८ आश्विन २०७७, बिहीबार १९:५० – Page 3 – Nagarikabhiyan : National News

ड्रग्स कनेक्शनः कडा सुरक्षाका बीचमा मुम्बई पुगिन् सारा

नयाँ दिल्ली । सुशांत सिंह राजपूत केसमा धेरै बलिउड सेलिब्रेटीहरूको नाम ड्रग्ससँग जोडिएको छ । यस्तैमा सैफअली खान र अमृता सिंहकी छोरी सारा अली खानको नाम पनि आएको छ । एनसीबीले अभिनेत्री सारा अली खानलाई सूचना पाठाएको छ । उनलाई २६ सेप्टेम्बरमा सोधपुछको लागि बोलाइएको छ। सारा अली खान गोवाबाट मुम्बई पुगिसकेका छन्। एयरपोर्टमा कडा सुरक्षा रहेको आजतकले जनाएको छ ।

सारा अली खानको बिरूद्धमा त्यस्ता धेरै प्रमाणहरू फेला परेका कारण एनसीबीले सारालाई सोधपुछको लागि बोलाएको बताइएको छ । रिया चक्रवर्तीले सारा अली खानको पनि उल्लेख गरेकी थिइन् । रियाले सारा र सुशांत सँगै धुम्रपान गर्ने गरेको बताएकी थिइन् । दुबै लागी लागूऔषध लिने गर्थे र पावानि फार्म हाउसमा पार्टी गर्ने गरेका थिए ।

सारा अली खानले फिल्म ’केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । सुशांत सिंह राजपूत यस फिल्ममा सारा अली खानको विपरीत भूमिकामा थिए।

सुशांत केसमा रिया चक्रवर्ती, जया साहा, ड्रग्स पेडलर्स इत्यादिसँग सम्बन्धित मानिसहरूले बलिउडका धेरै ठूला स्टनरहरूको नाम उजागर गरेका छन्। एनसीबीको रडारमा हाल ५० जना बलिउड सेलिब्रेटीहरू छन्।

एनसीबीले दीपिकालाई पनि पठायो सूचना
सारा बाहेक अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर, नम्रता शिरोडकर र सिमोन खम्बाता जस्ता धेरै ठूला स्टारहरूको नाम पनि बाहिर आएको छ ।

अभिनेत्री दीपिकालाई पनि एनसीबीले समन बोलाएको छ । उनलाई २५ सेप्टेम्बरमा सोधपुछको लागि बोलाइएको छ । दीपिकाको ड्रग च्याटको खुलासा भएको थियो । क्वान कम्पनी प्रबन्धक करिश्मासँग दीपिकाको ड्रग च्याटको खुलासा भएको हो । च्याटमा दीपिकाले करिश्मालाई सोधेकी थिइन्– ‘त्यो के हो?’ त्यस्ताई आधार बनाउँदै एनसीबीले उनलाई पनि सूचना पठाएको हो ।

विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि सुझाएका छन् ।

‘जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्’, मन्त्री पुनले भने, ‘नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं ।’

मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशक बिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए । ‘समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्’, मन्त्री पुनले भने, ‘जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् ।’

मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील निकायलाई एक मिनेट पनि ढिला गर्ने छुट नभएको उल्लेख गरे । ‘तपाईंहरु संवेदनशील निकायको जिम्मेवारीमा रहेको व्यक्ति हो, त्यस्तो कार्यालयमा काम गर्नेका लागि एक मिनेट पनि ढिला गर्ने छुट छैन’, मन्त्री पुनले भने । उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । मन्त्री पुनले यस्तो समयमा जनतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संवाद गर्न पनि प्राधिकरण नेतृत्वलाई निर्देशन दिए ।

मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने/जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे । आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मन्त्री पुनले मुल नेतृत्व नभएको महसुस नहु्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।

‘जति दिन निमित्त कार्यकारीका रुपमा रहनुहुन्छ । म निमित्त हुँ भन्ने सोच नराख्नुस्, तपाईं अर्को व्यवस्था नहओउञ्जेलसम्मका लागि पूर्ण अधिकारसहितको कार्यकारी हुनुहुन्छ’, मन्त्री पुनले कोइरालालाई भने ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए । उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट गरे । मन्त्रालयका प्रवक्ता एवं सह–सचिव प्रवीणराज अर्यालले विद्युत प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने जानकारी दिए ।

प्राधिकरणका कर्मचारीले रात दिन नभनी समस्या हटाउँदै विद्युत सुचारु गरिरहेको उनको भनाइ थियो । ‘लललितपुरको खोकना र काठमाण्डुको ग्राण्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत सुचारु गराए’, कोइरालाले भने, ‘तौलिहवामा विद्युत सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित हाम्रा चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुःखद घटना भयो ।’

बैठकमा प्राधिकारणका वितरण निर्देशनालय प्रमुख हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरीले लगातारको वर्षात, बाढी पहिरो, चट्याङ, रुख ढल्ने जस्ता कारणले पछिल्लो केही दिनयता प्रणालीमा समस्या आएको जानकारी गराएका थिए । न्यौपाने र चौधरीले पनि वर्षात कम भएसँगै समस्या समाधान हुने बताए ।

आज ७ असोज २०७७ बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योगपनि रहेको छ ।

सुनसरीमा सवारी साधन चलेसगै यात्रुको चाप

इनरुवा । सरकारले १ असोजदेखि सानो र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गरेपछि सुनसरी सदरमुकाम इनरुवा , इटहरी र धरान क्षेत्रमो यात्रुको चहलपहल ह्वातै बढेको छ ।

कोरोना महामारीको जोखिम भएपनि ६ महिनादेखी घरमा थन्किएका र काम तथा रोजगारमा जान नआएको, आफन्तको जान बन्चित रहेकाहरु आआफ्नो गन्त्वयमा जान थालेकाले यातायातको साधनमा चाप बढेको हो । जिल्लामा भित्रिने बाहिरीने दुवै खाले यात्रु बढी भएकाले यात्रुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । विगतको भन्दा कम सवारी चलेपनि यात्रुको लाईन भने ठूलो नै देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इनरुवा, इटहरी र धरानमा भित्रिने बाहिरिने सवारी साधनको संख्यासगैं यात्रुको चाप पनि बढेको छ ।

सुनसरीमा ८० प्रतिशत सवारी साधन सञ्चालनमा आएको छ । यहाँ रहेको इटहरी बस पार्क, धरान वस पार्क र इनरुवा बस पार्कमा यात्रुहरुको चाप बढेको पाइएको छ ।

 

बलात्कार आरोपीत पक्राउ

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका १६ की १५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ईटहरी उपमनपा १६ का ४८ वर्षिय कृष्ण प्रसाद ढकाललाई विहान गिरफतार गरेको छ ।

बालिकालाई शारिरीक अपांगता रहेको भन्दै बालिकालाई प्रलोभनमा पारी गत साउन ९ गते बलात्कार गरेको र त्यसपछि फरार रहेका पीडक ढकाललाई ईलाका प्रहरी कार्यालय पकलीको टोलीले गिरफतार गरेको हो ।

सुनसरी जिल्ला अदालतमा म्याद थप गरि अनुशंधान अगाडी बढाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटना पटि फरार ढकाललाई लुकीछीपि बसेको अवस्था पक्राउ गरेको र पीडित बालिकाको साउन १० गते नै स्वास्थ्य परिक्षण गरिएको सुनसरीका एसपी कमल थापाले जानकारी दिनुभयो ।

जवर्जस्ती करणी अभियोगका फरार प्रतिवादी ईटहरी १६ वस्ने वर्ष ४८ को कृष्ण प्रसाद ढकाललाई असोज ५ गते विहान अन्दाजी ०९.०० वजे ईलाका प्रहरी कार्यालय पकलीको टोलीले विशेष सुराकीको आधारमा पक्राउ गरी आवश्यक कानुनी प्रकृया वढाईएको थापाको भनाई छ ।

प्रदेश लोकसेवाले बुझायो वार्षिक प्रतिवेदन

जनकपुरधाम । प्रदेश २ लोकसेवा आयोगको एक वर्ष कुनै काम नै नगरि सम्पन्न भएपनि आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले आज ९मंगलबार० प्रदेश प्रमुख तिलक परियार समक्ष आर्थिक वर्ष २०७६(७७ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रदेश लोकसेवा ऐन २०७६ को परिच्छेद १२ दफा ६६ को व्यवस्था बमोजिम वर्ष भरिका काम कारवाही सहितको प्रदेश लोकसेवा आयोगका अध्यक्ष यादवले प्रदेश प्रमुख परियारलाई वार्षिक प्रतिवेदन बुझाएका छन् ।

सो प्रतिवेदनमा आयोगको गठन र कार्यक्षेत्र, कार्य सम्पादनका आधारहरु, प्रशासनिक तथा वित्तिय स्थिति, परिक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रम, विज्ञापन र दरखास्त, परीक्षा र परिक्षण, अन्तरवार्ता र सिफारिस, सुरक्षा निकाय र संगठित संस्थाको पदपूर्ति, परामर्श र उजुरी, ध्यानाकर्षण र सुझाव शिर्षक १० परिच्छेदहरुमा प्रस्तुति समेटिएको छ ।

गत आर्थिक वर्षमा आयोगले २८ पटक बैठक, २३ वटा पाठ्यक्रमको मस्यौदा निर्माण, आयोगका पदाधिकारी, कर्मचारी एवं दक्ष र विज्ञले पालना गर्नुपर्ने आचार संहिता निर्माण, आयोगको नियमावली राजपत्रमा प्रकाशन र सूचना प्रवाहका लागि आयोगको अधिकारिक वेभसाइट निर्माण लगायतका कार्य सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसैगरी आयोग बारे जानकारी एवं जागरुकता अभिवृद्धि गर्न आयोगको परिचय सहितको ब्रोसर प्रकाशन, दक्ष र विज्ञ र विज्ञको सूचीमा नाम समावेश गर्ने सूचना प्रकाशन एवं सो सम्बन्धी निवेदन कम्प्यूटर प्रविष्टि, सांगठनिक संरचना स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अनुरोध समेत गरिएको छ ।

प्रतिवेदनमा प्रदेश प्रमुख परियारसँग आयोगले सुझाव पनि मागेको छ । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख परियारले लोकसेवा आयोगलाई काम गर्न सहज नरहेकोले आयोगलाई विज्ञापन प्रक्रिया छिट्टो अगाडी बढाउन सुझाव दिएका छन् ।

आयोगले प्रदेश सरकारबाट कुनैपनि दरबन्दी संरचना स्वीकृत नभएको अवस्थामा काजका ५ र करारका ६ जना कर्मचारीबाट कार्यालयको कार्य सम्पादन गर्दै आइरहेको छ ।

विश्वशान्ति दिवसको अवसरमा दीप प्रज्वलन

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथिभराले विश्वशान्ति दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।

कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै कोरोना महामारीको चपेटाको चाँडै अन्त्य भई विश्वभरि नै शान्ति र सकारात्मकता फैलियोस् भन्ने कामनाका साथ दिवसका अवसरमा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ ।

विराटनगरस्थित सेन्ट्रल मलमा शान्तिको प्रतीक परेवाको चित्र बनाएर दीप प्रज्वलन गरिएको थियो । क्लबले नोपालीहरुमा सकारात्मक सोच कामनासमेत गरेर विश्वशान्ति दिवसको अवसर पारेर परेवाको चित्र एवं दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको क्लबकी अध्यक्ष गंगा खतिवडा ९साह०ले बताइन् । क्लबका सबै सदस्यहरुको सक्रिय सहभागिता र सहयोगकै कारण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको अध्यक्ष साहले बताइन् ।

कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ए–वानका मन्टिपल काउन्सिसल चियरमेन राजन खत्रीले विश्वशन्तिको प्रतीकका रुपमा रहेको परेवारको चित्र बनाएर दीप प्रज्वलन गर्ने काम प्रशंसनीय भएको बताए । उनले नयाँ सोचका साथ क्लबले विश्व शान्ति दिवस मनाएको धारणा राखे ।

कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुप्रति स्मरण गर्दै समाजमा सकारात्मक सोचको विकास होस् भन्ने कामनाका साथ कार्यक्रम आयोजना गरेको क्लवकी सचिव अञ्जना कट्टेल सुवेदीले जानकारी दिइन् ।

क्लबले यसअघि कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरी, पत्रकारलगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुका साथै वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई भोजनसमेत गराएको थियो ।

सुनसरीमा आज ६८ संक्रमित थपिए

इनरुवा । सुनसरीमा मंगलबार थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिकामा १४ पुरुष र १८ महिला, इटहरीमा ७ महिला र ११ पुरुष र दुहबी नगरपालिकामा ५ महिला र१२ पुरुषमा कोरोना देखिएको हो ।

मंगलबार थपिएका संक्रमितमध्ये दुई जना ट्राफिक प्रहरी छन् । धरान ८–स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४५ वर्षीय र २७ वर्षीय पुरुष ट्राफिक प्रहरीमा कोरोना देखिएको हो ।

यस्तै बीपी प्रतिष्ठानका एक नर्स र एक चिकित्सकको आवासमा कार्यरत १८ वर्षीया युवतीलाई पनि संक्रमण पुष्टि भएको हो । पछिल्लो समयमा ग्रामिण क्षेत्रमाभन्दा मानिसको बढी चहलपहल र भीडभाड हुने सुनसरीको सहरी क्षेत्रमा संक्रमितको संख्यामा वृद्धि भएको छ ।

योसँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १५३१ पुगेको छ । यीमध्ये ८७७ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ

मगंलबार प्रदेश १ मा थप १६६ जनमा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ गएको २४ घण्टामा १६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै दुहवीमा ८ महिला र १२ पुरुष, इटहरीमा ८ महिला र १२ पुरुष तथा रामधुनीमा २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको बुढीगंगामा ८ महिला र १५ पुरुष, विराटनगरमा ११ महिला र १० पुरुष, बेलबारीमा ५ महिला र ३ पुरुष, रंगेलीमा २, जहदामा १ पुरुष, पथरीशनिश्चरेमा १ महिला, झापाको दमकमा ७ महिला ९ पुरुष, मेचीनगरमा २ महिला र १ पुरुष, भद्रपुरमा २ पुरुष, अर्जुनधारामा १ पुरुष, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता संखुवासभाको खाँदबारीमा २ र सभापोखरीमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला तथा ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ८५९ पुगेको छ । प्रदेशबाट मंगलबार ३७ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २७, उद्योग बाणिज्य संघ आईसोलेसन ताप्लेजुङबाट ३, होमआईसोलेसनबाट ५, विराट मेडिकल र न्युरो अस्पतालबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५९१ पुगेको छ ।

प्रदेशमा मंगलबार १ हजार ३३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ७३ महिला र ९३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख १७ हजार ८८८ जनाको पीसीआर परीक्षण भएको छ ।

रियाको जमानतका लागि गरिएको अपिल अस्वीकार

मुम्बई । भारतीय अभिनेत्री रिया चक्रवर्तीको जमानतका लागि गरेको अपिल उच्च अदालते अस्वीकार गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार रियाले बाँकी दोषीहरुलाई सचेत गराउने र प्रमाणहरु नष्ट गर्न सक्ने सम्भावना भएकोले जमानतका लागि दिएको अपिल निवेदन उच्च अदालतले खारेज गरिदिएको हो ।

जमानत निवेदन खारेज भएसँगै उनी ८ अक्टोबरसम्मका लागि न्यायिक हिरासतमै रहने भएकी छिन् । सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको अनुसन्धानका क्रममा लागुऔषधको मुद्दामा उनलाई सेप्टेम्बर ८ मा एनसीबीले पक्राउ गरेको थियो ।

११ सेप्टेम्बरमा उनले जमानतका लागि पहिलो पटक गरेको अपिल खारेज भएको थियो । रियासहित एनसीबीले उनका भाई सोविक चक्रवर्ती, बसित परिहार र सुशान्तका घरमा काम गर्ने कामदार दिपेश सावन्त र अपार्टमेन्ट म्यानेजर साम्युएल मिरान्डालाई पक्राउ गरेको छ । अहिले उनीहरु सबै जना हिरासतमा छन् ।

उनीहरुले एनडीपीएस मुद्दामा बम्बई उच्च अदालतमा जमानत निवेदन दायर गरेको छ । यसको सेप्टेम्बर २३ मा सुनुवाइ हुँदैछ ।

प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेकोप्रति काँग्रेसको भर्त्सना

काठमाडौं । प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेकोमा नेपाली काँग्रेसले आपती जनाएको छ ।

काँग्रेस संसदीय दलले पार्टीको जिल्ला कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने क्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको जनाउँदै सो घटनाको भर्त्सना गरेको छ ।

दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत कोरोना भाइरस सङ्क्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सतर्कताका साथ जिप्रका पुगेका जिल्ला पार्टी सभापति लगायत नेताकार्यकर्ताहरुलाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको भनिएको छ ।

विज्ञप्तिमा “प्रहरी प्रशासनको दमनमा परी काँग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के।सी। लगायतका साथीहरु घाइते भएका छन् । जिल्ला नेतृत्व माथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको काँग्रेस संसदीय दल विरोध गर्दछ । उक्त घटनामा घाइते हुनु भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं” उल्लेख छ । नेपालपानाबाट

निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले निर्वाचन प्रणालीलाई सुधार गर्न निर्वाचन ऐन परिमार्जनको काम अगाडी बढाउने भएको छ ।

विद्यमान निर्वाचन प्रणाली भ्रष्टाचारको कारक बन्दै गएकाले ऐन परिमार्जनका लागि काम सुरु भएको समितिले बताएको छ । भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयकका सम्बन्धमा नेपाल कानून समाजको प्रतिवेदन बुझ्दै समिति सभापति परशुराम मेघी गुरुङले निर्वाचन ऐन परिमार्जन आवश्यक रहेको बताए ।

ऐन परिमार्जनका लागि समितिले छलफल सुरु गरेको र सम्भव भएमा देशव्यापी छलफल गरिने बताए । सभापति गुरुङले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको कार्य पद्धतीमा परिवर्तन जरुरी रहेको बताए । यी तीनवटै क्षेत्रको कार्यपद्धतीमा परिवर्तन गर्न सकिएमात्रै जनअपेक्षा अनुसार काम गर्न सकिन उहाँले बताए ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति सभापति रामनारायण विडारीले निर्वाचन प्रणालीका कारण भ्रष्टाचार भएको उल्लेख गर्दै सेवा निवृत कर्मचारीलाई आयोगमा पदाधिकारी बनाउन नहुने बताए । राज्यले काम गर्ने उमेर पुग्यो भनेर अवकाश दिएको कर्मचारीलाई फेरी काम लगाउन नहुने उनले बताए ।

सांसद ठगेन्द्रप्रकाश पुरीले अख्तियार दुरुपयोग अनुसन्धान लागयतका आयोगमा आयुक्त नियुक्त गर्दा कस्तो व्यक्तिलाई गर्ने भन्ने कुरा महत्वपूर्ण हुने बताए । लामो समय निजामति सेवामा काम गरेर उमेरहदका कारण अवकाश पाएका कर्मचारीहरुले आफु पदमा रहँदा सुशासनका मापदण्डअनुसार व्यवहार प्रदर्शन गरे की गरेनन भन्ने कुरा हेर्नुपर्ने बताए ।

नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले भ्रष्टाचार निवारण ऐन पहिलो संशोधन विधेयकका सम्बन्धमा सात वटै प्रदेशका सरोकारवालासँग अन्तरक्रिया भएको बताएा छन् । देशभरीबाट ६ सय बढी सरोकारवाला र संसदीय समितिबाट १२ जनाको सहभागितामा भएको अन्तरक्रियामा आएका सुझावहरुका आधारमा प्रतिवेदन तयार पारिएको उनले बताए ।

शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ ।

कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो ।

कोभिडका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी-शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरी सरोकारवालाहरुले आफ्नो दायित्व निर्वाह गर्नेगरी आस्मिक कार्ययोजना ल्याइएको मन्त्रालयले जनाएको छ ।

आज (मंगलबार) भर्चुअल प्रेस मिटमा मन्त्री गिरिराजमणी पोखरेलले कार्ययोजना सार्वजनिक गरिएको जानकारी गराउँदै बसाई स्थानान्तरण भएका विद्यार्थीहरुको तथ्याङ्क संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकहरुको उपस्थितिलाई सुरुवाती दिनमा गरिहाल्नुपर्ने कार्यको रुपमा जोड दिइएको बताए ।

शैक्षिक सत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाको लागि ढाँचा विकास नमुना स्वअध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको उनले बताए ।

सरकारले यसअघि नै असार १ गतेबाट वैकल्पिक विधिबाट सिकाइ गर्ने निर्देशिका र असोज १ गतेबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरिसकेको छ ।

महामारीका विषयलाई एकिकृत रुपमा सम्बोधन गर्न जरुरी रहेकोले अन्तर मन्त्रालय र सम्बन्धित निकायसँगको छलफल पछि कार्ययोजना निर्माण गरिएको हो ।

मन्त्रिपरिषद्को गत असोज १ को निर्णयबाट विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ स्वीकृत भएको हो ।

आज २०७७ असोज ६ गते मंगलबारको राशिफल

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

नेपाल वैश्य युवा संघ मोरङ्ग द्धवारा खाद्य सामाग्री हस्तान्तरण

विराटनगर ।  नेपाल वैश्य युवा संघ मोरङ्गले विराटनगर ७ स्थित आमाको माया छात्राबास तथा जनजाति कल्याण आश्रमलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

संघले आइतबार आश्रमका अध्यक्ष मदन शाहलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । संघले ५० किलो चामल, १५ किलो दाल, ५ लिटर खाने तेल, ५ प्याकेट नुन, १ कार्टुन चाउचाउ, ५ किलो चिउरा, २० किलो आलु, ७ किलो प्याज, ५ किलो भुजा, ४५ थान फ्रुटी, ५ दर्जन बिस्कुट, ५ डब्बा हर्लिक्स, ५ डब्बा ग्लुकोज, ५ किलो सोयाबिन, १५ किलो हरियो सब्जी, ६ किलो सर्फ लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

यस्तै संंघका तर्फबाट १ सय ५० थान सर्जिकल माक्स र केही अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु समेत हस्तान्तरण गरिएको संघका अध्यक्ष गणेश साहले बताउनुभयो । उहाँले खाद्यान्न हस्तान्तरणमा महिला शान्ति, अनुसन्धान तथा विकाश केन्द्र (वपरडेक) ले पनि सहयोग गरेको जानकारी दिनुभयो ।

खाद्यान्न सामाग्री हस्तान्तरणमा भने संघका उपाध्यक्ष दिपेन्द्र स्वर्णकार, सचिव प्रेमनाथ गुप्ता, सह–सचिव अशेश्वर साह, कोषाध्यक्ष डा. शिवशङ्कर साह, सह–कानूनी सल्लाहकार सन्जुकुमारी साह, सल्लाहकार सियाराम रौनियार, नेपाली काङ्ग्रेसका युवा नेता राजेश गुप्ता लगायतले सहजीकरण गरेका थिए । हाम्रोमतबाट

भोलीदेखि पाँच दिनसम्म भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोली सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ ।

हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ ।

आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।