५ श्रावण २०७९, बिहीबार १२:३१ – Page 7 – Nagarikabhiyan : National News

बाबुरामलाई प्रचण्डको प्रस्ताव- नेकपा (समाजवादी केन्द्र) बनाऔं

काठमाडौं  । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा ९समाजवादी केन्द्र० बनाउन प्रस्ताव गरेका छन् ।

बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् ।

‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो । भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले केही दिनदेखि डा। भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा बुधबार बिहान पनि डा। भट्टराईसँग भेट भएको बताए ।

प्रकाशमानको आग्रह– दम्पतीको डिभोर्स रोकें, पढाइलेखाइ समस्या परे पनि भन्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक वा विकास निर्माणको काम मात्र नभई घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए ती समस्या समाधान गरिदिने आश्वासन दिएका छन् ।

एक दम्पत्तिको छोडपत्र हुनै लागेको समस्या पनि समाधान गरिदिएको भन्दै उनले कुनै पनि समस्या परे जानकारी दिन आग्रह गरे ।

आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सन्तानको पढाइलेखाइ वा छात्रवृत्तिमा समस्या आए पनि भन्न आग्रह गरे ।

समस्याबारे जानकारी भए वडा, प्रदेश र प्रतिनिधि सभाका सबै तहका जनप्रतिनिधिहरु मिलेर समाधान गर्न तत्पर रहेको बताउँदै उनले भने, ‘तपाईंहरुको समस्या हामीलाई भन्नुपर्यो । हामीसँगै बसेर प्रबलमलाई सल्भ गर्छौं ।’

उनले भने, ‘यही वडाको क्षेत्रको लोग्ने–स्वास्नीको एकदमै डिभोर्स हुन लागेको थियो । केटीका बुवा–आमाले मसँग भन्नुभयो, तपाईं जनप्रतिनिधि यसो कुरा गर्दिनुपर्यो भनेर । मैले पनि कुरा गरें । कुरा गरेपछि समाधान भयो ।’

उनले थपे, ‘खाली पोलिटिकल, पूर्वाधार विकास, ढलको समस्या मात्र होइन, तपाईंहरुको घरमा, छोरीको पढाइलेखाइमा, स्कलरसिपको बारेमा भन्नुपर्यो । भनेपछि न हामीलाई थाहा हुन्छ । घरैपिच्छे के प्रबलम छ भन्ने कुरा त हामीलाई थाहा हुँदैन नि त । तर तपाईंहरुले जनप्रतिनिधिहरुलाई विश्वास गरेर भन्नुपर्यो ।’

काठमाडौंमा रहेको बेला बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा शुक्रबार र सोमबार आफू पुग्ने गरेको भन्दै कुनै समस्या आए आफूलाई जानकारी दिन आग्रह गरे ।

अर्को एक प्रसंगमा उनले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकीर गरे । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ ।

उनले भने, ‘संसद विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौं भनेर सब प्रोग्राम बनाएँ । पैसा पनि छुट्याएँ, एक्स्पर्टहरु लगाएँ, डिजाइन पनि गरें । पछि कुरा उठेछ, यस्तो राम्रो काम गर्यो भने त प्रकाशमानलाई भोट बढ्छ भनेर त्यो कार्यक्रम नै भएन ।’ यसबाट आफूले मात्र राम्रो काम गर्छु भन्दैमा जनताले त्यसमा समर्थन नगरेमा नहुँदो रहेछ भन्ने अनुभव हासिल गरेकोसमेत बताए ।

कालो पुलमुनि फेरि फस्यो गाडी

काठमाडौं । बागमती करिडोर अन्तर्गत ललितपुरको सानेपाबाट टेकु निस्किने कालो पुल मुनिको सडकमा जमेको पानीमा मिनी ट्रक फसेको छ । गाडीको आधा भाग पानीमा डुबेको छ ।

केही युवाहरुले डोरीले बाँधेर गाडी निकाल्ने प्रयास गरे पनि सफल भएनन् । यद्यपि अन्य उपाय लगाएर भए पनि गाडी निकाल्ने प्रयास भइरहेको छ ।

सो सडकमा सामान्य वषर हुँदा पनि पानी जम्ने गरेको छ । सो सडकको अवस्थाबारे जानकारी नभएकाहरु त्यहाँ फस्ने गरेका छन् ।

यसअघि २६ जेठमा पनि सोही पुलमुनि जमेको पानीमा गाडी फसेको थियो । यसैगरी २७ असारमा बल्खु पुल मुनिको करिडोर सडकमा पनि गाडी फसेको थियो । ती गाडीलाई डोरीको सहयताले तानेर बाहिर निकालिएको थियो ।

पछिल्लो समय नदी किनारमा करिडोर सडक बनेका कारण बागमती नदी आफ्नै धारमा बगेको छ । तर कतिपय ठाउँमा नदीको सतहभन्दा सडक गहिराइमा हुँदा बेला(बेला डुबानको समस्या पनि देखिने गरेको छ।

 

सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य तोलामा १० रुपयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तेलामा ११ सय ५५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो । यस्तै बुधबार चाँदी प्रतितोल ११ सय ६५ रुपैयाँ खरिद बिक्री भएको थियो ।

साढे ४ अर्ब नाघ्यो एनआईसी एसिया बैंकको नाफा

काठमाडौं । गत आर्थिक वर्ष २०७८र०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्ल्लो आर्थिक वर्ष २०७७र०७८ को तुलनामा ३८।८६ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा पनि उल्लेख्य सुधार भएको छ । प्राथमिक पुँजीको नपुग्दा आब २०७७र०७८ को मुनाफाबाट लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाउँदा बैंकको गत आबमा चुक्ता पुँजी बढेको छैन । जसले गर्दा नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी उल्लेख्य रुपमा बढेको छ । अघिल्लो आबमा २८ रुपैयाँ १८ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा बढेर ३९ रुपैयाँ १३ पैसा पुगेको छ ।

यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७६ पैसाबाट बढेर २१७ रुपैयाँ ५२ पैसा पुगेको छ । गत आर्थिक वर्षमा बैंकको व्यवसाय विस्तार नुहुँदा पनि कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ९स्प्रेड रेट० बढाउँदा खुद ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि भएको हो ।

अघिल्लो आमा ३।७३ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर गत आबमा ४।४ पुगेको छ । जसले गर्दा बैंकको खुद ब्याज आम्दानी नै बढेको हो ।

गत आबमा बैंकको निक्षेप दुई खर्ब ८७ अर्ब दुई करोड ४८ लाखबाट एक प्रतिशतले २ खर्ब ८९ अर्ब ९० करोड ४० लाखबाट पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी एक खर्ब ४८ अर्ब ७७ करोड ४ बाट १।४८ प्रतिशतले बढेर दुई खर्ब ५२ अर्ब ४४ करोड ३५ लाख पुगेको छ ।

तर, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २७।५८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आबमा ९ अर्ब २२ करोड ७५ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आबमा ११ अर्ब ७७ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको छ ।

यता बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने घटाएको छ । अघिल्लो आबमा एक अर्ब २२ करोड ५६ लाख प्रोभिजन गरेको बैंकले गत आबमा ८७ करोड दुई लाख मात्रै प्रोभिजन गरेको छ ।

गत आबमा खुद ब्याज आम्दानी सँगै अन्य आम्दानी पनि बढेको बैंकको प्रोजिभन घटेको छ । जसले गर्दा खर्च उल्लेख्य रुपमा बढे पनि बैंकको सञ्चालन मुनाफा बढेको छ ।

बैंकको सञ्चालन मुनाफा ३३।५९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ४० करोड ९९ लाख पुगेको छ । बैंकको अघिल्लो आबमा ४ अर्ब ७९ करोड ८२ लाख पुगेको छ ।

११ अर्ब ५६ करोड ४० लाख चुक्ता पुँजी रहेको कम्पनीको सेयरधनी सञ्चित कोषमा चार अर्ब ५४ करोड १७ लाख र जगेडाकोषमा १० अर्ब ८८ लाख रहेको छ ।

असार मसान्तमा बैंकको मूल्य आम्दानी अनुपात १७।७९ गुणा रहेको छ । यस्तै बैंकको आधार ब्याजदर ९बेस रेट० ६।८४ प्रतिशतबाट बढेर ९।२५ प्रतिशत पुगेको छ ।

निष्कृय कर्जा ०।५ प्रतिशतबाट ०।४९ प्रतिशतमा झरेको छ । यस्तै पुँजीकोष अनुपात १२।४७ प्रतिशतबाट बढेर १३।५१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षका बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

छानबिन समितिले जनार्दनसँग लियो ३ घण्टासम्म बयान

काठमाडौं । संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए ।

बयानपछि उनी पत्रकारहरुले सोधेका प्रश्नको जवाफ नदिई बाहिरिएका छन् । संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने आरोपबारे ११ सदस्यीय संसदीय समितिले छानविन गर्दै आएको छ । सोही क्रममा बयान लिन आज बिहानको बैठकमा निवर्तमान मन्त्री शर्मालाई बोलाइएको थियो । समितिले शर्मासँग झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको थियो ।

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले प्रचलित मूल्य, मान्यता, विधि र प्रक्रिया अनुसार नै बजेट निर्माण गरेको भन्दै अनधिकृत व्यक्ति संलग्न नभएको दाबी प्रस्तुत गरे । उनले आफ्नो विश्वास नलागे मन्त्रालयमा खटिएका सुरक्षाकर्मी र मर्यादापालकसँग सोध्न पनि आग्रह गरेको समितिका एक सदस्यले बताए ।

विद्यार्थीलाई ओपिडी निःशुल्क र अन्य उपचारमा ५० प्रतिशत छुट गर्न माग

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सरकारी विद्यार्थीलाई स्वास्थ्य सेवामा निशुल्क तथा सहुलियत माग गरेको छ ।

बुधबार अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तसहितको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीलाई भेटेर ज्ञापन–पत्र बुझाएको हो ।

उक्त ज्ञापन–पत्रमार्फत सरकारी तथा सामुदायिक विद्यालय/क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अस्पतालहरूमा ओपिडी सेवा निःशुल्क गर्न र अन्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको छ ।

संविधानप्रदत्त स्वास्थ्यको मौलिक हक कार्यान्वयन गर्न माग गर्दै ज्ञापन–पत्रमा भनिएको छ, ‘प्रायः सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरु आर्थिक अभावमा बाँचेका गरिब, किसान, मजदूर र आर्थिक रुपमा विपन्न वर्गका छोराछोरीहरु हुन्छन् । जसले शैंक्षिक शुल्क समेत तिर्न सकेका हुँदैनन् । त्यसैले अनेरास्ववियू सम्पूर्ण सरकारी र सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई अस्पतालहरुमा ओपिडी सेवा निशुल्क र अन्य सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गरियोस् भन्ने जोडदार माग गर्दछ ।’

स्वास्थ्य उपचारबाट कुनै पनि विद्यार्थी वञ्चित हुने अवस्था नआओस् र यही विषयमा पुनः हामीले आन्दोलन गर्न नपरोस् भन्दै अनेरास्ववियूले खबरदारी समेत गरेकाे छ।

उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फछ्र्योट

धनुषा । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८्७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ ।

आव २०७८्७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फछ्र्योट गरिएको थियो ।

अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार आव २०७७्७८ देखि जिम्मेवारी सरेर आएका दुई हजार ४६६ मुद्दामध्ये एक हजार ७४४ र आव २०७८्७९ मा नयाँ दर्ता भएका दुई हजार २५८ मुद्दामध्ये ५७८ मुद्दा फछ्र्योट गरिएका थिए ।

अघिल्लो आर्थिक वर्ष बाट जिम्मेवारी सरेर आएका ७२२ र आव २०७८र७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ६८० मुद्दा फछ्र्योट गर्न बाँकी रहेको अधिकारीको भनाइ छ ।

आव २०७८्७९ मा सरल किसिमका १२२, समान्य किसिमका ४५६, विशेष किसिमका ९९७ तथा मार्ग समूहमा नपर्नेरडिसीएम लागू हुनु पूर्वका ७४७ मुद्दा फछ्र्योट भएका छन् ।

आव २०७७्७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् एक हजार २१६ मुद्दा फछ्र्योट गरेको थियो भने आव २०७६्७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार ७२ मुद्दा फछ्र्योट गरेको थियो । सो अदालतले आव २०७५्७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २१२ मुद्दा फछ्र्योट गरेको थियो ।

कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षित रूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्य न्यायाधीश विनोद शर्माले बताए ।

अघिल्लो आवको तुलनामा यस वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको उनको भनाइ छ ।

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

काठमाडौंका केही स्थानमा गए राति भारी वर्षा भए पनि आज दिउँसो भने त्यो सम्भावना नरहेको मौसमविद् समीर श्रेष्ठ बताउँछन् । ‘आज दिउँसो काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौंमा आज भारी वर्षा हुँदैन’, उनले भने । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (बिहीबार) सुदूरपश्चिम र प्रदेश-१ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता शुक्रबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश-१ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मौसमविद् श्रेष्ठले केही दिनयता देशका विभिन्न भागमा भारी वर्षा भए पनि यो आज साँझबाट क्रमशः घट्दै जाने बताए । ‘आज दिनभर वर्षाको सम्भाना छ । आज साँझबाट वर्षाको सम्भावना कमजोर हुँदै जानेछ’, उनले भने, ‘मनसुन साउथतर्फ सर्दै जाने भएकाले मनसुन कमजोर हुँदा पानी पनि कम पर्ने हुन्छ ।’

काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी किशोरीको उद्धार

काठमाडौं । मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्याइएकी एक किशोरीको उद्धार गरिएको छ ।

काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो ।

महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक्षित गृहमा राखेको छ । उनलाई ललाइ फकाई ल्याउने मुगुका वसन्त लावडलाई प्रहरीको जिम्मा लगाइएको छ ।

काठमाडौँमा सवारीसाधनका चालक रहेका लावडले ती किशोरीलाई मोबाइल बनाउने बहानामा महेन्द्रनगर पुर्याएको खुलेको छ ।

“काठमाडौंमा बस्दै आएकी किशोरी र उनको परिवारसित चिनजान रहेछ, त्यसका आधारमा मोबाइल बनाउने भनेर नेपालगन्जसम्म ल्याए”, साहसी महिला नेपालकी जिल्ला संयोजक आनन्दी रानाले भनिन्, “किशोरीलाई आफू कहाँ जाँदैछु भन्ने केही पनि थाहा छैन ।” किशोरीलाई बेचबिखनका लागि भारत लैजान खोजेको संयोजक रानाको भनाइ छ ।

ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

काठमाडौं । पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माण अलपत्र अवस्थामा रहेको छ ।

विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको अवस्थामा रहेको हो ।

मन्दिर पुनः निर्माणमा १०० बढी प्रकारका नयाँ इँटा चाहिने हुँदा बनाएर ल्याइएका तीनदेखि चार थरिका इँटासमेत नमिलेर पुनः बनाउन दिँदा मन्दिरको काम अघि बढ्न नसकेको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले गुनासो गरे ।

उनले भने, “इँटाको आकार र प्रकार नै पुरानो शैली अनुरुप नमिलेपछि काम अघि बढाउन ढिलाइ भइरहेको छ ।” सो मन्दिर बाहिरबाट हेर्दा त्यहाँ रहेका चार बुर्जा मात्र क्षति भएको देखिएता पनि समय ढल्किँदै जाँदा भित्रभित्रै झन् धेरै जीर्ण हुँदै गइरहेको प्रधानले बताए । “यो मन्दिर अब जीर्णोद्धार मात्रै गरेर हुँदैन, पुनःनिर्माण नै गर्नुपर्ने भएको छ”, उनले थपे ।

सो मन्दिर मर्मत सुधार र संरक्षण गर्न यसअघिको कार्यकालमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले रु २० लाख दिएको सङ्घका सचिव रवि दर्शनधारीले बताए । सो मन्दिर निर्माणमा प्राविधिक सहयोग भने काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)को रहने इञ्जीनियर प्रणाम होराले बताए ।

आवश्यक सामग्री तयार नभएसम्म मन्दिरलाई जीर्ण अवस्थामै राख्न बाध्य भइरहेको होराले दुःखेसो गरे । सो मन्दिर पुनःनिर्माणको लागि गत वर्षको पुस २९ गते क्षमापूजा गरिएको थियो ।

उक्त मन्दिर भत्काएपछि त्यहाँका सबै सामग्री आफूहरुले सुरक्षित पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयमा राख्ने जानकारी गराइएको छ ।

मन्दिर निर्माण थालिने सोच बनाएसँगै आवश्यक नयाँ इँटा बनाउनका लागि नयाँ साँचोसमेत बनाउन निकै समय खर्च भएको प्रधानले जानकारी गराए ।

नरसिंह मन्दिरको महिमा हरेक वर्ष कात्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा मञ्चन गरी प्रदर्शनसमेत गर्ने गरिन्छ ।

विश्वकै लामो नाट्य महोत्सवका रूपमा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो ‘नृसिंह’ भगवान्मा आधारित नृत्य अघि बढाएका हुन् ।

भगवान् विष्णुले देश र जनताको कल्याण अनि धर्म रक्षाका लागि मत्स्य हुँदै बराहपछि नृसिंह अवतार धारण गरी अत्याचारी दानवको बध गर्ने कुरा विष्णु पुराणमा आधारित छ ।

सो मन्दिरमा प्रयोग गरिने इँटा घरायसी प्रयोजन गर्नेभन्दा विल्कुलै फरक हुने भएकाले बनाउन पनि लामो समय लाग्ने होराले जानकारी गराए ।

संसदीय विशेष छानबिन समितिलाई बयान दिन जनार्दन शर्मा सिंहदरबारमा

काठमाडौं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको गरेको आरोप लागेका जनार्दन शर्मा संसदीय विशेष छानबिन समितिलाई बयान दिन सिंहदरबार पुगेका छन् ।

समितिको बुधबार बसको बैठकले पूर्वअर्थमन्त्री शर्मालाई आज (बिहीबार) बयानको लागि बोलाएको थियो । आज समितिको बैठक सुरु भएसँगै
पूर्वअर्थमन्त्री शर्मा सिंहदरबार पुगेका हुन । उनी पनि समितिको बैठकमा सहभागी भएका छन् । समितिका ११ जना नै सदस्यहरु नै बैठकमा उपस्थित भएका छन् ।

बुधबार अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग छलफल समितिले छलफल गरेको थियो । त्यस्तै बुधबार नै अर्थसचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग छलफल गरेको थियो ।

शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गरेको आरोप लागेको छ ।

उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । आज समिति गठन गरिएको १० दिन पूरा भएको छ ।

समितिले छानबिनका लागि समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्ने तयारी गरेको छ ।

भोक्राहा नरसिंहमा विना कारण कर्मचारी निकालेकोमा राष्ट्रिय युवा संघको आपति

देवानगञ्ज । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आफ्नै कार्यालयमा कार्यरत्त करारका कर्मचारीको म्याद थप नगरि विना कारण कर्मचारी निकालेकोमा राष्ट्रिय युवा संघ भोक्राहा नरसिंह गाउँ कमिटी सुनसरीले आपति जनाएको छ । गाउँ कमिटीका अध्यक्ष रमेश कुमार यादवले मंगलबार विज्ञप्ती जारी हामी युवा हौं, अन्याय, अत्याचार र भ्रष्टाचार सहन सक्दैनौँ, बिनाकारण करारका कर्मचारी निकाल्न दिनैनौं भन्दै कर्मचारीको पुनरवाहलीको माग गर्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छ, यस भोक्राहा नरसिंह गाउँपालिकामा करार तथा ज्यालादारी सेवाका कर्मचारीहरुलाई विना कारण अवकाश दिइएको निर्णय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यादवद्धारा जारी विज्ञप्तीमा बिना आधार र मापदण्ड पूरा नगरी पूर्वाग्रह र भेदभावपूर्ण रुपमा गरिएको अपारदर्शी निर्णयले थप आशंका उत्पन्न गराएको हुँदा हामी यस्ता गैह्र जम्मेवारपूर्ण निर्णयको सशक्त बिरोध गर्दछौं भनिएको छ ।

समान प्रक्रियाबाट नियुक्ति पाएका कर्मचारीहरु मध्ये ६ जनालाई मात्र निष्कासन गर्नुपर्ने कारण के हो ? यसले के देखाउँछ भने पार्टी पहँच, प्रभाव र दवाब भएकालाई मात्र थमौती गर्ने, पहुँच बिहिन, आस्था र पक्षधरता अलग भएकालाई छानीछानी निष्कासन गर्ने कार्य गैह्र जिम्मेवार एवं अपरिपक्व निर्णय हो भन्ने हाम्रो ठहर रहेको छ भनिएको छ ।

यादवले विज्ञप्तीमा गाउँपालिकाको अनावश्यक आर्थिक बोझ कम गर्नुपर्छ भन्ने कुरामा हामी गम्भिर छौँ भन्दै एकातिर अनाबश्यक रूपमा गाउँपालिकाको सवारी, गाडी, मोटरसाईकल, स्कूटी लगायतको नाङ्गो दुरूपयोग गरिएको छ भने अर्को तर्फ पाालिका कार्यालय भित्रैबाट फर्नीचर, शोफासेट लगायतका महत्वपूर्ण सामानहरू हराईरहेको लापर्वाहीपूर्ण अवस्था छ भन्ने केही पत्रकारहरुको स्टाटसबाट देखिएको छ । यसको जिम्मेवार को हुने ? यी माथी उल्लेखित कुराहरूका अलावा पालिकाका केही सिमित कर्मचारीहरू कार्यालय समय भित्रै कार्यालयकै पोषाकमा बिभिन्न होटल तथा रेष्टुरेन्टहरूमा मदिरा सेवन गर्ने र सेवाग्राहीहरूको कुनै काम गरिदिए वापत वहाँहरूलाई बिल तिराउने गरेको अत्यन्तै गलत ब्यबहार समेतको गुनासो आईरहेको छ । यस्ता गम्भिर लापरवाही र सार्वजनिक सरोकारको गम्भिर बिषयलाई यथाशिघ्र गाउँवासीहरू समक्ष ल्याउन हामी जोडदार माग गर्दछौ भनिएको छ । 

विज्ञप्तीमा करार कर्मचारीहरुलाई पुनस्थापित गर्ने वा निष्कासन गर्ने अधिकार गाउँपालिकाकै हो तर समान विधि र समान मापदण्ड अपनाउन हामी युवा प्रतिनिधिहरुको जोडदार माग रहेको छ भनिएको छ । विज्ञप्तीमा उल्लेख भएअनुसार यी र यस्ता सवालहरुको समयमै सम्बोधन नगरी आलटाल गरि बिषयबस्तुको गम्भीरतालाई आत्मसात नगर्ने हो भने सोबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं गाउँपालिका हुनुपर्ने समेत जानकारी गराएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले बिनाकारण केही कर्मचारी निकालेको प्रति राष्ट्रिय युवा संघ नेपाल भोक्राहा नरसिंह गाउँ कमिटी सुनसरीद्वारा घोर भत््सना समेत गरेको छ । आफ्नो व्यक्तिगत स्वार्थपुर्तीका लागि कर्मचारी निकाल्ने काम बन्द गरी नियमित काम गर्ने कर्मचारीहरूलाई यथासिघ्र काममा फर्काउन आग्रह समेत गरिएको छ ।

यसैबीच नेकपा एमाले भोक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष हेमनारायण मण्डलले फेसबुक स्टाटस लेख्दैँ कर्मचारीहरु निकालेको विषयप्रति आफ्नो गम्भिर ध्याणकर्षण भएको जनाएको छ ।
अध्यक्ष मण्डलले हटाएको कर्मचारीलाई पुनः बहाली गर्नुपुर्ने माग गदैृ त्यसो नगरे संघर्षमा उत्रिने दाबी गरे ।

आगामी निर्वाचनमा एमाले एक्लै लड्न तयार : वरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लै लड्न तयार रहेको बताएका छन् ।

मंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल प्रदेश–१ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले वामगठबन्धन, वाम तालमेल र वाम मोर्चा सुन्दा राम्रो लाग्ने विषय भएपनि तत्काल सम्भव नभएको बताएका हुन् ।

त्यस्तै उनले मुलुकमा वामपन्थीहरु नभएकाले वाम गठबन्धन हुने सम्भावना नभएको बताए । फरक प्रसंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले एसपीपी सरकारले खारेज गरिसकेको भनेकाले तत्काल चिट्ठी पठाउनु पर्ने जिकिर गरे ।

एक प्रश्नको उत्तर दिदै पोखरेलले सरकारको परराष्ट्र नीति असफल भएकाले राष्ट्रिय स्वाभिमान, अखण्डता र स्वतन्त्रताका लागि सबै राजनैतिक दलहरु बीच सहमति हुनुपर्ने धारणा राखे । उनले गठबन्धन सरकारको कार्यकाल चित्त नबुभ्mने बताए ।

तत्कालिन नेकपाका ५ नेताबीच सिंहदरबारमा छलफल

काठमाडौं । समाजवादी केन्द्र निर्माणबारे तीन दलका नेताहरु छलफलमा जुटेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् । त्यस्तै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम पनि बैठकमा सहभागी छन् ।

संघीय चुनाव नजिकिँदै जाँदा हालको सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने अभ्यासमा नेताहरु जुटेका छन् ।

मंगलबार माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुराम भट्टराईबीच भेट भएको थियो । उक्त भेटमा पनि समाजवादी केन्द्र बनाएर चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् ।

आउँदा खेरी जसरी हाँसेर आएको छु, जाँदाखेरी यो भन्दा बढी हाँसेर जान्छु : मन्त्री चौधरी

काठमाडौं । सहरी विकासमन्त्री भेटमणि चौंधरीले मन्त्री पदबाट हट्दा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढी हाँसेर जाने बताएका हुन् ।

बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाई हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौंधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए । त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढी हाँसेर जाने बताए ।।

मन्त्री चौंधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनेल भने, ‘माननीयजीहरुले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरु दिनु भएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ । मलाई क्लियर के छ भने मन्त्री हुुने कुरा रेगुलर प्रोसेसको कुरा हो । म सधैंभरी रहि रहँदिन । त्यसै म आउँदा खेरी जसरी हाँसेर आएको छु । जाँदाखेरी यो भन्दा बढी हाँसेर जान्छु ।’

त्यस अवसरमा मन्त्री चौंधरीले सरकारले एक हप्ता भित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अव सार्वजनिक गर्ने उनको भनाइ थियो ।