१५ माघ २०७७, बिहीबार १६:५८ – Page 10 – Nagarikabhiyan : National News

रोल्पामा तेल बोक्ने ट्याङ्कर दु’ र्घट ना, चालकको मृत्यू

रोल्पा ।रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्ति नेर ट्याङ्कर दु’र्घट’ ना हुदा चालक ४५ बर्षीय हरबजन सिंहको मृत्यू भएको छ । गम्भिर घाइते भएका सिंहलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले बताएको छ । दु’ र्घट नामा परि सहचालक १९ वर्षिय सुनिल शंकर सामान्य घाइते भएको प्रहरी प्रवक्ता सन्तोष केसीले जनाकारी दिएका छन ।

नेपालगञ्ज डिपो बाट रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर आएको ट्याङ्कर दु’र्घ’ टनामा परेको हो । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो पनि , नेपालमा झन्डै ९ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

काठमाण्डौ, १५ माघ । नेपालमा खोप अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जना व्यक्तिले कोरोना विरूद्धको खोप लगाएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरू मार्फत् ९ हजार बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएको छ जसमध्ये प्रदेश नम्बर १ मा १हजार २ सय ५५, प्रदेश नम्बर २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन्।

मन्त्रालयका अनुसार हालसम्म खोप लगाएकाहरुमा कुनैपनि नकारात्मक प्रभाव देखिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै नेपालमा खोप लगाउन सुरू गरिएको हो।सरकारले भारतबाट अनुदानमा पाएको १० लाख डोज खोप कम्तिमा ४ लाख ३० हजार जनालाई लगाउने तयारी गरेको छ ।ताजा खबर

प्रचण्ड-माधवबारे प्रधानमन्त्री ओलीको टिप्पणी : पार्टी छोडेर जाने विदेशीको दलाली गर्नेले देश बनाउन सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको दलाली गर्ने र पार्टी फोडेर जानेले संगठन बनाउन नसक्ने घोषणा गर्नुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को राष्ट्रिय कार्यकर्ता भेलामा नेकपा बिभाजन गर्ने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘पार्टी छोडेर जाने विदेशीको दलाली गर्नेले देश–संगठन केही पनि बनाउन सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले पुष्पकमल दाहाल प्रचण्डको चटकबाट नअल्मिएको जिफन्ट मात्र भएको धारणा पनि राख्नुभयो । ‘प्रचण्डको चटकबाट नअल्मिएको जिफन्ट मात्र हो,’ प्रधानमन्त्री ओलीको भनाई थियो । मजदूरको नाम नलिएर नथाक्ने, विदेशीको चाकरी गर्ने तत्व अहिले अलग भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘उहाँहरु कहिले निर्वाचन आयोग पुग्नुहुन्छ, कहिले अदालतमा मुद्दा हाल्न पुग्नुहुन्छ, हामीले उहाँहरुलाई निकालेका छैनौं, उहाँहरु आफै जानुभएको हो, हामी राजनीति गर्छौं मुद्दा हाल्दैनौं ।’

प्रधानमन्त्री ओलीले आफूहरु कर्मी मौरी र अलग भएको समुह अरुले खोजेर ल्याएको खाएर बस्नेहरु भएको कथा पनि सुनाउनु भयो । दुई थरी मौरीको कथा सुनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मौरी दुई थरी हुन्छन्, एउटा मह खोजेर ल्याउने कर्मी मौरी, अर्को अरुले खोजेको खुरुखुरु बसेर खाने, हामी कर्मी मौरी हौं ।’

उहाँले नेपालको मजदूर आन्दोलनलाई केही तत्वले विभाजन गर्न खोजेका भन्दै त्यसो हुन आफूहरुले नदिइएको बताउनुभयो । ‘केही तत्वले मजदूर आन्दोलनलाई विभाजन गर्न खोज्दै छन्, तर हामीले विभाजन गर्न दिएका छैनौं, अब अलमलिएकाहरुलाई पनि लाइट देखाएर हामीतिर ल्याउँछौं, विभाजन हुन दिन्नौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।जनताटाइम्स

श्री ३ हुन लागेका केपी ओलीलाई धारासायी बनाउँछौं: प्रचण्ड

बुटवल । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धारासायी बनाउने बताएका छन् ।  प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरोधमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विरोध सभालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

श्री ३ माहाराजधिराज हुन चोहका केपीहरुलाई ओलीलाई लुम्बिनीले धारासायी बनाउने छ भन्ने विश्वास लिएको छु’ बुटवलमा उर्लिएको जनसागरमाझ प्रचण्डको भनाई छ ।  प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमका विरुद्ध संघर्ष गरिरहेको भन्दै केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह गरे ।

‘यो केपी ओली भन्ने एकजना व्यक्तिको विरोधमा आयोजना गरिएको हो भनेर नबझ्नुस् । हामीले गलत विचार, मान्यता, विधि पद्धतिका विरुद्ध, सहि विचारको पक्षमा, सत्य, न्याय र स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका हौ’ प्रचण्डको भनाई छ ।

उनले संविधानसभाबाट संविधान जारी भएपछि देशमा राजनीतिक स्थायित्व र विकास निर्माण तथा सम्मृद्धिमा जान्छ भनेर पार्टी एकता घोषणा गरिएपनि त्यसबेलाको सहमति केपी ओलीले नमान्दा समस्या भएको बताए ।  कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले संविधानविपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतर्फ जाने प्रयास गरेको बताएका थिए ।रातोपाटी

चोलेन्द्र श्रीमानसँग बदला लिन आफ्नै फैसलाबिरुद्ध उभिइन पूर्वप्रधानन्यायाधीश सुशिला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासँग बदला लिनको लागि मात्रै अदालतमा बिचाराधिन मुद्दामा बिज्ञप्ती जारी गर्नुभएको तथ्य खुलेको छ । ललिता निवास प्रकरणमा दुई जना पूर्वप्रधानन्यायाधीशले गलत फैसला गरेको कारण जेल पुग्ने त्रासमा रहेको बेला सेलिब्रेटी बन्नुभएकी पूर्वप्रधानन्यायाधीश कार्की भने प्रधानन्यायाधीश जवरासँग आफू प्रधानन्यायाधीश हुँदा संबिधान भन्दा बाहिर गएर कुनै काम नगर्ने अडान लिनुभएको बदला लिन बिज्ञप्ती जारी गर्नुभएको पाइएको हो ।

पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझी र अनुपराज शर्माले अदालतको नेतृत्व गर्दा बालुवाटार जग्गा प्रकरणमा गलत फैसला गरी सरकारी जग्गा ब्यक्तिको नाममा पुर्याएको कारण कुनैपनि बेला जेल जाने खतरा देखेर प्रधानन्यायाधीश जवरामाथि दवाव दिन बिज्ञप्ती जारी गर्नुभएको तथ्य यसअघि नै जनताटाइम्सले खोलिसकेको छ भने कार्कीले अदालतलाई दवाव दिएर मुलुकलाई अराजकतातिर धकेल्न बिदेसी मिशनअनुसार काम गर्न थालेको आभाष पाइएको छ । सर्वाेच्च अदालत स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीश जवरासँग आफूले बिगतमा भनेको कुरा नमानेको बदला लिन चाहिरहनुभएको छ ।

कार्की प्रधानन्यायाधीश हुँदा जवरा सर्वाेच्चमा बरिष्ठतममध्येको न्यायाधीश हुनुहुन्थ्यो । त्यही बेला संबैधानिक इजलाशको बिवाद आएको थियो । संबैधानिक इजलाशमा चोलेन्द्र श्रीमान समावेश गर्दा आफूले भनेअनुसारको फैसला नहुने भएपछि उहाँलाई बाहिर राख्न कार्की नेतृत्वकै बृहत इजलाशले संबैधानिक इजलाश सम्बन्धी बिवादको अन्तिम किनारा लगाउनु भएको थियो । संबिधान सम्बन्धी बिषयमा बिवाद आए संबैधानिक इजलाशले नै टुंगो लगाउने गरी तात्कालिन प्रधानन्यायाधीश कार्की नेतृत्वको बृहत इजलाशले फैसला गर्दै भनेको थियो, ‘संबैधानिक इजलाश प्रधानन्यायाधीशले तोक्नु हुन्छ, त्यो मान्य हुन्छ ।’

तात्कालिन प्रधानन्यायाधीश कार्कीलाई आफूले भनेको नमान्ने र संबिधान भन्दा बाहिर गएर कुनै आदेश दिन सकिन्न भन्ने अडान राखेको कारण जवरालाई कुनै पनि हालतमा संबैधानिक इजलाशमा राख्न नचाहेको कारण यो फैसला आएको थियो । त्यसबेला आफूसँग कार्कीले भनेको कुरा उधृत गर्दै एक न्यायाधीशले जनताटाइम्ससँग भने, ‘चोलेन्द्र संबिधानबाहेक कसैसँग झुक्दैनन, मैले भने पनि मान्दैनन, त्यसैले उनलाई संबैधानिक इजलाशमा राख्न मिल्दैन ।’

प्रतिनिधिसभा बिघटनको मुद्दा अदालतमा मुद्दा पुगेपछि कार्कीले नै पुरानो आफ्नै फैसला बिर्सिएर प्रधानन्यायाधीशमाथि बृहत इजलाशको माग गर्न लगाएको तथ्य पनि बाहिर आएको छ । ‘आफू अदालतको नेतृत्वमा हुँदा चोलेन्द्र श्रीमानलाई संबैधानिक इजलाश भन्दा बाहिर राख्न प्रधानन्यायाधीशले तोक्ने भनेर फैसला गर्नुभयो, तर अहिले उनै ब्यक्ति चोलेन्द्र श्रीमानमाथि आरोप लगाउनु हुन्छ, यो त सरासर राजनीति हो, अदालतको नेतृत्व गरेको ब्यक्तिको धारणा हुँदै होइन, मान्नै सकिदैन,’ कार्की निकट रहेर काम गर्नुभएका सर्वाेच्चकै अर्का न्यायाधीशले भने ।

ती न्यायाधीशका अनुसार नेकपाबाट अलग भई सडकमा पुग्नुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालसहित केही बिदेसी एजेन्सीका प्रतिनिधिसँगको छलफलपछि कार्कीसहितका पूर्वप्रधानन्यायाधीशहरु अदालतकै बिरुद्ध उभिनु भएको हो । प्रचण्ड–माधवको योजना राष्ट्रपतिदेखि अदालतसम्म सवै संबैधानिक निकायमाथि आक्षेप लगाएर जनता भडकाउँदै राजतन्त्रकोपक्षमा माहोल खडा गर्ने घोषित नीति नै रहेको तथ्यहरुले देखाउन थालेको छ ।जनता टाईम्स

चितवनमा प्रचण्डलाई आफूले जिताएको भन्दै प्रचण्ड-माधवप्रति ओलीको कटाक्ष : ‘दशा लागेपछि के लाग्यो ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई गएको निर्वाचनमा चितवन पुगेर जिताएको भन्दै अबको चुनावमा जितेर देखाउन चुनौती दिएका छन् । काठमाडौंमा जिफन्टको भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी मुलधारमा रहेका समयमा आफ्नो सहयोग पनि पाएकाले चुनाव जितेका प्रचण्ड दशा लागेर अलग बनेका भन्दै कटाक्ष गरेका छन् । अबको चुनावमा प्रचण्ड-माधव समूहले कतै नजित्ने पनि ओलीले दावी गरे ।

ओलीले भने, ‘चितनवमा गएर, सबै जनतालाई फकाएर चुनाव जिताएका हौँ हामीले । त्यसअघिको चुनावमा सिरहामा बत्ती निभाएर चुनाव जितेका प्रचण्डले । अब अहिले दशा लागेर पार्टी छाडेर गए । अब जितेर देखाउन् चुनाव !’

समुद्रमा अत्यधिक माछा मरेपछि….

एजेन्सी । समुद्रमा अत्यधिक माछा मार्नेक्रम बढेको छ । शार्कका कतिपय प्रजातिको संख्या पछिल्लो ५० वर्षमा ७० प्रतिशतभन्दा बढी समाप्त भइसकेको एक अध्ययनले देखाएको छ । माछा मार्नेक्रम वर्षैपिच्छे बढेपछि सामुद्रिक जीवनचक्रमै ठूलै खाडल सिर्जना भएको पनि अध्ययनको निचोड छ ।अनुसन्धाताहरुले हथौडाजस्तो टाउको हुने शार्कदेखि चराजस्तो देखिने विशाल माछा सम्मका अनेकौं प्रजातिको डरलाग्दो रुपमा ह्रास आइरहेको बताएका छन् ।

सर्वाधिक प्रभावित जीवजन्तुमा सामुद्रिक विशाल शार्कहरु (ओसियानिक ह्वाइटटिप) रहेका छन् जसले मानिसलाई आक्रमण गरिरहन्छ । मानवीय क्रियाकलापका कारण यस प्रजातिको शार्क लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।

यी शार्कलाई मानिसले पखेंटाका लागि शिकार गर्दछन्, र विश्वका कतिपय मुलुकमा ठूलै मूल्यमा खुलेआम बिक्री गर्दछन् । यी शार्कको विश्वव्यापी संख्या विगत ६० वर्षमा करिब ९८ प्रतिशतले घटेको साइमन फ्रेजर विश्वविद्यालय ९एसएफयु० का प्राध्यापक एवं अध्ययन टोलीका वरिष्ट लेखक निक डल्भीले बताउनुभयो ।

शार्कको विनाश अन्य अधिकांश विशाल स्तनपायीको विनाशभन्दा बढी भयावह देखिएको बताइएको छ । ति जीवजन्तु पृथ्वीका सबैभन्दा ठूला र दूरदराजमा बासस्थान रहेका छन् जसलाई प्रायः मानव प्रभावबाट जोगाउनु पर्ने जनाइएको छ ।

नेचर नामको जर्नलमा बुधबार प्रकाशित अध्ययनले अत्यधिक माछा मार्ने र कमजोर संरक्षणलाई औंल्याएको छ । संरक्षणका प्रयासले पुनः उही अवस्थामा ल्याउन सकिने पनि अध्ययनको निचोड छ ।

यो अनुसन्धानले खासगरी सामुद्रिक शार्क र ठूला माछालाई केन्द्रित गरेको छ । यी जीवहरु मुख्यरुपमा खुला जलक्षेत्रमा बस्छन् । अध्ययनमा समेटिएका १८ प्रजातिहरुको विश्वव्यापी संख्या सन् १९७० यता ७० प्रतिशतभन्दा बढी नै खस्किएको प्रतिवेदनमा उल्लेख छ

तीन प्रजातिका शार्कहरु खासगरी हथौडा आकारको टाउको हुने शार्क बढी नै संकटापन्न अवस्थामा छन् । यिनीहरुको संख्या ८० प्रतिशतभन्दा बढीका दरले घटेको छ । यी शार्कहरुको संख्या घट्नुमा मुख्यतः यिनीहरुको प्रजननको दर कम हुनु र हुर्किनेक्रम पनि सुस्त हुनु हो ।

पछिल्लो आधा शताब्दीमा माछा मार्न प्रयोग गरिने घातक जालहरुको संख्या पनि दुई गुणा बढेको पाइएको छ । यी जालले समग्र सामुद्रिक पर्यावरण र जीवजन्तुको बासस्थानलाई नराम्रो असर पारिरहेको छ ।

अन्तर्राष्ट्रिय मत्स्यपालनको व्यवस्थापन हेर्ने क्षेत्रीय निकायहरुले शार्कजस्ता दुर्लभ जीवजन्तुको संरक्षणलाई खासै प्राथमिकता दिइरहेका छैनन्, पचौडा भन्नुहुन्छ । उहाँले संकटापन्न र गम्भीर रुपमा संकटमा परिरहेका प्रजाति मार्न प्रतिबन्ध लगाउन माग पनि गर्नु भएको छ ।

पछिल्लो समय अमेरिकाले अघि सारेका नियम कानूनका कारण अमेरिकी जलक्षेत्रमा सेता शार्कहरु पुनः देखिन थालेका छन् ।

संवैधानिक इजलासमा नेकपा सांसदको प्रश्न : प्रधानमन्त्रीलाई कहाँ असहयोग भयो ?

 काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाई भइरहेको संवैधानिक इजलासमा नेपाल कम्युनिस्ट पार्टीका सांसदले प्रधानमन्त्रीलाई कसरी दलबाट असहयोग भयो भनी प्रश्न सोधेका छन् ।

केही दिनअघि न्यायाधीश अनिलकुमार सिन्हाले प्रधानमन्त्रीलाई उनको दलले किन सहयोग गरेन भनी प्रश्न सोधेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै रिट निवेदकसमेत रहेका सांसद कृष्णभक्त पोखरेलले इजलासमा कहाँ असहयोग भयो भनी प्रतिप्रश्न गरेका हुन् ।

सरकारले संसदमा ल्याएका चिकित्सा शिक्षाबाहेक अरु सबै विधेयक जस्ताको तस्तै पारित भएको उनले बताए ।

‘मेरै समितिबाट १५६ वजटा कानुन जस्ताको तस्तै पारित भएको छ’ संसदको कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिसमेत रहेका पोखरेलले भने ‘सत्य निरुपण आयोगको म्याद थप्ने जस्ता सरकारले ल्याएका हरेक प्रस्ताव पारित भएको छ ।’

उनले अघि प्रश्न गरे ‘हामीले प्रधानमन्त्रीलाई कहाँ सहयोग गरेनौं, त्यस्तो कुनै (अवस्था) छैन, जहाँ हामीले असहयोग गरेको होस् ।’अनलाइनखबर

टीआईको ‘भ्रष्टाचार सूचकाङ्क’ मा नेपाल गत वर्षभन्दा तल झर्‍यो

भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल गत वर्षको तुलनामा झन् खस्किएको ट्रान्सपरेन्सी इन्टरन्याश्नलले जनाएको छ।

उक्त अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचकाङ्क (सीपीआई) अनुसार ३३ अङ्क प्राप्त गर्दै नेपाल ११७औँ स्थानमा छ। गत वर्ष नेपाल ११३ औँ स्थानमा थियो।

दक्षिण एशियाबाट भुटान सबैभन्दा माथि २४ औँ स्थानमा र अफगानिस्तान १६५ स्थानमा छन्।

कुल १८० देशमध्ये न्यूजील्यान्ड र डेनमार्क ८८ अङ्कसहित शीर्ष स्थानमा छन्।

दक्षिण एशियाको स्थिति

भुटान – २४ औँ स्थान
माल्दिभ्स – ७५ औँ स्थान
भारत – ८६ औँ स्थान
श्रीलङ्का – ९४ औँ स्थान
नेपाल – ११७ औँ स्थान
पाकिस्तान- १२४ औँ स्थान
बाङ्ग्लादेश – १४६ औँ स्थान
अफगानिस्तान- १६५ औँ स्थान
गत नोभेम्बरमा टीआईको बर्लिनस्थित मुख्यालयले एशियाका १७ देशहरूमा गरिएको एउटा अध्ययनमा आधारित भ्रष्टाचारसम्बन्धी प्रतिवेदनमा ‘नेपालमा गत वर्ष भ्रष्टाचार झन् बढेको’ जनाएको थियो।

तर नेपाल सरकारले ‘ग्लोबल करप्शन ब्यारोमिटर एशिया २०२०’ को निष्कर्षको खण्डन गरेको थियो।

के भन्छ टीआई?

ट्रान्सपरेन्सी इन्टरन्याश्नलले जारी गरेको विज्ञप्तिमा आफूहरूले तयार पारेको सूचीमा अग्रस्थानमा रहेका देशले स्वास्थ्य सेवामा राम्रोसँग लगानी गरेका उल्लेख छ।

उनीहरूले प्रजातान्त्रिक मान्यता र कानुनी शासनको उल्लङ्घन गर्ने सम्भावना कम रहने उसले जनाएको छ।

“कोभिड-१९ स्वास्थ्य वा आर्थिक सङ्कट मात्रै होइन, यो भ्रस्टाचारको सङ्कट हो र यो त्यस्तो सङ्कट हो जुन हामी अहिले व्यवस्थापन गर्न सकिरहेका छैनौँ,” विज्ञप्तिमा ट्रान्सपरेन्सी इन्टरन्याश्नलकी अध्यक्ष डेलिया फेरिरा रुवियोलाई उद्धृत गरिएको छ।

जनस्वास्थ्यसँग सम्बन्धित आपत्कालीन अवस्थासँग जोडिँदा भ्रष्टचारले सर्वसाधारणहरूको जीवन र जीविकामा गम्भीर खतरा पार्ने प्रतिवेदनमा उल्लेख छ। Source :  BBC

 

यी हिरोसँग आपत्तिजनक अवस्थामा बसेको देखिएकी थिइन् श्रुति हसन, सेटबाट लिक भएका थिए बोल्ड तस्बिर

साउथका सुपरस्टार कमल हसनकी छोरी तथा अभिनेत्री श्रुति हसनको जन्म सन् १९८६ जनवरी २८ तारिखमा भएको थियो । यो वर्ष श्रुति आफ्नो ३५ औं जन्मदिन मनाइरहेकी छिन् । श्रुति हसन एक बहु प्रतिभाशाली व्यक्तित्वकी धनी हुन् । उनी एक उत्कृष्ट अभिनेत्री हुनुका साथै निकै राम्री गायिका पनि हुन् । श्रुति हसन धेरैजसो चर्चामा आइरहन्छिन् र विवादसँग उनको गहिरो नाता पनि रहँदै आएको छ ।

श्रुति हसनले साउथ इन्डियन इन्डष्ट्रिदेखि बलिउडसम्म आफ्नो जादु छरिसकेकी छिन् । यद्यपि, बलिउडमा उनको अहिलेसम्म कुनै शानदार फिल्म बन्न सकेको छैन । तरपनि उनको लुक्सले धेरै प्रशंसक बटुलेको छ । श्रुति हसन धेरैजसो चर्चामा रहन्छिन् । कहिले आफ्नो शल्यक्रियाका कारण त कहिले फिल्ममा बोल्ड सीनका कारण । श्रुतिका केही बोल्ड तस्बिर पनि सार्वजनिक भएको थियो जसका कारण उनी रातारात चर्चामा आएकी थिइन् ।

वास्तवमा सन् २०१४ मा जब श्रुति हसन आफ्नो तमिल फिल्म येवुडको सुटिङ गरिरहेकी थिइन् तब उनका केही तस्बिर लिक भएका थिए । जसका कारण उनको निकै चर्चा भएको थियो । श्रुति यो फिल्मका लागि एउटा गीत ‘डिम्पल पिम्पल’ को सुटिङ गरिरहेकी थिइन् । यतिबेलाको उनको बोल्ड तस्बिर लिक भएको थियो । यो तस्बिर यति भाइरल भएको थियो कि गुगलमा सबैभन्दा धेरै सर्च गरिएको तस्बिर बनेको थियो ।

यसबाहेक श्रुति आफ्नो बलिउड फिल्म ‘डी डे’ का लागि पनि निकै चर्चामा आएकी थिइन् । यो फिल्ममा श्रुतिले एक यौनकर्मीको भूमिका निभाएकी थिइन् । फिल्मको एउटा पोस्ट निकै विवादास्पद पनि भएको थियो । यो पोस्टरमा श्रुति हसन आपत्तिजनक अवस्थामा अर्जुन रामपालसँग बसिरहेको देखिएकी थिइन् । यसका लागि निकै विवाद पनि भएको थियो । फिल्ममा श्रुतिले निकै बोल्ड दृश्य पनि दिएकी थिइन् ।

कामको कुरा गर्नुर्दा उनको करियर उनका आमा–बुवाको जस्तो हिट रहेन । श्रुतिले थुप्रै साउथ इन्डियन फिल्ममा पनि काम गरेकी छिन् । उनले वारनम आयिरम, पृथ्वी। येननामो येधोसहित थुप्रै फिल्ममा काम गरेकी छिन् ।

श्रुतिले फिल्म ‘लक’ बाट बलिउडमा कदम राखेकी थिइन् । यद्यपि, यो फिल्म खासै सफल रहेन । यसबाहेक उनले दिल तो बच्चा हे जी, रमैया वस्तावैया, वेलकम ब्याक र गब्बरजस्ता फिल्ममा पनि काम गरेकी छिन् ।एजेन्सी

 

गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने

काठमाडौं । काठमाडौँको गैह्रिधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सनराइज बैंक लिमिटेडले निर्माण गरेको सेमी पोर्टेबल ट्राफिक लाइट गैह्रिधारामा प्रयोग गरिने भएको हो । बिहीबार सनराइज बैंक लिमिटेडले एक कार्यक्रमकाबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सेमी पोर्टेबल ट्राफिक लाइट हस्तान्तरण गरेको छ ।

उक्त ट्राफिक लाइट गैह्रिधारा चोकमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए । अबको शहर ट्राफिक प्रहरीले हात हल्लाएर मात्रै नचल्ने भन्दै उनले आगामी दिनमा महानगरलाई सभ्य सहर बनाउन प्रविधिको प्रयोगलाई बढाउने बताए । ट्राफिक लाइटले गैह्रिधारा चोकलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उनले विश्वास व्यक्त गरे ।

सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक लाइट निर्माण गरिएको बताए । यसले ट्राफिक नियमको पालना गराउन मद्दत पुग्ने तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने शर्माको भनाई छ । पौडेलले अन्य सामाजिक कार्यमा पनि बैंकले हातेमालो गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

खोप–मित्रता: प्राथमिकतामा जनता, प्राथमिकतामा छिमेकी

सदियौं पुरानो नाता रहेको नजिकको छिमेकी भएको हैसियतले पनि स्वाभाविक रूपले नेपाल भारतको ‘छिमेकी     पहिलो’ नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदारका रूपमा रहेको छ ।

 

‘सम्पूर्ण मानव समुदायलाई कोभिड–१९ संकटविरुद्ध लड्न सघाउ पुर्‍याउन भारतले आफ्नो खोप उत्पादन तथा वितरण क्षमतालाई प्रयोग गर्नेछ ।’

यी माथिका शब्दहरू भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बरमा सांघाई कोअपरेसन अर्गनाइजेसनको काउन्सिल अफ हेड्स अफ स्टेटको बीसौं शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राख्नुभएको हो । क्षेत्रीय तथा वैश्विक सरोकार एवं संकटको विकराल अवस्थालाई ध्यानमा राख्दै एवं खोपको प्रभावकारितामा सम्झौता हुने हो कि भन्दै यस प्रणलाई महात्त्वाकांक्षी एवं आदर्शवादी रूपमा लिइएको थियो ।

महामारी देखा परेसँगै सन् २०२० निकै संघर्षमा बित्यो । पहिले कहिल्यै नदेखिएको तर अत्यन्तै डरलाग्दो, घातक भाइरसले विश्व नै त्रसित पार्‍यो । विश्वव्यापी रूपमा फैलिएको सो भाइरसले २० लाखभन्दा बढीको ज्यान लिनुका साथै धेरै व्यक्तिलाई संक्रमित पार्‍यो र अप्रत्याशित मात्रामा आर्थिक विनाश निम्त्यायो ।

एकातर्फ भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका ‘कोभिड योद्धाहरू’ –स्वास्थ्य सेवामा आबद्ध कर्मचारी तथा स्वास्थ्यकर्मीहरू– कोरोनाभाइरसले मच्चाएको वितण्डालाई कम गर्न आफ्नो स्वास्थ्य र जीवनको पर्बाह नगरी दिलोज्यान दिएर लागिपरे, कैयौं स्वास्थ्यकर्मीले आफ्नो जीवनको बलिदान दिए । अर्कातर्फ, वैज्ञानिकहरूले यस कठिन घडीमा असीमित चुनौतीका बावजुद सञ्जीवनी बुटीसमान खोप बनाई मानवतालाई ठूलो गुन लगाए । यस अर्थमा यी वैज्ञानिकहरू महर्षि धन्वन्तरिभन्दा कम छैनन् ।

kwatra airport vaccine.jpg

भारतमा बनेका दुई प्रकारका खोपहरूको विकासले ढिलोचाँडो संसारले कोभिड–१९ ले निम्त्याएको विषम परिस्थितिबाट मुक्ति पाउनेछ भनी आशा जगाएको छ । तर खोपले प्रभावकारिताका साथ काम गरोस् भन्नका लागि यो पहिले सबभन्दा बढी आवश्यकतामा रहेका व्यक्तिहरूमा पुग्न जरुरी छ । यसका निम्ति हरेक राष्ट्रले सबभन्दा पहिले किफायती दरमा मागलाई पूरा गर्न सक्नुपर्‍यो । दोस्रो, यसलाई वैश्विक सम्पत्ति सम्झेर बुद्घिमत्तापूर्वक प्रयोग गर्नुपर्‍यो । तेस्रो, खोप साझा गर्ने इच्छा राख्नुपर्‍यो । र चौथो, यसलाई आर्थिकोपार्जन गर्ने अवसर वा रणनीतिक फाइदाका रूपमा प्रयोग गर्नुभएन ।

भारतको महामारीको यात्रालाई राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी गरी तीन भागमा बाँड्न सकिन्छ । महामारीको प्रकोप देखा परेसँगै भारतले देशभित्र र छिमेकी मुलुकमा क्षति कम गर्न चालेका रणनीति, अत्यावश्यक औषधि तथा उपकरणको तीव्र उत्पादन, १५० भन्दा बढी साझेदार मुलुकहरूमा औषधि र स्वास्थ्य सामग्रीको आपूर्तिजस्ता अन्य विविध पक्ष हेर्दा अहिलेसम्मको भारतको यात्रा चुनौतीपूर्ण भए पनि उत्साहवर्द्धक रह्यो ।

corona-khop.jpg

गत मार्चमा प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीविरुद्घ लड्न सामूहिक क्षेत्रीय प्रयासका लागि आह्वान गर्नुभयो । सार्क राष्ट्रका प्रमुखहरूसहितको भिडियो कन्फरेन्सको आयोजना गरी महामारीविरुद्घ लड्न साझा रणनीति बनाइनुका साथै कोभिड–१९ सँग लड्न संयुक्त ‘आपत्कालीन कोष’ को स्थापना गरियो । यसका साथै सदस्यराष्ट्रहरूमा महामारीविरुद्घ लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री एवं उपकरणहरूको खरिद र आपूर्तिमा सहयोग गरियो । यसको स्थापनासँगै, सो फोरमले सार्क क्षेत्रका एवं विविध मेडिकल, फर्मास्युटिकल्स, क्लिनिकल ट्रायल, व्यापार तथा अर्थतन्त्र क्षेत्रका विज्ञहरू झिकाई विविध अन्तरक्रियामा सहजीकरण गरेको छ ।

कोभिसिल्ड र कोभ्याक्सिनको उत्पादनसँगै हाम्रो कोभिड–१९ विरुद्धको खोप अभियानको सुरुआत भयो । कोभिसिल्ड खोपको विकास एस्ट्रजेनेका र अक्सफोर्ड विश्वविद्यालयले गरेका हुन् भने यसलाई भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो । कोभ्याक्सिन खोपलाई भने भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्सँगको सहकार्यमा भारत बायोटेकले विकास गरेको हो ।

कोरोनाविरुद्धको क्षेत्रीय प्रयास भारतको स्वतःस्फूर्त आह्वान थियो भने खोपको उत्पादन तथा वितरणमा विश्वव्यापी रूपमा भइरहेको प्रयासमा काँध हाल्ने प्रतिबद्धताको श्रेय भारतको सभ्यतागत विरासतलाई जान्छ । एउटा त्यस्तो विरासत जसले सिंगो विश्वलाई एउटा ठूलो परिवार ठान्छ र समग्र सुरक्षा, विकास तथा समृद्धिमा आफ्नो सन्तुष्टि देख्छ ।

‘सबै सुरक्षित नभई कोही पनि सुरक्षित हुँदैन’ भन्नेमा भारत दृढ विश्वास राख्छ र यही विश्वासको जगमा भारतले आफ्नो क्षमतालाई खोपको विकास तथा वितरणमा केन्द्रित गर्ने संकल्प गरेको हो । कोभिड–१९ विरुद्धको देशव्यापी खोप अभियान माघ ३ गतेदेखि सुरु गरियो र त्यसको चार दिनमै छिमेकीसहित प्रमुख साझेदार देशहरूमा खोप पठाइयो ।

खुला सिमानाका कारण कायम रहेको दुई देशको जनस्तरीय सम्बन्ध र सदियौं पुरानो नाता रहेको नजिकको छिमेकी भएको हैसियतले पनि स्वाभाविक रूपले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदारका रूपमा रहेको छ । भारतले नेपाललाई निरन्तर कोरोनासम्बन्धी आवश्यक सहयोग गरिरहेको छ । नेपालको आवश्यकतालाई ध्यानमा राख्दै भारतले नियमित अन्तरालमा आरटी–पीसीआर परीक्षण किट, औषधि, आईसीयू भेन्टिलेटर, आधुनिक एम्बुलेन्स तथा एन्टिभाइरल रेमडेसिभिर सुई उपलब्ध गराउँदै आएको छ ।

pokhara vaccine.jpg

यही माघ ८ गते भारतमा उत्पादित कोभिड–१९ विरुद्धको १० लाख डोज खोप मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्राप्त गर्ने सुअवसर पाएको थिएँ । मसँगै नेपालका माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी हुनुहुन्थ्यो । मन्त्री त्रिपाठी र उहाँको नेतृत्व टोलीले खोपको सहज ढुवानीका लागि आवश्यक प्रक्रिया मिलाउन सकारात्मक तथा अहम् भूमिका निर्वाह गर्नुभयो । सोही दिन बेलुकी मलाई सो खोप सामग्री नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारस्थित उहाँको सरकारी निवासमा औपचारिक रूपमा हस्तान्तरण गर्ने सुअवसर प्राप्त भयो । कोभिड–१९ विरुद्धको उक्त खोप भारतका जनताले नेपालका जनतालाई उपहारस्वरूप प्रदान गरेका हुन् र त्यो नेपालका स्वास्थ्यकर्मी एवं अग्रपंक्तिमा कार्यरत व्यक्तिहरूलाई दिइनेछ ।

भारतको खोप अभियान सुरु भएको पाँच दिनमै भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोप पहिले प्राप्त गर्ने थोरै मुलुकमध्ये एक नेपाल पनि रहेको छ । हालै नयाँ दिल्लीमा सम्पन्न भारत–नेपाल संयुक्त आयोगको छैटौं बैठकको दौरान भारतका विदेशमन्त्रीले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई वचन दिएको एक हप्ता नबित्दै कोभिड–१९ विरुद्धको खोप काठमाडौंमा आइपुग्यो ।

महामारीको यो समय यद्यपि हाम्रा लागि परीक्षाको घडी थियो तथापि यसले हामीबीचको गहिरो सम्बन्धलाई थप उजागर गरेको छ । महामारीले निम्त्याएको कठिन परिस्थितिबीच पनि सीमामा नेपालीलाई घर फर्किने व्यवस्था मिलाउन होस् या अत्यावश्यक सामानको ढुवानी गर्न, हामीले आपूर्ति शृंखलालाई कायमै राख्यौं । सीमामा रहेका दुवै पक्षका अधिकारी तथा कर्मचारीले यसतर्फ प्रभावकारी रूपमा समन्वय गरेका छन् ।

धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा भारत र नेपालबीचको प्रगाढ सम्बन्ध विद्यमान छ । मलाई विश्वास छ, ‘खोप–मित्रता’ पहल हामीबीचको सम्बन्धमा अर्को स्वर्णिम अध्याय हुनेछ । नेपाल माघ १४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियानमा प्रवेश गरेको छ । यस अवसरमा नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा सफलताको शुभकामना व्यक्त गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । महामारीविरुद्धको हाम्रो सामूहिक लडाइँमा भारतका जनता नेपालका जनतालाई यस महामारीलाई जित्नका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न सदैव तत्पर छन् ।

शान्ति मन्त्रमा भनिएजस्तै म नेपाली जनताको सम्पूर्ण बाधा–अड्चन हटाई सबैमा शान्ति, सुस्वास्थ्य, समृद्धि र सन्तुष्टि ल्याउने विश्वास गर्छु ।

ॐ सर्वेशां स्वस्तिर्भवतु ।

सर्वेशां शान्तिर्भवतु ।

सर्वेशां पूर्णं भवतु ।

सर्वेशां मंगलं भवतु ।

ॐ शान्तिः शान्तिः शान्तिः ।।

(नेपालका लागि भारतीय राजदूत क्वात्राले लेखको यो लेख हामीले कान्तिपुरबाट साभार गरेका छौ ।)

घुस लिएको आरोपमा चीनमा कम्युनिस्ट पार्टीका वरिष्ठ नेता पक्राउ

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका हेनान प्रान्तका एक वरिष्ठ नेता घुस लिएको आरोपमा पक्राउ परेका छन् । चाइना डेल्लीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको हेनानको प्रान्तीय कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका वाङ योङ बिहीबार पक्राउ परेका हुन् ।

चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेट (एसपीपी)ले यसअघि घुस लिएको आरोपमा वाङलाई पक्राउ गर्ने निर्णय गरेको थियो । राष्ट्रिय नियमन आयोगले वाङ घुस काण्डमा संलग्न देखिएको भन्दै फौजदारी अनुसन्धान तथा अन्य कारबाहीको लागि सिफारिस गरेको एसपीपीले बताएको छ ।

पार्टीको अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको भन्दै वाङलाई चिनियाँ कम्युनिष्ट पार्टी र सार्वजनिक कार्यालयबाट हटाइएको छ ।

प्रधानमन्त्री कपः आर्मीद्वारा वाग्मतीलाई २३० रनको लक्ष्य

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २३० रनको विजय लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल बनायो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक  ६५ रनको योगदान दिए ।

त्यसैगरी भीम सार्कीले ४० रन जोड्दा विक्रम सोबले ३५ रन बनाए । लोकेश बमले २३, सुशन भारीले १६  तथा कप्तान विनोद भण्डारीले १० रन जोडे । यता वाग्मतीका गौतम केसी एक्लैले पाँच विकेट लिए । आज दुवै टिम जित निकाल्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा एपिएफसँग भिड्नेछ । यसअघि भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।रासस

बेइजिङमा नागरिकलाई बाहिर ननिस्किन आग्रह

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका छन् ।

हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका हुन्छन् ।

तर यहाँका स्वास्थ्य अधिकारीहरुले भने चीनमा दिन प्रति दिन कोरोना भाइरसका सङ्क्रमितहरु भेटिएको जानकारी गराएका छन् । चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका हुन् । उनले पछिल्ला केही दिनहरुमा चीनका बेइजिङसहितका अरु पनि विभिन्न सहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो । यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ ।चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनहरुमा भने यहाँ फेरि यसका संक्रमितहरु देखिन थालेका चीन सरकारले जनाएको छ ।

चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरुका अनुसार बुधबार मात्र चीनमा कोरोना भाइरस ५४ जनामा नयाँ संक्रमण देखिएको हो । तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु संक्रमितहरु भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो ।

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ संक्रमित भेटिएका छन् । यहाँका स्थानीय नागरिकहरुबाटै ती जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

पीसीआर मेसिन खरिद गर्दै प्रदेश १ सरकार

विराटनगर । कोभिड–१९ विरुद्ध खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरेको हो । लगभग दुई करोड ५० लाख रुपैयाँमा मेसिन खरिदका लागि माघ ११ गते टेण्डर आह्वान गरिएको छ ।

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामै चारवटा पीसीआर मेसिन छन्, जसमध्ये एउटा मात्र सञ्चालनमा छ । दुईवटा पोर्टेबल मेसिन थन्किएका छन् । स्वीस सरकारबाट अनुदानमा आएको रोस कम्पनीको मेसिन रिएजेन्ट किट नभएर प्रयोगविहीन छ ।

तर प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोरोना जाँचका लागि एउटा मात्र मेसिन सञ्चालन गरेको छ ।

प्रदेश १ मै कोशी अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मेची अस्पताल झापा, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर मेसिन छन् । विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र न्यूरो अस्पतालमा पनि पीसीआर मेसिन सञ्चालनमा छन् । हिजोआज परीक्षणका लागि पर्याप्त स्वाब नआउँदा ल्याबहरु पूर्ण क्षमतामा पनि चलेका छैनन् ।

तर प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने नयाँ पीसीआर मेसिन खरिद गर्ने तयारी गरेको छ । ‘प्रदेश १ प्रयोगशालामा दुई वटा चाइनिज र एउटा रोस कम्पनीको मेसिन प्रयोगविहीन छ । बिग्रिएको हो भने मर्मतका लागि दुई वर्षको वारेन्टी हुन्छ’ स्रोतले भन्यो, ‘तर फेरि सोही प्रकृतिको मेसिन खरिद गर्नु गलत हो ।’

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी प्रकाश कार्कीले आधुनिक प्रविधिको अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरिएको बताए । उनकाअनुसार यो मेसिनमा कोरोना मात्र नभई अन्य रोगको पनि जाँच हुन्छ । ‘खरिद गर्न खोजेको मेसिन अटोमेटिक हो । स्वाब हालेपछि एकै पटक रिपोर्ट आउँछ’ उनले भने ‘अन्य रोगको पनि जाँच गर्न सकिन्छ ।’

प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले चालु आर्थिक वर्षको बजेटमा बजेट छुट्याइएकाले मेसिन खरिदका लागि प्रक्रिया सुरु गरेको जानकारी दिए । उनका अनुसार प्रदेश १ प्रयोगशालाको नयाँ संरचना पनि बनिरहेकाले अन्य परीक्षण पनि गर्न मिल्ने खालको मेसिन खरिद गर्न लागिएको हो ।

सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि मेसिनरी उपकरण खरिदका लागि चालू आर्थिक वर्षमा ४ करोड १३ लाख ९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

‘पैसा त अरूले पनि खेलाउँछन्, युवाले नयाँ इतिहास रच्नुपर्छ’

 काठमाडौं । ‘यी राजनीतिक दलले मेरा कुरा सुन्दैनन् । केपी ओली, माधव नेपाल, प्रचण्ड, झलनाथ, शेरबहादुरहरूले मेरो कुरा सुनेर के सप्रिन्छन् ? मेरो आस्थाचाहिँ युवाहरूमा हो । मैले नयाँ पुस्तालाई मात्र सुझाव दिन्छु । म नयाँ पुस्तामा भर गरेर बसेको छु ।’

नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेले विशालनगरस्थित निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै माथिका वाक्यहरू बोलेका हुन् ।

उमेर र स्वास्थ्यका कारण पाण्डे अहिले सडकमा आएका छैनन् । तर आवश्यक परेमा आफू सडकमा उत्रन तयार रहेको उनले बताए ।

प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले नागरिक समाज आन्दोलित छ । केही हप्तायता काठमाडौंमा नागरिक समाजले निरन्तर प्रदर्शन र खबरदारी गरिरहेको छ । सरकारले नागरिक आन्दोलनमाथि दमनसमेत गरेको छ ।

अहिलेको नागरिक आन्दोलनले धेरैलाई २०६२/६३ सालको जनआन्दोलनको झल्को दिएको छ । १९ माघ २०६१ मा राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि लोकतन्त्रका लागि आन्दोलनमा उत्रनेमध्येका एक नेता थिए, नागरिक समाजका अगुवा डा. पाण्डे । उनीलगायतका धेरै नागरिक अगुवाको आन्दोलनले दलहरूको आन्दोलनलाई ठूलो टेवा दिएको थियो ।

तर नेपालमा किन पटक–पटक लोकतन्त्रको हरण हुन्छ र नागरिकहरू यसरी सडकमा उत्रन बाध्य हुनुपर्छ ? के कारणले नेपालको लोकतन्त्रले स्थायित्व पाउन नसकेको होला ? यिनै राजनीतिक-वैचारिक प्रश्नहरूका साथै नागरिक आन्दोलनमा अबको पुस्ताको दायित्वबारे अनलाइनखबरकर्मी कमलदेव भट्टराई र विश्वास खड्काथोकीले डा. पाण्डेसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

देशमा अब तेस्रो जनआन्दोलन सुरु भएको हो ?

नाम त जे दिए पनि भयो । तेस्रो जनआन्दोलन भन्न पाइयो होला । फेरि २००७ सालका लागि के भन्ने कुरा पनि आउँछ । जे होस्, नयाँ जनआन्दोलनको घोषणा गरेजस्तो लाग्यो मलाई । अस्तिको आन्दोलन हेर्दा त हो कि जस्तो पनि लाग्यो । किनभने, उनीहरूसँग सत्ता त्रसित नभएको भए त्यत्रो बर्बता देखाउँदैन’थ्यो ।

यस्तो किन भयो भने सत्ताले आफूमा कमजोरी देख्यो र नागरिक आन्दोलनमा बल । हामी १० साउन २०६२ सालमा पनि त्यसरी नै आन्दोलनमा निस्किएका थियौं । तर त्यतिबेला हामीलाई कुटपिट गरेर, पक्रेर लग्यो । अर्को दिन छोड्यो, फेरि आन्दोलन थालिहाल्यो । पछि दमन भयो ।

२०६२ मा तपाईंहरूले व्यापक नागरिक आन्दोलन छेड्नुभयो । तर योबीचमा तपाईंहरूको आन्दोलन शिथिल बन्यो । सत्ताको खराब प्रवृत्तिलाई प्रश्न गरिराख्ने, आन्दोलनमा आइराख्ने जमात कमजोरजस्तो देखियो । नागरिक समाज यसरी सेलाउनुको कारणचाहिँ के हो ?

नागरिक समाज कुनै संगठन होइन, आन्दोलन हो । संगठन सधैं चलिरहन्छ, आफ्नो कार्यक्रम बनाइरहन्छ । तर नागरिक आन्दोलन ‘लुज फोरम’ हो, यो सधैं चलिरहनुपर्छ भन्ने थिएन । तर, एउटा बिन्दुमा आएर हामी शिथिल भएकै हो । शिथिल हुनुका पछाडि थुप्रै कारणहरू छन् ।

अहिले व्यवस्था नै परिवर्तन गर्ने भन्ने छैन । यो त व्यवस्था टिकाउनका लागि गरिने आन्दोलन हो । तर व्यवस्था टिकेर मात्र पनि भएन, यसमा सुधार पनि गर्नुपर्छ ।

पहिलो संविधान सभामै नागरिकबाट प्रशस्त दबाब दिन सकेको भए दोस्रो संविधान सभाको आवश्यकता पर्ने थिएन । नागरिक आन्दोलन किन यस्तो भयो भने त्यो पार्टीका र दलहरूको छाप नागरिक आन्दोलनमा पर्‍यो । जसले गर्दा हामीहरूबीच नै आरोप–प्रत्यारोपहरू हुन थाले ।

कुरा त्यति मात्र होइन, हामी भएनौं त अरू आउनुपर्थ्यो नि ! त्यसैले नागरिक समाजको चरित्रमै अलिकति प्रश्न गर्नुपर्ने छ । पार्टीहरु जसरी विभाजित छन्, त्यसै गरी नागरिक समुदाय पनि विभाजित छ । नागरिक भएर दबाब दिनका लागि त निष्पक्ष हुनुपर्छ । लोकतन्त्रवादी, आस्थावान्, मुलकलाई प्रेम गर्ने, आमजनताप्रति हाम्रा पनि केही जिम्मेवारी छ है भन्ने जवाफदेही बोध हुनुपर्छ । तर यस्तो समूह साह्रै सानो भयो ।

डाक्टर, वकिल, पत्रकार, अधिवक्ता सबै पार्टीमा विभाजित भए । पार्टीको प्रत्यक्ष सदस्य पनि भए। दलमै एउटा पहुँच नभइकन बाँच्नै सकिँदैन भन्ने भयो । सके एउटा पद लिने, नत्र पार्टी वा नेताको नजिक भइरहने बाध्यताको शिकार पनि भए ।

केपी ओलीले संसद विघटन गरेपछि नागरिक आन्दोलनमा नयाँ अनुहारहरू पनि देखिएका छन् । यिनीहरूको भविष्य कस्तो देख्नुहुन्छ ?

उनीहरू भर्खरै आएका छन् । अहिले त उनीहरूलाई हेर्ने हो । उनीहरू जुन काममा लागेका छन्, त्यो मुलुकका निम्ति अतिआवश्यक छ । संविधान बनेपछि एउटा असन्तोष समुदायमा, समाजमा थियो । सरकारले जनउत्तरदायी भएर काम नगरेको, बहुसंख्यक जनताको ठूलै तप्का राज्यमा आफ्नो कुनै सहभागिता नभएको भन्नेजस्ता समस्या छँदै थिए । सामान्य सेवाग्राहीहरूले पनि सेवा नपाउने, दिनानुदिन भ्रष्टाचार, त्यसमाथि संसद पनि विघटन भएपछि उनीहरू सडकमा आउन जरुरी थियो ।

अहिलेको नागरिक आन्दोलनले पहिलेका कमजोरी सच्याएर लामो यात्रा तय गर्नुपर्छ र यो यात्रा निकै कठिन छ पनि भनिरहनुभएको छ । अहिलेको नागरिक समाजको दायित्व र कर्तव्य के-के हुन् ?

हामी आन्दोलनमा लाग्दा एकातिर ज्ञानेन्द्रको निरंकुश सत्ता थियो । माओवादी जंगलमा थियो । सात दल अलपत्र थियो । त्यतिबेला जतिसुकै गाह्रो भए पनि हामीलाई दिशाबोध गर्न, एजेण्डा बनाउन त्यति गाह्रो थिएन । हामीले गर्ने कुरा दुईवटा मात्र थिए, एउटा- निरंकुश सत्ता नमान्ने अनि सात दललाई पनि अधिकार दिलाउन सहयोग गर्ने । अर्को– माओवादीलाई जंगलबाट ल्याएर शान्ति प्रक्रियामार्फत नयाँ राज्य व्यवस्था स्थापना गर्ने । त्यो राज्य व्यवस्था भनेको पुनर्संरचना हुनुपर्छ, समावेशी, समानुपातिक प्रतिनिधित्व, न्यायप्रति समर्पित हुनुपर्छ भन्ने थियो, भयो पनि । तर हामी शिथिल भएकै कारण अहिले यो अवस्था आइपुग्यो ।

अहिले व्यवस्था नै परिवर्तन गर्ने भन्ने छैन । यो त व्यवस्था टिकाउनका लागि गरिने आन्दोलन हो । तर व्यवस्था टिकेर मात्र पनि भएन, यसमा सुधार पनि गर्नुपर्छ । भनेपछि, यो आन्दोलन साँच्चिकै लामो र कठिन छ ।

विघटित संसद पुनर्स्थापित भयो भने पनि नेताहरू त यिनै हुन् । फेरि आन्तरिक लोकतन्त्र सुदृढ नहुने, युवाले मौका नपाउने, नयाँले स्थान नपाउने भयो भने फेरि संघर्ष गर्नुपर्ने हुन्छ । सरकारलाई उत्तरदायी बनाउन, संविधान अनुरूपको काम गर्न, राजस्वको दुरूपयोगबाट जोगाउन र संविधानमा कमजोरी छन् भने त्यसमा संशोधन गर्न नागरिक आन्दोलनको खबरदारी चलिरहनुपर्छ । फेरि विघटित संसद पुनर्स्थापना भएन भने त मै बुढो पनि सडकमा आउनुपर्छ ।

उसोभए, यो व्यवस्थालाई टिकाउन लागि निरन्तर नागरिक आन्दोलन जरुरी हो ?

व्यवस्था टिकेर मात्रै पुग्दैन, यो व्यवस्था आमनेपाली जनताका निम्ति सार्थक हुनुपर्छ । जातजाति, शोषित पीडित, महिला, सबैप्रति जिम्मेवार हुनुपर्छ र विकासलाई नारा मात्रै बनाउन भएन। विकासलाई साँच्चिकै अभियानका रूपमा सञ्चालन गर्नुपर्छ।

त्यस्तै, सरकारको पनि निश्चित दिशाबोध हुनुपर्‍यो । प्राथमिकता निर्धारण हुनुपर्‍यो । जे मन लाग्यो, त्यही प्रोजेक्ट बनाउँदै राष्ट्रिय गौरव भन्दै हिँडेर हुँदैन । व्यक्ति, पार्टी विशेषको फाइदाका निम्ति स्रोत साधनको दुरुपयोग हुनु भएन । सर्वोच्च वास्तवमा स्वतन्त्र हुनुपर्‍यो। त्यसका नियुक्ति प्रक्रिया के हुन् ? त्यहीँनेर पो दोष छ कि ? न्यायाधीशहरू न्यायाधीशजस्ता हुनुपर्‍यो, दलजस्ता होइन । त्यो गर्नका लागि नागरिक चाहिन्छ-चाहिन्छ । सधैं निगरानी हुनुपर्छ ।

विसं. २००७ सालमा नेपालमा प्रजातन्त्र आयो । त्यसपछि अहिलेसम्म अस्थिरता मात्र छ । किन नेपालको लोकतन्त्र जहिल्यै यसरी खतरामा परिरहन्छ ?

लोकतान्त्रिक परिवर्तनका निम्ति आन्दोलन गरेर संरचना बनाउन सजिलो छ । तर त्यसअनुसार काम गर्नका लागि चाहिने संस्कृति विकास गर्न कठिन हुँदोरहेछ । तर कठिन हुन्छ भनेर छोड्ने कुरा भएन । किनकि, योभन्दा अर्को उत्तम व्यवस्था छैन । यो पिँढीले नसके अर्को पिँढीले गर्छ ।

त्यस्तो लोकतान्त्रिक संस्कृतिको विकासका लागि राजनीतिक दलहरूको मुख्य भूमिका हुनुपर्ने हो तर राजनीतिक दलको निर्माण वा चरित्र नै लोकतान्त्रिक नभएर यो समस्या आएको हो कि ?

२०४६ सालको आन्दोलनमा निर्दलीय पञ्चायती व्यवस्थाले भएन, बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था चाहियो भनियो । बहुदलीय व्यवस्था भनेको विचारहरूबीचको प्रतिस्पर्धा हो । त्यो विचार बोक्ने, विचारको व्याख्या गर्ने, त्यसका आधारमा कार्यक्रम बनाउने अनि जनताको हितमा कार्यान्वयन गर्ने पार्टीहरूले नै हो ।

उत्तराधिकारीका लागि पनि विधि बसेन । हामीसँग होनाहार युवाहरू छन् । तर उनीहरुले स्थान नै पाउँदैनन् । पार्टीभित्र पनि योग्य कार्यकर्ता छानिने परिपाटी भएको भए त बुढापाका भएका दुई/चारचोटि पदमा बसेर क्षमता देखिइसकेका नेताहरू पन्छिनुपर्थ्यो ।

तर, अधिकांश दलको मुख्य कमजोरी आन्तरिक लोकतन्त्र भएर आइदियो । मुलुकमा लोकतन्त्र छ तर दलमा छैन । फेरि लोकतन्त्र सञ्चालन गर्ने अभिभारा उनीहरूलाई नै छ ।

जसरी सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ, त्यसैगरी दलहरू आफ्ना पार्टी सदस्यप्रति जवाफदेही हुनुपर्‍यो । पारदर्शी हुनुपर्‍यो । आफ्नो विचार र आस्थाका बारेमा दृढ हुनुपर्‍यो । त्यसैअनुरुपको कार्यक्रम गराउनुपर्‍यो र त्यसका लागि छलफल हुनुपर्‍यो। तर दुई/तीनजना शीर्षस्थ नेताले नीति बनाउने अनि बाँकी कार्यकर्ताले ताली बजाउने र एक आपसमा जुध्ने परम्परा बस्यो । आन्तरिक लोकतन्त्रको प्रणाली नभएर नै यस्तो भएको हो ।

त्यस्तै, अर्को महत्वपूर्ण कुरा भनेको उत्तराधिकारका लागि पनि विधि बसेन । हामीसँग होनाहार युवाहरू छन् । तर, उनीहरूले स्थान नै पाउँदैनन् । पार्टीभित्र पनि योग्य कार्यकर्ता छानिने परिपाटी भएको भए त बुढापाका भएका दुई/चारचोटि पदमा बसेर क्षमता देखिइसकेका नेताहरू पन्छिनुपर्थ्यो । एकाध लोकतन्त्रका नाममा अधिनायकवाद चलेको ठाउँबाहेक संसारभरि हुनुपर्ने र भएको यही हो ।

०६२/६३ जनआन्दोलनपछि लोकतान्त्रिक संघीय गणतन्त्रजस्तो ठूलो उपलब्धि भयो भनिन्छ । तर यहाँले भनेजस्तो आन्तरिक लोकतन्त्र नभएका दलहरूले ल्याएको व्यवस्थाले जनताचाहिँ कत्तिको लाभान्वित भए ?

जनआन्दोलनको आदेश के थियो ? त्यसबाट हामीले दुईवटा कुरा खोजेको हो । एउटा- माओवादीबाट मच्चिरहेको हिंसाको अन्त्य गर्नु थियो । सहकार्यको माध्ययमबाट उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउनका लागि दलहरुलाई तयार गर्नु थियो । त्यो समझदारीको अन्तिम बिन्दु भनेको संविधानसभा भयो । संविधान निर्माणका क्रममा राजनीतिक किचलो भयो । देशी–विदेशी हरेक तत्वहरूको प्रभाव रह्यो । तर पनि संविधान सभाले संविधान जारी गर्‍यो । तर त्यसमा त्रुटि, कमजोरीहरू छन् । मधेसी, दलित, जनजाति, महिलाहरु एकातिर छन्, हामीलाई पाखा पारियो भन्ने समाज छँदैछ ।

 

अर्को– जनादेशअनुरुप सुशासन खोजेको हो । समावेशी, न्याय, समानता, विपन्न तथा शोषित–पीडित जनताको हितमा काम गर्ने व्यवस्था खोजेको हो । यसमा ध्यान नपुगेको गुनासो त छँदैछ ।

यसमाथि फेरि अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघटन गरे । त्यसैले यो मात्रै मुख्य मुद्दा भने होइन । मुद्दा त जुन प्रणाली छ, जुन प्रणालीमा संविधान जारी भयो, त्यसको सञ्चालन लोकतान्त्रिक भइरहेको छैन । लोकतान्त्रिक हुने सबैभन्दा महत्वपूर्ण आधार जनउत्तरदायी सरकार हो । सरकार मात्र नभएर प्रतिपक्ष पनि हुनुपर्छ । यो पनि भएन ।

हुँदा-हुँदा भइरहेको संसद पनि विघटन भएपछि जनताका भएका अधिकार पनि गुम्ने खतरा भयो । अहिले नागरिकहरू आन्दोलित भएको पनि यही कारणले हो जस्तो लाग्छ ।

दलहरू र सरकारले पनि आन्तरिक लोकतन्त्र सुदृढ नगर्ने अनि जनताले पनि खबरदारी नगर्ने जस्तो अवस्था पनि देखियो । व्यवस्था यो हालतमा आइपुग्नुमा जनताबाट खबरदारी नहुनु पनि जिम्मेवार विषय हो ?

पक्का हो । जनता भन्नाले बुद्धिजीवी भनिने हामी सबै पर्छौं । ०४७/४८ सालमा निर्वाचन भएपछि एक वर्ष म अर्थमन्त्री भइटोपलें । त्योबेलामा पनि ठूलो चासो यही विषयमा थियो । त्यतिबेला सेमिनार गोष्ठीहरू थुप्रै हुन्थे, त्यसका लागि आईएनजीओ, एनजीओहरू छँदै थिए । निर्दलीय व्यवस्था हटेर बहुदलीय व्यवस्था आयो । तर बहुदलीय व्यवस्थालाई जनताका निम्ति सार्थक कसरी बनाउने, दलहरुलाई उत्तरदायी कसरी बनाउने भन्ने छलफल हुँदा–हुँदा एउटा महत्वपूर्ण मुद्दा बनेको थियो- खबरदारी ।

हामीले देशमा संस्थाहरूको विकास गर्दा त्यसलाई पनि स्थिर बनाउन सकेनौं कि ?

यसमा पनि दलहरूकै कमजोरी हो । न्यायपालिकामा के भएको छ ? राष्ट्रिय सभामा मनोनित कसरी गरिन्छ भनेर हेरियो भने पनि स्पष्ट चित्र आउँछ । यी सबै दलीयकरण भए ।

अहिलेको संविधानमा त्यस्तो छिद्र छ जस्तो मलाई लाग्दैन । संविधानविद्, पूर्वप्रधानन्यायाधीशहरूले पनि यसलाई असंवैधानिक कदम नै भनेका छन् ।

माथिल्लो सदन राष्ट्रिय सभामा मनोनयन हुने मानिसहरु चुनावमा हारेकाहरु होइनन् । पार्टीका मान्छे पनि होइनन् । त्यसमा बौद्धिक, जगत, सञ्चार जगत, सांस्कृतिक, साहित्यिक जगतका होनाहार मान्छेलाई ल्याउने हो । जसले मुलुकको विकासमा योगदान गर्न सक्छन् । कम्तीमा विमर्शमा उत्रिएर नयाँ नयाँ विचारहरू ल्याउन सक्छन् । तर, पार्टीको भरमा भागबन्डा गर्ने काम ०४७ सालदेखि नै सुरु भयो ।

हुँदा-हुँदा न्यायपालिका सर्वोच्च अदालतमा भागबण्डा, अख्तियारमा भागबण्डा, प्राज्ञिक संस्थाहरूमा भागबण्डा, विश्वविद्यालयहरूमा भागबण्डाको प्रचलन बसाइयो । यो लोकतन्त्र भनेको खाली दलहरुलाई मात्र हो कि जस्तो भइदियो ।

लोकतान्त्रिक संस्कृतिको कुरा गर्दा ०४७ देखि ०६१ सालसम्म जस्तो थियो, अहिले आएर पनि त्योभन्दा फरक हुन सकेन । बरू अरू विकृतिहरू आए कि भन्ने चिन्ता हुन थालेको छ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका छन् । नागरिक समाजलगायत कतिपय राजनीतिक दलहरू आन्दोलनमा छन् । संविधानमै छिद्र भएका कारण ओलीले संसद विघटन गरेका हुन् या यो उनको साच्चिँकै तानाशाही प्रवृत्ति हो ?

तानाशाह भन्ने शब्द प्रयोग नगरिहालौँ । पहिले–पहिले थुप्रै गर्थेँ, बुढेसकालमा गर्दिनँ अब । तर, आफूलाई बडो शक्तिशाली र मैले भनेको मात्रै ठीक भन्ने प्रवृत्ति एउटा नेता वा सरकार प्रमुखमा विकास हुन्छ भने उसले जस्तोसुकै संविधानमा पनि छिद्र देख्ने गर्छ । त्यहाँ छिद्र होस् वा नहोस् ।

तत्कालीन राजा महेन्द्रले पुस १ गते संविधानमै टेकेर संसद विघटन गरेको भनिदिए । जुन संविधान २०१५ सालदेखि आफैंले बोकेर ल्याएका थिए, त्यही संविधानमा टेकेर संविधान खारेज गरिदिएँ भन्ने पनि कहीँ हुन्छ ?

अहिलेको संविधानमा त्यस्तो छिद्र छ जस्तो मलाई लाग्दैन । संविधानविद्, पूर्वप्रधानन्यायाधीशहरूले पनि यसलाई असंवैधानिक कदम नै भनेका छन् ।

विगत र आगतमा इतिहासले मलाई कसरी सम्झिन्छ भन्ने हुनुपर्‍यो । ठूला मोटर चढ्ने, पैसा खेलाउने त अरूले पनि गर्छन् नि । युवाले नयाँ इतिहास रच्नुपर्छ ।

मैले बुझेको के भने ०४८ सालकै चुनावलाई हेर्दा नेपाली कांग्रेसले त्यति ठूलो मत ल्याएर पनि पाँच वर्ष सरकार टिकाउन सकेन । किनकि अहिलेको जस्तै पार्टीभित्र आन्तरिक किचलो भयो र संसद विघटन गरिदिए । त्यसपछि स्थायी सरकार हुँदै भएन । चुनाव खर्चिलो हुन्छ, एउटा सरकारले पाँच वर्ष राम्रैसँग काम गरोस् भन्ने थियो । तर त्यो हुन नपाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए ।

अहिलेको एउटा राम्रो कुरा के भने त्यहीबेलाको अनुभवबाट यो सरकार घरिघरि ढल्ने, पार्टीभित्र कमजोरी भयो कि प्रधानमन्त्रीले संसद विघटन गर्ने परिपाटीको अन्त्य होस् भनेरै संविधानको धारा ७६ ल्याइएको हो ।

ओलीको कदम महेन्द्र प्रवृत्तिकै पुनरावृत्ति हो त ?

मै शक्तिशाली हो, मैले कसैको कुरा सुन्नुपर्दैन भन्ने भएपछि त त्यसको पुनरावृत्ति भइहाल्छ । राजा त राजा हो, यिनीहरू त जनताबाट निर्वाचित हुन् । राजाले त्यस्तो कदम चाल्दा पनि तिमी जनताको प्रतिनिधि हौं भन्न मिल्छ कि मिल्दैन, मलाई थाहा छैन । तर यिनीहरु त दुईतिहाइ लिएर बसेका जनताका प्रतिनिधि हुन् । यो त राजाको भन्दा पनि गैरजिम्मेवारीपना जस्तो देखियो ।

अन्त्यमा, नयाँ नागरिक समाज र राजनीतिक दलहरूले लिनुपर्ने कोर्समा यहाँको सुझाव के छ ?

मैले नयाँ पुस्तालाई मात्र सुझाव दिन्छु । यी राजनीतिक दलले मेरा कुरा सुन्दैनन् । विकासको कुरा होस् वा लोकतन्त्रको, म नयाँ पुस्तामा भर गरेर बसेको छु । केपी ओली, माधव नेपाल, प्रचण्ड, झलनाथ, शेरबहादुरहरूले मेरो कुरा सुनेर के सप्रिन्छन् ?

मेरो आस्थाचाहिँ युवाहरूमा हो । युवा भन्नाले उमेरमा मात्र हुँदैन । युवा भनेको सबैभन्दा पहिलो कुरा त कल्पनाशीलता हो, नयाँ विचार, आधुनिक सोच हो । त्यसपछि कार्यशैली, सु-संस्कृति, लोकतान्त्रिक विधिअनुसार चल्नेखालको चाहियो ।

यस्ता नयाँ अनुहार पार्टीमा, सरकारमा, सञ्चार, हरेक ठाउँमा चाहिएको छ । कतिपयले भन्छन् कि हामीलाई चल्नका लागि पैसा चाहिन्छ डा. साब, पार्टीमा अप्ठ्यारो छ भन्छन् । चाहिन्छ पनि तर त्यो पारदर्शी तरिकाले हुनुपर्छ । कतिपय युवाहरूले पार्टीमा टिक्न पनि सम्झौता गरिरहेका छन् । यो प्रवृत्ति हो । तर सामाजिकीकरणको जरुरी छ । घरमा बाबु खराब भयो भने आफू पनि खराब हुने कि केही नयाँ सिकेर, सुध्रिएर जाने ?

नेतृत्व र सरकारमा बसेकाहरूमा इतिहासको बोध हुनुपर्‍यो । विगत र भविष्यमा इतिहासले मलाई कसरी सम्झिन्छ भन्ने हुनुपर्‍यो । ठूला मोटर चढ्ने, पैसा खेलाउने त अरूले पनि गर्छन् नि । युवाले नयाँ इतिहास रच्नुपर्छ । डा. देवेन्द्रराज पाण्डे भन्छन् :