सुनसरी प्रहरीको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण – Nagarikabhiyan : National News

सुनसरी प्रहरीको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका दुई जना थुनुवामा कोरोना संक्रमण भएको छ।

कार्यालयका प्रवक्ता डिएसपी विनोद शर्माले तीन दिनअघि पक्राउ परेका ज्यान मार्ने उद्योग मुद्दाका आरोपीलाई कोरोना संक्रमण भएको जानकारी दिए।

अहिले सुनसरी प्रहरीको हिरासतमा १२ जना थुनुवा छन्। अन्यको भने रिपोर्ट नेगटिभ आएको छ।

पोजेटिभ रिपोर्ट आएका दुई जनालाई छुट्टै राखेको र उनीहरूलाई अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।

यसैबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कोरोना संक्रमित नर्सको परिवारका ४ जनालाई संक्रमण पुष्टि भएको छ।

प्रतिष्ठानमा काम गर्ने धरान-१६ की नर्सको परिवारमा ८ महिने बालकसहित ४ जनामा संक्रमण देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए। योसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको सख्या ८० पुगेको छ।