१० आश्विन २०७७, शनिबार १९:४१ – Page 2 – Nagarikabhiyan : National News

अनशनरत डा. के.सी को समर्थनमा युथ कांग्रेस

विराटनगर । चिकित्सा शिक्षामा सुधारका लागी १९ औं पटक अनशनरत डा. गोविन्द के.सी को समर्थनमा प्रदेश नं. १ युथ कांग्रेसका युवाहरुले शान्तिपुर्ण प्रर्दशन गरेका छन् ।

शनिबार युवाहरुले विराटनगरको ट्राफिक चौकमा १ सय मिनेटसम्म शान्तिपुर्ण प्रर्दशन गरेका हुन । चिकित्सा शिक्षामा सुधारका लागी अनशनरत लागी डा. के.सी. का मागहरु सम्बोधन हुनुपर्ने युवाहरुको भनाई छ । प्रतिष्ठानमा एम.बी.बी.एस. लगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, ईलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाउनुपर्ने र २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने डा.के.सी. का प्रमुख मागहरु हुन् । भदौ २९ देखि जुम्लामा अनशनरत डा. के.सी.को सम्पुर्ण मागहरु जायज भएको भन्दै युवाहरुले सरकारलाई वार्ता समिति गठन गरि छलफल गर्न सुझाव समेत दिएका छन् ।

पछिल्लो समय डा. के.सी. को समर्थनमा देशैभरि विभिन्न ठाउँहरुमा प्रर्दशन भईरहेका छन् । शनिबार विराटनगको ट्राफिक चौकमा भएको शान्तिपुर्ण प्रर्दशनको क्रममा भने प्रहरीले हस्तक्षेप समेत गरेको थियो । डा. के.सी. को समर्थनमा एक साङकेतिक नाटक देखाउने क्रममा प्रहरीले गरेको हस्तक्षेप गरेर युवाहरुको मनोबल गिराउने प्रयास गरेको युथ कांग्रेस नेपालका मोरङ जिल्ला संयोजक अभिषेक भट्टराईले बताए ।

डा. के.सी. ले राखेका जायज मागहरु पुरा नभए आगामी चरणमा प्रदेश नं. १ बाट रिले अनशनको सुरुवात गरिने युथ कांग्रेस नेपालका प्रदेश नं. १ संयोजक सबिन दाहालको भनाई छ

घरमै पुगेर स्वाब संकलन गर्दै महानगर

विराटनगर । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकाभित्र जेष्ठ नागरिक र अशक्तहरूको घरमै पुगेर स्वाब संकलन गर्न थालिएको छ ।

हिँडडुल गर्न नसक्ने र दिर्घरोगीहरूको उपचारमा समस्या हुन थालेपछि कोरोना परीक्षणको लागि शंकास्पद व्यक्तिहरूको घरमा पुगेर विराटनगर महानगरपालिकाको स्वास्थ्यकर्मीहरूको टिमले स्वाब संकलन गर्न थालेको हो ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की नेतृत्वको टिमले कोरोना परीक्षणको लागि वृद्धा र अशक्तहरूको स्वाब संकलन गर्न थालेको छ । शनिबार १६ जना ज्येष्ठ नागरिक र अशक्तहरूको स्वाब संकलन गरि परीक्षण गर्न प्रदेश जनस्वास्थ्य ल्याबमा पठाएको कार्कीले जानकारी दिनुभयो ।

‘कन्टयाक ट्रेसिङ र हिँडडुलमा समस्या हुने जेष्ठ नागरिकहरूको अहिले महानगरपालिकाले घरमा पुगेर स्वाब संकलन लिन सुरू गरेको छ,’ कार्कीले भन्नुयभो, ‘आवश्यकता अनुसार यो क्रममा विराटनगरका सबै वडाभित्र सञ्चालन गरिनेछ ।’ आइतबार विराटनगर ३ र १० नम्बर वडामा रहेको मानव सेवा आश्रमका जेष्ठ नागरिकहरूको स्वाब लिने तयारी छ ।

मानव सेवा आश्रमका तीन जना जेष्ठ नागरिकलाई संक्रमण पुष्टि भइसकेको छ । उनीहरूको कन्ट्याक ट्रेसिङ र आश्रममा रहेका सबै जेष्ठ नागरिकको स्वाब संकलन गरि परीक्षण गर्ने महानगरपालिकाको तयारी गरेको छ । आश्रममा ७६ जना जेष्ठ नागरिक छन् ।

अहिले विरामी भएर अस्पताल जानेहरूलाई उपचार गर्नुभन्दा अगाडि पिसिआर रिपोट माग्ने गरेका छन् । ज्येष्ठ नागरिक, दिर्घरोगी र अशक्तहरूलाई स्वाब दिन विराटनगर स्थित जैन भवनसम्म पुग्न असहज हुने गर्दछ । उनीहरूको लागि महानगरपालिकाले घरमा पुगेर स्वाब संकलन गर्न थालेका हुन् । संकलन भएको स्वाब ‘इरिक्सा मोवाइल भेन’ मा राखेर ल्याबमा पठाइन्छ ।

अहिले महानगरपालिकाले स्वाब संकलन गर्ने जैन भवनमा मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम बनाएको छ । एउटा टिमले दुई साता स्वाब संकल गरि परीक्षणमा पठाएपछि त्यो टिम क्वारेन्टाइनमा बस्छ भने अर्को टिमले काम गर्छ ।

शुक्रबारसम्म विराटनगर महानगरपालिकाभित्र १ हजार ५ ८४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५ ८४ जना निको भएर डिस्चार्ज भएको महानगरपालिकाले जनाएको छ । हाम्रोमतबाट

प्रहरी समायोजन नटुंग्याए अदालत जाने प्रदेश २ को चेतावनी

जनकपुर । एक साताभित्र प्रहरी समायोजनको काम नटुंग्याए संघीय सरकारविरुद्ध मुद्दा हाल्ने प्रदेश २ सरकारले चेतावनी दिएको छ । लामो समयदेखि अल्झिएको प्रहरी समायोजनको काम एक साताभित्र टुंग्याउन प्रदेशले शुक्रबार गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेखेको छ ।

प्रहरीको खटनपटन, कार्यसम्पादन, समन्वय र सुपरिवेक्षणको जिम्मेवारीलगायत प्रदेश सरकारलाई तोकिएको प्रहरी समायोजनको काम अझै नटुंगिएकोमा प्रदेश २ सरकार रुष्ट छ । समायोजन ऐनअनुसार प्रदेशमा खटिएका प्रहरीको कार्य सम्पादन र खटनपटन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिइको छ । ‘चैतमै समायोजन टुंग्याउनुपथ्र्यो, तर कोरोनालगायतको बहना बनाउँदै समायोजन प्रक्रिया अनावश्यक लम्ब्याइएको छ,’ मुख्यमन्त्री लालबाबु राउतले भने, ‘एक साताभित्र प्रहरी टुंगो नलागे हामी संवैधानिक अदालतमा मुद्दा हाल्छौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ माघमै प्रहरी समायोजन विधेयक प्रमाणीकरण गरिसकेकी छन् । प्रदेश २ सरकारले प्रदेश प्रहरी विधेयक अरू प्रदेशभन्दा पहिला पारित गरे पनि प्रहरी समायोजन ऐनलाई कुर्दै आफ्नो प्रहरी भर्ना थालेको छैन । कान्तिपुर दैनिकबाट

असल सम्बन्ध कायम राख्न नेपाल प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतुलनीय सङ्कटका रूपमा कोरोना भाइरस (कोभिड–१९) को महामारीको सामना गर्दै असाधारण समस्याबाट विश्व गुज्रिरहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्व व्यवस्थामा देखापरेको अनिश्चित अवस्थाको पृष्ठभूमिमा यस्तो सङ्कट आउनु चिन्ताजनक विषय भएको स्पष्ट गर्नुभयो ।

उहाँले स्वास्थ्य सङ्कट होस्, जनजीविका तथा समाजमा परेको प्रभाव होस् वा विश्वव्यापी आर्थिक मन्दी होस्, महामारीको दुष्प्रभाव अत्यन्त ठूलो छ भन्नुभयो । यस पटकको राष्ट्रसङ्घीय सभामा तय भएको ‘हामीले चाहेको भविष्य, हामीलाई आवश्यक संयुक्त राष्ट्रसङ्घ  बहुपक्षीयता प्रतिको सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि, प्रभावकारी बहुपक्षीय कार्यका माध्यमबाट कोभिड–१९ को सामना’ विषयक बहसका क्रममा प्रधानमन्त्रीले मुख्य सम्बोधन गर्नुभएको हो ।
उहाँले महामारीविरुद्ध विश्वव्यापी प्रतिकार्यको नेतृत्व गरिरहेका संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन र विश्वको प्रयासप्रति नेपालको पूर्ण समर्थन जनाउनुभयो । खासगरी कोभिड–१९ विरुद्धको बृहत् प्रतिकार्य कार्यक्रम सुरुवात गर्नुभएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिवको सराहना गर्नुभयो ।
जारी स्वास्थ्य सङ्कटमा सबैभन्दा महìवपूर्ण कुरा कोभिड–१९ विरुद्धको खोप विकास पश्चात् सबैका लागि सुपथ, सरल र सहज पहुँच, ज्ञान तथा अनुभवको साटासाट, औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्ति गर्नुपर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
रोग तथा भोकबाट जनताको जीवनको सुरक्षा गर्नु सरकारको सबैभन्दा ठूलो दायित्व रहेकाले सबै प्रयास तथा स्रोत यसका निम्ति प्रयोग गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता उत्तिकै महìवपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
सङ्कटकै घडीमा भूराजनीतिक टकराव पुनः देखापरेकाले विश्वका कैयन् भागमा शान्ति र स्थिरताको आकाङ्क्षा अझै हासिल हुन नसकेको उहाँले औँल्याउनुुभयो । हतियारको होडबाजी, जलवायु परिवर्तन तथा प्रकोपको चुनौतीले शान्ति र दिगो विकासको सम्भावनामा अवरोध पु¥याएको भन्दै ध्यानाकर्षण गराउनुभयो ।
अदृश्य भाइरसले व्यापार विवाद, विश्वव्यापी असमानता, वित्तीय कारोबार अनिश्चित तथा ऋण सङ्कट थप चर्काइदिएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

एकपक्षीयतावादी प्रवृत्ति तथा संरक्षणवादी नीतिले गर्दा मारमा परेको बहुपक्षीयताको सान्दर्भिकता अझ बढी प्रस्फुटित हुनुपर्नेमा जोड दिनुभयो । बहुपक्षीयता र विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको आधार साँघुरो राष्ट्रिय हितभन्दा पनि विश्वव्यापी कल्याणमा हुनुपर्ने उहाँले टिप्पणी गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको ७५औँं ऐतिहासिक महासभा सुदृढ अन्तर्राष्ट्रिय सहयोग तथा ऐक्यबद्धताका लागि दृढ राजनीतिक इच्छाशक्ति एकीकृत गर्ने समय भएकाले यो सुरक्षित, न्यायपूर्ण तथा समन्यायिक भविष्यको परिकल्पना गर्ने समय भएको बताउनुभयो । दिगो विकासको एजेन्डा २०३० कार्यान्वयन तथा उपलब्धि देखाउनुपर्ने दशकमा प्रवेश गर्दैगर्दा विद्यमान सङ्कटले दिगो विकासका लक्ष्यमा प्राप्त उपलब्धिसमेत गुम्ने खतरा बढाएको सङ्केत प्रधानमन्त्री ओलीले गर्नुभयो ।

विश्व शान्ति कायम गरौँ
विश्वमा भइरहेका विवाद र द्वन्द्वले यमन, सिरिया र लिबिया लगायतमा बिगँ्रदो मानवीय अवस्थाबाट नेपाल अत्यन्त चिन्तित रहेको जनाउनुभयो । सम्बन्धित देशका नागरिकको स्वामित्व र नेतृत्वमा सबै त्यस्ता द्वन्द्वको शान्तिपूर्ण समाधान गर्न नेपालका तर्फबाट उहाँले आह्वान गर्नुभयो ।
प्रधानमन्त्री ओलीले हामी संयुक्त राष्ट्रसङ्घबाट पारित प्रस्तावका आधारमा सुरक्षित र मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमानासहित शान्ति र सुरक्षाका साथ अस्तित्वमा रहनेगरी इजरायल र प्यालेस्टाइनका लागि दुई राष्ट्रको समाधानसहित मध्यपूर्वमा शान्ति र स्थायित्व भएको हेर्न चाहन्छाँैं भनी स्पष्ट पार्नुुभयो ।
शान्ति स्थापनार्थ प्रहरी तथा सेना पठाउने एक प्रमुख देश एवं शान्ति निर्माण आयोगको सदस्यका रूपमा नेपालले सदैव बिना सर्त संयुक्त राष्ट्रसङ्घको आह्वानमा सुरक्षाकर्मी खटाउँदै आएको बताउनुभयो ।सन् २०१९ मा विश्वको कुल सैनिक खर्च १.९ ट्रिलियन अमेरिकी डलर पुगेको जनाउ दिँदै प्रधानमन्त्री ओलीले त्यसको केही सानो अंश मात्रले पनि गरिबी, भोक र अभावमा पिल्सिएका लाखौंँ मानिसलाई राहत मिल्ने बताउनुभयो ।

पारमाणविक हतियारमा भन्दा कोभिड–१९ विरुद्ध खोपमा पहुँच पु¥याउनु अहिलेको टड्कारो आवश्यकता रहेको उहाँको भनाइ छ । आणविक अप्रसार सन्धिको पुनरवलोकन सम्मेलन लगायत निःशस्त्रीकरण सम्बन्धी प्रक्रिया स्थगन भएको वर्तमान अवस्थामा विश्वलाई सुरक्षित बनाइराख्न सम्बन्धित पक्षले सन्धि अन्तर्गतको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

जलवायु सङ्कटको चाप
जलवायु सङ्कटले मानव अस्तित्वमाथि नै खतरा पैदा गरिदिएको भन्दै प्रधानमन्त्री ओलीले उच्च प्रदूषकको मौनताले जिम्मेवारी प्रतिको असफलतातर्फ डोहो¥याउँदै लगेको आशङ्का व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपालले आफ्नो कुल भूमिको ६० प्रतिशत जमिन पारिस्थितिक प्रणाली बचावट गर्न छुट्याएको छ । पर्वत तथा जङ्गलले वातावरण शुद्ध पार्ने संयन्त्रको काम गरेका छन् ।

मानव अधिकारप्रति नेपाल प्रतिबद्ध
प्रधानमन्त्री ओलीले मानव अधिकार संरक्षणप्रति नेपाल प्रतिबद्ध रहेको जानकारी दिनुभयो । उहाँले नेपालको लोकतान्त्रिक संविधानले विश्वव्यापी रूपमा मान्यता प्राप्त मानव अधिकार, आधारभूत स्वतन्त्रता र बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणाली, बहुलवाद, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, कानुनको शासन, समानुपातिक प्रतिनिधित्व, आवधिक निर्वाचन तथा सामाजिक तथा आर्थिक न्याय जस्ता सिद्धान्तको प्रत्याभूत गरेको बताउनुभयो ।
अब नेपाल ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा अनुरूप आर्थिक रूपान्तरण ल्याउन केन्द्रित रहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । यो आकाङ्क्षा एजेन्डा २०३० र राजनीतिक एवं नागरिक अधिकार मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र कल्याण सहितको पूर्ण लोकतन्त्रको अवधारणाबाट निर्देशित रहेको बताउनुभयो ।

सबैसँग मित्रता
नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताबाट निर्देशित रहेकाले सबैसँग मित्रता कायम राखी कसैसँग शत्रुता छैन भन्ने मान्यतामा विश्वास गर्ने उहाँले बताउनुभयो ।
नेपाल सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा गर्दै छिमेकी लगायत विश्वका सबै मित्रराष्ट्रसँग असल सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीले सम्बोधनका क्रममा बताउनुभयो ।गोरखापत्र अनलाइनबाट

करणीको आरोप लागेका गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि थुनामा

काठमाडौँ । रामेछाप जबरजस्ती करणीको अभियोग लागेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले शुक्रबार उक्त आदेश दिएको हो । गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीले आफूमाथि जबरजस्ती करणी गरेको खड्काविरुद्ध जाहेरी दर्ता गराएकी थिइन् । खड्काकाविरुद्ध परेका ३ वटामध्ये अन्य दुई मुद्दामा भने धरौटी माग भएको छ । खड्काविरुद्ध धोवी बजार सडक तथा नाला निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई शरीर बन्धक बनाएको मुद्दामा २ लाख र स्थानीय शेरबहादुर खड्काको जग्गा लेनदेनमा ठगी गरेको अभियोगमा ५० लाख धरौटी माग गर्ने फैसलासमेत इजलासले गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार अदालतले खड्कासँगै शरीर बन्धक मुद्दामा विपक्षी बनाइएका लालबहादुर तामाङलाई १ लाख धरौटी मागेको छ । पौडेलले अदालतको प्रक्रिया पूरा गरी खड्कालाई आजै रामेछाप कारागार चलान गर्ने तयारी रहेको बताए ।

शरीर बन्धक मुद्दामा दर्पण घिसिङको जाहेरीपछि पक्राउ परेका खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला थप दुई मुद्दा दर्ता भएका हुन् । प्रहरीले तीनवटै मुद्दा अनुसन्धानका लागि खड्कालाई २५ दिन थुनामा राखेको थियो ।

अनुसन्धान सकेर बयानका लागि अदालतमा पेस गरेको बेला कोरोना संक्रमण देखिएपछि अदालतले खड्कालाई थप १५ दिन प्रहरी हिरासतकै आइसोलेसनमा राख्न आदेश दिएको थियो । कान्तिपुर दैनिकबाट

दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र

काठमाडौँ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासङ्घले जनाएको छ ।

विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ तर विगतमा जस्तो नभए पनि यात्रुको चाप सामान्य दिनभन्दा बढी नै हुने उहाँको दाबी छ ।

दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ । आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने वरिष्ठ उपाध्यक्ष स्वाँरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चाडबाड मुखमा आएको छ । असोज १५ देखि पूर्ण सिट क्षमतामा चाउनुको विकल्प छैन । त्यसो नगरिए यात्रुले टिकट पाउने सम्भावना निकै कम हुन्छ । आधा सिट मान्छे हालेपछि आधा मान्छे त काठमाडौँमा रहन्छन्, गाडीको सङ्ख्या त थपिएको छैन । ”
आन्तरिक हवाई उडानलाई पूर्ण सिट क्षमतामा सञ्चालन हुन दिएपछि बसलाई मात्र रोक्नुको कुनै अर्थ नहुने महासङ्घले जनाएको छ । सुरक्षा सावधानी अपनाएर बस पूर्ण सिट क्षमतामा सञ्चालन गर्नुको विकल्प नभएको महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, “दशैँमा काठमाडौँबाट जाँदा यात्रुको चाप भए पनि फर्कदा गाडी खाली आउनुपर्छ । ” चाडबाडमा सार्वजनिक सवारीसाधनको व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले असोज ११ व्यवसायीसँग बैठकको आयोजना गरेको छ । अग्रिम टिकट बुकिङ, कोरोना भाइरसबाट सुरक्षित हुने सुरक्षा मापदण्डलगायतका बारेमा छलफल गर्न व्यवसायीलाई बोलाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । गोरखापत्र अनलाइनबाट

आज २०७७ असोज १० गते शनिबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

पोखरी फुट्यो, माछा टिप्नेको घुँइचो

विराटनगर । अविरल वर्षाका कारण माछा पालेको पोखरी भरिएन थालेका छन् । विराटनगरको हाटखोला स्थित फन एण्ड फुड भिलेज रिसोर्ट नजिकैको पोखरी भरिएर पानी बस्तिमा बग्दा पोखरीको माछासमेत बगेको छ ।

पोखरीबाट माछा बगेपछि बिहीबार र शुक्रबार दिनभर सयौं स्थानीयले माछा टिपेका छन् । बिहीबार दूई सय किलो भन्दा बढी माछा टिपेको स्थानीयबासी राजु दाहालले जानकारी दिनुभएको छ । शुक्रबार पनि दिनभर मानिसहरु घरघरबाट झुलसहित माछा टिप्न भेला भएका थिए । निरन्तरको वर्षाले व्यवसायिक माछा पालन गरेका कतिपय किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको छ ।

बि.के.एम. मसलाको बदमासी : ४५० पर्ने मसला १२ सयमा विक्री

विराटनगर । विराटनगर– १० स्थित बि.के.एम. मसला उद्योगले अत्याधिक मुनाफा राखेर उत्पादन बेच्ने गरेको पाइएको छ ।

प्रतिकेजी ४ सय ५२ रुपैयाँमा पाइने मसला १ हजार २०० रुपैयाँमा बिक्री गरेको अनुगमनका क्रममा फेला परेको हो ।

लागत मूल्यभन्दा तीनगुणा बढीमा मसला बिक्री गरेको अनुगमन टोलीले फेला पारेपछि उक्त मसला उद्योगलाई वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवना गरेको छ ।

‘एक केजीमा ५० ग्रामको ३० प्याकेट मसला हुने रहेछ,’ वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले भन्नुभयो, ‘प्रतिकेजी ४५० मूल्य पर्ने मसलाको एमआरपी १ हजार २ सय राखेर बिक्री गरेको भेटियो ।’ बि.के.एम. मसला उद्योगले अनुचित क्रियाकलाप गरि अधिकतम मुनाफा राखेर मसला विक्री गरेको भेटिएपछि उपभोक्ता संक्षरण ऐन अनुसार पहिलो पटक २ लाख रुपैयाँ जरिवना गरेर कारवाही गरेको उहाँले बताउनुभयो । गरम मसलाको मूल्य १५० प्रतिशतभन्दा बढि बृद्धि गरेपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मूल्य लिएमा २ लाख देखि ३ लाख रुपैयासम्म जरिवाना लाग्ने कानुनी प्रावधान छ । कार्यालयले त्यहि प्रावधानमा टेकेर पहिलो पटक भएकाले २ लाख रुपैया जरिवाना तोकिएको उहाँले बताउनुभयो ।

लकडाउनको बाहानामा विराटनगरका बजारमा तरकारी, खाद्यन्न लगायतको मूल्यमा बृद्धि भएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले अनुगमनलाई तिव्रता दिएको छ ।

हरियो तरकारी, आलु, प्याज, गोलभेडा, खानेतेल चियापत्ति मसलालगायत अन्य खाद्यबस्तुहरुमा अत्याधिक मुल्य बृद्धि भएको गुनासो आएपछि बजार अनुगमनलाई तिव्रता दिइएको हो । हाम्रोमतबाट

उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति

काठमाडौं  । सरकारले साधारणसभा गर्न नेपाल उद्योग वाणिज्य महासंघलाई अनुमति दिएको छ ।

महासंघको प्रस्ताव अनुसार नै गृह मन्त्रालयले स्वीकृति दिएको अध्यक्ष भवानी राणाले जानकारी दिएकी छिन् । चुनावमा २५ जनाभन्दा बढी सहभागी हुन भने नपाइने पत्रमा उल्लेख छ ।

महासंघको पदाधिकारी बैठकले साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गर्दै अनुमतिका लागि गृह मन्त्रालयसँग स्वीकृति माग गरेको थियो । पदाधिकारीको निर्णयको अनुमोदन कार्यसमिति बैठकले गर्नेछ ।

कार्यसमिति अगाडि नै सरकारसँग महासंघले अनुमति लिएको हो । पदाधिकारीको निर्णय अनुमोदन गर्न असोज दोस्रो साता कार्यसमितिको बैठक बस्ने छ । महासंघको ५४औं साधारण सभा चुनावी सभा पनि हो । साधारण सभा अनलाइनबाट गर्ने र चुनाव प्रत्यक्ष रुपमा गर्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको थियो ।

महासंघको साधारणसभा र चुनावको मोडालिटीबारे प्रस्ताव गर्न एक समिति नै गठन गरिएको थियो । उक्त समितिले साधारण सभा अनलाइनबाट र चुनाव प्रत्यक्ष वा अनलाइन भोटिङबाट गर्न सकिने प्रस्ताव गरेको थियो । समितिले जिल्ला-नगरको प्रदेशमै वा काठमाडौंमा एसोसिएट र वस्तुगतसहितसँगै पनि गर्न सकिने सुझाव दिएको थियो ।

जिल्ला–नगर, वस्तुगत र एसोसिएटतर्फको काठमाडौं तर फरक फरक स्थानमा गरिने भएको छ । ठुलो भेन्यु पाइएको अवस्थामा भने एउटै ठाउँमा तर एक पटकमा २५ जनाको संख्या नबढाइ गर्ने निर्णय महासंघले यसअघि गरेको छ । गत चैतमा हुनुपर्ने साधारणसभा (कोभिड-१९) का कारण पटक–पटक सर्दै आएको छ ।

जिपसँगै बेपत्ता भएका फ्युज शाखा प्रमुख पौडेलको शव फेला

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोइली नदीले विद्युत प्राधिकरणको जिप बगाउँदा बेपत्ता भएका फ्युज शाखा प्रमुखको शव फेला परेको छ ।

उनको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३ पुगेको हो । जिपसँगै बेपत्ता परेका फ्युज शाखा प्रमुख कृष्ण पौडेलको शव शुक्रबार फेला परेको छ । आज दिउँसो ३ बजे बुद्धभूमि नगरपालिका २ कुटीस्थित वाणगंगा नदीमा फेला परेको छ ।

वनमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाणगंगा नगरपालिकाका स्थानीयले शवको पहिचान गरेका छन् । पौडेल शितगंगा ३ स्थायी ठेगाना भई हाल बाणगंगा २ जितपुर बस्दै आएका थिए ।

शव फेला परेको स्थल घटना स्थलदेखि १० किमि दक्षिण रहेको सशस्त्र प्रहरी २८ नं.गणका गणपति धुव्र बहादुर कार्कीले बताए । बाणगंगा नदी किनारमा रहेका ढिस्कोमा शव अड्किएर रहेको थियो । बुधबार दिउँसो ४ बजे विद्युत मर्मत गरी फर्किँदै गरेको बेला बा १ ञ १०८९ नं.को जिपलाई कोइली खोलाले बगाएको थियो ।

बाणगंगा नगरपालिका वडा नं.७ र ९ को सिमाना पर्ने मोतीपुर कजवे तर्ने क्रममा जिप बगाएको थियो । जिपमा ६ जना सवार थिए । तीमध्ये ३ जना बाँच्न सफल भएका थिए । विद्युतका २ कर्मचारीसहित ३ जना जिपसँगै बेपत्ता भएका थिए ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विद्युत् प्राधिकरणका गोताखोर टोली प्रयोग भएको थियो । सवारी चालक माधव पाण्डेको शव बुधबार घटनास्थलमा फेला परेको थियो । शितगंगा १३ सिमलपानीका केशव भाट क्षत्रीको शव घटना स्थलदेखि ६ किमि टाढा बाणगंगा ६ सुठौलीमा फेला परेको थियो ।

ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण

काठमाडौं । ललितपुर महानगरपालिकामा मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरका मेयर राजु महर्जनले पाटन अस्पतालमा गरिएको पिसिआर परीक्षणबाट आज संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

मेयरलाई सन्चो नभएपछि बिहीबार स्वास्थ्य जाँच गराउन पाटन अस्पताल पुगेका थिए । ‘टाउको दुखेर शरीरलाई असहज भएपछि उहाँ स्वास्थ्य जाँच गराउन पाटन अस्पताल जानु भएको थियो ।’ प्रवक्ता महर्जनले भने,‘चिकित्सकको सल्लाह अनुसार पिसिआर जाँच गराउँदा आज रिपोर्ट पोजेटिभ देखिएको खबर आयो ।’ कोरोना जाँच गरेपछि हिजैदेखि महर्जन होम आइसोलेसनमा छन् ।’

प्रवक्ता महर्जनले भने,‘उहाँ अहिले होम आइसोलेसनमा हुनुहनुन्छ, हामीले कन्ट्याक्ट ट्रेसिङसहितका काम अघि बढाएका छौं । अहिलेलाई मेयरको अवस्था सामान्य छ ।’ यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना पुष्टि भएको थियो । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ पनि कोरोना संक्रमित भएका छन् ।

वर्षाले तरकारी बालीमा क्षती ,बजारमा तरकारीको मूल्य अधिक

देवानगंज ।  सुनसरीमा वर्षाका कारणले तरकारीबालीमा क्षती भएपछि हरियो तरकारीको मूल्य अधिक बढेको छ । यसपाली सिजनमा तरकारी उत्पादन बढे पनि लगातारको वर्षाका कारण एक साताको फरकमा तरकारीको मूल्य दोब्बर भएको हो ।

सुनसरीको विभिन्न क्षेत्रमा वर्षाको पानीले तरकारी बाली लगाएको क्षेत्र डुवानमा परेकाले तरकारी बालीमा क्षती भई हरियो तरकारीको मूल्य एक्कासी बढेको हो । भोक्राहा नरसिंह, कोशी, इनरुवा, हरिनगर ,देवानगञ्ज, वर्जु र गढि सहितका किसानले लगाएको तरकारीबालीमा वर्षाको कारणले क्षती भएपछि स्थानीय हाट तथा बजारमा हरियो तरकारीको मूल्य बढेको सेवाग्राही बिरेन्द्र साहले बताउनुभयो ।

बजारमा तरकारीको भाउँ अधिक बढेपनि किसान भने चिन्तित बनेका छन् । उनीहरुले फल्न नसक्ने गरी बारीमै तरकारी नष्ट भएकाले चिन्तामा डुबेका किसान भुवनेश्वर यादवले बताउनुभयो । केही ठाउँका किसानको तरकारी खेतमै पानीमा कुहिएको र पानीले नष्ट भएको तथा केही उत्पादन गरेका तरकारी बजारमा र्पुयाउन नसक्दा मूल्य बढेको हो । लगातारको वर्षापछि ५० प्रतिशत तरकारि नष्ट भएकाले पनि मूल्य बढेको व्यापारीले बताएका छन् ।

सुनसरी खोलाको बाढीले भोक्राहा डुबानमा

भोक्राहा । सुनसरी खोलामा आएको बाढी कारण सुनसरी खोला तथा नदीको तटीय क्षेत्र डुबानमा परेको छ । खोलाको तटिय क्षेत्रमा रहेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको केही वडा डुबानमा परेको छ । खोलाका पानीको बहाव बढेको र सतह बढेर गाउँमा गरेकाले डुबानमा परेको हो ।

गाउँपालिकाको नदी तटीय क्षेत्रको भोक्रहा नरसिंहको वडा नम्बर ८, ७ र ५ का बस्तीका घरमा पानी पसेपछि सयौ परिवार प्रभावित बनेका छन । खोलाको पानी वडा नम्बर ५ को बाबा पेपर मिल, टपरासहित वडा नम्बर ७ को तटीय क्षेत्रका बस्तीमा पसेको हो । विगत पाँच दिनदेखि भईरहेको वर्षाको कारण यो क्षेत्रकै सप्तकोशी नदीपछिको नदी सुनसरी खोलाको पानी खतराको तहभन्दा माथि पुगेको छ ।

खोलाको बाढी नरसिंहमा पस्दा यहाँका स्थानीय जनताहरु रातभर बाढीको त्रासका कारण जाग्राम बस्न बाध्य भएको स्थानीयहरुले बताएका छन । बर्षेनी यस क्षेत्रका स्थानीयहरु सुनसरी खोलाको बाढीबाट प्रभावित बन्ने गरेको भएपनि अहिलेसम्म पनि खोलाको पानी नियन्त्रणको लागि तटवन्ध निर्माण लगायतका उपायका विषयमा स्थानीय सरकारसहित कुनै पनि सरकारले चासो नदेखाउँदा उनीहरु वर्षमा एकपटक सुकुम्बासी झै घर छाडेर अग्लो स्थानको खोजीमा निस्कनु पर्ने अवस्थामा पुग्ने गरेका छन ।

सामाजिक सेवा दिवशमा विपन्नलाई सहयोग र सम्मान

इनरुवा । हिदायत ऐजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपाल इनरुवा २ सुनसरीको आयोजनामा ४१ औं सामाजिक सेवा दिवशमा विपन्नलाई सहयोग र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी सदरमुकाम इनरुवा ९ बबियाका विपन्न र गरिब परिवारलाई सहयोग तथा सम्मान गरेको ट्रष्टले जनाएको छ । यहाँका १० जनालाई सहयोग र सम्मान गरेको संस्थाले जानकारी दिनुभयो । कार्यक्रममा मानव अधिकार सञ्जाल सुनसरीका संयोजक ट्रष्टका अध्यक्ष मोलाना हारुन खान, मोलाना ऐयुब खान सहितको सरोकारबालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन हजरत हुसैनले गर्नुहुदै सम्मान र सहयोग हस्तान्तरण अथितिहरुले गर्नुभएको थियो ।

आज २०७७ असोज ९ गते शुक्रबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ ।सन्तान सम्बन्धी समस्याले सताउला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्यी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ । यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।