स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणबारे बृहत कार्यसाला गोष्ठी सम्पन्न
१९ चैत्र २०७९, आईतवार १७:४४
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आधारभूत तहका बिद्यार्थीलाई स्थानीय स्तरको विषयवस्तुबारे सिकाई गराउनका निमित्त देवानगञ्ज गाउँपालिकाको अनिवार्य स्थानीय विषय प्रस्तावित नाम मेरोरहाम्रो देवानगञ्जको पाठ्यक्रम तथा पाठ्यपुस्तकबारे बृहत एक दिने कार्यसाला गोष्ठी सम्पन्न भएको छ।
देवानगञ्ज गाउँपालिकाको आफ्नो छुट्टै इतिहास, भूगोल, कला, संस्कृति, भाषा, धर्म, परम्परा, रीतिरिवाज, पहिचान, पुरातन महत्व बोकेको कुराहरु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गर्नको लागि देवानगञ्ज गाउँपालिकाको आयोजना र सिभिल मिडिया एण्ड रिसर्च सेन्टरको संयोजनमा कार्यसाला गोष्ठी शनिबार सम्पन्न भएको हो।

केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोललगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो । नेपाल जस्तो विविध भौगोलिक, सांस्कृतिक, भाषिक लगायतका परिवेशका कारण समाजको आवश्यकता र चाहना फरक फरक छन् ।
नेपालको संविधानको शिक्षा तथा भाषा तथा संस्कृति सम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच, मातृभाषामा शिक्षा पाउने तथा मातृभाषा प्रयोग गर्ने, सांस्कृतिक जीवनमा सहभागी हुने, भाषा, लिपी, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने मनसायले स्थानीय पाठ्यक्रम निर्माण गर्ने कार्यक्रम पालिकाले राखेको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बताउनुभयो ।

स्थानिय पाठ्यक्रम निमार्ण भएपछि पालिाका भित्रका सबै बिद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म लागु गरिने छ । जस बाट बिद्यार्थिहरुले राष्टिय, अन्तराष्टिय बिषय देखी स्थानिय बिषय वस्तुको बारेमा पढ्न पाउने छ । यस बाट स्थानिय स्तरमा भएका र लोप हुँदै गएका परम्परागत कुराहरुको बरेमा जानकारी प्राप्त गर्ने गाउँपालिकाले जनाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया