१६ माघ २०७७, शुक्रबार १६:५१ – Page 7 – Nagarikabhiyan : National News

केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिसकेको छ : माधव नेपाल

विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताएका छन् ।

ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिएको तर्फ संकेत गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ । हार स्वीकार नगर्ने पहलमानले यसैगरी पछारिइसकेपछि पनि खुट्टो उचाल्छ र भन्छ– मेरो खुट्टो त माथि नै छ ।’

नेकपा प्रचण्ड–माधव समूहले विराटनगरमा शुक्रबार आयोजना गरेको शक्ति प्रदर्शनमा सम्वोधन गर्दै अध्यक्ष नेपालले भने, ‘मूल पार्टी यही हो । सूर्य चिन्ह यही हो । झलनाथ खनाल यहीँ हुनुहुन्छ, माधव नेपाल यहीँ छु, यो एमालेको मूलधार हो । केपी ओली कहिले एमालेको मूल धार भए ?’

उनले भने, ‘४४१ केन्द्रीय कमिटीमा ३०० सय जना हामीसँग छन् । केपी ओलीसँग सय जना मात्र छन्, ती विचरा सयजना पनि कहाँ आएर फसियो भन्दैछन् । मूल पार्टी यही हो, सूर्यचिन्ह अरु कसैको हुँदैन ।’ प्रधानमन्त्री ओलीले आहोदाको दुरुपयोग गरेको र संविधान मिच्ने काम गरेको नेता नेपालले बताए ।अनलाइनखबर

रुपनी गाउँपालिकामा दुई वटा बालबिकास केन्द्र भवनको शिल्यान्स

राजविराज । सप्तरीको रुपनी गाउँपालिका अन्र्तगत रहेको दुई वटा बिद्यालयमा बालबिकास केन्द्र भवन निर्माणका लागि आज शिल्यान्स गरिएको छ ।

सबल नेपालका कार्यकारी निर्देशक दिपक झाका अनुसार रुपनी गाउँपालिका वडा नं. ५ स्थित मुकतेश्वरनाथ राष्ट्रिय प्राथमिक बिद्यालयमा शौचालय सहित एक कोठे बालबिकास केन्द्र भवन निर्माणका लागि आज यहाँ शिल्यान्स गरिएको बताउनुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र खंगको अध्यक्षतामा उक्त भवनको शिल्यान्स गरिएको हो ।

त्यस्तै रुपनी गाउँपालिका वडा नं. २ मा रहेको आर्दश सरस्वती राष्ट्रिय प्राथमिक बिद्यालयमा समेत बालबिकास केन्द्र भवन निर्माण गर्नका लागि शिल्यान्स गरिएको छ । त्यहाँ वडा अध्यक्ष दानालाल साहको अध्यक्षतामा भवन शिल्यान्स कार्यक्रमको आयोजना गरिएको सबल नेपालका कार्यकारी निर्दैशक झाले जानकारी दिनुभयो ।

अनुमानित रु ५० लाखको लागतमा निर्माण भइरहेको सो बालबिकास केन्द्र भवन अगामी ३ महिना भित्र बनाई सकिने योजना सहित काम थालिएको सबल नेपालले जनाएको छ ।

दुवै ठाउँमा रु २५÷२५ लाख रुपैयाको लागतमा निर्माण भइरहेको बालबिकास भवनसहित दुई÷दुई वटा शौचालय र बाथरुप संगै संगै निर्माण समेत गरिने जनाइएको छ ।

डब्लु एच,एच÷फलाई एन्ड हेल्प÷आइडाको आर्थिक तथा सबल नेपालको प्रबिधिक सहयोगमा निर्माण भइरहेको बालबिकास केन्द्र भवनको प्रमुख अतिथि रुपनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष हरेराम यादवले भवनको शिल्यान्स गर्नुभयो ।

उक्त कार्यक्रममा डब्लु एच,एचका इन्जीनियर कमल चापागाई,सबल नेपालका अध्यक्ष जुना गिरी,कार्यकारी निर्देशक दिपक झा,सिनियर मेनेजर अशोक साह,प्राबिधिक इन्जिनियर रबिकान्त देव,रुपनी गाउँपालिकाका प्रशासकिय अधिकृत रेणुका साह, फोकलप्रशन मिथिलेश यादव र शिक्षा संयोजक श्यामप्रकाश यादव , बिद्यालयका प्रअहरु मिठु माझि र ललिता चौधरी लगायतका उपस्थित रहेको थियो ।

निर्वाचन आयोगको जवाफः नेकपाको आधिकारिकताबारे निर्णय भएको छैन

काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष सहभागि नभएपछि पुनः अर्को बैठक आयोजना गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनि नेकपाको दुवै पक्षलाई बोलाएको शुक्रबारको छलफलमा प्रचण्ड–माधव पक्षले सहभागिता नजनाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने भएको हो ।

शुक्रबार प्रचण्ड–माधव पक्षले अध्यक्षद्धय कार्यक्रमको शिलशिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भएपनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग अनौपचारिक छलफल गरिएको उनको भनाई छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले निर्वाचनको तयारीको सम्बन्धमा हालसम्म गरेका प्रगतिको बारेमा जनकारी गराइएको र निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले तयारी गरेको तथा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलबाट आयोगले सहयोगको अपेक्षा गरेको भनाई राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आयुक्त पौड्यालले निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दलहरुबाट उपयुक्त राजनीतिक वातावरण सिर्जना हुनुपर्ने भन्दै त्यसको जिम्मेवारी राजनीतिक दलको नै भएको स्पष्ट पारिएको प्रवक्ता श्रेष्ठको भनाई छ । आयोगले अर्को बैठक उपयुक्त समयमा बोलाउने आयुक्त पौडेलको भनाई उदृत गर्दै प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेकपा ओली पक्षका नेता सुवास नेम्वाङले आज आयोगका पदाधिकारीलाई भेटेपछि ओली नेतृत्वको नेकपानै आधिकारिक पार्टी भएको बताएका थिए तर आयोगले भने कुनै पनि समूहलाई आधिकारिकता प्रदान नगरेको बताएको छ । आयोगका एक आयुक्तले भने–‘आधिकारिकताबारे आयोगले निर्णय गरिसकेको छैन । नेकपाको कुनै पनि पक्ष आधिकारिता देउ भनेर आएको पनि छैन ।’रातोपाटी

कमलपोखरी पुनर्निमाणबारे गगन थापा र पुरातत्वलाई महानगरपालिकाको पत्र

काठमाडौँ । कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको भन्दै पुरातत्व विभागलाई काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण गराएको छ ।  काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराएका हुन् । कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा पछिल्लो समय देखिएको विवादको विषयमा पुरातत्व विभागले महानगरपालिकासँग समन्वय नै नगरी महानगरपालिकालाई पठाएको भनिएको पत्र एकपक्षीय रुपमा पहिल्यै विभिन्न सञ्चारमाध्ययमलाई उपलब्ध गराएको महानपालिकाको आरोप छ ।

‘काठमाडौँ महानगरपालिकाबाट टेण्डर प्रक्रियामार्फत विगत दुई वर्षदेखि भैरहेको कमलपोखरी निर्माणको कामको बारेमा काठमाडौँ महानगरपालिकासँग कुनै राय–परामर्श नगरी एक पक्षीय रुपमा त्यहाँबाट भएको पत्राचारले सरकारी निकायहरुबीच समन्वय नभएको सन्देश प्रवाह हुने तथा पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षण गर्न यस महानगरपालिकाको अभियानमा अवरोध सिर्जना हुने देखिन्छ’ पत्रमा लेखिएको छ, ‘यस प्रकारको समन्वयको अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा समेत बढोत्तरी हुने हुँदा कुनै पनि पत्राचार पूर्व समन्वय, छलफल र सहकार्य गर्नुहुन अनुरोध छ ।’

काठमाडौँ महानगरपालिका र वडा नम्बर–१ काठमाडौँ महानगरपालिकाको नाममा लेखेको  पत्र संख्या ०७७÷०७८ चलानी नम्बर ७९९ को पत्र प्राप्त गर्नुअघि नै विभिन्न अनलाइनमार्फत सार्वजनिक भएको विषयमा विभागलाई महानगरपालिकाले लेखेको पत्रमा ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी काठमाडौँ ममानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि तत्कालिन संघीय सांसद गगनकुमार थापालाई समेत पत्र लेखी कमलपोखरीको विकास तथा सुधारका लागि उनले गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘कमल पोखरी पुर्नर्निमाणका सन्दर्भमा तपाईँबाट प्रेषित काठमाडौँ महानगरपालिकाका प्रमुखलाई सम्वोधन गरिएको मिति २०७७/०९/२६ को पत्र प्राप्त भयो’ पत्रमा भनिएको छ, ‘सम्वत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईँसमेतसँग पटक–पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रष्ट छ । पोखरीको विकास तथा सुधारमा तपाईँबाट समेत विगतमा धेरै कार्यहरु गरिएको भन्ने छलफलका क्रममा तपाईँबाट नै अभिव्यक्त भएको थियो । तपाईको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यहरुको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’

काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले प्रस्तावित ढाँचा सो क्षेत्रका तत्कालीन संघीय सांसद  गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ–संस्था सबैसँग पटक–पटक छलफल गरेर सबैको सहमतिमै  कमलपोखरी पुनर्निर्माण अघि बढाएको पुनः दोहोर्याएका छन् । ‘कमलपोखरीको विकास तथा सुधारका लागि माननीय गगनकुमार थापाले विगतमा गरेका कार्यको विवरण उपलब्ध गराई सहयोग गर्न हामीले उनलाई पत्र पठाएका छौँ,’ शाक्यले भने, ‘उहाँले सबै विवरण पठाई सहयोग गरे लगत्तै कमलपोखरी पुनर्निमाणबारे सकेसम्म कमलपोखरीमै पत्रकार सम्मेलन गर्ने तयारीमा छौँ ।’

काठमाडौँ महानगरपालिका पुरातात्विक तथा धार्मिक महत्वका स्मारकहरुको संरक्षणको अभियानमा रहेको उनले बताएका छन् । ‘हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ,’ शाक्यले भने, ‘काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने हामी छलफल गरेर अघि बढ्न तयार छौँ ।’ पोखरीको प्रस्तावित ढाँचा तयार गर्ने सन्दर्भमा कमलपोखरी क्षेत्रकै तत्कालिन सांसद थापासँग महानगरपालिकाले सहरी योजना आयोगको कार्यालय, अग्रवाल भवनलगायतका स्थानमा विभिन्न चरणमा छलफल गरेको थियो । रातोपाटी

ओली गुटमा बिजोग र बेहाल छ: अध्यक्ष नेपाल

विराटनगर । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओली गुटमा विजोग र बेहाल छाएको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गुटको औचित्य समेत समाप्त भइसकेको बताए । ‘ओलीे गुटको कुनै काम छैन । ओली कहिल्यै पनि रचनात्मक काम गर्दैनन् । नेपाली जनताको बलिदानले बनाएको संविधानलाई ओलीले घाँटी रेट्ने काम गरे’ अध्यक्ष नेपालको भनाई छ ।
उनले पार्टीमा तमासा गर्ने अरु कोही नभएर केपी ओली नै भएको पनि बताए । ‘उनी पार्टीको विधि पनि मान्दैनन्, संविधान पनि मान्दैनन, उनलाई पार्टीको मतलब छैन । उहाँ कम्युनिस्ट आन्दोलन, लेकतन्त्र गणतन्त्र सिध्याउन चाहानुहुन्छ । उहाँ बनाउने होइन विगार्न चाहानुहुन्छ’ नेपालको भनाई छ ।

अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीमा कोही पनि सुप्रिम नहुने भन्दै यदि कोही सुप्रिम हुन खोजे त्यो तानाशाह हुने बताए ।  उनले ४४१ जना केन्द्रीय सदस्य रहेको नेकपामा ओलीको पक्षमा सय जना मात्रै रहेकोले ३ सय भन्दा बढी सदस्य रहेको पक्ष नै मुल पार्टी हुने र त्यो मुल पार्टी प्रचण्ड र आफुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गरे ।

‘नेकपाको मुल पार्टी यहि हो । सूर्य चिन्ह पनि यही नेकपाको हुन्छ ढुक्क हुनुस्’, कार्यकर्ताहरुलाई नेपालले आश्वस्त पारे । उनले केपी ओलीको गुटमात्र भएकाले त्यो पार्टी नै हुन नसक्ने बताए । उनले केपी ओली कामचलाउ भइसके पनि जथाभावी निर्णय गर्दै हिँडिरहेको आरोप लगाए । ‘हामी न्याय, संविधान, जनताको सुख दुःखमा साथ दिइरहेका छौ । देश र जनताको पीडा र वेदनामा हामी संवेदनशील छौ’ अध्यक्ष नेपालको भनाई छ ।रातोपाटी

जसपाले संसद विघटनको विरोधमा वडा तहसम्म विरोध गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्न लागेको हो ।

बृहत जनसभा भने केही दिनमा तय हुने अध्यक्ष यादवले जानकारी दिए । संघर्षका कार्यक्रम र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

कुखुरा रोग नियन्त्रण गर्न खोप

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराकाको रक्षाका लागि खोप ल्याइने भएको छ । केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो ।

गाउँमा फैलिएको रोगका बारेमा जानकारी पाउन र शव परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालय हुम्लाले माघ १२ गते मरेको कुखुरा पशु रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएपछि सो कार्यालयले रानीखेत रोग पुष्टि भएको पशु विकास कार्यालयका सूचना अधिकारी कृष्ण रोकायाले बताउनुभयो ।

सूचना अधिकारी रोकायाका अनुसार “कुखुरामा फैलिएको रानीखेत रोगको उपचारका लागि खोपसमेत लिएर अबको केही दिनमा टोली गाउँतर्फ जाने तयारी गरिरहेको छ, ।” यो रोगका लागि सुर्खेतबाट बिहीबार पाँच हजार खोप जिल्लामा पुगिसकेको जनाइएको छ । थाली गाउँमा दैनिक १५-२० वटा कुखुरा मर्ने गरेको स्थानीयवासी बताउँछन् । रासस

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख बढी

एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार ४८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार १० जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख ९४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ७१ हजार ६८६ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १९९ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र ६ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८३५ को मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १९ करोड ५० लाख ८१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।  बिहीबार एकै दिनमा मात्र सात लाख ४२ हजार ३०६ जनाको कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ ।सिन्ह्वा

कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक

कञ्चनपुर । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनको लागि कार्यक्रम आजदेखि सञ्चालनमा ल्याइएको हो ।

“माघ १६ देखि २१ गतेसम्म जिल्लाका नौवटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य सञ्चालन गरेका छौँ”, कार्यालयका प्रमुख उदयराज जोशीले भने, “कार्यक्रमअनुसार माघ १५ गते नगरपालिका वा गाउँपालिकाको केन्द्रमा मतदाता नामावली प्रकाशनको कार्य भइसकेको छ ।”

उनका अनुसार कार्यक्रम झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा यही माघ १६ र १७ मा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्धारित मितिमा सम्बन्धित स्थानीय तहको केन्द्रमा गई मतदाता नामावलीमा रहेको आफ्नो नाम वा विवरणमा त्रुटि भए सच्याउन, नाम दोहरो परेको भए हटाउन, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिन र कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनुहुन सूचना जारी गरिएको उनले बताए ।

मतदाता नामावली अद्यावधिक गर्न कार्यालयले राजनीतिक दल र सरकारी कार्यालयका प्रमुखसित छलफल गरिसकेको छ । कार्यालयले छलफलपछि गरी कार्यक्रम अगाडि बढाइएको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई लाख ७७ हजार ५९ जना मतदाता रहेका छन् ।

एक सय ३२ मतदानस्थल रहेको कञ्चनपुरमा ३३० मतदान केन्द्र रहेका छन् । मतदान केन्द्र पुनरावलोकनको कार्यसमेत निर्वाचन कार्यालयले गरेको छ । जसअनुसार एक हजार मतदात नबढ्ने गरी मतदान केन्द्र र सात हजार मतदाता नबढ्ने गरी मतदानस्थल निर्धारण गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणाअनुरुप कार्यक्रम सञ्चालन गरिएका छन् ।

दाबी विरोधलाई समय

बलेवा– मध्यावधि निर्वाचनको मिति तोकिएपछि जिल्ला निर्वाचन कार्यालय बागलुङले तयारी थालेको छ । निर्वाचन आयोगको कार्यसूचीअनुसार आजदेखि मतदाता अद्यावधिक तथा दाबी विरोधको काम शुरुआत भएको हो ।

जिल्लाका सबै स्थानीय तहमा सूचना जारी गरेर कार्यालय मतदाताको अद्यावधिका लागि दाबी विरोधको समय तोकेको छ । “कसैको दोहोरिएको वा नपरेको भए माग दाबी पेस गर्न भनेका छौँ”, निर्वाचन अधिकारी शिवराम शर्माले भने, “नाम नमिलेको, नागरिकतासँग भिडाउँदा नमिलेको वा अन्य कुनै कारण भए खुलाउन समय दिइएको हो ।”

दाबी विरोधका लागि तीन दिनको समय तोकिएको छ । बागलुङमा पछिल्लो विवरणअनुसार एक लाख ८२ हजार ९९३ मतदाता रहेका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एक लाख ६७ हजार २८२ थिए । पछिल्लो तीन वर्षमा १५ हजार ७ ११ मतदाता थपिएका छन् । तीमध्ये ९५ हजार २१ महिला र ८७ हजार ९७२ पुरुष रहेका छन् ।

“मतदाता नामावली दर्ता भएकाको सङ्ख्या धेरै छ तर १८ वर्ष उमेर पुगेपछि मात्रै मतदान प्रक्रियामा सहभागी हुन मिल्ने भएकाले सबै समावेश भएनन्”, उनले भने, “महिलाको सङ्ख्या पहिलेदेखि नै बढी देखिन्छ ।” विसं २०७४ को आमनिर्वाचमा ८७ हजार ४०३ महिला मतदाता हुँदा पुरुषको सङ्ख्या ७९ हजार ८७९ रहेको थियो । “दाबी विरोधको समय सकिएपछि सफाइको मौकाका लागि दुई दिनको समय हुन्छ”, उनले भने, “आयोगको निर्देशनअनुसार निर्वाचनका बाँकी प्रक्रियागत काम हुनेछन् ।”

जिल्लाका दुई निर्वाचन क्षेत्रमा १०३ मतदानस्थल तोकिएको छ । सदरमुकाम बागलुङ बजारलगायतका जनघनत्व धेरै भएका पालिका मुकामका मतदानस्थल धेरै रहेको कार्यालयले जनाएको छ । मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्रको सङ्ख्या थप भएको भए पनि मतदानस्थल भने साविककै रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सङख्याका आधारमा मतदान केन्द्र भने २१९ पुर्याएको छ । “मतदानस्थलनै थप गर्ने गरी सङ्ख्या बढेको छैन, मतदाताको विवरण अध्यावधि भएपछि थप के गर्ने भन्ने टुङ्गो लगाउन सकिन्छ”, उनले भने, “अहिलेलाई अनुमानकै आधारमा काम भइरहेका छन् ।” जिल्लामा प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनपश्चात् सुनसान रहेको कार्यालयले आम निर्वाचन घोषणापछि धमाधम काम थालेको हो ।रासस

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति  श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न  योगदान पुगेको बताए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताए ।  सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, जनसाधारणलगायतको  सहभागिता थियो ।  सभा हुनुअघि रत्नपार्क शान्तिवाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म प्रभातफेरी  गरिएको थियो । कार्यक्रममा  नेपाली सेनाको टुकडीले शहीदप्रति सलामी चढाएको थियो ।

राणाशासनविरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र  दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको स्मरणमा शहीद दिवस मनाउने गरिएको छ । राणाशासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीस्थित खरीबोट, र धर्मभक्त माथेमालाई सिफल तथा माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ ।रासस

मकवानपुरमा यात्रुबाहक बस दुर्घटना

हेटौंडा ।  मकवानपुरको पूर्वी भेग धियालबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ख ३३४४ नम्बरको यात्रुबाहक बस धरान चतरा सडकखण्डको छतिवनमा आज बिहान सडकमा राखिएको जालीमा ठोक्किएर दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका २२ जना यात्रु घाइते भएका छन् ।

यात्रुलाई स्थानीय गाउँले र प्रहरीले उद्धार गरी उपचारका लागि हेटौँडा र चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते यात्रुलाई हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा भर्ना गरिएको र उनीहरुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले जानकारी दिए । बसका चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ गरिरहेको पनि उनले बताए ।

छलफलमा सहभागी नै नभई आयोगमा पत्र बुझाएर फर्किए प्रचण्ड–नेपाल समूहका नेता

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहबाट निर्वाचन आयोगसँग माघ १८ पछि छलफल आयोजना गर्न आग्रह गरेको छ ।

अध्यक्षद्वय पार्टी कामको सिलसिलामा काठमाडौं उपत्यका बाहिर रहनुपरेको भन्दै माघ १८ गतेपछि छलफल सार्न आग्रह गरिएको हो ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि भन्दै नेकपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारेमा छलफल गर्न आज बोलाएको थियो ।

पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगलाई लेखेको पत्रमा अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागी हुन नसक्ने प्रचण्ड–नेपाल समूहले बताएको छ ।

आयोगमा पुगेर लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध पत्र बुझाएर फर्किएका छन् ।नागरिक खबर

नागरिक खबर

इन्टरनेट सेवाप्रति बढ्दो जनगुनासो, गुणस्तरीय सेवा नदिए कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी

काठमाडौं । इन्टरनेट सेवा दिन प्रतिदिनि सबैको आवश्यकता बनेको छ । तर, इन्टरनेट सेवा प्रदायकले भने सेवाग्राहीलाई झुक्याउँदै आएका छन् ।

सस्तोमा राम्रो व्याण्डवीथ सहितको इन्टरनेट सेवा दिने प्रलोभन दिने तर सेवा भने गुणस्तरहीन रहेको व्यापक जनगुनासो रहँदै आएको छ । इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकबाट राम्रो सेवा दिने भन्दै चर्को शुल्क असुले पनि सेवा भने स्तरीय नभएको व्यापक गुनासो रहँदै आएको छ ।

शहरी क्षेत्रमा समेत गुणस्तरीय सेवा दिन नसकेको इन्टरनेट सेवा प्रदायकले ग्रामीण क्षेत्रमा झनै समस्या दिने गरेको व्यापक गुनासो छ । यस्ता गुनासा व्यापक रुपमा आउन थालेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न इन्टरनेट सेवा प्रदायक संघ, संस्थाहरुलाई निर्देशन दिएका छन् ।

इन्टरनेट सेवाका सम्बन्धमा चर्को गुनासो आइरहेका बेला मन्त्री गुरुङले सेवाग्राहीलाई सन्तुुष्ट हुने गरी सेवा प्रवाह गर्न सेवा प्रदायक संघ, संस्थाहरुलाई सचेत गराएका हुन । उनले इन्टरनेट सेवा प्रदायक संस्थाहरुले गुणस्तरीय सेवा प्रवाह गरे, नगरेको अनुुगमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई सचेत समेत गराए ।

“टावर राखिएकाहोलान्, अप्टिकल फाईबर बिच्छ्याउने काम पनि गरिएको होला” बिहीबार सिंहदरबारमा आयोजित इन्टरनेट सेवा प्रदायक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, “तर ग्राहकलाई सन्तुष्ट बनाउने गरी सेवा सेवा प्रवाह गर्न नसकेको यथार्थलाई स्वीकार गरेर सेवा प्रवाहको कामलाई गुणस्तरीय बनाउन इन्टरनेट सेवा प्रदायक संघ, संस्थालाई आग्रह गर्दछुु ।”

मन्त्री गुरुङले इन्टरनेट सेवालाई सस्तो र गुुणस्तरीय बनाएर जनतालाई खुसी बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै सोही लक्ष्य पूरा हुने गरी सेवा प्रदायकहरुले काम गर्नुपर्ने पनि स्पष्ट पारे । उनले ‘डिजिटल नेपाल’बनाउने परिकल्पना साकार पार्ने गरी पूर्वाधार निर्माणका लागि पूूर्वाधार कम्पनी स्थापना गर्ने योजना सार्वजनिक गर्दै त्यसमा साथ दिन निजी क्षेत्रका सेवा प्रदायक संघ, संस्थाहरुलाई अनुरोध गरे ।

दूर्गम क्षेत्रमा कोभिड १९ पछि इन्टरनेट सेवाको आवश्यक्ता झनै बढेर गएको स्मरण गराउँदै मन्त्री गुरुङले त्यसै अनुसारको योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए । उनले इन्टरनेट सेवाको विस्तार तथा गुणस्तरीय सेवाका लागि आवश्यक सुुझाव दिन सेवा प्रदायक संघ, संस्थाहरुलाई पटक पटक ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै एनसेल, वल्डलिंक, सुविसुु केवलनेट लगायतका इन्टरनेट सेवा प्रदायक संघ, संस्थाहरुले सस्तो र गुुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक वातावरण बनाई दिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।नागरिक खबर

भारतको काश्मीर रणनीति मौलिक, प्रभावकारी र दिगो हुनुपर्दछ : विज्ञ

कोलकाता । भारतको प्रमुख उद्देश्य आतंककारीहरूलाई निर्मुल गर्ने र पाकिस्तानबाट सीमापार घुसपैठ रोक्ने हो भने प्रभावकारी रणनीति बनाउन आवश्यक छ ।

एक विज्ञले भने, “तर यदि हाम्रो उद्देश्य काश्मिरी जनसंख्या र उनीहरूको बाँकी भारतसँग शान्तिपूर्ण मनोवैज्ञानिक एकीकरण हो भने भारतको रणनीति मौलिक, प्रभावकारी र दिगो हुनुपर्दछ ।”

भारतको विश्वव्यापी थिंक ट्याङ् फाउन्डेशनद्वारा आयोजना गरिएको भर्चुअल सेमिनारमा ‘काश्मीरको सम्बन्धमा एक प्रभावकारी रणनीतिको आवश्यकता’ भन्‍ने विषयमा छलफल गरिएको थियो ।

छलफलमा भारतले काश्‍मीरको शान्तिका लागि अन्तर्राष्ट्रिय सम्बन्ध, वित्तीय, वातावरणीय, वैज्ञानिक, रणनीतिक र रक्षा नीतिलगायतका विषयलाई ध्यानमा राखेर काम गर्नुपर्छ । सेमिनारमा सहभागी विज्ञहरुले विद्रोह र आतंकवादलगायतका काश्मीरका प्रमुख सुरक्षा चुनौतीहरुलाई नीतिगत दृष्टिकोणबाट हेरेर अगाडि जानुपर्ने सुझाएका छन् ।

सेमिनारमा आरएका प्रमुख एएएस दुलत, विशेष निर्देशक आईबी, लेफ्टिनेंट जनरल गुरमित सिंह, पूर्व उपप्रमुख चीफ अफ स्टाफ एण्ड कोर कमाण्डर, श्रीनगर, लेफ्टिनेंट जनरल सय्यद अता हस्नाईन, काश्मीरका केन्द्रीय विश्वविद्यालयका प्राध्यापक अमिताभ मट्टू, पूर्व मन्त्रिपरिषद सल्लाहकार तहमिना रिजवी, नीति अनुसन्धानकर्ता तथा जम्मू कश्मीर नीति इन्स्टिच्यूटका  सीईओ सोहम दास, टिलोटो फाउन्डेशनका निर्देशक जितेन्द्र के ओझा, भू राजनीतिक विश्लेषक र भारत सरकारका पूर्व संयुक्त सचिवलगायय सहभागी थिए ।

लामो समयदेखि काश्‍मीरमा अशान्ति मच्चिएको भन्दै भारत सरकारले सन् २०१९ को अगस्तमा धारा ३७० खारेज गरेको थियो । धारा ३७० खारेजपछि भ्रम, अराजकता र अनिश्चितता हटाउन र नयाँ रणनीति तय गर्ने विषयमा विज्ञहरुसँग छलफल गरिएको हो ।

भारत र पाकिस्तान दुबै मुलुकले काश्‍मीर पूर्णरूपमा आफ्नो दाबी गरे पनि आधा-आधा भागमा शासन गरिरहेका छन् । पाकिस्तान भारत प्रशासित काश्‍मीरमा घुसपैठ गर्ने र अशान्ति मच्चाउने काम गरिरहेको छ ।

भारत प्रशासित काश्मिरमा विद्रोह तीन दशकदेखि जारी छ । यसले दुई राष्ट्रको महत्वपूर्ण समय र लगानीमा क्षति पुर्‍याएको छ ।

पर्वतको देउपुरमा सुन्तला बिक्रीबाट रु डेढ करोड भित्रियो

पर्वत। सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष रु डेढ करोड भित्र्याएका छन्।

व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला बिक्रीबाट रु एक करोड ५० लाखभन्दा बढी रकम भित्रियाएको हो। गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन कम भएकाले आम्दानीसमेत झण्डै ५० प्रतिशतले कमी आएको छ। यहाँको बगैँचामा सुन्तला किन्नका लागि काठमाडाैं, पोखरा, नारायणगढबाट व्यापारी घरघरमै आएका थिए।

कृषकले दुई वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएका थिए। स्थानीय माछापुच्छ्रे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि निजी हिसाबले नै बिक्री गर्न थालिएको सहकारीका अध्यक्ष दाताराम चापागाईँले बताए।

यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उनको भनाइ छ। “गएको वर्ष रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थियौँ, यस वर्ष मुस्किलले डेढ करोडजति आम्दानी भएको अनुमान छ”, अध्यक्ष चापागाईँले भने।

सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए। सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो। थोक व्यापारीले बगैँचाबाटै खरिद गरेपछि कृषकलाई पनि सहज भएको स्थानीय शिक्षक भूमिराज शर्माले बताए। देउपुरका कृषक ख्यामराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताए। उनले गत वर्ष रु चार लाखमा सुन्तलाको बगैँचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधा जति घटेको बताए।

गत वर्ष हिउँदमा पटक–पटक आएको असिना, विभिन्न रोग र किराको प्रकोप र यस वर्ष वर्षायाममा पानीसमेत धेरै परेकाले उत्पादन घटेको हुनसक्ने स्थानीयवासीको अनुमान छ। विगत डेढ दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन्। परम्परागतरूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ। यहाँका १६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन्।

साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरूपमा शुरु गरेको माछापुच्छ्रे सुन्तला समूहका अध्यक्ष दाताराम चापागाईँले बताए। उनले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताए।

शुरुमा कोदो, मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरूपमा प्रत्येक परिवारको रु दुईदेखि पाँच लाखसम्म कमाइ हुन थालेको उनको भनाइ छ। मकै, कोदो लगाउँदा रु २० हजार कमाइ नहुने ठाउँमा सुन्तला लगाउँदा रु पाँच लाख कमाइ हुन्छ”, उनले भने, “अहिले देउपुरका सबै घरमा रु दुई लाखभन्दा बढी कमाउने कृषक छन्।”

शुरुमा केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै रोपिएको कृषकको भनाइ छ। अहिले देउपुरका अधिकांश घरमा सुन्तला रोपिएको छ। यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेका स्थानीयवासी भूमिराज शर्माले बताए।

ठूला र साना बोट पनि धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उनले बताए। विभिन्न औषधि प्रयोग गरे पनि निरन्तर रुख सुक्न थालेको उनको भनाइ छ। उनले तापक्रम वृद्धि भएकाले सुन्तलामा पनि असर गरेको हो कि भन्ने अनुमान गरिएको बताए। रासस

देउवालाई सभापति र प्रधानमन्त्रीमा रोक्न शुरु भयो खतरनाक खेल, कम्युनिष्टसँग मिलेर काँग्रेस नेताहरुकै रहस्यमयी भुमिका!

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको बिग्रिएको छवि सुधार हुँदै गएको देखेपछि चिन्तित बनेको छ । प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको आरोप खेप्दै आएका देउवाले २० प्रतिशत छवि सुधार गरेको चर्चा छ । देउवा फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएपछि पौडेल समूहलाई तनाब भएको छ ।

नेकपा कानूनी रुपमा विभाजन हुनेवित्तिकै सबैभन्दा ठूलो फाइदा कांग्रेस र सभापति देउवालाई हुनेछ । देउवा पार्टीमा पुनः सभापति हुनेछन् ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना नगरेर निर्वाचनमा जान भन्यो भने देउवाले टिकट बाँड्नेछन् । देउवाले आफू निकटका नेताहरूलाई धेरै टिकट दिनेछन् । यस्तो अवस्था भयो भने पौडेल समूहलाई तनाब हुनेछ ।

देउवाले पार्टी र सरकार दुबै मोर्चामा बर्चस्व बनाउने आशंकामा पौडेल समूह डराएको चर्चा कांग्रेसभित्र छ । पौडेललाई राष्ट्रपतिको लोभ प्रचण्ड–माधव समूहले दिएका छन् ।

राष्ट्रपतिको लोभमा परेका पौडेल कुनै पनि हालतमा त्यो पद पाउनेछैनन् । संविधानले एउटा महिला र पुरुष हुनुपर्ने व्यवस्था गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउँदा पनि उप–राष्ट्रपति पुरुष भएकाले पौडेललाई राष्ट्रपति बन्न समस्या छ ।

प्रचण्डले पौडेललाई सहज रुपमा राष्ट्रपति पद दिनेछैनन् । पौडेलले यो कुरा पनि राम्रोसँग बुझेका छन् । पौडेललाई सबैभन्दा तनाब देउवाले पार्टी कब्जा गर्छ भन्नेछ ।

संसद पुनःस्थापना भयो भने सबैभन्दा धेरै अस्थिरता हुनेछ । कांग्रेस तेस्रो पार्टी बन्नेछ । विभाजित भएको भनिएका ओली र प्रचण्ड–माधव समूह पुनः एकीकरण हुने सम्भावना छ । मधेस केन्द्रित दल र नेकपा मिलेर सरकार बनाउने सम्भावना छ । त्यो अवस्था आयो भने कांग्रेसलाई झन् तनाबको अवस्था रहनेछ ।

देउवाले दुबै नेकपाका नेताहरूलाई कानूनी रुपमा विभाजन भएको प्रमाण ल्याउन भन्दै आएका छन् । देउवाले दुबै समूहलाई खुलेर समर्थन गरेका छैनन् । देउवाले ओलीलाई साथ दिएको पौडेल समूहको आरोप छ । देउवाले ओलीलाई साथ नदिएको भए नेकपा विभाजनको चरणमा पुग्ने थिएन । यो कुरा पौडेल समूहले बुझ्नुपर्छ ।

तनहुँमा तत्कालीन एमालेका किसान श्रेष्ठसँग पराजित भएका पौडेललाई गाउँमा जान कति नमज्जा थियो त्यो कुरा स्मरण गरे हुन्छ । एउटा पुल उद्घाटन गर्दा पौडेलले कम्युनिस्टसँग कति संघर्ष गर्नु परेको थियो सबैलाई जानकारी छ ।