२ भाद्र २०७७, मंगलवार २१:०१ – Page 5 – Nagarikabhiyan : National News

गुणराज हत्या प्रकरणमा पाँच जना हत्यारा पक्राउ

इनरुवा । साउन ३१ गते सुनसरीको भोक्राहा नरसिंह ७ का २२ वर्षीय गुणराज यादवको हत्यामा संलग्न रहेको पाँच जनालाई सुनसरी प्रहरीले गिरफतार गरी भदौ २ गते सार्वजनिक गरेको छ । यादवको हत्यामा संलग्नहरुलाई घटना भएको भोली पल्टै पक्राउ गरेपनि तीन दिन पछि मात्र सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको आंशकामा आठ जनालाई नियन्त्रणमा लिएपनि अनुसन्धान र सोधपुध पछि पाँच जना माथि कर्तब्यल ज्यान मुद्दामा म्याद थप गरिएको हो । घटनामा संलग्न दिनेश मेहता, दिपक कुमार यादव, पप्पु राम, प्रदीप राम र शिव कुमार मेहतालाई अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट तीन दिन म्याद थप गरिएको छ ।

पाँच जनाले यादवको बीभत्स हत्या गरी प्लाष्टिकको बोरामा बाँधेर सुनसरी खोलामा फालिएकोे प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।भोक्राहा नरसिंह गाउँपालिका ७ बस्ने यादवको उनकै घर आसपासका साथीहरूबाट बिहीबार रातको समयमा हत्या गरी बोरामा हात खुट्टा बाँधेर सुनसरी खोलामा फालिएको अनुसन्धानले देखाएको छ ।

श्रावण २९ गते दिउसो २ वजेको समयमा मृतक गुणराज यादव घरबाट मोवाईल पसलमा काम छ भनि निजको साथी शिव कुमार मेहता संग इनरुवा वजार घुमफिर गरी र अन्दाजी बेलुकी ७ वजे शिव कुमार मेहता र मृतक गुणराज यादव पारिजात स्कुल छेउमा रक्सी खाई इन्द्रजित यादवको घर पु¥याई शिव कुमार मेहताले छाडी घर तर्फ निस्केको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

मृतक गुणराज ईन्द्रजित यादवको घरमा केहिवेर बसेर आफ्नो घरतर्फ हिडेपनि बिहिवार रातीदेखी नै गायब भएको र परिवारसँग सम्र्पक बिहिन भएको बुझिएको छ । श्रावण ३० गते स्थानिय मानिसले धान बारीमा रगत जस्तो पदार्थ देखेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा खबर गरेर घटनाको बारेमा प्रहरी नायव उपरीक्षक बिनोद शर्मा सहितको अनुसन्धान टोली घटना स्थलमा गई प्रारम्भिक अनुसन्धान थालेपछि घटनाको बास्तविकता पता लगाएको थियो ।

इन्द्रजित यादवको घर देखि ३०० मिटर पर घाँस बारीमा लुकि बसेका पप्पु राम, दिपक यादव, प्रदिप राम, शिव कुमार मेहता र दिनेश मेहता समेतले संवेदन सिल अंगमा पालैपालो लात्तले वारम्वार हानेको, कुटपिट गरेको अनुसन्धानबाट खुलेपछि पाँच जनालाई सुनसरी अदालतबाट मंगलवार तीन दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दिनेश मेहताले नजिकै रहेको गोरू गाडामा लगाएको वास ल्याई मृतकको टाउकोमा प्रहार गरेको , शिव कुमार मेहताले नजिकै रहेको गोरु गाडामा वाधिएको नाईलन(प्लाष्टिक) को डोरी ल्याई मृतकको घाटिमा वाधेको , प्रदिप राम, पप्पु राम र दिपक यादव मिलि मृतकको हात तथा खुट्टा वाधी विभत्स हत्या गरेको प्रहरीको अनुसन्धानमा देखाएको छ ।

दिनेश मेहताले आफ्नो घरबाट बाबा चोकर लेखेको प्लाष्टिकको वोरा ल्याई मृतकलाई बोरामा हालेको र घटनामा संलग्न भनिएको पाँच जनाले नै मृतक गुणराजको शवलाई सुनसरी खोला किनार सम्म पु¥याएको र सुनसरी खोला छेउ कल्भटमा प्रयोग भएको चेप्टो ठूलो ढुंगा उक्त वोरामा हाली नाईलन(प्लाष्टिक) को डोरीबोराको मुख सिलाई गरी खोलाको पानीमा फालेको बुझिएको छ ।

घटना स्थलबाट बरामद गरेका सामानहरु प्लाष्टिकको डोरी, चप्पल , पप्पु सिंह लेखिएको पप्पु सिंह को हातमा लगाउने माला , प्रदिप राम को घाटिमा लगाउने माला चुडीएको अवस्थामा घटना स्थलमा छरिएका साना(साना दानाहरु , मृतक गुणराज यादवको औठी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सुनसरी खोलामा फेला परेको शवबाट बाबा चोकरको बोरा, प्लाष्टिकको डोरी (हात खुट्टा बाधेको), मृतकको झोला भेटिएको सुनसरी प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट तीन दिनको म्याद थपिएको सुनसरी प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका सहितका ‘हटस्पट’मा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्नुपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरेका छन् ।

थापाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन र उपचारलाई सहज बनाउन काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न माग गरेका छन् ।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएर भाइरसको संक्रमण फैलिन नदिन माग गरेका हुन् । उपचारलाई सहज बनाउन काठमाडौं उपत्यकासहितका ‘हटस्पट’ हरुमा तत्काल ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्नुपर्ने उनको भनाई छ ।

अवागमन पूर्णरुपमा बन्द गर्न र अत्यावाश्यक सेवा बाहेकका सबै सेवाहरु रोक्न माग गरेका छन् । संक्रमण फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई हप्ताका लागि काठमाडौंलगायत संक्रमण बढ्दो गतिमा भएका ‘हटस्पट’ हरुमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्नुपर्ने उनको भनाई छ ।

जनस्वास्थ्य आपतकालको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्णय र नियम निर्देशिका लगायतका संयन्त्र बनाउनुपर्छ भने तत्काल बनाउनुहोस् । अवागमन पूर्णरुपमा बन्द गर्नुहोस् । अत्यावश्यक सेवाबाहेक सबै रोक्नुहोस् ।’ ध्यानाकर्षणपत्रमा उनले भनेका छन् ।

पत्रकार दिपेन्द्र यादबलाई पितृ शोक

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह ७ निवासी पत्रकार दिपेन्द्र यादवलाई पितृ शोक परेको छ । पत्रकार यादवका पिता राजेश्वर यादवको सोमवार ५३ वर्षको उमेरमा निधन भएपछि पितृ शोकमा पर्नु भएको हो ।

पत्रकार यादवका पिताको अन्तिम संस्कार सोमवार नै गरिएको छ । यादवको अन्तिम संस्कार सुनसरी खोला आर्यघाटमा गरिएको जनाएको छ । यादवप्रति जनता समाजवादी पार्टी सुनसरी र नेपाल पत्रकार महासंघ सुनसरीले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।

शोक सभामा नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष अमर खड्का , प्रदेश सदस्य जष्यकृष्ण यादव, जिल्ला सदस्य टोमराज मेहता, अजित झा, पत्रकार प्रमोद यादव , सुरेन्द्र मेहता, बिरेन्द्र साह लगायतका पत्रकार सहित गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र जसपा जिल्ला अध्यक्ष भगिरथ खत्वे लगायतकाले श्रद्धाञ्जली सहित समवेदना प्रकट गर्नुभयो । यादवको क्यानसरका कारण मृत्यु भएको परिवारजन जनाएको छ ।

सुनसरी प्रहरीको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका दुई जना थुनुवामा कोरोना संक्रमण भएको छ।

कार्यालयका प्रवक्ता डिएसपी विनोद शर्माले तीन दिनअघि पक्राउ परेका ज्यान मार्ने उद्योग मुद्दाका आरोपीलाई कोरोना संक्रमण भएको जानकारी दिए।

अहिले सुनसरी प्रहरीको हिरासतमा १२ जना थुनुवा छन्। अन्यको भने रिपोर्ट नेगटिभ आएको छ।

पोजेटिभ रिपोर्ट आएका दुई जनालाई छुट्टै राखेको र उनीहरूलाई अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।

यसैबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कोरोना संक्रमित नर्सको परिवारका ४ जनालाई संक्रमण पुष्टि भएको छ।

प्रतिष्ठानमा काम गर्ने धरान-१६ की नर्सको परिवारमा ८ महिने बालकसहित ४ जनामा संक्रमण देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए। योसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको सख्या ८० पुगेको छ।

भारतमा २६ लाखभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार ४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै भारतमा एकैदिन ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ५८ हजार १०८ जना संक्रमित भएसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख १८ हजार ७६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार १९५ जनाको उपचार भइरहेको छ ।

२०७७ भाद्र महिनाको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो महिना वित्तीय क्षेत्रमा अनुकूल परिणाम प्राप्तहुनेछ । चुनौतीहरु प्रसस्त आइपर्नेछन् त्यसैले सारिरिक बलले भन्दा बुद्धिको प्रयोगले कार्यहरुलाई अघिवढाउदा फाइदा पुग्नेछ । आफन्त इष्टमित्रहरुसँग वादविवाद उत्पन्न हुनेछ र त्यसले तपाईको तार्किक क्षमतालाई दरो बनाउनेछ । साथीभाईबाट सहयोग प्राप्त हुनेछ । प्रवुद्ध व्यत्तिहरुसँग मेलजोल बढनेछ जसले तपाइको मानप्रतिष्ठाका साथै सामाजिक हैसियत वढनेछ । स्वास्थ्यको अवस्था केही कमजोर देखिन्छ । जीवनसाथीसँगको सम्बन्ध अझप्रगाढ सुमधुर हुदैजानेछ । विद्यार्थीहरुको लागि यो महिना सामान्य रहेकोछ । यो महिनामा लामोयात्रा नगर्नुहोला, गर्नुपरे इष्टदेवको आराधना गरेर गर्दा विघ्नबाधाहरु नाशभएर जानेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो महिना कार्यको व्यस्ताले गर्दा थकान महसुस हनेछ । साथीभाईसँग दुरी वढनेछ । परिवारमा नयाँ सदस्यको आगमनको संकेत देखापर्नेछ । शिक्षाक्षेत्रमा सुधार हुनेछ । पढाईप्रति रुची वढनेछ । आवेगलाई नियन्त्रण गर्नुपर्ने देखिन्छ, कुनै पनि ठुुुलो निर्णय लिनुपर्दा अग्रजहरुसँगको सल्लाह लाभकारी सिद्धहुेनेछ । यदि तपाई उद्यमी हुनुहुन्छ भने नयाँ लगानीको अवसर प्राप्तगर्न सक्नुहुनेछ । अफिस वा कार्यालयमा सामान्य वादविवाद उत्पन्न हुनसक्नेछ । कार्यको भारलेगर्दा मन विचलित हुनेछ त्यसैले महिनाको अन्त्यमा परिवारका साथमा छोटो यात्रामा जाँदा मनमा शान्तिका साथै सरिर उर्जावान भएको महसुस हुनेछ । परिवार वाहेकका आफु अधिनस्थ व्यक्तिसँग विस्वास गर्नु घातक सिद्धहुनसक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो महिना मिथुन रशिका लागि संघर्समय रहेकोछ । परिस्थिति त्यति अनुकूल नदेखिए पनि आवश्यक स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाधा, विवाद, संकट, अवसाद र तनाव उत्पन्न हुने योग बनेको भएता पनि आफ्नो उत्कृष्ट प्रदर्शनले परिणामलाई आपूm अनुकूल परिवर्तन गर्न सकिनेछ । आफ्ना साथीहरुसंग टाढिनु पर्ने अवस्था आउन सक्छ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । जीवन साथीसंग वादविवाद र गÞलतफÞहमीले गर्दा मानसिक तनाव उत्पन्नहुनेछ । विलासिता वस्तुको चाहनाले धनव्यय गराउनेछ । स्वास्थ्य कमजोर रहनेछ । अचानक सरिरमा पिडाको अनुभव हुनेछ जसले गर्दा चिकित्सकसंग सल्लाह लिनुपर्ने हुन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आर्थिक दृष्टिकोणले यो महिना कर्कट राशि धारकका लागि लाभप्रद रहने छ । जागिर गर्दै हुनुहुन्छ भने पदोन्नतीको संकेत देखापर्नेछन् । व्यापार गर्दै हुनुहुन्छ भने आर्थिक गतिविधिको रफ्तारमा प्रगति हुनेछ । कुनै पनि व्यापारिक वा सामाजिक कार्यमा सम्झौता गर्नुपरे विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ । आफ्नो कार्य कुशलता वा वाक्चातुर्यताले आपूmमाथीका अधिकारीहरुको मनजितन सफल भइनेछ जसले मनमा प्रसन्नता उत्पन्न हुनेछ । विरोधीले मित्रको आढलिएर अपमानित गर्न सक्नेछन् । अकस्मात यात्राको योग रहेको छ । चौपायादेखि विशेष सावधानी अपनाउनुहोला दुर्घटना हुनसक्ने संकेत देखिन्छ । कुनै पनि शुभकार्य गर्दा कतै यात्रामा जानुपर्दा भगवती देवीको आराधना गर्नु लाभदायक रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो महिन कुनै पनि कार्यमा सफलता प्राप्त गर्नको लागि पहिलेको भन्दा अधिक मिहिनेत गर्नुपर्ने हुन्छ । कमाई भन्दा व्ययको भार अधिक रहने देखिन्छ । कुनै पनि ठुलो निर्णय नलिनुहोला समस्या आफत आईपर्न सक्छ । धनको दुरुपयोग हुने योग रहेको छ, त्यसैले कतै लगानी गर्दैै हुनुहुन्छ वा कसैलाई ऋण दिदै हुनुहुन्छ भने सावधान रहनुहोला । स्वास्थ्यमा उतार चढाव रहनेछ, त्यसैले हस्पिटल धाउनु पर्ने देखिन्छ । पुराना मित्र वा प्रियजनसँग भेटघाट हुनसक्नेछ । पढाईप्रति रुची वढनेछ । कुनै पनि शुभकार्य गर्दा शिवजीको आराधना गर्नु लाभदायक रहनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो महिना वित्तीय क्षेत्रमा उत्साह वर्धक रहनेछ । कृषि तथा पशुपालनमा विशेष रुची वढने छ त्यस्तो पेसा गर्दै हुनुहन्छ भने त्यसबाट लाभदायक रहने छ । उद्योगी व्यापारीहरुले उत्पादनमा कामलाग्ने सामान जस्ते मसिन कलपूर्जा जस्ता सामग्री यो महिना खरिद नगर्दा लाभदाय रहनेछ । राजनीतिको क्षेत्र वा नोकरीको कार्यक्षेत्रमा सजग रहनु पर्ने देखिन्छ असावधानीले मानसम्मानमा कमी आउने कार्य आपूmबाट हुनसक्नेछ । धर्म कर्ममा रुची घटनेछ । आफ्नो परिवारबाट विशेष गरेर विदेशमा हुने आफन्तबाट भरपुर सहयोग प्राप्त हुनेछ । नोकरीको खोजीमा हुनुहन्छ भने सफल्ता प्राप्त हुनेछ । शिक्षातर्फ आपूले सोचेको भन्दा फरक परिणाम आउन सक्नेछ । धरबाट कुनै कार्यको लागि जादै हुनुहुन्छ भने कुकुरलाई खानेकुर दिएर जानुहोला सफल्ता प्राप्तहुने संभावना वढेर जान्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो महिना तुला राशि धारकले कुनै पराक्रमयुक्त कार्य सम्पन्न गर्ने योग रहेको छ । यदि तपाई सेयर वाजारमा ज्ञानराख्नुहुन्छ र त्यस सम्वन्धी कार्य गर्नु हुन्छ भने यो महिना तपाईको लागि लाभदायक र फलदायक रहने छ । पारिवारिक दायित्व निर्वाह गर्न संधर्षरत रहनुहुनेछ । आफ्नो प्रिय व्यक्तिलाई नजिक पाउनुहुनेछ । क्रोध र आवेगलाई नियन्त्रण गर्न नसक्दा पारिवारिक सम्वन्धमा धमिलो पन आउन सक्नेछ । पुरानो रोग वल्झेर सारिरिक पीडा भोग्नुपर्ने वाध्यता हुनेछ । सानो दुरीको यात्रा हुनसक्नेछ । यात्रा गर्दा विहान गर्नु उपयुक्त हुनेदेखिन्छ । पढावाईप्रतिको झुकावमा कमि आउनेछ । शत्रुपक्षबाट प्रतिष्ठामा आघातगर्ने प्रयास हुनेछ त्यसैले सावधान रहनुपर्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

यो महिनामा माया प्रेमका माध्यमद्वारा आफन्तहरुसँग नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । राजनीति तथा समाजिक क्षेत्रमा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ । तपाइको वरिष्ठ अधिकारिहरु र सहयोगिहरुको माध्यबाट प्रशस्त लाभ प्राप्त गर्न सक्नुहनुनेछ । ठेक्का सेयरवजार जस्ता क्षेत्रमा धनको निवेश लाभदायक रहने देखिन्छ । स्वास्थ्य क्षेत्रमा केही कमजोरी रहेको छ विशेष गरेर नशासम्वन्धी रोगको कारणले कष्ट भोग्नुपर्ने देखिन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो महिना आर्थिक दृष्टिकोणले सामान्य रहेको छ । आफन्त तथा आत्मीय मित्रहरु सँग टाढिएर लामो दुरिको यात्रा गर्नुपदा मन बिचलित हुनेछ । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिभन्दा कमजोर साबित होईनेछ । आफन्त तथा अग्र्रज ब्यक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ । नोकरी पेशामा वरिष्ट अधिकारीको व्यवहारले मन विचलित पार्नेछ, जसले गर्दा आम्मविश्वासमा कमी देखापर्नेछ । सानासाना निष्काम भ्रमणले यो महिना थकित बनाउनेछ । अनावस्यक खर्चमा बृद्धी हुनेछ । प्रलोभनमा पारेर आर्थिक क्षति गराउने तत्व हावीहुनसक्नेछन् त्यसैले कसैप्रति झट्टविश्वास गर्नाले अभरमा परिने सम्भावना रहेकोछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

भाद्रमहिना मकर राशिका जातकका लागि अनकूल रहने छैन । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यदी तपाई ब्यापार ब्यवसाय गर्दै हुनुहुन्छ भने यो महिन उत्तम समय रहेकोछ । मानसिक अस्थिरता र चन्चलताका कारणले गरीरहेका कार्यहरुमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको वैचारिक भिन्नताले गर्दा सम्बन्ध टाढिन सक्छ । आफ्नो घरको परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्ने सम्भावना रहेकोछ जसले गर्दा सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुनेछ । निकै समयको अन्तराल पछि मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहकोछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । यो महिना सामान्य आर्थिक अभाब झेल्नु पर्ने देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो महिना कुुम्भ राशि धारकका लागि व्यस्तताले भरिएकको हुन्छ । आपूmले गरिरहेका कार्यलाई निरन्तरता दिनुहोला, ठुलो परिमाणको फेरवदले संतोशजनक लाभ प्राप्त गर्न नसकिएला । सामान्य जस्ता देखिने कार्यमा अधिक समय र श्रम खर्चनु पर्ने देखिन्छ । नयाँ मित्रहरुको आगमन तथा साथसहयोगबाट जटिल कार्यहरुमा विजय प्राप्त गर्न सफल भइनेछ । नयाँ लगानिमा भने बिशेष साबधानी अपानाउनु उत्तम रहनेछ । प्रेम सम्बन्धमा सुधारको योग रहेकोछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा तीक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्च तथा किनमेलले गर्दा अपव्यय बढेरजानेछ । स्वास्थक्षेत्रमा भने सामान्य समस्या देखा पर्नेछ । अपरिचित ब्यक्तीहरुसँगको सहयोग र पूर्ण विस्वास गर्नाले व्यापार व्यवसाय र परिवारमा नकारात्मक असर पर्ने सम्भावना रहेकोछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

तपाइले गरिराखेका व्यापार, जागिर र अन्य कार्यलाई अगाडी वढाउन कठिनाइहरुको सामना गर्नु पर्ने देखिन्छ । समाजसेवा वा राजनीति जस्ता क्षेत्रमा तपाईले आफ्ना इष्टमित्रको साथ पाउनुहुनेछ । कुनै पनि नयाँ कार्यको थालनि गर्नका लागि आटँ र साहशको कमि आउनेछ । लगानीका क्षेत्रमा नयाँ कामको प्रस्ताब आउँनेछ तर आर्थिक ब्याबस्थापनको विषय सजिलै हलगर्न सकिने छैन । विलासीताका वस्तुले आकर्षित गर्नेछ जसले गर्दा व्यवहारिक पक्ष कमजोर हुनेछ । दाम्पत्य जीवनमा मधुरता थपिनेछ । परिवारकासाथमा छोटो दुरीको धार्मिक यात्रा हुने योग रहेकोछ । शिक्षा क्षेत्रमा सकारात्मक संकेत देखिनेछ । वाहनको प्रयोगमा सावधान रहनुहोला सामान्य चोटपटकको सम्भावना रहेकोछ ।

ज्यो. पं. मुकुन्दमणी शास्त्रि

                                                                   इनरुवा, सुनसरी

 मो.नं. 9842094494 , 9808066779

आज थप ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६४१ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्  ।

यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

पोखरीमा डुबेर एक बाललको मृत्यु

विराटनगर । विराटनगर १४ स्थित रानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका १५ स्थित भट्टा चौक बस्दै आएका अन्दाजी १८ वर्षीय विसाल चौधरी रहेको खुल्न आएको छ । उनको आज विहान पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको हो ।
विहान ०८ः३० बजेको समयमा ६ जना साथी सहित नुहाउन भन्दै पौडी खेल्न गएका उनको थाकेर पानीमा डुबेको साथी ओम प्रकाश साहले जानकारी दिए ।

पानीमा डुबेको चौधरीको भण्डै दुई घण्टाको लामो खोजतालस पछि शव फेला परेको सशस्त्र प्रहरीबल ३ नम्बर कंकालिनी गणका प्रहरी निरिक्षक कमल अधिकारीले बताउनुभयो । उनको कमाण्डमा विपद व्यवस्थापनमा तालिम प्राप्त ९ जनाको टोलीले खोजतलाश गरी शव फेला पारेका थिए ।

मृत चौधरी भारतको बिहार जिल्ला भागलपुरको रहेको र सानो उमेरदेखी विराटनगर १५ स्थित मामा रमेश चौधरीको घरमा बस्दै आएको खुलेको छ ।

सुनसरी जिल्ला भदौ ७ गतेसम्म निषेधित क्षेत्र घोषणा

इनरुवा ।  प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासन कार्यालयले यस अघि पनि ५ दिन र ६ दिन गरी दुई पटक निषेधित क्षेत्र घोषणा गरेको थियो । पछिल्लो पटक थपिएको समय सीमा आइतबार (आज) राती १२ बजे सकिदैं छ । तर प्रशासन कार्यालयको आज बसेको बैठकले थप ७ दिन थप्ने निर्णय गरेको हो ।

जिल्ला भित्रका दुहबी, इटहरी, इनरुवा, बराहक्षेत्र, धरान लगायत स्थानीय बजारमा कोरोनाको संक्रमण बढ्दै गएपछि साउन ३२ गते राति १२ बजे देखि लागू हुने गरी भदौं ७ गते राती १२ बजे सम्म निषेधित्र क्षेत्र घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले उक्त समय अवधिभर सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्याबश्यक सेवाका कर्मचारीले कार्यालयको काममा हिड्डुल गर्न पाउने बताए । कर्मचारीले कार्यालयको काम गर्न पाउने भने तर सेवाग्राही सगँ प्रत्यक्ष सरोकारको काम बन्द गर्ने समेत प्रजिअ पोखरेलको भनाई छ । यस्तै सरकारी नम्बर प्लेटका सवारी साधन, अत्याबश्यक सेवाका सवारी साधन, ढुवानीका साधन बाहेक अन्य सबै सवारीसाधनहरुको आवागमन बन्द गर्ने कार्यालयले जनाएको छ ।

यस्तै ओद्योगिक क्षेत्रका उद्योग प्रष्तिठानहरुले स्वास्थ्य प्रोटोकल पालना गरी संञ्चालन गर्न पाउने छन् ।

उल्लेखित नियम उल्लघंन गरेमा संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानून बमोजिम सजाय हुने समेत कार्यालयले जनाएको छ ।

पहुँचवालाका घरघरै पीसीआर

काठमाडौँ । आफूहरू कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेको भनेर बारम्बार जानकारी गराउँदा पनि पीसीआर परीक्षण नभएपछि बुधबार एउटा समूह टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्यो । समूहमा रहेकाहरूले सक्दो छिटो परीक्षण गरिदिन माग राखे ।

अस्पताल प्रशासनले भने उनीहरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पठाइदियो । उनीहरूको कुरा सुनिसकेपछि ईडीसीडीका ल्याब टेक्निसियन डबल बीसीले भने, ‘कन्ट्याक्ट ट्रेसिङ स्थानीय तहले गर्छ, उतै जानुस् ।’

संक्रमितको सम्पर्कमा रहेकाहरूले पीसीआर परीक्षणको माग गरिरहेका बेला ईडीसीडीका कर्मचारी भने मन्त्री निवास पुल्चोकमा स्वाब संकलन गरिरहेका थिए । सर्वसाधारणको खासै पहुँच नहुने मन्त्री निवासमा त्यस दिन २ सय ३८ जनाको स्वाब संकलन गरिएको थियो । ‘जसको पीसीआर नगरी नहुने छ । उनीहरूलाई ध्यान दिइएन,’ काठमाडौं महानगरका एक कर्मचारीले भने, ‘पीसीआर गराउने राज्य संयन्त्र शक्तिमा रहेका व्यक्तिको पछिपछि दौडिरहेको छ ।’

राजधानीमा संक्रमित बढिरहँदा उनीहरूको सम्पर्कमा रहेकाहरू परीक्षणका लागि अस्पताल जाने क्रम पनि बढेको छ । टेकु अस्पतालमा पीसीआर गराउन दिनमा पाँच सयभन्दा बढी आउँछन् । सामाजिक दूरीसमेत कायम नगरी कोचिएर उनीहरू घन्टौं लाइनमा पालो कुर्छन् । यसबाट संक्रमण झनै फैलने जोखिम पनि हुन्छ । सर्वसाधारणले यस्तो सास्ती खेपिरहनु परेका बेला लक्षण नदेखिए पनि उच्च ओहोदा वा पहुँचवालाको भने घर/कार्यालयमै पुगेर तत्काल परीक्षण गरिँदै आएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपत्यकाका अन्य सरकारी, निजी अस्पताल र प्रयोगशालालाई पनि पीसीआर गराउन अनुमति दिएको छ । अनुमति पाएका सबैले ५ हजार ५ सय लिन्छन् । शल्यक्रिया गराउनुपर्ने होस् वा लक्षण भएका बिरामी जसले पनि पीसीआर गराउन पैसा तिर्नुपर्ने बाध्यता छ । ‘टिचिङ अस्पतालमा एक जना बहिनीको आन्द्रा सुकेका कारण अप्रेसन गर्नुपर्ने भयो । अप्रेसन गर्नुअघि पीसीआर टेस्ट गर्नुपर्ने रे । पीसीआरको ५ हजार ५ सय तिर्नैपर्ने भयो,’ कृष्ण रिजालले फेसबुकमा लेखेका छन्, ‘मन्त्रालयमा सोध्दा तिर्नु पर्दैन भने तर टिचिङले मानेन । सरकारी अस्पतालमै पनि अपरेसन गर्नेलाई निःशुल्क भनेको पीसीआरको शुल्क लिएरै छाडे ।’ पैसा तिर्न नसक्नेहरू निःशुल्क पीसीआर गराउन टेकुमा गएर घन्टौं लाइन बस्छन् । कतिपय चाहिँ ऋण गरेरै भए पनि अन्य सरकारी र निजी अस्पतालमा पुग्छन् । कन्ट्याक्ट ट्रेसिङमा खटिएका ईडीसीडीका एक कर्मचारीका अनुसार पीसीआर परीक्षणका लागि अस्पताल पुग्नेहरूमा दैनिक ज्यालादारी गर्ने, बेरोजगार भएर भौंतारिँदै काठमाडौं आइपुगेकाहरू धेरै देखिन्छन् ।

स्वास्थ्य मन्त्रालय मातहतमा रहेको ईडीसीडीले दबाब थेग्न नसकेपछि सरकारी कर्मचारीको कार्यालयमै पुगेर र नेताहरूका घरघरमै छिरेर स्वाब संकलन गरिरहेको छ । साउनमा मात्रै ८ हजार ९ सय २१ जनाको स्वाब संकलन गरिएको छ । यसमा ठूलो हिस्सा संघीय मन्त्रालय, संवैधानिक निकाय र अन्य कार्यालयका कर्मचारी, पदाधिकारीको छ । स्वास्थ्य मन्त्रालयले साउन १४ मा परिमार्जन गरेको ‘नेसनल टेस्टिङ गाइडलाइन’ मा लक्षण नदेखिएका कर्मचारी वा पहुँचमा भएका नेताहरूका घरघरमै गएर पीसीआर गर्ने उल्लेख छैन । निर्देशिकामा कोरोनाको लक्षण देखिएका (खोकी लागेका, श्वासप्रश्वासमा समस्या भएका, झाडापखाला लागेका, सुँघ्ने तथा स्वाद थाहा पाउने क्षमतामा ह्रास भएका) ले नमुना परीक्षण गरिने उल्लेख छ । त्यस्तै संक्रमितसँग सम्पर्कमा पुगेका सबै व्यक्ति, श्वासप्रश्वास तथा भाइरल संक्रमण भएका सबै व्यक्ति, स्थल तथा हवाई दुवै मार्गबाट आएकालाई सात दिनभित्र परीक्षण गरिने भनिएको छ । निर्देशिकाले अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी तथा अन्य समूहको पनि परीक्षण गर्ने भनेको छ । १४ दिन क्वारेन्टाइनमा बसेका हरेक व्यक्ति, कोरोना प्रभावित ठाउँबाट आएका हरेक व्यक्ति, आईसीयूमा उपचार गरिरहेका, ६० वर्ष पुगेका सबै, अस्पतालमा शल्यक्रियाको प्रक्रियामा रहेका र अस्पतालमा बसेर डिस्चार्ज हुन लागेका सबैको परीक्षण गर्ने पनि निर्देशिकामा उल्लेख छ । ईडीसीडीले भने दुई सातायता परीक्षणलाई निर्देशिकाविपरीत सिंहदरबारभित्र मन्त्रालय, संवैधानिक निकायमा केन्द्रित गरेको छ ।

ईडीसीडीले साउन १४ मा सिंहदरबारका ५ सय ८ जना कर्मचारीको पीसीआर गरेको थियो । उनीहरूमा न लक्षण थियो न त ट्राभल हिस्ट्री । ईडीसीडीका अनुसार सर्वोच्च अदालत, महाराजगन्जस्थित प्रदेश १ को मुख्यमन्त्रीको सम्पर्क कार्यालय, प्रधानमन्त्री निवास, परराष्ट्र मन्त्रालय, काउन्सिलर विभाग, काठमाडौं जिल्ला अदालत, स्वास्थ्य मन्त्रालय, स्थानीय विकास प्रतिष्ठान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय, अध्यागमन विभाग, राष्ट्रिय अनुसन्धान विभागमा परीक्षण गरिएको छ । त्यस्तै सरकारी वकिलको कार्यालय काठमाडौं, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, राहदानी विभाग, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग, औषधि व्यवस्था विभाग, राष्ट्रिय वाणिज्य बैंक, प्रशासनिक अदालत, भन्सार विभाग, राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी र पदाधिकारीको पीसीआर गरिएको छ ।

दलको कार्यालय र नेताको घरमा पनि

मन्त्री निवास, दलका कार्यालय र नेताहरूका घरमा समेत पीसीआर गराउन कर्मचारी खटाइएको छ । ईडीसीडीका स्रोतअनुसार कांग्रेस केन्द्रीय कार्यालयमा समेत पीसीआर गर्न कर्मचारी खटिएका थिए । त्यहाँ कसैलाई लक्षण देखिएर स्वाब संकलन गरिएको होइन । नेकपाका उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा साउन २३ मा ६८ जनाको स्वाब संकलन गरिएको थियो । त्यही दिन साँझ नेपाली कांग्रेसका नेता कृष्ण सिटौला निवासबाट २४ जनाको स्वाब लिइएको थियो । साउन २९ मा नेकपाका महासचिव विष्णु पौडेलको निवासबाट २४ जनाको स्वाब संकलन गरिएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले निर्देशिकाविपरीत लक्षण नभएका व्यक्तिको घर र कार्यालयमा पीसीआर गराउन पुग्नु गलत भएको बताए । ‘जसको पीसीआर गर्न कोरोनाको लक्षण छैन न त बाहिर कतैबाट आएको हो । उनीहरूका घरघर र कार्यालयमा गएर स्वाब निकाल्दा गलत सन्देश जान्छ । राज्यको लगानी पनि गलत ठाउँमा हुन्छ,’ उनले भने, ‘लक्षण भएका, शल्यक्रिया गर्नुपर्ने, प्रसूति गर्नुपर्ने र कन्ट्याक्ट ट्रेसिङ गराउनुपर्ने व्यक्तिको मात्रै पीसीआर गराउँदा राज्यलाई भार कम पर्छ ।’ जथाभावी पीसीआर गर्दा नेगेटिभ आएको व्यक्ति जताततै जाँदा थप जोखिम हुने उनले बताए । ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा संक्रमित बढेपछि सर्वसाधारणको प्रत्यक्ष सहभागी हुने कार्यालयका कर्मचारीको पीसीआर गरिएको बताए । ‘अब लक्षण भएका, कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्ति (संक्रमितको सिधा सम्पर्कका) को मात्रै पीसीआर गर्छौं,’ उनले भने, ‘हरेक कार्यालयमा पीसीआर गर्दा लगानी बढी हुने र प्रतिफल कम हुने देखियो ।’ कान्तिपुर दैनिकबाट

चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा स्वास्थ्यकर्मीसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा चितवनका डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण पाइएको छ ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।

यस्तै, चितवनको रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने महिला ३५ वर्षकी हुन् ।

त्यसैगरी, चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना क्वारेन्टाइनमा छन् ।

भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार राति ४ सय ७४ नमुना परीक्षण गरिएकोमा २७ जनामा कोरोना पोजेटिभ देखिएको हो भने ४ सय ४६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

आज २०७७ साउन ३२ गते आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध सुदृढ हुनेछ । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा सचेत हुनुपर्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । नजिकै घुम्नपनि पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसरपनि मिल्नेछ ।

शनिवार ४६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेष्ट ५ लाख नागेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।

आज देशभरको मौसममा बदली रहने, ठाउँ-ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको तीन दिन पश्चिमका केही ठाउँमा ठूलो पानी पर्नेछ ।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिम नजिकै रहेकाले मध्य र पूर्वको तुलनाका पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

तुलनात्मक रुपमा प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा ठूलो पानी कम पर्नेछ । स्थानीय वायुको प्रभावले नजिकै कतै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्न पनि सक्नेछ । यस्तै राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताए ।

अबको तीन दिन देशभरि मौसम पूर्णरुपमा नखुल्ने मौसमविद् श्रेष्ठको भनाइ छ । तर कतै एकैछिन घाम लागेपछि फेरि बादल लाग्ने उनले बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको २ दिनको मौसम पूर्वानुमान

साउन ३१ गते (शनिबार)

दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश , प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

राति : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

साउन ३२ गते (आइतबार)

दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

राति : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

नारायणी नदीले सतर्कताको तह पार गर्यो

काठमाडौं । चितवनको नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बहाव बढेसँगै सतर्क रहन संकेत स्वरुप साइरन बजाइएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ ।

तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको बाढी भने बढ्दो क्रममा छ । देवघाटमा मध्याह्न १२ बजेर ५ मिनेटमा गरिएको मापन अनुसार बाढी उर्लिएर ७।६२ मिटर माथि पुगेको छ ।

देवघाटमा ७।३ मिटरसम्म सतर्कताको तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ ।

यसैगरी नारायणगढ पुलमा मध्याह्न १२ गरिएको मापनमा नारायणी नदीको बाढी ११।३२ मिटरसम्म पुगेको छ । यहाँ ११ मिटर पुगेमा सतर्कताको तह मानिन्छ ।

केहीबेर अघिसम्म धनकुटास्थित तमोर नदीमा पनि बहाव उच्च भए पनि अहिले घटेको छ ।

यस्तै लम्जुङको बेंसिशहरमा भारी वर्षा भएको छ । त्यसैले त्यहाँको नारायणी नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचित गर्दै साइरन बजाइएको छ ।
अनलाइनखबरबाट

सुनसरीको भोक्रहा नरसिंह गाउँपालिकामा एक जना युवाको विभत्स तरिकाले हत्या

इनरुवा ।  सुनसरीको भोक्रहा नरसिंह गाउँपालिकामा एक जना युवाको विभत्स तरिकाले हत्या भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका २१ बर्षिय युवा गुनानन्द यादवको हत्या भएको हो । विभत्स ढंगबाट हत्या गरी स्थानीय सुनसरी खोलामा उनकोे शव फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले जानकारी दिनुभयो ।

हत्या के कारणले भएको भन्ने बिषयमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ । हत्या गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक शर्माले बताउनु भयो । हात खुट्टा बाधेर बोरा भित्र ढुगां हालेर सुनसरी खोलामा फालेको अवस्था शव फेला परेको हो ।