वर्षाले तरकारी बालीमा क्षती ,बजारमा तरकारीको मूल्य अधिक
९ आश्विन २०७७, शुक्रबार १९:४२
देवानगंज । सुनसरीमा वर्षाका कारणले तरकारीबालीमा क्षती भएपछि हरियो तरकारीको मूल्य अधिक बढेको छ । यसपाली सिजनमा तरकारी उत्पादन बढे पनि लगातारको वर्षाका कारण एक साताको फरकमा तरकारीको मूल्य दोब्बर भएको हो ।
सुनसरीको विभिन्न क्षेत्रमा वर्षाको पानीले तरकारी बाली लगाएको क्षेत्र डुवानमा परेकाले तरकारी बालीमा क्षती भई हरियो तरकारीको मूल्य एक्कासी बढेको हो । भोक्राहा नरसिंह, कोशी, इनरुवा, हरिनगर ,देवानगञ्ज, वर्जु र गढि सहितका किसानले लगाएको तरकारीबालीमा वर्षाको कारणले क्षती भएपछि स्थानीय हाट तथा बजारमा हरियो तरकारीको मूल्य बढेको सेवाग्राही बिरेन्द्र साहले बताउनुभयो ।
बजारमा तरकारीको भाउँ अधिक बढेपनि किसान भने चिन्तित बनेका छन् । उनीहरुले फल्न नसक्ने गरी बारीमै तरकारी नष्ट भएकाले चिन्तामा डुबेका किसान भुवनेश्वर यादवले बताउनुभयो । केही ठाउँका किसानको तरकारी खेतमै पानीमा कुहिएको र पानीले नष्ट भएको तथा केही उत्पादन गरेका तरकारी बजारमा र्पुयाउन नसक्दा मूल्य बढेको हो । लगातारको वर्षापछि ५० प्रतिशत तरकारि नष्ट भएकाले पनि मूल्य बढेको व्यापारीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया