१४ कार्तिक २०७७, शुक्रबार १३:१५ – Page 2 – Nagarikabhiyan : National News

सवारी दुर्घटनामा ४३ को मृत्यु

केशवराज पौडेल
काठमाडौं, कात्तिक १४ गते । फुलपातीदेखि एकादशीसम्मको पाँच दिनको सयममा नेपालभरमा सवारी दुर्घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार यो समयमा ३३४ वटा सवारी दुर्घटनामा परेर ४३ जनाले ज्यान गुमाएका हुन् भने ५२९ जना घाइते भएका छन् ।
दशैको पाँच दिनमा जबरजस्ती करणीका चार ओटा घटना, कर्तव्य ज्यान ११ वटा र चोरीका घटनाहरु १६ वटा भएका छन् । प्रवक्ता कठायतका अनुसार विगतका बर्षहरुमा प्रहरीले घटस्थापनादेखि पुर्णिमासम्मको १५ दिनलाई आधार मानेर विश्लेषण गर्ने गरेकोमा यो बर्ष फुलपातिदेखि एकादशीसम्मको सार्वजनिक बिदाको दिनहरुमा भएका घटनाहरु तथा अपराधहरुको विश्लेषण गरिरहेको र केही दिनमै विगतका बर्षहरुको यो बर्षको घटनाहरुको बारेमा सार्वजनिक गर्ने बताउनुभयो ।
दशैंमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी विशेष सुरक्षा योजना लागु गरेको थियो । दशैँको बेला देशभरि नै सुरक्षा व्यवस्था कडा पारिएको थियो । विगतमा जस्तो सवारीको चाप यो दशैमा नभए पनि दुर्घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन् ।
दशैँ–तिहार सहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै नेपाल प्रहरीले देशैभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालन गरेको थियो ।
काठमाडौ उपत्यकामा मात्रै सात हजार ५७९ प्रहरी परिचालन भएका थिए । काठमाडौमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिरहेको थियो । काठमाडौंमा चोरी, लुटपाट र होहल्ला नियन्त्रण गर्ने विशेष योजना लागु गरेको थियो । त्यो योजना अहिले पनि निरन्तर रुपमा भैरहेको छ ।
यो बर्षको दशैमा काठमाडौ उपत्यकामा जघन्य प्रकृतिका अपराधका घटनाहरु नभएको र फाटफुट चोरी तथा लागुऔषध सहित केहीलाई भने प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले जानकारी दिनुभयो ।
‘यो बर्षको दशैमा जघन्य प्रकृतिका अपराध भएका छैनन्, बिहानको समयमा घर तथा कोठामा हुने चोरीका फाटफुट घटना भने भएका छन्’ एसएसपी यादवले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
काठमाडौंमा मात्रै सात हजार ५७९ प्रहरी परिचालन भएका थिए । चार्ड पर्वलाई लक्षित गर्दै राजधानीमा करिब ३ हजार भन्दा बढी बर्दी र सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो । सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरेको छ ।
यो बर्ष कोरोनाको कारणले समेत धेरै मानिसहरु घरभित्रै बसेर पर्व मनाउनु भएकाले त्यस्तो समस्या देखिएन उहाँले भन्नुभयो । झैझगडा गर्ने, चोरीका घटनाहरु समेत नगन्य रुपमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
विगतका बर्षहरुमा २० देखि ३० लाखसम्म मानिसहरु काठमाडौबाट गृहजिल्ला जाने गरेकोमा यो बर्ष त्यो संख्या १० लाखको हाराहारीमा मात्रै देखिएकाले पनि धेरै मानिसहरु घरमै रहेकाले चोरीका घटनाहरु समेत निक्कै कम भएको पाइएको उहाँले स्पष्ट पार्नुभयो ।
पटका बरामद
चन्द्रागिरि नगरपालिका–२ नागढुङगाबाट करिब १३ लाख ३० हजार रुपियाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाका सहित कञ्चनपुरको भिमदत्त नगरपालिका–४ घर भएका ३० वर्षीय नबिन जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४५५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरको टोलीले जाँच गर्ने क्रममा बसको सिट मुनि लुकाई छिपाई ल्याएको अवस्थामा उक्त पटाका फेला पारी बस चालक जोशीलाई पक्राउ गरेको हो ।
नागढुङगाबाटै प्रहरीले ८ हजार ४ सय थान खुर्सानी पटाका, १२ थान सिङग्ल रकेट लेखिएको पटाका, ८० थान गमला पटाका, १ सय थान बुलेट पटाका, १ सय ९० थान लामो रकेट पटाका सहित रौतहट राजदेवी नगरपालिका–६ घर भएका ३२ वर्षीय पिन्टु जैसवाललाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको गौरबाट काठमाडौंतर्फ आउँदै गरको ना.६ ख ७११४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा जैसवालले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पटाका सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

https://gorkhapatraonline.com/

मस्जिद पुर्ननिर्माणमा अवरोध गरेपछि मुस्लिम समुदाय आक्रोशित

काठमाडौं । गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् ।

शनिबार विहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए । पुर्ननिर्माणको भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अवरोध गरेपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी समेत घटनास्थल पुगेका थिए । अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भएपनि भूमाफियाको पक्षमा काम गरिरहेको आरोप लगाए । भत्केको ठाउँमा पुर्ननिर्माण भइरहेको पाँचौ दिनमा अवरोधको प्रयास गरी सामाजिक सद्भाव खलबलाउने प्रयास भएको पनि बताए। कानूनी हिसाबले नसकेपछि गुण्डागर्दी शैलीमा मस्जिद भत्काउने काम भएको अध्यक्ष अन्सारीको भनाई छ ।

स्थानीय लक्ष्मी परियारले भत्केको ठाउँमा पुर्ननिर्माण गर्नुपर्ने ठाउँमा वडाध्यक्षले निर्माणमा अवराधे गरिरहेको आरोप लगाए । वडाध्यक्षले निर्माणको काम नरोके आफै भत्काउने धम्कि दिएको समेत उनले बताए ।

निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थाई रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् । आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ५ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन् ।

दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने

काठमाडौं । दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान दिदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडियु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारीसँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् ।

दशैं सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउनेहरुको भिड बढेको छ । उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो । विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ । सार्वजनिक यातायात मार्फत उपत्यका भित्रिनेहरुमा अझबढी संक्रमण हुन सक्ने सम्भावना पनि छ । यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको बताए । हाइ डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उनले बताए । संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कमगर्न सक्दैन । यसैले व्यक्ति स्वयंले पनि काठमाडौं फर्किसकेपछाडि कम्तिमा एक हप्ता क्वारेन्टाइनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताए ।

जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले भने दशैंमा घरबाट फर्किएर काठमाडौं आउनेहरुबाट संक्रमण फैलने भन्दा उपत्यका भित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताए । गाउँ भन्दा काठमाडौं उपत्यकामा नै संक्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने बताए । काठमाडौंमा संक्रमणमा नपर्नका लागि नियमित रुपमा मास्क लगाउने, दुरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने हुन्छ । जाडो मौसममा घर भित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ । जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउनका लागि घर भित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उनले जोड दिए । आफू बाहेक अरु सबै संक्रमित छन भन्ने सोच बनाई सावधानी अपनाउन डा. दिक्षितको आग्रह छ । यस्तै राज्यले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उनले बताए । जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौषमी रुघा खोकी हो वा कोरोना हो छुट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उनको भनाई छ ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न माध्यमबाट जनतालाई सचेत गराएपनि जनता स्वयंले यसको कठोर पालना नगर्दा संक्रमणको दर बढीरहेको छ । युरोपिएन मुलुकहरुमा संक्रमण दोहोरिएर भइरहेको घटनालाई पनि सरकार र जनता दुवैले हेरेर सतर्कता अपानुको विकल्प छैन् ।

कञ्चनरुपमा पाँच बेडको कोभिड अस्थाइ अस्पताल

राजविराज । कोरोनाको महामारी जिल्लामा बढदै गएको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिकामा पाँच बेडको कोभिड अस्थाइ अस्पतालको आज एक समहारोका बिच उद्घाटन गरिएको छ ।

जिल्लाको कञ्चनरुप ८ कंचनपुर स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरको कम्पाउण्ड(हाता) भित्र स्थापना गरिएको कोभिड १९ अस्पतालको नगरप्रमुख बसन्त कुमार मिश्रले रिबन काटेर उद्घाटन गर्नुभयो ।

उद्घाटनको क्रममा नगरप्रमुख मिश्रले सबै क्षेत्र राम्रो भएर मानिसको स्वास्थ्य राम्रो भएन भने त्यसले कुनै प्रगति गर्न नसक्ने बतायुभएको छ ।

उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै केहि दिन भित्र प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा र सर्पदंशकको उपचार सेवा समेत सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले कञ्चनरुप नगरपालिकाले कोभिड १९ को संक्रमणलाई रोकथाम गर्नका लागि सुरु देखि नै सचेत भएर काम गरेको र आज कोभिड १९ को अस्पताल उद्घाटन हुनु राम्रो सराहनीय कार्यको सुरुवात भएको बताउनुभयो ।

मनिसहरुको हेलचेक्रयाइका कारणले गर्दा कोभिडको संक्रमणमा बृद्धि भएको बताउदै यसबाट सचेत रहन जरुरी रहेको उहाँले बताउनुभयो ।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले स्वास्थ्यकर्मीहरुले आफ्नो मनोबल नघटाइ गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।

कोभिड संक्रमणलाई रोकथाम गर्न क्वारेन्टिन ,आइसोलेसन हँदै कोभिड अस्पतालको उद्घाटन सफल भएको बताउँदै कुनै बिरामीलाई औषधी उपचार गर्न बाहिर जानु नपर्ने किसिमले नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।

नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह, नेकपाका बच्चुलाल चौधरी ,जसपाका सुदम्बर यादव , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, कोभिड १९ सिआइसिटी टिम संयोजक विकास कुमार गुप्ता , बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

कोशी टप्पु वन्यजन्तु आरक्षका नौ जना कर्मचारीमा कोरोना संक्रमण

लौकही ।  प्रदेश १ सुनसरीको मुख्य पर्यटकीय क्षेत्रको रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका ९ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयमा कार्यरत रहेको १५ जना कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमध्ये नौजनाको कोरोना पोजिटिभ रिपोर्ट आएको हो।

संक्रमित भएका नौ जनालाई आफ्नै कार्यालयको आइसोलेसनमा राखेर उपचार भइरहेको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरीका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले बताएका छ्न।

उनले भने कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र अति आवश्यक काम बाहेक कोहि न आइदिनु हुन सबैलाई आग्रह समेत गरेको छ । चौधरीका अनुसार आगामी १५ गते सम्मका लागि अति आवश्यक काम बाहेक सबै सेबा बन्द रहेको समेत जानकारी गराएको छ र यस कार्यालयबाट जनतामा पर्ने असुविधा प्रती दुखी व्यक्त समेत गर्नु भएको हो।

आईसोलेसनमा नै विजया दशमी दशैको टिका

इटहरी । सुनसरीको इटहरी आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले संयुक्त रुपमा विजया दशमीको उत्सव मनाएका छन् । उनीहरुले एक आपसमा र आफन्तबाट दशैको टिका लगाएका छन ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र वराल टीका, जमरा, मीठाई लिएर आइसोलेसन पुग्नुभयो । आइसोलेसनमा रहनुभएकी एक जना ७८ वर्षिया आमाले सवै संक्रमितहरुलाई टिका लगाइदिनुभयो ।

उहाँले अवदेखि यस्तो अवस्थामा कहिल्यै पनि टीका लगाउनु नपरोस भन्ने आर्शिवाद दिनुभयो । टीकाको दिन वडउपमेयर आउदा आमा आएको जस्तो लागेको संक्रमितहरुले वताए । परिवार वाट छुटेर वस्नुपर्दा नराम्रो लागिरहेको वेला दशैं ल्याइदिएको भन्दै संक्रमितहरुले धन्यवाद ज्ञापन गरे ।

आइसोलेसनमै भएपनि टिका लगाउन पाउदा संक्रमितहरुले खुशी ब्यक्त गरेका छन । दशै जस्तो चाडका वेला पनि आइसोलेसनमा वस्नुपर्दा संक्रमितहरुले दुःख मानेका होलान भनेर शुभकामना र सान्त्वना प्रदान गर्न टीका,जमरा लिएर आइसोलेसन गएको उपमेयर गौतमले वताउनुभयो । आइसोलेसनमा २१ जना संक्रमित छन । यसअघि उपमेयर गौतमले आइसोलेसनमा रहेका संक्रमितहरु सँग आफनो जन्मदिन मनाउनुभएको थियो ।

 

 

सुनसरीको दशै मेला प्रभावित, कोरोनले पुजापाठ पनि बन्द

इनरुवा । सुनसरी जिल्लाको विभिन्न स्थानमा लाग्दै आएको दशै मेला र सांस्कृतिक कार्यक्रमहरु प्रभावित भएको छ । सदरमुकाम इनरुवामा लाग्ने दुर्गा मन्दिरको मेला, भगवती मन्दिर र बबियाको माँ भगवती मन्दिरमा पूजा सहित मेला प्रभावित भएको हो ।

कोरोनाका कारणले यहाँका सबै मेलाहरु प्रभावित भएको स्थानीयहरुले बताएका छन् । जिल्लामा एक महिने निषेशज्ञा जारी भएकाले दुई दशक अघिदेखि दशैंको एक हप्ता अगाडि विभिन्न ठाउँमा गाउँमा दसहारा मेला, दशमी मेला, कुस्ती प्रतियोगिता, पौराणिक नाचगान, हाउजि विशेष कार्यक्रमहरु यसपाली प्रभावित भएको छ ।

यहाँ घटस्थापना देखि सुरु हुने मेला समेत कोभिड १९ को कारण प्रभावित भएको मेला समिति तथा मन्दिर समितिहरुले जनाएको छ । भगवती मन्दिर बबियामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन हुँदै आएकोमा यसपालि मन्दिर परिसरमा समेत प्रवेश निषेध गरिएको थियो भने मेला र सांस्कृतिक कार्यक्रमहरु प्रभावित भएको मन्दिर समितिका अध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले एक महिना लामो निषेधागा जारी गरेको कारण दशैको दर्जनौँ कार्यक्रमहरु प्रभावित भएको मेला आयोजक समितिहरुले जनाएको छ । जिल्लाको इनरुवामा मात्रै नभई गढी गाउँपालिकाको औरावनी, छिटाहा, सतैरझोरा, मधेली, वर्जुको चिमडी, अमाहिबेलाहा, रामगञ्ज बेलगछिया, अमडुवा, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह, रामधुनी, इटहरी र बराहक्षेत्रसम्मको सबै मेलाहरु प्रभावित भएको छ ।

यहाँ विजया दशमीको अवसरमा लाग्ने सबै कार्यक्रमहरु, नाचगान बन्द भएपछि मनोरन्जन गर्न नपाएर खल्लो भएको इनरुवा ९ का सम्पत उराँवले गुनासो गर्नुभयो ।

एता दशैको अवसर पारेर समाजवादी विधार्थि युनियन कोशि गाउपालिका सुनसरीले मुर्ती दर्शन गर्न आउनेहरु र मन्दिरहरु गरि चार स्थानमा सरसफाई सामग्री विवरण गरेको छ ।

लौकही, कोशि कटान, हरिपुर र भन्टाबारीमा १२ हजार माक्स निःशुल्क वितरण गरेको युनियनका ब्रहमदेव यादवले जानकारी दिनुभयो । उता सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको दुर्गा र भगवती मन्दिरमा समेत पुजापाठ गेट बाहिरबाट मात्रै गर्न दिएको जानकारी दिनुभयो ।
एता सुनसरीको इनरुवा नगरपालिकाको वडा नं ९ का सुनरलाल शर्माले बन्दको बीच पनि भाकल पुरा भएकाले स्थानीय राजाजी डिहवार तीनठडाहा थानमा सुनको टिका चढाएर दशै मनाएको बताउनुभयो । भव्यताका साथ पूजापाठ नभएपनि सामाजिक दुरी कायम गरेर पुजा सम्पन्न गरेको इनरुवा २ का राजाराम मेहताले बताउनुभएको छ ।

तीनठाडाहा थाममा इनरुवा नगरपालिकाको विभिन्न वडाको नागरिकले पुजापाठ गरेको जनाएको छ ।

  यसैबीच नेपाल प्रेस युनियन सुनसरीले कोरोना पीडित पत्रकारको घरघरमा पुगेर दसैँ खर्च बापत सहयोग गरेको छ ।  सुनसरीका २० जना कोरोना पीडित पत्रकारले राहत स्वरुप दशै खर्च दिएको अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । कोरोना बिमा बापतको रकम तत्काल उपलब्ध नहुने भएपछि युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी आफैले लगानी गरेर हरेक पत्रकारलाई १० हजारका दरले सहयोग गरेका हुन् ।

आज २०७७ कार्तिक १३ गते बिहीबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ भने आय आर्जनमा स्रोतहरु बढ्नेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा तिपाईकै जित हुनेछ । मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यावसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ । आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ । राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।

कारको ठक्करबाट तिलकको मृत्यु

राजविराज । पुर्व –पश्चििम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक जना बृद्धको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ बर्षिय तिलक सुरेत यादव रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिनुभयो ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तिलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता ठक्कर दिएर भागन खाजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज ८ हजार २४८ नमुना परीक्षण गर्दा १९५४ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ८४३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । उनीहरुमध्ये ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।

ट्रम्प र बाइडेनको चुनावी एजेण्डा : चीन मामिलामा एकै ठाउँमा

काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन आउन एक साताभन्दा कम समय बाँकी छ । नोभेम्बर ३ मा हुन गइरहेको यो निर्वाचनले समग्र विश्वको ध्यान केन्द्रित गरेको छ ।

निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट जो बाइडन चुनावी मैदानमा छन् ।

निर्वाचन कसले जित्छ भन्नेम धेरैको चासो छ किनकी उनीहरुले बोकेका मुद्धामा धेरै अन्तर छ । यद्यपि चीनको मुद्दामा भने उनीहरु एकै ठाउँमा छन् । अर्थात, जसले जितेपनि अमेरिकाको चीन नीतिमा भने धेरै फरक आउने देखिँदैन ।

ट्रम्पले अमेरिकाको नेतृत्व सम्हालेपछिको चार बर्षको अबधिमा अमेरिकाको चीनसँगको सम्बन्ध कमजोर विन्दुमा पुग्यो । तर आगामी निर्वाचन बाइडनले जिते पनि चीनप्रतिको नीतिमा भने खासै अन्तर नआउने देखिएको छ । यद्यपि निर्वाचनमा चीनले ट्रम्पलाई भन्दा बाइडनलाई रुचाएको पाइन्छ ।

अहिले चीन र अमेरिकाको बीचमा कोभिड–१९, प्रविधि, व्यापार, सुरक्षा र जासुसी, प्रविधिका विषयमा द्वन्द्व चर्केको छ । साथै, हङकङ, ताइवान नीति र सिन्चियाङ र तिब्बतका धार्मिक तथा आध्यात्मिक अल्पसंख्यकको मानव अधिकारका विषयमा पनि दुई मुलुकको बीचमा विवाद छ ।

पछिल्लो केही समययता अमेरिकामा पनि चीनविरोधी भावना बढेको छ । गत मार्च महिनामा पेउ रिसर्च सेन्टरले गरेको सर्वेक्षणमा सहभागी दुई तिहाइले चीनको विषयमा नकारात्मक धारणा व्यक्त गरेका थिए ।

अमेरिकन इन्टरप्राइजेज इन्स्टिच्युटका डेरेक स्किसोर्स बाइडनले चीनप्रति धेरै लचिलो नीति अपनाए उनले ठूलो नोक्सानीको सामना गर्नुपर्ने बताउँछन् ।

बेइजिङ ल्याङ्ग्वेज एण्ड कल्चर युनिभर्सिटीका प्राध्यापक यु वान्ली भन्छन्, ‘कम्तिमा बाइडनको नीति ट्रम्पको जस्तो हास्यास्पद र भानात्मक भने हुने छैन ।’ बेइजिङको रेनमिन युनिभर्सिटीका शी यिनहोङका अनुसार डेमोक्रेट्सहरु सैन्य द्वन्द्व चाहँदैनन् । साथै उनीहरुले संकट व्यवस्थापनको क्षेत्रमा चीनसँग राम्रो समन्वय गर्नेछन् । त्यसैले चीनलाई बाइडन आएको खण्डमा केही सहयोग पुग्ने उनको भनाइ छ ।

ट्रम्प आएपछि चीनबाट आउने अधिकांश सामग्रीमाथि अमेरिकामा भन्सार शुल्क बढाइएको छ । ‘बाइडनले जिते चिनियाँ सामग्रीमा लगाइएको अतिरिक्त कर बिस्तारै हट्दै जानेछ’, युरासिया ग्रुपका माइकल हिर्सनको भनाइ छ ।

सेन्टर फर न्यु अमेरिकन सेक्युरिटीका सीईओ रिचार्ड फन्टेनका अनुसार बाइडनले चिनियाँ सामग्रीमा लगाइएको करमाथि पुनरावलोकन गर्नेछन् तर उनीसँग विशिष्ट योजना पनि हुनेछ ।

उनले व्यापार र प्रविधिको मामिलामा नयाँ किसिमको नीति ल्याउन सक्ने फन्टेनको भनाइ छ । अहिले ट्रम्पले अमेरिकाको भटमास र अटो खरिद बढाउन दबाब दिँदै चीनसँगको व्यापार घाटा कम गर्ने जस्तो प्रयास नगरे पनि बाइडनले बौद्धिक सम्पत्ति चोरीको सम्झौता गर्दै दुई मुलुकको समस्या सुल्झाउन सक्ने फन्टेनको बुझाइ छ ।

यस अघि बाराक ओबामाको प्रशासनले पनि मानव अधिकारको मुद्दामा चीनलाई दबाब दिएको थियो । त्यसैले बाइडन अमेरिकाको सत्तामा आए मानव अधिकारको मुद्दा झन् चर्किने सम्भावना छ ।

यद्यपि बाइडनले आगामी निर्वाचनमा जित हात पारेमा केही क्षेत्रमा भने चीनलाई फाइदा हुनेछ । बाइडन जलवायु परिवर्तन, उत्तर कोरिया, इरान र कोभिड–१९ को समस्या चीनसँगको सहकार्यमा समाधान गर्न सकिन्छ भन्ने पक्षमा छन् । त्यसैले यी कुरामा भने चीनलाई बाइडनको आगमन सुखद् हुनसक्छ ।

बेइजिङ ल्याङ्ग्वेज एण्ड कल्चर युनिभर्सिटीका प्राध्यापक वान्ली भने केही चिनियाँ अझै पनि ट्रम्पलाई नै रुचाउने बताउँछन् । उनकाअनुसार ट्रम्पले अमेरिकालाई गलत बाटोमा हिँडाइ चीनलाई विश्वको नेतृत्व गर्ने मौका दिइरहेको केहीको बुझाइ छ ।

मानव अधिकारको मामिलामा धेरै चासो नदिनु, नेटोका सदस्यहरुसँगको विवाद र विश्व व्यापार संगठन (डब्ल्यूटीओ) र विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०जस्ता महत्वपूर्ण संस्थाबाट अलग्गिनुलाई विश्व नेतृत्वमा अमेरिकाको आत्मसमर्पणको रुपमा हेरिएको छ ।

त्यसका साथै कोभिड–१९ लाई राम्रोसँग व्यवस्थापन गर्न नसक्नु र अमेरिकामा दर्जा र वर्णको विषयमा तनाव बढ्नु चीनलाई ‘ट्रम्पको उपहार’ बन्न पुगेको केही कूटनीतिक विश्लेषकको भनाइ छ ।

स्रोतः एपी, सीएनबीसी

मुकेश चौरसिया हत्या प्रकरण- आन्दोलन उग्र बन्दै, प्रहरी प्रशासन मौन

पर्सा । नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसिया हत्या घटनामा पर्सा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आन्दोलन उग्र बन्दै गईरहेको छ । मृतक चौरसियाका आफन्त र नेकपा नेता तथा कार्यकर्ताहरु आजदेखि वीरगन्जमा प्रर्दशन, चक्का जाम सहित एसपी गंगा पन्तको पुतला दहन गरेका छन् ।

विगत ६ दिनदेखि जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना प्रर्दशन गर्दा समेत प्रहरी प्रमुख एसपी गंगा पन्तले कुनै सुनवाई नगरेपछि आजदेखि आन्दोलनलाई उग्र बनाउँदै वीरगन्जमा प्रदर्शन सहित एसपीको पुतला दहन गरेका हुन् । पिडित परिवारले घण्टाघर चौकमा आधा घण्टा चक्का जाम समेत गरेर यातायात प्रभावित पारेका थिए ।

प्रहरी कार्यालय अगाडी संयौंको संख्यामा भेला भएका नेकपा समर्थक तथा मृतका आफन्तहरुले एसपी पन्तको विरोधमा वीरगन्जमा विरोध, पुतला दहन र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । विरोध जुुलुसमा सहभागि महिलालाई हातमा झाडु समेत प्रर्दशन गरेका थिए ।

एसपी पन्त मुर्दाबाद, पापा वान कि पापी वान, एसपी महारानी मुर्दाबाद, हत्यारालाई कारवाही गर्न, पिडित परिवारलाई न्याय देउ, मृतक परिवारलाई क्षतिपुर्ती देउ लगायतको नारा लगाउँदै विरोध जुलुस वीरगन्ज नगर परिक्रममा गरेको थियो ।

एसपी विरुद्ध निकालिएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ग मार्फत प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाउँदै चौरसिया हत्यामा संलग्न दोषीमाथि मुद्दा दर्ता गरी कडा कारवाहीको माँग समेत गरेका छन् ।

नेकपा वीरगन्ज महानगरपालिका ईन्चार्ज रोहबर अंसारीले कानुनी राज्यमा न्याय माग्नु अपराध हो भन्दै ज्ञापन मार्फत प्रधानमन्त्रीसंग प्रश्न गरेका छन । उनले पिडित परिवारले पाउँने सवैधानिक र कानुनी अधिकार भएपनि त्यसमा बन्देज लगाई एसपी पन्तले एउटा अमुक व्यक्तिको नामलाई जाहेरीबाट हटाउँन पिडित परिवारलाई उल्टै डर, धाक, धम्की देखाएको आरोप समेत लगाए ।

उनले भने- ‘पिडितको जाहेरी दर्ता गरी अपराधी उपर तहकिकात गर्नु न्याय प्रणालीको धर्म हो तर पर्साका एसपी गंगा पन्तले जाहेरीमा किटानी नाम दिदाँ पनि दबाब दिएर नाम हटाउँनलाई उल्टै धामधम्की दिनु कतिको न्याय सम्वत छ ।’

ज्ञापन पत्रमा नेपाल कम्युनिष्ठ पार्टीको नेतृत्वको सरकारबाट न्याय निषेधित गरिएको भन्दै आलोचना गर्दे निवेदकको जाहेरी दर्ता गरी चौरसिया हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने, शहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने, घाईतेहरुको निशुल्क उपचार गराई क्षतिपुर्ति दिनुपर्ने र पर्सा प्रहरी प्रमुखले प्रहरी संगठन बदनाम गरेवापत नियम अनुसार उनलाई कारवाही गर्नुपर्ने माँग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आममान तामाङ्गले ज्ञापन पत्र बुझेपनि यो विषयमा बोल्न चाहेन । ज्ञापन पत्र बुझाउँने कार्यक्रममा सहभागि संचारकर्मीहरुले पिडित परिवारलाई न्याय पाउँदैन भनि प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी तामाङ्गले यो विषयमा आफू केहि बोल्न नचाहने बताउँदै प्राप्त गरेको ज्ञापन सम्बन्धीत निकायमा पु¥याउँने भन्दै आफनो कार्यकक्ष भित्र प्रवेश गरे ।

आक्रोशित पिडित परिवार र नेकपा समर्थकहरुले जिल्ला प्रशासन कार्यालयको गेट अगाडीबाट एपी पन्तको पुतला सहित नारा जुलुस प्रर्दशन गरेका छन । उनीहरुले एसपी पन्तको दुई वटा तयार पारेको पुतला विरोध स्वरुप सिडियो कार्यालय र घण्टाघर विच दुई ठाउँमा जलाएपनि शान्ति सुरक्षाको लागि खटिएका प्रहरी प्रशासन भने मौन नै बसेका थिए ।

एसपीले मुद्दा दर्ता नगरे थप आन्दोलन चर्काउदै जाने उनीहरुले चेतावनी समेत दिएका छन । गत ६ गते बिहिबार सपथ ग्रहण कार्यक्रममा चौरसियामा माथी बाँसको लठीले हिर्काएर गम्भिर घाईते बनाईएको थियो । घाईते चौरसियाको शुक्रबार वीरगन्जको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । हाल मृतक चौरसियाको शव पोष्ट मार्टम गर्नको लागि नारायणी अस्पतालको शव गृहमा शव राखिएको छ ।

जसपा सांसदले मासिक १५ हजार लेबी बुझाउनु पर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसदहरूको मासिक लेवी तोकिएको छ । केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय सांसदहरूसँग जनही १५ हजार रुपैयाँ लेवी लिने निर्णय भएको एक नेताले जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकरण भएर बनेको जसपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ जना सांसद छन् ।

केन्द्रीय कार्यकारी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद र राष्ट्रिय समितिका सदस्यहरूले २५० देखि एक हजार रुपैयाँ मासिक लेबी तोकिएको छ ।

लेबीबाट संकलित रकमको ३० प्रतिशत पार्टीको केन्द्रीय समिति, ३० प्रतिशत प्रदेश समिति र ४० प्रतिशत स्थानीय तहका समितिले खर्च गर्न पाउनेछन् ।

 

कम्प्युटर प्रोसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिङ्क्स एक हुने

काठमाडौं । चिप्स उत्पादक कम्पनी एएमडीले झिलिंक्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ ।

यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तीव्र हुने अनुमान गरिएको छ ।

झिलिंक्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिंक्सका शेयरधनीले अब प्रतिशेयर १।७२३४ प्राप्त गर्ने छन् । एएमडीको शेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिंक्सको करिब २६ प्रतिशत हुनेछ ।

एएमडीले उत्पादन गरेका प्रोसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर सन्चालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ ।

झिलिंक्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर सन्चालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे ।

एएमडीका प्रमुख कार्यकारी डा। लिसा सूले संयुक्त कम्पनीको प्रमुख कार्यकारीका रुपमा जिम्मेवारी सम्हाल्ने बताइएको छ । पेङ एएमडीको अध्यक्ष रहने र झिलिंक्स तर्फको व्यवसाय तथा रणनीतिक वृद्धिका बारेमा नेतृत्व लिने समाचारमा जनाइएको छ ।

यो सम्झौता अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयन भइसक्ने छ । यो सम्झौतालाई दुवै कम्पनीका शेयरधनीहरुले अनुमोदन गर्नु पर्नेछ ।

युरिक एसिडको जोखिम

युरिक एसिड पनि चिसो मौसममा प्रकोपित रोग हो । जोर्नी दुख्ने र पैताला पोल्ने जस्ता लक्षणहरुबाट सुरु हुने भएता पनि यो एउटा उपापचयी ९मेटाबोलिक० रोग हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ ।

जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्छ ।

उपवास वा तिव्र रुपमा तौल घटाउने चक्करमा पनि अस्थायी रुपले युरिक एसिडको स्तर बढ्न सक्छ । साथै युरिक एसिड बढाउनमा मधुमेहको औषधी पनि एउटा कारण बन्न सक्छ ।

युरिक एसिड भएमा शरीरको साना–साना जोर्नीमा दुख्ने समस्या निम्त्याउँछ । यदि तपार्इंको उमेर २५ बर्षभन्दा बढी भएको छ र धेरै खाना खानुहुन्छ भने तपाई यस रोगको जोखिममा पर्नुहुनेछ । राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ । युरिक एसिड खासगरी हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । यस रोगले शरीरको स–साना जोर्नीमा असर गर्छ । जोर्नीमा पीडा महसुष हुन्छ ।

कसरी नियन्त्रण गर्ने ?

– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

– हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन(सि लिनुहोस् ।

– नियमित व्यायाम गर्नुपर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनुपर्छ ।

के छ उपचार ?

युरिक एसिडको समस्या एउटा जटिल र दिर्घकालिन रोग भएकाले अवस्था हेरी औषधोपचार र योग एवं प्राकृतिक चिकित्साद्वारा उपचार गर्नुुपर्ने हुुन्छ । युरिक एसिडको रक्त स्तर अनियन्त्रित भए औषधि सेवन गरेर भएपनि नियन्त्रणमा राख्नु पर्ने हुन्छ ।

औषधोपचारमा एलोपेथी, आर्युवेद, होमियोपेथी, युुनानी र सिद्घ जस्ता चिकित्सा पद्घतिका उपचारहरुको आफ्नै महत्व छ भने औषधि विहिन योग, प्रकृतिक चिकित्सा, स्वास्थ वृतको अभ्यास र पथ–पहरेज जस्ता जीवनशैली परिवर्तनका उपचारले पनि युरिक एसिडको वृद्घि नियन्त्रणमा अत्यन्त ठूूलो टेवा पुु¥याउँछ ।

के नखाने ?

(दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त युरिकएसिड बन्छ ।

(सागसब्जीमा कुरिलो, फूलगोभी, बन्दा, च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका साथै यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि बढी पाइन्छ ।

(युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अ¨को मासु खान हुँदैन, रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ ।

(कोकाकोला , पेप्सी, स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयले युरिक एसिडलाई बढाउँछ । मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूक्टोज पाइन्छ । यसले एटीपी लाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

– तामा , गुन्द्रुक सिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन ।

(रक्सी, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन युरिक एसिडमा वर्जित छ । मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्र बढाउनको साथैै शरिरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन गर्न अवरोध पु¥याउँछ ।

(जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको समस्या निम्त्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई युरिक एसिड बढ्ने समस्या आउँछ ।

चिसोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार

चिसो बढ्दै जाँदा केही स्वास्थ्य समस्या पनि देखापर्छ । खासगरी बुढापाका, दमका रोगी, युरिक एसिडका समस्या झेलिरहेकाहरुलाई चिसो मौसम अरु कष्टकर हुन्छ । त्यसो त रुघा खोकी, जोर्नीको दुखाईदेखि डिप्रेसनसम्मको समस्या चिसो मौसममा देखापर्छ ।

चिसो मौसमसँग जुध्नका लागि शरीरको तापमान सन्तुलित राख्नु नै हो । यसका लागि आगोको न्यानो होस् वा बाक्लो कपडा, उचित तौरतरिका अपनाउन जरुरी छ । त्यसैगरी जाडो याममा धेरैलाई भिटामिन डिको कमी हुन्छ । त्यसैले विहान र साँझको घाम ताप्नका लागि चिकित्सकहरुले सुझव दिने गरेका छन् । विभिन्न अध्ययनले के पनि देखाएको छ भने चिसो मौसमसँगै कतिपयलाई डिप्रेसन पनि हुने गर्छ । यसलाई विन्टर डिप्रेसन भन्ने गरिन्छ । यावत् समस्याबाट बच्नका लागि उपयुक्त खानपान, पहिरन र माहौल जरुरी हुन्छ ।

चिसोमा पर्याप्त तातो पानी वा सुप पिउने, पोषिलो खानेकुरा खाने, भिटामिन सियुक्त फलहरु सेवन गर्ने ।

त्यस्तै, केही घरेलु उपायहरु छन्, जसले चिसोको स्याहरुबाट सजिलै जोगिन सकिन्छ । यहाँ चिसो मौसममा लाग्न सक्ने १० रोग र तिनीहरुको सहज उपचारबारे उल्लेख गरिएको छ ।

चिसोमा कब्जियत भए के गर्ने ?

चिसो मौसममा कब्जियतको समस्या हुन्छ । खासगरी पाचनसम्वन्धी कारणहरुले गर्दा यो समस्या झनै बढेर जान्छ । यसबाट बच्नका लागि पानी अत्यधिक पिउनुपर्छ । भोजनपछि जीराको धुलो खानाले पनि पाचन क्रिया ठिक रहन्छ ।

चिसोले टाउको दुखे के गर्ने ?

मानिसहरुलाई चिसो हावाका कारण टाउको दुख्ने समस्या हुन्छ । यो सजिलैसँग कम हुँदैन । यसो भएमा दुधमा जाइफल मिसाएर टाउकोमा यसको लेप लगाउनुस । यसबाट तुरुन्तै टाउकोको दुखाई भाग्छ ।

चिसोले छाला तथा ओंठ फुटे के गर्ने ?

जाडोमा छालाको साथसाथै ओठ फुट्नु सामान्य कुरा हो । फुटेको ओंठमा कोकमको तेल लगाउँदा फाइदा हुन्छ । यसल ओठको त्वचा नरम र मुलायम पनि हुन्छ ।

चिसोले कुर्कुचा फुटे के गर्ने ?

चिसो मौसममा कुरकुच्चा फुट्ने समस्या पनि अत्यधिक हुन्छ । यस्तो भएमा प्याजको पेस्ट वा ग्रीस लगाउँदा आराम हुन्छ ।

चिसोले छातीमा कफ जमे के गर्ने  ?

जाडोमा प्राय छातिमा कफ जम्मा हुन्छ र यसले निकै दुख दिन्छ । यसको समाधानका बेसार–पानी पिउनुस । यसबाट कफ बाहिर निस्किन्छ र खोकीमा राहत मिल्छ ।

चिसोले रुघा ज्वरो आए के गर्ने ?

धेरै रुघा लाग्यो भने ज्वरो पनि आउन सक्छ । यसबाट बच्नका लागि दैनिक तीन पटक आलसको चुर्ण प्रयोग गर्दा फाइदा मिल्छ । रुघा, खोकी, ज्वरो एकसाथ हुँदा पुदिनाको पत्ताको चिया बनाएर नून वा सख्खर मिलाएर पिउँदा फाइदा गर्छ ।

चिसोमा जोर्नी दुखे के गर्ने ?

चिसो मौसममा अक्सर जोर्नीको दुखाईले सताउँछ । यसबाट छुटकारा पाउनका लागि धतुरोको पत्तामा तेल लगाएर तातो बनाउनुस र दुखेको स्थानमा बाँध्नुस । यसबाट दुखाईमा राहत मिल्छ ।

तोरीको तेलमा ३–४ लसुनको कल्ली हालेर पकाउनुस र चिसो भएपछि यसले मालिस गर्नुस । यस्तो तेलको मालिसले चिसोमा जिउ दुखेको सन्चो हुन्छ ।