आँखा शिविरबाट तीन सयको उपचार
१४ मंसिर २०७७, आईतवार १२:०२
अरुण कुमार यादव
राजविराज, १४ मंसिर ः सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ तोपामा एक दिने आँखा शिविरमा तीन सय भन्दा बढीको उपचार गरिएको छ ।
लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालसँगको समन्वयमा सहिद प्रभु नारायण स्मृति ट्रस्टले शनिबार एक दिने आँखा शिविर आयोजना गरिएको हो ।
उक्त शिविरमा ३ सय १५ जना आँखा रोगीहरूको आँखा परीक्षण गरिएको ट्रस्टका सचिव भगवानलाल यादवले जानकारी दिनुभयो ।
सो आँखा शिविरमा परीक्षण गरिएकाहरु मध्यै १ सय ६५ जनामा मोतियाबिंद फेला परेको सचिव यादवले बताउनुभयो ।
मोतियाबिंद देखिएकाहरूलाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया(आप्रेशन) को व्यवस्था मिलाईएको सहिद प्रभु नारायण स्मृति ट्रस्टले जनाएको छ । –––
अरुण कुमार यादव
राजविराज । मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा शनिवार यहाँ मैथिली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनालाई पुरस्कृत गरिएको छ ।
मैथिली भवनमा आयोजित कार्यक्रममा शिवदत्त मिश्र स्मृति पुरस्कार नेपालका प्रसिद्ध इतिहासविद् एवम् लेखक प्रा.डा. पिताम्बरलाल यादवलाई प्रदान गरिएको छ । उहाँलाई सम्मान पत्र, दोसल्लासहित नगद रु ७ हजार ५ सय एक रुपैयाँ सहित पुरस्कार बितरण गरिएको छ ।
यस्तै विवेका लक्ष्मी मैथिली पत्रकारिता पुरस्कार प्रसिद्ध साहित्यकार समेत रहेका मिथिला साप्ताहिकका सम्पादक देवेन्द्र मिश्रलाई प्रदान गरिएको छ । उहाँलाई रु पाँच हजार पाँच रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
त्यस्तै शोभा देव स्मृति मैथिली पुरस्कारबाट मैथिली भाषाका प्रसिद्ध कवि पूनम ठाकुरलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार पाँच रुपैयाँ रहेको छ ।
यस्तै विजयेन्द्र विनोद कला कला संस्कृति पुरस्कार प्रसिद्ध गायिका सुनिता साह र कञ्चन झालाई प्रदान गरिएको छ । सम्मानपत्र र दोसल्लासहित पुरस्कारको राशी एक हजार पाँच सय पाँच रुपैयाँ रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया