१४ मंसिर २०७७, आईतवार १४:०४ – Page 4 – Nagarikabhiyan : National News

पुर्व प्रेमी रणवीर कपूरलाई सम्झिंदै शेयर गरिन् दीपिकाले केही अदृश्य तस्वीरहरु, जस्मा देख्न सकिन्छ यी दुवैको मायाप्रेमप्रेम

एजेन्सी । पहिलो प्रेम आखिर पहिलो नै हो, आजपनि दीपिका पादुकोणको मनदेखि हट्न सकेका छैनन् रणवीर कपूर । बलिउड अभिनेत्री दीपिका पादुकोणले धेरै लामो समयपछि आफ्नो पुर्वप्रेमी रणवीर कपूरसंगको तस्वीरलाई सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उनले शेयर गरेको यो तस्वीर आजसम्म कहींकतै पनि सोशल मिडियामा देखिएको थिएन । यो तस्वीर यी दुवै लववर्ड हुँदा खेलेको कुनै फिल्मको शूटिंगका दौडान खिचिएको हो । जानकारीकोलागी दीपिकाको अहिले बिहे भैसकेकोछ ।

उसो त बलिउडमा निकै नै सफल जोडीहरु छन् । तर अहिले पनि दीपिका र रणवीरको जोडीलाई उनका फ्यानहरुले निकै नै रुचाउने गर्छन् । रणवीर र दीपिकाले एकसाथमा धेरै फिल्महरु गरिसकेका छन् । जुन निकै नै हिट छन् । तीनै हीट मध्यको एक सफल फिल्म हो तमाशा । यस फिल्मलाई इम्तियाज अलीले निर्देशन गरेका थिए । यो फिल्म बनेको आज पुरै ५ वर्ष भएको छ ।

पाँचौं वर्षको सम्झनामा दीपिका पादुकोणले आफ्नो को स्टार रणवीर कपूरसंग खिचिएको अदृशय फोटोहरुलाई सोशल मिडियामा शेयर गरेकी छन् । दीपिका पादुकोणले आफ्नो इंस्टाग्राम एकाउंटमा फिल्म तमाशाको शूटिंगको दौडान खिचिएका केही अदृश्य तस्वीरलाई शेयर गरेकी छन् । यो समयमा अभिनेत्री दीपिकाले रणवीरसंगको उक्त फोटोलाई शेयर गर्नुमा कहींकतै उनको मनमा अझैं पनि रणवीर छन् भन्ने कुराको आँकलन उनका फ्यानहरुले लगाएका छन् ।

दीपिकाले शेयर गरेको उक्त फोटोमा सोशल मिडिया यूजसरले उत्कृष्ट जोडी भनेर कमेन्ट गरेका छन् । दीपिका र रणवीरको उक्त फोटोलाई धेरै सोशल मिडिया यूजरसले लाईक, शेयर र कमेन्ट गरेका छन् । कतिले त अझैं पनि दीपिकाले रणवीरलाई बिर्सन नसकेको टिप्पणी समेत गरेका छन् ।

दक्षिण कोरिया कोरोना संक्रमतिको संख्या ३३ हजार ८२४ पुग्यो

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ ।  हालसम्म भएका कुल संक्रमित मध्ये २७ हजार ५४२ जना कोरोना मुक्त भएका पनि यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण कोरियामा आन्तरिक रुपमा कोरोना संक्रमण हुनु भन्दा पनि बाहिरी देशबाट आएका व्यक्तिहरुमा भएको संक्रमणका कारण देशभित्रका व्यक्तिहरुलाई सरेको जानकारी दिइदै आएको छ । दक्षिण कोरियामा कोरोना शुरु भएयता हालसम्म यस संक्रमणको कारण ५२३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको कारण विश्वमा  छ करोड २५ लाख ८६ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना संक्रमणको कारण विश्वमा  १४ लाख ५८ हजार व्यक्तिको मृत्यु भइसकेको छ । संक्रमण भएका मध्ये ४ करोड ३१ लाख ९८ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ । –सिन्ह्वा

उत्तर कोरियाले दुईजना अधिकारीलाई मृत्युदण्ड दियो, राजधानी बन्द गरायो

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनले देशलाई कोरोनाभाइरसबाट टाढा राख्न कम्तीमा दुई जनालाई मृत्युदण्ड दिन, समुद्रमा माछा मार्न र राजधानी प्योङ्गयाङ बन्द गर्न आदेश दिएको दक्षिण कोरियाली गुप्तचर एजेन्सीले शुक्रबार जानकारी दिएको छ ।

किमको सरकारले देश बाहिर रहेका आफ्ना कूटनीतिज्ञलाई अमेरिकालाई उत्तेजित बनाउने कुनै किसिमका क्रियाकलाप नगनै आदेश दिएको छ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको उत्तर कोरियाप्रतिको धारणा प्रति किमको सरकार चिन्तित रहेको त्यहाँका सांसदले बताएका छन् ।

सांसद हा तेई क्यूङले एनआईएससँगको कुराकानीमा किमले असाध्यै रिस देखाइरहेको र महामारी र यसले निम्त्याउने प्रभावप्रति तर्कहिन उपाय अपनाइरहेको बताएका छन् ।

उनलाई उद्धृत गर्दै एनआईएसले दिएको जानकारी अनुसार उत्तर कोरियाले पैसा साट्ने एक उच्च पदस्थ अधिकारीलाई गत महिना मृत्युदण्ड दिन आदेश दिएका थिए । यसका साथै किमले अगस्ट महिनामा पनि एक अधिकारीलाई विदेशबाट निर्यात गरिएका खानामा लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा मृत्युदण्ड दिन आग्रह गरेका थिए । मृत्युदण्ड दिइएका ती दुबैजनाको पहिचान खुलाइएको छैन ।

उत्तर कोरियाले समुद्रमा माछा मार्न र नुन उत्पादनमा पनि रोक लगाएको छ । यसको मुख्य उद्देश्य सम्द्रको पानीलाई भाइरसबाट जोगाउनु थियो ।

यद्यपि, यो प्रतिबन्ध सबै उत्तर कोरियाली पानीमा लगाइएको थियो वा यो अहिलेसम्म पनि लागू छ भन्ने स्पष्ट जानकारी भने छैन ।

उत्तर कोरियाले हालै प्योङयाङ र उत्तरी जगाङ्ग प्रान्तमा कोरोनाभाइरसको डरले लकडाउन लागू गरेको छ ।

 

 

खुल्यो माउन्टेन फ्लाइट, बुद्ध र यतीमा एउटा टिकट किन्दा अर्को सित्तैमा

१४ मंसिर, काठमाडौं । चैतयता बन्द रहेको माउन्टेन फ्लाइट अब सञ्‍चालन हुने भएको छ । निजी क्षेत्रका दुई ठूला कम्पनी बुद्ध एयर र यति एयरले माउण्टेन उडानको मिति तय गरेका छन् । शनिबार बुद्धले लकडाउनयता परीक्षणका रुपमा पहिलो उडान गरेको छ ।

अब हरेक शनिबार नियमित माउन्टेन फ्लाइट हुने कम्पनीले जनाएको छ । बुद्ध एयरका अनुसार २० मंसिरबाट शनिबार बुद्धको जहाज माउन्टेन फ्लाइटमा उड्नेछन् । काठमाडौं विमानस्थलबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरसहित हिमश्रृङ्खलाको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

खासगरी पदयात्रामार्फत हिमालमा पुग्न नसक्ने र आकासबाट पर्वतीय दर्शनको अनुभव लिन चाहनेका लागि आकर्षक प्याकेज ल्याइएको कम्पनीले जनाएको छ । बुद्ध एयरले एक माउण्टेन फ्लाइट टिकटको भाडा ८ हजार ९ सय तोकेको छ । यो मूल्यमा अब थप अर्को टिकट उपलब्ध हुनेछ । झ्यालसहितको टिकट खरिद गरेका यात्रुले सँगैको सिट सित्तैमा उपलब्ध गराउने घोषणा गरेको छ । यो अफर नेपाली नागरिकको हकमा मात्र उपलब्ध हुने भएको छ ।

उता, यती एयरले समेत अब २० मंसिरबाट हरेक शनिबार माउण्टेन फ्लाइट शुरु गरेको एउटा टिकट किन्दा अर्को सित्तैमा दिने गरी अफर ल्याएको छ । झ्यालको टिकट किन्दा अर्को सँगैको सिट सित्तैमा दिने घोषणा यतीले समेत गरेको छ । कम्पनीका अनुसार यो अफर नेपाली नागरिकका लागि मात्र उपलब्ध भएको हो ।अनलाइनखबर

सिरहा र सप्तीमा डिप ट्युबवेल जडान

सिरहा । वर्सेनि खडेरीको समस्या खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत पुग्ने गरी १२ डिप ट्युबवेल जडान भएको छ । भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले सिरहामा छ र सप्तरीमा छ थान डिप ट्युबवेल जडान गरेको हो ।

कार्यालयले आव ०७६/०७७ मा सिरहाको मिर्चैया नगरपालिका– ११ सितापुर, सखुवानन्कारकट्टी गाउँपालिका– १ भोर, लक्ष्मीपुर पतारी गाउँपालिका– २ पोखरभिण्डा, मिर्चैया नगरपालिका– १ बिर्ता, बरियारपट्टी गाउँपालिका– २ खोक्सी र नरहा गाउँपालिका– ४ बलुवामा एक/एक थान डिप ट्युबवेल जडान गरिएको कार्यालयका प्रमुख सुदर्शनप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै सप्तरीको राजविराज नगरपालिका, रुपनी गाउँपालिका, कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासबरण गाउँपालिका र कञ्चनरुप नगरपालिका– ८ धर्मेश्वरमा एक÷एक थान गरी सप्तरीमा ६ थान डिप ट्युबवेल जडान गरिएको उनले बताए ।

त्यस्तै सो आवमा सिरहा र सप्तरीमा २६ थान स्यालो ट्युबवेल जडान गरेको कार्यालयले जनाएको छ । सो अवधिमा १४ वटा पम्पको मर्मत गरी पुनःसञ्चालनमा ल्याएको, १८ वटा वितरण प्रणाली तथा घर निर्माण गरिएको छ । सिरहामा पाँच थान पावर ड्रिलसमेत जडान गरिएको कार्यालयका सूचना अधिकारी पुष्पराज दाहालले जानकारी दिए । उनका अनुसार सो आर्थिक वर्षमा ती दुई जिल्लाका १६ स्थानमा विद्युतीकरण पम्प जडान गरिएको छ ।द नेपालटप

एसिया सेल्टर फोरमको कार्यशाला काठमाडौँमा

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौँमा हुँदैछ । एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले गोष्ठीको आयोजना गर्न लागिएको हो ।

गत वर्ष इन्डोनेशियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो । कोभिड–१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो । अवस्था सामान्य भए २०७७ चैतमा भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम काठमाडौँमै आयोजना गरिने बताइएको छ ।

गोष्ठीमा राम्रा अभ्यासको सिकाइबाट समुदायको संलग्नतामा समुदायबाट नेतृत्व गरिएका सुरक्षित र प्रतिष्ठित आवास कार्यक्रमका प्रयासलाई उजागर गर्दैै विपद् प्रतिकार्यमा सहकार्यका लागि सम्भावनाको खोजी गरिनेछ । फोरमले एशिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्तालाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताको क्षमता अभिवृद्धिका लागि प्रयास गर्नेछ ।

विपद् प्रतिकार्यमा सहकार्य एवं सहयोग गर्ने समुदायका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ ।

कार्यशाला गोष्ठीलाई हाउजिङ रिकोभरी एण्ड रिकन्स्ट्रसन प्लेटफर्म (एचआरआरपी), क्याथोलिक रिलिफ सर्भिसेस(सिआरएस), इन्टरनेशनल फेडरेशन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिज(आइएफआरसी), युरोपियन युनियन(इयु), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन(आइओएम), ह्याविट्याट फर ह्युम्यानिटी र गैरसरकारी संस्था महासङ्घले समन्वय गर्ने प्राधिकरणले जनाएको छ । कार्यशालाको उद्घाटन आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गर्नेछन् भने अध्यक्षता मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले गर्नेछन् । द नेपालटप

आँखा शिविरबाट तीन सयको उपचार

अरुण कुमार यादव

राजविराज, १४ मंसिर ः सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपामा एक दिने आँखा शिविरमा तीन सय भन्दा बढीको उपचार गरिएको छ ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालसँगको समन्वयमा सहिद प्रभु नारायण स्मृति ट्रस्टले शनिबार एक दिने आँखा शिविर आयोजना गरिएको हो ।

उक्त शिविरमा ३ सय १५ जना आँखा रोगीहरूको आँखा परीक्षण गरिएको ट्रस्टका सचिव भगवानलाल यादवले जानकारी दिनुभयो ।

सो आँखा शिविरमा परीक्षण गरिएकाहरु मध्यै १ सय ६५ जनामा मोतियाबिंद फेला परेको सचिव यादवले बताउनुभयो ।

मोतियाबिंद देखिएकाहरूलाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया(आप्रेशन) को व्यवस्था मिलाईएको सहिद प्रभु नारायण स्मृति ट्रस्टले जनाएको छ । –––

 

अरुण कुमार यादव

राजविराज ।  मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा शनिवार यहाँ मैथिली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनालाई पुरस्कृत गरिएको छ ।

 

मैथिली भवनमा आयोजित कार्यक्रममा शिवदत्त मिश्र स्मृति पुरस्कार नेपालका प्रसिद्ध इतिहासविद् एवम् लेखक प्रा.डा. पिताम्बरलाल यादवलाई प्रदान गरिएको छ । उहाँलाई सम्मान पत्र, दोसल्लासहित नगद रु ७ हजार ५ सय एक रुपैयाँ सहित पुरस्कार बितरण गरिएको छ ।

यस्तै विवेका लक्ष्मी मैथिली पत्रकारिता पुरस्कार प्रसिद्ध साहित्यकार समेत रहेका मिथिला साप्ताहिकका सम्पादक देवेन्द्र मिश्रलाई प्रदान गरिएको छ । उहाँलाई रु पाँच हजार पाँच रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यस्तै शोभा देव स्मृति मैथिली पुरस्कारबाट मैथिली भाषाका प्रसिद्ध कवि पूनम ठाकुरलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार पाँच रुपैयाँ रहेको छ ।

यस्तै विजयेन्द्र विनोद कला कला संस्कृति पुरस्कार प्रसिद्ध गायिका सुनिता साह र कञ्चन झालाई प्रदान गरिएको छ । सम्मानपत्र र दोसल्लासहित पुरस्कारको राशी एक हजार पाँच सय पाँच रुपैयाँ रहेको थियो ।

शनिशिव मन्दिरबाट मोटरसाइकल चोरी

राजबिराज । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर–६ स्थित शनि शिव मन्दिरबाट आज एक मोटरसाइकल चोरी भएको छ ।

पुजापाठ गर्न पार्किङ गरेर राखेको प्र.न. १–०२०४१प ३६४९ नम्बरको मोटरसाइकल चोरी भएको हो ।

मोटरसाइकल शनि मन्दिरमा एक समितिले रु २० को टिकट काटेर पार्किङ गरेर राखेको मोटरसाइकल धनीले बताए ।

समितिले मोटरसाइकलको हेर्ने जिम्मेवारी लिएपछि आफू ढुक्कसँग दर्शन गर्न गएको थिए मोटरसाइकल धनिले भने, दर्शन गरेर फर्कदा राखेको ठाउँमा थिएन । मोटरसाइकल चोरी भएको उजुरीको आधारमा प्रहरीले समितिका टिकट काट्ने एक ब्याक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मोटरसाइकल धनिले समितिबाट प्राप्त टिकटमा सहि गर्ने भिम बिकलाई नियन्त्रणमा लिई आबश्यक अनुसान्धन शुरु गरेको जनाएका छन् ।

यसअघि शनि मन्दिरको दर्शन गर्न आउने भक्तजनका लागि गाडी पार्किङको ब्यवस्था थिएन । सवारी पार्किङ गरि टिकट लिन शुरु गरेकै दिन मोटरसाइकल चोरी भएको स्थानीयले जनाएको छ । स्थानीयका अनुसार अबैध रुपले शनि मन्दिरमा पार्किङ गरि पैसा अशुली गर्न थालिएको थियो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान फलफुल बितरणबाट

राजविराज । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान फलफुल बितरण

(१) “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धब्यत्ती,समाज र सबैको ऐक्यबद्धता“ मुल नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शनिबार चौथो दिन राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि आउने बिरामीहरुलाई फलफूल वितरण गर्दै ।

(२) “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धब्यत्ती,समाज र सबैको ऐक्यबद्धता“ मुल नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शनिबार चौथो दिन राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा सरसफाई गर्दै अभियानमा सहभागिहरु ।

 

 

 

‘आधीपुरुष’मा प्रभाषकी ‘सिता’ बन्दै कृती

चलचित्र ‘साहो’पछि नायक प्रभाष र निर्माता भुषण कुमारले चलचित्र ‘आधीपुरुष’मा एकसाथ सहकार्य गर्दैछन् । यो चलचित्रमा प्रभाष भगवान् रामको भूमिकामा देखिदैछन् । चलचित्रमा रावणको भूमिकामा नायक सैफअली खानले काम गर्ने पक्का भएको छ ।

अब, यो चलचित्रको निर्माणपक्षले नायिकाको रुपमा कृती सेननलाई फाइनल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा कृतीले सिताको भूमिकामा काम गर्नेछिन् ।

यो चलचित्रलाई ओम राउतले निर्देशन गर्दैछन् । कृतीले साइन गरेको यो छैटौ चलचित्र हो । कृती अहिले चलचित्र ‘हम दो हमारे दो’मा काम गरिरहेकी छिन् । यसपछि उनले ‘बच्चन पाण्डे, भेडिया’ लगायतका चलचित्रमा पनि काम गर्नेछिन् ।

यो चलचित्रको छायांकन उच्च भीएफएक्सको साथमा स्टूडियोमा गरिनेछ । यसका लागि निर्देशकले अवतार र वार चलचित्रको भीएफएक्स टिमसँग छलफल गरिरहेका छन् । यो चलचित्रको रिलिज मिति सन् २०२२ को अगष्ट ११ लाई तोकिएको छ । अनलाईन खबरबाट

कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु

 कैलाली । कञ्चनपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ ।

छतबाट खसेर गम्भीर घाइते भएका ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । अनलाईन खबरबाट

धरान र विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

धरान । कोरोना संक्रमणका कारण धरानमा एक किशोरीको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महोत्तरी बर्दिवास–२ की २२ वर्षीया किशोरीको आइतबार बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

जनकपुरस्थित सिटी अस्पतालबाट रिफर भएकी महिलामा क्लाम्पेसियाको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । मंसिर २ गते कोरोना पोजेटिभ पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानमा हालसम्म १ सय १५ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । शनिबार राती ११ बजे उपचारका क्रममा उर्लाबारी नगरपालिका ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

ती पुरुषमा पेट दुख्ने, वान्ता, ज्वरो तथा छाती दुख्ने समस्या रहेको दाहालले जानकारी दिए ।

मंसिर ४ गते अस्पतालमा भर्ना गरिएका पुरुषको पीसीआर परीक्षण गर्दा ५ गते पोजेटिभ रिपोर्ट आएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार शुरु गरिएको दाहालले जानकारी दिए । द नेपालटपबाट

काठमाडौं आइपुगे चिनियाँ रक्षामन्त्री फेङ्ही

काठमाडौं । २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ रक्षामन्त्री वेई फेङ्ही काठमाडौं आइपुगेका छन् । रक्षामन्त्री फेङ्ही केहीबेर अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावासमा जाने र केहीबेर आराम गरेपछि उनी औपचारिक भेटवार्ताका लागि निस्किने छन् ।

सबैभन्दा पहिले उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम छ । उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् ।

सबैभन्दा पहिले जंगीअड्डामा नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्री फेङ्हीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार कल (अफिस कल) गर्ने छन् ।
त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने छ ।

जंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् ।

राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।उनी आइतबार नै काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम तय भएको छ । द नेपालटपबाट

बालुवाटारमा ओली र प्रचण्डवीच घोचपेच

काठमाडौं ।  लिखितरुपमा एक(अर्कावीच आरोप प्रत्यारोप लगाइरहेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच अचेल एक्लाएक्लै सम्वाद हुन छाडेको छ ।

शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा उनीहरुवीच स्वाभाविक भेट भयो । तर, आपसमा घोचपेच भयो ।

सचिवालय बैठक एक बजे बोलाइए पनि केही ढिलो गरी शुरु भएको थियो, जहाँ ओली र प्रचण्डले एकअर्का विरुद्ध बोले ।

बैठकको सुरुमा कार्यकारी अध्यक्ष प्रचण्डले गत मंसिर ३ को बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई डकुमेन्ट लेख्नका लागि १० दिनको समय दिएको स्मरण गर्दै प्रस्ताव ल्याउनुभएको होला भनेर प्रस्तुत गर्न आग्रह गरे ।

त्यसपछि ओलीको लिखित प्रस्ताव खाममा राखेर सबै नेताहरुलाई वितरण भयो । कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ मा पेश गरेको प्रस्ताव र सात पृष्ठको पत्रको जवाफमा ओलीले ३८ पृष्ठको प्रस्ताव पेश गरेका छन् ।

ओलीले आफ्नो मौखिक भनाइ पनि बैठकमा राखेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव एजेण्डाका रुपमा दर्ता नहुने भन्दै पार्टी एकताको रक्षा गर्ने हो भने त्यसलाई फिर्ता लिएर प्रचण्डले आत्मालोचना गर्नुपर्ने बताए ।

प्रस्तावमा आफूमाथि गलत लाञ्छनाहरु लगाइएकाले प्रचण्डले त्यसलाई फिर्ता लिएर क्षमा मागेपछि मात्रै पार्टी एकता अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको अडान थियो ।

बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले अन्तरिम कमिटीहरुको बहुमतले आफूलाई हटाउन खोजेमा त्यो मान्य नहुने भन्दै त्यस्तो अन्तरिम कमिटीहरुको बहुमतको निर्णय आफूले नमान्ने बताएको एक सचिवालय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

शनिबारको बैठकमा ओलीको प्रतिवेदनमाथि कुनै छलफल भएन । प्रतिवेदन पेश गर्दै ओलीले पार्टीभित्र हुनुपर्ने भन्दा पनि नहुनुपर्ने प्रस्ताव ल्याइएको बताए । ‘बैठकमा ल्याउनुपर्ने एजेण्डा कहिले ल्याउनुहुन्छ ? जनताका समस्या ल्याउनै हुन्न’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्यो, ‘नातागोताले पाउनुपर्ने कुरा पाएकै छन्, घर नहुनेले घरबेटी पाएकै छन् ।’

प्रधानमन्त्री ओलीले घोचपेच गरेपछि प्रचण्डले पनि म केही कुरा राख्छु भन्दै केपी ओलीलाई अहंकारी, दम्भी र व्यक्तिवादी भएको आरोप लगाए ।

प्रधानमन्त्रीले ल्याएको लिखित प्रस्तावको जवाफ त्यसको अध्ययन गरेपछि दिने बताउँदै प्रचण्डले बैठकमा प्रधानमन्त्रीका कुरा सुनेपछि संक्षिप्त टिप्पणी गर्न मन लाग्यो भन्दै आफ्ना कुरा राखेका थिए । ‘तपाई अहिले पनि अहंकार र दम्भ नै देखाइरहनुभएको छ । आफ्नो कमजोरी कहिल्यै महसुस गर्नुहुन्न । सधैं नेताहरुको अपमान गर्नु हुन्छ । यस्तो नगर्नुहोस्, यसले एकतामा बाधा ल्याउँछ’, बैठकमा प्रचण्डको भनाइ थियो ।

केपी ओलीकै कारण पार्टी एकतामा समस्या आएको र ओली चार पटक पार्टी फुटाउन खोज्दा आफूहरुले जोगाएको प्रचण्डले बैठकमा बताए । ‘आफैंलाई फर्केर हेर्नुहोस्, आफ्नो निर्णयहरु सम्झनुहोस् अनि नेताहरुलाई गरेको अपमान सम्झनुहोस्’, ओलीलाई प्रचण्डको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने असफल प्रयास गरेको प्रचण्डले बताए । त्यस्तै गुटको भेला गरेर पूर्वमाओवादीलाई एक्ल्याउने निर्णय गरेको, एमाले नामको पार्टी दर्ता गरेको र मदन भण्डारी फउन्डेसनको वडा तहसम्म संगठन विस्तार गरेको प्रचण्डले ओलीमाथि आरोप लगाए ।

कार्यकारी अध्यक्ष प्रचण्डले ओलीबाट लिखितरुपमा प्रस्ताव आउनु सकारात्मक भएको बताउँदै यसले बहसलाई व्यवस्थित बनाउने बताए ।

शनिबारको बैठकमाअध्यक्षद्वय ओली र प्रचण्डले बोलिसकेपछि झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले बोलेका थिए । ईश्वर पोखरेल, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले भने बैठकमा आफ्नो धारणा राखेनन् ।

बैठकमा बोल्दै बरिष्ठ नेता झलनाथ खनालले पार्टीमा बहुमतको निर्णय मान्दिनँ कसैले भन्न नमिल्ने बताए । पार्टीभित्र विचार, नीति र पद्दतिमा अन्तरविरोध रहेको तर, अन्तरविरोध देखिनासाथ पार्टी फुट्छ भनेर सोच्न नहुने खनालको भनाइ थियो । अन्तसंघर्षले पार्टीलाई फुटतर्फ हैन, गतिशील बनाउनुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री खनालले बहुमतको निर्णय मान्ने विश्वव्यापी मान्यता भएकाले सहमति नजुटेको अवस्था बहुमतको निर्णय मान्नुपर्ने बताए ।

अर्का बरिष्ठ नेता माधवकुमार नेपालले अहिले पार्टीमा देखिएको विवादलाई दुई अध्यक्षको विवादका रुपमा नलिई सामुहिक रुपमा यसको समाधान खोजिनुपर्ने बताए । दुई अध्यक्षबाहेक अरु नेताहरु रबर स्टाम्प नभएको बताउँदै उनले विधि र पद्दतिमा जोड दिए ।

बालुवाटारले राति राति गुटबन्दी गरिरहेको बताउँदै नेता नेपालले आफूहरु भेला भएर पार्टीबारे छलफल गर्दा त्यसलाई गुटबन्दी गरेको आरोप लगाउन नमिल्ने बताए । नेता नेपालले बैठकमा भने, गुटबन्दी के हो रु यसको परिभाषा गरौं, बालुवाटारले गरेको गुटबन्दी चाहिँ के हो रु’

उपाध्यक्ष वामदेव गौतमले अध्यक्षले शान्तिपूर्वक प्रस्ताव राखेको भन्दै त्यसमा छलफल हुने बताए । नेता गौतमले पनि सहमतिबाट अघि बढ्न नसकेको अवस्थामा बहुमतको निर्णयकै आधारमा अघि बढ्नुपर्ने बैठकमा बताए ।

सचिवालयको अर्को बैठक भने प्रधानमन्त्रीनिवास बालुवाटारमा नबस्ने भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक बालुवाटारमै बस्दै आएको थियो । तर, मंसिर १६ गते बस्ने अर्को बैठक भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । अनलाइनखबरबाट

स्थानीय तहको निर्णयमा क्रमशः विद्यालय खुल्दै

काठमाडौं । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि विभिन्न स्थानीय तहमा शैक्षिक गतिविधि हुन थालेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु गरेका हुन् ।

शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘विद्यालय पुनः सञ्चालनमा स्थानीय तह’ विषयक छलफलमा जनप्रतिनिधिले कार्यढाँचा आएपछि विद्यालय सञ्चालनको योजना बनाउन सहज भएको जनाएका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाल जारी कक्षा १२ को परीक्षा सामाजिक दूरीसहित व्यवस्थित सञ्चालन भएकाले अबको विद्यालय सञ्चालनको ढाँचा यस्तै प्रकारको हुने बताए । उनले अनलाइनबाट पढ्न चाहनेलाई पनि सुविधा दिँदै विद्यालय सञ्चालन गर्दा बालबालिकाको चाहना सम्बोधन हुने र उनीहरु कुलतमा फस्ने सम्भावना कम हुने जनाए ।

लमजुङको मस्र्याङ्गी गाउँपालिकाकाका अध्यक्ष अर्जुन गुरुङले कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको माापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न थालिएको जानकारी दिए ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालय सञ्चालनका क्रममा अभिभावक पहिलो उपभोक्त भएकाले उनीहरुसँग परामर्श लिइ सहयोग लिने वातावरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले योजना बनाउनुपर्ने बताए ।

शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले आपत्कालीन अवस्थामा विद्यालय बन्द हुन सक्ने भए पनि शिक्षा निरन्तर चल्नुपर्ने भएकाले नयाँ कार्यविधिले विद्यालय सञ्चालनका लागि सहजता दिएको औँल्याए ।

भक्तपुरको वासु माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका न्याईंच्याईंले वैकल्पिक माध्यमको पढाइका लागि सूचना र प्रविधिमा स्थानीय तहले लगानी गर्नुपर्ने बताइन् ।

शिक्षा पत्रकार समाजका प्रदेश नं २ का संयोजक सुरेश यादवले नयाँ कार्यढाँचा आएपछि विद्यालय सञ्चालनका लागि स्थानीय तह सक्रिय भएको र बन्दाबन्दीका समयमा पनि आसमान नेपाललगायतका संस्थाले समुदायस्तरमा स्वयंसेवक परिचालन गरी पढाइ सञ्चालन गरेको अनुभव सुनाए । रासस

सामूहिक बलात्कार गर्ने ६ जना कारागार चलान

धनगढी ।  किशोरीमाथि सामूहिक बलात्कार गर्ने कैलालीका ६ जना कारागार चलान भएका छन् ।

जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

गत कार्तिक ८ गते किशोरीमाथि सामूहिक बलात्कार भएको अभियोगमा पक्राउ परेका सोहि गाउँपालिका वडा नम्बर ५ का धिरेन्द्र विष्ट, नरेश चौधरी, रमेश शाही, रामबहादुर चौधरी, मनोज चौधरी र महेश चौधरी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दिएको जानकारी अनुसार बलात्कार आरोपमा पक्राउ परेका मध्ये कृष्ण नगरकोटी र सत्यम रावललाई भने बाल सुधार गृहमा राखिएको छ । ६ जना पुर्पक्षका लागि कारागार चलान गरिएको २ जना बाल सुधार गृह पठाइएको र सोहि घटनामा संलग्न भई फरार रहेका चन्द्र शाहीको खोजी कार्य जारी छ ।