेर जवाफ दिनुभयो । त्यसैले आजकल नेम्वाङ निकै कम बालुवाटार आउनुहुन्छ।’

केही साता अघि संसद भवन नयाँ बानेश्वरमा पनि नेम्वाङले आफूनिकट पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने कुरामै आफू अडिग रहेको बताएका थिए।‘तर प्रधानमन्त्रीमा भएको नेगेटिभ कन्फिडेन्स जित्नै सकिएन,’ उनले भनेका थिए, ‘प्रधानमन्त्रीले पार्टीकै नेताहरूले असहयोग गरेका कारण संसद विघटनबाहेक अन्य उपाय नै देख्नु भएन । अदालतमा भएको चीजमा म बोल्दिन, तर संविधानसभामा संसद विघटनको प्रावधान राख्नु हुँदैन भन्ने मनासयसँग नै प्रधानमन्त्रीको विशेषाधिकार हटाइएको हो।’

धर्मनिरपेक्षतामा जनमत संग्रह गर्न नेम्वाङ बाधक

नेपालको संविधानमा धर्मनिरपेक्षताको प्रावधान राख्न सबैभन्दा बढी मेहेनेत नेम्वाङले नै गरेका छन् । नेम्वाङ संघीयता र गणतन्त्रका पक्षधर पनि हुन् । उनले नै ओलीलाई यी परिवर्तनप्रति विश्वास दिलाउने जिम्मेवारी पूरा गरेका थिए। तर संसद विघटनपछि ओली प्रतिगमनको मतियार बनेर सबै व्यवस्थाहरू उल्ट्याउने दिशातर्फ अघि बढेको चाल पाएका नेम्वाङ आजकल खासै बालुवाटार जाँदैनन्। उनले शर्तका रूपमा केही बुँदासमेत ओलीलाई तेर्स्याएका थिए।

‘कमरेड, अब जे भयो भयो। अदालतको निर्णय कुरौं, विघटन सदर गर्यो भने चुनावमा जाऔं, सदर भएन भने प्रतिनिधि सभा नै फेस गरौँ। तपाई कसैको उक्साहटमा आएर थप कदम नचाल्नुस। मैले तपाईंलाई साथ दिइरहेको छु, यदि थप प्रतिगामी कदम चाल्नुभयो भने मैले सोच्न बाध्य हुनुपर्छ,’ ओलीसँग बालुवाटारमा भएको भेटमा नेम्वाङले भनेका थिए।

तर ओलीले नेम्वाङको यस भनाइमा केही प्रतिक्रिया दिएनन्। ‘बेलाबेलामा प्रधानमन्त्री आफैंले फोन गरेर नेम्वाङलाई बालुवाटार बोलाउनु हुन्थ्यो, केही दिन भयो त्यो क्रम रोकिएको छ,’ स्रोतले दाबी गर्यो।लाेकपाटी न्यूज

पार्टीमा एकताको लागि प्रचण्ड नेपालहरु सुध्रिन जरुरी : पोखरेल

दुहवी (सुनसरी)। संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले पार्टी भित्रमा आएको बिबाद समाधानका लागि दुई शर्तमा साथीहरु सहमत भए पार्टी एकता हुनसक्ने बताउनुभएको छ । सुनसरीको दुहवीमा आयोजित जिल्ला स्थरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै नेता पोखरेलले २८ कात्तिकमा दर्ता भएको आरोप पत्र फिर्ता लिनुपर्ने र बैशाख १७ र २७ गते हुने चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताउनुभएको हो ।

वहाँले अहिले पनि जुन अराजकता, अस्थिरता र बिवाद सिर्जना गर्न खोजिएको छ, त्यो देश र जनताको भावनामा चोट पु¥याउन खोजिएको जस्तो छ, एकतालाई कायम राख्ने हो भने यी दुई कुरा गर्न सकिने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले वर्तमान प्रधानमन्त्री समेत रहनुभएको केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको नेकपा नै आधिकारिक पार्टी भएको बताउनुभयो ।

वहाँले निर्वाचन आयोगले समेत प्रष्ट रुपमा निर्णय दिएकाले ओली नेतृत्वको पार्टी नै नेकपाको आधिरिक पार्टी भएको बताउनुहुदै कोही कसैले द्धिविधामा रहन नहुने बताउनुभयो । वहाँले जनतासंग ताजा जनादेशका लागि निर्वाचन घोषणा गरिएकाले समयमा नै निर्वाचन हुने र त्यसमा ओलीको हस्ताक्षर भएको उम्मेदबारले चुनाव लड्ने र जित्ने समेत दावी गर्नुभयो

।
वहाँले ओलीलाई मानेर आउनेहरुलाई स्वागत गर्ने र जानेहरुलाई अर्को कुनै नामको पार्टी खोल्न र चुनाव चिन्ह लिएर आउन चुनौती दिनुभयो । नेता पोखरेलले अव हुने चुनावमा नेकपाको चुनाव चिन्ह सूर्य हुने भएकाले अरुको हल्लाको पछी नलाग्न समेत अपिल गर्नुभयो । देशभर जनलहर रहेकाले आफ्नै पार्टी जित्ने दावी गर्नुहुदै जनता अदालत भएकाले अदालतको फैसला पुरस्कार वा दण्ड जे दिएपनि नेकपा स्विकार गर्न तयार रहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएकोले अरुको कुनै दबाव,प्रभावमा नपर्न समेत आग्रह गर्नुभयो । उहाँले सूर्य चिह्न कसको हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न भन्दै कार्यकर्तालाई आश्वस्त पार्नुभयो ।
आधिकारिक नेकपा जसको हो उसैको सूर्य चिह्न भएकाले सूर्च चिह्न आफूहरूको नै भएको दोहोरयाउनुभयो ।
कानुनी रूपमा समेत निर्वाचन आयोगले ओलीलाई अध्यक्ष मानेको र पार्टी नेकपा तथा सूर्य चिह्न समेत उसैको भएको भनेकाले यसमा कोही कसैले द्धिविधा मान्नुपर्ने कुरा नै नभएको दावी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहनुभएका पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको कारण नेकपा फुटेको आरोप लगाउनुभयो । नेकपा एमाले र माओवादी एक हुँदा सबैमा खुशीयाली आएपनि त्यो क्षनिक भरको रहेको बताउनुभयो ।
उहाँले पार्टी एकतापछि मुलुकमा स्थायी सरकार, शान्ती, विकास, समृद्धि र राजनीतिक स्थिरता हुन्छ भनी सबैले सोँचेपनि सरकार बनेको बेलादेखी नै आफ्नै पार्टी भित्रबाटको असहयोगका कारणले यो अवस्थामा आएको बताउनुभयो ।

वहाँले जनताको आवश्यकता र मुलुकको विकास बारे कहिले पनि छलफल नगरी कहिले मेरो फ्लानो मान्छेलाई मन्त्री बनाई दिनु त कहिले राजीतिक नियुक्त गर्नु भनी प्रचण्ड–नेपाल समूहले झमेला गर्दै आएको आरोप लगाउनुभयो ।
पुष्पकमल दाहाल र माधव नेपालको पदीय लोलुप्ता तथा कुण्ठाको कारणले पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभयो ।

यहाँ आयोजित जिल्ला स्तरीय वृहत अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपप्रधामन्त्री पोखरेलले पार्टीका अर्का अध्यक्ष प्रचण्ड वरिष्ठ नेता नेपालको राजनीतिक कुण्ठाले गर्दा नेकपाको दुर्दशाको अवस्था भएको बताउनुभयो ।

उहाँले ६४ प्रतिशत मत ल्याई संसदीय दलका नेतालाई प्रधानमन्त्री पदबाट राजीनामा दिनु भनी हास्यापद कुरा उठाएर पटक पटक विवाद गर्ने गथ्र्यो अन्ततः असहनीय भएपछि पार्टी र देशलाई बचाउन जनतालाई फैसला गर्न दिउ भनी संसद विघटन गर्नुपरेको र ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले दुई तिहाईको बहुमतले कुनै व्यक्तिले नभई जनताले दिएकोले पार्टीभित्रको किचिलो अन्त्य पार्न जनता जर्नादन समक्ष पुगेको बताउनुभयो । ‘पदमा बस्ने नबस्ने फैसला जनताले नै गरोस भन्ने उद्देश्यका साथ ताजा जनादेशका लागि निर्वाचनमा गएका हौं।’ वहाँले भन्नुभयो ।

प्रतिनिधि सभा विघटन संविधान र संघीयता ध्वस्त पार्न नभई क्रियाशील बनाउन गरेको उहाँ भनाई थियो ।
सोही कार्यक्रममा नेपाल कम्यूष्टि पार्टी नेकपाका अर्का नेता तथा प्रदेश सरकारका मूख्य मन्त्री शेरधन राईले सरकार स्थायित्व, सुशासन, विकास र समृद्धिका पक्षमा काम गरेकाले त्यसलाई नरुचाउने तत्वहरुले घेराबन्दी गर्न खोजेकाले त्यसको फैसला गर्न ताजा जनादेशका लागि चुनाव घोषणा भएको बताउनुभयो । वहाँले संविधान जारी भएको पहिलो निर्वाचनमा दुई ठूला पार्टीले गठबन्धन बनाएर आएको र त्यसमा ओलीलाई प्रधानमन्त्री बनाउनका लागि झण्डै दुई तिहाई मत दिएकाले त्यसलाई स्विकार गर्न नसकिने र नरुचाउने केही पात्रहरुले राजकिय सत्ता कव्जा गर्न खोजेकाले ताजा जनादेश नै उपयुक्त माध्यम भएको बताउनुभयो ।

वहाँले पार्टी भित्रको एकता विथोल्न केन्द्रमा प्रचण्ड र नेपाल सहति लागेको र प्रदेश १ मा भिम आचार्य सहितकाले लागेको बताउनुहुदै अराजकता, अस्थिरता र अन्यौलताबाट देशलाई जोगाउन निर्वाचनको घोषणा गरेको बताउनुभयो ।
अर्का नेता तथा प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री जगदिश प्रसाद कुसियैतले प्रदेशमा गलत नियतका साथ आएको अस्विस्वासको प्रस्तावलाई असफल पार्ने दावी गर्नुभयो । कुसियैतले नीति र विधिको साशन विपरित लागेकाहरुले पार्टी फुटको हल्ला चलाएको बताउनुभयो । सरकारले काकडभितादेखी कोशीसम्म रेलमार्ग सहितका लोकप्रिय कार्य गरेकाले त्यो आफ्नै पार्टीका साथीहरुलाई नपचेकाले बखेडा झिकेको बताउनुभयो ।

त्यसैगरी प्रदेश सरकारका कानुन मन्त्री हिक्मत कार्कीले स्वाधिन्ता र स्वाभिमानका लागि काम गर्दा घेराबन्दी गरेको बताउनुभयो । वहाँले जोसँगै काम गरेकाहरूले पनि अहिले केपी ओली यो पृथ्वीमा नरहेहुन्थ्यो भन्ने चाहना राखेको गुनासो गर्दै उहाँले कसैले चाहँदैमा त्यस प्रकारको अमानवीय चाहना र सपना पूरा नहुने बताउनुभयो । कार्कीले अध्यक्ष ओलीले शान्ति, समृद्धि, स्थायित्व र सुशासनका लागि पार्टी एकीकरण गरेको चर्चा गर्नुहुदै झगडा गरेर सडक आन्दोलनमा जान एकता नगरिएको स्पष्ट पार्नुभयो ।

‘देशले अग्रगमन चाहेको छ, शान्ति चाहेको छ । जनताले आफ्नो जीवनमा परिवर्तन चाहेका छन् र उनीहरूले असल अविभावक खोजेका छन्,’ कार्कीले भन्नुभयो, ‘त्यही कुराका लागि अध्यक्ष ओली अघि बढेको तर त्यो देख्न नचाहने र जनताका लागि राम्रो काम गरेको हेर्न नसक्नेले वहाँ विरुद्ध गुटबन्दी गर्दै अघि बढे तर उनीहरू असफल हुने निश्चित छ ।’

कार्यक्रममा केन्द्रिय सदस्य भगवती चौधरी, खेमराज पोखरेल, मुरारी सुवेदी, रेवतीरमण भण्डारी, तैयव हुसेन, देवराज घिमिरे सहितकाले बोल्नुभएको थियो । कार्यक्रममा १० हजार बढी जनसमुदायको उपस्थिती रहेको थियो ।
१, सुनसरीको दुहवीमा आयोजित नेकपाको जिल्ला स्थरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै नेता इश्वर पोखरेल ।


२, सुनसरीको दुहवीमा आयोजित जिल्ला स्थरीय वृहत कार्यकर्ताभेलाका अथिति तथा नेताहरु

धनगढीमा राजतन्त्र र हिन्दू राज्यको समर्थनमा प्रदर्शन

राजसंस्था र हिन्दू अधिराज्यको माग राख्दै धनगढीमा प्रदर्शन गरिएको छ । धर्म साझा, देश साझा र राजा साझा भन्ने आह्वानका साथ स्थानीयले धनगढीमा आज प्रदर्शन गरेका हुन् ।

राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, हिन्दू राज्य कायम गरौँ जस्ता नारा लगाउँदै धनगढीको बुद्धचोकबाट सुरु भएको र्‍याली  बजार परिक्रमा गर्दै ट्राफिक चौराहमा पुगेको थियो । हात हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका यूवाहरुले नारा जुलुस लगाउँदै र्‍यालीमा सहभागी भएका थिए ।

‘सुन्दर सुदूरपश्चिम बासी जनता’को आयोजनामा भएको र्‍यालीले नेपालमा राजसंस्थासहितको हिन्दू राज्य कायम गर्न दबाब पुग्ने बताउँदै आयोजक समितिका ललित जोशीले भने, ‘वर्तमान संविधान अपूरो र यसले मौलिक संस्कृतिलाई अंगिकार नगरेकाले जनदबाब र आन्दोलनबाट वर्तमान व्यवस्थाको विस्थापन गरी नेपालमा राजसंस्थासहितको हिन्दू अधिराज्य कायम गर्नका लागि प्रदर्शन गरेका हौँ ।’