११ आश्विन २०८०, बिहीबार २२:१३ – Page 5 – Nagarikabhiyan : National News

जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन प्रवक्ता यादव

जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई तीव्रता दिएको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताए।
पार्टीको आगामी रणनीतिबारे आज सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै प्रवक्ता यादवले पार्टी बन्दै गरेको अवस्थामा आगामी निर्वाचनलाई लक्षित गरेर वडा तहदेखि नै सङ्गठन निर्माणमा केन्द्रित हुने बताए। उनले आफूहरू सत्ता गठबन्धनमा रहेको तर, अब आउने निर्वाचनमा कुनै पनि चुनावी गठबन्धन नगरी पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट पारे।

पार्टी अध्यक्ष चन्द्रकान्त सिके  राउत सरकारमा नजाने नीति हो भन्ने जिज्ञासामा प्रवक्ता यदावले आगामी निर्वाचनमा केन्द्रित भएर सङ्गठन निर्माणमा बढी खट्नुपर्ने भएकाले उहाँ मन्त्री बन्न हतारो नगर्ने उल्लेख गरे।

“हाम्रो पार्टीको मिसन भनेको मधेस प्रदेशमा आफ्नै दुईतिहाइको बहुमतको सरकार बनाउने र लुम्बिनी प्रदेशमा सरकार बनाउने हो”, उनले भने, “कोशी प्रदेशमा निर्णय गर्ने ठाउँमा पार्टीलाई उभ्याउने तथा सङ्घमा पनि बढीभन्दा बढी सिट जितेर सरकारमा ठूलो सहभागितासहित काम गर्ने नीति र योजनाअनुरुप नै अध्यक्षजी अहिले सरकारमा गएर मन्त्री बन्न इच्छुक हुनुहुन्छ ।”

अहिले संसद्मा कुनै पनि पार्टीको बहुमत नरहेकाले संसद् सञ्चालन र सरकारलाई स्थायित्व प्रदान गर्न पार्टीले सहकार्य गर्नुपर्ने आवश्यकता भएकाले आफूहरू सरकारमा सहभागी भएको प्रवक्ता यादवको भनाइ थियो ।

शङ्करदेव क्याम्पसलाई उपाधि

अनेरास्ववियु रत्नराज्य क्याम्पसले आयोजना गरेको अन्तरक्याम्पस स्तरीय फुटसल प्रतियोगिताको उपाधि शङ्करदेव क्याम्पसले हात पारेको छ ।
१६ वटा क्याम्पसले सहभागिता जनाएको प्रतियोगितामा शङ्करदेव क्याम्पसले त्रिचन्द्र क्याम्पसलाई ३–१ गोल अन्तरले पराजित गर्दै नगद एक लाख ११ हजार हात पार्न सफल भएको हो ।

दोस्रो भएको त्रिचन्द्रले ५५ हजारमा चित्त बुझाएको छ । असोज १६ गते रत्नराज्य क्याम्पसमा विशेष कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गरिने अनेरास्ववियु रत्नराज्य क्याम्पस कमिटीका अध्यक्ष लोकेश खड्काले जानकारी दिए । असोज ८ गतेदेखि सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।

एमाले मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक

नेकपा एमालेको आगामी असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ ।
एमाले प्रचार विभाग मधेश प्रदेशले आज आयोजना गरेको पत्रकार सम्मेलनबीच एमालेका सचिव एवम् मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईसहितका नेताहरूले प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरेका हुन् ।

सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार” मूल नारा रहेको अधिवेशनको लोगोमा मधेश प्रदेशका ऐतिहासिक धरोहर जनकपुरधामको जानकी मन्दिर, वीरगन्जको शङ्कराचार्य गेट, गुम्बार, मस्जिद र यहाँको वातावरणसँग मेल खाने धुवाँ निस्कँदै गरेको चिम्नी, कृषि कर्मलाई राखिएको छ ।

पत्रकार सम्मेलनमा अधिवेशनको तयारीबारे जानकारी दिँदै प्रदेश अध्यक्ष रामऔतार यादवले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने कार्यक्रमको उद्घाटन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

अधिवेशनमा आठवटै जिल्लाबाट एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अध्यक्ष यादवले जानकारी दिए । उनले प्रतिनिधि छनौटका लागि १३६ वटै पालिकामा एक प्रमुख अधिकृत र दुई अधिकृतसहितको निर्वाचन समिति बनाइएको छ ।

सबै प्रतिनिधिहरू असोज १५ गतेभित्र चयन हुनेछन । हरेक जिल्लाबाट मुस्लिम र दलित ८–८ जना र आदिवासी जनजातिको ४–४ जनाको दरले प्रतिनिधित्व रहनेछ । अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरू गठन गरिएको अध्यक्ष यादवले जानकारीहरू दिए ।

पत्रकार सम्मेलनमा बोल्दै मधेश इन्चार्ज भट्टराईले सिङ्गो मधेशको विकास र सामाजिक न्याय कायम गर्नका लागि मधेश प्रदेशमा एमालेको सरकार आवश्यक भएको बताए । एमालेको मधेश प्रदेशमा अगामी यात्रालाई फलदायी बनाउन प्रदेश अधिवेशन महत्त्वपूर्ण भएको बताए ।

नेतृत्वका लागि पहिलो सहमतिको प्रयास हुने र सहमति नभएमा प्रतिस्पर्धा गर्नेलाई रोक नहुने उनले बताए । पत्रकार सम्मेलनमा एमाले धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलि महतो, एमाले केन्द्रीय सदस्य अरविन्द सिंहसहित नेताहरूको उपस्थिति रहेको थियो ।

उपप्राध्यापक चलाउनेलाई कुटपिटमा संलग्न सयुज श्रेष्ठ पक्राउ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई मरनासन्न हुने गरी कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चलाउनेलाई कुटपिट गरेको अभियोगमा मुद्दा चलाइएका सात जना प्रतिवादीहरुमध्ये एक षयषु भन्ने सयुज श्रेष्ठलाई प्रहरीले उनको रातोपुलस्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, कुटपिटमा संलग्न ५ जना ससअघि नै पक्राउ गरेर धरौटीमा छुटेका थिए ।
जिल्ला अदालत, काठमाडौंको आदेशमा चित्त नबुझेपछि उपप्राध्यापक चलाउने उच्च अदालत गएका थिए । त्यहाँबाट ५ लाख धरौटी र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश भएको थियो ।

प्रकरणमा थप एक जनाको अझै खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रकरणका सबै आरोपी समेत पक्राउ नपरेका बेला यसका मुख्य आरोपी हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध मुद्दा फिर्ता लिने तयारी सरकारले गरेको थियो । उपप्राध्यापक चलाउने न्याय माग्दै अनशन समेत बसेका थिए ।

सयुजलाई साढे दुइ वर्षअघि पाटन उच्च अदालतले पाँच लाख धरौटी मागेको थियो । उक्त प्रकरणमा सयुजबाट चलाउनेलाई एक लाख अन्तरिम क्षतिपूर्ति जम्मा गर्ने आदेश पनि गरेको थियो
अदालतको उक्त आदेशलाई अवज्ञा गरी बसेका उनी बिहीबार घरनजिकै रातोपुलबाट पक्राउ परेका हुन् ।

चलाउनेमाथि ०७७ असोज २० गते नेविसंघका नेता कार्यकर्ताहरूले मरनासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए ।

हरिनगर र काेशि गाउँपालिकाकाे सहयाेगमा समुदाय प्रहरी पार्क उद्घाटन

देवानगञ्ज । सुनसरी जिल्लाको हरिनगरा गाँउपालिका र कोशि गाँउपालिकाको आर्थिक सहयोग तथा यस कोशी प्रदेश प्रहरी तालिम केन्द्रको समन्वय र सहकार्यमा आज मिति २०८० असोज ११ गते यस तालिम केन्द्रको परीसरमा वालवालिकाहरुको लागी खेलकुद सामाग्रीहरु सहितको Fun-Park र यसै पार्क संगै वयस्कहरुको लागी Outdoor Gym निर्माण भई सर्वसाधारणहरुको लागी खुल्ला रहने गरी हरिनगरा गाँउपालिका अध्यक्ष गफार अंसारी मीयाँ र कोशी गाँउपालिका अध्यक्ष अयुव अंसारीको समुपस्थितिमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीज्यू समेतले संयुक्त रुपमा समुदाय प्रहरी पार्कको उद्घाटन गर्नु भयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिमकेन्द्र, विराटनगरका सह-समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्टज्यू ,विराटनगर महानगरपालीका वडा नं. -१२ का वडाध्यक्ष श्री हीरा कामतज्यू, विराटनगर महानगरपालिका वडा नं.-१६ का वडाध्यक्ष श्री हिरा कामतज्यू लगायत स्थानिय भद्रभलाद्मी सर्वसाधारण तथा साना बालबालिकाहरु समेतको उपस्थिति रहेको थियो ।

बेनी अस्पतालमा थपियो बेड थपिएन जनशक्ति

म्याग्दी म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएकोले बेनी अस्पताल पूर्वाधार अभावको चपेटामा परेको हो ।

६ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा।अञ्जु थापाले बताइन् ।

विसं २०७२ मा १५ बाट ५० शय्यामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ शय्याकै दरबन्दीबाट ७८ शय्या बराबरको सेवा सञ्चालन गर्नुपरेको छ”, उनले भनिन्, “म्याग्दीलाई दुर्गम मानेर आउन नमान्ने चिकित्सक र स्वास्थ्यकर्मी आए पनि धेरै नटिक्ने समस्या छ । कार्यरत स्वास्थ्यकर्मीमा कामको बोझ छ ।”

विसं २०७४ देखि सुरु भएको अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणले पूर्णतास् नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाइका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीलाई कार्यबोझ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए ।

“जनशक्ति अभावको समस्या समाधानका लागि व्यवस्थापन समितिले गण्डकी प्रदेशमै पहिलोपटक समितिअन्तर्गत ४९ जनाको दरबन्दी सिर्जना गरेर जनशक्ति पदपूर्ति गर्न विज्ञापन गरे पनि केही पदमा आवेदन नै परेको छैन”, उनले भने, “सीमित जनशक्ति र पूर्वाधारको अधिकतम परिचालन गरेर सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रयासमा छौँ ।”
जनशक्ति अभावका कारण सघन उपचार कक्ष ९आईसीयू० सञ्चालन हुन सकेको छैन। एक्सरे, रेडियोग्राफर र यूएसजी मेसिन चलाउने चिकित्सक खोज्दा आवेदन नै नपरेको प्रमुख डा।थापाले बताए । दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने अस्पतालमा चारदेखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् ।

प्रसूति रोग विशेषज्ञसमेत रहेकी अस्पतालका प्रमुख थापा तालिम, बैठकमा जिल्ला बाहिर जाँदा र बिदा बसेको समयमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिन आएकालाई बागलुङ र पोखरा पठाउने गरिएको छ । अस्पतालले पछिल्लो एक वर्षयता मानसिक रोग, ज्येष्ठ नागरिक, फिजियोथेरापी र अत्याधुनिक एक्सरे सेवा विस्तार गरेको छ ।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाड जोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दीका साथै छिमेकी पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणले पनि सेवा लिने बेनी अस्पतालको निर्माणाधीन भवनलाई पूर्णता दिन, दरबन्दीअनुसारका जनशक्तिको व्यवस्था गरेर सेवालाई प्रभावकारी बनाउन आवश्यक देखिएको बताएका छन् ।

पथरीको जंगलमा भेटिएको शवको पहिचान खुल्यो

पथरी, ११ असोज  मोरङको पथरीशनिश्चरे(२ मा रहेको सुन्दर सामुदायिक वन क्षेत्रमा बेबारिसे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ ।
सामुदायिक वन क्षेत्रभित्र रहेको गोहीखोलामा पल्टिरहेको अवस्थामा  असोज ९ गते प्रहरीले शव भेटेको थियो ।

मृत अवस्थामा फेला परेका व्यक्ती पथरीशनिश्चरे(२ का २६ वर्षीय करण सुव्बा रहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
मृतको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको प्रहरीले जनाएको छ ।
मृतक सुब्बा असोज १ गते देखी हराएका थिए घरबाट हराएको ९ दिन पछि उनि मृत फेला परेका हुन ।

एकीकृत समाजवादीले समाजवादी जागरण अभियान गर्ने मेचीबाट सुरु कञ्चनपुरमा समापन

नेकपा एकीकृत समाजवादी ले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ ।
एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो ।

पार्टीले बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो । असोज १४ गते काँकडभिट्टाको मेची नदी किनाराबाट सुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ । यस अवधिमा करिब १ हजार किलोमिटर यात्रा हुने बताइएको छ ।

यसबीचमा विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताए ।
उनले रोजगारी समृद्धि र सुशासन को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिए ।
त्यस्तै, आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशनअघि जनताको सुझाव संकलनका रुपमा पनि यो अभियान रहेको उनले उल्लेख गरे ।
यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने उनले बताए ।
उनले वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै आफूहरु भने स्पष्टता साथ अघि बढेको बताए ।

अर्थमन्त्री महत स्वदेश फिर्ता

अर्थमन्त्री डा। प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक ९एआईआईबी० को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा बैंकका ८६ सदस्य राष्‍ट्रको सहभागिता रहेको थियो ।

उच्चस्तरीय बैठकका अवसरमा अर्थमन्त्री डा। महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्‍ट्रलाई आह्‍वान गरे ।

बैठकमा अर्थमन्त्री डा। महतले विश्‍व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए । उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरे ।

लागुऔषधको ओसारपसार र सेवन रोक्न नेपाल प्रहरी सक्रिय

धनगढीः नेपाल प्रहरीको सुदूरपश्चिममा लागुऔषध विरुद्धको महाअभियान, २०८० सञ्चालनमा छ। महाभियान अन्तर्गत लागुऔषध विरुद्ध जनचेतना जगाउने, कानूनको कार्यान्वयन गर्ने र दुर्व्यसनमा
प्रहरी अहिले प्रदेशका सवै जिल्ला, स्थानीय तह र वडामा पुगेर लागुऔषध विरुद्ध जनचेतना जगाउन क्रियाशील छ। प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट वडा तहसम्म लागुऔषध नियन्त्रण गर्न सर्वसाधारणमा जनचेतना फैलाउन प्रहरी कार्ययोजना सहित खटिएको छ।

यस्तै, नेपाल प्रहरीले विद्यालय उमेरका किशोरकिशोरीलाई लक्षित गरेर लागुऔषध विरुद्ध जनचेतना जगाउने काम गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले बताए।अहिले कक्षा ११ र १२ का विद्यार्थीमाझ लागुऔषध विरुद्ध जनचेतना जगाउन कक्षा लिइरहेका छौँ। हामी यसरी नै समुदायमा पनि जान्छौँ उनले भने, नेपाल प्रहरीको केन्द्रीय कार्यालयले पनि कार्ययोजना बनाएको छ। प्रदेशमा पनि वाक्ययोजना बनाएर हामी लागुऔषध विरुद्धको महाअभियानमा गाउँसम्म पुग्छौँ। यसमा हामी सबै पक्षसँग सहकाॠ गर्छौँ

प्रहरीको एकल प्रयासले मात्रै लागुऔषधको कारोबार रोक्न नसकिने भएकाले समुदायले सहयोग गर्नुपर्ने अपेक्षा नेपाल प्रहरीले गरेको छ। कैलाली, कञ्चनपुरसहित पहाडी जिल्लामा समेत लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेकाले लागुऔषधको कारोबार र ओसारपसार रोक्न सरकारी निकाय र समुदायको सहयोग आवश्यक रहेको प्रहरी बुझाइ छ। समुदायबाट कारोबारी अलग्याएर सख्त कारबाही गर्न लागुऔषधका कारोबारीलाई समात्ने र सख्त कानून कारबाहीको दायरामा ल्याउन प्रहरीले काम गरिरहेको डिआइजी बोहराले बताए। अहिले कारोबारीहरूलाई कानून कारबाहीको पाटो व्यापक रुपमा अगाडि बढाएका छौँ उनले भने, जनचेतना र कानून कारबाहीले मात्रै हुन्न भनेर दुर्व्यसनीहरूलाई सुधार्न सुधार गृह सञ्चालनमा आउँदै छ

एमाले बागमतीको नेतृत्व चयनका लागि शुक्रबार चुनाव हुने

काठमाडौं –नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि शुक्रबार चुनाव हुने भएको छ । नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुने अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

यद्यपि आज राति ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । उक्त अवधिमा सहमतिको प्रयास जारी रहने तामाङले बताएका छन् ।
आज राति ९ बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशित हुने तामाङको भनाइ छ ।

बसन्तपुरमा भव्य तरिकाले मनाइयो इन्द्रजात्रा तस्बिरहरू

काठमाडौँ -सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा बिहीबार वसन्तपुरमा भव्य तरिकाले मनाइएको छ ।
भाद्र शुक्ल द्वादशीका दिन मङ्गलवार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ ।

असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन्। टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

 

असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रूख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

 

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

संघीयता बिरोधीहरु सामाजिक सद्भाव बिगार्न सक्रिय भएः मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता बिरोधीहरु सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय रहेका बताएका छन् ।

इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सामाजिक सद्भाव बिगार्ने क्रियाकलापमा संघीयता बिरोधीहरु सक्रिय रहेका बताए ।

उनले सामाजिक सद्भाव बिगार्नेहरु र संघीयता बिरोधीहरुबाट सचेत हुनु आवश्यक रहेको बताए ।
उनले संसारको कुनैपनि शक्ति संघीयताको बिरोधमा लागेपनि संघीयतालाई खारेज गर्न नसक्ने बताए ।

उनले प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरुलाई कारबाही गर्न नसकेको गुनासो गरे ।
संघ सरकारले त्यस्ता गतिविधि गर्नेहरुलाई कारबाही नगर्दा उनीहरुको मनोबल उच्च भइरहेको उनको भनाई छ ।
उनले संघीय सरकार समेत संघीयता बिरोधी रहेको आरोप लगाए ।

पत्रकार ऋषि धमलाकी पत्नी एलीजा इलाम–२ बाट चुनावमा उठ्ने

काठमाडौँ –अभिनेत्री एलीजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन्
म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, उनले भनिन् ।
थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।
एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

एकैपटक ७०० बढी भारतीय पर्यटक नेपालमा

काठमाडौँ : विश्व पर्यटन दिवसका अवसरमा एकैपटक ७२३ भारतीय पर्यटक नेपाल आएका छन्।
नेपालका धार्मिक तीर्थस्थलमा दर्शनका लागि यसरी भारतीय धार्मिक पर्यटकहरू नेपाल आएका हुन्। उनीहरू लुम्बिनी र जानकी मन्दिरको दर्शनीपछि काठमाडौँ आइपुगेका छन्।

उनीहरूले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन गरेका छन्। धार्मिकस्थलहरू लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पशुपतिनाथ, काठमाडौँ उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरूको रहेको जनाइएको छ।

यसअघि सात सय बढी बङ्गलादेशी पर्यटकहरू चार्टर्ड गरेर नेपाल भ्रमणका लागि आएका थिए। उनीहरू मध्ये धेरै भारतीय मुलका अमेरिकन रहेका छन्। भारतीय पर्यटक राजेन्द्र ठकरले ७२३ यात्रुहरूलाई लिएर नीलकण्ठमणि यात्रामा नेपालमा सबै प्रसिद्ध धार्मिकस्थलको दर्शन गर्न आएको बताए।

उनले नेपाल प्राकृतिक र धार्मिकरूपमा सुन्दर रहेको पाएको बताए। उनीहरू नेपालमा १३ दिनको धार्मिक यात्राको लागि आएका बताइएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा ४ लाख ७६ हजार ४८१ पर्यटक आएका छन्। पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन्। यो महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्।

भारतपछि चीन र अमेरिकाबाट धेरै पर्यटक नेपाल आएका छन्। यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ।

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा ८० प्रतिशतसम्म छुट

काठमाण्डाै –पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठकले उल्लेख्य उपस्थिति जनाएका छन् ।
असोज ७ गतेदेखि ललतपुरको पुलचोकमा रहेको साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठक तानिएका हुन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ ।

आजसम्म पाठक उल्लेख्य उपस्थित भएका र अझै २२ गतेसम्ममा धेरैले उपस्थिति जनाउने अपेक्षा आफूहरूको रहेको साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले बताउनुभयो । उहाँले प्रदर्शनीमा यस पटक भैरवबहादुर थापाको अल्फा साइन्स ९नाट्य व्याकरण० नयाँ पुस्तकका रूपमा रहेको र बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको जीवनीलाई पुनःमुद्रण गरेर प्रदर्शनीमा राखिएको बताउनुभयो ।

घिमिरेले प्रदर्शनी स्थललाई व्यवस्थित गर्दै लगेको र पाँच सयभन्दा बढी विधाका पुस्तक प्रदर्शनीमा राखिएको जनाउनुभयो । उहाँले पहिला आख्यानहरू धेरै बिक्री हुने गरे पनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुचि बढ्दै गएको बताउनुभयो । देशभर गरेर ४० लाख रुपैयाँसम्मको पुस्तक बिक्री हुने उहाँको अनुमान छ ।

प्रदर्शनीमा आउनुभएका शरद् प्रधानले कतिपय पुस्तक पुनः प्रकाशनमा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएका कारण विद्यार्थीमा साहित्यप्रतिको चाहना घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

साझा प्रकाशनले पुस्तक टिकाउन समस्या रहेको उल्लेख गर्दै पुराना पुस्तक जोगाएर राख्न सक्नुपर्ने बताएको छ । पुराना पुस्तकमा पाठकको चाहना बढेकाले पुराना पुस्तक बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरूको भएको निमित्त महाप्रबन्धक घिमरिले बताउनुभयो ।