२९ चैत्र २०७९, बुधबार १०:२२ – Page 3 – Nagarikabhiyan : National News

ब्राजिलका राष्ट्रपति लुइजले आउँदो हप्ता चीनको भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आउँदो हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ । भ्रमणमा चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार तथा रुस–युक्रेन विवादमा चीनको मध्यस्थताबारे पनि छलफल हुने भएको छ ।

७७ वर्षका वामपन्थी नेता लुला आउँदो मङ्गलबार बेइजिङ पुग्ने र शुक्रबार चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको समाचार संस्था एएफपीले जनाएको छ । भेटमा लुलाले युक्रेनमाथि रूसको आक्रमण अन्त्यका लागि मध्यस्थता र वार्ताका लागि आफ्नो प्रस्तावलाई अघि बढाउनुहुनेछ ।

राष्ट्रपतिको रूपमा आफ्नो तेस्रो कार्यकालको तीन महिनापछि लुलाले तेस्रो विदेश भ्रमण गर्न लाग्नुभएको हो । उहाँले यसअघि अर्जेन्टिना र अमेरिकाको भ्रमण गरिसक्नुभएको छ । चीन ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार देश हो । बेइजिङका अधिकारीले पनि ब्राजिललाई आफ्नो रणनीतिक र आर्थिक योजनामा एक प्रमुख शक्तिको रूपमा लिने गरेका छन् ।

लुलाको पछिल्लो दुई कार्यकालमा सन् २००३ देखि २०१० सम्म ब्राजिलले रुस, भारत, चीन र दक्षिण अफ्रिकासँग मिलेर उदयिमान अर्थतन्त्रको ब्रिक्स समूह निर्माण गरेको थियो ।

भागवत गीताका जीवनोपयोगी कुरा

महाभारतको युद्धमा अर्जुनले आफ्ना सारथी बनेका श्रीकृष्णलाई अनेक प्रश्न गर्छन् । अर्जुन र कृष्णबीच चलेको त्यही प्रश्नोत्तरबाट श्रीमद्भागवत गीताको रचना भएको हो । भनिन्छ, सबै वेद, उपनिषद् पुराणको निष्कर्ष नै गीता हो । गीता १८ अध्यायमा लेखिएको छ ।

त्यसबेला अर्जुनलाई दिएको उत्तरहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । कुरुक्षेत्रको युद्धमा श्रीकृष्णले जुन गीताको ज्ञान अर्जुनलाई दिएका थिए, त्यो सन्देश पुरा मानव जातिको लागि उपयोगी छ । यदि हामीले भागवत गीताको केही ज्ञान हाम्रो जीवनमा आत्मसात गर्ने हो भने कष्ट, तनाव, द्विविधा, भ्रम आदिबाट मुक्त हुन्छौं ।

वितेको समय र आउने समयको चिन्ता नगर । किनभने जे हुनुछ, त्यो भएरै छाड्छ । जे हुन्छ, राम्रो हुन्छ । यसैले वर्तमानको आनन्द लिनुहोस् ।

– नाम, पद, प्रतिष्ठा, सम्प्रदाय, धर्म, स्त्री वा पुरुष हामी होइनौं न यो शरीर नै हामी हौं । यो शरीर अग्नी, जल, वायु, पृथ्वी, आकाशबाट बनेको हो र अन्ततः यसैमा विलय हुन्छ । तर, आत्मा स्थिर छ र हामी आत्मा हौं । आत्मा कहिल्यै मर्दैन । न यसको जन्म हुन्छ, न मृत्यु । आत्मभावमा रहनु नै मुक्ती हो ।

(परिवर्तन संसारको नियम हो । यहाँ सबैकुरा बद्लिन्छ । यसैले सुख(दुःख, लाभ(हानि, जय(पराजय, मान(अपमान आदि भेदमा एक भावमा स्थित रहेर हामीले जीवनको आनन्द लिन सक्छौं ।

(आफ्नो क्रोधमाथि नियन्त्रण गर । क्रोधले भ्रम पैदा गर्छ । भ्रमले बुद्धि विचलित हुन्छ । यसले स्मृति नष्ट गर्छ र यसप्रकार मानिसको पतन सुरु हुन्छ । क्रोध, कामवासना र भय यी हाम्रो शत्रु हुन् ।

(आफुलाई ईश्वरमा समर्पण गर । उनैले हाम्रो रक्षा गर्नेछन् । हाम्रो दुःख, भय, चिन्ता, शोक र बन्धनबाट मुक्त गराउनेछ ।

(हामीले आफ्नो दृष्टिकोण शुद्ध गर्नुपर्छ । ज्ञान वा कर्मलाई एकै रुपमा देख्नुपर्छ ।

(अशान्त मनलाई शान्त राख्ने अभ्यास गरौं । अन्यथा अनियन्त्रित मन हाम्रो शत्रु बन्नेछ ।

(हामीले जस्तो कर्म गर्छौं, त्यस्तै फल प्राप्त हुन्छ । यसैले कर्म गर्नुअघि विचार गर्नुपर्छ । सबैप्रति समताको भाव, सबै कर्ममा कुशलता र दुःखरुपी संसारबाट वियोगको नाम योग हो ।

 

मिर्गौला खराब हुनुअघि कस्तो लक्षण देखिन्छ ?

मिर्गौलाले शरीरका विकारयुक्त कुरा फाल्ने काम गर्छ । रगतमा हुने विषाक्त पदार्थलाई फिल्टर गर्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम मिर्गौलाले गर्छ ।

तर जब मिर्गौलाले यो काम राम्रोसँग गर्न सक्दैन, तब शरीरमा धेरै किसिमका समस्या आउन थाल्छन् । मिर्गौला कमजोर भएका लक्षण धेरै कडा नहुने भएकाले धेरै जना मिर्गौला खराब भएपछि मात्र अस्पताल पुग्छन् ।

मिर्गौला कमजोर हुँदै गएको लक्षण

मिर्गौलामा समस्या हुँदा शरीरमा विषाक्त पदार्थ र फोहोरको सञ्चयले खानमा रुचि नहुने हुन्छ । मिर्गौलाले शरीरबाट फोहोर र अतिरिक्त सोडियम फिल्टर गर्न मद्दत गर्छ । जब मिर्गौलाले राम्रोसँग काम गर्न छोड्छ । जसले सोडियम शरीरमा जम्मा हुन थाल्छ र खुट्टा तथा शरीर सुन्निने हुन्छ । मिर्गौला कमजोर भएका व्यक्तिमा देखिने अर्को लक्षण शरीर कमजोर र आलस्य हुने हो ।

कमजोरी र थकान महसुस हुनु मिर्गौला समस्याको प्रारम्भिक लक्षण हो । मिर्गौला रोग बढ्दै जाँदा, पहिले भन्दा कमजोर र धेरै थकित महसुस हुन थाल्छ । मिर्गौलामा विषाक्त पदार्थ सञ्चयका कारण कमजोर र थकान महसुस हुने हुन्छ ।

सामान्य व्यक्तिलाई दैनिक ६ देखि १० पटक पिसाब लाग्छ । यो भन्दा धेरै पटक पिसाब गर्नु मिर्गौलामा समस्या भएको संकेत हो । मिर्गौलाको समस्या भएमा, व्यक्तिलाई धेरै कम वा धेरै पटक पिसाब लाग्छ । पिसाबमा धेरै फिंज आउने र रगत देखा पर्ने पनि हुन्छ ।

मिर्गौला खराब हुँदा देखिने अन्य लक्षणमा वाकवाक लाग्ने, सास फेर्न असहज हुने, पेट दुख्ने, निद्रा नलाग्ने, हातगोडा सुन्निने र झम्झमाउने, सास गन्हाउने, रगतको कमी,  जिब्रोको स्वाद बदलिने शरीरको ऊर्जा नभएको महसुस हुने, ढाड दुख्ने, मुख सुन्निने हुन् । बिरामीको देखा परेको शारीरिक परिवर्तन हेरेर तथा बिरामीसँग कुरा गरेर यीमाथिका लक्षण देखिएको छ भने मिर्गौलाको समस्या हो कि होइन भनेर थाहा पाउन सकिन्छ । मधुमेह तथा उच्च रक्तचाप भएको व्यक्तिमा मिर्गौलाको समस्या बढी देखिने भएकाले उनीहरूले विशेष ध्यान दिनुपर्छ ।

मिर्गौला खराब भएको थाहा पाउने तरिका

ब्लड प्रेसर बढेको छ, खुट्टा सुन्निएको छ, पिसाबमा फिंज आएको छ, पिसाबको रंग परिवर्तन भएको छ, रगत देखा परेको छ भने मिर्गौला खराब भएको छ कि भनेर शंका गर्नुपर्ने हुन्छ ।

पिसाबमा प्रोटिन गएको छैन भने मिर्गौलासम्बन्धी रोग लागेको हुन सक्छ । त्यसैले पिसाबसम्बन्धी समस्या छ भने मिर्गौलारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । मिर्गौलामा खराबी छ कि छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ ।

यदि रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला बिग्रिन सुरु भएको संकेत हुन सक्छ । यस्तै अल्ट्रासाउन्ड तथा पिसाबको जाँच गरेर पनि मिर्गौला बिग्रिएको छ कि छैन पत्ता लगाउन सकिन्छ ।

मिर्गौला कमजोर भएमा उपचार

केही व्यक्तिमा विभिन्न कारणले दीर्घकालीन रूपमा मिर्गौला खराब हुन्छ भने कसैमा भने एक्कासि मिर्गौला खराब हुन सक्छ ।

मिर्गौलाको समस्या देखा परेमा सुरुमा त अस्पताल गएर कुन अवस्थामा छ भनेर जाँच गर्नुपर्छ । मिर्गौलाको समस्या सुरुकै अवस्थामा पत्ता लाग्यो भने औषधि खाएर नै ठीक हुन्छ । खराब हुँदै गएको मिर्गौलालाई पहिचान गरेर उपचार गरिएन भने हरेक वर्ष १० प्रतिशतले बिग्रिंदै जान्छ । तर उपचार गरियो भने बिग्रिने क्रमलाई घटाएर दुईदेखि तीन प्रतिशतमा झार्न सकिन्छ ।

मिर्गौला खराब हुँदा पाँच चरण हुन्छन् । चौथो चरणसम्मका बिरामीलाई औषधिले नै ठीक हुन्छ । पहिलो चरणमा छ भने दोस्रोमा जान नदिने दोस्रोमा भए तेस्रोमा जान नदिने गर्दै औषधिले रोक्दै रोक्दै जान्छ । त्यसपछि औषधि नियमित खानुपर्छ । तर अन्तिम अर्थात् पाँचौं चरणमा भने डायलाइसिस र मिर्गौला प्रत्यारोपण मात्र विकल्प हुन्छ ।

मिर्गौला स्वस्थ राख्न के गर्ने ?

मिर्गौलाको समस्या प्रायः मधुमेह र उच्च रक्तचापका कारण देखिन्छ । त्यसैले यस्तो दीर्घकालीन स्वास्थ्य समस्यालाई नियन्त्रणमा राखेर मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । जथाभावी पेनकिलर तथा औषधि खाँदा मिर्गौलामा समस्या आउन सक्छ । त्यसैले  जथाभावी औषधि नखाएर पनि मिर्गौला स्वास्थ राख्न सकिन्छ ।

कुनै वंशाणुगत रोगको जोखिम छ भने त्यसलाई पहिचान गर्ने मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौला संक्रमण र पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा तुरुन्त उपचार गर्नुपर्छ ।

मिर्गौला स्वस्थ राख्न स्वस्थ जीवनयापन जरुरी हुन्छ । यसको लागि सही खानपान, सही दिनचर्या, सही मानसिक स्थिति हुनुपर्छ । ताजा, पोषिलो र सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, योग गर्ने गर्नुपर्छ । अनलाइनखबरबाट

(डा. आचार्य मिर्गौलारोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ हुन् । उनी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र नर्भिक अस्पतालमा कार्यरत छन् । आचार्यसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

आईफोन-15 यस्ताे हुन सक्छ

काठमाडौं । आइफोनको पहिलो मोडल सन् २००७ मा सार्वजनिक भएको थियो । त्यसयता आजसम्म यसको यात्रा जारी छ । योसँगै आईफोन-15 लन्च हुने हल्ला पनि चलेको छ । रिपोर्टका अनुसार यसलाई सेप्टेम्बर २०२३ मा लन्च  गरिने जनाइएको छ । 

आईफोन पहिलो स्मार्टफोन थियो जसले संसारलाई ठूलो स्क्रिनको अनुभव दियो। अब  आईफोन-15 को लन्चको तयारी भइरहेको छ। एप्पलको नयाँ आईफोन संसारको पहिलो आईफोन भन्दा कसरी फरक हुन सक्छ हेरौं।

डिस्प्ले :  आइफोनको पहिलो मोडल 3.5 इन्चको स्क्रिनमा लन्च गरिएको थियो। उही समयमा, आजका आईफोनहरू 6.7 इन्चको स्क्रिनमा आउँछन्। यस्तो अवस्थामा आइफोन -15 मा पनि 6.7 इन्चको स्क्रिन उपलब्ध हुने अपेक्षा गरिएको छ ।

क्यामेरा: आईफोनमा मात्र 2MP एकल रियर क्यामेरा थियो। यो फोनबाट तस्बिर मात्र खिचिएको थियो, भिडियो रेकर्ड गरिएको थिएन। सेल्फीका लागि अगाडि क्यामेरा पनि थिएन । MacRumor को रिपोर्ट अनुसार, आगामी iPhone 15 सिरिजमा 48MP + 12MP + 12MP ट्रिपल रियर क्यामेरा सेटअप iPhone 14 जस्तै हुने अपेक्षा गरिएको छ। 

कनेक्टिभिटी: एप्पलले 2G र Wi-Fi जडानको साथ आईफोन प्रस्तुत गर्‍यो। एकै समयमा, 5G को अतिरिक्त, Wi-Fi 6E आगामी आईफोनमा हुन सक्छ।

चार्जिङ पोर्ट: आईफोन चार्ज गर्न ३० पिन प्रोप्राइटरी कनेक्टर प्रयोग गरिएको थियो। यसपछि आइफोन ५ सिरिजबाट लाइटनिङ पोर्ट प्रयोग हुन थालेको छ । यद्यपि, आईफोन १५ मा USB टाइप सी चार्जिङ पोर्ट दिन सकिन्छ। एप्पल आईफोनको इतिहासमा यो पहिलो पटक हुनेछ।

एप स्टोर: आईफोनमा एप्पल एप स्टोरको कुनै अवधारणा थिएन। यद्यपि, हालको आईफोन एप स्टोर र सिरी बिना सोच्न सकिँदैन। त्यसैले iPhone 15 मा एप स्टोर र सिरीको सपोर्ट पनि हुनेछ।

भण्डारण: पहिलो आईफोन 4/8/16GB आन्तरिक भण्डारणको साथ आयो। हालको आईफोनहरू 128GB देखि 1TB सम्मको भण्डारणमा आउँछन्। समान भण्डारण संस्करणहरू iPhone 15 मा पनि फेला पार्न सकिन्छ।

प्रोसेसर: 412 MHz ARM 11 चिपसेट 2007 मा लन्च गरिएको आईफोनमा समर्थित थियो। एकै समयमा, A17 बायोनिक चिपसेट iPhone 15 को प्रो मोडेलहरूमा उपलब्ध हुने सम्भावना छ। जबकि A16 चिपसेट आईफोन 15 मा समर्थित हुनेछ।

उद्योग बाणिज्य महासंघकाे नयाँ कार्यसमितिका लागि आज निर्वाचन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निवार्चन हुदैँछ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुन लागेको हो । यस महासंघको हिजो उदघाटन भएको थियो ।

ब्मखभचतष्कझभलत

हिजोबाट सुरु भएको साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आजवाट निर्वाचन हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन । यसरी निर्वाचित हुने महासंघको बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बैतडी ।  बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।  दुर्घटनामा परी  ६ जनाको घटनास्थलमै ज्यान गएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जिप दुर्घटना भएको हो। 

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेरहेका छन् । ज्यान गुमाउनेहरू सबै एकै गाउँका रहेका छन् ।  

जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक भने सम्पर्कविहीन छन्। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

कारागारका कैदी बन्दीकाे उपचारको क्रममा मृत्यु

रामेछाप। झन्डै दुई महिना देखी रामेछाप कारागारमा रहदै आएका एक कैदीको मृत्यु भएको छ ।  कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहदै आएका कैदी बन्दीको मृत्यु भएको हो ।

रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार कारागारमा रहेको बेला अकस्मात पेट दुखेको बताएपछि कारागर प्रशासनले उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियाे । उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।

मृतक दमाईलाई कर्तव्य ज्यान मुुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते मात्रै पुर्पक्षको लागि जेल पठाएको थियो । उनको शुक्रवार निधन भएको हो ।

फुटपाथ मिचेर बनाईएका प्रहरी बिट नहटाए आफै हटाउने बालेन शाहको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोशित भएका छन् ।

फोहोरको बिषयलाई लिएर बिहान बिहानै आक्रोशित मुडमा आएका मेयर बालेन शाहले प्रहरी माथी आक्रोशित भएका हुन । महानगरपालिका भित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरुको तस्विर पनि उनले सार्वजनिक गरेका छन ।

‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ’, उनले फेसबुकमा लेखेका छन, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला, नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।’

मेयर शाहले फुटपाथ मिचेर संरचना बनाएको भन्दै बिभिन्न देशका राजदुतावासलाई पनि पत्राचार गरेको जनाएका छन । ‘राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ,’ उनले भनेका छन, ‘कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

हरिनगरमा मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाको एकदिने वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

देवानगंज । सुनसरीको हरिनगर गाउँपालिकामा शाखा कार्यलाय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एकदिने साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार शाखा कार्यालय अन्तर्गत रहेको केन्द्रका केन्द्रीय प्रमुखहरूको लागि एकदिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको हो ।संस्थामा आवद्ध महिला सदस्यहरूलाई वित्तीय साक्षरता सम्वन्धि जानकारी दिइने उद्देश्यका साथ कार्यक्रम गरिएको हरिनगर शाखाका प्रमुख शम्भु साहले जानकारी दिए ।

साक्षरता कार्यक्रम मार्फत धेरै कुराको जानकारी लिने मौका मिलेका संस्थामा आवद्ध महिला सदस्यहरूले बताए ।

कार्यक्रममा प्रमुख अथिति संस्थाका प्रमुख नवराज दाहाल, विशिष्ट अथिति हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम भगत लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्राज्ञिक विद्यार्थी परिषद् कोशी प्रदेश अध्यक्षमा कार्की र सचिवमा ढुङ्गाना निर्वाचित

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको कोशी प्रदेश अध्यक्षमा प्रेम कार्की (संखुवासभा) निर्वाचित भएका छन् ।

सुदुरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढीमा नवौं राष्ट्रिय अधिवेशनसँगै भएको तेस्रो प्रदेश अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

कोशी प्रदेश उपाध्यक्षमा फुरी शेर्पा (सोलुखुम्बु), युवराज गुरागाईँ (इलाम) र रत्न श्रेष्ठ (धनकुटा), सचिवमा पुजा ढुङ्गाना (तेह्रथुम), सह–सचिवमा रचन श्रेष्ठ (संखुवासभा), मुना विष्ट (सुनसरी) र प्रविना राई (ओखलढुङ्गा) निर्वाचित भएका छन् ।

यस्तै कोशी प्रदेश मिडिया प्रमुखमा मोहन ढकाल (भोजपुर), छात्रा प्रमुखमा एल्जु राई (संखुवासभा), सह छात्रा प्रमुखमा सीता थापा (धनकुटा), जनजाती कार्य प्रमुखमा सुरज तामाङ (तेह्रथुम) र कोषाध्यक्षमा दिपेश थापा (मोरङ) निर्वाचित भएका छन् ।

सदस्यहरूमा जितेन लोहार (धनकुटा) , नरेस ताजपुरीया (मोरङ), निर्मल लोहार (इलाम), सविना राई (धनकुटा), सङ्गिता अधिकारी (ओखलढुङ्गा), मिलन श्रेष्ठ (मोरङ), निर्मला रायमाझी, नवीन गुरागाईँ (तेह्रथुम), कृष्ण श्रेष्ठ (भोजपुर) र प्रदिशन जिमी (सुनसरी) निर्वाचित भएका छन् ।

यसैगरी परिषद्को नवौं राष्ट्रिय अधिवेशनमा कोशी प्रदेशबाट राष्ट्रिय उपाध्यक्षमा पूर्वाञ्चल विद्यालय व्यवस्थापन संकायका डिन डा. विजु थपलिया निर्वाचित भएका छन् भने विवश कटुवाल (संखुवासभा) राष्ट्रिय सचिवमा चयन भएका छन् ।

अधिवेशनले कोशी प्रदेशबाट चिन्तामणी बस्नेत (मोरङ), लक्ष्मी नेपाल (झापा), सौरभ विश्वकर्मा (सुनसरी) र सुमन दाहाल (खोटाङ)लाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणबारे बृहत कार्यसाला गोष्ठी सम्पन्न

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आधारभूत तहका बिद्यार्थीलाई स्थानीय स्तरको विषयवस्तुबारे सिकाई गराउनका निमित्त देवानगञ्ज गाउँपालिकाको अनिवार्य स्थानीय विषय प्रस्तावित नाम मेरोरहाम्रो देवानगञ्जको पाठ्यक्रम तथा पाठ्यपुस्तकबारे बृहत एक दिने कार्यसाला गोष्ठी सम्पन्न भएको छ।

देवानगञ्ज गाउँपालिकाको आफ्नो छुट्टै इतिहास, भूगोल, कला, संस्कृति, भाषा, धर्म, परम्परा, रीतिरिवाज, पहिचान, पुरातन महत्व बोकेको कुराहरु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि देवानगञ्ज गाउँपालिकाको आयोजना र सिभिल मिडिया एण्ड रिसर्च सेन्टरको संयोजनमा कार्यसाला गोष्ठी शनिबार सम्पन्न भएको हो।

केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोललगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो । नेपाल जस्तो विविध भौगोलिक, सांस्कृतिक, भाषिक लगायतका परिवेशका कारण समाजको आवश्यकता र चाहना फरक फरक छन् ।

नेपालको संविधानको शिक्षा तथा भाषा तथा संस्कृति सम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, मातृभाषामा शिक्षा पाउने तथा मातृभाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुने, भाषा, लिपी, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने मनसायले स्थानीय पाठ्यक्रम निर्माण गर्ने कार्यक्रम पालिकाले राखेको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बताउनुभयो ।

स्थानिय पाठ्यक्रम निमार्ण भएपछि पालिाका भित्रका सबै बिद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म लागु गरिने छ । जस बाट बिद्यार्थिहरुले राष्टिय, अन्तराष्टिय बिषय देखी स्थानिय बिषय वस्तुको बारेमा पढ्न पाउने छ । यस बाट स्थानिय स्तरमा भएका र लोप हुँदै गएका परम्परागत कुराहरुको बरेमा जानकारी प्राप्त गर्ने गाउँपालिकाले जनाईएको छ ।