६ माघ २०८०, शनिबार १४:२१ – Page 5 – Nagarikabhiyan : National News

हात्तीले घर भत्काएपछि धन जोगाउने कि ज्यान

जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जंगली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्तामा छन् ।
कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जंगली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन् । यहाँका स्थानीयवासी धन जोगाउने कि ज्यान भन्ने चिन्तामा छन् ।

हात्तीले पक्की घरभन्दा टिनको छानो र टाटीले बेरेको घरलाई बढी निशाना बनाउने गरेको छ । हात्तीले घर भत्काउनुका साथै दुःख गरेर वर्षभरि खानाका लागि भण्डारण गरेको धान, चामल, मकै खाने, छरिदिने हात्ती पीडितको गुनासो छ ।

कचनकवल गाउँपालिका–३ का ईश्वरसिंह राजवंशी फाकताल राजवंशी, देवलाल राजवंशीको टिनको छानो भएको घर भत्काएर एकै दिन भण्डारण गरेको अन्नसमेत खाएको थियो । स्थानीय दुर्गाभिट्टा सामुदायिक वनमा दिनभर बस्ने हात्तीले मध्यरातमा गाउँ पसेर घर भत्काइदिँदा उनीहरु संकटमा परेका छन् । “अन्न त खायो, तर घर नै भत्काइदिएपछि अब कहाँ बस्ने”, स्थानीय देवलाल राजवंशीले भने, “शीतलहर चलेको छ, तत्काल बनाउने पैसासमेत छैन ।”

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको २०८०र०८१ को साउनदेखि पुस मसान्तसम्ममा जंगली जनावरबाट रु ४८ लाख ५० हजार ६४० बराबरको भौतिक क्षति भएको छ । कार्यालयले सो अवधिमा जंगली जनावरले जिल्लाका ७२ स्थानमा ५९ घर, दुई गोठ भत्काएको बताएको छ । हात्तीले घर भत्काएमा सरकारले रु १० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

रोकिएन लापसे र मापसे गरेर सार्वजनिक गाडी चलाउने क्रम

ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन ९लापसे० र मादक पदार्थ सेवन ९मापसे० गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको छैन ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट अझै पनि परीक्षणका क्रममा लापसे गरेर सवारी चलाउने चालक पक्राउ पर्ने क्रम जारी रहेको बताउनुहुन्छ । “यसरी सवारी चालउँदा आफू त जोखिममा पर्छन् नै उनीहरुका कारण यात्रु पनि जोखिममा पर्ने हुन्छ”, भट्टले भन्नुभयो, “गाडी चलाउँदा मापसे, लापसे वा अन्य कुनै पनि नशालु पदार्थ लिनुहुन्न भन्ने सन्देश पुगेर पनि यो क्रम रोकिएको छैन ।”

लामो समयदेखि जाँच अभियान तीव्र पारिए पनि नशाको तालमा गाडी चलाउन नरोकिनु दुःखद् विषय भएको प्रहरीको भनाइ छ । काठमाडौँको नागढुङ्गामा गरिएको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका सात जना चालकलाई शुक्रबारमात्रै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि पनि पटकपटक चालकलाई नियन्त्रणमा लिएर कारबाही भएको थियो । तर यो क्रम रोकिएको छैन ।

बा२ख ४०१७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका–१७ का २४ वर्षीय मिलन गिरी, ग१ख २९७३ नम्बरका माइक्रो चालक पोखरा महानगरपालिका–१ का ३५ वर्षीय मीनबहादुर तामाङ, बा३ख २१९५ नम्बरका माइक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोइराला लागुपदार्थ लिएर गाडी चलाइरहेका बेला पक्राउ परेका छन् ।

यस्तै बा५ख २३७ नम्बरका बस चालक गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय भुवन सुर्खेती, ना७ख १३८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटकबहादुर मगर र लु२ख ३३५२ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ का ३३ वर्षीय पवन थापा र ना५ख ७७७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेँसी नगरपालिका–८ का ३० वर्षीय प्रजय कार्की पनि पक्राउ परेका भट्टले बताउनुभयो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा राखिएको छ ।

पछिल्लो समयमा नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरोले उक्त अभियान चलाइरहेको छ । यात्रु बोक्नेजस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायण अधिकारी बताउछन् ।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुको जीवनसमेत जोखिममा पर्छ । त्यसैले आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

घरमा श्रीमती हुँदाहुँदै सुदूरपश्चिममा ८० पुरुषले दोस्रो श्रीमती भित्र्याउनुको कारण यस्तो रहेछ

धनगढीः सुदूरपश्चिममा ८० पुरुषले दोस्रो श्रीमती भित्र्याएको पाइएको छ।

२०८० असार मसान्तसम्म घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पीडित प्रहरी हुँदै अदालतसम्म पुगेका छन्। घरकी श्रीमतीलाई बेवास्ता गर्दै दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध पीडित महिला न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेका हुन्। घरमा श्रीमती हुँदाहुँदै अर्कीलाई भित्र्याएको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरी र अदालतमा उजुरी दिएका छन्।

सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी असार मसान्तसम्म ८० पुरुषले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरेको पाइएको छ। बहुविवाहका ८० उजुरी दर्ता भएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांकले देखाएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा ४ मा बहुविवाहसम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

चितवनमा एक जना पुरुषको शव भेटियो

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ गौवाको केराघारीभित्र एक पुरुषको शव भेटिएको छ ।मौरी चराउने काममा खटिएका ती पुरुषको मृत्यु दुई दिन अगाडि नै भएको जस्तो देखिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मृतकको साथबाट रोल्पा दुईखोली गाउँपालिका–१ वतन भएको २५ वर्षको बिक्रम रोका मगर नाम गरेको लाइसेन्स भेटिएको छ । मृतकको परिवारसँग सम्पर्क गर्नका लागि जिल्ला प्रहरी कार्यालय रोल्पासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

खैरहनी–१२ बस्ने हरि पाठकको जग्गामा एकला महतोले लगाएको केराघारीभित्र पुरुषको शव फेला परेको हो । मृतकको शरिरमा ठूलो चोट नदेखिएको र घुँडा कोतारिएको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट ती पुरुषलाई काठमाडौ‌का एक व्यक्तिले मौरी चरनका लागि खटाएका थिए । शवको पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

पाँच महिनामा ग्यास तीन अर्ब बराबरको आयातमा कमी

चालु आर्थिक वर्षकोको पाँच महिनामा तीन अर्ब बराबरको ग्यास आयातमा कमी आएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्म तीन अर्ब बराबरको ग्यास आयातमा कमी आएको हो ।

चालुु आवको पाँच महिनामा २० अर्ब ६५ करोड ५८ लाख ३० हजार रुपियाँ बराबरको ग्यास आयात भएको छ । गत वर्ष सो अवधिमा २३ अर्ब ७५ करोड ८६ लाख ३८ हजार रुपियाँ बराबरको ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा तीन अर्ब १० करोड रुपियाँ बराबरको ग्यास आयातमा कमी भएको तथ्यांकले देखाएको छ ।

ग्यासको खपत घटेसँगै आयातमा कमी आएको हो । हाल बजारमा मासिक ४२ हजार मेट्रिक टन ग्यासको खपत हुने गर्छ । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए पनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।चालु

आवको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ । पछिल्लो समय विद्युतीय चुलो ९इन्डक्सन०को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ ।

निगमका अनुसार आव २०७९र८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । आव २०७८र७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा आठ अर्ब बराबरको ग्यास आयात कम भएको छ ।

सुन्दा अचम्म लाग्ला अत्तरिया महोत्सवमा यस्तो धन्दा नक्कली टिकट ठेली भेटिए

अत्तरिया –कैलालीको अत्तरिया मा जारी प्रादेशिक महोत्सवमा झन्डै २८ बढी नक्कली टिकट को ठेली प्रयोग भएको भेटिएका छन ।
आयोजकले टिकट काटने टिमबाट उक्त ठेली बरामद गरेका हुन । संघ को समिति भित्र कै पदाधिकारी को मिलोमतो मा नक्कली टिकट ठेली बनाइएको आशंका गरिएको छ ।

संघका कोषाध्यक्ष हेम भन्डारीले नक्कली ठेली भेटिएको पुष्टी गरे । उनले नक्कली टिकट्को ठेली नियन्त्रणमा लिइएको बताए ।
संघ ले टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस को स्वबियुलाई दिएको थियो । यसको बारेमा संघले आन्तरिका छलफल गरेको छ । ति ठेली कहाँ बनाइएको र कहिले देखी प्रयोगमा आएको हो भन्ने खुलेको छैन ।

संघले छापेका आधिकारिक टिकट भन्दा नक्कली टिकटमा छपाई कमसल प्रयोग भएको देखिन्छ । संघले थप टिकट नक्कली प्रयोग हुन सक्ने भन्दै आज देखी आँफै टिकट बिक्री बितरण गर्न शुरु गरेको छ ।

यसबाट संघले महोत्सब मार्फत गर्ने आम्दानीमा समेत धक्का लागेको छ । संघ स्रोतका अनुसार नक्कली ठेलीबाट ५ लाख बढी को घोटाला भएको आशंका गरेको छ ।
यस बारेमा संघले छिट्टै आफ्नो धारणा सार्बजनिक गर्ने स्रोतको भनाई रहेको छ ।

 

तपाईँको गुनासो बिजुलीबारे वा समस्या छ हटलाइन ११५१ मा टिपाउन सक्नुहुन्छ

नेपाल विद्युत् प्राधिकरणको सेवाबारे तपाईँको केही गुनासो छ रु बिना सूचना बिजुली काटियो वा नजिकमा रहेको पोलमा कुनै समस्या आयो रु प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख पो दिए कि रु वा बिजुलीको मिटर लिन कुनै समस्या छ रु यस्ता गुनासा र समस्या छन् भने तपाईँले पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर टिपाउन सक्नुहुन्छ ।

जुनसुकै समस्या र गुनासा हटलाइनमा फोन गरेर टिपाउन सक्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा हटलाइन सेवा सञ्चालनमा छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन तथा आएका समस्या र गुनासोको सम्बोधन गर्न निर्देशन समेत दिनुभएको छ ।

हटलाइन ११५१ मा दैनिक औसतमा ५० भन्दा धेरै गुनासो आउने गरेको छ । गुनासो आउनेबित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गर्ने गरिएको हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलले जानकारी दिनुभयो । समस्या समाधान भएको सम्बन्धित व्यक्तिलाई समेत फोन गरेर जानकारी दिने गरिएको उहाँको भनाइ छ ।

बाजुराको कोल्टीबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुराको पूर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको डा। रञ्जित शाहले बताउनुभयो ।

खत्री र विष्टलाई तत्काल अप्रेसन गरी बच्चा झिक्नुपर्ने अवस्था रहेको हुँदा हिजो सुर्खेत पठाइएको डा। शाहको भनाइ छ । उहाँका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गर्नुपरेको हो ।

गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो । दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनमा छ ।

आर्थिक वर्ष २०७५र०७६ देखि शुरु भएको यो कार्यक्रम गर्भवती र नवजात शिशु सुरक्षाका लागि केन्द्रित छ । यसको मुख्य उदेश्य मातृ शिशु मृत्युदर कम गर्ने रहेको छ । तोकिएका क्षेत्रका गर्भवती तथा सुत्केरी जोखिममा परे नजिकैका स्वास्थ्यकर्मीमार्फत् प्रमुख जिल्ला अधिकारी वा स्वास्थ्यका कार्यालय प्रमुखसँग सम्पर्क गरेपछि उनीहरूले हवाई उद्धार कार्यक्रमका व्यक्तिसँग सम्पर्क गरी सहजीकरण गर्छन् ।

त्यसपछि सेनासँग समन्वय गरी हेलिकप्टर पठाएर सम्बन्धित बिरामीलाई नजिकै रहेको सुविधासम्पन्न अस्पतालमा पठाउने गरिन्छ । नजिकको अस्पतालमा पनि उपचार सम्भव नभएमा काठमाण्डौ ल्याउनुपरे पनि सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ ।

लगातार चौथो खेल हारेसँगै पाकिस्तानलाई क्लिन स्वीपु को डर

न्युजिल्यान्डसँगको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पाकिस्तान पराजित भएको छ । आज क्रिस्टचर्चमा भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ७ विकेटले हरायो ।

पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य न्युजिल्यान्डले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ७२ र ग्लेन फिलिप्सले ७० रन बनाए । दुवै खेलाडी नट आउट रहे । मिचेल र फिलिप्सले चौथो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरे ।

यो न्युजिल्यान्डबाट चौथो विकेटका लागि भएको सबैभन्दा धेरै रनको साझेदारी हो । यसअघि केन विलियमसन र कोरे एन्डरसनले चौथो विकेटका लागि १ सय २४ रनको साझेदारी गरेका थिए । बलिङतर्फ पाकिस्तानका कप्तान शाहीन अफरिदीले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले नट आउट ९० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरी र लकी फर्गुसनले समान २ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो खेलमा ४६, दोस्रो खेलमा २१ र तेस्रो खेलमा ४५ रनले विजयी भएको थियो । अब पाँचौँ तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ ।

पीएम कप क्रिकेट बागमतीले कोशीलाई ६४ रन हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ ।
जीतका लागि दुई सय ७४ रनको बलियो लक्ष्य पच्छाएको कोशी प्रदेशले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई सय नौ रनमा समेटियो । कोशी प्रदेशका लागि सुजन थपलियाले सर्वाधिक ५९ रनको योगदान दिए ।

उनले ७६ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गरे । साथै कप्तान अङ्कित सुवेदीले ५३ रन बनाए । उनले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अशीष भट्टराईले ३२, सोनु अनसरीले २१ तथा हेमन्त राईले १० रन बनाए ।

बलिङतर्फ बागमतीका इशान पाण्डे पाँच विकेट लिए भने सूर्य तामाङले दुई विकेट लिए । त्यस्तै प्रतीक श्रेष्ठ र रिजन ढकालले समान एकरएक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनाएको थियो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे ।

उनले कुल १६ चौका र २ छक्का प्रहार गरे ।
त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आँशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरेका थिए ।

कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले तीन विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान दुई दुई विकेट झारे । त्यस्तै फ्रिर्दोश अन्सारीले एक विकेट लिएका थिए ।

उपकूलपतिको कार्यकक्षमा धरानका मेयरले लगाएको ताला खोल्न अदालतको आदेश

धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न आदालतले आदेश दिएको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले मेयर साम्पाङले लगाएको ताला खोल्न आदेश दिएको हो ।

मेयर साम्पाङ आफैंले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेर थप कारबाही गर्न स्वास्थ्यमन्त्रीलाई पत्राचार गरेका थिए ।
तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।अदालतले कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

अस्पतालमा दैनिक हजारौं बिरामी स्वास्थ्य सेवा र उपचारका लागि आउने भएकाले मानवीय संवेदनशीलता भएको स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दीजस्ता कार्यले स्वास्थ्य सेवाबाट बिरामीहरू वञ्चित हुन गएको भन्दै प्रतिष्ठानमा गरिएको तालाबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नू गराउनू भनि आदेश दिएको छ ।

देवानगञ्जको अमर सिंह माध्यमिक विद्यालयको सामाजिक परीक्षण सम्पन्न

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ मा रहेको को अमर सिंह माध्यमिक विद्यालयले आफ्नो बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले वर्षभरी गरेको कार्यक्रम, उपल्बधीहरु र देखिएका चुनौती तथा अगामि दिनमा चाल्नुपर्ने कदमको विषयमा सार्वजनिकिकरण सहित सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

विद्यालयले आर्थिक आयव्यय सहित सामाजिक लेखाजोखा सहितको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको प्रधानाध्यापक इन्द्रदेव गुप्ताले जानकारी दिनुभयो । देवनागञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख अतिथितीयमा सम्पन्न भएको सामाजिक परीक्षण कार्यक्रममा, वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्द मेहता, वडा अध्यक्ष मनोज मण्डल, शिक्षा शाखा प्रमुख राजकुमार मेहता सहित सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

आशुतोष बने बाग्मतीबाट शतक बनाउने दोस्रो खेलाडी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशसँगको खेलमा बाग्मती प्रदेशका ओपनर ब्याटर आशुतोष घिरैयाले शतक बनाएका छन् ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा आशुतोषले ९९ बलमा शतक प्रहार गरे । उनी १ सय ११ बलमा १ सय १८ रन बनाएर आउट भए । यो उनको करिअरको पहिलो शतक हो ।

आशुतोष प्रधानमन्त्री कप क्रिकेटमा बाग्मती प्रदेशबाट शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि सन् २०१९ को संस्करणमा ज्ञानेन्द्र मल्लले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँगको खेलमा शतक बनाएका थिए ।

यो समाचार तयार पार्दासम्म बाग्मतीले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ३० रन बनाएको छ । बाग्मती ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । कोशी लगातार ४ खेलमा हार बेहोर्दै तालिकाको पुछारमा छ ।

२ करोड ३० लाख रुपैयाँसहित ४ जना पक्राउ

राजस्व अनुसन्धान विभागको टोलीले काठमाण्डौको क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि रकम फेला परेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अग्रवाल र उनका ३ जना सहयोगी रहेका विभागले जनाएको छ ।

बरामद गरेको रकम हुन्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।

 

गड्डाचौकीमा सशस्त्रका हवल्दारले एक युवकलाई मरणासन्न हुने गरी कुटे

कञ्चनपुरको गड्डाचौकी भन्सार क्षेत्रमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारले एक युवकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । जिल्लाको वेदकोट नगरपालिका(१ हात्तीथलाका बसन्त धामीलाई बिओपी गड्डाचौकीका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार कर्णबहादुर बोहराले ७ नम्बर पिलर नजिक कुटपिट गरेका हुन् ।

िबिहीवार साँझ जिल्लाको पश्चिमी सिमावर्ती बजारबाट घरायसी समान ल्याउने क्रममा उनीमाथि कुटपिट भएको बताइएको छ । कुटपिटबाट धामीको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ५ भन्दा बढी टाका लागेको छ । उनको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

कुटाइपछि गम्भीर घाइते भएका धामीका परिवारले कुट्ने सशस्त्र प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन पुगे पनि उजुरी दर्ता गरिएको छैन । घाइते धामीकी श्रीमती अम्मरा धामीले गड्डाचौकीका डिएसपी सुदन आचार्यले घाइतेको उपचार गरिदिने भन्दै प्रहरीमा जाहेरी नदिन भनेको बताइन् ।

अहिले दुबै पक्षबीच छलफल चलिरहेको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए । ‘आफन्त प्रहरी कार्यालय पुगेका छन्, छलफल गरिरहेका छन्,’ डिएसपी डाँगीले भने, अहिलेसम्म जाहेरी परेको छैन, जाहेरी लिएपछि आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ ।’

 

नवजात शिशु बेपत्ताको कसुरमा पक्राउ परेका दुई जना डाक्टर कर्ण र राजवंशीलाई धरौटीमा छोड्ने आदेश

विराटनगर । डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश गरेको छ ।
नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेको विराटनगरका डा। कर्ण र राजवंशीलाई उच्च आदालतले धरौटीमा आदेश गरेको हो ।

गत असोज २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिएको थियो । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले बिहीबार डा।कर्ण र सूर्यनारायण राजवंशीलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोडन आदेश गरेको हो । अदालतले शिशुका बाबु गोविन्द राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालाशले ६८ वर्षीय डाक्टर कर्णसहित कटहरी गाउँपालिका(४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका(४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो ।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुले पाँच लाख रुपैयाँमा शिशुको आमालाई झुक्याएर बिक्री गरेको खुलेको थियो । जिल्ला अदालतबाट डा।कणर्, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए । मोरङको कटहरी(२ आदर्श टोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले कणर्सहित ६ जना प्रतिवादीहरुविरुद्ध अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो ।

विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा।कर्णले मोरङको कटहरी(२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो ।