१७ माघ २०७७, शनिबार ०९:२३ – Page 6 – Nagarikabhiyan : National News

कांग्रेसका युवा नेता चापागाइँद्वारा ओलीको भित्री कुराको भण्डाफोर!

काठमाडौं । नेपाली कांग्रेसका यवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले प्रधामन्त्री केपी ओलीले निर्वाचन गराउनका लागि संसद भङ्ग गरेको भ्रममा पर्न नहुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले रत्नपार्कस्थित शान्तिबाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै चापागाइँले ओलीले संविधानको उल्लंघन गरेको बताए । उनले संविधानको रक्षाका लागि तरुणहरू बलिदान दिन तयार रहेको बताएका छन् ।

‘हामीले संविधानलाई जस्ताको त्यस्तै लिकमा हिँडाउन सकनेनौँ भने यो मुलुकमा निर्वाचन गर्नको लागि केपी ओलीले संसद विघटन गरेको होइन । हामी भ्रममा पर्न हुँदैन’, उनले भनेका छन् ।
‘प्रतिस्पर्धा गर्नुपर्दा हामी कुनै पनि पार्टीसँग मिलेर जानु पर्दैन’, चापागाइँले भने, ‘कांग्रेस आफ्नै खुट्टामा उभिएर हाम्रो आफ्नो राजनीति र नेपाली जनता चाहनाअनुसारको राजनीति संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजान अग्रसर हुनुपर्छ ।’

‘संविधानको संरक्षण कसरी गर्नुपर्छ भनेर हामी तरुण युवाहरू कांग्रेसले जस्तो निर्णय गर्छ संविधानको पहरेदारीका लागि कार्यान्वयन र जीवित गराउन चाहन्छौँ’, उनले भने, ‘अदालतलाई पनि सुरक्षा दिन नेपाली युवाहरू तयार छन् ।’

‘पहिलो संविधानसभाका बेला यी कम्युनिस्टहरूले सबैभन्दा धेरै मत पाउँदै गर्दा, १७ हजार मान्छे मार्दै गर्दा, मान्छे मारेर १४ वर्ष जेल बस्दै गर्दा, यही संविधानको परिकल्पना गरेका थियौँ भन्ने कम्युनिस्टहरूले जनताले ठूलो मत दिँदा पनि संविधानसभा मार्फत पनि संविधान दिन सकेनन्’, युवा नेता चापागाइँले भनेका छन्, ‘संविधान बनाउन कांग्रेस आउनु पर्यो ।’

‘कांग्रेसले यो मुलुकलाई संविधान दियो । सुशील कोइरालाको नेतृत्वमा संविधान बन्यो’, उनले भने, ‘सभापति शेरबहादुर देउवाले संविधानलाई कार्यान्वयनतर्फ हिँडाउनुभयो । संविधान कार्यान्वयन गर्दा कांग्रेस हारेर पनि कम्युनिस्टलाई सत्तामा पुर्याएको छ ।’

उनले भने, ‘बयलगाढा चढ्ने सपना देख्ने केपी ओलीलाई सबैभन्दा धेरै मत दिएर संविधान कार्यान्वयन गर्लान् भन्ने विश्वास थियो । जनतामाथि तीन वर्षमा नै विश्वासघात भएको छ ।’
‘आज तीन वर्ष नपुग्दै यो संविधानमाथि लात मार्ने काम भयो । जो संविधानको पक्षमा थिएनन् । उनैलाई यो संविधानको कार्यान्वयन गर्ने जिम्मा दिँदै गर्दा आज नेपाली जनता सडकमा आउनुपर्ने, आन्दोलित गर्नुपर्ने बेला आएको छ’, चापागाइँले भनेका छन् ।

कांग्रेसका युवा नेता चापागाइँले कम्युनिस्टहरूले भ्रष्टाचार गरेको भन्दै ओली सरकारले गलत कामहरू मात्रै गरेको बताए । उनले रत्नपार्कको नाम बदलेर शंखधर उद्यान राखेको भन्दै विरोध पनि गरे ।

उनले भने, ‘यही रत्नपार्कबाट राष्ट्रपतिदेखि प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध तरुण दलले आन्दोलन शुरु गरेको थियो । अब पनि आन्दोलन गर्न तयार छ ।’
‘कम्युनिस्टका गलत कुरा र महत्वकांक्षाका बारेमा कांग्रेसले सधैँ विरोध गरेको छ’, उनले भने, ‘कांग्रेसले सदनमा विरोध गर्दै गर्दा अहिले सडकमा बस्ने कम्युनिस्ट नेताहरू सदनमा मख्ख परेर बसेका थिए ।’

कम्युनिस्ट नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाभित्रको हर्कतको भण्डाफोर गरेका कांग्रेस नेता चापागाइँले भने, ‘को–पाइलट भएर बसेका थिए । प्लेन उडेपछि केपी ओलीले को–पाइलटलाई लात्ताले हानेर उडिसकेका छन् ।’

‘पाइलटको भाषणबाट नेपाली जनताले कम्युनिस्टको झुठ र अन्याय हामीले बुझ्न जरुरी छ’, उनले भने ।

निर्वाचन आयोगको निर्णयले तनावमा प्रचण्ड र माधव नेपाल!

काठमाडौं । विभाजन उन्मुख नेकपाको दुबै समूहलाई मान्यता नदिएको निर्वाचनको आयोगको निर्णयलाई लिएर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाएको छ ।

निर्वाचन आयोगले पुरानै कमिटीलाई मात्र वैधता दिने निर्णय राजनीतिक दल सम्बन्धी ऐन २०७३ उल्लेख गर्दै भनेको थियो । उक्त निर्णयलाई प्रचण्ड-नेपाल समूहले पूर्वाग्रही भनेको हो । आयोगले दुवै समूहका निर्णयलाई मान्यता दिन नसकिने निर्णय गरेर तटस्थता देखाएको थियो ।

ओलीले विधान संशोधन, केन्द्रीय कमिटीको विस्तार लगायतका निर्णय गरेका छन् भने  प्रचण्ड नेपालले ओलीलाई कारवाही गर्दै साधारण सदस्यबाट समेत हटाएका छन् । यी दुबै निर्णयलाई आयोगले वैधता नदिएको बेला प्रचण्ड नेपाल समूहले निर्णय निष्पक्ष नभएको ठहर गरेको छ ।

निर्वाचन आयोगले ४ सय ४१ जनाको केन्द्रीय कमिटीलाई मान्यता दिएको र त्यसको बहुमतले गरेको निर्णय आधिकारिक नभएको भन्नु पूर्वाग्रह भएको नेता लीलामणि पोखरेलले जिकिर गरे ।

यद्यपि ओली समूहले भने आयोगको निर्णयलाई स्वीकार गरेको छ । ओली निकट नेता सुवासचन्द्र नेम्वाङले आयोगले गरेको निर्णयलाई आफूहरुले स्वीकार गरेर अगाडि बढिसकेको उल्लेख गरे । आयोगको निर्णयलाई उनले आफूहरु आधिकारिक हो भन्ने अर्थमा उल्लेख गरे । आयोगले तत्काल निर्वाचन तयारीका कार्यक्रममा नरोक्ने पनि उल्लेख गरेको छ ।

जम्मु-काश्‍मीर प्रशासन र एनईसीबीडीसीबीच बाँस उद्यमशीलता सम्झौतापत्रमा हस्ताक्षर

जम्मु । बाँस उद्यमशीलता र बाँस पूर्वाधार विकासका लागि जम्मु काश्मीर प्रशासन र उत्तर पूर्व केन र बाँस विकास परिषद (एनईसीबीडीसी) ले मंगलबार समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

जम्मु कश्मीर र उत्तर पूर्वी केन र बाँस विकास परिषद (एनईसीबीडीसी) को जम्मू-कश्मीरमा बाँस उद्यमशीलता र बाँस पूर्वाधार विकासका लागि समझौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त अवसरमा जम्मु कश्मीरका उपराज्यपाल मनोज सिन्हा र एमओएस (आईसी) मन्त्रालयले डोनेर र एमओएस, पीएमओ, कार्मिक, सार्वजनिक शिकायत र पेन्सन, परमाणु उर्जा र अन्तरिक्ष डा जितेन्द्र सिंहलगायत अन्य प्रतिष्ठित प्रतिनिधिहरु उपस्थित थिए ।

गगनलाई विद्यासुन्दरको पत्र-तपाईंले कमलपोखरीमा गरेका कामको विवरण पठाउनुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभाग र काठमाडौं क्षेत्र नम्बर ४का पूर्वसांसद गगन थापालाई जवाफी पत्र पठाएको छ । महानगरपालिकाले पुरातत्व विभागलाई कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको आरोप लगाएको छ । थापासँग भने कमलपोखरीमा उनका पहलमा भएका कामहरूको विवरण पठाउन पत्रमा भनिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पत्र नै काटेर कमलपोखरीमा कंक्रिट प्रयोग भएको विवादका विषयमा पुरातत्व विभागले आफूहरुसँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएका पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्ययमलाई उपलब्ध गराएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

‘टेण्डर प्रक्रियामार्फत विगत दुई वर्षदेखि भइरहेको कमलपोखरी निर्माणको कामको बारेमा काठमाडौं महानगरपालिकासँग कुनै राय-परामर्श नगरी एक पक्षीय रुपमा त्यहाँबाट भएको पत्राचारले सरकारी निकायहरुबिच समन्वय नभएको सन्देश प्रवाह हुने तथा पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्न यस महानगरपालिकाको अभियानमा अवरोध सिर्जना हुने देखिन्छ,’ पत्रमा लेखिएको छ, ‘यस प्रकारको समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा समेत बढोत्तरी हुने हुँदा कुनै पनि पत्राचार पुर्व समन्वय, छलफल र सहकार्य गर्नुहुन अनुरोध छ ।’

काठमाडौं महानगरपालिका र वडा नम्बर-१ काठमाडौं महानगरपालिकाको नाममा लेखेको पत्र संख्या ०७७/०७८ चलानी नम्बर ७९९ को पत्र प्राप्त गर्नु अघि नै विभिन्न अनलाइनमार्फत सार्वजनिक भएको भन्दै विभागलाई महानगरपालिकाले ध्यानाकर्षण गराएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पुर्नर्निमाण सुरु भएको लामो समयसम्म अनदेखा गरेर बसेको पुरातत्व विभागले निर्माणकार्यको अन्तिम चरणमा आएर गरेको कार्य उचित नभएको बताए ।

उनले रानीपोखरीको जस्तो कमलपोखरीको इतिहास नरहेको भन्दै लामो समयसम्म ढलको रुपमा रहेको कमल पोखरीलाई महानगरले सुन्दर पोखरी बनाउन लागेको बताए ।

‘रानीपोखरी ऐतिहासिक सम्पदा हो तर, कमलपोखरी ऐतिहासिक पोखरी हो,’ ज्ञवालीले भने, ‘सम्पदा  संरक्षण र सम्र्बद्धन गर्ने कुरामा हाम्रो कुनै कमी रहँदैन । घाँसले भरिएको कमलपोखरीलाई व्यवस्थित गर्दै स्थानीयको समेत सहमतिमा पोखरी पुर्ननिमार्णको काममा महानगरपालिका अघि बढेको हो ।’

पुरातत्व जस्तो राज्यको निकायले समेत विकास निर्माणका कार्यमा असहयोग गर्न खोज्नु राम्रो नभएको काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभाग प्रमुखको तर्क छ ।

‘कमलपोखरी र रानीपोखरी एउटै हो भन्ने भ्रम फिजाउने काम भैरहेको छ । त्यो गलत छ,’ उनले भने, ‘राजनीतिक दलका प्रतिनिधि अभियन्ता र स्थानीयवासीसँग विभिन्न चरणमा छलफल गरेर नै हामीले पोखरी पुर्ननिमाणको डिजाइन तयार गरेका हौँ ।’

गगनलाई पनि पत्र

त्यसैगरी काठमाडौं ममानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि तत्कालीन संघीय सांसद गगन कुमार थापालाई समेत पत्र लेखी कमलपोखरीको विकास तथा सुधारका लागि उनले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘कमल पोखरी पुर्नर्निमाणका सन्दर्भमा तपाईँबाट प्रेषित काठमाडौँ महानगरपालिकाको प्रमुखलाई सम्बोधन गरिएको मिति २०७७/०९/२६को पत्र प्राप्त भयो,’ पत्रमा भनिएको छ, ‘सम्वत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईंसमेतसँग पटक-पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रष्ट छ । पोखरीको विकास तथा सुधारमा तपाईंबाट समेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो । तपाईंको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’

प्रमुख शाक्यले प्रस्तावित ढाँचा सो क्षेत्रका तत्कालीन संघीय सांसद  गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ-संस्था सबैसँग पटक-पटक छलफल गरेर सबैको सहमतिमै कमलपोखरी पुनर्निर्माण अघि बढाएको बतउँदै आएका छन् ।

‘कमलपोखरीको विकास तथा सुधारका लागि माननीय कुमार थापाले विगतमा गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गर्न हामीले उहाँलाई पत्र पठाएका छौं,’ शाक्यले भने, ‘उनले सबै विवरण पठाई सहयोग गरे लगत्तै कमलपोखरी पुनर्निर्माणबारे सकेसम्म कमलपोखरीमै पत्रकार सम्मेलन गर्ने तयारीमा छौं ।’

काठमाडौं महानगरपालिका पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षणको अभियानमा रहेको उनले बताए । ‘हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौं, पोखरी नै बनाउन खोजेका हौँ,’ शाक्यले भने, ‘काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर अघि बढ्न तयार छौं ।’

अनलाइनखबर

सुनसान बन्यो केपी ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालय

काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा भीड नभएको दिन हुँदैन । यसको नजिकै रहेको नेपाल पानीजहाज कार्यालय भने प्रायः सुनसान देखिन्छ । दरबन्दी भन्दा कम कर्मचारी छन्, उनीहरु पनि प्रायः कार्यालयमा भेटिँदैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका महत्त्वाकांक्षी आयोजना मध्येको यो कार्यालयको २०७५ फागुन २ गते भव्य कार्यक्रमका साथ उनले उद्घाटन गरेका थिए । १६ जनाको दरबन्दीमा १० जना कर्मचारी छन् । कार्यालयले चाहिने कर्मचारी अन्य मन्त्रालय, विभागबाट सरसापट लिइ चलाएको छ ।

पानीजहाज सञ्चालन, अध्ययन र नियमन गर्न कार्यालय स्थापना भएको हो । तर कार्यालय खोल्न हतारिएको सरकारले पानीजहाज सञ्चालनसम्बन्धी कानुन अझै ल्याएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

आज २०७७ माघ १७ गते शनिबारको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुपर्ला। सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
केही विवादास्पद काम गर्नु परे पनि आर्थिक लाभ हुनेछ। भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ। अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। रमाइलो यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कामले लोकप्रियता दिलाउनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन सकिनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट पनि फाइदा मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मिहिनेतले राम्रो लाभ दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। आवेशमा काम गर्दा विवादमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ। आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन्।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान९सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि मनग्गे लाभ मिल्नेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

कोरोनाको खोप सबैका लागि उपलब्ध होस्: महासचिव गुटेर्रेस

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले यसअघि जस्तै बिहीबार पनि महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा राखेका छन् ।

उनले भने– ‘सन् २०२१ को हामी सबैको प्राथमिकता यो हुनुपर्छ कि कोभिड १९ विरुद्धको खोप सबैको प्राथमिकतामा पर्नुपर्छ र यो खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसंघले पनि आवश्यक वातावरण निर्माण गर्नेछ ।’ उनले भने– ‘अबका कैयौँ महिनासम्म पनि यो प्राथमिकतामा नै पर्नुपर्छ कि यो कोभिड विरुद्धको खोप सबैका लागि एक सार्वजनिक वस्तु बनाउन सक्नुपर्छ र आगामी दिनहरुमा खाँचो परेका नागरिकले सहजै र सुलभ रुपमा यो खोप प्राप्त गर्न पाउनुपर्छ ।’

‘विश्वका केही सीमित देशका हातमामात्र कोभिडको खोप पुगेको छ तर गरिब तथा तेस्रो विश्वका देशहरुमा यो खोपको उपलब्धता अझै पनि गाह्रो देखिएको छ’ उनले भने । उनले अहिलेकै अवस्थामा विश्वका देशहरुले यसरी नै खोप कब्जा गरेर राख्ने हो भने यसले विश्वकै अर्थतन्त्रमा ९२ खर्ब अमेरिकी डलर बराबरको मूल्यको असर पार्ने बताए ।

त्यसैगरी उनका अनुसार यसको आधाभन्दा बढी असर त विश्वका प्रमुख विकसित देशहरुमै पर्ने देखिएको छ । त्यसैले खोपको यस्तो अवस्था नल्याउन एउटै देशले धेरै डोजहरु कब्जा नगर्ने र सबैको सार्वजनिक वस्तुका रुपमा उपलब्ध गराउने नीति बनाउनुपर्ने उनले सुझाए । सिन्ह्वा

भ्रष्ट्रचारको अखडा बन्दै देवानगञ्ज गाउँपालिका, सूचना लुकाउन समेत उद्धत

देवानगञ्ज । सुनसरीको सीमावर्ती क्षेत्रमा रहेको देवानगञ्ज गाउँपालिकामा काम गर्ने कर्मचारीदेखी जनप्रतिनिधि सम्ममा बढेको कमाउ धन्दा र गैरजिम्मेबारीपनका कारणले अनियमितता बढेको स्थानीयले गुनासो गरेका छन् । सेवाग्राहीको सेवा भन्दा आफ्नै कमाउ धन्दामा लागेकाले गाउँपालिकालाई केहीले भ्रष्ट्रचारीहरुको अखडा बन्दै संज्ञा दिएका छ ।

देवानगञ्ज गाउँपालिको प्रत्येक योजना देखि लिएर कर्मचारी नियूक्तीसम्ममा अनियमितता गरेको र सूचना माग्दा समेत नदिएकाले साच्चै भ्रष्टाचार भएको र भ्रष्टाचारीहरुले ढाकछोप गरेको भन्ने स्थानीयको कुराले पुष्टी गरेको छ । यहाँका वडादेखी पालिकासम्म निर्माणदेखी नियुक्तीसम्म समेतका कार्यमा विना कमिसन, अतिरिक्त रकम र घुस विनाको काम नहुनेगरेको पाइएको सेवाग्राहीको आरोप छ ।

गाउँपालिकाले संचालन गरेको योजनाहरु कमिसनकै कारण गुस्तरहिन हुने गरेको कप्तानगञ्जका स्थानीयको अरोप छ । देवानागञ्ज गाउँपालिकामा निर्माण भएको संरचनाहरु काम सम्पन नहुदै भत्कीन थालेको र चर्किन थालेकाले समेत अनियमितितालाई बल पुगेको देखिएको छ ।

देवानगंज गाउँपलिकामा सोही बिषयहरुलाई अधार बनाई काम सम्पन्न गरको योजना, कर्मचारी नियूत्ती लागयतका सूचना नागरिक अयिभयान अनलाईनले माग गरेकामा हालसम्म सूचना नदिई आलटाल गर्नु र नागरिकले पाकिलालाई भ्रष्टाचारीहरुको सञ्जाल भएको भन्नुको अर्थ केही न केही पक्कै भएको हुन सक्ने युवा नेता डिएन मेहताको भनाई रहेको छ । अनलाईनले नै आधिकारीक रुपमा वा यर्थात के हो भनेर सूचना माग गरेको दुई महिना वित्दा समेत अहिलेसम्म उपल्बध नगराउनु दुभाग्यपूर्ण भएको बताइएको छ ।

सूचना किन नदिएको विषयमा गाउँपालिकाका प्रमुख प्रशाकीृय अधिकृत चुडामणी गुरागाईसंग कुरा गर्दा सबै सूचना दिन नमिल्ने प्रतिकृया दिनुभयो । नदिनुपर्ने कारण सहितको सूचना माग्नेलाई दिनुपर्नेमा मौखिक भनेर पन्छिनुले समेत अनियमिततालाई मलजल गरेको देखिन्छ । सूचना समेत लुकाउनु र सूचनाको हकका बारेमा धनकुटासम्म लाखौ खर्चेको गाउँपालिकामा कतिको भ्रष्टाचार र अनियमिता भएको छ भन्ने कुराको सजिलै अनुमान गर्न सकिन्छ ।

गाउँपालिकाले लिएको अनमि र अहेवको परीक्षमा समेत आर्थिक चलखेल भएको आरोप लागेकोमा त्यसको ढाकछोप भएको छ । देवानगंज गाउँपालिका अध्यक्ष समेतको नाम आर्थिक चलखेल सामेल रहेकाे स्थानीयहरुले गुनासो गरेका छन् ।

स्थानीय युवा नेता रविन्द्र यादवका अनुसार गाउँपालिका अध्यक्ष लाली प्रसाद मेताले विना कमिसन कुनै पनि काम नगरको अवस्था छ । कमिसन र भ्रष्टाचारमा एकजान मात्रै नभई पालिकाका कर्मचारीदेखी अध्यक्षसम्म लागेको यादवको दावी रहेको छ ।

अध्यक्ष नै फेरेर ओली समुहले गर्याे कमाल, यी हुन् नयाँ पदाधिकारी !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा लीला गिरी नियुक्त भएका छन् । नेकपा विभाजन भएसँगै ओली पक्षले पार्टी कमिटीलाई पुनर्गठन गर्दै नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

बिहीवार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका गिरीलाई अध्यक्षको जिम्मेवारी दिएको हो।

पार्टी विभाजन हुनुअघि पूर्व सभामुख ओनसरी घर्ती अध्यक्ष थिइन् । त्यस्तै जिल्ला तहमा रुपन्देहीमा शिव सुवेदी संयोजक, तेजेन्द्र केसी सहसंयोजक र अनुप बराललाई सचिवको जिम्मेवारी दिइएको छ ।

कपिलवस्तुमा झविलाल पोखरेल संयोजक, डम्बर शर्मा सहसंयोजक र धर्म भुसाल सचिवको जिम्मेवारी दिइएको छ ।

दाङमा हुकुमबहादुर बस्नेतलाई संयोजक र मनोहर बुढाथोकीलाई सचिव तथा बाँकेमा सूर्य ढकाल संयोजक, किस्मत कक्षपति सहसंयोजक र प्रमोद धिताल सचिवको जिम्मेवारीमा तोकिएका छन् ।

बर्दियामा लालबहादुर श्रेष्ठलाई संयोजक, शालिकराम अधिकारीलाई सहसंयोजक र पदम ढकाललाई सचिव तोकिएको छ ।

गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक बालसिंह काउचा र सचिव धर्मबहादुर विकलाई तोकिएको जनाइएको छ ।

अर्घाखाँचीमा चेतनारायण आचार्यलाई संयोजक र तेजबहादुर रायमाझीलाई सचिवको जिम्मेवारी तोकिएको छ ।

पाल्पामा संयोजकमा नारायणप्रसाद आचार्य र सचिवमा ओमबहादुर घर्ती तथा नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारीलाई संयोजक तोकिएको छ । प्युठानमा तुलसीराम शर्मालाई संयोजक तोकिएको छ ।

ओलीकाे भविष्य संकटमा, संसद् बैठक बसेर कारबाही गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्डनेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद बैठक बस्न सक्ने बताएका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ‘आदलतले संविधान र जनताको भावनाअनुसार फैसला गर्न भनेर बसेका छौँ हामी’, उनले भने, ‘म आज‘विराटनगरबाट भन्दैछु, जरुरी पर्‍यो भने देशैले सुने हुन्छ, संसदको बैठक बसेर केपी ओलीलाई कारबाही गर्छौं।’

यस्तो प्रचण्डले सभामा प्रचण्डले ओलीलाई जवाफ दिँदै भावुक भएका छन् ।  सम्बोधनका क्रममा उनले भने, ‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ, आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिडेँ । मेरो दोष हो ?’

उनले अघि भने, उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेषाधिकार खोजिन । जतिबेला हामी गणतन्त्रको लडाइँ लड्दै थियौं, मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिड्थेँ । के यो मेरो दोष हो ? छोराछोरी भएपछि बिहे हुन्छ, ज्वाइँ हुन्छन्, नाती नातिना हुन्छन् । मेरो दोष हो ?’

प्रचण्डले भावुक हुँदै भने- बन्दुक बोकाएर छोराछोरी जंगल लगेको हुँ, बेलायत पठाएको हैन् !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका बेला आफ्ना छोराछोरी पनि जंगलमै लगेर हिँडेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई लिएर आफूलाई अपमानित गर्ने प्रयास गरेकोमा प्रचण्डले यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रचण्डमाथि छोरी, बुहारी र ज्वाइँलाई मात्र हेरेको आरोप लगाउँदै आएका छन् । यस्तोमा शुक्रबार विराटनगरमा आयोजित सभामा प्रचण्डले ओलीलाई जवाफ दिँदै भावुक भएका छन् ।

सम्बोधनका क्रममा उनले भने, ‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ, आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिडेँ । मेरो दोष हो ?’

उनले अघि भने, उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेषाधिकार खोजिन । जतिबेला हामी गणतन्त्रको लडाइँ लड्दै थियौं, मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिड्थेँ । के यो मेरो दोष हो ? छोराछोरी भएपछि बिहे हुन्छ, ज्वाइँ हुन्छन्, नाती नातिना हुन्छन् । मेरो दोष हो ?’

बीच सडकमा उभिएर सिटौलाले सर्वोच्च अदालतलाई धम्काए

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमलाई अदालतले बदर गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले रत्नपार्कको शान्तिबाटिकामा शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सिटौलाले संसद विघटन गर्ने ओलीको निर्णयलाई अदालतले बदर गर्नुपर्ने बताएका हुन् । ‘मैले बदर हुन्छ भन्दा बदर हुन्छ वा हुँदैन त्यो कुरा न्यायाधीशहरूले जानुन्’, उनले भने, ‘अदालतसम्म पुग्ने विषय होइन यो ।’

नेता सिटौलाले नेपाली जनताको अधिकारसँग जोडिएको विषय रहेको भन्दै संसद विघटनलाई बदर गर्नुपर्छ भनेर सबै नेपाली नागरिकले बोल्नुपर्ने बताएका छन् । उनले भने, ‘संसद विघटनको विषयमा कुनै पनि सचेत नागरिकले बोल्नुपर्छ । यो विषयमा नबोल्दा गलत हुन्छ ।’

प्रधानमन्त्रीले भने जस्तो न्यायालयलाई कसैले पनि नाट्यशालाको रुपमा कसैले पनि नभनेको बताएका कांग्रेस नेता सिटौलाले पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखले संविधानभित्रबाट बोलेर संसद विघटन गर्नु हुँदैन भनेर बोलेको बताए ।

सिटौलाले पूर्वप्रधानन्यायाधीशहरू र पूर्वसभामुखको बचाउ गरेका छन् । उनले अदालतले संविधानको रक्षा गर्ने अवसर पाएको बताएका छन् । संविधानमा संसद विघटन गर्ने विषय अधिकार प्रधानमन्त्रीलाई नरहेको बताए । ‘शेरबहादुर देउवाको पालामा संसद विघठन भयो ।

देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले बर्खास्त गरेर मनोनीत गर्नुभयो । भयानक निरंकुशता आयो’, सिटौलाले भने, ‘०४७ सालको संविधान दुर्घटनाग्रस्त भयो । दोस्रो पटकको विघटनले संसद मात्रै गएन । देशको व्यवस्था गयो । संसद मात्रै गएन । राजतन्त्र गयो ।’

नेता सिटौलाले कम्युनिस्टहरूको चक्रब्यूहमा देश फस्दै गएको बताए । उनले ओलीको संसद विघटन गर्ने निर्णयलाई अदालतले सदर ग¥यो भने देशको अवस्था के होला ? भनेर चिन्ता जनाएका छन् । सिटौलाले नेपाल र नेपाली जनतालाई कमजोर बनाउने षड्यन्त्र भएबो बताएका छन् ।

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीको मुर्खताले देश दुर्घटनातिर नजाओस् । माफी माग्नुस् । संसद ब्युताइदिए हुन्छ । कम्युनिस्टले आत्मालोचना गरेपुग्छ ।’ कार्यक्रममा कांग्रेस नेताहरू उमाकान्त चौधरी, गगन थापा, उत्तम चापागाइँलगायतको उपस्थिति रहेको थियो ।

देउवासहितका नेताहरूविरुद्ध तल्लो तहको गालीगलौजमा उत्रिए गगन, कांग्रेस फुटको गन्ध आयो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद भङ्ग भएको विषयलाई असंवैधानिक भन्न ‘लड्डु कांग्रेस’का कारण समस्या भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ६ ले रत्नपार्कस्थित शान्तिबाटिकामा शुक्रबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद भङ्ग गरेको विषय असंवैधानिक हो भनेर भन्न ‘लड्डु कांग्रेस’ले समस्या भएको बताए ।

कांग्रेस नेतृत्वविरुद्ध आक्रोश पोखेका थापाले संसद पुनःस्थापनाको माग गरे । ‘प्रधानमन्त्रीको कदम असंवैधानिक भन्न पाउने अधिकारलाई हाम्रा केही साथीहरूले अलमलाउनुभएको छ’, उनले भने, ‘त्यो लड्डु कांग्रेसहरू मैदानमा आउनुभएको छ ।

यो हातमा पनि लड्डु, त्यो हातमा पनि लड्डु ।’ उनले भने, ‘लड्डु कांग्रेसहरूले गर्दा आज कांग्रेसमाथिनै प्रश्न उठेको छ । यो प्रश्नलाई पनि भोलि उठ्न नसक्ने गरि हामी अगाडि बढ्नुपर्छ ।’ आफ्नो अभिव्यक्तिका क्रममा कांग्रेस नेता थापाले सभापति शेरबहादुर देउवाको नाम नलिएर ‘लड्डु कांग्रेस’ भनेर अपमानित गरेका थिए ।

संसद विघटनको विषय अदालतमा विचाराधीन रहेको भन्दै सभापति देउवाले अदालतको फैसलालाई कांग्रेसले मान्ने भन्दै आएका छन् । देउवाले संसद पुनःस्थापना भए पनि वा निर्वाचनमा जान भनेपनि स्वीकार्य हुने बताउँदै आएका छन् ।

शान्तिबाटिकाको सम्बोधनमा थापाले देउवालाई ‘लड्डु कांग्रेस’भन्दै संसद पुनःस्थापनाको माग गरेका थिए । ‘एउटा चुनावको हिसाब किताब गरेर बस्ने हामी ? चुनाव जित्ने कुरा एउटा राजनीतिक दलले सोँच्छ । सोँच्नु हुँदैन भन्ने होइन । तर, के एउटा चुनाव जित्ने वा हार्नका लागि निम्ति नेपाली कांग्रेस पार्टी बनेको हो ?’, प्रश्न गर्दै थापाले भने, ‘आज खेल मैदानमा जाँदै गर्दा अर्को पट्टिको मैदानमा जाँदै गर्दा खेलाडीहरू आफै एकअर्कालाई हान्दै छन् ।’

‘आफै एकअर्कालाई हान्दै गर्दा, आफै एकअर्का लडेका छन् । ढलेका छन्’, कांग्रेस नेता थापाले भने, ‘गोल हान्न सजिलो हुन्छ भन्ने तपाईलाई पनि लागेको छ । मलाई पनि लागेको छ । तर, गोल हान्न सजिलो हुन्छ भन्ने लाग्दै गर्दा यति त ध्यान पु¥याऔँ खेल मैदान रह्यो भने न गोल हानौंला !’ ‘खेल मैदाननै रहने भने गोल कहाँ हान्ने हो ? खेल मैदान राख्ने पद्धतिका निम्ति लडेर आएको कांग्रेस होइन यो ?

आजको दिन नेपाली कांग्रेसको प्रत्येक साथीले आफैलाई प्रश्न गर्नुपर्छ कोही अलमलमा छ भने । तपाई निर्वाचनको पक्षमा कि संसद पुनःस्थापनाको पक्षमा ? तपाई संसद पुनःस्थापनाको पक्षमा हो कि होइन ? प्रश्न यो हो । तपाई संविधानको पक्षमा हो भने जनताको पक्षमा हो कि होइन ? तपाई आज न्यायको पक्षमा हो कि अन्यायको पक्षमा हो ? संविधानको पक्षमा हो कि संविघन विघठन गर्ने पक्षको पक्षमा हो ? प्रश्न यो हो’, थापाले भनेका छन् । ‘कांग्रेसले स्पष्ट निर्णय गरेको छ । कतिपय साथीहरू अलमलिनुभएको छ’, उनले भने, ‘पार्टीको जुनसुकै तहको नेता होस् । पार्टीको निर्णयले बाँधिएको छ । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले गर्नुभएको काम असंवैधानिक हो ।’

‘असंवैधानिक केपी ओलीको कदम मुर्दावाद । पार्टीको नारा यही हो । प्रश्न कांग्रेसलाई मात्रै होइन’, उनले भने, ‘प्रश्न अदालतलाई पनि आउँछ ।

केही साथीहरू के भन्नु हुन्छ भने अदालतको बारेमा बोल्नु हुँदैन । रामशाहपथ देखेर परपर भागेर अदालतको बारेमा बोल्दैनौँ भन्छौँ भने ती कायरहरूमात्रै हुन सक्छन् ।’ कांग्रेस नेता थापाले भने, ‘अदालतको बारेमा कांग्रेसले बोल्दैन भन्ने भ्रम नराखौँ ।

अदालतमा रहेको विषयमा कांग्रेसले बोलिसक्यो । कांग्रेसले बोलेर भनिसक्यो । पुस ५ गतेको कदम असंवैधानिक हो ।’ ‘अब अदालतले योभन्दा दायाँबायाँ फैसला गर्दैन भन्ने हाम्रो विश्वास छ’, कांग्रेस नेता थापाले भने, ‘अदालतले गर्न हुँदैन भन्ने मान्यता हो ।’

इनरुवामा शहीद दिवस मनाइयो

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको मूख्य प्रवेशद्वारको शहीदगेटमा शहीदहरुको शालिकमा माल्यअर्पण गरेर शहिद दिवश मनाइएको छ । इनरुवा नगरपालिकाको आयोजनामा शुक्रवार बिहान इनरुवाका जनप्रधिनिधिहरुले शहीदहरुको शालीकमा माल्यअर्पण गरेको हो ।
इनरुवा बसचौकको प्रवेशद्वारमा रहेको शहीद गेटमा राखिएको हरि मेहता र श्यामसुन्दर मेहताको शालीकमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, इनरुवा–१ का वडाध्यक्ष रामचन्द्र पौदार र इनरुवा–७ का वडाध्यक्ष किशोर कुमार सिंह लगायतले माल्यअर्पण गरेर शहीद दिवस मनाउनुभएको हो ।
आयोजित कार्यक्रमलाई सम्वोधन गर्नुहुदै इनरुवा नगरपालिकाका प्रमुख मेहताले शहीदहरुको योगदानलाई कदर गर्नुपर्ने बताउनुभयो । शहीदहरुले देश र जनताका लागि बालिदानी दिएकोले उच्च सम्मान गर्दै उनीहरुको सपना साकार पार्न लागीपरेको बताउनुभयो ।
मेहताले संघीय र प्रदेश सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा नदिएको प्रति दुःख ब्यक्त गर्दै आफूले इनरुवा नगरपालिकामा सार्वजनिक बिदा दिएको समेत बताउनुभयो ।
मेहताले मधेश आन्दोलनमा ज्यान गुमाएका हरि मेहता र श्यामसुन्दर मेहताको इनरुवाको प्रवेशद्वारमा शहीद गेटमा नै शालीक बनाएर सम्झना स्वरुप राखेकोले सबैले सम्मान गर्नुपर्नमा बताउनुभयो ।
त्यसैगरी इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले राणाशासनको दमनको विरुद्धमा ज्यान गुमाएका योद्धाहरुलाई नमन गर्नुपर्ने बताउनुभयो । शासन र अन्यायको विरुद्धमा लडनुपर्ने उपप्रमुखको भनाई छ ।
शहीद दिवसको अवसरमा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, सूचना अधिकृृत निरज पोखरेल, कर्मचारी, जनप्रधिनिधि, राजनीतिक दलका अगुवाहरु, समाजसेवी, नागरिक समाज र युवाहरुको सहभागितामा शहीद दिवस मनाएका हुन् ।

 

 

इनरुवा वडा न. १०, जल्पापुर समिति गठन

इनरुवा अस्पताल सुधार संघर्ष समिती द्वारा इनरुवा नगरपालीका वार्ड न. १० जल्पापुरमा नागरिक भेलाबाट बिपिन प्रसाद गुप्ताज्युको संयोजकत्वमा, जहाँगिर अन्सारी ज्युको सह-संयोजनकत्वमा ४९ सदस्यीय संघर्ष समिति गठन गरियो ।

किसानका लागि आकर्षक कार्यक्रमको प्रतिवद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजना तथा मानव अधिकार समूह भोक्राहा नरसिंहको संयोजनमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा माघ १६ गते खाद्यको अधिकार सम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकाले कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको र थप आकर्षक कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । वहाँले सशर्त कार्यक्रममा आएको बजेट प्रयाप्त नभएपनि त्यसको लागि थप बजेट सहित आकर्षक कार्यक्रम ल्याउने बताउनुभयो । अध्यक्ष यादवले सिमिति स्रोत साधनका बीचमा किसानको माग र आवश्यकता अनुसार पर्याप्त बजेट छुट्याउन नसकिएको भएपनि राम्रो काम भएको बताउनुभयो ।
वहाँले गत तीन वर्षदेखी कृषि शाखा कर्मचारी विहिन रहेकोमा गाउँपालिकाले नै कृषि प्राविधिक नियुक्त गरेर यसपाली कृषि शाखालाई चलायमान बनाएको बताउनुभयो । वहाँले कृषि तथा पशु सम्बन्धी कार्यक्रम छनौट गर्दा सबै वडाका प्राथमिकतामा राखेको बताउनुभयो ।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका ४ का कावा वडा अध्यक्ष कैजुम अंसारीले प्रत्येक वडामा पशु प्रविधिक र कृषिका लागि जेटिएको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । वहाँले उत्पादन भएको कृषि उवजको बजार भाउँ नपाएको, भण्डारण गर्ने ठाउँ नहुदा लगानी भन्दा कममा विक्रि गर्न बाध्य भएको गुनासो सुनाउनुभयो ।
त्यसैगरी ३ नम्बर वडा अध्यक्ष सुकदेव यादवले उन्नत जातको पशुपालन गर्नुपर्ने र कृषिमा आधुनिकिकरण तथा व्यसायीकरण आवश्यक रहेको बताउनुभयो । युवा किसान पुनम कुमारी साहले कृषि र पशुमा छनौट भएको कार्यक्रमहरुको व्यवहारीक कार्यालय गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका ६ का वडा अध्यक्ष राजेश्वर प्रसाद साहले कृषि र पशु पालनमा ध्यान दिनुपर्ने र आफूहरुले वडाबाट दवाव दिएर भएपनि प्रत्येक वडाका किसानलाई सेवा दिन जेटिएको व्यवस्था गर्ने बताउनुभयो । वहाँले विनियोजन गरेको कार्यक्रमहरु भने प्रभावकारी कार्यान्वयनमा समेत जोड दिनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र यादवले कृषकहरु व्यसायिक हुनुपर्ने भन्दै त्यसकोलागि गाउँपालिका र वडाबाट हुने सहयोग गर्न तयार रहेको बताउनुभयो । हरेक वडाका कृषि तथा पशु सेवाको प्राविधिकहरु नियुक्ती गर्नुपर्ने, धान, गहुँ र मकैुंको बिउमा अनुदान, पशुपालक किसानलाई घाँसको बिउमा अनुदान दिनुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि शाखा प्रमुख रेनुका चौधरीले गाउँमा रहेको रैथाने बालीको संरक्षण गरी जैविक विविधताको संरक्षण गरिनुपर्ने र त्यसकोलागि पालिकाले नीति नै बनाउनुपर्ने बताउनुभयो । चौधरीले कृषिमा माटो परीक्षण नगरी अनाधिकृत रुपमा प्रयोग भएको रसायनीक मल र विषाधीले माटोमा असर पारेको उत्पादनमा ह्रास आएको बताउनुहुदै माटो परिक्षण गराउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा कृषि शाखा प्रमुख चौधरी पालिकामा कृषिको प्रचुर सम्भावना रहेको र कृषकहरुलाई पनि अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
किसान सेराज आलमले मौसमी तथा बेमौसमी तरकारी खेती मार्फत कृषकहरुलाई व्यसायीकरण गर्ने, गाई पालन, बाख्रा पालन, भैसी पालन, हासँ पालन र कुखुरा पालन गर्ने कृषकलाई अनुदानको कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा पशु शाखा प्रमुख कपिलदेव यादवले पशुका लागि घाँस आवश्यक भएकाले घासमा अनुदान दिनुपर्ने, किसानलाई उन्त जातको पशु पालनका लागि तालिम दिनुपर्ने र नस्ल सुधार कार्यक्रमलाई व्यापक बनाउनुुपर्ने बताउनुभयो । अर्का पशु अधिकृत मोहमद कलाल कैयुमले पनि उन्नत जातको पशु पालन र आधुनिक कृषि खेती आवश्यक रहेको र त्यसका लागि सरकारको बजेट र निती आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकार समूहका सहसंयोजक मुर्सिद आलमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सबै वडाका अध्यक्ष तथा सदस्यहरु, गाउँपालिका उपाध्यक्ष पुनमकुमारी मेहता, मानव अधिकार समूहका दिपेन्द्र यादव, ममता उराँव, सुरेन्द्र मेहता, पुजाकुमारी मण्डल, रामकुमार यादव, अनिता मण्डल, अबदुल मियाँ, सेराल अंसारी, नुनुलाल साह, कृषक पुनम पौदार, तुलासा निरौला, जियावुल मियाँ, कुमारबहादुर बस्नेत, पशु प्राविधिक कलाम कैयूम अन्सारी, कपिलदेव यादव सहित ४० जना सरोकारवालाहरुले मन्तव्य राखेका थिए ।