२६ जेष्ठ २०७९, बिहीबार ०६:१३ – Page 4 – Nagarikabhiyan : National News

आज २०७९ जेष्ठ २६ गते बिहीबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। मध्याह्नपछि आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नपछि भने आफन्तसँग विवाद हुने र काममा धाेका पाइने सम्भावना देखिन्छ। मनकाे डरले सताउन सक्छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुहाेला।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अरूको फाइदाका लागि उपयोग भइनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। मध्याह्नपछि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यबाधा हुनाले काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। मध्याह्नपछि खर्चको मात्रा बढ्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।

तपाईको दिन शुभ रहोस् ।

प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायमै रहन्छ : माधवकुमार नेपाल

काठमाडौ् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन् ।

अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताएका हुन् ।
पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भइरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो । उनले भने, ‘अब यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु त्यस्ता कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनावसम्म चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहन्छौं । यो गठबन्धन कसरी भत्कियोस् । आफ्नो अडानमा दृढताका साथ उभिन्छौं।’

अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको बताए ।

उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराए । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाई थियो ।

उनले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरुलाई आगामी दिनमा सम्मान गर्ने पनि बताए । अध्यक्ष नेपालले भने, ‘अब दोषजति हाम्रो मन्त्रीलाई दिने काम नगरौं । मन्त्रीहरुले पनि सकेसम्म राम्रै काम गर्नु भएको छ । यथोचित मूल्यांकन हामी गरौंला । राम्रो कामको निम्ति धन्यवाद दिनेछौं । कमजोरीलाई ध्यानमा राखेर अब जाने टिमले राम्रो काम गरोस भनेर आशा, अपेक्षा गर्दै उहाँहरुलाई पनि बधाई छ ।’

अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

पार्टी सरकारमा जानेबारे प्रधानमन्त्रीसँग कुरा भएको छैन : लक्ष्मणलाल कर्ण

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री देउवाले पनि आफूहरुलाई मन्त्री हुन आउ नभनेको स्पष्ट पारे । उनले भने, ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको । प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु बिस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ ।’

सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो– बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकिरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्‍यक्ष यादवले विगतमा आफूहरुलाई पार्टी बाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेकाले सहयोग खोजेको बताए।

अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उनले बताए । उनले भने, ‘पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन रु अनि के को मेल रु आज फेरि पार्टीमा संकट उत्पन्न भएको छ उहाँको । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने । र संकट निवारण भएपछि लखेट्दिने ।’

सांसद कर्णले औपचारिक रुपमा एकीकरणको प्रस्ताव नआएको उल्लेख गर्दै एकीकरण गर्नुनपर्ने बताए । उनले भने, ‘ ‘हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकिकरण गरेर जोगाएको होइन रु त्यसमा मसमेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन रु अहिले के को लागि एकिकरण रु किन एकिकरण रु हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’

 

थप १६ जनामा कोरोना संक्रमण, १०९ जना सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२१ जनाको पीसीआर परीक्षणमा १० जना र ९२८ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५२५पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् र

नीति तथा कार्यक्रमको पूर्णपाठ :

इरानमा रेल दुर्घटना कम्तिमा दशको मृत्यु

मध्य इरानमा बुधबार मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तिमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ ।

घटनामा दश जनाको मृत्यु भएको छ र अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई उद्धृत गर्दै भन्नुभएको छ । घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको उहाँले थप जानकारी दिनुभएको छ ।

इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी सञ्चार माध्यमलाई बताउनु भएको छ । ट्र्याकनजिकै रहेको “एउटा उत्खननकर्तालाई ठक्कर दिएपछि पटरीबाट खसेको उहाँले बताउनु भएको छ ।

बुधबार बिहान ५ः३० बजे दुर्घटना भएको यस रेलका ११ वटा डिब्बा मध्ये पाँचवटा ट्र्याकबाट बाहिरिएका आपातकालीन सेवाहरूले जानकारी दिएको छ । सन् २०१६ मा, उत्तरी इरानमा दुईवटा रेलहरू ठोक्किएर भएको आगलागीमा परी ४४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौं घाइते भएका थिए ।

काठमाडौंको फोहोर विसर्जनबारे एमालेले माग्यो सरकारको धारणा

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् ।

काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेको भन्दै श्रेष्ठले यो अन्तर्राष्ट्रिय लज्जाको विषय बनिसकेको बताए ।

आजको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै श्रेष्ठले फोहोर कहिले उठ्छ भनेर तालुकदार मन्त्रालयबाट सरकारको आधिकारिक जानकारी सदनलाई गराउनुपर्ने माग गरे । तत्काल फोहोर नउठे काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिंदै उनले भने, ‘तालुकदार मन्त्रालयबाट यस सम्बन्धमा सत्यतथ्य जानकारी आओस् । यस सम्बन्धमा सभामुखबाट रुलिङ चाहन्छु ।’

अन्तर्राष्ट्रिय नियोगहरुले महामारीको जोखिम रहेकाले अत्यावश्यक नभएसम्म बाहिर ननिस्किन आग्रह गर्दै आन्तरिक रुपमा सर्कुलर गरेको आफूले बुझेको भन्दै श्रेष्ठले यो लज्जाको विषय भएको बताए ।

 

असार मसान्तसम्म एक लाख ९२ हजार मेट्रिकटन मल उपलब्ध हुन्छ : कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालको मल अभावको अवस्था असार मसान्तसम्म हल हुने दाबी गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विभिन्न प्रक्रियाबाट मल आपूर्तिका लागि प्रयास भइरहेको जनाएको हो । मल खरिदका लागि कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ र सरकारले जीटूजीबाट गरेको पहलबाट मल ल्याउन प्रयास भइरहेको दाबी मन्त्रालयको छ ।

‘असार मसान्तसम्म कुल एक लाख ९२ हजार मेट्रिकटन मल आइपुग्छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यसमा भारतसंगको जीटूजीको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि छ ।’

आपूर्तिको क्रममा रहेकामा साल्ट ट्रेडिङले खरिद गरेको मध्ये २० हजार मेट्रिकटन डिएपी, २२ हजार मेट्रिकटन युरिया छ । यस्तै कृषि सामग्रीले खरिद गरेको मध्येबाट ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी असारको दोस्रो साताबाट नेपाल भित्रिने मन्त्रालयको दाबी छ ।

असारको अन्तिम सातामा भारतसंगको जीटूजी अन्र्तगतको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि आइपुग्ने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोभिढ र बढ्दो अन्तराष्ट्रिय मूल्यका कारण मल आपूर्तिको जिम्मा पाएका ठेकदारले २ लाख २२ हजार मेट्रिकटन मल समयमै आपूर्ति नगरेको पनि मन्त्रालयले जनाएको छ ।

पब्जी खेल्न नदिएको झोंकमा गोली ठोकेर आमाको हत्या

मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने खेल पब्जी खेल्न नदिएको रिसमा भारतमा एक किशोरले आफ्नै आमाको हत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशस्थित लखनाउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीका १६ वर्षीय किशोरले ४० वर्षीया आमालाई गोली प्रहार गरी हत्या गरेका हुन् ।

आमाको हत्याको तीन दिनपछि ती किशोरले बुबालाई फोनमार्फत जानकारी दिएका थिए । भास्कर अनलाइनका अनुसार उनका बुवा नवीनकुमार सिंह सेनाका जुनियर कमिसन्ड अफिसर हुन् । नवीन पश्चिम बंगालमा कार्यरत थिए ।

उनले शनिबार नै आमाको हत्या गरेपनि त्यो बारे मंगलबार मात्रै बुबालाई जानकारी दिएका थिए । उनले भिडियोबाटै आमाको शवसमेत देखाएका थिए । त्यसपछि नवीनले एक नातेदारलाई फोन गरेपछि त्यहाँ प्रहरी पुगेका थिए ।

प्रहरीका अनुसार नवीनका छोरालाई पब्जी खेल्ने लत लागेको थियो । नवीनकी श्रीमती साधनाले मोबाइलमा नखेल्न रोक्थिन् । शनिवार राति पनि साधनाले आफ्नो छोरालाई नखेल्न भनेकी थिइन् । त्यसपछि उनी रिसाए ।

राति साधना निदाइरहेको बेला ती किशोरले बुवाको पेस्तोल निकालेर आमालाई प्रहार गरेको प्रहरीले जनाएको छ ।
त्यसपछि उनले आफ्नी १० वर्षीया बहिनीलाई पनि धम्क्याएर एउटा कोठामा बन्द गरिदिइन् । प्रहरी बन्द कोठामा पस्दा छोरी साधनाको शवसँगै डराउँदै सुतिरहेकी थिइन् ।

शव नजिकै पेस्तोल भेटिएको प्रहरीले जनाएको छ । पेस्तोलमा कुनै गोली बाँकी नरहेकोले कति गोली प्रहार गरेको हो भन्ने बारे अनुसन्धान जारी रहेको बताइएको छ । ती किशोर नाबालक भएकाले नाम भने खुलाइएको छैन ।

भारत सरकाले २०२० को सेप्टेम्बर ३ बाट पब्जी खेल प्रतिबन्ध लगाएको थियो। तर भारतमा पब्जी खेल्न रोकिएको छैन ।

एमालेको प्रस्ताव- ४ वटा मन्त्रालयको खर्च एक-एक रुपैयाँ कायम गरौं

 काठमाडौं । नेकपा एमालेले चार वटा मन्त्रालयको खर्च रकमलाई कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले चार वटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्न लागेका हुन् ।

एमाले सांसद पद्मा कुमारी अर्यालले कृषि, विमला विकले उद्योग, लालबाबु पडिण्तले सामान्य प्रशासन र गोकुल बास्कोटाले सञ्चार मन्त्रालयको बजेट कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव प्रस्तुत गर्ने छन् ।

संघीय संसदमा जेठ १५ गते प्रस्तुत भएको विनियोजन विधेयक ९बजेट० २०७९र८० को मन्त्रालयगत छलफल भइरहेको छ । बुधबारको बैठकमा कृषि, उद्योग, सामान्य प्रशासन र सञ्चार मन्त्रालयका बजेटमा छलफल हुने कार्यसूची छ । सोही क्रममा मन्त्रालयका बजेट कटौतीको प्रस्ताव पनि पेश हुन लागेको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको कार्यसूचीमा नेमकिपाका सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी दूर्गा पौडेल र एमाले सांसद पद्मा कुमारी अर्यालले पनि कृषि मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने कार्यसूची छ । उनीहरुको प्रस्तावमा भने कटौती गरेर कति कायम गर्ने भनेर रकम तोकिएको छैन ।

 

हल्कादेखि मध्यम वर्षाको सम्भावना, यी ३ प्रदेशमा साँझ चट्याङसहित वर्षा हुनेछन्

काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त प्रणालीको प्र्रभावले प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश नं १, बागमती, गण्डकी प्रदेश र मधेस प्रदेशका केही स्थानमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

रातको समयमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस छ ।

गृहमन्त्री खाँण र नेकपा प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको भेटमा समेत सहभागी मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

सरकारका तर्फबाट गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनपूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरुप प्रक्रिया अगाडि बढेको जानकारी दिएका थिए ।

‘स्थानीय तहको निर्वाचनपूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरुप प्रक्रिया अगाडि बढेको छ,’ प्रवक्ता पोखरेलले वार्तामा भएको कुराकानीबारे भने, ‘टुंग्याउनका लागि महान्यायाधीवक्ताको कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र सम्वन्धित पक्षबीच समन्यय भइरहेको छ ।’

बैठकमा प्रवक्ता विश्वकर्माले कैदी बन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राखेका थिए ।

अर्को बैठक सम्वन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिटै बस्ने सहमति बनेको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

देवानगंज देखि इनरूवा जाेडने मुख्य सडककाे अवस्था बेहाल, सम्बन्धि निकाय रासलिलामा व्यस्त

देवानगंज । सुनसरीकाे देवानंगज गाउँपालिका देखि सुनसरीको सदरमुकाम जाेडने मुख्य सडककाे अवस्था बेहाल हुदाँ स्थानियहरूलाई सास्ति हुने गरेकाे छ । दैनिक काम काजकाे लागि सदमुकाम इनरूवा जानू पर्नेहरू लाई याे सडक दुख दायक भएकाे छ ।

समयमा सडक नबन्दा स्थानियहरू लाई दुख हुदाँ समेत तिनै तहका सरकारहरू मुख दर्शक बनेकाे छ । जनताकाे हकहितका लागि काम गर्न जितेका प्रतिनिधिहरू अहिले आफनै तालमा रासलिलामा व्यस्त छन ।

यश क्षेत्रमा केन्द्र देखि स्थानिय तहमा नेपाली कांग्रेसकाे हालि मुहालि भए पनि यहाँ बाट जितेका जनप्रतिनिधिहरूलाई यहाँका जनताकाे कुनै मत्लब नएकाे देवानगंजका स्थानिय धिरज मेहताकाे गुनासाे रहेका छन ।

यस क्षेत्रबाट नेपाली कांग्रेसका नेताहरू सिताराम मेहता, बहालबाला मन्त्रि ज्ञानेन्द्रबाहदुर कार्कि, प्रदेश, राजिब काेइराला लागयत नेताहरू चुनाव जितेर गए पनि नेताहरूकाे जीवन सुखमय भएकाे र जनताले सास्ती मात्र खेपिरहेकाे देखिन्छ ।

यता गत वर्ष साउन महिना सुनसरी क्षेत्र नं. २ संघीय सासंद सितारम मेहता संग नागरिक अभियानका पत्रकार यहि विषायमा जिज्ञसा राख्दा सडकाे ठेक्का लागि सकेकाे र अब केही दिनमै काम सुरू हुने भनेका थिए तर अहिले सम्म यहाँ स्थानियहरू बेखबर रहेकाे देखिन्छ । नत कतै कामनै सुरु भएकाे देखिन्छ संसाद जस्ताे व्यतिकाे बाेलिकाे ठेकान नहुदाँ जनताहरू यस्ता प्रतिनिधि प्रतिकाे विश्वास गुमदै गएकाे छ ।

चुनाव जितनलाई यश क्षेत्रका जनता लाई मात्र प्रयाेग गर्ने र विकासकाे नाममा जनता ठगने बाहेक अरू केहि नगरेकाे स्थानियहरूकाे आराेप रहेकाे छ । देवानगंजका स्थानिय यूवाहरूका अनुसार तकाल बाटाे मर्मत गरेर भए पनि जनताकाे जीवन यापन सहज गर्न सकिने भए पनि यता तिर कसैकाे ध्यान जान सकेकाे छैन । यश तिर सम्बन्धित निकायकाे ध्यानाकर्षण हाेस ।

कोभिडविरुद्धको लडाईंमा नेपालले छिटो सफलता हासिल गरेको अध्यक्ष ओलीको दाबी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाइमा धेरै मुलुकहरुले भन्दा बढी छिटो सफलता हात परेको बताएका हुन् ।

पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिएपनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन सुरक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको बताए ।

अध्यक्ष ओलीले तत्कालीन समयमा आफ्नो जीवनको सुरक्षाको प्रवाह नगरी कोभिड संक्रमितहरुको उपचारमा केन्द्रित भएको भन्दै नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको पनि प्रशंसा गरे । विरामीहरुलाई अक्सिजनको व्यवस्था गर्न सरकारले विमानबाट सिलिन्डर समेत झिकाउनु परेको अध्यक्ष ओलीले स्मरण गराए ।

उनले भने, ‘चिकित्सकहरुले आफनै जीवनको सुरक्षाको समेत प्रवाह नगरी उपचार उपलब्ध गराउनु भएको थियो । हामीले जति यसलाई गम्भिरताका साथ लियौं । र, छोटो समयमै तीव्र गतिमा प्रगति ग¥र्यौं स्वास्थ्य क्षेत्रमा । राजनीतिक स्वार्थभन्दा माथि उठियो । अर्थतन्त्र पहिलो भन्ने देशहरु पनि थिए । तर हामीले स्वास्थ्य पहिलो प्राथमिकता, मानव जीवन पहिलो भन्ने नारा दिएर कोभिडविरुद्धको लडाईमा सफलता पायौं ।’

अमेरिकामा कोभिड संक्रमणपछि निधन हुनु भएका बरुवालको सन्दर्भ स्मरण गराउँदै अध्यक्ष ओलीले त्यस अवधिमा नेपालले भने अस्पतालहरुको विस्तारमा समेत उल्लेख्य प्रगति गरेको बताए । उनले स्वर्गीय बरुवालमा देश र जनताको पक्षमा केही गरौं भन्ने भावना रहेको पनि उल्लेख गरे ।

रामचन्द्र पौडेलकी छोरी गम्भीर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलामाथिबाट खस्दा गम्भीर घाइते भएकी छन् ।

काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट सोमबार बिहान लडेर पोखरेल गम्भीर घाइते भएकी हुन् । उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा। प्रमोद जोशीका अनुसार अहिले सघन उपचार कक्षमा ९आइसीयू० मा उपचार भइरहेको छ ।

सुरुमा उनलाई सोमबार बिहान मनमोहन अस्पताल लगिएको थियो । ‘उहाँ आउँदा पुरै बेहोस अवस्थामा हुनुहुन्थ्यो । पहिला हामीले जीवन रक्षा गर्ने बाटोमा राख्यौं,’ डा। जोशीले अनलाइखबरसँग भने,’ हातको नसाबाट औषधि दिन मिल्ने अवस्था थिएन । घाँटीबाट नशा खोलेर औषधि दिनुपरेको थियो ।’

डा। जोशीका अनुसार उनको शरीरको धेरै ठाउँमा चोटपटक लागेको छ ।

‘मुखको दाँतका हर्डीहरु सबै भाँचिएका छन् । कम्मरका हड्डीहरु साथै हातखुट्टाका हड्डीहरु भाँचिएका छन्,’ डा। जोशीले भने ।

अहिले घाइते पोखरेलको होस आइसकेको छ । उनको उपचारमा डा। जोशीको नेतृत्वको टिमले उपचार गरिरहेको छ ।

नेपालमा थप २८ जनामा कोरोना पुष्टि, ९ जना निको भए

काठमाडौं । पछिल्लो समय नेपालमा पुनः कोरोना संक्रमितहरु बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै पनि २८ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३७६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ हजार १२० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ जना र १ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ५०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १५४ पुगेको छ । हाल नेपालमा १ सय ७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।