सुनसरीको दशै मेला प्रभावित, कोरोनले पुजापाठ पनि बन्द
१३ कार्तिक २०७७, बिहीबार ०६:४३
इनरुवा । सुनसरी जिल्लाको विभिन्न स्थानमा लाग्दै आएको दशै मेला र सांस्कृतिक कार्यक्रमहरु प्रभावित भएको छ । सदरमुकाम इनरुवामा लाग्ने दुर्गा मन्दिरको मेला, भगवती मन्दिर र बबियाको माँ भगवती मन्दिरमा पूजा सहित मेला प्रभावित भएको हो ।
कोरोनाका कारणले यहाँका सबै मेलाहरु प्रभावित भएको स्थानीयहरुले बताएका छन् । जिल्लामा एक महिने निषेशज्ञा जारी भएकाले दुई दशक अघिदेखि दशैंको एक हप्ता अगाडि विभिन्न ठाउँमा गाउँमा दसहारा मेला, दशमी मेला, कुस्ती प्रतियोगिता, पौराणिक नाचगान, हाउजि विशेष कार्यक्रमहरु यसपाली प्रभावित भएको छ ।
यहाँ घटस्थापना देखि सुरु हुने मेला समेत कोभिड १९ को कारण प्रभावित भएको मेला समिति तथा मन्दिर समितिहरुले जनाएको छ । भगवती मन्दिर बबियामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन हुँदै आएकोमा यसपालि मन्दिर परिसरमा समेत प्रवेश निषेध गरिएको थियो भने मेला र सांस्कृतिक कार्यक्रमहरु प्रभावित भएको मन्दिर समितिका अध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले एक महिना लामो निषेधागा जारी गरेको कारण दशैको दर्जनौँ कार्यक्रमहरु प्रभावित भएको मेला आयोजक समितिहरुले जनाएको छ । जिल्लाको इनरुवामा मात्रै नभई गढी गाउँपालिकाको औरावनी, छिटाहा, सतैरझोरा, मधेली, वर्जुको चिमडी, अमाहिबेलाहा, रामगञ्ज बेलगछिया, अमडुवा, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह, रामधुनी, इटहरी र बराहक्षेत्रसम्मको सबै मेलाहरु प्रभावित भएको छ ।
यहाँ विजया दशमीको अवसरमा लाग्ने सबै कार्यक्रमहरु, नाचगान बन्द भएपछि मनोरन्जन गर्न नपाएर खल्लो भएको इनरुवा ९ का सम्पत उराँवले गुनासो गर्नुभयो ।
एता दशैको अवसर पारेर समाजवादी विधार्थि युनियन कोशि गाउपालिका सुनसरीले मुर्ती दर्शन गर्न आउनेहरु र मन्दिरहरु गरि चार स्थानमा सरसफाई सामग्री विवरण गरेको छ ।
लौकही, कोशि कटान, हरिपुर र भन्टाबारीमा १२ हजार माक्स निःशुल्क वितरण गरेको युनियनका ब्रहमदेव यादवले जानकारी दिनुभयो । उता सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको दुर्गा र भगवती मन्दिरमा समेत पुजापाठ गेट बाहिरबाट मात्रै गर्न दिएको जानकारी दिनुभयो । 
एता सुनसरीको इनरुवा नगरपालिकाको वडा नं ९ का सुनरलाल शर्माले बन्दको बीच पनि भाकल पुरा भएकाले स्थानीय राजाजी डिहवार तीनठडाहा थानमा सुनको टिका चढाएर दशै मनाएको बताउनुभयो । भव्यताका साथ पूजापाठ नभएपनि सामाजिक दुरी कायम गरेर पुजा सम्पन्न गरेको इनरुवा २ का राजाराम मेहताले बताउनुभएको छ ।
तीनठाडाहा थाममा इनरुवा नगरपालिकाको विभिन्न वडाको नागरिकले पुजापाठ गरेको जनाएको छ ।
यसैबीच नेपाल प्रेस युनियन सुनसरीले कोरोना पीडित पत्रकारको घरघरमा पुगेर दसैँ खर्च बापत सहयोग गरेको छ । सुनसरीका २० जना कोरोना पीडित पत्रकारले राहत स्वरुप दशै खर्च दिएको अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो । कोरोना बिमा बापतको रकम तत्काल उपलब्ध नहुने भएपछि युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी आफैले लगानी गरेर हरेक पत्रकारलाई १० हजारका दरले सहयोग गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया