आईसोलेसनमा नै विजया दशमी दशैको टिका
१३ कार्तिक २०७७, बिहीबार ०७:२५
इटहरी । सुनसरीको इटहरी आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले संयुक्त रुपमा विजया दशमीको उत्सव मनाएका छन् । उनीहरुले एक आपसमा र आफन्तबाट दशैको टिका लगाएका छन ।
इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र वराल टीका, जमरा, मीठाई लिएर आइसोलेसन पुग्नुभयो । आइसोलेसनमा रहनुभएकी एक जना ७८ वर्षिया आमाले सवै संक्रमितहरुलाई टिका लगाइदिनुभयो ।
उहाँले अवदेखि यस्तो अवस्थामा कहिल्यै पनि टीका लगाउनु नपरोस भन्ने आर्शिवाद दिनुभयो । टीकाको दिन वडउपमेयर आउदा आमा आएको जस्तो लागेको संक्रमितहरुले वताए । परिवार वाट छुटेर वस्नुपर्दा नराम्रो लागिरहेको वेला दशैं ल्याइदिएको भन्दै संक्रमितहरुले धन्यवाद ज्ञापन गरे ।
आइसोलेसनमै भएपनि टिका लगाउन पाउदा संक्रमितहरुले खुशी ब्यक्त गरेका छन । दशै जस्तो चाडका वेला पनि आइसोलेसनमा वस्नुपर्दा संक्रमितहरुले दुःख मानेका होलान भनेर शुभकामना र सान्त्वना प्रदान गर्न टीका,जमरा लिएर आइसोलेसन गएको उपमेयर गौतमले वताउनुभयो । आइसोलेसनमा २१ जना संक्रमित छन । यसअघि उपमेयर गौतमले आइसोलेसनमा रहेका संक्रमितहरु सँग आफनो जन्मदिन मनाउनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया