सुनसरीमा सवारी साधन चलेसगै यात्रुको चाप – Nagarikabhiyan : National News

सुनसरीमा सवारी साधन चलेसगै यात्रुको चाप

इनरुवा । सरकारले १ असोजदेखि सानो र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गरेपछि सुनसरी सदरमुकाम इनरुवा , इटहरी र धरान क्षेत्रमो यात्रुको चहलपहल ह्वातै बढेको छ ।

कोरोना महामारीको जोखिम भएपनि ६ महिनादेखी घरमा थन्किएका र काम तथा रोजगारमा जान नआएको, आफन्तको जान बन्चित रहेकाहरु आआफ्नो गन्त्वयमा जान थालेकाले यातायातको साधनमा चाप बढेको हो । जिल्लामा भित्रिने बाहिरीने दुवै खाले यात्रु बढी भएकाले यात्रुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । विगतको भन्दा कम सवारी चलेपनि यात्रुको लाईन भने ठूलो नै देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इनरुवा, इटहरी र धरानमा भित्रिने बाहिरिने सवारी साधनको संख्यासगैं यात्रुको चाप पनि बढेको छ ।

सुनसरीमा ८० प्रतिशत सवारी साधन सञ्चालनमा आएको छ । यहाँ रहेको इटहरी बस पार्क, धरान वस पार्क र इनरुवा बस पार्कमा यात्रुहरुको चाप बढेको पाइएको छ ।